काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुसी सेनामा आबद्ध नेपालीहरूलाई स्वदेश फिर्ता ल्याउन आफूले उच्चस्तरमा कूटनीतिक पहल गर्ने बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज रुसी सेनामा आबद्ध नेपालीको जीवन रक्षार्थ अभियानका सदस्यहरुले गरेको भेटमा प्रधानमन्त्री प्रचण्डले रुसी सेनामा कार्यरत नेपालीको उद्धारका लागि सरकारले उच्चस्तरको पहल गर्ने बताए ।
“तपाईँहरूको माग सम्बोधन गर्न प्रधानमन्त्री कार्यालय प्रतिबद्ध छ,” प्रधानमन्त्री प्रचण्डले भने, “सरकारले लगातार कूटनीतिक पहल गरि नै रहेको छ, कूटनीतिक नोटमार्फत पहल लिइएको छ ।”
नेपाली नागरिकको जीवन रक्षाका लागि सरकार निरन्तर लागिपरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले रुसी सेनामा कार्यरत नेपालीहरूका परिवारको माग सम्बोधन गन आफू प्रतिबद्ध रहेको बताए ।
“उच्चस्तरको कूटनीतिक पहल हुन्छ, म आफैले थप पहल गर्छु,” प्रधानमन्त्री प्रचण्डले भने । युद्ध मैदानमा रहेका नेपालीहरूसँग आफूले फोनमा कुरा भएको उल्लेख गर्दै प्रधानमन्त्रीले उनीहरूको अवस्थाबारे कूटनीतिक च्यानलमा निरन्तर छलफल भइरहेको जानकारी दिए ।
रुसी सेनामा कार्यरत नेपालीका परिवारले युद्धमा रहेका नेपालीलाई स्वदेश फर्काउन माग गर्दै काठमाडौँमा धर्ना दिएका थिए । प्रधानमन्त्री प्रचण्डका जनसम्पर्क विज्ञ बुिद्ध जिसीले उहाँहरूका माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेसँगै धर्ना स्थगित भएको थियो । सोही प्रतिबद्धताअनुसार आज प्रधानमन्त्री प्रचण्डले ती परिवारका सदस्यलाई भेट उच्चस्तरीय पहल गरेर युद्धमा रहेका नेपाली स्वदेश फिर्ता ल्याउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।न्युज कारखाना
काठमाडौँ । दशरथ रङ्गशालाले अन्तराष्ट्रिय मान्यता गुमाउने सम्भावना बढेको छ ।
विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) ले दशरथ रंगशालाको भौतिक संरचनामा प्रश्न उठाएपछि रंगशालाको अन्तर्राष्ट्रिय मान्यता गुम्ने खतरा बढेको हो ।
यसअघि रंगशालाको अवस्था राम्रो नभएको एएफसीका प्रतिनिधिको प्रतिवेदनपछि नेपालले बहराइनबीचको खेल दशरथ रंगशालामा हुन नसकेपछि नेपालले होम र अवे खेल बहराइनमै खेलेको थियो ।
एन्फा र एएफसीले रंगशालाको भौतिक संरचना र पिचमा प्रश्न उठाएका छन् । साथै राति हुने खेलमा फ्लडलाइटको विषयमा समेत प्रश्न उठाएका छन् ।
एन्फा र एएफसीले पत्र लेख्दै रंगशालाको भौतिक अवस्था सुधार गर्न पत्र लेखेका थिए । यसपछि खेलकुद मन्त्रालयले चासो देखाउदै सरोकारवालाको बैठक आज बोलाएको छ । सो बैठकमा राखेपका सदस्यसचिव टंकलाल घिसिङ र एन्फाका पदाधिकारीलाई बोलाइएको छ । न्युज कारखाना
काठमाडौँ । माली तालिम लिन आएका प्रशिक्षार्थी भन्छन्, पैसा तिरेर तालिम लिन सक्ने अवस्था थिएन । महानगरपालिकाले निःशुल्क तालिम दियो । यसबाट हामीलाई ठूलो सहयोग भएको छ ।
महानगर गौरव योजनाअन्तर्गत ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रमअन्तर्गत काठमाडौँ महानगरपालिकाको सामाजिक विकास विभागले विभिन्न क्षेत्र र पेशाका तालिमहरु सञ्चालन गरिरहेको छ । यीमध्ये वैशाख १२ गतेबाट सुरु भएको बगैँचे र माली तालिम एउटा पेशाअन्तर्गतको हो । यो १५ दिन अवधिको हो ।
तालिममा २५ जनाले प्रशिक्षण लिइरहेका छन् । हरेक दिन बिहान ७ बजेदेखि ९ बजेसम्म राष्ट्रिय सभा गृहको वगैँचामा प्रशिक्षण हुने गरेको छ । फूल बगैँचा र विरुवा सम्बन्धी व्यवहारिक ज्ञान दिन क्रममा सोमबार प्रशिक्षार्थीलाई रत्नपार्कको अवलोकन भ्रमणका लागि लगिएको थियो ।
अवलोकनका क्रममा वगैँचाको ढाँचा, बोट, फूल र विरुवाको व्यवस्थापनका बारेमा जानकारी गराइएको थियो ।
प्रशिक्षक मदनराज थापा भन्नुहुन्छ, अवलोकनका क्रममा फूल फुल्ने, फूल नफुल्ने, गहनाका रुपमा रापिने, काँटछाँट गर्नु पर्ने विरुवाका बारेमा जानकारी गराइएको थियो । यस्तै बगैँचा निर्माणको ढाँचा, यसका प्रकारका बारेमा अवगत गराइएको थियो ।
१८ बर्ष उमेर पूरा भएका, साधारण लेखपढ गर्न सक्ने, नेपाली नागरिकलाई तालिम उपलब्ध गराइएको छ । अहिलेको समूहमा २५ जना हुनुहुन्छ ।
फूल तथा विरुवाका बेर्ना उमार्ने, घरभित्र राखिने र बाहिर राखिने फूल तथा विरुवा, यस्ता विरुवाको स्याहार, कलमी, फूल तथा विरुवामा लाग्ने कीरा, रोग र रोकथामका उपायका बारेमा सैद्धान्तिक र व्यवहारिक ज्ञान र सिप माली तालिमको पाठ््यक्रम हो । यससँगै अगैँचामा गर्नु पर्ने काममा, डेड हेडिङ्, पिन्चिङ्, डिस्बर्डिङ्, फिडिङ्, गोडमेल, सपोर्ट, सिँचाइँलगायतका विषयमा प्रयोगात्मक सिप सिकाइन्छ । न्युज कारखाना
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले स्थायी समितिको बैठक बोलाएको छ । एकीकृत समाजवादीले वैशाख २९ गतेका लागि स्थायी समिति बैठक बोलाएको हो ।
उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार बैठकमा आसन्न महाधिवेशनमा प्रस्तुत गरिने विभिन्न दस्तावेजका विषयमा छलफल गरिने भएको छ ।
स्थायी समितिका निर्णयमा थप छलफल गर्न वैशाख ३० गते पोलिटब्यूरो बैठक बोलाइएको छ । दुवै कमिटीबाट आएका सुझाव सङ्कलन गरेर केन्द्रीय कमिटी बैठकमा पेस गरीने खतिवडाले जानकारी दिएका छन् ।
एकीकृत समाजवादीले आगामी असार १६ देखि २० गतेसम्म काठमाडौँमा पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन गर्दै छ । न्युज कारखाना
काठमाडौँ । इजरायली सेनाले रफाहमा आक्रमण सुरु गरेको घोषणा गरेको छ । इजरायली सेनाले रफाहमा हमासविरुद्ध लक्षित आक्रमण गरिरहेको बताएको छ ।
रफाहमा बसोबास गर्ने ठूलो संख्यामा शरणार्थीहरूलाई आक्रमण भइरहेको क्षेत्र छोडेर अन्य राहत शिविरहरूमा जान भनिएको छ । इजरायलले खान युनिस नजिकै रहेको शिविरबाट एक लाख मानिसलाई बाहिर निकाल्न आदेश दिएको छ ।
एकातिर रफाहमाथि हमला भइरहेको छ भने अर्कोतर्फ इजरायलले हमासको युद्धविराम सम्झौतालाई स्वीकार गर्न अस्वीकार गर्दै सम्झौताबारे थप वार्ताका लागि कायरोमा प्रतिनिधिमण्डल पठाउने तयारी गरिरहेको बताएको छ ।
इजरायलले हमासले गरेको सम्झौता इजरायलको मागभन्दा धेरै टाढा रहेको बताएको छ ।
अर्कोतर्फ हमासले स्वीकार गर्ने प्रस्ताव इजिप्ट र कतारले मध्यस्थता गरेको थियो । यद्यपी यस युद्धविराम प्रस्तावका सर्त र शर्तहरूबारे कुनै जानकारी आएको छैन । यो सम्झौतामा इजरायली बन्दीहरुको रिहाईको बदलामा इजरायली जेलमा रहेका प्यालेस्टिनी बन्दीहरुलाई रिहा गर्ने प्रस्ताव आउने सम्भावना रहेको विश्वास गरिएको छ ।न्युज कारखाना
काठमाडौं । निर्वाचन आयोगले नवगठित जसपा पक्षधरका प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिलाई सनाखतका लागि उपस्थित हुन ओलाएको छ ।
आयोगले मंगलबार सार्वजनिक सूचना जारी गर्दै जनता समाजवादी पार्टी नेपालको तर्फबाट निर्वाचित प्रदेशसभा सदस्य तथा स्थानीय तहका सदस्यलाई २१ दिनभित्र सम्बन्धित प्रदेस वा जिल्ला निर्वाचन कार्यालयमा सनाखतका लागि उपस्थित हुन बोलाएको हो ।
आयोगले जेठ १३ गतेभित्र प्रदेशसभा सदस्यले प्रदेश निर्वाचन कार्यालयमा र स्थानीय तहका जनप्रतिनिधिले जिल्ला निर्वाचन कार्यालयमा आफू निर्वाचित भएको सक्कल प्रमाणपत्र र नेपाली नागरिकताको सक्कल प्रमाणपत्रको साथमा सनाखत गर्न भनेको हो । आयोगसमक्ष उपस्थित भएर उनीहरुले आफु जसपा नेपाल वा जसपामा रहेको स्पष्ट गर्नुपर्ने भएको छ ।
जसपा नेपालबाट अलग भएर अशोक राईको नेतृत्व जसपा गठन गरेका छन् । आयोगले राई नेतृत्वको जसपालाई सोमबार दल दर्ता गर्दै प्रमाणपत्र दिएको थियो ।
राई नेतृत्वको जसपामा ७ जना सांसद र ३० जना केन्द्रीय सदस्य सामेल रहेका छन् ।
आयोगका अनुसार जसपा नेपालबाट संघीय संसदमा १५ जना सांसद निर्वाचित छन् । जसमा प्रतिनिधिसभामा १२ जना र राष्ट्रियसभामा तीनजना छन् । त्यस्तै प्रदेशसभामा जसपा नेपालका २२ जना निर्वाचित छन् । यस्तै स्थानीय तहमध्ये २१ जना गाउँपालिका अध्यक्ष, १२ जना उपप्रमुख, १९ जना गाउँपालिका उपाध्यक्ष, २९५ वडा अध्यक्ष, २९९ जना महिला सदस्य, २९६ जना दलित महिला सदस्य र ५९८ जना खुला सदस्य निर्वाचित छन् ।न्युज कारखाना
काठमाडौं । नेपाली बजारमा सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य बढेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य तोलामा २०० ले घटेर १ लाख ३४ हजार ४०० मा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ३५ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि सोमबार छापावाल सुन तोलाको एक लाख ३५ हजार ६०० मा कारोबार भएको थियो भने तेजावी सुन तोलाको एक लाख ३४ हजार ९५० मा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मुल्यमा भने वृद्धि भएको छ । महासंघका अनुसार आज चाँदीको मुल्य तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १६ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । न्युज कारखाना
काठमाडौं । साउदी प्रो लिगमा अल-हिलालको अपराजित यात्रा कायम रहेको छ । गएराती सम्पन्न खेलमा अल हिलालले अल-अहलीलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
अल हिलालको जितमा एलेक्जन्डर मिट्रोभिक र माल्कमले एक एक गोल गरेका थिए भने भने अल अहिलीका लागि फेरास अल्ब्रिकानले एक गोल गरेका थिए ।
यो जितपछि अल हिलाल लिगमा ३० खेलमा अपराजित रहेको छ । अल हिलालले २० खेलमा २८ खेल जितेको छ भने २ खेल बराबरी खेलेको छ । अल हिलालको ३० खेलमा ८६ अंकसहित शिर्ष स्थानमा रहेको छ ।
दोस्रो स्थानमा रहेको अल नासर अल हिलालभन्दा १२ अंकले पछाडी रहेको छ । त्यसैगरी अल अहलीको ३० खेलमा ५५ अंक रहेको छ र लिगमा तेस्रो स्थानमा छ ।न्युज कारखाना
काठमाडौँ । जसपा नेपालबाट फुटेर अशोक राईको नेतृत्वमा बनेको नयाँ दल जनता समाजवादी पार्टी (जसपा) ले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारलाई आफ्नो दलको समर्थन निरन्तर जारी रहने जनाएको छ ।
सोमबार काठमाडौंमा अध्यक्ष राईको अध्यक्षतामा बसेको जसपाको संसदीय दलको बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई आफ्नो दलको समर्थन निरन्तर जारी राख्ने निर्णय गरेको हो ।
सोमबार बेलुकी जसपाका महासचिव इस्तियाक राईले जारी गरेको प्रेस विज्ञप्तिमा पार्टीको संसदीय दलको बैठकले प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई समर्थन निरन्तर जारी राख्ने निर्णय गरेको उल्लेख छ ।
यसअघि सोमबार नै निर्वाचन आयोगले राई अध्यक्ष रहेको जसपालाई दल दर्ताको प्रमाण पत्र प्रदान गर्दै दलको मान्यता दिएको थियो । जसपालाई राजनीतिक दलसम्बन्धी ऐन २०७३ तथा राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को नियम ५ बमोजिम निर्वाचन दल दर्ताको मान्यता दिएको आयोगले जनाएको छ ।
आइतबार ७ सांसदसहित नयाँ दल दर्ताका लागि आयोगमा निवदेन दिएका थिए । राई अध्यक्ष रहेको नयाँ पार्टीमा प्रदीप यादव, रेनु यादव, नवलकिशोर साह सुडी, वीरेन्द्र महतो, रन्जु कुमारी, हसिना खान र सुशीला श्रेष्ठलगायत ७ जना सांसद रहेका छन् ।न्युज कारखाना
जाजरकोट । टेन्टबाट सेवा दिदै आएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले सोमवार देखि प्रिफ्याब भवनबाट सेवा दिन थालेकाे छ ।
जाजरकोट भुकम्पका कारण भवनमा क्षति पुगेपछि टेन्टबाट सेवा दिदै आएको प्रशासनले साेमबार देखी भने प्रिफ्याब भवनबाट सेवा दिन थालेकाे हाे ।
संयुक्त राष्ट्र संघिय विकास कार्यक्रम (युएनडीपी)को सहयोगमा प्रिफ्याक भवन बनेपछि कार्यालय उक्त भवनमा सरेकाे र संचालनमा सहजता आएको प्रमुख जिल्ला अधिकारी ऋषिराज आचार्यले बताए ।
सोमवार एक कार्यक्रमकाे आयाेजना गरेर युएनडीपीका उपआवासिय प्रतिनिधी विजय सिंहले जाजरकोटका प्रमुख जिल्ला अधिकारीलाई भवन हस्तान्तरण गरे । ६९ लाख ५१ हजार ६ सय ५५ रुपैया लागतमा निर्माण भएको भवनको प्राविधिक तथा आर्थिक सवै सहयोग युएनडीपीले गरेको थियाे ।
भुकम्पले स्थानिय प्रशासनको भवन क्षतिग्रस्त बनाएपछि अस्थायी टेन्ट र त्रिपालबाट सेवा संचालन भैरहेपनि सेवा प्रवाहमा समस्या हुँदै आएको थियो । युएनडीपीले ६ कोठे प्रिफ्याव भवन बनाईदिएपछि निकै सहजता हुने प्रजिअ आयार्यले बताए । उनले भवन निर्माण गरिदिएकोमा युएनडीपीलाई धन्यवाद समेत दिए ।
युनएनडीपीका उपआवासिय प्रतिनिधी सिंहले विपदको सामाना सवै मिलेर गर्नु पर्ने बताउँदै भुकम्पका कारण भवनमा क्षति हुँदा जिल्ला प्रशासन कार्यालयको सेवा प्रवाहमा समस्या देखिएपछि सहयोग गरिएको बताए । उनले भने ‘छोटो समयमा निर्माण गर्न सकिने, भुकम्प प्रतिरोधी, आगलागी रहित र कम्तीमा १५/२० बर्ष सम्म टिकाउ हुने गरि प्रिफ्याब प्रविधिको भवन निर्माण गरेका छौ । हाम्रो सानो सहयोगले विपदमा परेका नागरिकको सेवा प्रवाहमा ठुलो सहयोग हुनेछ ।’
युएनडीपीले जिल्ला प्रशासन कार्यालयका साथै जिल्लाकै नलगाड नगरपालिकामा इलाका प्रहरी कार्यालय भवन, बारेकोट गाँउपालिकामा कृषि र पशु कार्यालयका भवन, रुकुम पश्चिमका आठविसकोटमा इलाका प्रहरी कार्यालय भवन र आठवीसकोटकै १४ नम्बर वडा कार्यालय भवन निर्माण समेत गरिरहेकाे छ ।
भवन हस्तान्तरण कार्यक्रममा जिल्ला प्रशासन कार्यालयले युएनडीपीलाई प्रसंसापत्र प्रदान गरेको थियाे ।न्युज कारखाना