२०८३ श्रावण २०
२०८३ श्रावण २०

रौतहट ,२८ बैसाख । भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेका कुखुराको चल्ला र मानिस लाई प्रहरीले नियन्त्रणमा लिएको छ । बैसाख २८ गते अस्थाई प्रहरी पोष्ट बमनहर रौतहटवाट खटिएको प्रहरी गस्ती टोलीले यमुनामाई गा.पा. वडा नं. ४ स्थितमा चेकजाँच गर्ने क्रममा भारतबाट भन्सार छली साईकलमा लोड गरी नेपाल तर्फ ल्याउँदै गरेको २३, हजार ५ सय बराबरको २७ कार्टुन कुखुराको चल्ला, साईकल थान–४ थान र चार जना भारतीय नागरिक लाइ नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी गौर भन्सार कार्यालय रौतहटमा दाखिला गरिएको डिएसपी एलिजा गिरीले जानकारी दिएकी छिन ।

,रौतहट,२८ गते वैशाख । रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ६ फतेपुर टोलमा रहेको स्वास्थ्य चौकीको भवन निर्माण हुने भएको छ । सोको लागि आज नेपाली काँग्रसको जिल्ला सभापति एवम् रौतहट निर्वाचन क्षेत्र नम्बर ३ ख का प्रदेश सांसद सुनिल कुमार यादव उर्फ जितेन्द्रले शिलान्यास कार्य सम्पन्न गर्नुुभएको छ । शिलान्यास पश्चात् सो भवन निर्माणको काम थालनी गरिएको छ ।Open photo मधेश प्रदेश सरकारको आर्थिक सहयोगमा सो भवन निर्माण हुन लागेको हो । करिब २५ लाखको लागतमा निर्माण हुने सो भवन दुुइ कोठे एक तल्ले हुनेछ ।Open photo जसमा बाउण्ड्री वाल पनि निर्माण गरिने स्थानिय बिनोद यादवले जानकारी गराएका हुन् । चालु आर्थिक वर्ष २०८०।०८१ मा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको यादवको भनाइ छ ।Open photo सो शिलान्यासको अवसरमा नेपाली काँग्रेसका नगर सभापति एवम् पूर्व वडा अध्यक्ष शम्भुकान्त प्रसाद यादव,क्षेत्र नम्बर ३ का सभापति सर्फलाल गुप्ता,वडा नम्बर ४ का वडा प्रत्यासी हरेन्द्र यादव,वडा नम्बर ७ का वडा अध्यक्ष सहिद मियाँ,कार्यपालिका सदस्य जामुन ठाकुर,स्थानिय जनप्रतिनिधि तथा भद्र भलादमीहरुको उपस्थित रहेको थियो । यस अघि भाडाको कोठामा सञ्चालन हुँदै आएको स्वास्थ्य चौकी भवन निर्माण पश्चात् आफनै भवनमा सञ्चालन हुनेछ । जसबाट सेवाग्राहीहरु सहजरुपमा सेवा पाउने छन् ।

रौतहट,२८ गते वैशाख । रौतहटको इशनाथ नगरपालिकामा नयाँ हाकिमको रुपमा रविन्द्र कुमार झा हाजिर भएका छन् । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयबाट नि.प्रमुख प्रशासकीय अधिकृतको रुपमा झा हाजिर भएका हुन् । उनलाई नगर प्रमुख कौशल्या देवी लगायत कर्मचारीहरुले स्वागत गरेका छन् । उनलाइ स्थानिय सरकार सञ्चालन ऐन,२०७४ को दफा ८४ को उपदफा (४) अनुसार प्रमुख प्रशासकिय अधिकृत नखटाइएसम्म वा अर्को व्यवस्था नभएसम्मको लागि सो पालिकाको आर्थिक तथा प्रशासनिक कार्य गर्ने गरी जिम्मेवारी दिइएको पत्रमा उल्लेख छ । उनलाइ २०८१ वैशाख २७ गतेको मन्त्रालयको निर्णय अनुसार जिम्मेवारी दिइएको हो । यस अघिका प्रमुख प्रशासकिय अधिकृत भूदेव झाको सरुवा भएपछि झालाइ नि.प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी दिइएको हो ।

आरके श्रीवास्तव,

रौतहट,२८ गते वैशाख । रौतहटको कटहरिया नगरपालिकाका करारका कर्मचारीहरुले १८ महिनादेखिको तलब भत्ता पाउन सकेका छैनन् । तलब नै नपाएपछि कर्मचारीहरुले पनि राजाको काम कहिले जाला घाम जस्तै निराश भएर काम गर्न थालेका छन् । हुँदाखाँदाको जागिर छाडेर कतिपय कर्मचारी विदेश पलायन हुन थालेका छन् । कटहरिया नगरपालिकाका कर्मचारी रविरन्जन यादवले नगरपालिकाले गत २० महिनादेखि तलब बाँकी राखेर गत असोज र कात्तिक गरी दुई महिनाको मात्र तलब उपलब्ध गराएको बताएका छन् । कम्तीमा १८ महिनादेखि तलब भत्ता नदिँदा घर परिवारको बिजोग भएको बताउँदै यादवले घरका मानिसहरुले जागिर छाडेर विदेश जान दबाब दिन थालेको बताएका छन् । कटहरिया नगरपालिकाका रहेका करारका कर्मचारीको बारेमा आफूहरुलाई केही पनि जानकारी नभएको वडाध्यक्ष प्रवक्ता सर्फलाल गुप्ता बताउँछन् । नगर प्रमुख अजय प्रकाश जयसवालले कार्यपालिका बैठकमा पनि करारका कर्मचारीको बारेमा केही पनि बताउने नगरेको र करारका सबै कर्मचारीको कम्तीमा एक वर्षभन्दा बढीको तलब बाँकी रहेको आफूले सुनेको गुप्ताको भनाइ छ । करारका कर्मचारीको संख्या कति रहेको र कति तलब दिने गरेको बारेमा नगर प्रमुखले कहिल्यै कुनै जानकारी नदिने गरेको स्पष्ट पार्दै वडाध्यक्ष गुप्ताले करारका कर्मचारीहरुबाट आधा रकम जति नगर प्रमुखले कमिसन लिने गरेको आरोप आफूले सुनेको बताउँछन् । नगरपालिकामा करारको कर्मचारी संख्या ७० को हाराहारीमा भएको आफूहरुले बुझेको तर नगर प्रमुख अजय प्रकाशले भने १५० भन्दा बढी करारका कर्मचारी रहेको बताउने गरेको गुप्ताको भनाइ छ । करारका कर्मचारी कहाँ काम गर्छन् भन्ने बारेमा कसैलाई कुनै जानकारी नरहेको गुप्ताको भनाइ छ । अर्का वडाध्यक्ष चन्दन कुशवाहाले भने नगर प्रमुख अजय प्रकाश जयसवालले कटहरिया नगरपालिका ९ स्थित आफ्नो चिनी मिलमा ८० देखि १०० जनालाई करारमा काम दिएको र त्यसको भुक्तानी नगरपालिकाबाट दिएको आरोप लगाउँछन् । काम गर्ने वास्तविक कर्मचारीलाई तलब नदिएको तथा नगर प्रमुखको निजी काम गर्नेलाई भने तलब दिने गरेको वडाध्यक्ष कुशवाहाको दाबी छ । इमानदार र दक्ष कर्मचारीले तलब नपाउँदा विदेश पलायन भइरहेको देखिएको छ । करारका कर्मचारीले करिब डेढ वर्षदेखि तलब नपाएको गुनासोको विषयमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानलाई सम्पर्क गर्दा निजको मोबाइलको स्वीच अफ रहेको पाइएको थियो ।

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ।

हाल देशको पहाडी भुभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भुभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। कोशी, बाग्मती र गण्डकी प्रदेशको पहाडी भुभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना र बाँकी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

त्यस्तै राती देशभर आंशिक देखि साधारणतया बदली रहने छ। मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै  स्थानहरूमा साथै बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।न्युज कारखाना

 आजमिति २०८१ साल वैशाख २९ गते शनिबार तदअनुसार मे ११ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं वसन्त ऋतु शुक्ल पक्षको चतुर्थी तिथी, मृगशिरा नक्षत्र, । शुकर्मा योग । चन्द्र राशि मिथुन । यो शुभ योग हो ।

 

अभिजित् मुहूर्त: बिहान ११:३४ देखि १२:२७ सम्म,

• काठमाण्डौंमा सुर्योदय: बिहान ०५:१७

• सुर्यास्त: बेलुका ०६:४४ बजे

 

वैदिक ज्योतिषमा आधारित तपाँईको आजको राशिफल यसप्रकार रहनेछ ।

 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

 

आज समय शुभ छ । पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । व्यापार र व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । जग्गा जमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । विदेशको काममा सफलता मिल्नसक्छ । खर्च भने बढ्न सक्छ ।समय शुभ छ उपयोग गर्नुहोला ।

शुभ रगं ः सेतो

शुभ अंक ः ७

 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

आज समय राम्रो छ । पराक्रम बढ्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । पढाइमा प्रगति हुनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । प्रेममा सफलता हुनेछ । समग्रमा दिन राम्रो छ ।

शुभ रगं ः निलो

शुभ अंक ः ७

 

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

 

आज समय ठीकै छ । मनमा उत्साह र उमङ्गको कमी देखिन सक्छ । सवारी चलाउँदा ध्यान दिनुहोला । राज्यपक्ष र सरकारी काममा विलम्ब हुनेछ । सामाजिक प्रतिष्ठा कायम राख्न थोरै बोलेको राम्रो हुन्छ । प्रेम तथा परिवारमा विवादबाट बच्नुहोला ।

शुभ रगं ः रातो

शुभ अंक ः ६

 

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

 

आज समय शुभ छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रेम तथा दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नसक्छ । खुशि मिल्नसक्ने समय छ ।

शुभ रगं ः पहेलो

शुभ अंक ः २

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

 

आज समय ठिकै छ । शरिरमा आलस्यता आउनसक्छ । सङ्कटको सामना गर्दै उपलब्धी हासिल गर्नु पर्नेछ । कडा मिहिनेतपछि गरिएको कामबाट लाभ हुने सम्भावना छ । शत्रुपक्ष सकृय हुनेछन् । प्रेम तथा परिवारमा अनावश्यक जिद्धी नगर्नुहोला ।

शुभ रगं ः पहेलो

शुभ अंक ः ५

 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

 

आज समय राम्रो छ । मनमा सामान्य चिन्ता भएतापनि दाम्पत्य जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नसक्छ । सन्तानबाट सुख प्राप्त हुनसक्छ । विपरीत लिङ्गी मित्रसँग मन फुकाएर आफ्ना कुरा राख्न सकिने समय छ ।

शुभ रगं ः पहेलो

शुभ अंक ः २

 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

 

आज समय मध्यम छ । परिवारिक माहोल राम्रो रहनेछ । प्रेममा अनावश्यक झगडा हुनसक्छ । शिक्षामा मन नजान सक्छ । स्वास्थ्यमा ध्यान दिनुहोला ।

शुभ रगं ः हरियो

शुभ अंक ः १

 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

 

 

शुभ रगं ः रातो

शुभ अंक ः ८आज समय मध्यम छ । नयाँ ठाउँमा आर्थिक लगानी गर्दा ध्यान दिनुहोला । काममा ढिलाई हुनसक्छ । प्रेममा अनावश्यक मनमुटावबाट बच्नुहोला । पारिवारलाई समय दिनुहोला । दिँउसोबाट तपाइमा उर्जा थपिनेछ । हतारमा निर्णय नगर्नुहोला ।

 

 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

 

आज समय राम्रो छ । प्रतिस्पर्धामा विजयी हुने योग छ । कार्यक्षेत्रमा अरुले गरे भनेका कुरामा चित्त नबुझ्न सक्छ, प्रेम तथा पढाईमा आज राम्रो छ । रमाइलो यात्राको छ । स्वास्थ्य सबल रहने छ । काममा संघर्ष हुनेछ । खर्च बढ्न सक्छ ।

शुभ रगं ः हरियो

शुभ अंक ः ४

 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

 

आज समय मध्यम छ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ । बोल्दा विचार पुर्याउनुहोला । मनमा चिन्ता रहनेछ । प्रेम तथा परिवारमा विवाद हुन सक्छ, सतर्क हुनुहोला ।

शुभ रगं ः वैजनी

शुभ अंक ः ६

 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

 

आज समय राम्रो छ । मिहेनतको फल मिल्नेछ । पारिवारिक सुख मिल्नेछ । प्रेम तथा साथिभाईबाट सहयोग मिल्न सक्छ । स्वास्थ सुधार हुने छ ।

शुभ रगं ः निलो

शुभ अंक ः ८

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

 

आज समय ठिक छ । आँट र साहस बढ्नेछ । कार्य पुर्ण हुनसक्छ । बौद्धिकताको प्रशंसा हुनेछ । प्रेम तथा परिवारमा शान्ती मिल्नेछ ।

शुभ रगं ः पहेलो

शुभ अंक ः ४

 

 

राशिफलमा राम्रो नराम्रो जे लेखेको भएका पनि तपाई आफ्नो नियमित कार्यबाट विचलित नहुनुहोला । राशिफल भनेको तपाईँको जन्मकुण्डलीमा रहेको चन्द्रमाको राशिलाई लिएर हाल भएका ग्रहहरूको अबस्थालाई हेरेर तयार गरीएको हुन्छ । जन्मकुण्डलीको अन्य आठ ग्रहको अवस्था युती, दृष्टि, भाव, उच्च, नीच, आदि कुराहरूले फरक पर्न सक्छ । निर्णय गर्दा तपाईंको आफ्नै अन्तर्ज्ञान र निर्णय प्रयोग गर्न सधैं महत्त्वपूर्ण छ।

 

राशिफल लेखक युवा ज्योतिष जनक खड्का, ज्योतिष परामर्श केन्द्रको सञ्चालक समेत हुन्। उनि वैदिक ज्योतिषका विज्ञ मानिन्छन् ।

न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।