२०८३ श्रावण २०
२०८३ श्रावण २०

काठमाडौँ । आज बस्ने भनिएको नेपाली कांग्रेसको संसदीय कार्यसमिति र संसदीय दलको बैठक स्थगित भएको छ ।

कांग्रेसले संसदीय कार्यसमितिको बैठक आज अपराहन्न १ बजे संसदीय दलको बैठक अपराहन्न २ बजे बस्ने बताइएको थियो । तर अब बैठक मंगलबार संसदीय कार्यसमिति बिहान ८ बजे र संसदीय दलको बैठक बिहान ९ बजे कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने भएको छ ।

बैठकबाट कांग्रेसले मंगलबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले पेश गर्ने सरकारको नीति तथा कार्यक्रम अवरोध गर्ने या नगर्ने भन्ने विषयमा निर्णय गर्ने बताइएको छ ।

कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा मुछिएको आरोप लगाउदै संसदीय छानबिन समितीको माग गरेर संसद अवरुद्ध गरिरहेको छ । न्युज कारखाना

काठमाडौँ । सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका ६२ वर्षीय रिचर्ड रिक स्लेम्यानको अमेरिकाको म्यासाचुसेट्स राज्यमा मृत्यु भएको छ ।

रिचर्डलाई मार्चमा आनुवंशिक रूपमा परिमार्जित सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएको थियो । यो मृगौलाले रिचर्डको शरीरमा कम्तिमा २ वर्षसम्म राम्रोसँग काम गर्न सक्ने चिकित्सकहरूले बताएका थिए ।

प्रत्यारोपण गरिएको अस्पतालले रिचर्डको मृत्युको कारण सुँगुरको मिर्गौला नभएको बताएको छ । प्रत्यारोपण टोलीले रिचर्डको मृत्युप्रति दुःख व्यक्त गरेको छ । सुँगुरको मृगौला आफ्नो शरीरमा प्रत्यारोपण गर्ने रिचर्ड पहिलो व्यक्ति थिए । यसअघि सुँगुरको मिर्गौला ब्रेन डेड व्यक्तिको शरीरमा मात्रै प्रत्यारोपण गरिन्थ्यो ।

सुँगुरको मुटु पनि दुई जनामा ​​प्रत्यारोपण गरिएको छ । तर, शल्यक्रिया गरेको केही महिनामै उनको मृत्यु भयो । रिचर्डको पहिलो मृगौला प्रत्यारोपण सन् २०१८ मा भएको थियो । तर, त्यो मृगौला पनि फेल भएर फेरि डायलासिस गर्नुपर्‍यो ।

रिचर्डको शल्यक्रिया भएको एक महिनापछि, अप्रिलमा, न्यू जर्सीकी लिसा पिसानो नामकी महिलाको पनि आनुवंशिक रूपमा परिमार्जित सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएको थियो । यसबाहेक उनको मुटुको धड्कन जारी राख्नका लागि मेकानिकल पम्प पनि जडान गरिएको थियो ।

हाल अमेरिकामा करिब १ लाख १० हजार मानिस अंग प्रत्यारोपणको पर्खाइमा छन् । तीमध्ये धेरैजसो मृगौला प्रत्यारोपणको पर्खाइमा छ । अमेरिकामा हरेक वर्ष अंग प्रत्यारोपणको अभावमा ६ हजारभन्दा बढी बिरामीको मृत्यु हुने गरेको आँकडा रहेको छ ।न्युज कारखाना

 

काठमाडौँ । भारतको लोकसभा चुनावको चौथो चरणको मतदान आज सुरु भएको छ । आज कुल १० राज्य र केन्द्र शासित प्रदेशका ९६ सिटमा मतदान भइरहेको भारतीय निर्वाचन आयोगले जनाएको छ ।

यस चरणमा आन्ध्र प्रदेशको १७५ र ओडिशाको २८ विधानसभा सीटका लागि पनि मतदान भइरहेको छ । आज हुने मतदानमा समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादव, पूर्व क्रिकेटर युसुफ पठान, अभिनेता तथा नेता शत्रुघ्न सिन्हासहित कुल १७१७ उम्मेदवार मैदानमा रहेका छन् ।

यस चरणमा, कुल १७.७० करोड मतदाताहरूले १९ लाख भन्दा बढी मतदान केन्द्रहरूमा मतदान गर्दैछन्, जसमध्ये ८.९७ करोड मतदाता पुरुष र ८.७३ करोड महिला मतदाता छन्।

निर्वाचन हुने राज्यमा आन्ध्र प्रदेश, बिहार, झारखण्ड, मध्य प्रदेश, महाराष्ट्र, ओडिशा, तेलंगाना, उत्तर प्रदेश, पश्चिम बंगाल, जम्मू र कश्मीर रहेका छन् ।न्युज कारखाना

काठमाडौँ । विश्वमा दुई ठूला युद्ध भइरहेकाले हतियार बजार अहिले कारोबारको हिसाबले उच्च रहेको छ । कोरोना अवधिपछि सुरु भएको युक्रेन–रुस युद्ध र गत अक्टोबरमा इजरायल–हमास युद्धपछि अहिले हतियार बजार तातेको विभिन्न रिपोर्टलले उल्लेख गरेका छन् । यस वर्ष करिब ३५ अर्ब डलरको हतियार बिक्री हुने सम्भावना छ ।

हालसम्म विश्वमा हतियारको बजार करिब २१ अर्ब डलरको रहेको बताइएको छ । सोही अनुसार यो वर्ष हतियार खरिद ३७ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । रक्षा विज्ञहरूले यो संख्या देशहरू बीचको आधिकारिक हतियार सम्झौताको डाटासँग सम्बन्धित छ । तर संसारभर अवैध हतियार बिक्रीको लागि नेटवर्क र बजार पनि छ ।

धेरै देशका सरकारहरू पनि यसमा पर्दा पछाडि संलग्न छन् । तीस वर्षमा पहिलो पटक युरोपमा हतियार खरिद १३ प्रतिशतले बढेको छ । फेब्रुअरी २०२२ मा सुरु भएको युक्रेन-रुस युद्ध दोस्रो विश्वयुद्धपछिको युरोपको पहिलो ठूलो युद्ध हो ।

गत वर्ष अक्टोबरमा इजरायल–हमास युद्धले पनि हतियार खरिदको दौड बढाएको छ । इजरायलसँग आफ्नै हातमा हतियारको ठूलो भण्डार छ, जबकि इरान र अन्य खाडी देशहरूले हमासको पक्षमा आफ्नो भण्डार खोलेका छन् ।

बहुध्रुवीय विश्व व्यवस्थामा गुटहरूको भूमिका समाप्त हुँदैछ। नयाँ देशहरू हतियार बजारमा प्रवेश गरिरहेका छन् । जसमा स्वीडेन, टर्की, दक्षिण कोरिया, चीन र इरान पर्छन् ।

हतियार बिक्रीमा शीर्ष स्थानमा रहेका देशहरूले हतियारको क्षेत्रमा अनुसन्धानमा धेरै काम गरे । हतियार निर्यात गर्ने र नोबेल शान्ति पुरस्कार दिने विश्वको सबैभन्दा रोचक देश स्वीडेन हो। संसारमा वास्तविक युद्धको समयमा हतियार मात्रै बेचिँदैन, युद्धको कथा सेट गरेर युद्धको कृत्रिम जोखिम पनि सिर्जना गरिन्छ ।

पछिल्लो समय ताइवान यसको सबैभन्दा ठूलो उदाहरण हो । ताइवानको भौगोलिक स्थानका कारण अमेरिका यहाँ सक्रिय छ, चीनको धम्कीलाई उद्धृत गर्दै अमेरिकाले दुई वर्षमा ताइवानलाई १७ लाख करोडको हतियार बेचेको छ ।

जेनेभा एकेडेमीको पछिल्लो प्रतिवेदन अनुसार हाल विश्वभर करिब २५ वटा ठूला युद्ध वा द्वन्द्वहरू भइरहेका छन् । केही महाद्वीपहरूमा चलिरहेको युद्धलाई जेनेभा एकेडेमीले सशस्त्र संघर्षको नाम दिएको छ ।

अहिले विश्वमा लडाकु ड्रोनको माग सबैभन्दा बढी छ। हाल करिब ६ अर्ब डलरको ड्रोनको बजार आगामी ५ वर्षमा ३० अर्ब डलरको पुग्ने अनुमान गरिएको छ ।

अहिले विश्वमा अमेरिका सबैभन्दा ठुलो हतियार विक्रेता हो । अमेरिकाले अहिले विश्वको ४२ प्रतिशत हतियार बिक्री गर्ने गर्दछ । त्यस्तै फ्रान्सले ११ प्रतिशत, रुसले १०.५ प्रतिशत, जर्मनीले ५.६ प्रतिशत, इटालीले ४.३ प्रतिशत, बेलायतले ३.७ प्रतिशत र स्पेनले २.७ प्रतिशत हतियार बिक्री गर्ने गर्दछ ।न्युज कारखाना

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुदै छ । आज गुजरात टाइटन्स र कोलकोता नाइट राइडर्सबीच खेल हुदै छ ।

अहमदावादमा हुने यो खेल नेपाली समय अनुसार राती ७: ४५ बजेदेखि शुरु हुदै छ ।

जारी आइपिएलमा कोलकोता नाइट राइडर्स प्लेअफका लागि छनौट भइसकेको छ । कोलकोताले १२ खेलमा १८ अंकसहित शिर्ष स्थानमा रहेको छ र प्लेअफमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ ।

त्यसैगरी गुजरात टाइटन्सले भने अहिलेसम्म १२ खेलमा ५ खेल मात्र जितेको छ । र अंक तालिकामा १० अंकसहित आठौँ स्थानमा रहेको छ । गुजरातका लागि अब बाँकी खेल जितेमा मात्र प्लेअफमा स्थान बनाउने सम्भावना रहने हुनाले यो खेल जित्नै पर्ने अवस्थामा रहेको छ ।

गुजरात टाइटन्स यस सिजनमा शुभमन गिलको कप्तानीमा खेल्दै छ । गुजरातले टिम खेलेको पहिलो सिजनमै विजेता र गत सिजनमा उपविजेता बनेर बलियो टिमको उदाहरण दिएको छ ।

यस टिममा गिलसहित रिद्धिमान शाह, साइ किसोर, साइ सुदर्शन, राहुल तेवातिया, उमेश यादव, अभिनव मनोहर जस्ता भारतीय खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ भने डेविड मिलर रशिद खान, अज्मतुल्लाह ओमरजाइ, केन विलियम्सन जस्ता विदेशी खेलाडीको भूमिका ठुलो हुने देखिएको छ । गुजरात टिम खेलेको पहिलो सिजनमै विजेता र गत सिजनमा उपविजेता बनेको थियो ।

त्यसैगरी कोलकोता श्रेयस अय्यरको कप्तानीमा आइपिएल खेल्दै छ । कोलकोताका लागि यस सिजनमा उनको भूमिका महत्वपूर्ण हुने देखिन्छ । विवादपछि भारतीय क्रिकेट बोर्डको सेन्ट्रल कन्ट्रयाक्टमा नपरेका श्रेयसले आइपिएलको प्रदर्शनबाट बोर्डलाई जवाफ दिने प्रयास गर्ने छन् । त्यस्तै उनी बाहेक गत आइपिएलबाट उदाएका रिंकु सिंह, नितिश राना जस्ता भारतीय खेलाडी कोलकोताका लागि महत्वपूर्ण हुनसक्छन् ।

त्यस्तै फिल साल्ट, सुनिल नारान, आन्द्रे रसेल, रह्मुनुल्लाह गुर्बाज जस्ता विदेशी खेलाडीको प्रदर्शन महत्वपूर्ण हुने देखिन्छ । कोलकोताले यसअघि २०१२ र २०१४ मा उपाधि जितेको छ भने २०२१ मा उपविजेता बनेको छ । गत सिजनमा कोलकोता सातौं स्थानमा आएको थियो ।
न्युज कारखाना

काठमाडौँ । पिएसजीले फ्रेन्च लिग वानको उपाधि जितेको छ । गएराती सम्पन्न खेलमा टोउलोउससँग ३-१ गोलको हार बेहोरेपनि पिएसजीले यस सिजनको लिग जितेको हो ।

टोउलोउसको जितमा थिजस डालिंगा, यन बोहो र फ्र्यांक माग्रीले एक एक गोल गरेका थिए । त्यसैगरी पिएसजीका लागि एक गोल किलियन एम्बाप्पेले गरेका थिए ।

यस सिजनको लिगमा पिएसजीको यो दोस्रो हार हो । ३२ खेलमा ७० अंक रहेको पिएसजी लिगमा शिर्ष स्थानमा कायम रहेको छ र यस सिजनका दुई खेल अघिनै उपाधि जितेको छ । दोस्रो स्थानमा रहेको मोनाको ३३ खेलमा ६४ अंक सहित ६ अंकले पछाडी परेपछि पिएसजीले उपाधि जितेको हो । यस सिजनमा लिगमा ३४ खेल मात्र खेलिदै छ ।

पिएसजीको यो १२औं फ्रेन्च लिग वानको उपाधि हो । भने पछिल्लो तीन बर्ष लगातार पिएसजीले यो उपाधि जितेको छ ।न्युज कारखाना

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले म्यानचेस्टर युनाइटेडलाई पराजित गर्दै उपाधि दौडमा आफुलाई कायमै राखेको छ ।

गएराती सम्पन्न खेलमा आर्सनलले म्यानचेस्टर युनाइटेडलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

आर्सनलका लागि लीन्द्रो ट्रोसार्डले खेलको २०औं मिनेटमा गरेको गोल नै खेलको निर्णयक गोल बनेको थियो ।

यो जितपछि आर्सनल लिगको शिर्ष स्थानमा उक्लिएको छ । ३७ खेलमा आर्सनलको ८६ अंक रहेको छ । त्यस्तै एक खेल कम खेलेको म्यानचेस्टर सिटीको ३६ खेलमा ८५ अंक रहेको छ ।

अब आर्सनलले आफ्नो अन्तिम लिग खेल मे १९ मा एभर्टनसँग खेल्ने छ । त्यस्तै म्यानचेस्टर सिटीले भने मे १५ मा टोटनह्याम र मे १९ मा वेस्टह्यामको सामना गर्ने छ ।

त्यसैगरी यो हारपछि म्यानचेस्टर युनाइटेडको भने ३६ खेलमा ५४ अंक रहेको छ र लिगमा आठौँ स्थानमा छ ।
न्युज कारखाना

काठमाडौँ । नेपाली कांग्रेसको संसदीय कार्यसमिति र संसदीय दलको बैठक आज बस्ने भएको छ ।

कांग्रेसले संसदीय कार्यसमितिको बैठक आज अपराहन्न १ बजे संसदीय दलको बैठक अपराहन्न २ बजे बस्ने जानकारी दिइएको छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्ने भएको छ ।

बैठकबाट कांग्रेसले मंगलबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले पेश गर्ने सरकारको नीति तथा कार्यक्रम अवरोध गर्ने या नगर्ने भन्ने विषयमा निर्णय गर्ने बताइएको छ ।

कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा मुछिएको आरोप लगाउदै संसदीय छानबिन समितीको माग गरेर संसद अवरुद्ध गरिरहेको छ ।

कांग्रेसले आइतबार बिहान प्रधानमन्त्रीसँग छलफल गरेको र छलफल सकारात्मक भएको बताएको छ ।
न्युज कारखाना

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिदै छन् ।

मुख्यमन्त्री कार्कीले बैशाख ३१ गते विश्वासको मत लिने गरि शुक्रबार प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गराएका हुन् ।

आज बिहान ११ बजेका लागि बोलाइएको कोशी प्रदेश सभाको बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन लागेका हुन् ।

कार्कीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले वैशाख २७ गते बुधबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । कार्कीले बुधबार नै शपथ ग्रहण र पदभार ग्रहण गरिसकेका छन् । यस्तै उनले आफ्नो क्याबिनेटमा एमालेबाट रामबहादुर राना र माओवादीबाट गणेश उप्रेतीलाई मन्त्री नियुक्त गरिसकेका छन् ।

अर्कोतर्फ उनको नियुक्ति प्रक्रियाविरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्कीले भने सर्वोच्च अदालतमा बुधबार नै रिट दायर गरेका छन् । उक्त रिटमाथि बिहीबार सुनुवाइ गर्दै सर्वोच्च अदालतले अन्तरिम आदेश दिनु नपर्ने जनाएको छ । यस्तै पूर्ण सुनुवाइका लागि जेठ ९ गतेको लागि समय तोकिएको छ ।न्युज कारखाना

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलुरुले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बैंगलुरुले दिल्लीलाई ४७ रनले पराजित गरेको हो ।

बैंगलुरुले दिएको १८८ रनको लक्ष्य पछाएको दिल्लीले १९.१ ओभरमा अलआउट हुदै १४० रन मात्र बनाएको थियो । यस अघि बैंगलुरुले पहिला ब्याटिंग गर्दै २० ओभरमा ९ विकेट गुमाउदै १८७ रन बनाएको थियो ।

यो जितपछि रोयल च्यालेन्जर्स बैंगलुरुको १३ खेलमा १२ अंक भएको छ र अंक तालिकामा पाँचौं स्थानमा उक्लिएको छ । अब बैंगलुरुले आफ्नो अन्तिम खेल आगामी शनिबार चेन्नई सुपर किंग्ससँग खेल्ने छ ।

त्यसैगरी दिल्ली क्यापिटल्सको भने यो हारपछि प्लेअफको सम्भावना मुश्किल बनेको छ । दिल्लीको १३ खेलमा १२ अंक रहेको छ र छैटौं स्थानमा रहेको छ । अब दिल्लीले आफ्नो अन्तिम खेल मंगलबार लखनउसँग खेल्ने छ ।न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।