२०८३ श्रावण १
२०८३ श्रावण १

काठमाडौं, २ फागुन ।

हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ।

 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रहको छ।

 

दिउँसो कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक देखि साधारणतया बदली रहि सुदुरपश्चिम प्रदेशमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।  कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

 

राती भने कोशी र मधेस प्रदेश लगायत  बागमती प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, मधेस र बागमती प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी,  बागमती र  गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

 

कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ। न्युज कारखाना

काठमाडौं,१ फागुन ।

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर जागिर खाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्कीका एक शिक्षिकविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।

कास्कीको पोखरा महानगरपालिका–८ को श्रीराम प्राथमिक विद्यालयको प्राथमिक तहको स्थायी शिक्षक विन्दु गौतम शर्माविरुद्ध आज मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

शिक्षक शर्माले भारतको उत्तर प्रदेशबाट एसएलसी तहको नक्कली शैक्षिक प्रमाणपत्र र लब्धाङ्क पत्रहरू पेस गरी शिक्षक पदमा नियुक्त भएको अख्तियारले जनाएको छ।न्युज कारखाना

भक्तपुर १ फागुन ।

भक्तपुर युवा टिम गोल्मढी भक्तपुर ७ को आयोजनामा तेश्रो भक्तपुर कप खुला फुटबल प्रतियोगिता हुने भएको छ। आयोजक भक्तपुर युवा टिमले पत्रकार सम्मेलन गरी यो वर्ष फागुन १८ गतेदेखि २६ गतेसम्म प्रतियोगिता गर्ने निर्णय गरिएको जानकारी गराइयो । प्रतियोगिता भक्तपुर नगरपालिका वडा नम्बर ७ स्थित महेश्वरी खेल मैदानमै हुनेछ।

आयोजक टिमका अध्यक्ष केशव त्वानाबासुले प्रतियोगितामा प्रथम हुने विजेतालाई एक लाख २५ हजार र द्धितीय हुने उपविजेता टिमलाई ६५ हजार नगद पुरस्कार दिने निर्णय भएको जानकारी गराए। प्रतियोगितामा सहभागी हुने टिम क्लवले दर्ता शुल्क १२ हजार पाँंच सय तोकिएको उनले जनाए। खेल अवधिभर खेलाडीहरूको विमाको जिम्मेबारी आयोजक टिमले लिने उनले सुनाए।

पत्रकार सम्मेलनमा युवा टिमका संस्थापक अध्यक्ष एवम् सल्लाहकार विश्वराम कवां, अर्का सल्लाहकार एवम् भक्तपुर नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष उकेश कवां, सल्लाहकार श्रीकृष्ण किसी, पूर्व अध्यक्ष  तुल्सीराम ग्वाछा, भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक थापा, टिमका सचिव रामेश्वर मचामसी, प्रतियोगिता संयोजक सुरेश कवांलगायतले प्रतियोगिताका विविध विषयहरुबारे चर्चा गरे।

प्रत्येक वर्ष निरन्तर दुई पटकसम्म सफलतापूर्वक प्रतियोगिता गरेको युवा टिमले तेश्रो संस्करण आयोजना गर्ने जानकारी गराएको हो । भक्तपुरमा फुटबलमय वातावरण सिर्जना गर्ने उद्देश्यअनुरुप तेस्रो संस्करणको प्रतियोगिता गर्ने निष्कर्षमा आयोजक टिम पुगेको बताइयो । प्रतियोगितालाई सफल बनाउन गत वर्ष जस्तै सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरिएको छ।

भक्तपुरको खेलकुद र सामाजिक कार्यलाई प्रभावकारी बनाउन मित्रता अनुशाशन र स्वास्थको लागि खेलकुद भन्ने नाराका साथ भक्तपुर युवा टिम २०५० सालमा गठन भएको थियो। टिमले पहिलो पटक  २०७८ फागुन ६ देखि १४ सम्म खुल्ला पहिलो भक्तपुर कप फुटबल प्रतियोगिताको आयोजना गरेको थियो । दोश्रो पटक २०७९ फागुन ५ देखि १३ गतेसम्म सफलतापूर्वक सम्पन्न गरेको थियो।न्युज कारखाना

काठमाडौं, १ फागुन ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ५० जना प्रहरी कर्मचारीहरुलाई ट्राफिक नियन्त्रण तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा संचालित ट्राफिक नियन्त्रण तालिम १५०औं समूह अन्तर्गत उनीहरुलाई उक्त तालिम प्रदान गरिएको हो ।

 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा मंगलबार आयोजित तालिम समापन कार्यक्रममा सोही कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले तालिम समापन गर्दै प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।  साथै उनले सेवा प्रवाहको क्रममा आफ्नो बोली, बचन र व्यवहारलाई अझ उत्कृष्ट बनाउँदै तालिमबाट प्राप्त व्यावसायिक सीप एवम् क्षमताको कार्यान्वयनमा कटिवद्ध हुनुपर्नेमा जोड दिए ।

 

कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक रबिन कार्कीले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै गत पुस २ गतेदेखि संचालित उक्त तालिममा प्रहरी हवल्दार २ जना, प्रहरी सहायक हवल्दार ९ जना र प्रहरी जवान ३९ जना गरी कुल ५० जना प्रशिक्षार्थीहरुले सफलतापूर्वक तालिम हासिल गरेको जानकारी दिए ।न्युज कारखाना

 

काठमाडौँ, १ फागुन  ।

नेकपा(माओवादी केन्द्र) अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘डिजीटल बक्तृत्वकला’ प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गरेका छन् ।

जनयुद्ध दिवसका अवसर योङ्ग कम्युनिष्ट लीग, नेपालले मंगलबार आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीले प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गरेका हुन् ।

प्रतियोगितामा प्रथम हुने आशा उपरकोटीले रु ५५ हजार, द्वितीय हुने सिलु क्षत्रीले रु ३५ हजार र तृतीय स्थान प्राप्त गर्ने सम्झना राईले रु २० हजार नगदसहित सम्मान प्राप्त गरेका छन् ।न्युज कारखाना

सुनसरी, १ फागुन ।

बराहक्षेत्र नगरपालिका-९ राजाबासबाट अवैध लागूऔषध गाँजा करिब ४ सय ६ किलो ९ सय ४० ग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका-४ बस्ने २५ वर्षीय सूर्य राई र भोजपुर हतुवागढी गाउँपालिका-८ बस्ने २७ वर्षीय लक्ष्मण राई रहेका छन् ।

 

ईलाका प्रहरी कार्यालय महेनद्रनगरबाट खटिएको प्रहरीले बराहक्षेत्र नगरपालिका-९ राजाबासस्थित दाहसंस्कार गर्ने घाट नजिक प्रदेश ०१-०२-००१ ज ४०५० नम्बरको बोलेरो गाडीलाई जाँच गर्ने क्रममा गाडीमा १३ वटा बोरामा उक्त परिमाणको गाँजा फेला पारी चालक सूर्य र गाडीमा सवार लक्ष्मणलाई पक्राउ गरेको हो ।

 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।न्युज कारखाना

रौतहट १ फागुन।
रौतहटको मौलापुर नगरपालिकामा  “फ्री बिजुली र फ्री पानी” कार्यक्रम जनता माझ लोकप्रिय बनेको छ। सोही कार्यक्रम अन्तर्गत नगरपालिका द्वारा मंगलबार विद्युत् महसुलबापत लाखौं बराबरको चेक हस्तन्तरण गरिएको छ।

सम्पूर्ण  नगरवासीको घरेलू तथा कृषि सिंचाई मिटरको महशुल बापतको ३१ लाख रुपैयाँको चेक मेयर रिना कुमारी साहले नेपाल बिद्युत प्राधिकरण मौलापुर शाखालाई हस्तान्तण गरेकी हुन्।  यस आर्थिक बर्षमा खर्च भएको बिद्युतको हालसम्मको महशुल मध्ये बक्यौता रकम ३१  लाख रुपैयाँको चेक मेयर साहले हस्तान्तण गरेको प्रमुख प्रसासकिय अधिकृत रामबाबू साहले बताएका छन्।

मौलापुर नगरपालिकाको मेयर पदमा दोस्रो पटक निर्वाचित रिना कुमारी साहको सक्रियतामा सञ्चालित उक्त कार्यक्रमले आम जनतामा ठुल्लो राहत एवं उत्साह प्रदान गरेको स्थानीयहरूले बताएका छन।मेयर साहकै सक्रियतामा नगरक्षेत्रमा निःशुल्क बिजुली पानीसँगै मालपोत शुल्क पनि नलाग्ने फ्री गरिएको छ।

त्यसैगरी समय समयमा किसानलाई बिभिन्न बालीको उन्नत बीउ समेत नगरपालिकाले निःशुल्क वितरण गर्दै आएको छ। पूर्व मन्त्री तथा आमजनता पार्टीका अध्यक्ष प्रभु साहकी धर्मपत्नी रिना कुमारी साह मौलापुरमा दोस्रो पटक मेयर बनेकी हुन। पहिलो पटक २०७४ को स्थानीय निर्वाचनमा नेकपा माओवादी केन्द्रको टिकटबाट र दोस्रो पटक गत निर्वाचनमा नेकपा एमालेको टिकटबाट मेयर पदमा विजयी भएकी थिइन्।  न्युज कारखाना

काठमाडौँ, १ फागुन ।

नेकपा माओवादी केन्द्र अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धमा योगदान गर्ने सम्पूर्ण परिवर्तनका पक्षधरलाई एकताबद्ध हुन अपिल गरेका छन् ।  माओवादी केन्द्रले आयोजना गरेको २९ औँ जनयुद्ध दिवसको आज यहाँ उद्घाटपछि शुभकामना व्यक्त गर्दै परिवर्तनका लागि बलिदान गर्ने योद्धाहरुलाई आरोपित गर्ने अधिकार कसै पनि अधिकार नभएको उल्लेख गरेका हुन् ।

 

सबै क्रान्तिकारी एकताबद्ध हुने राम्रो अवसर भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भने, “एकै मोर्चा र केन्द्रमा एकता बद्ध गर्न आग्रह गर्दछु । ढिलो नगरी आनुहोस् बसौं, समीक्षा गरौं । नयाँ लहर सिर्जना गरौँ । माओवादी युद्धका सहयात्रीहरु आउनुहोस् । यो मोर्चालाई एकताबद्ध गरौँ ।”

 

सामाजिक न्याय र सुशान कायम गरेर अगाडि बढ्ने अवसर भएको बताउँदै अध्यक्ष प्रचण्डले संकल्प गर्ने यस दिनमा सबै एकताबद्ध हुन अपिल गर्नुभयो । जनयुद्ध नेपालको इतिहासको दूरगामी महत्त्वको रहेको र आगामी दिनमा पनि रहने विश्वास व्यक्त गर्दै अध्यक्ष प्रचण्डले नेपालमा जनयुद्ध सम्भव छ भन्ने निष्कर्षसहित आफूहरु अगाडि बढेको र सोहीअनुसार जनताले अभियानमा सहयोग प्रदान गरेको स्मरण गरे ।

 

जनयुद्धको दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै पार्टीका वरिष्ठ उपाध्यक्ष एवं उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले जनयुद्ध दिवस मनाउन बिदा दिएको भए पनि अदालतको निर्णयलाई स्वीकार गर्नुपरेको बताउनुभयो । सरकारले बिदा नदिए पनि क्रान्तिकारीहरुले यस बिदालाई भब्यरुपमा मनाउने बताउँदै यस दिनलाई उच्च सम्मान गर्नुपर्ने बताए ।

 

“नेपालमा ऐतिहासिक परिवर्तनमा मुख्य र निर्णयक भूमिका कमरेड प्रचण्डको नेतृत्वमा सम्पन्न भएको जनयुद्ध नै थियो भन्ने कुरा कुनै विवाद छैन, विवाद पनि गर्न हुँदैन,” उपाध्यक्ष श्रेष्ठले भने, “शान्ति प्रक्रिया अगाडि बढाउने क्रममा अध्यक्ष प्रचण्डकै नेतृत्वमा भएको र यसले नेपाली समाजलाई रुपान्तरण गरेको छ, उहाँ दूरदृष्टिअनुसार जनयुद्धले गणतन्त्र स्थापना भएको हो ।”

 

संघीय लोकतान्त्रिक गणतन्त्रमा मात्र हाम्रो लक्ष्य नभएको उल्लेख गर्दै शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गरेर समाजवाद उन्मुख लोकतान्त्रिक गणतन्त्र दिशामा अगाडि बढ्नु पार्टीको मूल लक्ष्य हुनुपर्ने बताए । समाजवादको नयाँ आधार तयार पार्नका लागि सबै क्रान्तिकारी शक्तिलाई एकताबद्ध गरेर अगाडि बढाउनुपर्नेमा जोड दिँदै उनले राष्ट्रिय सार्वभौमिकता, प्राप्त उपलब्धीको रक्षा, सुशासनसहितको समृद्धि र शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्नु नै अबको कार्यभार भएको बताए ।न्युज कारखाना

 

‍‍‍‍‍‍‍‍‍‍‍‍‍बारा, १ फागुन- 

उखुबारीमा जलेर एक जनाको मृत्यु भएको छ।

 

मृत्यु हुनेमा जितपुरसिमरा उपमहानगरपालिका-१२ पिपराडी बस्ने ६५ वर्षीय शम्भु खाँ चौधरी रहेका छन्।

 

आफ्नै उखुबारीमा उखुको पातमा आगो लगाउने क्रममा सोही आगोले जलेर सोमबार दिउँसो उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

 

जलेर गम्भीर घाइते भएका उनको उपचारको लागि काठमाडौंतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो।

 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।न्युज कारखाना

सिरहा, १ फागुन।

मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यादवले आइतबार पालिकामा भएको तोडफोडमा संलग्नहरुलाई तत्काल कानुनी कारबाहीमा ल्याउनुपर्ने माग गरेका छन् । पालिकामा तोडफोड घटनाभएको २४ घण्टा वितिसक्दा पनि स्थानीय प्रशासनको मौनताले आफूहरु सश‌कित भएको भन्दै उनीहरुलाई तत्काल कानुनी दायरामा ल्याउनुपर्ने आज पत्रकार सम्मेलन गरी माग गरेको हो।


मेयर यादवले विना कारण गुण्डा शैलिमा प्रशासनकै अगाडि पालिकामा भएको ढुङ्गामुडाको घटनामा संलग्नहरुलाई कानुनी दायरामा ल्याउन आफ्नो तर्फबाट सबैखालको प्रयास भइरहेको बताए। उनले भने, ‘हामी यसप्रकारको गुण्डाशैलीको घोर भर्त्सना गर्दछौं। घटनामा संलग्नहरुलाई कानुनी कार्वाहीमा ल्याउन माग पनि गर्दछौं। तर, स्थानीय प्रहरीको व्यवहारले हामीलाई ससंकित बनाएको छ।’


श‌ंकाकै बिच पनि हामीले न्यायको आशा गरेको मेयर यादवले बताए। उनले भने, ‘हामीले प्रहरीलाई श‌ंकाको बावजुत प्रहरीको अनुसन्धान प्रभावित पार्ने पक्षमा छैनौं। उहाँहरु आफैँ पनि घाइते हुनु भएको छ। दोषीमाथि कारबाही हुनेमा हामी विश्वस्त छौं।’


मिर्चैया नगरपालिका ३ का खगेश्वर गोहिवार यादवससहित ३०/४० जनाको समूहमा आएका उछृङ्खल समूहले अन्धाधुन्ध ढुङ्गामुडा प्रहरगरी कार्यलयमा क्षति पुर्‍याएको नगरपालिकाले जनाएको छ। गोहीवार वडा अध्यक्ष पवित्रि देवी यादवको श्रीमान हुन्।


गोहिवारले यस अघिदेखि नै वडा कार्यालयमा कार्यरत कर्मचारी, स्वास्थ्य चौकीका कर्मचारी र शिक्षकहरुलाई दुव्यवहार र गालीगलौज गर्ने गरेको आरोप छ।  उनले वडा कार्यालयका सबै कागजातहरु कब्जामा लिएको र काम गर्ने वातावरण समेत खलबल्याएको कर्मचारीहरुले पत्रकार सम्मेलनमा बताए।


पत्रकार सम्मेलनमा सम्पूर्ण विभागीय शाखा प्रमु,  विद्यालयका प्रधानाध्यापक र स्वास्थ्य चौकीका प्रमुखहरुको उपस्थिति रहेको थियो। उनीहरुले यस्ताखालका घटना तत्काल रोक्न सम्बन्धित निकायसँग अपिल गरे।न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।