२०८३ बैशाख १६
२०८३ बैशाख १६

रौतहट ६ फागुन ।

मधानी महायज्ञलक्षित गर्दै रौतहटको मौलापुर नगरपालिकाअन्तर्गत सरसफाइ अभियान सुरु भएको छ । मौलापुरस्थित पुरातात्विक महादेव मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेस गराउन महाशीवरात्रीको अवसरमा आयोजना हुँदै आएको मधानी महायज्ञलक्षित गर्दै सरसफाइ अभियान सुरु भएको हो।मौलापुर नगरपालिकाको जगको रूपमा मनाइने मधानी महोत्सवको उपलक्ष्यमा घरघरमा अतिथि पाहुनाहरु आउने भएकाले सरसफाइ अभियानमा सहभागी हुन मेयर रिना कुमारी साहले सम्पूर्ण नगरबासीलाई आग्रह गरेकी छन् ।

‘हाम्रो नगर, सुन्दर शहर’ अभियानका रुपमा नगरका मुल हाइवेदेखि ठूलो सानो सबै भित्री सडकसमेत सरसफाइ गर्ने अभियान शनिबारदेखि सुरु भएको छ । पुरै नगरलाई सफा र सुन्दर बनाउने यो सरसफाइ अभियान लगातार एक महिना चल्नेछ,’ मेयर साहले जानकारी दिएकी छन् । सरसफाइ अभियानमा सबैलाई साथ र सहयोग गर्न उनको आग्रह छ । सम्पूर्ण नगरवासीमा आफ्नो घर अगाडि, पछाडि, बाटोमा रहेको फोहर,  पराल, गाई गोरु भैंसीलाई खुवाउन राखिएको नादका साथै छेउछुमा राखिएको सबै किसिमको समान हटाइ बाटो सफा राख्न मौलापुर नगरपालिकाले आग्रह गरेको छ।

 

पूर्वमन्त्री तथा आमजनता पार्टीका अध्यक्ष प्रभु साहको पहलमा २०७६ सालदेखि मौलापुर नगरपालिकामा मधानी महायज्ञको आयोजना हुँदै आएको छ । पहिलो वर्ष तात्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथि बनेर मधानी महायज्ञको उद्घाटन गरेकी थिइन्। महाशिवरात्रीको अवसरमा भगवान शिवको विशेष पूजा मधानी महायज्ञ हुने गर्दछ ।

उक्त अवसरमा हजारौं भक्तजनहरू महादेव स्थानमा जल चढाउने गर्दछन् । परापूर्वकालदेखि रौतहट, बारा, पर्सा र सर्लाहीमा मात्र मधानी महायज्ञ हुने गरेको थियो । तर, मौलापुरमा सप्ताहव्यापी रुपमा मधानी महायज्ञ हुन थालेपछि अहिले अन्तर्राष्ट्रियकरण भएको मौलापुरका प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले बताए ।

 

मौलापुरमा हुने सप्ताहव्यापी कार्यक्रममा धार्मिकसँगै सांस्कृतिक पक्षलाई पनि विशेष महत्व दिने गरिन्छ । उक्त अवसरमा भारतीय सिने जगतका सुपर स्टारसँगै नेपाली सिने जगतका सुपर स्टार नायक नायिकाहरु मौलापुरमा प्रस्तुति दिने गर्दछन्। साथै सांस्कृतिक कार्यक्रममा स्थानीय कलाकारहरुलाई पनि आ–आफ्नो प्रस्तुतिका लागि अवसर दिइने गरिन्छ । झण्डै एकसातासम्म चल्ने मौलापुर मधानी महायज्ञको अवसरमा रौतहट, बारा, पर्सा, सर्लाहीसँगै सीमावर्ती भारतीय क्षेत्रबाट लाखौं मानिस आउने गर्दछन् । मौलापुरसँगै आसपासका पालिकाअन्तर्गतको प्रायः सबै घरमा पाहुनाहरु आउने गर्दछन्।

गतवर्ष भएको मधानी महायज्ञको अवसरमा ६ लाख भन्दा बढी मानिस अवलोकन गरेको मौलापुर नगरपालिकाले आंकलन गरेको थियो।न्युज कारखाना

रौतहट ६ फागुन।
मधानी महायज्ञलाई लक्षित गर्दै रौतहटको मौलापुर नगरपालिका अन्तर्गत सरसफाई अभियान सुरु भएको छ।

 

मौलापुरस्थित पुरातात्विक महादेव मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेस गराउन महाशीवरात्रीको अवसरमा आयोजना हुँदै आएको मधानी महायज्ञ लाई लक्षित गर्दै सरसफाई अभियान सुरु भएको हो।

 


मौलापुर नगरपालिकाको जगको रूपमा मनाइने मधानी महोत्सवको उपलक्ष्यमा घरघरमा अतिथि पाहुनाहरु आउनुहुने भएकोले सरसफाई अभियानमा सहभागी हुन मेयर रिना कुमारी साहले सम्पूर्ण नगरबासी लाई आग्रह गरेकी छन्।

 

‘हाम्रो नगर, सुन्दर शहर’ अभियानका रुपमा नगरका मुल हाइवे देखि ठूलो सानो सबै भित्री सडक समेत सरसफाई गर्ने अभियान शनिवार देखि सुरु भएको छ । पुरै नगरलाई सफा र सुन्दर बनाउने यो सरसफाई अभियान लगातार १ महिना चल्ने मेयर साहले जानकारी दिएकी छन्। सरसफाई अभियानमा सबैलाई साथ र सहयोग गर्न उनको आग्रह रहेको छ ।

 

सम्पूर्ण नगरवासीमा आफ्नो घर अगाडि पछाडि, बाटोमा रहेको फोहर, पराल, गाई गोरु भैंसीलाई ख्वाउन राखिएको नादका साथै  छेउछेउमा राखिएको सबै किसिमको समान हटाइ बाटो सफा राख्न मौलापुर नगरपालिकाले आग्रह गरेको छ।

पूर्व मन्त्री तथा आम जनता पार्टीका अध्यक्ष प्रभु साहको पहलमा २०७६ सालदेखि मौलापुर नगरपालिकामा मधानी महायज्ञको आयोजना हुँदै आएको छ। पहिलो बर्ष तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथि बनेर मधानी महायज्ञको उदघाटन गरेकी थिइन्। महाशिवरात्रीको अवसरमा भगवान शिवको बिशेष पूजा मधानी महायज्ञ हुने गर्दछ।

 

उक्त अवसरमा हजारौं भक्तजनहरू महादेव स्थानमा जल चढाउने गर्दछन्। परापूर्वकाल देखि रौतहट, बारा, पर्सा र सर्लाहीमा मात्र मधानी महायज्ञ हुने गरेको थियो। तर, मौलापुरमा सप्ताहव्यापी रुपमा मधानी महायज्ञ हुन थाले पछि अहिले अर्न्तराष्ट्रियकारण भएको मौलापुरका प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले बताएका छन।

 

मौलापुरमा हुने सप्ताहब्यापी कार्यक्रममा धार्मिकसँगै सांस्कृतिक पक्षलाई पनि बिशेष महत्व दिने गरिन्छ। उक्त अवसरमा भारतीय सिनेजगतका सुपर स्टार संगै नेपाली सिने जगतका सुपर स्टार नायक नायिकाहरु मौलापुरमा प्रस्तुती दिनेछन्। यसपटक मौलापुरमा वलिउड नायक गोबिन्दा, भोजपुरी नायक रविकिशन, पल शाह, दिनेश डिसीलगायत उपस्थित हुनेछन् ।

साथै, सांस्कृतिक कार्यक्रममा स्थानीय कलाकारहरु लाई पनि आआफ्नो प्रस्तुतिका लागि अवसर दिईने गरिन्छ। झण्डै एकसाता सम्म चल्ने मौलापुर मधानी महायज्ञको अवसरमा रौतहट, बारा, पर्सा, सर्लाहीसंगै सीमावर्ती भारतीय क्षेत्रबाट लाखौं मानिस आउने गर्दछन् । मौलापुरसंगै आसपासका पालिका अन्तर्गतको प्रायः सबै घरमा पाहुनाहरु आउने गर्दछन्।

 

गतबर्ष भएको मधानी महायज्ञको अवसरमा ६ लाख भन्दा बढी मानिस अवलोकन गरेको मौलापुर नगरपालिकाले आँकलन गरेको थियो।न्युज कारखाना

राैतहट,६ फागुन।

चन्द्रपुर नगरपालिकामा रहेको वडा नम्बर ३ लाई छुट्टै पालिका बनाउने अभियान सुरु भएको छ ।

 

चन्द्रपुर नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष बोधनाथ देवकोटाले चन्द्रपुर नगरपालिकाको १२औं हिउँदे अधिवेशनमा वडा नम्बर ३ लाई छुट्टै पालिका बनाउन माग गर्दै निवेदन दर्ता गराए पछि शनिबार बसेको चन्द्रपुर नगरपालिकाको नगरसभाले त्यसलाई पारित गरेको छ ।

 

चन्द्रपुर नगरपालिका वडा नम्बर ३ मा रहेका विभिन्न बस्तीहरू विकट रहेको र त्यहाँका बासिन्दाहरूले पालिकाबाट पाउने सेवा सुविधा लिन विभिन्न झन्झट रहेका कारण सो वडालाई छुट्टै पालिका बनाउन माग गर्दै वडा अध्यक्ष देवकोटाले चन्द्रपुर नगरपालिकामा निवेदन दर्ता गराएका थिए ।

 

चन्द्रपुर नगरपालिकाको वडा नम्बर २ र ३ का विभिन्न बस्तीहरूलाई समेटेर छुट्टै गाउँपालिका बनाउने अभियानमा आफू लागेको र त्यसै अनुसार चन्द्रपुर नगरपालिकामा निवेदन दर्ता गराएको वडा अध्यक्ष देवकोटाको भनाइ रहेको छ ।

 

वडा नम्बर ३ को भूगोल तथा र प्रशासनिक क्षेत्रलाई छुट्टै पालिकाका रूपमा विकास गर्नका लागि माग गर्दै सो वडाका निर्वाचित जनप्रतिनिधिहरूले चन्द्रपुर नगरपालिकाको कार्यालयमा निवेदन दर्ता गराएका थिए ।

 

चन्द्रपुर नगरपालिकाले चन्द्रपुर नगरपालिकाको वडा नम्बर ३ गैडाटारलाई छुट्टै पालिकाका रूपमा अगाडि बढ्न स्वीकृत प्रदान गरेको छ । अब सो प्रक्रिया प्रदेश सरकार हुँदै संघ सरकारमा पुगेर मन्त्रीपरिषद्को निर्णय भयो भने चन्द्रपुर नगरपालिकाको वडा नम्बर ३ छुट्टै गाउँपालिकाका रुपमा हुने छ । आफूहरू यो प्रक्रियामा लागिसकेको र अब प्रदेश सरकार हुँदै फाइल संघ सरकारसम्म पुर्याउने वडा नम्बर ३ का वडा अध्यक्ष देवकोटाको भनाइ रहेको छ ।न्युज कारखाना

राैतहट, ६ फागुन । 

चन्द्रपुर नगरपालिकाका विभिन्न स्थानमा रहेका प्रहरी चौकीहरूले वडा कार्यालयबाट इन्धन माग्ने गरेको गुनासो आएको छ ।

 

चौकीहरूले वडा कार्यालयमा इन्धन माग गर्ने गरेको भन्दै उनीहरूलाई इन्धन दिनका लागि चन्द्रपुर नगरपालिकाको १२औं हिउँदै अधिवेशनमा कुरा उठेको हो  । वडामा इन्धनका लागि बजेट नभएको र प्रहरी चौकीहरूले इन्धन माग्ने गरेको भन्दै चन्द्रपुर नगरपालिकाको १२ौं हिउँदै अधिवेशनमा वडा सदस्यहरूले कुरा उठाएका हुन् ।

 

चन्द्रपुर नगरपालिका वडा नम्बर २ का वडा सदस्य संजीव कुशवार माझीले वडा कार्यालयमा प्रहरीले इन्धन माग गर्ने गरेको र आफूहरूले दिन नसकेकाले नगरपालिकाले नै विभिन्न वडामा रहेका चौकीहरूका लागि इन्धनको व्यवस्था गरिदिन माग गरेका हुन् ।

 

रौतहट जिल्लाका विभिन्न स्थानमा रहेका प्रहरी चौकीहरूले स्थानीय पालिकाहरूबाट इन्धन लिने गरेको गुनासो आइरहेका बेला रौतहटको चन्द्रपुर नगरपालिकामा भने १२ हुँदै अधिवेशनमै प्रहरीले इन्धन माग्ने गरेको गुनासो आएको हो ।

 

रौतहट जिल्लाका विभिन्न स्थानमा रहेका प्रहरी चौकी तथा इलाका प्रहरीहरूले सोही स्थानमा रहेका आफ्नो पालिकाबाट इन्धन सहयोग लिँदै आइरहेका छन् ।

 

प्रहरी चौकीले वडा कार्यालयमा गएर हामीहरुले गस्ती गर्नुपर्छ इन्धनको व्यवस्था गरिदिनुस् भन्ने गरेको र आफूहरुले इन्धन दिन सक्ने अवस्था नरहेका कारण त्यसको व्यवस्थापन नगरपालिकाले गरिदिनु पर्ने वडा सदस्य कुशवारले नगर अधिवेशनमा माग गरेका

हुन् ।

 

रौतहट जिल्लाको अधिकांश स्थानमा रहेका इलाका प्रहरी कार्यालय तथा प्रहरी चौकीहरूमा रहेका गाडी तथा मोटरसाइकल स्थानीय पालिकाहरूले दिने अनुदानको तेलबाट चल्दै आएका छन् ।न्युज कारखाना

बारा, ३ फागुन ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका –३ बजनीमा रहेको गणपति बनस्पती उद्योगले आर्थिक मन्दीको बहाना बनाएर कामदार कटौतीको सूचना निकालपछि श्रमिकहरु चिन्तित् भएका छन् । स्थायी रुपमा कार्यरत रहेका ५० जना कामदार कटौतीको नाम नै तोकेर लिस्ट निकालेपछि अहिले त्यहाँ कार्यरत कामदारहरु चिन्तामा परेको छ । विगत २५ वर्षदेखि निरन्तर रुपमा काम गर्दै आइरहेको कामदारलाई एकैपटक निकाल्ने सूचना जारी गरेपछि अहिले गणपति वनस्पती उद्योगमा कार्यरत कामदारहरु  घर न घाटको भएका छन् । उद्योगमै काम गरेर आफ्नो परिवारको जीविकोपार्जन गर्दै आएको र आफूहरुलाई गणपति वनस्पती उद्योगले आर्थिकमन्दीको बहाना देखाएर कामबाट निकाल्नु दुखद् रहेको उक्त उद्योगमा कार्यरत कामदार प्रधुमन प्रसाद चौरसियाले बताए ।

गणपति वनस्पति उद्योगले आर्थिकमन्दीको बहाना बनाएर पहिला देखिने स्थायी रुपमा कार्यरत कामदारलाई जगेडामा राखेर काम गराइरहेको थियो । माघ २३ गते ५० जनाको नामसहित सूचना जारी गरेर कामबाट कटौती गर्ने जनाएको थियो । उद्योगको लागि २५ वर्षदेखि काम गरिरहेको र अहिले उद्योगले आर्थिकमन्दीको बहाना देखाएर आफूहरुलाई निकाल्न लागेको कामदार युवराज पराजुलीले बताए ।

 

विगतका वर्षदेखि नै बढ्दो बजार प्रतिस्पर्धा गर्न नसकेबाट उत्पादित तेलहरू भारत निकासी हुँदै आएकोमा भारतले तेलको आयातमा एक्साइज डिउटी बढाएकोबाट निर्यात ठप्प नै हुन गएको  र उत्पादन गर्नुपर्ने अवस्था नभएको स्थीतिमा पनि श्रमिकहरुलाई काम बिना पूरा पारिश्रमिक भुक्तानी गर्दै आएको अवस्थाले आर्थिकभार वहन गर्न नसक्ने अवस्था भएकोले कामदार कटौती गर्न लागेको उद्योगका प्रशासन शाखा प्रमुख दिनेश चन्द्र गिरीले बताए ।

यता, उद्योगले दैनिक ज्यालादारीमा कम गरिरहेकाहरुलाई न हटाएर स्थायी रुपमा कार्यरत मजदुर कटौती गर्न थालेपछि अहिले विवाद बढेको हो । गणपति वनस्पती उद्योगले श्रम ऐन २०७४ को दफा १४५ को प्रक्रियाअनुसार नै कामदार कटौती गर्न लागेको बताए पनि उधोगको अहिले निर्यात जारी रहेको आर्थिकमन्दीको बहाना देखाएर कामदार कटौती गर्न लागेको कामदारहरुले बताएको छ ।

 

यता उक्त उद्योगमा कार्यरत ८९ जना कामदार हडतालमा बसेका छन् । उद्योगमा कार्यरत कामदारहरु हडतालमा बसेपछि अहिले गणपति वनस्पति उद्योग प्रालि पूर्ण रुपमा बन्द भएको छ । उद्योगले वार्तामा बोलाएर आइतबार श्रम कार्यालय वीरगञ्जमा नआएको कामदार युवराज पराजुली बताए ।
 
किन बढ्यो कामदार कटौती प्रवृत्ति ?

सरकारले अघि सारेको योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा आएसँगै रोजगारदातामा कामदार कटौती गर्ने प्रवृत्ति बढेको विभिन्न ट्रेड युनियनका प्रतिनिधिको आरोप छ ।

अखिल नेपाल ट्रेड युनियनले पछिल्लो समय रोजगारदाताले श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा सूचीकृत गराउन नचाहेको पाइएको जानकारी दिएको छ । अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष जगत सिम्खडाले पछिल्लो समय सरकारले सामाजिक सुरक्षा योजना कार्यान्वयनमा ल्याएसँगै कामदार कटौती गर्ने प्रवृत्ति बढेको दावी गर्छन् । सिम्खडा भन्छन्, ‘श्रमिकको पसिना सस्तो मूल्यमा खान पल्केका रोजगारदाता विभिन्न आरोप लगाइ कामदार कटौती गर्नतर्फ लागेका छन्।’

कामदार कटौतीसम्बन्धी के छ कानुनी प्रावधान ?
 
श्रम ऐन २०७४ ले आर्थिक समस्यामा परेका, गाभिएका, बन्द गर्नुपर्ने अवस्थामा पुगेका प्रतिष्ठानले श्रमिक कटौती गर्न पाउने व्यवस्था गरेको छ । यस्ता कारणले श्रमिक कटौती गर्नुपर्ने भएमा ती प्रतिष्ठानले आधिकारिक ट्रेड युनियन तथा श्रम कार्यालयलाई जानकारी दिनु पर्दछ। कामदार कटौती गर्नुपर्ने अवस्थामा विदेशी श्रमिकलाई पहिले कटौती गर्नुपर्ने उल्लेख छ।

विदेशी श्रमिक कटौती गरिसकेपछि अरु स्वदेशी श्रमिक पनि कटौती गर्नुपर्ने अवस्था सिर्जना भएमा खराब आचरण भएका तथा एउटै प्रकृतिको काम गर्नेमा पनि सबैभन्दा पछि नियुक्ति भएका श्रमिकबाट कटौती गर्नुपर्दछ। कटौती गर्दा एक वर्ष पूरा गरेका श्रमिकलाई प्रत्येक वर्षको एक महिनाको आधारभूत पारिश्रमिक बराबर बोनस एकमुष्ट प्रदान गराउनुपर्ने व्यवस्था छ। कटौती गरिसकेपछि पुनः सोही योग्यता भएका श्रमिकलाई नियुक्ति दिन पाइँदैन।

तर, नेपालका उद्योग तथा प्रतिष्ठानहरुले कामदार कटौती गर्दा श्रमिक, आधिकारिक ट्रेडयुनियन तथा श्रम कार्यालयलाई जानकारी नगराई आफूखुसी कटौती गर्ने गरेको पाइएको छ । न्यूनतम तलब तथा सेवासुविधा माग गर्ने पुराना कामदार कटौती गरी सोही पदमा नयाँ कामदार भर्ना गर्ने र सस्तो मूल्यमा काम लगाउने प्रवृत्ति पनि बढेको पाइएको छ।न्युज कारखाना

काठमाडौं, ३ फागुन ।

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरीप्रति नागरिकको विश्वास अभिवृद्धि हुने गरी आ-आफ्नो जिम्मेवारीमा खरो रूपमा प्रस्तुत भई उत्कृष्ट कार्यसम्पादन गर्न प्रहरी कर्चमारीहरू थप सक्रिय हुनुपर्ने बताएका छन् ।

 

हालै सरूवा भई आफ्नो कार्यक्षेत्रमा खटि जान लागेका प्रहरी उपरीक्षकहरूलाई बिहीबार नेपाल प्रहरी प्रधान कार्यालयमा निर्देशन सम्बोधनको क्रममा उत्कृष्ट कार्य सफलताको शुभकामना दिँदै प्रहरी महानिरीक्षक कुँवरले उक्त कुरा बताएका हुन् ।

 

प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीको कार्ययोजना २०८० एवम् कार्य सम्पादन सम्झौता अनुरूप सांगठनिक लक्ष्य प्राप्तिको लागि सुम्पिएको जिम्मेवारी पूरा गर्न आ-आफ्नो कार्यक्षेत्रमा सामुहिक भावनाका साथ गुणत्मक काम गर्नुपर्ने बताए । संगठनलाई सुधार गर्न, थप सुदृढ एवम् बलियो बनाउन तथा श्रीवृद्धि गर्नका लगि सबैको साथ सहयोग आवश्यक रहेको चर्चा गर्दै उनले व्यावसायिक स्वार्थलाई आत्मसाथ गरी निष्ठावान, इमानदार एवम् सिर्जनशील भई जनपक्षिय काम गर्न निर्देशन दिए ।

 

प्रहरी महानिरीक्षक कुँवरले आ-आफ्नो कार्यक्षेत्रको अवस्था, समस्या एवम् चुनौतिको विश्लेषण गरी सोही अनुरूप कार्ययोजना बनाई काम गर्नुपर्ने उल्लेख गर्दै शान्ति सुव्यवस्था कायम गर्न स्थानीय तह, नागरिक एवम् अन्य सरोकारवाला निकायसँग समन्वय गरी अगाडि बढ्नुपर्ने बताए । मिटरव्याजी, लागूऔषध तथा अन्य तस्करी नियन्त्रणको साथै विभिन्न आपराधिक क्रियाकलापमा संलग्नलाई कानूनी दायरामा ल्याउन तथा त्यस्ता गतिविधिविरूद्ध सचेतना अभिवृद्धि गर्न मातहत कार्यालयहरूलाई समेत क्रियाशील बनाउन थप सक्रिय हुनुपर्नेमा उनले जोड दिए ।

 

यसअघि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ, कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवाली, मानवस्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राई र प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक मीरा चौधरीले समेत सरूवा भई जान लागेका प्रहरी अधिकृतहरूलाई समसामयिक विषयमा निर्देशन दिएका थिए ।न्युज कारखाना

काठमाडौं, ३ फागुन ।

भन्सार छलि अवैध रूपमा लैजान लागेको सुन जस्तो देखिने पहेंलो धातुसहित २ जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी बराहक्षेत्र नगरपालिका-१ ठेगाना भएकी ३८ वर्षीया सन्चा कुमारी राई र धादिङ शिद्धलेख गाउँपालिका-३ ठेगाना भएकी २६ वर्षीया उर्मिला मगर रहेका छन् ।

 

हिमालयन एयरलाईन्सको उडानद्वारा दोहाबाट नेपाल आएकी सन्चा कुमारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट नियन्त्रणमा लिई तलासी गर्दा भित्री बस्त्रमा सुन जस्तो देखिने पहेलो रंगको धातुको करिब ११.६४ ग्राम तौलको बेरुवा औठी १ थान र करिब ५८.३२ ग्राम तौलको ब्रासलेट १ थान लुकाई छिपाई भन्सार छली लैजान लागेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

 

यसैगरी हिमालयन एयरलाईन्सको उडानद्वारा दुबईबाट नेपाल आएकी उर्मिलालाई विमानस्थलको आगमन टनेल गेटबाट नियन्त्रणमा लिई तलासी गर्दा पाईन्टभित्र लुकाई छिपाई भन्सार छलि लैजान लागेको अवस्थामा करिब ५० ग्राम तौलको सिक्री १ थान र करिब १८ ग्राम तौलको गणेशको मुर्तिको लकेटसहित सिक्री १ थान फेला पारी पक्राउ गरेको हो ।

 

उनीहरूलाई आवश्‍यक अनुसन्धान एवम् कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ । न्युज कारखाना

 

काठमाडौँ, ३ फागुन :

प्रधानमन्त्री एवं नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विधान अधिवेशनबाट प्राप्त सुझाव समेटेर संश्लेषित विधान प्रस्तुत गरेका छन् ।

नेकपा (माओवादी केन्द्र)को प्रथम विधान अधिवेशनमा समूहगत छलफलबाट सुझाव सङ्कलन गर्ने कार्य सम्पन्न भएपछि पदाधिकारी बैठक बसेको थियो । बैठक लगतै सुरु भएको अधिवेशनमा अध्यक्ष प्रचण्डले विधानलाई समृद्ध बनाउनका लागि महत्त्वपूर्ण सुझाव प्राप्त भएको उल्लेख गर्दै पार्टी नयाँ तवरले अगाडि बढ्ने विश्वास व्यक्त गर्े ।

विधान अधिवेशनलगतै विशेष महाधिवेशनमा तयारीको प्रक्रिया सुरु हुने जानकारी दिँदै अध्यक्ष प्रचण्डले विचारलाई अझ बढी केन्द्रित र संश्लेषित हुने बताउनुभयो । उहाँले पार्टीको रक्षा र विकास गर्न सहयोग पुगेको बताए ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ‘प्रचण्ड’ले यही फागुन १ गते प्रस्तुत गरेकाे विधान मस्यौंदामाथि २० समूहहरुबाट सुझाव सङ्कलन गरिएको थियो । न्युज कारखाना

रौतहट ३ फागुन।
भारतीय सिमानासँगग जोडिएको रौतहटको दक्षिणीभेग ईशनाथ नगरपालिकामा दुइटा मन्दिरमा आगजनी गरेको घटना नसेलाउँदै अर्को घटना भएको छ। त्यहाँ सरस्वती माताको मूर्ति सेलाउन जाने क्रममा बिहीवार आक्रमण हुँदा एकजनाको टाउको फुटेको भने कैयौंलाई चोटपटक लागेको छ।


ईशनाथ-५ जटहरा गाउँ बाट सरस्वतीको मूर्ति लिएर डुमरिया गाउँ छेउ अडुवा नदीमा सेलाउन जाने क्रममा दिउँसो २ बजे मोतिपुर गाउँमा मुस्लिम समुदायको मानिसले अचानक ढुंगामुढा प्रहार गर्दा स्थानीय नरेश पासवानको टाउको फुटेको तथा अन्य कैयौं लाई चोटपटक लागेको छ।

सरस्वती माताको मूर्ति लिएर दर्जनौंको संख्यामा गइरहेको हिन्दू समुदायका मानिसमाथि एक्कासि ढुंगामुढा प्रहारसँगै मुस्लिम समुदायका मानिसले खुर्सानीको धूलो आँखामा फालेको प्रत्यक्षदर्शीले स्थानीय बाबुलाल साहले बताए ।

आक्रमणको क्रममा त्यहाँ उपस्थित रहेका प्रहरी मुकदर्शक बनेको उनको भनाइ छ। घटनाको खबरलगत्तै रौतहट प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठ घटनास्थल पुगेका छन्। हाल हिन्दू समुदायका मानिस मूर्ति बाटोमा राखेर प्रदर्शनमा उत्रिएका छन्। एसपी श्रेष्ठसहितको टोली घटनाको छानबिनसँगै साम्य पार्न पहल गरिरहेको त्यहाँ पुगेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छन्।

 

घटनास्थलमा अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति छ। केही दिनअघि मात्र त्यहाँ एकैरात हनुमान मन्दिर र ब्रह्मस्थानमा आगजनी भएको थियो। रौतहट संसदीय निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत दुर्गा पूजा , सरस्वती पूजा, विश्वकर्मा पूजा, महाबिरी झण्डाको विसर्जनको क्रममा बर्सेनि एकपक्षीय आक्रमण हुँदै आएको स्थानीयले बताएका छन। पूजा बिसर्जनको समय प्रत्येक बर्ष ठूलो संख्यामा प्रहरी परिचालन गरिए पनि पूर्ण रुपमा शान्ति हुनसकेको देखिँदैन।न्युज कारखाना

काठमाडौँ, ३ फागुन ।

निर्वाचन आयोगले बै राजनीतिक दलहरूलाई १५ बुँदे निर्देशन दिएको छ ।

बिहीबार बसेको आयोगको बैठकले निर्वाचन आयोगमा दर्ता भएका सबै राजनीतिक दलहरूलाई १५ बुँदे निर्देशन दिएको हो ।

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम पार्टी कमिटी, पद, पदाधिकारी हेरफेर, सदस्यता लगायतका विषयमा निर्देशन दिएको आयोगका सहायक प्रवक्ता डा. थानेश्वर भुसालले जानकारी दिए ।

भुसालले जारी गरेको निर्देशनको पूर्णपाठ :

 

प्रेस विज्ञप्ति

मिति:- २०८० फागुन ०३ गते

 

विषय : राजनीतिक दलहरूलाई निर्देशन दिइएको ।

निर्वाचन आयोगमा दर्ता कायम रहेका सबै राजनीतिक दलहरूलाई राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम देहायको निर्देशन दिने र सोको जानकारी सबै राजनीतिक दलहरूलाई गराउने गरी आयोगको मिति २०८० फागुन ३ गतेको निर्णय अनुसार सम्बन्धित सबैको जानकारीको लागि यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।

 

आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूले विधान संशोधन वा हेरफेर गरी राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम अद्यावधिकको लागि आयोगमा पेश गर्दा आयोगले मिति २०७९/०४/०४ मा स्वीकृत गरेको ढाँचा बमोजिम तयार गरी पेश गर्ने,
दलले आफ्नो नाम, विधान, नियम, छाप, झण्डा वा चिन्हमा भएको परिवर्तन वा संशोधन वा पदाधिकारीको हेरफेर भएका विषयको जानकारी राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम ३० दिन भित्र आयोगलाई दिने,,
दलले आफ्नो नाम, विधान, नियम, छाप, झण्डा वा चिन्हमा भएको परिवर्तन वा संशोधन वा पदाधिकारीको हेरफेरको विवरण आयोगबाट स्वीकृत दलको विधान बमोजिम महाधिवेशन वा आयोगको अभिलेखमा रहेको केन्द्रीय कार्यकारिणी समितिबाट मात्र निर्णय गरी सम्भव भएको अवस्थामा महाधिवेशनबाट अनुमोदन गरी गराई राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम अद्यावधिकको लागि आयोगमा पेश गर्ने,
राजनीतिक दलहरूले विधान बमोजिम दलको सदस्यता वितरण गर्दा र केन्द्रीय समिति लगायत अन्य समितिहरूमा पदाधिकारी तथा सदस्यको निर्वाचन, मनोनयन वा नियुक्ति गर्दा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १४ बमोजिम योग्यता पुगे नपुगेको निर्क्योल गरी योग्यता पुगेको व्यक्तिलाई मात्र सदस्यता वितरण र निर्वाचन, मनोनयन वा नियुक्ति गर्ने साथै सदस्यता वितरणको विवरण स्थानीय तह, प्रदेश तह  तथा केन्द्रीय तहमा अद्यावधिक गरी राख्‍ने,
राजनीतिक दलहरूले विधान बमोजिम विभिन्‍न तहमा रहने समितिहरूमा पदाधिकारी एवम् सदस्यहरूको निर्वाचन, मनोनयन वा नियुक्ति गर्दा नेपालको संविधान र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १५ बमोजिम समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागिता हुने व्यवस्था गर्ने,
राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १६ बमोजिम दलको संघीय र प्रदेश तहका समितिमा रहने प्रत्येक पदाधिकारीको पद विधानमा किटान गरी तोक्ने,
राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १६ बमोजिम दलको संघीय र प्रदेश तहका प्रत्येक पदाधिकारीको निर्वाचन हुने ब्यवस्था विधानमा उल्लेख गरी सो बमोजिम निर्वाचनद्वारा पदपूर्ति गर्ने,
दलले विधानको संशोधन गरी सोही व्यवस्था बमोजिम केन्द्रीय कार्यकारिणी समिति लगायत अन्य समितिहरूको हेरफेर गरी विधानको संशोधन र केन्द्रीय कार्यकारिणी समितिको अद्यावधिक गर्न एकै पटक आयोगमा पेश गर्ने गरेकोमा सो नगरी पहिला विधानमा भएको संशोधन राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम आयोगबाट अद्यावधिक भएपछि  मात्र त्यसको आधारमा केन्द्रीय कार्यकारिणी समितिमा हेरफेर गरी राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम अद्यावधिकको लागि पेश गर्ने,
दलले आफ्नो आय र व्ययको वास्तविक हिसाब किताव देखिने गरी राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४० बमोजिम आयोगले तोकेको ढाँचामा लेखा राखी अभिलेख राख्‍ने प्रयोजनको लागि दलले जिम्मेवार पदाधिकारी तोकी त्यसको जानकारी आयोगलाई गराउने साथै दलले आफ्नो आय र व्ययको वास्तविक हिसाब किताव देखिने गरी बैंक मार्फत कारोबार गर्ने व्यवस्था मिलाउने,
दलले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४१ बमोजिम आर्थिक वर्ष समाप्‍त भएको छ महिनाभित्र आफ्नो आय र व्ययको लेखा परीक्षण कानून बमोजिम इजाजत प्राप्‍त लेखा परीक्षकबाट लेखा परीक्षण गराई एक महिनाभित्र आयोगमा पेश गरी आयोगमा पेश भएको मितिले एक महिनाभित्र सार्वजनिक गर्ने र सोको जानकारी आयोगमा पठाउने,
राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १६ बमोजिम आधुनिक नेपाल समाजवादी पार्टी (दर्ता नं.२१) नामक राजनीतिक दलले विधान बमोजिम तोकिएको समयमा केन्द्रीय पादाधिकारी र सदस्यको निर्वाचन नगरेकोले आयोगबाट जरिवाना गर्ने निर्णय भएकोमा आयोगबाट भएको जरिवाना हालसम्म पनि नबुझाएकोले उक्त दललाई जरिवाना बुझाउन एक पटक मौका दिई तोकिएको समयमा जरिवाना नबुझाएमा कानून बमोजिम दल दर्ता खारेजको प्रकृया अगाडि बढाउने,
राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा २(ठ) बमोजिम दलले आफ्नो विधानमा केन्द्रीय कार्यकारिणी समितिको प्रमुख पदाधिकारी तोक्नु पर्ने व्यवस्था भएकोले एकजना मात्र प्रमुख पदाधिकारी रहने व्यवस्था गर्ने,
राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५३ बमोजिम केन्द्रीय समितिका पदाधिकारी र सदस्यमा निर्वाचित भएको व्यक्तिले निर्वाचित भएको साठी दिनभित्र आफ्नो चल तथा अचल सम्पत्तिको विवरण सिलबन्दी गरी दलको केन्द्रीय कार्यालय समक्ष पेश गर्ने र दलले त्यसको अभिलेख राखी सम्पत्ति विवरण पेश गर्ने र नगर्ने पदाधिकारी र सदस्यको नाम त्यसरी सम्पत्ति विवरण पेश गर्नु पर्ने अवधि नाघेको एक महिनाभित्र प्रकाशन गरी सोको जानकारी आयोगमा पठाउने,
राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५९ बमोजिम आयोगसँगको सम्पर्कको लागि दलले एकजना सम्पर्क व्यक्ति तोकी आयोगलाई जानकारी गराउने व्यवस्था बमोजिम हालसम्म सम्पर्क व्यक्ति नतोकेको भए संवत् २०८० फागुन मसान्तभित्र तोकी सोको जानकारी आयोगमा पठाउने,
दलले आफ्नो नाम, विधान, नियम, छाप, झण्डा वा चिन्हमा भएको परिवर्तन वा संशोधन वा पदाधिकारीको हेरफेरको विवरण राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम अद्यावधिकको लागि आयोगमा पेश गर्दा देहाय बमोजिमको चेक लिष्ट प्रमाणित गरी पेश गर्नेः
राजनीतिक दलको विवरण अद्यावधिक सम्बन्धी आवश्यक कागजातहरू (चेक लिष्‍ट)

क्र.स.                विवरण                                                                                          छ    छैन

१.आयोगले मिति २०७९/०४/०४ मा स्वीकृत गरेको ढाँचामा विधान संशोधन वा हेरफेर गरी अद्यावधिकको पेश गरेको

२.विवरण हेरफेरको निर्णय भएको ३० दिन भित्र अद्यावधिकका लागि पेश गरेको

३.दलको विवरण अद्यावधिक गर्ने भनी पेश भएको महाधिवेशन वा दलको केन्द्रीय समितिबाट भएको निर्णयको प्रतिलिपि समावेश गरिएको

४.दलको नाम, झण्डा ,चिन्ह आयोगमा दर्ता कायम रहेका अन्य दलका नाम, चिन्ह, झण्डा भन्दा फरक रहेको

५.दलले लेखापरीक्षण प्रतिवेदन बुझाएको

६.दलको अद्यावधिक गर्नु पर्ने विवरण विधान सम्मत रहेको

७.दलको पदाधिकारी र केन्द्रीय सदस्य रिक्त हुँदा महाधिवेशन अगाडि भए पदपुर्ति गर्ने व्यवस्था रहेको

८.केन्द्रीय समितिको सदस्य मनोनयन गरिएको भए विधानमा मनोनयन वा पुर्ति गर्ने व्यवस्था रहेको

९.केन्द्रीय समितिका पदाधिकारी वा सदस्यलाई कारवाही गर्दा विधान सम्मत स्पष्टीकरणको मौका दिएको

१०.अद्यावधिक लागि विधानको पुर्नेलेखन वा संशोधन भएको भए राजनीतिक दल सम्बन्धी ऐनमा भएको व्यवस्था बमोजिम भएको

११.हेरफेर भई आएको दलका पदाधिकारी वा केन्द्रीय समितिका सदस्यको योग्यता राजनीतिक दल सम्बन्धी ऐन,२०७३ को दफा १४ बमोजिम पुगेको

१२.दलका पदाधिकारी वा केन्द्रीय समितिका सदस्यको नागरिकताको प्रतिलिपि/ मतदाता नामावली/ राष्ट्रिय परिचय पत्र पेश गरेको

१३.दलको एकीकरण/महाधिवेशन पुर्व विधान संशोधन भएमा विधानमा भएको व्यवस्था बमोजिम भएको

१४.केन्द्रीय समिति एवम् अन्य समितिमा कम्तीमा एक तिहाइ महिलाको प्रतिनिधित्व रहेको

१५.विधान बमोजिम विभिन्‍न तहमा रहने समितिहरूमा पदाधिकारी एवम् सदस्यहरूको निर्वाचन, मनोनयन वा नियुक्ति समानुपातिक समावेशी सिद्धान्तका आधारमा गरिएको

१६.विधान वा नियमावलीमा संशोधन वा परिवर्तन गरेको भए निवेदन साथ पेश गरेको

१७.आयोगबाट जरिवाना गरिएको भए जरिवाना बुझाएको

१८.अधिकार प्राप्त पदाधिकारी वा अनुमति प्राप्त व्यक्तिले पत्रचार वा दलको प्रमुख पदाधिकारीले अख्तियारी प्रदान गरेको पत्र समावेश गरेको

माथि उल्लेख भए बमोजिमका कागजात एवम् विवरण पेश गरेको साँचो हो भनी सही गर्ने प्रमुख / पदाधिकारीकोः-

दस्तखतः

नाम थरः

पदः

मितिः

दलको छापः

(डा. थानेश्वर भुसाल)

उपसचिव एवम् सहायक प्रवक्ता

न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।