२०८३ बैशाख २१
२०८३ बैशाख २१

हेमन्त केसी, सुर्खेत , २१ असोज । 

डोल्पामा आयोडिन यूक्त नुन अभाव भएको छ । पुरानो नुन सकिएको र नयाँ ठेक्काको नुन आइनपुगेकोले डोल्पामा नुनको अभाव भएको हो ।  अहिले सदरमुकाम दुनैबाट प्रतिव्यक्ति ५ पोका मात्र दिने गरिएको साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडबाट डोल्पामा अनुदानको नुन वितरण हुँदै आएको छ । सदरमुकाम स्थित डिपोमा ४९० क्वीन्टल आयोडिनयूक्त नुन मौजदात रहेको कार्यालय प्रमुख प्रकास धामीले बताए । उनको अनुसार यो नुन भनेको अत्यन्तै न्यून हो ।

जिल्ला भरीका सर्वसाधारणका लागि सदरमुकाममा मात्र नुन आइने भएपछि प्रतिव्यक्ति मुस्किलले ५ पोका दिने गरेको प्रमुख धामीले बताए । सदरमुकामबाट बाहिर रहेका सबै नुनका डिपोहरु रित्ता भएका छन् । उपल्लो डोल्पाको तिन्जे डिपोमा पाँच वर्ष देखि एक पोका नुन ढुवानी भएको छैन । चिनियाँ नाका भएर उपल्लो डोल्पामा नुन ढुवानी हुने भएपछि त्यहाँ नाका बन्द भएपछि पाँच वर्ष देखि नुन ढुवानी हुन नसकेको धामीले बताए ।

गाउँका डिपोमा नुन नै नभएपछि आफू सदरमुकाम स्थित डिपोमा नुन लिन पुग्दा समस्य भोगेको त्रिपुरासुन्दरी नगरपालिका–१ का स्थानीयबासी राजिमान बुढाले बताए । बुढाले भने , ‘ नुन लिन सदरमुकाम जानुपर्ने भएपछि समस्या एकातीर छ भने अर्को तीर सदरमुकाम दुनै स्थित साल्ट ट्रेडिङले प्रति परिवार २ पोकाका  दरले नुन बिक्री गर्दै आइरहेको छ । सरकारले सहुलियत दरमा अनुदान दिएको २ पोका नुन खरिद गर्न दुईदेखि तीन हजार रुपैयाँ सम्म खर्च हुने हुने गर्छ ।’

यसरी हेर्दा एक केजी नुनको मूल्य एक हजार रुपैयाँ बराबर पर्ने गर्छ । साल्ट ट्रेडिङ डोल्पा डिपोको अनुसार भनेजति नुन दिएको खण्डमा डोल्पामा नुन नै अपुग हुने भएका कारण सबैलाई मिलाएर दिन परेको हो । यी पाँच वटै विक्री केन्द्रमा नुनको ढुवानी नभएपछि अभाव भएको हो ।

 

नुनको कोटा थप गर्न सम्बन्धित निकायसँग माग गरेको साल्ट्र ट्रेडिङ डिपो कार्यालय डोल्पाका प्रमुख धामीले बताए । साल्ट ट्रेडिङ डोल्पा डिपोका अनुसार डोल्पाको नुनको लागि ठेक्का आह्वान भई नुन ढुवानी प्रक्रियामा गएको र दसैँ तिहारपछि मात्रै नुन डोल्पा पुग्ने प्रमुख धामीले जानकारी दिए ।

यता त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख जनचन्द्र रोकायाले नगरपालिकाभरि नुनको अभाव हुन थालेपछि साल्ट ट्रेडिङ जुफाल विक्री केन्द्रबाट ५० क्विन्टल नुन ल्याउन लागेको बताए । नगरपालिकामा नुन ल्याएसँगै नगरवासीलाई सहुलियत दरमा अनुदानको नुन बिक्री गर्ने समेत नगर प्रमुख रोकायले बताए । लिकु , सर्मी , तिज्ने  लगाएतका डिपोमा एक पोका नुन नभएको कार्यालय प्रमुख धामीले बताए । सदरमुकाम देखि बाहिरका डिपोमा कर्मचारीसमेत नभएको अवस्थामा रहेको छ । ठेकेदार आफैँले नुन लिएर बिक्री गर्ने काम हुँदै आएको छ ।

भेरी करिडोरको सडक मर्मत नभएका कारण थप ढुवानीमा समस्य हुँदै आएको छ । गाउँको डिपोमा लामो समय देखि आयोडिन यूक्त नुन नभएको पाइएको छ । सदरमुकाममा मात्र नुन राखेर जिल्ला भरी सोही नुन बिक्री हुँदै आएको छ । गाउँमा नामका मात्र डिपो भएका कारण यहाँका सर्बसाधारणले नुन नपाएका हुन् । जनप्रतिनिधिहरुले पटक ,पटक नुनको माग गर्दा पनि सुनुवाइ नभएको उपल्लो डोल्पामा जनप्रतिनिधिले बताएका छन् । डोल्पाबुद्ध गाउँपालिकाका उपाध्यक्ष पेम्मा धोर्चे गुरुङले उपल्लो डोल्पाका कुरा सरकारले नसुुनेको बताए । चामल , नुन ढुवानी नभएको पाँच वर्ष भयो यो सरकारले के हेरेर बसेको छ ।

कैलाली, २१ असोज ।

नेकपा एमालेको सुदूर पश्चिम प्रदेश अधिवेशनको उदघाटन हुदैँछ ।

 

धनगढी, कैलालीमा आजबाट सुरु हुने सुदुरपश्चिम अधिवेसनको उदघाटन अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन । त्यसका लागि अध्यक्ष ओली आजै धनगढी पुग्ने कार्यक्रम रहेको छ ।

सो अधिवेसनमा अध्यक्षका लागि कृष्णप्रसाद जैसी, कमल तिमिल्सिना र वचनबहादुर सिंहले बिच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । अन्य प्रदेशमा जस्तै यस प्रदेशमा पनि प्यानल अनुसार आन्तरिक प्रतिस्पर्धा हुने देखिएको छ ।

मुकेश कुमार यादव/न्युज कारखाना

सिरहा, १४ असोज । सिरहामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा २७ जना घाइते भएका छन्।

 

सिरहाको गोलबजार नगरपालिका-९ मारुति सिमेन्ट उद्योग अगाडी राजविराजबाट जनकपुर जाँदै गरेको ना४ख ६१८७ नम्बरको बस शुक्रबार अपरान्ह दुर्घटनामा परेको प्रहरीले जनाएको छ। मृतकको परिचय खुल्न सकेको छैन।

शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल सिरहामा राखिएको छ। घाइतेहरूको गोलबजार, मिर्चैया, चोहर्वाका निजी स्वास्थ्य संस्थाहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ।

 

लङ्ग लाइफ अस्पतालमा ९ जना, भूमिजा अस्पतालमा १३ जना, रोजी मेडिकलहलमा दुई जना र मिर्चैयास्थित मंगलम अस्पतालमा दुई जना र लहानमा एक जनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रविन्द्र राज पाण्डले जानकारी दिए।

‘अहिलेसम्म सम्पर्कमा आएका २७ जना बिरामी भए पनि अझै घाइते हुनसक्छ, कतिपय बिरामीहरू एम्वुलेन्सले लगेर विभिन्न अस्पतालमा उपचार गराइरहेकाले विवरण प्राप्त भइरहेको छ; सूचना अधिकारी पाण्डले भने।

विग्रिएको बाटोमा अनियन्त्रीत भई बस पल्टिएको हुसक्ने अनुमान प्रहरीको रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

 

हनुमत कु यादव ,रौतहट, १४ गते असोज ।

रौतहट जिल्लामा भारतबाट अबैध कुखुरा ल्याउदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरि नष्ट गरेको छ । जिल्लाको परोहा नगरपालिका वडा नं.८ स्थित मोतिपुर नरकटीयाको बाटो हुँदै नेपाल ल्याउदै गरेको अवस्थामा प्रहरी पक्राउ गरेको हो ।

आज प्रहरी चौकी मोतिपुर नरकटिया रौतहट बाट खटिएको प्रहरी गस्ती टोलीले गस्ति गर्दै जाने क्रममा पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय गौर रौतहटले जनाएको छ ।

भारतबाट अबैध रुपमा चोरि पैठारी गरी ल्याउदै गरेको १६ वटा कुखुरा बरामद गरी जनप्रतिनिधी, बुद्धिजिवी र संचारकर्मीहरु समेतको रोहबरमा आज जिल्ला प्रहरी कार्यालय रौतहटको प्राङगणमा अंदाजी ३५ के.जि. बराबरको बोईलर कुखुरा नष्ट गरीएको प्रहरीले जनाएको छ ।

 

 

रौतहट,असोज १४ गते ।
रौतहटमा निर्माणधिन विद्यालय भवन प्रयोगमा नआउँदा एक विद्यालयका विद्यार्थीहरु खुला आकाशमुनी पढ्न बाध्य भएका छन् ।


जिल्लाको देवाही गोनाही नगरपालिका–६ आधारभुत विद्यालय कर्कच गुठ्ठिका बालबालिकाहरु भवनको अभावमा खुला आकाशमुनी भुईमा बसेर पढ्न बाध्य छन् ।


प्राप्त जानकारी अनुसार सो विद्यालयका बालबालिकाका लागि चन्द्रशेखर साह नामका ठेकेदारले दुई महिना अघि निर्माण गरिसकेको दुई तल्ले आठ कोठे भवन अझै नगरपालिका वा विद्यालयलाई हस्तान्त्रण गर्न सकेका छैनन । जसका कारण बस्ने कोठा नपाएर सो विद्यालयका सयौं छात्रछात्राहरु विद्यालयको चौर र ब्रण्डामा बसेर पढ्ने गरेका छन् ।


नगरपालिकाको ७८ लाख रुपैयाको लागतमा २०८० साल कार्तिक मसान्त भित्रमा निर्माण कार्य पुरा गर्ने समय पाएका ठेकेदार साहले निर्माण कार्य पुरा गर्ने समय भन्दा तिन महिना अगाबै गत असारमा नै विद्यालय भवन निर्माण कार्य पुरा गरेर भुक्तानीका लागि नगरपालिकामा बिल भर्पाई पेश गरेका थिए ।
तर रकम अपुग भएको भन्दै नगरपालिकाले गएको असारमा भुक्तानी दिन नसक्दा भुक्तानी पाउनुपर्ने माग राख्दै निर्माण कम्पनीका ठेकेदार साहले नव निर्मित विद्यालयको भवन अझै पालिकालाई हस्तान्त्रण गरेका छैनन ।
निर्माण कार्यका लागि समझौता भएका ७८ लाख रुपैयाँ मध्ये ठेकेदारले ५० लाख रुपैया भुक्तानी पाइसकेका छन भने २८ लाख रुपैयाँ भुक्तानी पाउन अझै बाँकी छ ।


भुक्तानी पाउने माग गर्दै ठेकेदार साहले विद्यालय भवनको आठवटै कोठाहरुमा ताल्चा लगाइदिएका छन् । भुक्तानी नदिएसम्म ताल्चा नखोल्ने साहको अडानका कारण प्रयाप्त कोठाको अभावमा विद्यार्थीहरु महिनौ देखी घाम पानी सहेर खुला आकाशमुनी भुईमै बसेर पढ्दै आएका छन् ।
“खुला आकाशमुनि बसेर पढ्दा सा साना विद्यार्थीहरुलाई घाम र पानीले सताउने गर्छ,” विद्यालयका एक शिक्षकले भने् । कक्षा कोठामा जस्तो खुला आकाशको पढाइ सहज नभएको उनको भनाइ छ ।


कक्षा १ देखी ८ सम्म पढाई हुने सो विद्यालयका कक्षा ४ देखी ८ सम्मका विद्यार्थीहरुलाई अर्को भवनमा पढाउँदै आएको भए पनि कक्षा १ देखी ४ कक्षाका विद्यार्थीलाई कक्षा कोठा नपुगेका कारण खुला आकाशमुनि पढाउनुको विकल्प नभएको विद्यालयको भनाइ छ ।

वडा अध्यक्ष विष्णु कुमार दासले कार्यपालिकाको बैठकले निर्माण कम्पनीलाई बाँकी रहेको रकम भुक्तानी दिने विषयमा छलफल भइरहेको बताउँदै बक्यौता रकम बारे चाडै कुनै ठोस निर्णय हुने र तालाबन्दी पनि खुल्ने बताएका छन् ।

रौतहट, १३ असोज । होहल्ला गरेको आरोपमा  प्रहरीले डेढ दर्जन टिकटक स्टारलाई नियन्त्रणमा लिई हिरासतमा राखेको छ ।

 

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख महेन्द्र कुमार श्रेष्ठले दिएको जानकारी अनुसार सिया पैलेस होटेल, गौरमा मदिरा सेवन गरि हो हल्ला तथा अभद्र व्यवहार गरेको आरोपमा टिकटक स्टारहरू पक्राउ परेका हुन । सो घटनाका बारेमा वास्तविकता छानबिन भई रहेको प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।

 

पक्राउ पर्नेमा गरुडा नगरपालिका वडा नम्बर १  जयनगरका राजकुमार साहसहितका टिकटक स्टार रहेका छन ।  पक्राउ गरिएका सबै दोषि नरहेको र घटना बारे थप अनुसन्धान भई रहेको प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।

 

सिया पैलेस होटलमा बसेका महिला डाकटरको कोठा ढक्कयाई खोल्न लगाउने तथा अभद्र व्यबहार गरेको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिइएको हो। राति १२ बजेसम्म तलको हलमा अश्लील नृत्य तथा होहल्ला भई रहेको सुचना स्थानिय प्रशासनले पाएपछि प्रहरी पुगेका थिए ।

 

प्रहरी पुग्न साथ अन्दाजी डेढ सय भन्दा बढीको संख्यामा रहेका दर्शक भागेका थिए ।

बिरगंज, १४ असोज । राप्रपा नेपालले आज पर्साको बिरगंजमा सभा गर्ने भएको छ ।

 

घन्टाघर नजिकको खुल्ला स्थानमा आयोजना गरिने सभाको सम्पुर्ण तयारी सकिएको पार्टीका वरिष्ठ उपाध्यक्ष राजिब पराजुलीले जानकारी दिए ।

 

पुर्ब मन्त्री समेत रहेका पराजुलीका अनुसार यो सभा काठमाडौंको बिरोध प्रदर्शनको निरन्तरता हो । ‘हामी भ्रष्ट ब्यबस्थाको अन्त्यको लागि देशका बिभिन्न भागहरुमा यसैगरी बिरोध प्रदर्शन र सभाहरु गर्दै आन्दोलनको बाताबरण तयार गर्नेछौ, अब राप्रपा नेपाल सडक केन्द्रित गतिविधिमा क्रियाशिल हुन्छ ।’

 

राप्रपा नेपाल पर्साका अध्यक्ष नरेश सिंहले सभामा उल्लेख्य जनसहभागिता गराउन व्यापक जनपरिचालन गरिएको बताए । सभालाई पार्टी अध्यक्ष  कमल थापा, नेताहरु राजिब पराजुली ,तारानाथ लुईटेल, वरिष्ठ अधिबक्ता बिष्णु भट्टराई, राजाराम बर्तौला लगायत नेताहरुले सम्बोधन गर्ने पार्टीले जनाएको छ ।

महोत्तरी, १२ असाेज । श्रम तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले वैदेशिक रोजगारलाई अवसरको रुपमा लिनुपर्ने बताएका छन ।

 

सुरक्षित आप्रवासन कार्यक्रम (सामिले) आयोजना गरेको कार्यक्रममा सहभागी हुन महोत्तरी पुगेका मन्त्री भण्डारीले बैदेशिक रोजगारलाई नै ब्यवस्थित बनाउनुको विकल्प नरहेको बताएका हुन ।

 

विदेश जानुपर्ने बाध्यात्मक अवस्थालाई अवसरको रुपमा प्रयोग गरे नेपालले सीप र अनुभवलाई भित्र्याएर समृद्ध बनाउन सकिने धारणा ब्यक्त गरेका छन् । बैदेशिक रोजगारलाई व्यवस्थित बनाउन श्रम मन्त्रालयवाट ऐतिहासिक कामहरु गरेको बताउदै मन्त्री भण्डारीले बिचौलियावाट मुक्त बनाउने देखि रोजगार गन्तव्य मुलुकसँग नयाँ सम्झौताको लागि समेत प्रक्रिया अगाडि बढाएको बताए । खाडी तथा अन्य मुलुकहरुमा जानेको संख्या मधेश प्रदेशका जिल्लाहरुवाट उच्च रहेको र यस्लाई सुरक्षित बनाउन अर्को चुनौती रहेको मन्त्री भण्डारीको भनाई छ ।

 

कार्यक्रममा आप्रवासी हकहित संजाल मधेश प्रदेशले बिभिन्न १७ वटा बुदाँ सहितको माग राखेर ज्ञापनपत्र समेत बुझाएको छ । ज्ञापनपत्रमा उल्लेख भएका सवै बुद्दाहरुमा कामहरु भएको बताउदै मन्त्री भण्डारीले निकट दिनमा नै त्यस्ले कार्यान्वयनको रुप लिनेमा आश्वस्त बनाए ।

 

ज्ञापनपत्रमा विमा कम्पनीले मृतक परिवारलाई जवर्जस्ती पुन: बिमा गराउने, वैदेशिक रोजगार बोर्डवाट प्रदान गरिने उपचार खर्च छिटो, छरितो बनाउनु पर्ने, बैदेशिक रोजगारमा जानेहरुलाई अनिवार्य सिप, तालिमको ब्यबस्था गरिनुपर्ने जस्ता माग राखिएको छ ।

मन्त्री भण्डारीले २०७२ मा घोषणा गरेको फ्री भिषा, फ्री टिकट सस्तो लोकप्रियताको लागि गरिएको बताउदै त्यो व्यवहारत: नभएको जिकिर गरे । रोजगार गन्तव्य मुलुकहरु मध्ये केही कम्पनीमा यस्तो भएतापनी १० हजार लागतको नाममा मेनपावर व्यवसायीहरुले राज्यलाई नै ठगिरहेको जनाएका छन् ।

`कागजमा १० हजार तर कामदारसगँ लाखौ रुपैया लिने अनि राज्यलाई कर नतिर्ने विषयमा हामी नया ढंगले काम गरिरहेका छौ,´ मन्त्री भण्डारीले भने, `अब बिचौलियावाट मुक्त बनाउन मेनपावर व्यवसायी स्थानिय तहको रोजगार शाखामा जोडिने प्रक्रिया पनि अगाडि बढेको छ ।´

 

मुकेश कुमार यादव

सिरहा, १२ असोज । राजनीतिमा देखिएको फोहर सफागर्न महिलाहरु राजनीतिमा पनि सक्रिय हुनुपर्ने गोलबजार नगरपालिका-३ का वडा अध्यक्ष धनप्रसाद लामाले बताएका छन्। कोपीला महिला बचत तथा ऋण सहकारी संस्था लि. जमदहको २६ औं साधारणसभालाई सम्बाेधन गर्दै वडा अध्यक्ष लामाले राजनीतिमा पनि सुशासन, अनुसाशन र पारदर्शीताको लागि महिला नेतृत्व आवश्यक रहेको बताएका हुन् ।

पुरुषहरुको नेतृत्वमा रहेको संस्था प्रायः जोखिममा रहेको भन्दै एकछत्र राज रहेको स्थानीय सरकारमा महिला नेतृत्व आवश्यक रहेको बताए। उनले भने, ‘महिलाको नेतृत्वमा रहेका संस्थाहरु प्रायः सफल हुनेगरेकाले स्थानीय सरकारमा अहिले भएको कुशासन, अनुशासनहिनता र समान विकासको निम्ति महिला नेतृत्व आवश्यक छ।’

सानो पुजिबाट विगत २६ वर्षदेखि निरन्तर नाफामा रहेको सहकारीलाई थप राम्रो बनाउँदै समाजलाई पनि सुन्दर बनाउनु सक्रिय हुनु पर्नेमा जोड दिए।

आरके श्रीवास्तव,रौतहट,१२ गते असोज ।
रौतहट । थारु कल्याणकारिणी सभा रौतहटको अब आफनै भवन निर्माण हुने भएको छ । जसको लागि आज जिल्लाको गुजरा नगरपालिकामा सभाहल भवनको शिलान्यास गरिएको छ । सो नगरपालिकाको वडा नम्बर ९ दयालपुरमा सभाहल भवनको शिलान्यास गरिएको हो ।


सोही वडाका वडा अध्यक्ष प्रेम चौधरीले शुक्रवार एक कार्यक्रमका बिच विधिवत् रुपमा शिलान्यास गर्नुभएको हो । थारु कल्याणकारीणी सभाको भवन रु. ९० लाख भन्दा बढीको लागतमा निर्माण हुन लागेको थारु कल्याणकारिणी सभा रौतहटका सभापती जगरनाथ चौधरीले जानकारी दिनुभयो । कल्याणकारीणी सभाको भवन नगरपालिका,विभिन्न वडाका वडा अध्यक्ष,सहयोगी चन्दादाताहरुको सहयोगमा भवन निर्माण कार्य सुरु गरिएको उहाँले बताउनुभयो ।


रामबाबु चौधरीले सञ्चालन गर्नु भएको कार्यक्रममा भागीरथ चौधरीले स्वागत मन्तव्य राख्दै अतिथीहरुले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा आफनो मन्तव्य राख्दै प्रमुख अतिथी चौधरीले थारु समाजको लागि आज उत्साहजनक र ऐतिहासिक दिन रहेको उल्लेख गर्नु भयो । साथै उनले दयालपुरमा नै थाकसको भवन निर्माण गर्नको लागि पहल गर्नु हुने सम्पूर्ण जनालाइ धन्यवाद ज्ञापन गर्नु भयो ।


साथै कार्यक्रमलाइ समापन गर्नु हुँदै थाकस रौतहटका अध्यक्ष चौधरीले भवन निर्माणमा मात्र थारु समाजको होइन् कि सवै वर्गको सहयोग बाट आज हामीले यो अवसर पाएका छौं । यसलाइ सहि तरिकाले सदुपयोग गर्ने छौं । भवन निर्माणमा सहयोग गर्नु हुने सबै महानुभावहरुलाइ धन्यावाद पनि ज्ञापन गर्नु भयो ।
वि.स.२००५ सालमा स्थापना भएको थाकस रौतहटको भवन विहिन रहेको थियो । वडा अध्यक्ष चौधरी र विभिन्न व्यक्तीत्वहरुको सहयोगमा सो भवन बन्न लागेको हो । वडा अध्यक्ष चौधरीले थाकसको भवन निर्माणको लागि आफनो वडामा रहेको १० कठ्ठा जग्गा उपलब्ध गराए पछि सो भवन बन्न सम्भव भएको हो ।

सो अवसरमा गुजरा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजकुमार अधिकारी, थाकसका केन्द्रिय सदस्य चन्द्रपुर नपाका पूर्व नगरप्रमुख रामचन्द्र चौधरी, अधिकलाल चौधरी,वडा नम्बर १ का वडा अध्यक्ष रामजीत चौधरी,वडा नम्बर २ का वडा अध्यक्ष अशोक खाँ थारु,वडा नम्बर ४ का वडा अध्यक्ष झमक प्रसाद चौलागाइ,पूर्व सभापती रामश्रय चौधरी,दलित अगुवा पूनित राम सहित जिल्ला भरीका थारु समाज अगुवा व्यक्तीत्वहरुको सहभागिता रहेको थियो ।

 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।