२०८३ श्रावण १४
२०८३ श्रावण १४

काठमाडौँ । न्युजील्यान्डले जारी टी-२० विश्वकपको सुपर–८ खेल्न नसकेपछि केन विलियम्सनले कप्तानीबाट राजीनामा दिएका छन् र केन्द्रीय सम्झौता पनि अस्वीकार गरेका छन् । उनको यो निर्णयले सबैलाई चकित बनाएको छ । यस्तो अवस्थामा उनले छिट्टै अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिने भन्ने प्रश्न उठिरहेको छ ।

केनले यस अघि नै टेस्ट टिमको कप्तानी छोडिसकेका छन् । केन बाहेक लुकी फर्गुसनले पनि न्यूजील्याण्ड क्रिकेट बोर्डबाट केन्द्रीय सम्झौता लिन अस्वीकार गरेका छन् ।

न्यूजील्याण्ड क्रिकेट बोर्डले आफ्नो आधिकारिक वेबसाइट मार्फत यो जानकारी दिएको हो । केनले आफ्नो खेलमा ध्यान केन्द्रित गर्न यो निर्णय लिएको बताइएको छ । न्यूजील्याण्डका लागि ३५० भन्दा बढी अन्तर्राष्ट्रिय खेल खेलेका केनको यो निर्णय २०२४ को टी–२० विश्वकपमा निराशाजनक प्रदर्शनपछि आएको हो । किवी टोली समूह चरणमा वेस्ट इन्डिज र अफगानिस्तानसँग पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएको थियो ।

केनले आफुले आफ्नो खेलमा ध्यान केन्द्रित गर्न यो निर्णय गरेको बताए । उनले आगामी दिनमा पनि केन्द्रीय सम्झौता स्वीकार गर्न आफू तयार रहेको बताए । केनले यस समयमा आफू आफ्नो परिवारसँग बढी समय बिताउन चाहेको बताए ।

उनले भनेका छन्- ‘न्युजील्यान्डका लागि खेल्न पाउनु एउटा सौभाग्यको कुरा हो र टोलीका लागि राम्रो प्रदर्शन गर्नु सधैं मेरो प्राथमिकतामा रहेको छ । तर, क्रिकेटभन्दा बाहिर मेरो जीवनमा परिवर्तन ल्याउनु भनेको मेरो परिवारसँग धेरै समय बिताउनु र उनीहरूसँग स्वदेश तथा विदेशमा अनुभवको आनन्द लिनु हो ।’न्युज कारखाना

काठमाडौँ । गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारीले इन्गेजमेन्ट गरेका छन् । आफूहरूले इङगेजमेन्ट गरेको महेश आफैँले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका हुन् ।

‘सहयात्राको यो सुरुआत’ भन्दै उनले लेखेका छन्, ‘वी आर इङगेज्ड ! आई लभ यू’ भन्दै महेशले अस्मितासँगका तस्बिर उनलाई ट्याग गरेका छन् । उनीहरू दुवै सांगीतिक क्षेत्रका निकै चर्चित गायक गायिका हुन् । केही गीतमा सहकार्य समेत गरेका उनीहरू केही समयदेखि प्रेम सम्बन्धमा रहेको चर्चा थियो ।

उनीहरुले केही चर्चित गीत सँगै गाएका पनि छन् । न्युज कारखाना

काठमाडौं । आज बुधबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ ।

मंगलबार प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोहि मूल्यमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य तोलाको १० रुपैयाँले बढेर प्रतितोला १८०५ रुपैयाँमा कारोबार भइरहेको छ ।
न्युज कारखाना

काठमाडौँ । स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंहले कवाडी व्यवसायीहरुले सबै कवाडी महानगरको कार्यालय र मेयर बालेन शाहको घर अगाडी लगेर थुपारिदीन आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सिंहले काठमाडौँमा आन्दोलित रहेका कवाडी व्यवसायीमाथि प्रहरीले दमन गरेको भन्दै बालेनले सिकाए जस्तै कवाडी लगेर उनको कार्यालय र घर अगाडी थुपारिदीन आग्रह गरेका हुन् ।

उनले कवाडी व्यवसायीको शान्तिपूर्ण प्रदर्शनमाथि दमन गरिएको भन्दै यसलाई आफुले मधेशीमाथिको दमनको रुपमा हेरेको टिप्पणी गरेका छन् । उनले काठमाडौँमा हुने आन्दोलनमा अन्य र मधेशीमाथि विभेद हुने गरेको बताइदै डा. सिंहले अरु आन्दोलनमा पानीको फोहोरा हान्ने प्रहरीले मधेशीको प्रदर्शनमा लाठि बर्साएको आरोप लगाए ।

सांसद सिंहले यस घटनामा गृहमन्त्रीको जवाफका लागि रुलिङको समेत माग गरेका छन् ।न्युज कारखाना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फर्किएका छन् । उनी स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण पूरा गरी केहीबेर अघि स्वदेश फर्किएका हुन् ।

राष्ट्रपति पौडेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति रामसहायप्रसाद यादव र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वागत गरे । त्यस अवसरमा राष्ट्रपतिको सम्मानमा नेपाली सेनाको एक टोलीले सम्मान गारत अर्पण गरेको थियो ।

राष्ट्रपति पौडेलको स्वागतका लागि विमानस्थलमा राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्रीहरू, मन्त्रीगण, सुरक्षा निकायका प्रमुख, सरकारका उच्चपदस्थ अधिकारी, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि उपस्थित थिए ।

राष्ट्रपति पौडेल गत जेठ २९ गते अन्तर्राष्ट्रिय श्रम सङ्गठनले जेनेभामा आयोजना गरेको अन्तर्राष्ट्रिय श्रम सम्मेलनको एक सय १२औँ उच्चस्तरीय बैठकमा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका थिए । उक्त सम्मेलनमा सहभागी भई उनीअसार १ गते सङ्घीय गणतन्त्र जर्मनीको औपचारिक भ्रमणमा पुगेका थिए ।

राष्ट्रपति पौडेलका साथ प्रथम महिला सविता पौडेल, राष्ट्रपतिका परराष्ट्र मामिलाविज्ञ डा सुरेशचन्द्र चालिसे, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका सचिवहरूलगायत थिए ।न्युज कारखाना

काठमाडौँ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकाले हतियार र गोला बारुद उपलब्ध नगरेको आरोप लगाएका छन् । नेतान्याहुले अमेरिकाले इजरायललाई हतियार र गोला बारुद पठाउन ढिला गरेको आरोप लगाएका हुन् ।

उनले विदेशमन्त्री एन्टोनी ब्लिन्केन इजरायलको बेला कुरा गरेको मैले युद्धको सुरुवातदेखि नै अमेरिकाले इजरायललाई दिएको समर्थनको कदर गरेको बताए ।

उनले भने- ‘तर मैले उनीहरूलाई अर्को कुरा पनि भनेँ । मैले भने कि यो मेरो लागि बुझ्न नसकिने कुरा हो कि विगत केही महिनादेखि बिडेन प्रशासनले इजरायललाई हतियार र गोला बारुद पठाउन ढिलाइ गरेको छ ।’

‘इजरायल अमेरिकाको सबैभन्दा नजिकको मित्र हो जसले आफ्नो जीवनको लागि लडिरहेको छ । हामी इरानसँग लडिरहेका छौं र हामी दुवैका शत्रु देशहरूसँग लडिरहेका छौं, उनले भने, ‘ब्लिन्केनले आश्वासन दिए कि प्रशासनले यी अवरोधहरू हटाउन चौबीसै घण्टा काम गरिरहेको छ, र मलाई आशा छ कि यो मामला हो ।’

बाइडेन प्रशासनले गाजामा सर्वसाधारणको हत्याप्रति चिन्ता व्यक्त गर्दै मे महिनादेखि हतियारको आपूर्तिमा ढिलाइ गरेको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भने, ‘हामी धेरै मोर्चामा लडिरहेका छौं । दक्षिणमा हामी हमाससँग लडिरहेका छौं । हामीले हमासलाई समाप्त गरी बन्धकहरूलाई मुक्त नगरेसम्म लडाइँ जारी रहनेछ ।’न्युज कारखाना

काठमाडौँ । एनभिडियाको शेयर मूल्य मंगलबार अहिलेसम्मकै उच्चमा पुगेपछि विश्वकै सबैभन्दा मूल्यवान कम्पनी बनेको छ ।

एनभिडियाको स्टक ३.५ प्रतिशतले बढेर १३६ डलर पुगेको छ । यसपछि एनभिडिया माइक्रोसफ्टलाई उछिन्दै विश्वको सबैभन्दा बढी मुल्यवान कम्पनि बनेको हो ।

यो महिनाको सुरुमा एनभिडिया एप्पललाई उछिनेको थियो ।

एनभिडियाले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सफ्टवेयरको लागि आवश्यक कम्प्युटर चिपहरू बनाउँछ, र यसका उत्पादनहरूको मागले पछिल्ला केही वर्षहरूमा यसको बिक्री र नाफा बढाएको छ । धेरै लगानीकर्ताहरूले यसको आम्दानी अझ बढ्न सक्ने विश्वास गर्छन्, जसले गर्दा यसको शेयर मूल्य बढेको छ, यद्यपि केहीले यसको आकाश-उच्च मूल्याङ्कनमा प्रश्न उठाएका छन् ।

मंगलबारको शेयर मूल्य बढेपछि ३.३४ ट्रीलियन डलर पुगेको छ । यस वर्षको सुरुदेखि कम्पनीको मूल्य लगभग दोब्बर भएको छ ।

आठ वर्ष पहिले, स्टक यसको हालको मूल्यको एक प्रतिशत भन्दा कम मूल्यवान थियो । एआई विकासकर्ताहरू बीच प्रतिस्पर्धा बढेपछि अहिले यो विश्वको मुल्यवान कम्पनि बन्न सफल भएको छ । माइक्रोसफ्ट, गुगल-मालिक अल्फाबेट, मेटा र एप्पल जस्ता स्थापित कम्पनिहरु एआइको प्रतिष्पर्धामा आइरहेका बेला यसको फाइदा एनभिडियाले लिएको छ, जसले एआई चिप बजारको विशाल बजार ओगटेको छ ।

एनभिडियाको बिक्री र नाफाको तथ्याङ्कले हालका वर्षहरूमा धेरै विश्लेषकहरूको अपेक्षाहरू पार गरेको छ । गत मेमा, वित्तीय परिणामहरूको पछिल्लो सेट प्रकाशित भएपछि, क्विल्टर चेभियोट टेक्नोलोजी विश्लेषक बेन ब्यारिङ्गरले एनभिडियाले फेरि एक पटक धेरै उच्च बाधा हटाएको टिप्पणी गरेको थियो ।न्युज कारखाना

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले २४ वर्षपछि पहिलोपटक उत्तर कोरिया पुगेका छन् । पुटिनलाई उत्तर कोरियामा राजधानी प्योङयाङमा भव्य स्वागत गरिएको छ ।

पुटिन र उत्तर कोरियाका शासक किम जोङ उनबीच उच्च स्तरीय भेटवार्ता हुने बताइएको छ ।

गत वर्ष सेप्टेम्बरमा रुसी सहर भ्लादिभोस्टोकमा पनि दुवै नेताबीच भेट भएको थियो । सन् २००० पछि पुटिनले उत्तर कोरियाको भ्रमण गरेको यो पहिलो पटक हो ।

क्रेमलिनले पुटिनको यस भ्रमणलाई मैत्रीपूर्ण भ्रमण भनेको छ भने रूसी मिडियाले पुटिन र किम जोङ उनले सुरक्षाका मुद्दाहरू सहित साझेदारी सम्झौतामा हस्ताक्षर गर्ने सम्भावना रहेको र दुई नेताहरूले संयुक्त वक्तव्य दिने बताएका छन् ।

पुटिनले प्योङयाङको अर्थोडक्स चर्च अफ द लाइफ गिभिङ ट्रिनिटीको भ्रमण गर्न सक्ने बताइएको छ ।

रिपोर्टमा पुटिन प्योङयाङको कुमसुसन गेस्टहाउसमा बस्नेछन्, जहाँ चिनियाँ राष्ट्रपति सी जिनपिङले २०१९ मा उत्तर कोरियाको राजकीय भ्रमणको क्रममा बसेका थिए ।

पुटिनले आफ्ना नयाँ रक्षामन्त्री आन्द्रेई बेलोसोफसँग यात्रा गर्ने अपेक्षा गरिएको छ, जबकि विदेशमन्त्री सर्गेई लाभरोभ र उपप्रधानमन्त्री अलेक्ज्याण्डर नोभाक पनि साथको प्रतिनिधिमण्डलको हिस्सा हुनेछन् ।न्युज कारखाना

काठमाडौँ । भारतबाट भागेर लन्डनमा बसिरहेका विजय माल्या अहिले फेरी चर्चामा रहेका छन् । यस पटक उनको चर्चा भने कारोबारको कारण नभएर उनको छोराको कारणले हो ।  उनका छोरा सिद्धार्थ माल्या विअवाहिक बन्धनमा बाधिन लागेको विषय अहिले सामाजिक संजाल र मिडियामा चर्चाको विषय बनेको छ ।

सिद्धार्थले लामो समयदेखिकी प्रेमिका जास्मिनसँग विवाद गर्न लागेको जानकारी दिएका छन् । सिद्धार्थको विवाह यसै साता हुने बताइएको भएपनि स्थान र समय भने खुलाइएको छैन ।  रिपोर्टका अनुसार विवाह लन्डनमा हुने बताइएको छ ।

सिद्धार्थले यस अघि २०२३ को नोभेम्बरमा जस्मिनसँग इन्गेजमेन्टको घोषणा गरेका थिए । लस एन्जल्समा जन्मिएका सिद्धार्थ लन्डन र युएईमा हुर्किएका थिए । सिद्धार्थले लन्डनको वेलिंगटन कलेज र क्विन मेरी युनिभर्सिटीबाट अध्ययन गरेका छन् भने रोयल सेन्ट्रल स्कुल अफ स्पीच एण्ड ड्रामाबाट अभिनय सम्बन्धि पढाई गरेका छन् ।

सिद्धार्थको एक समय बलिवुड अभिनेत्री दीपिका पादुकोणसँग अफ्येर्स रहेको चर्चा थियो ।  २०११ को आइपिएलमा सिद्धार्थले दीपिकालाई सार्बजनिक रुपमा किस गरेको  तस्बीर निकै चर्चित भएको थियो ।  तर छोटो सम्बन्ध पछि उनीहरु अलग भएको बताइएको थियो ।

भारतको चर्चित युबी समुहका चेयरम्यान तथा आइपिएल टिम आरसिबीका मालिक रहेका विजय माल्या भारतमा बैंकबाट लिएको ऋण नतिरेको आरोप लागेपछि लन्डन बसेका छन् । उनलाई भारत ल्याउन बह्र्ट सरकारले कानुनी लडाई लडिरहेको भएपनि अहिलेसम्म सफल हुन सकेको छैन ।
न्युज कारखाना

काठमाडौँ । राष्ट्रिय चिकित्सा शिक्षा आयोगले झापास्थित दुर्गा प्रसाईँको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गरेको छ । आयोगको मंगलबार बालुवाटारमा बसेको बैठकले प्रसाईँको मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गरेको हो ।

आयोगका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । यसअघि सर्वोच्च अदालतले १५ दिनभित्रमा सम्बन्धन दिन सरकारको नाममा परमादेश जारी गरेको थियो । सोही आधारमा काठमाडौँ विश्वविद्यालयले सम्बन्धनका लागि आयोगलाई लेखी पठाउने निर्णय गरेको थियो । काठमाडौँ विश्वविद्यालयको पत्रको आधारमा मंगलबार बसेको आयोगको बैठकले सम्बन्धन दिने निर्णय गरेको हो । बैठकमा अध्यक्ष प्रचण्डसहित सहअध्यक्षद्वय शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ र स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादव लगायतको उपस्थिति थियो ।

सर्वोच्च अदालतले जेठ २४ गते काठमाडौँ विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगका नाममा परमादेश जारी गर्दै १५ दिनभित्र बीएण्डसीलाई सम्बन्धन दिन आदेश दिएको थियो । उक्त परमादेशपछि काठमाडौँ विश्वविद्यालय कार्यकारी समितिको जेठ २७ गते बसेको बैठकले आयोगलाई सम्बन्धन दिनका लागि लेखी पठाउने निर्णय गरेको थियो ।

बीएण्डसीले २०६४ सालमा नै शिक्षा मन्त्रालयबाट आशयपत्र लिएको थियो । आशयपत्र लिएर पूर्वाधार तयार पारेर सञ्चालनको तयारी गरेको थियो । तर, २०७५ सालमा चिकित्सा शिक्षा ऐन जारी भएपछि सम्बन्धन पाउन सकेको थिएन । त्यसपछि मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईँले सर्वोच्चमा रिट दायर गरेका थिए ।न्युज कारखाना

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।