२०८३ बैशाख २१
२०८३ बैशाख २१

काठमाडौं, १७ वैशाख । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतबीचको व्यापारिक सम्बन्ध आगामी दिनमा नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन्।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको आयोजनामा भृकुटीमण्डपमा आजदेखि सुरु भएको १७औं नेपाल चीन (तिब्बत ) आर्थिक तथा व्यापार मेलाको उद्घाटन समारोहमा उनले भने, ‘चीनको स्वशासित क्षेत्र तिब्बतबीचको सांस्कृतिक सम्बन्धलाई हिमालयको दुवैतर्फ विद्यमान व्यापारिक अवसरलाई सुदपयोग गर्ने हाम्रा व्यवसायीका कारण द्धिपक्षीय आर्थिक सम्बन्धलाई पनि हिमालय जस्तै अटल बनाएको छ।’

नेपाल र चीन इतिहासको लामो कालखण्डदेखि नै नजिकको व्यावसायिक सहयात्री रहेको उल्लेख गदै मन्त्री भण्डारीले उच्च हिमालय र कठीन भौगोलिक अवस्थिति नेपाल–चीन व्यापारमा कहिले पनि वाधाका रुपमा नरहेको बताए। उनले भने, ‘हाम्रा पुर्खाहरुले यी बाधाहरुलाई हिमालय वारपार द्विपक्षीय व्यापार अभिवृद्धि गर्ने अवसरका रुपमा लिए त्यस कठीन समयमा जतिबेला यातायातका आधुनिक साधन उपलब्ध थिएनन्।’

नेपाल र चीन सदैव सुख दुःखमा साथ दिने अनन्य मित्रका रुपमा रहेका चर्चा गर्दै मन्त्री भण्डारीले चीनको स्थायित्व, एकता र सम्वृद्धि सदैव नेपालको अन्तरमनको चाहना रहँदै आएको उल्लेख गरे। नेपाल सदैव एक चीन नीतिको समर्थक रहँदै आएको उल्लेख गर्दै  उनले भने, ‘चीनको एकता र अखण्डतालाई मन, वचन र कर्मले प्रतिबद्ध रहेको यस अवसरमा उल्लेख गर्न चाहन्छु।’

रेलवे सञ्जालबाट चीनको मूख्यभूमि चीन र तिब्बत जोडिएको उल्लेख गर्दै मन्त्री भण्डारीले त्यहाँ बढिरहेको आर्थिक गतिविधि र प्रगतिबाट रेलवे नेटर्वकले भविष्यमा हिमालयलाई पार गर्ने विश्वास व्यक्त गरे।

उनले चीनसँग नेपालको व्यापारघाटा बढ्दै गइरहेको सन्र्दभमा त्यहाँको बजारलाई हेरी चिनियाँ लगानी औद्योगिक उत्पादनको विकास र विस्तार गर्न सकिने तथा यसबाट द्विपक्षीय व्यापारमा अभिवृद्धि हुँदै नेपालको निर्यात मुख्य भूमि चीन र तिब्बतमा बढ्न सक्नेमा आशा व्यक्त गरे।

व्यापार मेला दुई देशबीच व्यापार प्रवद्र्धन गर्ने महत्वपूर्ण औजारका रुपमा रहने उल्लेख गर्दै उनले भने, ‘म आशा गर्दछु कि यस प्रकारका व्यापार मेलाले पनि हामी दुई छिमेकी देशबीच व्यापार वृद्धि गर्न सहयोगी हुनेछ र व्यापारी समुदायलाई नयाँ क्रेता, नयाँ बजार र नयाँ व्यापार गन्तव्य पहिल्याउन फाइदायोग्य हुनेछ।’

कार्यक्रममा तिब्बत सरकारका उपप्रमुख लान फुकुआनले नेपाल र तिब्बतबीचको व्यापारिक सम्बन्धमा जोड दिए। उनले दुई देशका व्यवायीहरुबीचमा असल व्यारिक सम्बन्ध बनाएर आयात तथा निर्यातमा सहकार्य गर्नु सुझाए।

वाणिज्य मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले निर्यात व्यवस्थित गर्नसके दुई देशबीचको व्यापार सम्बन्धले गति लिने बताए। उनले चीनसितको नेपालको व्यापार घाटा कम गर्न चिनियाँ लगानीकर्तालाई निर्यातजन्य वस्तु उत्पादन गर्ने उद्योग यहाँ स्थापना गर्न आग्रह गरे।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले यस अघि नेपाल र चीन(तिब्बत) बीचको १९९० को समझदारी पत्र बमोजिम नेपाल र चीन (तिब्बत) बीच आर्थिक तथा व्यापारिक सम्बन्धलाई थप विस्तार गर्ने उदेश्यले नेपाल तिब्बत आर्थिक तथा व्यापार मेलाको आलोपालो रुपमा मेला लगाइँदै आएको बताए।

उनले शुन्य भन्सार दरको सहुलियत व्यवस्थाबाट नेपाली निर्यातकर्ताले यस मेलाको अवसर पारेर चीनमा आफ्ना वस्तु निर्यात गर्ने महत्वपूर्ण अवसरका रुपमा यस मेलालाई उपयोग गर्ने र आफ्नो व्यापार प्रवद्र्धन गर्न तिब्बतमा रहेका व्यापारिक समुदायसँग फलदायी कारोवार गर्ने विश्वास व्यक्त गरे।

आजदेखि सुरु भएको मेला यही वैशाख २२ गतेसम्म सञ्चालन हुनेछ। मेलामा ५० चिनियाँ र १५ नेपाली व्यापारिक कक्ष राखिएका छन्। नेपाली कक्षहरुमा नेपालबाट भीन निर्यात हुने करिब ४० जति निर्यातयोग्य वस्तु राखिएका छन्।न्युज कारखाना

काठमाडौं , १७ बैशाख । पिपुल्स पावरको वार्षिक साधारण सभा सोमबार वैशाख १७ गते बस्दैछ । यस कम्पनीको छैठौं र सातौं वार्षिक साधारण सभा लिसारा ब्यांकेट नक्साल, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु भएको हो ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले चैत २९ गते बुकक्लोज गरिसकेको छ । तसर्थ, चैत २८ गतेसम्म कायम सेयरधनीले साधारण सभामा भाग लिन पाउनेछन् । सभाले हाल कायम चुक्ता पुँजीको ५० प्रतिशत अर्थात् ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

साथै, सभाले हकप्रद निष्कासनसँग सम्बन्धित कार्य गर्न र कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ । त्यस्तै, संस्थापक समूहको तर्फबाट १ जना महिलासहित ५ जना र सर्वसाधारण समूहबाट १ जना सञ्चालक निर्वाचन गर्ने छ भने १ जना स्वतन्त्र सञ्चालक नियुक्त गर्नेलगायतका प्रस्तावहरु पनि पारित गर्नेछ । न्युज कारखाना

काठमाडौं, १७ बैशाख । सोमबार नेपाली बजारमा सुनको मूल्य ४०० रुपैयाँले घटेको छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि आइतबार छापावाला सुनको मूल्य १ लाख ३७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। यता, सोमबार तेजाबी सुनको मूल्य १ लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार तेजाबी सुनको मूल्य १ लाख ३६ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो। आइतबार प्रतितोला ४ सय रुपैयाँले सुनको भाउ बढेको थियो।

यस्तै, सोमबार चाँदी प्रतितोला १ हजार ६६५ रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी प्रतितोला १ हजार ६६० रुपैयाँमा कारोबार भएको थियो।न्युज कारखाना

काठमाडौं, १७ बैशाख । सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक १० अंक बढेको छ। नेप्सेमा १०.०४ अंक बढेर १९९०.३१ विन्दुमा पुगेको छ।

सोमबार प्रि ओपन सेसनमा ४७ स्टकको १० लाख ९१ हजार ३०२ रुपैयाँबराबरको २ हजार २०२ कित्ता शेयर कारोबार भएको छ। जसमध्ये ३४ कम्पनीको मूल्य बढेको छ भने ११ को मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।न्युज कारखाना

काठमाडौं, १७ बैशाख  । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

 

जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

राष्ट्र बैंकका अनुसार सोमबार अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६५ पैसा रहेको छ भने युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ २८ पैसा र बिक्रीदर १४२ रुपैयाँ ९३ पैसा रहेको छ।

 

आज बेलायती पाउन्ड एकको खरिददर १६६ रुपैयाँ १९ पैसा र बिक्रीदर १६६ रुपैयाँ ९४ पैसा कायम हुदाँ अस्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ९३ पैसा र बिक्रीदर ८७ रुपैयाँ ३२ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९७ रूपैयाँ ३२ पैसा र बिक्रीमा ९७ रूपैयाँ ७६ पैसा कायम गरिएको छ ।

 

उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ४० पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ४४ पैसा, चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ३६ पैसा तथा बिक्री दर १८ रूपैयाँ ४४ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ६६ पैसा तथा बिक्री दर ९ रुपैयाँ ७० पैसा कायम गरेको जनाइएको छ ।

यसैगरी, सोमबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ४९ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ६६ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ४८ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ६४ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ २२ पैसा र बिक्रीदर ३६ रूपैयाँ ३९ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर सोमबार २७ रूपैयाँ ९१ पैसा र बिक्रीदर २८ रूपैयाँ ०३ पैसा कायम गरेको छ ।

यसैगरी, सोमबारको लागि कुवेती दिनार एकको खरिददर ४३२ रुपैयाँ ०५ र बिक्रीदर ४३४ रुपैयाँ निर्धारण भएको छ। बहराइन दिनारको खरिददर ३५२ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ४९ पैसा निर्धारण भएको छ।
न्युज कारखाना

काठमाडौ, १७ बैशाख । तेस्रो लगानी सम्मेलन आज पनि काठमाडौँमा जारी रहनेछ ।

 

होटल सोल्टीमा हिजो देखि सुरू भएको लगानी सम्मेलनको उद्घाटनपछि  पहिलो दिन दुईवटा विशेष सत्र सञ्चालन  भएका थिए । ‘नेपालमा लगानी अवसरको खोजी’ र ‘नेपालमा लगानी भएका आयोजनाको सफलता’सम्बन्धी दुईवटा सत्र पहिलो दिन राखिएको थियो ।

 

आज दोस्रो दिन तीनवटा समानान्तर सत्र (प्यारालल सेसन) र हरेक सत्रमा तीनवटा समूहगत छलफल (प्यानल डिस्कसन)हुने बोर्डको कार्यालयले जनाएको छ ।

दोस्रो दिनको पहिलो सत्रमा नवीकरणीय ऊर्जाको सम्भावना, नविनतम वित्तीय परिदृश्य, हरित तथा जलवायु उत्थानशील क्षेत्रमा लगानीको अवसर गरी तीन प्यानलमा छलफल हुनेछ ।

 

त्यस्तै, दोस्रो सत्रमा हरित वित्त तथा दिगो लगानी, पर्यटन क्षेत्रमा लगानी, र नेपालको निर्यात प्रवर्द्धनका लागि कृषि प्रशोधनमा आधारित आपूर्ति शृङ्खलाबारे छलफल हुनेछ । तेस्रो सत्रमा उत्पादन क्षेत्र नवप्रवर्तन विकास, लगानी तथा व्यवसायिक सहजीकरण र सूचना प्रविधि क्षेत्रबारे छलफल गरिने जनाइएको छ ।

१६ सय सहभागी हुदै

लगानी सम्मेलनका लागि स्वदेश तथा विदेशबाट गरेर एक हजार ६ सय जनाभन्दा बढीको सहभागिता सुनिश्चित भएको छ । लगानी बोर्डका अनुसार सम्मेलनका लागि दुई हजार चार सयभन्दा बढी व्यक्तिलाई निमन्त्रणा पठाइएको थियो । विभिन्न ५५ देशका लगानीकर्ता सम्मेलनका लागि आएका छन् । सम्मेलनका नेपालका तीन सय ८५ जनाको सहभागिता सुनिश्चित भइसकेको छ ।

त्यसैगरी, चीनका दुई सय ६५, भारतका एक सय ४३, संयुक्त राज्य अमेरिकाका ३३, जापानका २८, संयुक्त अधिराज्यका १४, बङ्गलादेशका १३, संयुक्त अरब इमिरेट्स (युएई) का १३ र जर्मनीका १० जना सहभागी हुँदैछन् । दक्षिण कोरिया, अस्ट्रेलिया र मलेसियाका नौ नौ जना सम्मेलनमा सहभागी हुन लागेका लगानी बोर्डले जनाएको छ । पाकिस्तानबाट आठ, सिङ्गापुरबाट ६, कतार र घानाबाट पाँच÷पाँच, साउदी अरब, फ्रान्स र बहराइनबाट चार÷चार जनाको सहभागिता रहने जनाइएको छ ।

त्यसैगरी, स्विजरल्यान्ड, फिनल्यान्ड, रुस, अस्ट्रिया, श्रीलङ्का र कोलम्बियाका तीन÷तीनजना सम्मलेनका लागि नेपाल आउँदैछन् । फिलिपिन्स, कुवेत, क्यानडा, मौरिसस, बेलारुस र बेल्जियमबाट दुई÷दुईजना सम्मेलनमा सहभागी हुने सुनिश्चित भएको छ । त्यसैगरी, इजिप्ट, नर्वे, इटाली, सेनेगल, नेदरल्यान्ड, पोल्यान्ड, इन्डोनेसिया, ताजकिस्तान, दक्षिण अफ्रिका, रोमानिया, मेक्सिको र साइप्रसबाट पनि सम्मेलनमा सहभागिता रहने छ । आयरल्यान्ड, स्लोभेनिया, भियतनाम, बोस्निया, मोरक्को, टर्की, भानुआटु, मौरिटानिया र हङकङबाट पनि सम्मेलनका सहभागी हुने सुनिश्चित भएको बोर्डले जनाएको छ ।

१५० परियोजना प्रस्तुत गरिँदै

लगानी लगानी सम्मेलनमा १५० परियोजना प्रस्तुत गरिने भएको छ ।  सम्मेलनमा उर्जा क्षेत्रका सबैभन्दा बढी ३१, यातायात क्षेत्रका १९, खानी तथा खनिजजन्य क्षेत्रका १३, पर्यटन क्षेत्रका १३, कृषिका १४, उत्पादन क्षेत्रका ५, औद्योगिक पूर्वाधार तथा व्यापारसम्बन्धी ७, स्वास्थ्य तथा शिक्षा क्षेत्रका ३, सञ्चार तथा सूचना प्रविधि क्षेत्रका २, पानी आपूर्तिका ४ र सहरी विकास क्षेत्रका ६ वटा परियोजना प्रस्तुत गरिदै गरिने भएको छ ।  निजी क्षेत्रबाट प्रस्तुत ३१ वटा परियोजना पनि बाह्य लगानीका लागि समावेश गरिएको छ ।
न्युज कारखाना

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपाल अन्तराष्ट्रिय लगानीका लागि उत्कृष्ट गन्तव्य रहेको बताएका छन् ।

काठमाडौंमा आज शुरु इमर्जिङ नेपाल इन्भेष्टमेन्ट समिटको उद्घाटन सत्रलाई सम्वोधन गर्दै अध्यक्ष अग्रवालले विश्वको तुलनामा सस्तो श्रमशक्ती, छिमेकी भारत र चीनको उपभोक्ता बजार लगायतका कारणले नेपाल विश्वकै उत्कृष्ट गन्तव्य रहेको बताएका हुन् ।

अध्यक्ष अग्रवालले भने, ‘नेपालमा ५७ प्रतिशत जनसंख्या सक्रिय श्रममा रहेको तथ्याङक छ, श्रम लागत पनि निकै सस्तो छ । यहा“ लगानी मार्फत उत्पादन भएका बस्तुहरुलाई  विश्वका झण्डै ३ अर्व जनसंख्या रहेका छिमेकी भारत र चीनको बजारमा पुर्याउन सकिन्छ, ।’

आजको युगमा आर्थिक विकास र समृद्धिको यात्रामा एक्लै हि“ड्न नसकिने भन्दै अध्यक्ष अग्रवालले संयुक्त लगानीका लागि आव्हान समेत गरे । लगानीको सुनिश्चितताका लागि सरकारले कानुनी वातावरण बनाएको अध्यक्ष अग्रवालको भनाई छ ।
नेपालमा पर्यटन, जलविद्युत, पूर्वाधार र सूचना प्रविधिको क्ष्ँेत्रमा लगानीका लागि अध्यक्ष अग्रवालले अन्तराष्ट्रिय लगानीकर्तालाई आव्हान गरे ।

विदेशी लगानीकर्तालाई प्रतिफल सुनिश्चित गर्न कानुनी वातावरणसंगै लाभयुक्त परियोजनाहरु छनोट गरेको अग्रवालले बताए । उनले भने, ‘अन्तराष्ट्रिय लगानीकर्ताका लागि सहज आवागमन, प्रतिफलको सुनिश्चितता र सहज बर्हिगमनको व्यवस्था एकद्धार नीतिबाटै गरिएको छ, ।’

काठमाडौंमा भईरहेको तेस्रो अन्तराष्ट्रिय सम्मेलनले अर्थतन्त्रमा दिर्घकालिन महत्व राख्ने उनले बताए । लगानी सम्मेलनमा प्राथमिकताका क्षेत्रसहित लगानीको आव्हान गरिएको र निजी क्षेत्र पनि साथै रहेकाले सम्मेलन फलदायी हुने अध्यक्ष अग्रवालले बताए ।
अन्तराष्ट्रिय लगानी सम्मेलनमा चेम्बर अफ कमर्सका तर्फबाट करिव १ दर्जन आयोजनालाई सोकेसका रुपमा राखिएको छ ।
न्युज कारखाना

काठमाडौँ । आजदेखि शुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो दिन दुई विषयमा सम्झौता भएको छ ।

लगानी बोर्डका अनुसार डेटा सेन्टर निर्माण तथा सञ्चालनका लागि बिएलसी ग्रुप नेपाल र योट्टा डाटा सर्भिसेस् भारतबीच सम्झौता भएको हो ।

बीएलसी ग्रुपका प्रतिनिधि मेघा चौधरी र योट्टाका सीईओ सुनील गुप्ताले सम्झौतामा हस्ताक्षर गरेका हुन् । नेपालमा विश्वस्तको डेटा सेन्टर, क्लाउड सर्भिस र आर्टिफिसियल इन्टेलीजेन्स प्लेटफर्म निर्माणका लागि एमओयु भएको हो ।

सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघ र नेसनल चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री, मलेसियाबीच व्यापार तथा लगानी प्रवर्धन गर्ने गरी सम्झौता भएको छ । महासंघका अध्यक्ष चन्द्र ढकाल र नेसनल चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री अफ मलेसियका अध्यक्ष टान स्री दातो सो थीयान लाईले हस्ताक्षर गरेका हुन् ।न्युज कारखाना

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य बढेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य तोलामा ४ सयले बढेर १ लाख ३७ हजार ६०० मा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ३६ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार छापावाल सुन तोलाको एक लाख ३७ हजार २०० मा कारोबार भएको थियो भने तेजावी सुन तोलाको एक लाख ३६ हजार ५५० मा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मुल्य भने घटेको छ । महासंघका अनुसार आज चाँदीको मुल्य तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १६ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । यस अघि शुक्रबार चाँदी तोलाको १६ सय ७५ मा कारोबार भएको थियो ।

न्युज कारखाना

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र इण्डियन चेम्बर अफ कमर्स तथा मिलेनियल चेम्बर अफ कमर्सबीच आर्थिक र व्यापारिक क्षेत्रमा सहकार्यको समझदारी भएको छ ।  नेपाल र इण्डियाका चेम्बर अफ कमर्सबीच दुई पक्षीय लगानी एवं व्यापार सहजीकरणबारे छलफल भएको हो ।

नेपाल चेम्बर अफ कमर्सको निमन्त्रणमा इण्डियन चेम्बर र मिलेनियल चेम्बर अफ कमर्सका पदाधिकारीहरु एवं व्यवसायिक प्रतिनिधीमण्डल नेपाल आएका हुन । दुवै चेम्बरका पदाधिकारीलाई नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले जमलस्थित चेम्बर भवनमा स्वागत गरेका थिए ।

अन्तराष्ट्रिय लगानी सम्मेलन अघि दुवै देशका चेम्बर पदाधिकारीहरुबीच नेपालमा लगानीको वातावरण, कानुनी पाटो लगायतका विषयमा छलफल भएको थियो । चेम्बर अध्यक्ष अग्रवालले नेपालमा रहेको श्रमशक्ति, मुल्य, प्रतिफलको सुनिश्चितता लगायतका कारण लगानीका लागि उत्कृष्ट गन्तव्य रहेको बताए ।

अध्यक्ष अग्रवालले भने, ‘दुई मुलुकबीचको आर्थिक सम्वन्ध र अर्थतन्त्रका विभिन्न  आयममा छलफलमा लागि आजको कार्यक्रम विशेष छ, भन्ने मैले ठानेको छु । हामी निजी क्षेत्रबाट प्रतिनिधित्व गर्ने भएकाले नेपाल भारत आर्थिक सम्वन्ध हाम्रो मुख्य चासो हो, ।’

नेपालबाट निर्यात जन्य बस्तुहरुको उत्पादन वृद्धि, भन्सार सहजीकरण, जस्ता विषयमा भारतीय निजी क्षेत्रसंग सहकार्य गर्न नेपाल चेम्वर अफ कमर्स सदैव तयार रहेको अध्यक्ष अग्रवालले बताए ।

अध्यक्ष अग्रवालले पर्यटन, जलविद्युत, प्राकृतिक श्रोत, साना तथा मध्यमखाले उद्योगमा लगानीको प्रशस्त सम्भावना रहेकोमा जोड दिए ।

चेम्बरसंगको छलफलमा इण्डियन चेम्बर अफ कमर्सका पदाधिकारीले अन्तराष्ट्रिय लगानी सम्मेलनमा आमन्त्रण गरेकोमा चेम्बरलाई धन्यवाद दिएका थिए । चेम्बर अफ कमर्ससंग मिलेर नेपालमा लगानी गर्न आफुहरु इच्छुक रहेको र सहजीकरणका लागि आग्रह गरेका थिए । खासगरी ऊर्जा, पर्यटन लगायतका क्षेत्रमा लगानीका लागि आफुहरु इच्छुक रहेको मिलेनियल चेम्बरका अध्यक्ष अनिल त्रिगुनायतले बताए । न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।