आरके श्रीवास्तव,गरूडा,वैशाख ३० गते ।
नेपाल पत्रकार महासंघ रौतहट शाखाले स्थापना तथा व्यवस्थापन गरेको “मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कार” २०८० बाट राष्ट्रिय समाचार समिति राससका अध्यक्ष धर्मेन्द्र झा पुरस्कृत हुने हुनु भएको छ ।
रौतहटबाट प्रसारण हुने रेडियो मधेश मसला १०६.४ मेगाहर्जका स्टेशन म्यानेजर तथा जनकपुर टुडे पत्रिकाका संवाददाता पत्रकार मनोजकुमार चौधरीको कोरोना संक्रमणका कारण ४१ बर्षको अल्पायुमै नारायणी अस्पताल बिरगंजमा उपचारको क्रममा २०७८ बैशाख २८ गते निधन भएको थियो ।

उनको निधन पश्चात नेपाल पत्रकार महासंघ रौतहट शाखाले पत्रकार चौधरीको सम्झनामा “मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कार”को स्थापना गरेको थियो । यस बर्षको “मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कार” आगामी २०८० जेठ २० गते शनिबारका दिन प्रदान गरिने भएकाे छ ।
पच्चीस हजार रूपैयाँ पुरस्कार राशी रहेको सो पुरस्कार राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झालाई दिइने नेपाल पत्रकार महासंघ रौतहटका सचिव मदन ठाकुर (धनन्जय ) द्वारा हस्तान्तरण गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
गतवर्ष उक्त पुरस्कार बाट गोरखापत्रका नायव कार्यकारी सम्पादक कुमार विवेकानन्द मिश्रलाई प्रदान गरिएकाे नेपाल पत्रकार महासंघ राैतहटका अध्यक्ष प्रेमचन्द्र झाले जानकारी गराउनु भएको हाे ।
आर एन पटेल, गरूडा,वैशाख २९ गते
सहयोगी मनका धनी मनोज कुमार चौधरीको दोस्रो पुण्यतिथिमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ । एक असल र सफल संचारकर्मी तथा मध्य रौतहट बहुमुखी क्याम्पस गरुडाका लेखापाल गरुडा निवासी मनोज कुमार चौधरीको अल्पआयुमा भएको निधनप्रति उपस्थित उनका शुभचिन्तक तथा उहाँप्रति आश विश्वास राख्नेहरूले उनका दोस्रो पुण्यतिथिमा गरुडा स्थित मेथुर चौकमा दिप प्रजवलन गरि प्रज्वलन गरि श्रद्धाञ्जली कार्यक्रम गरेका छन।

गरुडा नगरपलिकाको नगर उप प्रमुख तथा स्वर्गीय चौधरीको श्रीमती पुनम कुमारी चौधरी तथा उनका दाज्यू रामकृष्ण चौधरीले आयोजना गरेको दोस्रो पुण्यतिथिमा श्रद्धा सुमन कार्यक्रम आज वैशाख २९ गते साँझ ७ बजेको समयमा राखिएको थियो । २०३६ साल मंसिर २६ गते जन्म भएका स्व. चौधरीको आज भन्दा २ वर्ष अगाडि २०७८ वैशाख २९ गतेका दिन ४२ वर्षको उमेरमा अल्पायुमा स्वर्गारोहण भएको थियो । कोरोना कालमा देश संकटमा परेका बेला स्व. चौधरी पनि काेविड ले ग्रसित भई बिरगंज उपचारको क्रममा उनका निधन भएको थियो ।

गरुडाले आज एक कोमल हृदयका असल सामाजसेवी, सहयोगी मनका धनी व्यक्तित्व गुमाएको २ बर्ष पुग्यो । हुन त मृत्यु सबैको हुन्छ एकदिन तर उमेर पुगेको र नपुगि भएको मृत्युमा जिवनभर गहिरो चोट ताजा भएर मानसपटलमा घुमिरहन्छ । उहाँको आत्मालाई शान्ती मिलोस,स्वर्गमा बास होस। उनको योगदान,सहयोग र भुमिकालाई उच्च सम्मानका साथ कोटि कोटि नमन् गर्दै उपस्थित सबैले दीप प्रज्वलन गरि १ मिनेटको मौन धारण गरेर फोटोमा माल्यार्पण गर्दै उनको दोस्रो पुण्य तिथिमा आत्माको चिरशान्तिको कामना सहित श्रद्धाञ्जली अर्पण गरेका छन ।

कार्यक्रममा गरुडा नगरपालिकाको मेयर प्रत्यासी बृजकिशोर यादव, प्रत्यासी दीपक यादव, चन्द्रपुर नगरपालिकाको नगर उप प्रमुख जयमाला चाैधरी, गुजरा नगरपालिकाको नगर उप प्रमुख रत्ना लामा, गरुडा नगरपालिकाको पूर्व नगर उप प्रमुख रंगीला देवी जयसवाल, मध्य रौतहट बहुमुखी क्याम्पस गरुडाका प्रमुख प्रेमलाल साह, विद्यालयका शिक्षक – शिक्षिका, स्थानीय जनप्रनिधी, नेता कार्यकर्ता, भद्र भलादमी, बुद्धिजीवी वर्ग लगायत जिल्लाका पत्रकार, सञ्चारकर्मीहरुको उपस्थिति रहेका थिए ।

काठमाडौं, ३० बैशाख ।
हामी मध्ये धेरै जना यस्ता पनि छन्, जो सधैं आफ्नो अनुहारमा मात्र ध्यान दिन्छन्।
अनुहारलाई चम्किलो बनाउन, कुनै पनि दागरहित, टोनसमेत बनाउन धेरै कुरा गर्छन तर यी सबैको बीचमा मानिसहरू कुहिनो र घुँडामा ध्यान दिन भने असमर्थ हुन्छन्। सायद तपाईले यो कुरामा ध्यान दिनु भएको होला तर यो पढेपछि तपाईले पनि यो कुरा याद गर्नु हुनेछ।
जब तपाइँ छोटो लुगा वा स्कर्टस लगाउनुहुन्छ, तपाइँको घुँडाको फरक रंगले तपाइँको लुकलाई अलि बिगार्छ।
अर्कोतर्फ स्लिभलेस र छोटो बाहुलाको लुगा लगाएर कुहिनोको कालो रंग देखेर तपाई पनि दिक्क पर्नु होला ? कतिपयले सफा गर्ने कोसिस पनि गरे पनि गर्न सकेका छैनन् । तर आज हामी तपाईलाई केहि यस्ता घरेलु उपायहरु बताउने छौ, जसले तपाईको समस्या समाधान गर्नेछ । तपाईं तिनीहरूलाई प्रयोग गरेर आफ्नो घुँडा र कुहिनो चम्किलो बनाउन सक्नुहुन्छ।
घुँडा र कुहिनो को कालोपन कसरी हटाउने
नरिवलको तेल छालाका लागि फाइदाजनक हुन्छ । यो धेरै छाला हेरचाहमा प्रयोग गरिन्छ। यसमा भिटामिन ई पाइन्छ जसले छालाको टोनलाई हल्का बनाउन मद्दत गर्दछ, साथै यसले छालालाई मोइश्चराइज राख्न र क्षतिग्रस्त छालालाई मर्मत गर्न पनि मद्दत गर्दछ।
यसलाई कसरी प्रयोग गर्ने जानौं:
१) तपाईं धेरै तरिकामा नरिवल तेल प्रयोग गर्न सक्नुहुन्छ। यदि तपाईं चाहनुहुन्छ भने नुहाइसकेपछि आफ्नो कुहिनो र घुँडालाई नरिवलको तेलले १०–१५ मिनेटसम्म मालिस गर्नुहोस्। तपाईंले यो दिनमा २–३ पटक गर्नुपर्छ। तेल पूरै सुक्दासम्म मालिस गर्नुहोस्।
२) नरिवलको तेलमा केही थोपा कागतीको रस मिसाएर कुहिनो र घुँडामा मसाज गर्नुहोस्। छालामा पूरै अवशोषित नभएसम्म मसाज गर्नुपर्छ। राम्रो नतिजाको लागि यो दिनमा २–३ पटक गर्नुहोस्। खाली बस्दा यो तेलले मसाज गर्नुहोस् ।
३) नरिवलको तेलमा अखरोटको छालाको धूलो मिसाएर कुहिनो र घुँडाको मसाज पनि गर्न सक्नुहुन्छ। यसका लागि पाउडरलाई तेलमा मिसाएर पूरै सुकेसम्म मसाज गर्नुहोस् र त्यसपछि त्यसको बोक्रा निकाल्नु होस्।
तपाईले दिमागमा राख्नु पर्ने भनेको राम्रो नतिजाको लागि तपाईले यसलाई नियमित रूपमा गर्नुपर्दछ।
रौतहट,बैशाख २९ गते
भारतबाट अवैध रुपमा तस्करी गरी ल्याएर भन्डारण गरिएको अवस्थामा रासायनिक मल युरिया र डिएपि बरामद गर्न रौतहट प्रहरीले चार राउन्ड गोली चलाएको छ। रौतहटको राजपुर नगरपालिका ५ स्कुल चौकमा रहेको रुद्रा साह र साजन साहको घरमा लुकाएर राखिएको रासायनिक मल बरामद गर्न शुक्रबार दिउँसो रौतहट प्रहरीले पाँच राउन्ड गोली चलाएको हो।

करिब डेढ सय सुरक्षाकर्मी परिचालन गरी प्रहरीले एक हजार बोराभन्दा बढी युरिया तथा डिएपि मल बरामद गरेको छ। तस्करीको रासायनिक मल बरामद गरी राखिएको गोदाममा छापामारी प्रहरीले मल बरामद गर्नुका साथै दुई जना तस्कर रुद्रा साह र कन्हैया साहलाई नियन्त्रणमा पनि लिएको छ।
प्रहरी निरीक्षक दिनेश कुवरको नेतृत्वमा रहेको प्रहरीको टोलीले गोदाममा छापामारी रासायनिक मल बरामद गर्नुका साथै दुई जनालाई नियन्त्रणमा लिएको हो रौतहटको राजपुर, मठिया, जयनगर, रामपुरखाप नाकाबाट व्यापक मात्रामा सीमा वार अवैध व्यापार फस्टाएको छ। धानखेतीको समय नजिकिँदै जाँदा तस्करहरुले भारतबाट रासायनिक मल तथा विभिन्न जातका धानको बीउ तस्करी गराएर गोदाममा भन्डारण गर्न थालेका छन्।

हेटौँडा,वैशाख २९ गते
कक्षा १२ को परीक्षा दिइरहेको समयमा एक परीक्षार्थी पक्राउ परेका छन् । मकवानपुरको हेटौँडास्थित आधुनिक राष्ट्रिय माविको परीक्षा केन्द्रबाट परीक्षा दिइरहेका रौतहट जिल्लाको वृन्दावन नगरपालिका–३, का २२ वर्षीय विवेक यादवलाई परीक्षा हलबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नाव उपरीक्षक (डीएसपी) टेकबहादुर कार्कीले बताए ।
यादवलाई ६ महिना अगाडि कर्तव्य ज्यान कसुरमा मुद्दा परेको थियो । पक्राउ परेका यादवलाई मकवानपुर प्रहरीले रौतहट पठाएको जनाएको छ ।
गौर,वैशाख २९ गते
रौतहटमा अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी जाँचबुझ आयोग द्धारा सुझाव संकलन गरिएको छ । आज आयोग र सरोकारवालाहरु बीच जिल्ला सदरमुकाम गौरमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, जिल्ला समन्वय समितिका प्रतिनिधि, पालिका प्रमुखहरु, पार्टी प्रतिनिधीहरु, पत्रकार, नागरिक अगुवा एवं पीडितका प्रतिनिधिहरु सहभागी थिए । गौर स्थित जिल्ला प्रशासन कार्यलयको सभाकक्षमा भएको अन्तरक्रिया कार्यक्रममा आयोगका अध्यक्ष गौरीबहादुर कार्की, सदस्य उत्तम सुवेदी, सदस्य गणेशबाबु अर्यालले जिल्लाको अवस्थाको बारेमा जानकारी लिएका थिए ।
अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जाँचबुझ आयोग गठन हुनु अगावै जिल्लामा ९२ वटा उजुरी दर्ता भएको बताए । जसमध्ये ८ वटा फर्छयौट भइसकेको उनले जानकारी गराए । तर आयोग गठन भएपछि बिहिवार सम्म २०९ वटा उजुरी परेका थिए, आज शुक्रवार मात्रै १५२ वटा गरेर ३६१ वटा उजुरी दर्ता भइसेको उनले जानकारी गराए ।
जिल्लामा रहेको १८ वटा स्थानीय तह मध्ये सबैभन्दा बढि कटहरियाबाट ३५ र सबैभन्दा कम राजदेवीबाट उजुरी दिनेको संख्या शुन्य रहेको आयोग समक्ष सिडियो मिश्रले जानकारी गराएका थिए । कार्यक्रममा सहभागीहरुले मिटर व्याज पिडीतहरुलाई न्याय दिन र पीडकहरुलाई कानुनी दायरामा ल्याउन सुझाव दिएका थिए । अन्तरक्रियामा उठेका जिज्ञासाहरुलाई आयोगका अध्यक्ष गौरीबहादुर कार्की र सदस्य सुवेदीले सहजीकरण गर्नु भएको थियो ।
आरके श्रीवास्तव,गरुडा,वैशाख २९ गते
रौतहट जिल्लको माधवनारायण नगरपालिकामा आगलागी पिडितको घर निर्माणको लागि शिलान्यास गरिएको छ । सो नगरपालिका वडा नम्बर ४ मानपुरमा आगलागीबाट पीडित परिवारहरुको घर निर्माण हुने भएको छ । त्यसको लागि नेपाली काँग्रेसका मधेश प्रदेश सभापती एवम् प्रदेश सांसद कृष्णा प्रसाद यादवले शिलान्यास गर्नु भएको हो । मानपुर टोल आगलागीबाट पीडित १७ घरपरिवारले नयाँ घर पाउने भएका छन् ।
घर निर्माणको लागि आज पहिलो चरणमा ११ हजारको दरले आर्थिक सहयोग गरिएको हो । प्रदेश सांसद यादवको विशेष पहलमा मधेस एसोसिएसन इन अमेरिकाको आर्थिक सहयोग तथा माण्डवी संस्थाको आयोजनामा आगलागी पिडित परिवारको घर निर्माण गर्न तत्काल ११ हजार नगद सहयोग गरिएको छ ।
पछी घर निर्माण गर्दै जादा रु. ५० हजार को दरले किस्ता स्वरुप सहयोग गर्ने माण्डवी नेपालकी कार्यकारी अध्यक्ष अन्जु झाले जानकारी गराएकी हुन् । सो अवसरमा माधवनारायण नगरपालिकाका नगर प्रमुख बैजनाथ प्रसाद यादव लगायत स्थानिय भद्रभलादमीहरुको उपस्थिती रहेको थियो ।
आरके श्रीवास्तव,गरुडा,वैशाख २९ गते ।
रौतहटमा आज दिउँसो ३ः३० बजेको समयमा आगलगीको घटना घटेको छ । जिल्लाको देवाही गोनाही नगरपालिका वडा नम्बर ५ टिकुलिया स्थित रहेको नारायण चौकमा दुइ वटा खाजा पसलमा आगजनी भएको छ । विद्युत सर्ट भइ जिल्लाको मौलापुर–देवाहीगोनाही सडक खण्डको टिकुलिया जाने बाटोमा रहेको दुई वटा पसलमा आगलागी भएको छ । आगलागीबाट दुवै पसलमा पूर्ण रूपमा क्षति पुगेको छ ।

स्थानिय नारायण साहको फुसको पसलमा आगलागि हुँदा त्यसमा रहेको पेय पदार्थ लगायत विभिन्न सामानहरु जलेर पूर्ण रुपमा नष्ट भएको छ । आगलागि बाट करिब १ लाख ५० बराबरको क्षती भएको पिडित बताएको हो । त्यस्तै स्थानिय पसले संजय साहको एलबेस्टरले छाएको घरमा आगलागि हुँदा बियर,डिउ लगायतका पेय पदार्थगरी पसलमा रहेको विभिन्न सामानगरी करिब २ लाख २३ हजार भन्दा बढी मूल्य बराबरको क्षती भएको पिडितले बताएको हो ।

आगलागी भएको खबर पाएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पुगेर आगो निभाएको थियो । अहिले चर्को गर्मीको मौसम भएकोले विद्युत सर्ट भई जतिखेर नै आगलागी हुन सक्ने भएकोले सबैले सचेत रहन जानकारहरुले सुझाव दिएका छन् ।


बज्जिकाञ्चल,वैशाख २९ गते
राैतहट जिल्लाकाे गुजारा नगरपालिकाकाे कटानीमा दुई जना विपन्न परिवारलाई पसल सञ्चालन गर्न सहयोग गरिएको छ । इस्लामिक रिलिफ को आर्थिक सहयोग र आरडिसि नेपालको सहजीकरणमा कटानीमा रहेका बिपन्न परिबार मध्ये बाट आज छनोटमा परेका दुई परिबार लाई थाेरै भए पनि जीवन यापन सजिलो होस भनी सहयोग गरिएको हाे ।
एक परिबार लाई चटपटे पसलको लागि रु ४५०००/- बराबरको सामान र एक परिबार लाई किराना पसलको लागि सोही रकम बराबरको सहयोग वडा अध्यक्ष अशाेक चाैधरीको रोहबरमा बितरण गरिएकाे स्थानीय सुरेन्द्र तिमल्सिनाले जानकारी गराउनु भयाे । साे अवसरमा आरिडसि नेपालका कर्मचारी रमिला सहित स्थानीय भद्रभलादमीहरूकाे उपस्थिति रहेको थियाे ।