२०८३ श्रावण २१
२०८३ श्रावण २१

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सल्लाहकार प्राध्यापक खगेन्द्र खड्काको निधन भएको छ । खड्काको मंगलबार नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धि ललितपुरमा निधन भएको हो ।

माओवादी केन्द्रका महासचिव देव गुरुङले शोक वक्तव्य जारी गर्दै सल्लाहकार खड्काको निधनले सिङ्गो पार्टी स्तब्ध भएको जनाएका छन् ।

माओवादीले भनेको छ- ‘प्राध्यापक खगेन्द्र खड्काको निधनबाट पार्टी, जनता र राष्ट्रका लागी अपूरणीय क्षति भएको छ । राष्ट्रले एक बौद्धिक होनहार व्यक्तित्व गुमाएको छ ।’

विक्रम संवत् २००८ साल असोज १२ गते उदयपुरको बेलका नगरपालिका वडा नम्बर ४ मा जन्मिएका खड्का लामो समय कम्युनिस्ट आन्दोलनमा आबद्ध रहँदै आएका थिए ।

खड्का २०६४ सालमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मा समाहित भई केन्द्रीय सल्लाहकारको जिम्मेवारीमा थिए । हाल टोखा नगरपालिका धापासीमा बस्दै आएका उनका ४ छोरीहरू रहेका छन् । सल्लाहकार खड्काको अन्तिम श्रद्धाञ्जली र अन्त्येष्टि बुधबार साँझ ६ बजे पशुपति आर्यघाटमा गर्ने कार्यक्रम रहेको माओवादीले जनाएको छ ।न्युज कारखाना

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले संवैधानिक परिषद्ले गर्ने सबै निर्णयहरु सर्वसम्मतिले गर्ने व्यवस्था गर्नुपर्ने बताएका छन् ।

बुधवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा भएको छलफलका क्रममा गृहमन्त्री लामिछानेले ऐनमा संवैधानिक परिषद्का सबै सदस्यहरुलाई बाध्यकारी रुपमा बैठकमा उपस्थित हुनैपर्ने व्यवस्था गर्नुपर्ने समेत धारणा राखेका हुन् ।

उनले परिषद्का सदस्यहरु बैठकमा अनुपस्थित भएको अवस्थामा र निर्णयहरुमा सर्वसम्मति नभएको अवस्थामा के गर्ने भन्ने सम्बन्धमा भने विधेयकले बोल्नुपर्ने बताए ।

उनले भने, ‘संवैधानिक परिषद् बैठकमा पेश भएको प्रत्येक विषयको निर्णय र्वसम्मतिको आधारमा हुनेछ भन्ने कुरामा म अडिग छु । तर सर्वसम्मत नहुँदा के गर्ने भन्ने कुरा पनि विधेयकले प्रष्ट बोल्नुपर्ला ।’न्युज कारखाना

भैरहवा । भैरहवाको सिद्धार्थनगर सिटी अस्पतालले प्रविधिसँगै सेवाहरु विस्तार गर्दै गइरहेको छ । फड्को मार्दै गएको स्वास्थ्य सेवामा दैनिक रुपमा नयाँ नयाँ प्रविधिको आगमन भइरहदा सिटी अस्पतालले सोही अनुसार सेवा अद्यावधिक गर्दै गएको छ ।

अस्पतालले शल्यक्रिया क्षेत्रमा नयाँ प्रविधि लेजर तथा दुरविनबाट जटिल रोगका अपरेशन गर्ने प्रविधि र विशेषज्ञ चिकित्सकबाट सेवा दिइरहेको छ । यस्तै टाउकोमा गम्भिर चोट लागेका विरामीहरुलाई अकालमै ज्यान लजाओ र जोखम कममै उपचार होस भन्ने उद्धेश्यले २४ सै घण्टा न्यूरो सर्जरी सेवा दिइरहेको छ । न्यूरो सर्जरी र जनरल सर्जरीमा अस्पतालले यस क्षेत्रमै विशिष्टिकृत सेवा प्रदान गर्दै आएको अस्पतालका प्रबन्ध निर्देशक अर्जुन पौडेलले बताए ।

विरामीको आवश्यकतालाई मध्यनजर गर्दै सहज उपचारका लागि अनुभवी डाक्टर बाट हामीले सेवा दिइरहेका छौ, त्यसमा पनि अपडेट गर्दै मस्तिष्क तथा नशा रोग सम्बन्धि बिशेषज्ञ सेवा सहित अत्याधुनिक प्रविधि २४ सै घण्टा सेवा दिन लागिएको छ । बढ्दो दुर्घटनाका कारण प्रभावित विरामी काठमाण्डौ चितवन र भारत तर्फ भौतारिरहेको अवस्थामा अस्पतालले ट्रमा न्यूरो तथा सर्जरी सेवामा ख्याती प्राप्त गरेको बताए । डा. सन्नी थापा तथा अर्थोपेडिक सर्जनहरुको टिमले सबै प्रकारको उपचार सफलतापूर्वक गर्दै आएको प्रबन्ध निर्देशक पौडेलले भने ।

न्यूरो सेवामा न्यूरो सर्जरी अन्र्तगत टाउकोमा कुनै पनि प्रकारको चोट, रगत जमेका विरामी, टाउकामा ट्युमर, मेरुदण्डमा ट्युमर, मस्तिष्क घात, मेरुदण्डमा चोटपटक, अथवा नशा च्यापिएको, टाउको दुखिरहने, वान्ता हुने, प्यारालाईसिस भएको एवम यसका लक्षण देखिने विरामीहरुलाई सेवा दिदै आएको डा. सन्नी थापाले बताए ।

न्यूरो संगै सामान्य जनरल सर्जरीमा पनि सिद्धार्थनगर सिटी अस्पतालले आफ्नो विशिष्टिकृत सेवा प्रदान गर्दै आईरहेको छ । डा. हरि शर्माको नेतृत्वमा प्रायजसो अपरेशनहरु दुरबिन प्रविधिद्वारा सफलतापूर्वक गर्दै आएको छ । उनले परम्परागत शैली भन्दा दुरविनबाट शल्यक्रिया अहिलेको नयाँ प्रविधि भएकोले इन्फेक्शनको जोखिम कम हुने, जटिल शल्यक्रिया पनि सफल रुपमा गर्न सकिने दाबी गरे । जर्मन टेक्नोलोजीको विश्वस्तरीय मान्यता प्राप्त मेसिनबाट एउटा प्वालबाट नै शल्यक्रिया हुने बताए ।

एपेन्डिसाईटिस, हर्निया, पित्तथैलीको पत्थरी, हाईड्रोसिल, हर्निया, मृगौलीको पत्थरी लगायतमा पहिला चिरेर अपरेशन गर्नुपर्ने पद्धति रहे पनि अहिले यसलाई सानो प्वाल पारी दुरबिनबाट नै गर्न सकिने डा. शर्माले जानकारी दिए । यसरी अपरेशन गरिएको विरामी छिट्टै निको हुने र आफ्नो काममा फर्कने गरेको उनको भनाई छ ।

काठमाण्डौं, बुटवल, र भारतको तुलनामा निकै सस्तो रहेको र यसको सफलतापूर्वक कार्यान्वयन भैरहेको छ । परम्परागत भन्दा यो प्रविधिबाट शल्यक्रिया गर्दा केही मात्रै महगो रहेको छ । यो पनि अन्य निजि अस्पतालको तुलनामा निकै कम छ ।
नेपाली विरामीहरुलाई लक्षित गरि बैशाख २० गते देखि जेठ ४ गते सम्म निशुल्क ओपीडी सेवा सञ्चालन गरिएको उनले बताए । यस बाहेक ल्याब, एक्सरे, भिडियो एक्सरे, तथा ईसिजीमा ५० प्रतिशत छुट प्रदान गरिएको बताए ।

अस्पतालले २४ सै घण्टा आकस्मिक सेवा सहित न्यूरो सर्जरी, मुटु रोग, जनरल फिजिशियन, जनरल सर्जरी, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ, वालरोग विशेषज्ञ, नाक, कान घाँटी रोग विशेषज्ञ, कृत्रिम गर्भाधान सेवा, कपाल प्रत्यारोपण सेवा उपलब्ध गराउदै आएको छ । यस्तै निशुल्क हेमोडाईलासिस सेवा, आईसियु÷एनआईसियु, सुरक्षित गर्भपतन, सम्पूर्ण प्रकारका अपरेशन, मोडुलर अपरेशन, सिटी स्क्यान, भिडियो एक्सरे, डिजिटल एक्सरे लगायतको सेवा प्रदान गर्दै आएको निर्देशक पौडेलले जानकारी दिए ।न्युज कारखाना

काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको बैठक विहिबार बस्ने भएको छ ।

कांग्रेसले शुक्रबार देखि शुरु हुने बजेट अधिवेशन बारे छलफल गर्न विहिबार अपराहन्न २ बजे संसदीय दलको बैठक बोलाएको हो । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्ने भएको छ ।

यसअघि कांग्रेसको वर्तमान पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आज बस्दै छ ।न्युज कारखाना

काठमाडौं । मानव तस्करीमा संलग्न रहेको अभियोगमा कैलाली गौरीगंगा नगरपालिका-२ घर भई ललितपुर, ललितपुर महानगरपालिका-७ झम्सिखेल बस्ने ४१ वर्षीय तेज राम चौधरीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई ललितपुर झम्सिखेलबाट पक्राउ गरेको हो ।

चौधरीले अमेरिका पठाइदिन्छु केही समय ब्राजिलमा गएर काम गर्नुपर्ने र फिलिपिन्स हुँदै जानु पर्छ भनि भन्दै ४ जना पीडितहरूबाट पटक पटक गरी जम्मा १ करोड १८ लाख ५९ हजार रूपैयाँ लिई सम्पर्क विहीन भएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । साथै पीडितहरूलाई ब्राजिलको वर्किङ भिसामा लगाई श्रम स्वीकृति समेत निकाली फिलिपिन्स पुर्‍याएकोमा त्यहाँको अध्यागमनले नक्कली कागजात भनि फिर्ता पठाएको, पीडितहरू नेपाल फर्केपछि पुन: दिल्ली पुर्‍याई होटलमा बन्धक बनाएको र पीडितहरूले ३९ लाख रूपैयाँ बुझाएपछि होटलबाट मुक्त भएको समेत खुल्न आएको छ ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । न्युज कारखाना

काठमाडौँ । बेलायतको औषधि बनाउने कम्पनी एस्ट्राजेनेकाले कोरोना भाइरसको भ्याक्सिन फिर्ता बोलाएको छ ।

कम्पनीले विश्वभरबाट आफ्नो भ्याक्सजाभेरिया भ्याक्सिन फिर्ता बोलाउने बताएको छ । तर एस्ट्राजेनेकाद्वारा लाइसेन्स प्राप्त गरेर भारतीय कम्पनिले बनाएको कोभिशिल्डलाई भने अहिलेसम्म फिर्ता बोलाइएको छैन । कोभिशिल्ड भारतमा सीरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको थियो तर अहिलेसम्म भारतमा कोरोनाको खोप फिर्ता गर्ने निर्णय भएको छैन ।

द टेलिग्राफको रिपोर्टका अनुसार एस्ट्राजेनेकाले खोपको अपडेटेड संस्करण उपलब्ध भएकोले खोपको पुरानो स्टक फिर्ता बोलाइएको दाबी गरेको छ । प्रतिवेदनका अनुसार कम्पनीले भ्याक्सजरभेरिया खोप मार्च ५ मा नै फिर्ता बोलाउने निर्णय गरेको थियो तर यो आदेश मे ७ गतेदेखि लागू भएको थियो । ब्रिटिश-स्वीडिश औषधि कम्पनी एस्ट्राजेनेकाको यो कदम यस्तो बेला आएको हो जब कम्पनीले हालै केही अवस्थामा कोभिड भ्याक्सिनको साइड इफेक्ट देखा परेको र यसका कारण केही व्यक्तिमा थ्रोम्बोसिस थ्रोम्बोसाइटोपेनिया सिन्ड्रोम रोगको लक्षण देखिएको छ मानिसमा रगत जम्न थाल्छ ।

एस्ट्राजेनेका कम्पनीले कोभिड भ्याक्सिन सम्बन्धी धेरै मुद्दाहरूको सामना गरिरहेको छ। कोभिड भ्याक्सिन पाएपछि धेरैले ज्यान गुमाएका छन् । जेमी स्कट नामका एक व्यक्तिले एस्ट्राजेनेकाविरुद्ध उजुरी दिएका थिए । भ्याक्सिन लगाएपछि उनको शरीरमा रगत जम्ने र मस्तिष्कमा रगत बग्ने समस्या भएको स्कटको आरोप छ । जसले गर्दा उनको मस्तिष्कमा क्षति पुगेको थियो । कम्पनीविरुद्ध यस्ता ५० भन्दा बढी मुद्दा दर्ता भएका छन् । कम्पनीले अदालतमा लिखित कागजातमा पनि कोरोना भ्याक्सिनले केही दुर्लभ अवस्थामा साइड इफेक्ट देखाउन सक्ने कुरा स्वीकार गरेको छ ।

एस्ट्राजेनेकाले युरोप र विश्वका अन्य देशबाट कोरोना भ्याक्सिन फिर्ता बोलाउने निर्णय गरेको छ । भारतको सीरम इन्स्टिच्युटले अहिलेसम्म त्यस्तो कुनै निर्णय गरेको छैन । भारतमा पनि कोविशिल्डलाई लिएर चिन्ता व्यक्त गरिएको छ र यस सम्बन्धमा सर्वोच्च अदालतमा याचिका दायर गरिएको छ र खोपको सुरक्षा चिन्तामा सुनुवाईको माग गरिएको छ । सर्वोच्च अदालतले पनि सुनुवाइ गर्न राजी भए पनि मिति भने तय भएको छैन ।न्युज कारखाना

काठमाडौँ । भारतको एयर इन्डिया एक्सप्रेसका धेरै कर्मचारीले एकै पटक बिदा लिएपछि कम्पनीले धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान रद्द गरेको छ ।

समाचार एजेन्सी एएनआईका अनुसार एयर इन्डिया एक्सप्रेसले मंगलबार रातीदेखि बुधबार बिहानसम्मका ८० भन्दा बढी राष्ट्रिय र अन्तर्राष्ट्रिय उडानहरू रद्द गरेको छ ।

ठुलो संख्यामा एकैपटक चालक दलका वरिष्ठ सदस्यहरू बिदामा गएपछि उडान रद्ध भएको बताइएको छ ।

एयर इन्डिया एक्सप्रेसका प्रवक्तालाई उद्धृत कम्पनीले कर्मचारीहरू सँगै बिदामा जानुको कारणहरू पत्ता लगाउन र समस्या समाधान गर्ने प्रयास गरिरहेको बताइएको छ ।

आकस्मिक उडान रद्द भएको भन्दै धेरै यात्रुले सामाजिक सञ्जालमा गुनासो पनि गरिरहेका छन् । मिडिया रिपोर्टका अनुसार उनीहरू टाटा समूहको स्वामित्वमा रहेको एयरलाइन्समा रोजगारीका नयाँ सर्तहरूको विरोध गरिरहेका छन्।न्युज कारखाना

विराटनगर । कोशी प्रदेश सरकारले प्रदेश प्रमुखलाई प्रदेशसभा बैठक सञ्चालन पुनः स्मरण गराएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्कको बैठकले प्रि–बजेटबारे छलफल गर्न प्रदेशको बजेट अधिवेशन आह्वान गर्न यसअघि नै सिफारिस पुनः स्मरण गराउने निर्णय गरको हो ।

कोशी सरकारले जेठ ११ गते प्रदेश सभाको अधिवेशन आह्वान गर्न गत चैत २६ गते सिफारिस गरेको थियो ।

तर, एमाले–माओवादीका ५२ सांसदको मागअनुसार वैसाख ६ गते प्रदेश प्रमुख पर्शुराम खापुङले विशेष अधिवेशन आह्वान गरेका थिए । सो बैठकले संकल्प प्रस्ताव पारित गरी सरकार अल्पमतमा परिसकेको जनाउ दिदै विश्वासको मत लिन भनेको थियो ।

तर मुख्यमन्त्री केदार कार्कीले भने संकल्प प्रस्ताव संबिधान विपरित भएको भन्दै विश्वासको मत लिन अस्वीकार गरेका छन् । संकल्प प्रस्ताव पारित भएपछि विश्वासको मत लिने समय मंगलबार सकिएको छ ।

सरकारले सिफारिस गरे पनि प्रदेश प्रमुख खापुङले बजेट अधिवेशन अहिलेसम्म आह्वान गरेका छैनन् । अर्को तर्फ एमाले–माओवादीले प्रदेश प्रमुखलाई सरकार गठनको नयाँ प्रक्रिया थाल्न आग्रह गरेका छन् र प्रदेश प्रमुखले सोहि अनुसार कानुनी परामर्श गरिरहेको बताइएको छ ।न्युज कारखाना

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले पर्यटन क्षेत्रमा देखिएका समस्यामा समाधान गर्न संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री हितबहादूर तामाङ्लाई आग्रह गरेका छन् ।

महासंघका उपाध्यक्ष हेमराज ढकालको नेतृत्वमा महासंघ अन्तरगतकै हवाई तथा पर्यटन समितिका सभापति संयोजकत्वमा गएको उक्त टोलीले मन्त्री तामाङलाई भेटी पर्यटन क्षेत्रलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगमा वर्गीकरण गरी उत्पादनमूलक उद्योग सरहको सुविधा सम्बन्धा दिनुपर्ने माग राखेका थिए ।

यसैगरी समितिका सभापति देशबन्धु वस्नेत (अजित)ले अहिले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ का कारण पर्यटन क्षेत्रमा विदेशी लगानी भित्रन नसक्ने भन्दै त्यसलाई तत्काल समयसापेक्ष बनाई परिमार्जन गर्नुपर्ने बताएका छन् । यसैगरी चालू आर्थिक वर्षको बजेतमार्फत हवाई टिकटमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाउँदा त्यसले नेपालको हवाई क्षेत्र धराशायी हुने अवस्था सिर्जना भएको बताए । ‘अहिले सरकारले हवाई टिकटमा भ्याट लगाउँदा कतिपय नेपाली कम्पनीहरु नै विदेशमा कम्पनी खोल्न पुगेका छन् भने नेपालबाट हवाई टिकट नकाट्दा विदेशी मुद्रा समेत बाहिरिएको छ,’ उनले भने, ‘सरकारले लिएका यस्ता खालका अव्यवहारिक नीतिका कारण नेपालको पर्यटन क्षेत्र दैनिक रुपमा धराशायी हुँदै गएको छ ।’

यसैगरी सरकारले तारे होटल तथा लक्जरी रिरोर्टहरुमा पर्यटकसँग अतिरिक्त थप दुई प्रतिशत विलासिता कर लगाउँदा त्यसले विश्वमै नकारात्मक सन्देश गएको र त्यसलाई हटाउनुपर्ने बताएका छन् । यसैगरी उनले भारतीय पर्यटकलाई आकर्षित गर्न पोखरा अन्तरराष्ट्रिय विमानस्थल र भैरहवाको गौतमबुद्घ अन्तरराष्ट्रिय विमानस्थललाई पूर्णरुपमा संचालनमा ल्याइनुपर्ने माग अघि सारेका छन् ।

यसैगरी कार्यक्रममा मन्त्री तामाङले महासंघको तर्फबाट सभापति वस्नेतले राखेका मागलाई आफुले सरोकारवाला मान्त्रालयसँग सहकार्य गरी बजेटमार्फत समस्या समाधान गर्न पहल गर्ने आश्वासन दिएका छन् । ‘तपाईहरुले जुन माग अघि सार्नु भएको छ त्यो राष्ट्र र व्यवसायीक हितमा छ,’ उनले भने, ‘सरकारले व्यवसायी र उपभोक्तालाई असर पर्ने काम गर्दैन तसर्थ सरोकारवाला मन्त्रालयसँग छलफल गरी उक्त समस्या समाधान गर्नेछु ।’

उक्त कार्यक्रममा महासंघको तर्फबाट उपाध्यक्ष ढकाल, सभापति वस्नेत सहित वरिष्ठ उद्योग पति शशिकान्त अग्रवाल, समितिका सदस्य शिव अधिकारी, पर्यटन सचिव डा. गणेशप्रसाद पाण्डेयलगायतको उपस्थिती रहेको थियो ।

१. राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगमा वर्गीकरण सम्बन्धमा:

अर्थतन्त्र र गन्तव्य विकासमा विशेष योगदान पु¥याउने होटल क्षेत्र देशको गरिमा समेत रहेको हुनाले यस महत्वपूर्ण क्षेत्रलाई “औद्योगिक व्यवसाय ऐन २०७६” मा पर्यटनमा मात्र वर्गीकरण गरिएको छ । तसर्थ यस क्षेत्रलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योग क्षेत्रमा समावेश गराउन आवश्यक पहलको लागि अनुरोध गर्दछु ।

२. उत्पादनमूलक उद्योग सरहको सुविधा सम्बन्धमा:

यस क्षेत्रले पर्यटकिय बस्तु तथा सेवाको उत्पादन मार्फत अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याएको कुरा माननीय मन्त्रीज्यूलाई अवगत नै छ । दिगो पर्यटन र हरित पर्यटन सम्बन्धमा विशेष योगदान पुर्याउनको लागि यस क्षेत्रको महत्वपूर्ण भूमिका रहने हुनाले यस क्षेत्रलाई विद्युतको सहुलियत दर रेट, करमा विशेष छुट, विद्युत खपत नियमावलीमा समेत होटल उद्योगलाई विशेष विद्युत महसुल कायम गराई यस क्षेत्रलाई उद्योग सरहको सुविधा उपलव्ध गराउन आवश्यक पहलको लागि हार्दिक अनुरोध गर्दछु ।

३. विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ परिमार्जन गर्ने सम्बन्धमा:

उपरोक्त ऐनमा व्यवस्था भए अनुसार कूल बिक्रीको ५ प्रतिशत भन्दा बढी रोयल्टी शुल्क बढी नहुने गरी पठाउन मात्र पाउने प्रावधानले मुलुकमा अन्तर्राष्ट्रिय होटल रिसोर्टको सञ्चालन हुन कठिन रहने देखिन्छ । किनकी अन्तर्राष्ट्रिय ब्राण्डका होटलहरुले ५ प्रतिशत भन्दा कम मूल्यमा सञ्चालन गर्न नचाहने हुंदा विदेशी लगानी नेपाल भित्रिन तयार नरहने हुंदा विदेशी लगानी आकर्षित गर्नका निमित्त ऐनमा परिमार्जन गरी सहज बनाउन आवश्यक पहलको लागि माननीय मन्त्रीज्यूमा अनुरोध गर्दछु ।

४. विदेशी भ्रमणका लागि हवाई टिकटमा १३ प्रतिशत अतिरिक्त कर लगाउने व्यवस्थाले, अन्तर्राष्ट्रिय यात्रा भाडा अहिले महंगो भएको हुंदा भाडा अझै महंगो हुन जाने भएकोले नेपालमा यात्रा तथा समस्या पर्यटन व्यवसायमा नकारात्मक असर पार्न सक्ने चुनौतीपूर्ण अवस्था सिर्जना भएको छ ।

• नेपाल सरकारले आगामी जुलाई १७ (श्रावण २ गते) देखि उच्च वर्गका होटल तथा रिसोर्ट (चार र पाँच तारे) हरुमा बस्ने वा सेवा लिने ग्राहक पाहुनाहरुबाट थप दुई प्रतिशत विलासिता कर असुल गर्ने भएको छ । यसबाट पर्यटन उद्योगमा नकारात्मक असर पारी देशको पर्यटकीय प्रतिस्पर्धात्मक क्ष्ँमतामा समेत नकारात्मक असर पार्ने अवस्था भएको छ ।
• वायुसेवा सञ्चालकहरुलाई १३ प्रतिशत अतिरिक्त कर लगाउने व्यवस्थाले नेपाललाई महंगो गन्तव्य बनाउने छ, जसले गर्दा विदेशीहरुलाई नेपाल भ्रमण गर्न निरुत्साहित गर्न सक्छ ।

५, धेरै भारतीय पर्यटकहरु नेपाल प्रवेश गर्ने सबै खुल्ला नाकाहरुलाई व्यवस्थित रुपमा संचालन गरी आगमन प्रक्रियालाई झन्झट रहित एवं सुलभ बनाउनु पर्दछ । भारतीय पर्यटकहरुले अनलाइन भुक्तानी गर्न सक्ने व्यवस्था विस्तार गरि सहज बनाउनु पर्ने देखिन्छ । भारतीयहरुको नेपाल पहिलो रोजाई भएपनि विवाहका लागि गहना र नगद ल्याउन पाउने सिमित व्यवस्थाका कारण अन्य मुलुक गैरहेको सन्दर्भमा निर्वाध रुपमा नगद र गरगहना ल्याउन पाउने व्यवस्था गरि भारतीय र गैर आवासीय भारतीयहरुलाई आकर्षित गर्नुपर्छ । यसैगरि अध्यागमन पनि सहज बनाउनु पर्छ । भारत सिमा नजिक हिलस्टेसन बिकास गर्न पुर्वाधार बिकास गर्नु आवश्यक रहेको छ । यी क्षेत्रहरुमा शिक्षा र स्वास्थ्य पर्यटन पनि प्रवद्र्धन गर्न सकिन्छ ।

६. पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवाको गौतमबुद्घ अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्णरुपमा संचालन गर्नको लागि माननीय मन्त्रीज्यूको ध्यानाकर्षण गराउन चाहन्छौं । न्युज कारखाना

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले डकर्मी तालिमका लागि आवेदन आह्वान गरेको छ ।

‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रमअर्न्तगत ‘सिप मेला २०८१’ मा डकर्मी सम्बन्धी आवेदन खुला गरेको हो ।

महानगरपालिका क्षेत्रभित्र बसोबास गर्ने स्थायी र करदाता, फोहर ब्यवस्थापन क्षेत्र ल्याण्डफिल साइट प्रभावित क्षेत्रमा बसोबास गर्नेलाई प्राथमिकतामा राखेको महानगरले जनाएको छ ।

साथै महानगरले सबै नेपाली नागरिक सबैलाई अवसर दिइने बताउदै बेरोजगार, युवायुवती, महिला, पुरुष, रोजगारी गुमाएर बसेकाहरु, विदेशबाट सिप सिकेर तथा काम गरेर फर्केकाहरु, अहिले काम खोज्दै गरेका व्यक्तिहरु सबैले तालिम लिन सक्ने बताएको छ । यो तालिम नि:शुल्क भएको र तालिम टुँडिखेलमा हुने महानगरले बताएको छ ।

सामान्य लेखपढ गर्न सक्ने, १८ बर्ष पूरा भएको नेपाली नागरिकले आवेदन दिन सक्ने र आवेदन दिदा नागरिकताको फोटोकपी र पासपोर्ट साइजको फोटो २ प्रति ल्याउन महानगरले जानकारी दिएको छ ।

महानगरले हाल जारी रहेको सीप मेलास्थल टुंडिखेलमा गएर आवेदन दिन सकिने जनाएको छ । न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।