२०८३ श्रावण २१
२०८३ श्रावण २१

काठमाडौं । युके पठाईदिन्छु भन्दै ५ लाख रूपैयाँ ठगी गरेको अभियोगमा सर्लाही हरिपुर नगरपालिका-२ घर भई हाल काठमाडौं दक्षिणकाली नगरपालिका-७ बस्ने ३० वर्षीय बिधान कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।

कार्कीले वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभन देखाई युके पठाईदिन्छु भन्दै १ जना पीडितबाट उक्त रकम लिई सम्पर्क बिहीन भई ठगी गरेको खुल्न आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं मिनभवनबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । न्युज कारखाना

सुनसरी । मंगलबार राती सशस्त्र प्रहरीले सुनसरीबाट १ क्विन्टल गाँजा बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं.४ गण सुनसरी मातहत प्रस्ताबित सीमा सुरक्षा गुल्म कप्तानगंज, बोर्डर आउट पोस्ट साहेबगंज र हर्बेनिको संयुक्त टोलीले मंगलबार राती सुनसरी जिल्लाको बर्जु गाउंपालिका–४ स्थित हसनपुर भन्ने स्थानमा उखुको सुकेको पातले छोपी लुकाई छिपाई बेवारिसे अबस्थामा राखेको ३ बोरा गाँजा बरामद गरेको हो ।

सो ठाउँमा गाँजा लुकाई छिपाई तस्करी गर्न राखिएको भन्ने सुचनाको आधारमा खोजतलास गर्दा ३ वटा बोराभित्र स–साना प्याकेट बनाई राखिएको गाँजा फेला परेको थियो । बरामद गाँजा थप प्रक्रियाका लागि सम्बन्धित निकायमा बुझाइएको छ ।न्युज कारखाना

काठमाडौं, २६ वैशाख । युके पठाइदिन्छु भन्दै ५ लाख रूपैयाँ ठगी गरेको अभियोगमा सर्लाही हरिपुर नगरपालिका-२ घर भई हाल काठमाडौं दक्षिणकाली नगरपालिका-७ बस्ने ३० वर्षीय विधान कार्कीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ।

कार्कीले वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभन देखाई युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट उक्त रकम लिई सम्पर्कविहीन भई ठगी गरेको खुल्न आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं मीनभवनबाट पक्राउ गरेको हो।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।न्युज कारखाना

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खुला तथ्याङ्क र सार्वजनिक महत्वका विवरण स्वतः प्रकाशन, प्रसारण गर्ने गरेको बताएको छ ।

नियमन क्षेत्राधिकारभित्रका निकायबाट प्रतिनिधिहरुलाई बोलाएर आफूले प्रयोग गरिरहेको अभ्यासका विषयमा जानकारी दिने र उहाँहरुले सूचना प्रवाहमा निर्माण गर्नु पर्ने संयन्त्रका विषयमा अवगत गराउने क्रममा यस्तो बताएको हो । महानगरपालिकाको क्षेत्राधिकारभित्र सामुदायिक तथा संस्थागत विद्यालय, शिक्षण तथा शैक्षिक संस्थाहरु, सहकारी संस्थाहरु, स्वास्थ्य सेवा प्रदायकहरु रहेका छन् ।

कार्यक्रममा बोल्दै राष्ट्रिय सूचना आयोगका सूचना आयुक्त कमला ओली थापाले, महानगरपालिकाले गरेको गरेको कानुनी प्रबन्ध र यसको कार्यान्वयन अन्य पालिकाका लागि सिकाइ बन्न सक्ने बताइन् । ‘सूचनाको हक कार्यान्वयन गर्न महानगरपालिका आफैँले कानुनी व्यवस्था कार्यान्वयनमा ल्याउनु खुला र उत्तरदायी सरकारको नमूना हो ।’ उनले भने, ‘महानगरपालिका अभ्यास खुला र उत्तरदायी सरकारको अभ्यासमा रहेको मैले बुझेको छु ।’

कार्यक्रममा वडा नं. ११ का अध्यक्ष हीरालाल तण्डुकारले भने, ‘हामी आएका सबै टेलिफोन उठाउँछौँ । उहाँहरुले सोधेका हरेक प्रश्नको उत्तर दिन्छौँ ।’

कार्यक्रममा प्रस्तुतिकरण गर्दै महानगरपालिकाका सूचना अधिकारी वसन्त आचार्यले, २०८० सालमा महानगरपालिकाले जारी गरेको ‘सञ्चार तथा सूचना ऐन’ को परिच्छेद ८ मा ‘सूचनाको हक कार्यान्वयन गराउने व्यवस्था’ भएको उल्लेख गरे । यसमा सार्वजनिक महत्वका सूचनाको हकको प्रचलन, संरक्षण र सम्बर्धन, स्वतः प्रकाशन, प्रसारण, प्रवाहलाई महानगरपालिकाको दायित्वका रुपमा राखेको छ ।

महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृतले आफूपछिको जिम्मेवारीमा रहेका कर्मचारीमध्येबाट सूचना अधिकारी तोक्न सक्ने व्यवस्था छ । अहिले कानुन तथा मानव अधिकार विभागका प्रमुख वसन्त आचार्य सूचना अधिकारी तोकिएका छन् ।

ऐनले विभाग र वडाका प्रमुख वा त्यसपछिको जिम्मेवारीमा रहने अधिकारीलाई सहायक सूचना अधिकारीका रुपमा तोकेको छ । यस्तै नियमन क्षेत्राधिकारभित्र रहेको संघसंस्थामा सूचना अधिकारी तोक्न लगाउने व्यवस्था गरेको छ ।

ऐनले कार्यपालिका सदस्यमध्येबाट प्रवक्ता तोक्ने व्यवस्था गरेको छ । अहिले सूचना समितिका संयोजक एवं वडा नं. १७ का अध्यक्ष नविन मानन्धर प्रवक्ता हुनुहुन्छ । प्रशासन विभागका प्रमुख सहायक प्रवक्ता रहने ऐनले व्यवस्था गरेको छ । पत्रकार भेटघाट र सम्मेलन सम्बन्धी व्यवस्था पनि ऐनले गरेको छ ।

कार्यक्रममा सहप्रवक्ता दीपक अधिकारीले, महानगरपालिकाले प्रणालीमार्फत आफूले दिनु पर्ने सूचना नियमित दिएको, आम सञ्चारमाध्यममा स्वतः प्रकाशन प्रसारण गर्ने गरिएको उल्लेख गरे ।

सूचनाको हक कार्यान्वयनका लागि काठमाडौँ महानगरपालिकाबाट अन्य स्थानीय तहमा सन्देश जानुपर्छ । कार्यक्रममा सूचनाको हकका लागि राष्ट्रिय महासंघका अध्यक्ष उमिद बागचनले भने, ‘सूचनाले नै मानिसलाई जागरुक बनाउँछ । यसकारण विकासका लागि सूचना नभइ हुँदैन ।’

सूचना माग गर्ने र प्राप्त गर्ने नागरिकको अधिकारलाई संविधानमा मौलिक हकका रुपमा व्यवस्था गरिएको छ । सार्वजनिक निकायमा रहेका व्यक्तिगत वा सार्वजनिक सरोकारका विषयमा नागरिकले सूचना माग गर्न सक्छन् । यसरी सूचना माग्ने र पाउने हकभित्र सूचना प्रवाहको हक पनि पर्दछ ।

सन् १७६६ मा स्वीडेनले सूचनाको हक सम्बन्धी कानुन जारी गर्यो । विश्वमा, सूचनाको हक सम्बन्धी यो नै पहिलो कानुन हो । दक्षिण एशियाली मुलुकहरुमा नेपाल तेस्रो हो । पहिलो पाकिस्तानले सन् २००२ मा दोस्रो भारतले सन् २००५ मा र तेस्रो नेपालले सन् २००७ मा सूचनाको हक सम्बन्धी कानुन जारी गरेका हुन् ।

सूचनाको हक सम्बन्धी नेपालको कानुनले सूचना माग्दा लिखित रुपमा माग्नु पर्ने र तोकिएको समयमा प्राप्त गर्नु पर्ने व्यवस्था गरेको छ । सार्वजनिक निकायमा भएको सूचना माग गर्ने अधिकार नेपाली नागरिकलाई मात्र प्रदान गरिएकोले यस्तो सूचना माग गर्दा नेपाली नागरिक भएको प्रमाण पेश गर्नुपर्छ ।

सूचना दिने अधिकारीले सूचना नदिए उजुरी दिन गर्न सकिन्छ । कार्यालय प्रमुखले पनि सूचना नदिए पुनरावेदन दिन सकिन्छ ।  आयोगका सदस्य ओली थापाकाअनुसार सूचना दिन अटेर गर्ने पदाधिकारीलाई १ हजार रुपैयाँदेखि २५ हजार रुपैयाँसम्म जरिवाना हुन सक्छ । ओलीकाअनुसा सार्वजनिक निर्माण, निजी क्षेत्रका वैङ्क तथा वित्तीय संस्था, शैक्षिक संस्था, स्वास्थ्य सेवा प्रदायक संस्था, उपभोक्ता समितिलगायतलाई जरिवाना गरिएको छ ।

सूचना नपाएका कारण कसैलाई क्षति भयो भने त्यसवापतको क्षतिपूर्ति पाउने व्यवस्था कानुनले गरेको छ ।

सूचना लिँदा पहिलो १० पृष्ठ निःशुल्क पाइन्छ । त्यसपछि एफोर साइजलाई प्रति पृष्ठ ५ रुपैयाँ र एथ्री साइजलाई प्रति पृष्ठ १० रुपैयाँ लाग्छ । सामग्री अध्ययन गर्नु पर्दा पहिलो आधा घण्टा निःशुल्क हुन्छ । त्यसपछिको प्रतिघण्टा ५० रुपैयाँ दस्तुर लाग्छ । यस्ता सामग्री डिजिटल माध्यमबाट पनि लिन सकिन्छ ।न्युज कारखाना

धनगढी, २६ वैशाख । धनगढी उपमहानगरपालिकाका मेयर गाेपाल हमालले काठमाडौंको टुँडिखेलमा आयोजना भइरहेको सीप मेलाको अवलोकन गरेका छन्। बधबार बिहान उनले सीप मेलाको स्थलगत अवलोकन गरेका हुन्। सीप मेलाकाे अवलाेकनपछि उनले युवाहरूलाई स्वराेजगार बनाउन निकै सहयाेग पुग्ने विश्वास व्यक्त गरे। उनले धनगढीमा पनि यस्तै खालकाे सीप मेलाकाे आयाेजना गर्न साझेदारहरूलाई प्रस्ताव गरे।

‘युवाहरूसँग डिग्रीकाे प्रमाणपत्रभन्दा सिपालु हात हुनुपर्ने अहिलेकाे खाँचाे हाे। यस्ताे खालकाे सीप मेलाले युवालाई आत्मनिर्भर बनाउन मद्दत गर्छ। धनगढीमा पनि यस्तै सीप मेला आयाेजना गर्न हामी तयार छाैँ,’ मेयर हमालले भने, ‘तपाईंहरू आउनुहाेस्। हामी सहकार्य गर्न तयार छाैँ।’

उनले बजारकाे मागअनुसार सीप र तालिम प्रदान गर्नुपर्ने बताए। ‘हिजाे तालिमका नाममा तालिमकाे ठेक्का पाउनेहरू मात्रै राेजगार भए,’ हमालले भने, ‘अब त्यसरी हुँदैन। तालिम लिएकाहरू साँच्चिकै राेजगार हुनेगरी काम हुनुपर्छ।’

काठमाडौं महानगरपालिका र नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघकाे सहकार्यमा टुँडिखेलमा आयाेजना भइरहेकाे सीप मेलामार्फत एक महिनामा २ हजार ८१ जनालाई रोजगारीमा जोड्ने लक्ष्य राखिएकाे छ। शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग र श्रमलाई बजारसँग जोड्नका लागि मेलाको अवधारणा अघि सारिएको महासंघका महासचिव छत्र बमले बताए।

उनले सीप सिक्नका लागि १५ हजारभन्दा धेरै युवाकाे आवेदन परेकाे बताउँदै आगामी दिनमा सबैलाई तालिमकाे अवसर दिएर राेजगारीसँग जाेड्ने लक्ष्य लिइएकाे बताए। राज्यका विभिन्न निकायहरूबाट पनि सकारात्मक प्रतिक्रिया आएकाे उनले बताए।न्युज कारखाना

पोखरा । ज्यान मार्ने उद्योग मुद्दामा संलग्न रही फरार रहेका पोखरा महानगरपालिका-२७ तालचोकस्थित सातताल दोहोरी साँझ तथा रेष्टुरेन्टका संचालक सोही महानगरपालिका-३२ बडहरे घर भएका ३२ वर्षीय सुनिल बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।

उक्त रेष्टुरेन्टमा वैशाख २२ गते राति आएका एक व्यक्तिलाई बस्नेतले कुटपिट गरी गम्भीर घाइते बनाई फरार रहेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय शिसुवा डाँडाकोनाकबाट खटिएको प्रहरीले उनलाई तालचोकबाट पक्राउ गरेको हो ।

उनी उपर कास्की जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग मुद्दामा ८ दिन म्याद थप अनुमति लिई गरी यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ । न्युज कारखाना

काठमाडौं, २६ वैशाख । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको सरकारले असंवैधानिकतवरले संसद‌्को विघटन लगायत अनेकौं काण्ड र महाकाण्ड गरे जस्तै अहिलेको कम्युनिस्ट गठब‌न्धन नेतृत्वको सरकार पनि महाकाण्ड गर्नतर्फ उन्मुख रहेको बताएका छन्।

बुधबार नेपाल मुस्लिम संघ लुम्बिनी प्रदेशको बुटवलमामा आयोजित प्रथम सम्मेलनलाई सम्बोधन गर्दै महरले कानुनी राज्यमा कुनै पनि सरकार कानुन अनुसार चल्नुपर्नेमा वर्तमान सरकारले कानुनी शासनको खिल्ली उडाइरहेको बताए।

‘वर्तमान गठबन्धनको सरकारले सहकारी ठगहरूलगायत विभिन्न गम्भीर अपराधमा संलग्न व्यक्तिहरूलाई संरक्षण गर्न थालेको छ,’ उनले भने, ‘गठबन्धन सरकारमा संलग्न पार्टीका सदस्यले मात्रै न्याय पाउने र बाँकी जनता नागरिक होइनन् भन्ने मानसिकताबाट सरकार ग्रसित भएको देखिन्छ।’

नेता महरले यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा सबै सरकारी निकायमा आफ्नो पहुँच र हस्तक्षेप बढाए जसरी वर्तमान गठबन्धन सरकार पनि त्यस्तै बाटोमा अग्रसर भएको जिकिर गरे। उनले कांग्रेसले जनताको साथ लिँदै सरकारी अड्डा अदालतलाई वर्तमान गठबन्धनको अवैधानिक हस्तक्षेपबाट जोगाउन लाग्नुपर्ने धारणा राखे।

कांग्रेसकै नेतृत्वमा मुलुकमा पटक-पटक सकारात्मक परिवर्तन भएको र कांग्रेसकै नेतृत्वमा संविधान बनेको स्मरण गर्दै नेता महरले त्यसलाई समावेशी बनाउने तागत पनि कांग्रेसले नै देखाएको प्रस्ट पारे। नेपाली कांग्रेस नै यो देशको समावेशिता सहितको नेपाल निर्माण गर्ने पहिचानवादी पार्टी भएको उनको दाबी छ।

‘हामीले माने नमाने पनि विश्व राजनीतिले पहिचानको राजनीति छोड्न सक्ने अवस्था छैन। पहिचान मानव जीवनको अभिन्न अङ्ग भइसक्यो। कसैले जातियतामा पहिचान खोज्छन्, कसैले लुगामा पहिचान खोज्छन्, कसैले संस्कृतिमा पहिचान खोज्छन्, कसैले भूगोलमा पहिचान खोज्छन्। अहिलेका मानिस नै पहिचानले बाँचेका जस्ता देखिन्छन्,’ उनले भने। मानिसले आफूसँग मेलखाने कुरालाई खोज्ने भएकाले पहिचानको राजनीति नकार्न नसक्ने महरले बताए।

देशका विभिन्न क्षेत्रका जनजातिदेखि विभिन्न धर्म र समुदायका मान्छेलाई सँगसँगै लगेर अगाडि बढ्ने एकमात्र पार्टी कांग्रेस भएको उनको भनाइ छ।

यसका साथै नेपालको परिवर्तनमा मुस्लिम समुदायको ठूलो भूमिका रहेको स्मरण गरे। नेपालको प्रजातान्त्रिक आन्दोलन हुँदै गणतान्त्रिक आन्दोलनसम्म मुस्लिम समुदायको ठूलो भूमिका रहेको उनको भनाइ छ।न्युज कारखाना

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वीर अस्पतालमा दातको उपचार गराएका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार आज विहानदेखि दात दुखिरहेपछि उपचारको लागि वीर अस्पताल पुगेका थिए । डा रितु श्रेष्ठ नेतृत्वको टिमले उनको उपचार गरिरहेको छ ।न्युज कारखाना

 

काठमाडौं । नागरिक समाजका अगुवाहरूले राष्ट्रपतिका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपाललाई बर्खास्त गर्न माग गरेका छन् ।

निलाम्बर आचार्य, सूर्यनाथ उपाध्याय, सुशील प्याकुरेल र कनकमणि दीक्षितले बुधबार संयुक्त वक्तव्य जारी गर्दै नेपाललाई बर्खास्त गर्न माग गरेका हुन् ।

मुलुकको हित, स्वाभिमान र पदीय मर्यादा विपरीत सल्लाहकार नेपालले १०० रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने सरकारको निर्णयको विरोध गरेका थिए ।

‘सीमा नाघेका यस्ता सार्वजनिक अभिव्यक्तिले संवैधानिक राष्ट्र प्रमुखकको पदको गरिमामा चोट पुर्‍याएको छ,’ वक्तव्यमा भनिएको छ, ‘राष्ट्रपति कार्यालय मौन रहेको अवस्थामा सरकारको निर्णयलाई ‘अन्तर्राष्ट्रिय मान्यता विपरीत’ र ‘अविवेकी’ भन्ने सल्लाहकार नेपालका सार्वजनिक अभिव्यक्ति राष्ट्रपति रामचन्द्र पौडेलकै तर्फबाट आएको भनी हामी बुझ्न बाध्य छौं ।’

वक्तव्यमा राष्ट्रपति संस्थाको गरिमालाई कायम राख्न र सल्लाहकार नेपाललाई तत्कालै पदबाट हटाउन माग गरिएको छ ।

सरकारले वैशाख २० मा बसेको बैठकले नोटको अग्रभागको पृष्ठभूमिमा रहेको नेपालको पुरानो नक्साको सट्टा नयाँ नक्सा राखेर डिजाइन गर्न स्वीकृति दिएको थियो ।न्युज कारखाना

काठमाडौँ । बलिवुड अभिनेता शेखर सुमन भारतीय जनता पार्टीमा प्रवेश गरेका छन् । शेखर सुमन दिल्लीस्थित भाजपा मुख्यालयमा पार्टीमा सामेल भएका हुन् ।

शेखर सुमन भाजपामा सामेल भएपछि अहिले उनी र अभिनेत्री कंगना रनावतको विगतको विवादको विषयमा प्रश्न उठाइएको छ ।

शेखर सुमन भाजपामा प्रवेश गरेपछि उनको र कंगनाको चर्को आलोचना भइरहेको छ । तर, अब शेखर आफै अगाडि आएर कंगनालाई समर्थन गरेका छन् ।

शेखर सुमनले हिमाचल प्रदेशको मण्डीबाट लोकसभा चुनाव लड्दै आएकी कंगना रनौतका लागि प्रचार गर्न तयार रहेको बताएका छन् ।

कंगनले यसअघि शेखर सुमनका छोरा अध्ययनसँग डेट गरेकी थिइन् । सन् २००८ मा मोहित सुरीको फिल्म ‘राज– द मिस्ट्री कन्टिन्युज’ को सेटमा यी दुईको भेट भयो र प्रेममा परे । यसपछि अभिनेताले सार्वजनिक रूपमा कंगनामाथि कालो जादू गरेको आरोप पनि लगाएका थिए ।

दुवै एउटै पार्टीमा प्रवेश गरेपछि मानिसहरूले दुवैको चर्को आलोचना गरिरहेका छन् ।न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।