२०८३ बैशाख २१
२०८३ बैशाख २१

काठमाडौ, चैत २९ ।

समता घरेलु लघुवित्तको आज वार्षिक साधारण सभा बस्दै छ । सभामा कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ५.४२२२ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२८५४ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । सभा प्रयोजनका लागि कम्पनीले चैत १९ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, चैत १८ गतेसम्म सेयर खरिद गरी कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । समता घरेलु लघुवित्तको सभा नमोबुद्ध ब्याक्वेट एन्ड इभेन्ट बनेपा काभ्रेपलाञ्चोकमा बिहान ११ः३० बजे सुरु हुनेछ । न्युज कारखाना

नयाँदिल्ली, २९ चैत ।

इलेक्ट्रिक भेहिकल (इभी) उत्पादन गर्ने कम्पनी टेस्लाका मालिक एलोन मस्क यसै महिना भारत भ्रमणमा आउनेछन्। समाचार एजेन्सी रोयटर्सले स्रोतलाई उद्धृत गर्दै उनको भ्रमण अप्रिल २२ देखि २७ सम्म हुनसक्ने बताएको छ । मस्कले एक्स पोस्टमा लेखेका छन् – प्रधानमन्त्री मोदीलाई भेट्न आतुर छु ।

 

यो उनको पहिलो भारत भ्रमण हुनेछ । यस समयमा, मस्कले भारतमा टेस्लाको उत्पादन कारखानाको घोषणा गर्न सक्छ। मोदी र मस्कबीच अहिलेसम्म दुईपटक भेट भइसकेको छ । हामीले २०१५ मा क्यालिफोर्नियाको टेस्ला कारखानामा भेट्यौं। यसपछि दुवैको भेट सन् २०२३ को जुनमा न्यूयोर्कमा भएको थियो ।

 

मस्कले यस हप्ता एक्समा भनेका थिए कि भारतमा अन्य देशहरू जस्तै इलेक्ट्रिक कारहरू हुनुपर्छ। भारतमा टेस्ला विद्युतीय सवारी साधन उपलब्ध गराउनु स्वाभाविक प्रगति हो।

 

यहाँ चुनाव हुन लागेको बेला मस्क भारत आउन लागेका हुन् । उही समयमा अमेरिकी र चिनियाँ बजारमा इभीको माग भने सुस्त भएको छ। टेस्लाले पनि चिनियाँ गाडीसँग प्रतिस्पर्धा गरिरहेको छ ।

 

टेस्लाले २०२२ मा नै भारत आउने इच्छा व्यक्त गरे पनि कम्पनी र सरकारबीच वार्ता हुन सकेको भने थिएन । टेस्लाले पूर्ण रूपमा एसेम्बल भएका सवारी साधनमा आयात शुल्क १०० प्रतिशतबाट घटाएर ४० प्रतिशतमा झार्न सरकारसँग माग गरेको थियो ।

कम्पनीले आफ्ना सवारी साधनलाई विलासी नभई विद्युतीय सवारी साधनको रुपमा हेर्न चाहेको भए पनि सरकारले अन्य मुलुकबाट आयात हुने विद्युतीय सवारी साधनको आयात शुल्क मिनाहा गर्ने वा घटाउने मनसाय नरहेको बताएको थियो ।न्युज कारखाना

काठमाडौ, चैत २९ ।

मैलुङ्ग खोला जलविद्युतको आज वार्षिक साधारण सभा बस्दै छ । सभामा यस कम्पनीले हाल कायम चुक्ता पुँजीको २.२२ प्रतिशत बोनस सेयर र कर तिर्न ०.११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सानसम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनुका साथै आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको कम्पनीले जनाएो छ । सभा प्रयोजनका लागि कम्पनीले चैत १६ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, चैत १५ गतेसम्म सेयर खरिद गरी कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । सभा लैनचौर ब्यांकेट, लैनचौर, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।न्युज कारखाना

काठमाडौ, २९ चैत।

नेपाल सरकारले स्लाम धर्मावलम्बीहरुको पर्व ईद उल फित्र (ईद) को अवसरमा सार्वजनिक विदा दिएकाले सेयर बजार आज बन्द हुने भएको छ ।

 

सेयर बजारसँगै बैंक–वित्तीय संस्था र सार्वजनिक कार्यालय पनि बन्द हुनेछन् । अब बजार २०८१ वैशाख २ गते बिहान ११ बजे मात्रै खुल्नेछ । यसअघि २०८० को अन्तिम कारोबारको दिन बुधबार बजार १०.७१ अंकले घटेर २०२५.३० अंकमा बन्द भएको थियो । उक्त दिन ३ अर्ब ४८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो । न्युज कारखाना

काठमाडौ, २९ चैत । 

नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

 

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । बिहिबार अमेरिकी डलरको भाउ घटेको छ ।

 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार बिहिबार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ८० पैसा र बिक्रीदर १३३ रूपैयाँ ४० पैसा कायम गरिएको छ । अघिल्लो दिन अर्थात बुधबार डलरको कारोबार स्थिर रहेको थियो। सो दिन डलरको खरिददर १३३ रूपैयाँ ०१ पैसा र बिक्रीदर १३३ रूपैयाँ ६१ पैसा रहेको थियो ।

 

बिहिबार यूरोपियन युरो एकको खरिदमूल्य १४४ रूपैयाँ २६ पैसा र बिक्रीमूल्य १४४ रूपैयाँ ९१ पैसा तोकिएको छ । अघिल्लो दिनको तुलनामा युरोको भाउ ३० पैसाले घटेको हो । बुधबार भने यसको खरिददर १४४ रूपैयाँ ५६ पैसा र बिक्रीमूल्य १४५ रूपैयाँ २१ पैसा कारोबार भएको थियो ।

त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १६८ रूपैयाँ ६३ पैसा र बिक्रीदर १६९ रूपैयाँ ३९ पैसा कायम गरिएको छ । बुधबारको तुलनामा ११ पैसाले याउण्डको भाउ बढेको छ । बुधबार पाउण्डको खरिददर १६८ रूपैयाँ ७४ पैसा र बिक्रीदर १६९ रूपैयाँ ५० पैसा कायम गरिएको छ ।

 

यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८७ रूपैयाँ ९३ र बिक्रीदर ८८ रूपैयाँ ३२ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९७ रूपैयाँ ९३ पैसा र बिक्रीमा ९८ रूपैयाँ ३७ पैसा कायम गरिएको छ ।
उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ७५ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ७९ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ३६ पैसा तथा बिक्री दर १८ रूपैयाँ ४४ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ८३ पैसा तथा बिक्री दर ९ रुपैयाँ ८७ पैसा कायम गरेको जनाइएको छ ।

यसैगरी, बिहिबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ४१ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ५७ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ४० पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ५६ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ १६ पैसा र बिक्रीदर ३६ रूपैयाँ ३३ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर बिहिबार २७ रूपैयाँ ९७ पैसा र बिक्रीदर २८ रूपैयाँ १० पैसा कायम गरेको छ ।

 

साथै, कुवेती दिनार एकको खरिददर ४३२ रूपैयाँ र बिक्रीदर ४३३ रूपैयाँ ९५ पैसा र बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ २६ पैसा र बिक्रीदर ३५३ रूपैयाँ ८६ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।
न्युज कारखाना

काठमाडौँ।

बुधबार नेप्सेमा गिरावट आएको छ । आज नेप्से १०.७१ अंकले घटेर २०२५.३० अंकमा रोकिएको छ ।

आज विभिन्न कम्पनीका ८६ लाख ९६ हजार ९१८ कित्ता शेयर ६१ हजार ४२० पटक खरिद बिक्री हुँदा ३ अर्ब ४८ करोड ५६ लाख ६०  हजार ६४० दशमलव ३२ मा कारोबार भएका छन् ।

आजको कारोबारमा ट्रेडिङ क्षेत्रको १.४६ र उत्पादन क्षेत्रको ०.१३ प्रतिशतले बढेको छ । त्यस्तै होटल र पर्यटन समूहको उपसूचक एक दशमलव ६७ प्रतिशत रलाइफ इन्सुरेन्सको १.२५ प्रतिशतले घटेको छ भने बाँकी समूहको उपसूचकमा गिरावट देखिएको छ ।

त्यसैगरी मंडू हाइड्रोको ९.६९ प्रतिशतले बढेको छ भने खानीखोला हाइड्रोको ८.२६ प्रतिशतले बढेको छ ।

त्यस्तै सिगाटी हाइड्रोको शेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ भने वीन नेपाल लघुवित्तको ९.९३ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज हिमालयन रीन्सुरेन्स लिमिटेडको १२ करोड ५४ लाख ८८ हजार १३ बराबरको शेयर कारोबार भएको छ ।न्युज कारखाना

काठमाडौ, चैत २८ ।

मनकामना स्मार्ट लघुवित्त संस्था लिमिटेडको वार्षिक साधारण सभा बिहीबार चैत २९ गते बस्दैछ । लघुवित्तले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने जनाएको छ । जसअनुसार यसवर्ष सेयरधनीहरुको हात खाली रहने छ । यसैगरी यो संस्थालाई समता घरेलु लघुवित्तले प्राप्ति गर्ने तयारीमा छ । गत भदौमा यी दुवै संस्थाबीच प्राप्ति सम्बन्धी समझदारी भइसकेको छ । कम्पनीले चैत १६ गते बुक क्लोज गरिसकेको छ । चैत १५ गतेसम्म कायम सेयरधनीले मात्र सभामा सहभागिता जनाउन सन्नेछन् । सभा, होटल पौवा सिद्धार्थनगर–६, रुपन्देहीमा हुनेछ । न्युज कारखाना

काठमाडौं ।

नेपाली बजारमा सुनचाँदीको मुल्य बढ्नेक्रम रोकिएको छैन ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा ५०० ले बढेर १ लाख ३६ हजार ८०० कायम भएको छ । यो नेपाली बजारमा अहिलेसम्मको सुनको उच्च मुल्य हो ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३६ हजार १५० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि मंगलबार छापावाल सुन प्रतितोला १ लाख ३६ हजार ६०० रुपैयाँ किनबेच भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३५ हजार ६५० रुपैयाँ निर्धारण भएको थियो ।

यता, आज चाँदीको मुल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदीको मुल्य प्रतितोला १५ रुपैयाँ बढेर १७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।न्युज कारखाना

काठमाडौ, चैत २८ ।

समस्याग्रस्त नेपाल सेयर मार्केट्स एन्ड फाइनान्स लिमिटेडको व्यवस्थापन समूहका संयोजकमा रोशनकुमार अधिकारी छनोट भएका छन् । नेपाल राष्ट्र बैंकले अन्तिम नतिजा सार्वजनिक गर्दै रोशनकुमार अधिकारी छनोट भएको जनाएको हो । यस्तै प्रकाश घिमिरे र गोविन्दप्रसाद शर्मा वैकल्पिक उमेदवारमा छनोट भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । केन्द्रिय बैंकले प्रकाशित गरेको सुचना अनुसार छनोटमा परेका मुख्य उम्मेदवारले नियुक्तिका लागि २०८१ वैशाख २ गतेभित्र राष्ट्र बैंकमा सम्पर्क राख्नु पर्ने हुन्छ । उक्त मितिभित्र सम्पर्कमा नआएमा योग्यताक्रम अनुसारका वैकल्पिक उम्मेदवारलाई नियुक्ति दिइने राष्ट्र बैंकले जनाएको छ । न्युज कारखाना

काठमाडौ, चैत २८ ।

नेपाल धितोपत्र बोर्ड अध्यक्षका प्रतिस्पर्धीहरुले बिहीबार आफ्ना कार्यायोजना प्रस्तुत गर्ने भएका छन् ।

बोर्डका लागि ५ जनाले चैत २९ गते आ आफ्नो कार्ययोजना प्रस्तुत गर्ने भएको छ । अध्यक्ष छनोट समितिले बिहीबार कार्ययोजना प्रस्तुत गर्न ‘सर्टलिस्ट’ मा परेका ती ५ जनालाई बोलाएको हो । कृष्णबहादुर कार्की, चिरञ्जीवी चापागाईँ, नवराज अधिकारी, मुक्ति श्रेष्ठ र सन्तोषनारायण श्रेष्ठको नाम ‘सर्टलिस्ट’मा परेको छ ।

साथै ‘सर्टलिस्ट’मा परेका ५ जनाको कार्ययोजना मूल्यांकन गरी उत्कृष्ट ३ जनाको नाम छनोट समितिले मन्त्रिपरिषदमा सिफारिस गर्ने छ । मन्त्रिपरिषद्मा सिफारिस भएका तीनमध्ये १ जनालाई अध्यक्षमा नियुक्त गरिने बोर्डले जनाएको छ । न्युज कारखाना

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।