आजमिति २०८० साल माघ ७ गते तदअनुसार जनवरी २१, सन् २०२४ आईतवार, शुक्लपक्षको एकादशी तिथि, मृगशिरा नक्षत्र, शुक्ल योग, वृष राशिमा चन्द्रमा, यो योगमा जनहित तथा शुभकार्यका लागि राम्रो मानिन्छ। आज झगडा आदि निर्दयी कार्य बाहेक सम्पुर्ण कार्य गर्न शुभ छ ।
आजको वैदिक राशिफल
• मेष
तपाईंको राशिफल अति शुभ छ। तपाईंको स्वास्थ्य राम्रो रहनेछ। तपाईंले आफ्नो काममा उत्कृष्ट प्रदर्शन गर्नेछौं। तपाईंको परिवार र प्रेमी सँग राम्रो सम्बन्ध रहनेछ। तपाईंको शुभ रंग रातो र शुभ अंक ९ हो।
• वृषभ
तपाईंको राशिफल मध्यम छ। तपाईंको स्वास्थ्यमा ध्यान दिनुपर्नेछ। तपाईंले आफ्नो काममा ठूलो चुनौती सामना गर्नुपर्नेछ। तपाईंको परिवार र प्रेमी सँग धेरै कुरा गर्नुहोस्। तपाईंको शुभ रंग नीलो र शुभ अंक ६ हो।
• मिथुन
तपाईंको राशिफल शुभ छ। तपाईंको स्वास्थ्य उत्तम रहनेछ। तपाईंले आफ्नो काममा नयाँ अवसर पाउनेछौं। तपाईंको परिवार र प्रेमी सँग खुशी रहनेछौं। तपाईंको शुभ रंग पहेंलो र शुभ अंक ३ हो।
• कर्क
तपाईंको राशिफल अशुभ छ। तपाईंको स्वास्थ्यमा समस्या आउन सक्छ। तपाईंले आफ्नो काममा निराशा अनुभव गर्नुपर्नेछ। तपाईंको परिवार र प्रेमी सँग झगडा हुन सक्छ। तपाईंको शुभ रंग हरियो र शुभ अंक २ हो।
• सिंह
तपाईंको राशिफल शुभ छ। तपाईंको स्वास्थ्य राम्रो रहनेछ। तपाईंले आफ्नो काममा नैतिक सहयोग पाउनेछौं। तपाईंको परिवार र प्रेमी सँग आत्मीयता रहनेछ। तपाईंको शुभ रंग सुनहरा र शुभ अंक १ हो।
• कन्या
तपाईंको राशिफल मध्यम छ। तपाईंको स्वास्थ्यमा थोरै दुखाइ आउन सक्छ। तपाईंले आफ्नो काममा बुद्धिमानी लागाउनुपर्नेछ। तपाईंको परिवार र प्रेमी सँग विश्वास राख्नुहोस्। तपाईंको शुभ रंग चाँदी र शुभ अंक ५ हो।
• तुला
तपाईंको राशिफल शुभ छ। तपाईंको स्वास्थ्य बलियो रहनेछ। तपाईंले आफ्नो काममा नयाँ योजना बनाउनेछौं। तपाईंको परिवार र प्रेमी सँग रोमान्स रहनेछ। तपाईंको शुभ रंग गुलाबी र शुभ अंक ७ हो।
• वृश्चिक
तपाईंको राशिफल अशुभ छ। तपाईंको स्वास्थ्यमा बिरामी हुन सक्छ। तपाईंले आफ्नो काममा असफलता भोग्नुपर्नेछ। तपाईंको परिवार र प्रेमी सँग अनबन हुन सक्छ। तपाईंको शुभ रंग कालो र शुभ अंक ८ हो।
• धनु
तपाईंको राशिफल शुभ छ। तपाईंको स्वास्थ्य निकै राम्रो रहनेछ। तपाईंले आफ्नो काममा उच्च लाभ हासिल गर्नेछौं। तपाईंको परिवार र प्रेमी सँग आनन्द रहनेछौं। तपाईंको शुभ रंग बैंगनी र शुभ अंक ९ हो।
• मकर
तपाईंको राशिफल मध्यम छ। तपाईंको स्वास्थ्यमा थोरै अस्वस्थता आउन सक्छ। तपाईंले आफ्नो काममा दृढ निर्णय लिनुपर्नेछ। तपाईंको परिवार र प्रेमी सँग समझदारी राख्नुहोस्। तपाईंको शुभ रंग भूरा र शुभ अंक ४ हो।
• कुम्भ
तपाईंको राशिफल शुभ छ। तपाईंको स्वास्थ्य नयाँ ऊर्जा भरिएको रहनेछ। तपाईंले आफ्नो काममा रचनात्मकता देखाउनेछौं। तपाईंको परिवार र प्रेमी सँग मित्रता रहनेछ। तपाईंको शुभ रंग सेतो र शुभ अंक ११ हो।
• मीन
तपाईंको राशिफल अशुभ छ। तपाईंको स्वास्थ्यमा तनाव आउन सक्छ। तपाईंले आफ्नो काममा गल्ती गर्नुपर्नेछ। तपाईंको परिवार र प्रेमी सँग दुरी हुन सक्छ। तपाईंको शुभ रंग नारिवल र शुभ अंक १२ हो।
राशिफलमा राम्रो नराम्रो जे लेखेको भएका पनि तपाई आफ्नो नियमित कार्यबाट विचलित नहुनुहोला । राशिफल भनेको तपाईँको जन्मकुण्डलीमा रहेको चन्द्रमाको राशिलाई लिएर हाल भएका ग्रहहरूको अबस्थालाई हेरेर तयार गरीएको हुन्छ । जन्मकुण्डलीको अन्य आठ ग्रहको अवस्था युती, दृष्टि, भाव, उच्च, नीच, आदि कुराहरूले फरक पर्न सक्छ । निर्णय गर्दा तपाईंको आफ्नै अन्तर्ज्ञान र निर्णय प्रयोग गर्न सधैं महत्त्वपूर्ण छ।
राशिफल लेखक युवा ज्योतिष जनक खड्का, वैदिक ज्योतिषका विज्ञ मानिन्छन् उनि ज्योतिष परामर्श केन्द्रको सञ्चालक समेत हुन्।न्युजका्रखाना
भरतपुर ६ माघः
कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाको नयाँ सबुज गणको निरीक्षण गरेका छन ।
सो अवसरमा मध्य पृतना हेडक्वार्टर नं ७ वाहिनी अड्डा अन्तर्गत रही तैनाथ यस गणले भरतपुर विमानस्थल सुरक्षाका साथै जल उद्धार, सडक दुर्घटना, विपद्जन्य परिस्थितिबाट सिर्जित सडक अवरोध हटाउने कार्यमा खेलेको भूमिका सराहनीय भएको उनले बताए ।

‘भरतपुर विमानस्थल विस्तारका लागि सेनाको स्वामित्वमा रहेको ७० बिगाहा आठ कठ्ठा चार धुर जग्गामध्ये करिब १९ बिगाहा चार कठ्ठा चार धुर जग्गा विमानस्थलको धावनमार्ग विस्तार र वैकल्पिक सडक निर्माणका लागि उपलब्ध गराउनुपर्ने देखिन्छ,’, उनले भने, ‘नेपाली सेनाबाट निर्मित केही भौतिक संरचनाहरु समेत स्थानान्तरण गर्नु पर्ने हुँदा यस सम्बन्धमा विभिन्न सरोकारवाला निकायहरूबीच आवश्यक समन्वय र सहकार्य गर्दै अघि बढ्न आवश्यक रहेको छ ।’
यस प्रक्रियामा रक्षा मन्त्रालय र नेपाली सेनाको तर्फबाट सम्बन्धित सरोकारवाला निकायहरूसँग छलफल र परामर्श भइरहेको र सबैको सहयोगले यो विषय चाँडै निष्कर्षमा पुग्ने उनको भनाइ थियो ।
राष्ट्रिय सुरक्षाको प्रमुख पहरेदारका रूपमा रहेको नेपाली सेनाले देशभित्र मात्र नभई विश्वका विभिन्न द्वन्द्वग्रस्त क्षेत्रहरूमा समेत संयुक्त राष्ट्र सङ्घको झण्डा मुनि रहेर शान्ति स्थापनामा विशेष योगदान गर्दै आएको रक्षामन्त्री खड्काले बताए ।
नेपाली सेनाको यस योगदानले नेपाल र नेपालीको शिर उँचो बनाएको भन्दै उनले सेनाको व्यावसायिक क्षमतालाई उच्च राख्न नेपाली सेनामा तालिम, प्रशिक्षण, भौतिक संरचनाको निर्माण तथा आधुनिक सैन्य उपकरणहरूको व्यवस्था गर्न राज्यले निरन्तर जोड दिँदै आएको उल्लेख गरेका छन ।
‘नेपाली सेनामा रही काम गर्ने सबै राष्ट्र सेवकहरूको मनोबल र उत्प्रेरणालाई उच्च राख्न सरकारले प्राथमकिता दिएको छ, आगामी दिनमा राज्यको क्षमता र साधन स्रोतले भ्याएसम्म नेपाली सेनाको थप सुदृढीकरणका लागि विभिन्न व्यवस्थाहरू गर्दै लगिनेछ,’ उनले भने ।
नेपाली सेनाले सीमित स्रोत, साधन र सुविधाको बाबजुद हिमाल, पहाड र तराई सबैतिर खटिएर अहोरात्र राष्ट्रको सुरक्षामा खटिएको भन्दै कार्य सम्पादनका क्रममा सेनाले भोगेका समस्या र अप्ठ्यारालाई सरकारले महसुस गरेको उनले जनाएका छन । ती समस्या तथा अप्ठ्याराहरूलाई आगामी दिनमा सरकारको क्षमताले भ्याएसम्म क्रमशः सम्बोधन गर्दै जाने दिशामा नेपाल सरकार प्रतिबद्ध रहेको उनको भनाई छ ।
‘मेरो नेपाल मेरो स्वर्ग’ भन्ने आदर्श वाक्य बोकेको श्री नयाँ सबुज गणमा खासगरी तराई÷मधेसमा बसोबास गर्ने नागरिकहरूको प्रतिनिधित्व हुने गरी नेपाली सेनाका विभिन्न विभाग, कार्यालय, महानिर्देशनालय, निर्देशनालय, पृतना, वाहिनी युनिटरसब युनिटलगायत ११७ स्थानबाट विभिन्न दर्जाका सैनिक व्यक्तिहरु सम्मिलित गराई यो नयाँ गण २०६३ साल असार २८ मा महोत्तरीको पकौलीमा स्थापना भएको हो ।
यो गण ओखलढुङ्गा, हेटौँडा, सुर्खेत लगायतका जिल्लाहरू हुँदै गत वैशाख १५ गतेदेखि चितवनको भरतपुर व्यारेकमा तैनाथ छ। तराई र मधेसमा बसोबास गर्ने समुदायको विशेष प्रतिनिधित्व र बाहुल्य भएको यस गणमा करिव ८० प्रतिशत तराई र मधेस मूलका विभिन्न दर्जाका सैनिकहरू कार्यरत रहेको भन्ने थाहा पाउँदा आफूलाई खुसी लागेको कार्यबहाक प्रधानमन्त्री खडकाले बताए ।न्युजका्रखाना
काठमाडौं, ६ माघ ।
उमेरमा नै कपाल सेतो हुनु आजको समयमा यस्तो समस्या बनेको छ कि धेरै मानिसहरु यससँग लडिरहेका छन् ।
अझै सानै उमेरमा मानिसको कपाल सेतो हुने गर्छ र यो समस्या साना बालबालिकामा पनि देखिने गरेको छ । कहिलेकाहीँ रासायनिक उत्पादनहरू र शरीरमा केही पोषक तत्वहरूको कमीको कारणले कपालको समय अगावै सेतो हुन सक्छ।
यो समस्याबाट बच्न कपालको हेरचाह गर्ने धेरै प्रकारका उत्पादनहरू बजारमा उपलब्ध भएता पनि त्यसको नतिजा कस्तो हुन्छ भन्ने पुष्टि भएको छैन। यस्तो अवस्थामा यो समस्याबाट छुटकारा पाउन प्राकृतिक उपाय अपनाउनु राम्रो हुन्छ । यदि तपाइँ तपाइँको सेतो कपाल केहि दिनमा कालो र बाक्लो हुन चाहनुहुन्छ भने तपाइँ यी प्राकृतिक उपचारको मद्दत लिन सक्नुहुन्छ।
आउनुहोस् यो समाधानको एक उपायका बारेमा कुरा गरौं ।
नरिवलको तेल धेरै वर्षदेखि छाला र कपालको हेरचाहमा प्रयोग हुँदै आएको छ। खासगरी कपालको कुरा गर्ने हो भने यसले कपाललाई गहिरो पोषण दिनुका साथै धेरै प्रकारका समस्याहरू हटाउन पनि मद्दत गर्छ। यदि तपाईंले यो तेललाई नियमित रूपमा प्रयोग गर्नुभयो भने तपाईंले छालाको धेरै प्रकारका समस्याहरू हटाउन सक्नु हुन्छ। नरिवलको तेलमा केही चीजहरू मिसाएर लगाउन सक्नुहुन्छ, जसले कपाललाई प्राकृतिक रूपमा कालो बनाउन र वृद्धि बढाउन मद्दत गर्दछ।
सेतो कपालको समस्या हटाउन नरिवलको तेलमा मेथीको दाना मिसाएर लगाउन सक्नुहुन्छ । कपाल झर्ने समस्यालाई हटाउनुका साथै यसले प्राकृतिक रूपमा कालो बनाउन पनि मद्दत गर्छ र कपाललाई मजबुत बनाउन पनि फाइदाजनक साबित हुन सक्छ।
यो तेल बनाउन मेथीको दाना राम्ररी पीस्नुहोस्। अब ३–४ चम्चा तेलमा १ चम्चा पाउडर लिनुहोस्, यसलाई राम्ररी मिलाउनुहोस् र उमाल्नुहोस्। त्यसपछि यो तेललाई एयर टाइट कन्टेनरमा राख्नुहोस् र हप्तामा कम्तिमा दुई पटक यो तेल कपालमा लगाउनुहोस्। यसबाट कपाल सेतो हुने समस्या समाधान हुन्छ ।न्युजका्रखाना
काठमाडौँ, ६ माघ ।
मधेश प्रदेशले जारी प्रधानमन्त्री कपमा कर्णाली प्रदेशलाई पराजित गरेको छ ।
शनिबार टियु मैदानमा सम्पन्न खेलमा मधेश प्रदेशले कर्णाली प्रदेशलाई ६१ रनले पराजित गरेको हो ।
मधेश प्रदेशले दिएको २३२ रनको लक्ष्य पछाएको कर्णाली प्रदेशले ४१.१ ओभरमा १७० रन बनाएर अल आउट भएको थियो । यसअघि पहिला ब्याटिंग गर्दै मधेश प्रदेशले ५० ओभरमा ९ विकेट गुमाएर २३१ रन बनाएको थियो ।
जारी प्रतियोगितामा मधेश प्रदेशको यो तेस्रो जित हो । मधेशको ५ खेलमा ६ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ । त्यस्तै कर्णाली प्रदेशले भने दोस्रो हार बेहोरेको छ । कर्णालीको ४ खेलमा ४ अंकसहित सातौं स्थानमा रहेको छ ।
अब मधेश प्रदेशले सोमबार टियु मैदानमा सुदूरपश्चिमसँग खेल्ने छ भने कर्णाली प्रदेशले सोमबार नै मुलपानीमा बागमती प्रदेशसँग खेल्ने छ ।न्युजका्रखाना
रौतहट, ६ माघ ।
रौतहटका वृन्दावन नगरपालिकाको अधिकांश सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम बन्द भएको छ ।
सो पालिकामा विगत लामो समयदेखि कार्यकारी प्रमुख नहुँदा दिवा खाजा कार्यक्रम प्रभावित बनेको एकजना शिक्षकको भनाइ रहेको छ ।
दिवा खाजा प्रभावित बनेपछि सो पालिकाका सामुदायिक विद्यालयमा छ । विगत छ महिनादेखि उधारोमा खाजा खुवाइरहेको तर, भुक्तानी पाउन नसकेपछि उधारो दिने पसलहरुले पनि उधारो बन्द गरेपछि सो पालिकाका अधिकांश विद्यालयको दिवा खाजा कार्यक्रम प्रभावित बनेको छ ।
बालबालिकाको स्वास्थ्य अध्ययन अध्यापन गर्ने बालबालिकाको संख्या समेत घट्न थालेको शिक्षकहरूको भनाइ रहेको र पोषणलाई मध्यनजर गर्दै सरकारले प्रत्येक सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम लागु गरेको छ । बालबालिका कुषोषणको सिकार नहुन र विद्यालयमा नियमित उपस्थित गराउने उद्देश्यले दिवा खाजा संचालन गरेपनि वृन्दावनका समुदायिक विद्यालयमा भने, यो सेवा प्रभावकारी हुन सकेको छैन ।
वृन्दावनका एक प्रधानाध्यापकका अनुसार विगत लामो समयदेखि भुक्तानी नपाएका कारण उधारोमा खाजा खुवाउन नसकिने बताएका छन् । विगत ६ महिनामा करिब डेढ लाखको उधारो खाजा खुवाएको र सोको भुक्तानी आफ्नो खोतमा उत्पादन भएको धान बेचेर तिरेको प्रधानाध्यापकको गुनासो रहेको छ ।
उनले भने, अब कि त नगरपालिकाले उधारो मगाइदिनु पर्यो नत्र समयमै भुक्तानी दिनु पर्यो नभए हामी उधारोमा ल्याएर खाजा खुवाउन नसकिने बताए न्युजका्रखाना
काठमाडौं,माघ ६ ।
एमाले जनसंगठन नेपाल खेलकुद महासंघले पार्टी र नेताबिरुद्ध चलाइएको अफवाह चिर्न बिशेष टीम बनाएको छ ।
शुक्रवार सम्पन्न महासंघको केन्द्रीय कमिटीको दोस्रो बैठकले प्रतिक्रियावादीहरुले सुनियोजित रुपमा एमाले नेतृत्व र पार्टीमाथि आक्रमण गरेको निश्कर्षसहित रिनन पोखरेलको नेतृत्वमा ५ हजार १ सदस्यीय बिशेष समिति गठन गरेको हो ।
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, महासचिव शंकर पोखरेल, जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल र महासंघका इञ्चार्ज कर्ण थापाले बिशेष प्रशिक्षण दिनुभएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पर्शुराम बस्नेतले पार्टी नेतृत्वबिरुद्ध भइरहेको आक्रमणको प्रतिवाद गर्न समिति गठनको प्रस्ताव गर्नुभएको थियो । अध्यक्ष बस्नेतको प्रस्तावलाई बैठकले सर्वसम्मत रुपमा पारित गरेको हो ।
‘नेकपा एमाले तथा हाम्रा पार्टी नेता तथा नेतृत्वप्रति प्रायोजित आक्रमण, हमला तथा फैलाइने अनावश्यक हल्लाहरुलाई परास्त गर्न र जनमानसमा रहेका भ्रमहरु चिर्न कमिटीले बिषेश योजनासहित काम अघि बढाउने छ,’ अध्यक्ष बस्नेतले भन्नुभयो, ‘कमिटी अब नेकपा एमालेविरुद्धका समाजमा छरिएका हुन् या सामाजिक सन्जालमा गरिएका किन नहुन्, अनावश्यक प्रायोजित हल्ला तथा भ्रमहरुलाई चिर्न डटेर लाग्नेछ, नेकपा एमालेको प्रतिरोधी दस्ता हुनेछ ।’
बैठकले आगामी निर्वाचनमा एमालेको एकल बहुमतको सरकार बनाउने अभियानलाई सफल बनाउनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नै रोलमोडल बनाउनु पर्ने ठहर गर्दै सिंगो पार्टी पंक्तिलाई यसतर्फ बिशेष ध्यानाकर्षण गरेको छ । ‘आफ्नै पार्टीको नेतालाई रोलमोडल बनायौं भने मात्रै मिशन ८४ सफल हुन्छ । केपी ओलीलाई रोलमोडल बनाएर सिंगो पार्टी पंक्ति मिशन ०८४ मा होमिनुपर्छ,’ महासंघका अध्यक्ष बस्नेतले भन्नुभयो ।
अध्यक्ष बस्नेतका अनुसार बैठकले संगठन बिस्तारको बिशेष योजना पनि पारित गरेको छ । जसअनुसार आगामी ३ बर्षभित्र डेढ लाख नयाँ सदस्यता बितरण गरिने छ । यस्तै बैठकले एक कमिटी एक खेलकुद गतिबिधि सञ्चालन र एक सदस्य दुई नयाँ सदस्य बितरण अभियान अघि बढाउने निर्णय गरेको छ ।
अव महासंघका हरेक कमिटीले एउटा खेलकुद कार्यक्रम सञ्चालन गर्ने र प्रत्येक सदस्यले दुई जना नयाँ सदस्य बनाउने निर्णय बैठकले गरेको हो,’ अध्यक्ष बस्नेतले भन्नुभयो ।
उहाँले केन्द्रीय कमिटीको बैठकको निर्णयअनुसार नेपाल खेलकुद महासंघ अब सशक्त रुपमा संगठन सुदृढीकरण, शुद्धिकरण तथा विस्तारमा लाग्ने जानकारी पनि दिनुभयो ।न्युजका्रखाना
रौतहट, ६ माघ ।
करिब ६ लाख नेपाली रुपैयाँ सहित रौतहटमा एक जना मानिस पक्राउ परेका छन् ।
सशस्त्र प्रहरीको गस्ती टोलीले हुण्डी कारोबार गरेको आशंकामा एकजना मानिस लाई पक्राउ गरेको हो।
सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट बंकुलका प्रमुख सशस्त्र प्रहरी निरीक्षक नरेन्द्र कुमार पाटामगर नेतृत्वको टोलीले शनिवार पाँचलाख ९४ हजार रुपैयाँ सहित परोहा नगरपालिका ८ का दिनेश प्रसाद कुष्वाहालाई पक्राउ गरेको छ।
सीमावर्ती बौधीमाई नगरपालिका–७ छोटी बंकुल हुँदै भारत तर्फ गई रहेको बागतमी प्रदेश ०२–०३८ प.–५८६७ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा एक हजार दरको ३४२ र पाँच सय दरका ५०४ थानगरी कुल पाँच लाख ९४ हजार रुपैयाँ सहित कुशवाहा पक्राउ भएको इन्स्पेक्टर पाटा मगरले बताएका छन।
बरामद रुपैया, मोटरसाईकल सहित ४५ वर्षीय कुशवाहालाई आवश्यक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको सशस्त्र प्रहरी हेक्वा रौतहटले जनाएको छ।
सप्तरी, ६ माघ ।
चार पार्टीका प्रमुखले मुलुकलाई बन्धक बनाएको जनमत पार्टीको राष्ट्रिय अध्यक्ष प्रतिनिधि सभा सदस्य डा. सिके राउतले बताएका छन्।
नेपाल पत्रकार महासंघ सप्तरीमा शनिबार पत्रकार सम्मेलनको आयोजना गरि राउतले यस्तो बताएका छन् । उनले भने,´ नेकपा एमाले,नेपाली कांग्रेस,नेकपा माअोवादी तथा एकीकत समाजवादीका मुख्य ब्यक्तिलेमुलुकमा जे गर्छ त्यही हुन्छ अन्य कसैले केही गर्न सक्दैन ।’
खास गरेर जहिले पनि पेवाको रूपमा मुलुकमा नेतृत्वमा रहदै आएकाहरूले मधेसमा भ्रष्टाचार हुन्छ र मधेसी नेता भ्रष्ट हुन्छ भन्ने अपवाह फैलाएर मधेसलाई थप पछाडि धकेल्दै आएको उनले आरोप लगाए । उनले भने,´ अरबौ भष्टाचार गर्ने ब्यक्तिले उल्टो मधेसी नेतालाई भ्रष्टको आरोप लगाएर मधेर र मधेसीको विकासको बाधक नेतृत्व पक्ष नै बनेको छ ।’ आफु उर्जाका साथ संसदमा प्रतिनिधित्व गरेपनि त्यहाँको व्यवस्था हेरेर निराशावादी भएको उनको भनाइ थियो ।
उनले थपे,´ अहिलेको संसदमा केही बोल्न छुट छैन । विप जारी हुन्छ । बोल्यो भने कार्वाही हुन्छ दुईचार जनाले जे गर्छ त्यहीँ नै हुन्छ । यो सरकार र गठबन्धनबाट केही गराउन नसकिने उनको धारणा रहेको थियोे । डिसिजन मेकरमा हाम्रो कुनै भुमिका नरहेकोले नयाँ परियोजनाको विषयमा सुन्न चाहदैनन् ।५२/५३ प्रतिशत जनता मधेसमा भएपनि हामीले दिनेमा हुनपर्थ्यो तर उल्टो उनीहरूसंग माग्नुपर्ने बाध्यता छ ।
मधेसले विकास र अधिकार चाहेको छ । अधिकार प्राप्तिको लागि आन्दोलन गर्न जहिले पनि तयार रहनुपर्छ ।आन्दोलनको विकल्प नरहेको राउतको भनाई थियो । अहिलेको अवस्था मधेस,जनजाति,अल्पसंख्यक, तथा पछाडि परेका समूदायका लागि नभएको राउतको भनाई थियो न्युजका्रखाना
मुम्बइ, ६ माघ ।
रणवीर कपूर र रश्मिका मन्डनाको फिल्म एनिमलले बक्स अफिसमा धमाका मच्चाएको छ । यो फिल्म सुपरहिट साबित भएको छ ।
फिल्ममा रश्मिका मन्डन्नाले रणवीर कपूरकी पत्नीको भूमिका निभाएकी छिन् । यस फिल्ममा रश्मिकाले श्रीमानलाई थप्पड हानेको दृश्य छ । रश्मिकाले भर्खरै एक अन्तर्वार्तामा यस दृश्यको आफ्नो अनुभव साझा गरेकी छिन्। उनले रणवीरलाई थप्पड हाने पछि रोएको बताएकी छिन् ।
फिल्ममा रणवीरले आफ्नी श्रीमती रश्मिकालाई धोका दिन्छन् र जब उनले यो कुरा उनलाई सुनाए, रश्मिकाले उनलाई कडा थप्पड हानेकी छन्। रश्मिकाले पिंकभिलालाई दिएको अन्तर्वार्तामा यो दृश्य एकै पटक खिचिएको बताइन् ।
रश्मिकाले भनिन्– ‘यो दृश्यमा धेरै घुमफिर भएको थियो, त्यसैले एउटा दृश्यमा छायांकन गरिएको हो । मलाई थाहा थिएन म के गर्न गइरहेको छु। सन्दीपले मलाई महसुस गराए कि यदि कुनै व्यक्ति यस्तो अवस्थामा छ भने उसको प्रतिक्रिया कस्तो हुन्छ। यति मात्र सम्झन्छु। मलाई एक्शन र कट बीचको केहि याद छैन। म सम्झन सक्दिन। मेरो मन खाली थियो ।’ यो दृश्यमा रश्मिकाले रणवीरलाई थप्पड हानेकी थिइन् ।
रश्मिकाले भनिन्, ‘यो दृश्यपछि म साँच्चै रोएँ किनकी मैले रणवीरलाई साँच्चै थप्पड हाने र म चिच्याएँ ।’
रश्मिकाले थप भनिन्, ‘सीन सकिएपछि म रणवीरकहाँ गएँ र उनलाई सोधेँ कि ठीक छ ? तिमी सन्चै छौ ? हामीले यो क्रम आधा दिनमा पूरा गर्यौं। मलाई यो मन पर्यो र त्यो क्षण मैले सोचेको थिएँ कि यो एक अभिनेता हुनुको उच्च स्तर हो। मानिसहरू हरेक पटक यस प्रकारको क्रम लेख्दैनन्। यो फिल्म गरेकोमा म निकै खुसी छु । म आफै छक्क परें ।’
एनिमलमा रश्मिका र रणवीरका साथ अनिल कपुर, बबी देओल र तृप्ती डिमरी महत्वपूर्ण भूमिकामा देखिएका छन् । फिल्मलाई सन्दीप वाङ्गले निर्देशन गरेका हुन् ।न्युजका्रखाना
काठमाडौं, ४ माघ ।
म्यानचेस्टर सिटी विश्वको सबैभन्दा मुल्यवान टिम बनेको छ ।
फुटबल बेन्चमार्कले सार्बजनिक गरेको युरोपियन फुटबल क्लबहरुको बार्षिक रिपोर्ट अनुसार म्यानचेस्टर सिटीको अहिलेको टिम विश्वको सबैभन्दा बढी मुल्यको रहेको हो ।
यस रिपोर्टमा २०२३ मा युरोपका टप पाँच लिगमा क्लबहरुले खेलाडी ट्रान्सफरमा १.१ बिलियन युरो खर्च गरेका छन् । म्यानचेस्टर सिटीको टिमको अहिलेको बजार मुल्य १४१४ मिलियन युरो रहेको छ । जुन अघिल्लो बर्षको भन्दा ९ प्रतिशतले बढी हो ।
त्यस्तै यस सूचीमा दोस्रो स्थानमा फ्रेन्च च्याम्पियन पिएसजी रहेको छ । पिएसजीको टिमको बजार मुल्य ११५२ मिलियन युरो गरेको छ, जुन अघिल्लो बर्षको तुलनामा १५ प्रतिशतले बढी हो ।
त्यसैगरी यस सूचीमा तेस्रो स्थानमा रियल म्याड्रिड रहेको छ । रियल म्याड्रिडको टिमको बजार मुल्य ११५२ मिलियन युरो रहेको छ, जुन अघिल्लो बर्षको तुलनामा २१ प्रतिशतले बढी हो ।
त्यसैगरी जर्मनी क्लब बायर्न म्युनिख यस सूचीमा चौथो स्थानमा रहेको छ । बायर्नको टिमको बजार मुल्य १०२३ मिलियन युरो रहेको छ । बायर्नको बजार मुल्य अघिल्लो बर्षको तुलनामा २ प्रतिशतले घटेको छ ।
त्यस्तै स्पेनिस क्लब बार्सिलोना यस सूचीमा पाँचौं स्थानमा रहेको छ । बार्सिलोनाको टिमको अहिलेको बजार मुल्य अघिल्लो बर्षको तुलनामा एक प्रतिशतले कम १००५ मिलियन युरो रहेको छ ।
यस सूचीमा प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड छैटौं स्थानमा छ र यसको टिमको बजार मुल्य ९६६ मिलियन युरो रहेको छ, जुन अघिल्लो बर्षको तुलनामा ११ प्रतिशतले बढी हो ।
त्यसैगरी यस सूचीमा इटालियन क्लब नापोली सातौं स्थानमा रहेको छ । नापोलीको टिमको बजार मुल्य ६८२ मिलियन युरो रहेको छ, जुन अघिल्लो बर्षको तुलनामा ९ प्रतिशतले बढी हो ।
त्यसैगरी यस सूचीमा आठौँ स्थानमा जर्मनी क्लब बोरुसिया डोर्टमण्ड रहेको छ । डोर्टमण्डको टिमको बजार मुल्य ६०९ मिलियन रहेको छ, जुन अघिल्लो बर्षको तुलनामा ३ प्रतिशत कम हो ।
त्यस्तै यस सूचीमा नवौं स्थानमा इटालियन क्लब युभेन्टस रहेको छ । युभेन्टसको अहिलेको टिमको बजार मुल्य ४६५ मिलियन युरो रहेको छ, जुन अघिल्लो बर्षको तुलनामा ११ प्रतिशतले कम हो ।
त्यस्तै यस सूचीमा दशौँ स्थानमा पोर्चुगलको क्लब बेनिफिका रहेको छ । बेनिफिकाको अहिलेको टिमको बजार मुल्य ४१७ मिलियन युरो रहेको छ जुन अघिल्लो बर्षको तुलनामा ११ प्रतिशतले बढी हो ।न्युजका्रखाना