२०८३ श्रावण १
२०८३ श्रावण १

काठमाडौं, ८ फागुन ।

हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ।

 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ ।

 

दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको साथै देशका बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको साथै बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

 

राती भने देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। देशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा र बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

 

सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको साथै लुम्बिनी प्रदेश लगायत देशका बाँकी पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको साथै गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरू र बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

 

यसबाट दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। न्युज कारखाना

काठमाडौं, ७ फागुन ।

पूर्वराष्ट्रपति विद्या भण्डारीले नेपालको संविधानले नागरिक तथा राजनीतिक अधिकारलाई मौलिक अधिकारको रूपमा सुनिश्चित गरेको बताएकी छन्।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले प्रकाशित गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक फागुन ७ गते विमोचन गर्दै पूर्व राष्ट्रपति भण्डारीले नेपालको वर्तमान संविधानले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारका विषयलाई पनि मौलिक अधिकारको रूपमा सुनिश्चित गरेको बताएकी हुन्। राजनीतिक अस्थिरता, सुशासनको अभाव र दण्डहीनताले नागरिक अधिकार कार्यान्वयनमा चुनौती रहेको उनले बताइन्।

सशस्त्र द्वन्द्वका पीडितले अहिले पनि न्याय नपाएको भन्दै उनले चिन्ता व्यक्त गरेकी छन्। आफ्नो छोराका हत्यारालाई कारबाहीको माग गर्दे अनसनमा नै ज्यान गुमाएका नन्दप्रसाद अधिकारकीको शवको अन्तिम संस्कारसमेत हुन नसक्नुले नेपालको मानव अधिकारको अवस्था स्पष्ट पार्ने उनले बताइन्।

राष्ट्रिय सभा सदस्य एवम् पूर्व परराष्ट्रमन्त्री विमला राई पौडेलले मानव अधिकारको क्षेत्रमा अहिले धेरै चुनौती रहेको बताइन्। मानव अधिकारको क्षेत्रमा नेपालले धेरै काम गर्न बाँकी रहेको उनको भनाइ छ।

संविधानमा रहेको मौलिक हक र नेपालले अन्तर्राष्ट्रिय स्तरमा गरेका प्रतिबद्धता मिल्दाजुल्दा भएकोले मानव अधिकार कार्यान्वयनमा सहज हुने पौडेलले बताइन्। अन्तर्राष्ट्रिय प्रतिबद्धता अनुसार नेपालले काम गर्नुपर्नेमा उनले जोड दिइन्।

नेपालले अन्तर्राष्ट्रिय स्तरमा भएका मानव अधिकार हनन्का विषयमा पनि कुरा उठाउनु पर्ने पौडेलको राय छ। अहिले नेपालले त्यो भूमिका निर्वाह गर्न नसकेको उनको भनाइ छ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य एवम् राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले सरकार सेवक नभएर शासक भयो भने विद्रोह हुने बताए।जलवायु परिवर्तनका विषय पनि मानव अधिकारको विषय बन्नु पर्ने उनको भनाई छ।न्युज कारखाना

 

काठमाडौं, ७ फागुन ।

सन् २०२३ को मानव अधिकार उल्लङ्घन सूचकाङ्कमा सबैभन्दा खराब बागमती प्रदेशको रहेको इन्सेकले जनाएको छ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले फागुन ७ गते सार्वजनिक गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ मा यस्तो नतिजा समेटिएको हो।

सार्वजनिक नतिजा अनुसार नकारात्मकबाट बागमती पहिलो,  मधेश दोस्रो र कोशी तेस्रो छन्। त्यसैगरी सकारात्मक नतिजाबाट सुदूरपश्चिम पहिलो, गण्डकी दोस्रो र कर्णाली तेस्रो स्थानमा आएका छन्।

सन् १९९२ देखि वर्ष पुस्तक निकाल्दै आएको इन्सेकले ‘नेपाल मानव अधिकार वर्ष पुस्तकमा मानव अधिकार उल्लङ्घन सूचकाङ्क समेटेको यो नै पहिलो रहेको इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले बताए।

शारीरिक हिंसा प्रतिबिम्बित हुने मानव अधिकार उल्लङ्घनको समग्र सूचकाङ्कमा ८५.२४ अङ्कसहित बागमती सबैभन्दा खराब अवस्थामा छ।

मधेशको ६४.३९, कोशीको ४९.८१, लुम्बिनीको ४२.१२, कर्णालीको ३१.२५, गण्डकीको १६.३६ र सुदूरपश्चिमको ९.५१  अङ्क रहेको सूचकाङ्कमा समावेश गरिएको छ।

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ मा प्रकाशित मानव अधिकार उल्लङ्घन सूचकाङ्क हेर्न यहाँ क्लिक गर्नु होला

न्युज कारखाना

रौतहट,७ फागुन ।

महोत्तरी जिल्लाको बर्दिबासमा प्रथम मिथिला राष्ट्रिय कराते प्रतियोगिता आयोजना हुने भएको छ। नेपाल कराते महासङ्घको आयोजनामा हुन लागेको प्रथम मिथिला राष्ट्रिय कराते प्रतियोगितासँगै राष्ट्रिय रेफ्रिज सेमिनार र ग्रेडिङ समेत हुने आयोजकले जानकारी दिएको छ।

यही आउँदो फागुन १४ गतेदेखि १७ गतेसम्म राष्ट्रिय रेफ्री सेमिनार हुने आयोजक नेपाल कराते महासंघ मधेश प्रदेशका रेफ्री संयोजक चित्र बहादुर पुलामीलेले जानकारी दिएकाछन्।

फागुन १८ गतेदेखि २० गतेसम्म प्रथम मिथिला राष्ट्रिय कराते प्रतियोगिता को लागि तयारी तीव्ररूपमा भइरहेको नेपाल कराते महासंघ मधेस प्रदेशका सचिव कसम लामाले जानकारी दिए। मिथिला राष्ट्रिय कराते प्रतियोगितामा सातै प्रदेश, तीनवटा विभागीय टिम र एक आयोजक टिम गरी ११ वटा टिमको सहभागिता रहनेछ।

प्रतियोगितामा महिलातर्फ ४५ केजीदेखि ६८ केजी प्लससम्मको खेल हुनेछ। पुरुषतर्फ ५० केजीदेखि ८४ क्लक केजी प्लस खेल हुनेछ। प्रतियोगितामा महिला र पुरुषको एकल काताका साथै टिम काँतासमेत हुने आयोजकले जानकारी दिएको छ।

नेपाल कराते महासङ्घ मुख्य आयोजक रहेको सो प्रतियोगिताको सहआयोजक नेपाल कराते महासघ मधेस प्रदेश रहेको नेपाल कराते महासन मधेश प्रदेशका अध्यक्ष रामचन्द्र ठाकुरले बताए।

मधेस प्रदेशमा एकैपटक राष्ट्रिय रेफ्री सेमिनार राष्ट्रिय कराते प्रतियोगिता र मधेस प्रदेश स्तरीय छुटपुट ग्रेडिङको आयोजना हुने भएपछि मधेस प्रदेशका खेलाडीहरूमा उत्साह छाएको आयोजकले जनाएको छ।

न्युज कारखाना

काठमाडौं, ७ फागुन ।

कांग्रेस महासमिति बैठक सोमबारबाट ललितपुरको गोदावरीमा सुरु भएको छ। बैठकको उद्घाटन सभापति शेरबहादुर देउवाले गरेका छन्।

बैठकमा देउवासहित उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्री गगन थापा विश्वप्रकाश शर्मासहित पार्टी पदाधिकारीसहित देशभरबाट करिब २३ सय प्रतिनिधि सहभागी छन्।

बैठक उद्घाटनपछि उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव, महामन्त्री गगन थापाले सांगठनिक प्रस्ताव, अर्का महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक प्रस्ताव, प्रवक्ता डा. प्रकाशशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रतिवेदन र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन पेस गर्नेछन्। प्रदिवेदन मंगलबार प्रस्तुत हुने छन्।

बैठकस्थल गोदावरी क्षेत्र यतिवेला झकिझकाउ भएको छ। बैठकमा सहभागी हुन आउनेलाई विभिन्न सांस्कृतिक झाँकीले स्वागत गरिएको थियो।न्युज कारखाना

 

स्याङ्जा, ७ फागुन ।

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी स्याङ्जा जिल्ला इन्चार्ज र अध्यक्ष दुवै जना नेकपा एमालेमा फर्किएका छन्।

पूर्व सांसद तथा समाजवादी स्याङ्जा इन्चार्ज महेन्द्र थापा र जिल्ला अध्यक्ष रामचन्द्र भट्टराई एमालेमा फर्किएका हुन्।

त्यस्तै स्याङ्जास्थित समाजवादीका जिल्ला सचिव श्रीबहादुर गुरुङ र उपसचिव राजेन्द्र मरासिनी पनि एमालेमा फर्किएका छन्।

उनीहरू सबैलाई एमाले केन्द्रीय कार्यालय च्यासलमा सोमबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूले स्वागत गरेका हुन्। न्युज कारखाना

बारा, ७ फागुन ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा पहिलो पटक जीतपुरसिमरा महोत्सव हुने भएको छ। जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले सोमबार पत्रकार सम्मेलनको आयोजना गरेर पहिलो जीतपुरसिमरा एक्स्पो र जीतपुरसिमरा महोत्सव २०८० फाल्गुन १८ गतेदेखि लिएर फाल्गुन २९ गतेसम्म आयोजना हुन् लागेको जनाएको छ। जीतपुरसिमरा उपमहानगरको वडा नम्बर ३ बजनीमा महोत्सवको आयोजना हुनलागेको आयोजकले जनाएको छ ।

सोमबार संघकै जीतपुरस्थित कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेर कृषि र पर्यटनलाई प्राथमिकता दिएर जीतपुरसिमरा महोत्सव हुन् लागेको जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेले बताए।‘कृषि पर्यटन, खेल उद्योग र व्यापार जीतपुर सिमरा बारा–मधेस समृद्धिको आधार’ भन्ने नारासहित फाल्गुन १८ देखि २९ गतेसम्म महोत्सव चल्ने छ। संघका अनुसार महोत्सवको आवश्यक तयारी भइरहेको छ।

महोत्सवमा कृषि र स्थानीय उत्पादनलाई सहुलियतमा स्टल उपलब्ध गराइने आयोजकले जनाएको छ। आयोजकका अनुसार महोत्सवमा २०० स्टल रहनेछ भने महोत्सवमा १ लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ। महोत्सवको मुख्य उद्देश्य स्थानीय उत्पादन कृषि तथा ग्रामीण प्रविधिको प्रयोग गर्ने, उत्पादित वस्तुको बजार प्रवर्द्धन एकै थलोबाट यसको गुणस्तरको पहिचान गराउँदै उपभोक्तासम्म पुर्‍याउने रहेको छ।

महोत्सवमा सबै जातजाति भाषा संस्कृति झल्किने नृत्य गायन कार्यक्रम, नगरपालिका भित्र रहेका विद्यालयका विद्यार्थीहरूबीच डान्स आइडल, व्यवसायिक स्टल र नेपाली सेना आर्मीको विषेश कार्यक्रमहरू समावेश गरिएको बताइएको छ।

जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको जीतपुरसिमरा महोत्सवमा जीतपुरसिमरा उपमहानगरपालिकाले समेत सहयोग गर्ने भएको छ। जीतपुरसिमरा उपमहानगर सहित वडा र उद्योगसँग समन्वय गरेर महोत्सवको आयोजना गरिएको संघका महासचिव प्रकाश गिरीले पत्रकार सम्मेलनमा जनाएको छ।

फाल्गुन १९ गतेदेखि हुन् लागको महोत्सवमा बिद्यार्थीहरुको लागि रु २५ रुपैयाँ, वृद्ध वृद्धालाई नि:शुल्क तथा युवाहरूसँग ५० रुपैयाँ प्रवेश शुल्क लिने आयोजकले जनाएको छ। महोत्सवमा स्टल राख्नका लागि ८ हजारदेखि २५ हजारसम्म शुल्क लाग्ने र स्थानीय व्यवसायीको हकमा छुटको समेत व्यवस्था गरिएको संघका अध्यक्ष मोहन शर्मा लामिछानेले बताए।आयोजकले महोत्सवको कुल लागत करिव ८३ लाख रहेको बताएको छ।

अपाङ्गता र वृद्ध वृद्धाका लागि निःशुल्क प्रवेश तथा महोत्सव अवलोकनको व्यवस्था मिलाइएको छ। महोत्सवमा प्रत्येक दिन राष्ट्रिय कलाकारहरूको सांस्कृतिक प्रस्तुतिसमेत रहनेछ। महोत्सव सञ्चालनका लागि विभिन्न विधागत समिति समेत निर्माण गरिएको छ।

उक्त पत्रकार सम्मेलनमा संघका महासचिव प्रकाश गिरि,सदस्य तथा महोत्सव प्रचार प्रसार समितिका संयोजक राजु गिरि, संघका संस्थापक अध्यक्ष घनश्याम गिरिलगाएत बारेली पत्रकारहरूको उपस्थिति रहेको थियो ।न्युज कारखाना

 

धनगढी, ७ फागुन ।

श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाविद्यालय र सुदूरपश्चिमा अञ्चल (एसपिए) विजयी भएका छन्।
आज भएको पहिलो खेलमा क्रिसेन्ट सिटी विद्यालयलाई १ गोल प्रहार गरी सैनिक आवासिय महाविद्यालय विजयी भएको हो।

निर्धारीत समय दुबै पक्षका खेलाडीहरुले गोल नगरी सकेपछि खेल पेनाल्टीमा गएको थियो जसमा सैनिक आवसिय महाबिद्यालयले ५ गोल र क्रिसेन्ट सिटी विद्यालयले ४ गोल प्रहार गरी पराजित हुन पुगेको हो।

धनगढीको रंगशालामा आज भएको दोस्रो पहिलो खेलमा  पञ्चोदय माद्यामिक विद्यालयलाई एसपिएले १ गोलले विजयी भएको हो ।

एसपिएको तर्फबाट सन्दीप सिंह पहिलो हाप मै गोल प्रहार गरी एसपिएलाई बिजयी दिलाएका थिए ।

लिटल फ्लावर स्पोर्ट क्लबले आयोजना गरेको श्री कलेज मेनेजमेन्ट धनगढीको कप २०८० को भोली (मंगलबार) होलील्याण्ड एकेमी अत्तरीया र कैलाली माध्याकिक विद्यालय धनगढीबीच पहिलो खेल हुने छ भने दोस्रो खेल लोटस आई स्कुल अत्तरीया र एलायन्स मोडल स्कुल धनगढीबीच हुने क्लबका अध्यक्ष रामचन्द्र शाहीले बताए।

श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाविद्यालय र सुदूरपश्चिमा अञ्चल (एसपिए) विजयी भएका छन्।
आज भएको पहिलो खेलमा क्रिसेन्ट सिटी विद्यालयलाई १ गोल प्रहार गरी सैनिक आवासिय महाविद्यालय विजयी भएको हो।

निर्धारीत समय दुबै पक्षका खेलाडीहरुले गोल नगरी सकेपछि खेल पेनाल्टीमा गएको थियो जसमा सैनिक आवसिय महाबिद्यालयले ५ गोल र क्रिसेन्ट सिटी विद्यालयले ४ गोल प्रहार गरी पराजित हुन पुगेको हो।

धनगढीको रंगशालामा आज भएको दोस्रो पहिलो खेलमा  पञ्चोदय माद्यामिक विद्यालयलाई एसपिएले १ गोलले विजयी भएको हो ।

एसपिएको तर्फबाट सन्दीप सिंह पहिलो हाप मै गोल प्रहार गरी एसपिएलाई बिजयी दिलाएका थिए ।

लिटल फ्लावर स्पोर्ट क्लबले आयोजना गरेको श्री कलेज मेनेजमेन्ट धनगढीको कप २०८० को भोली (मंगलबार) होलील्याण्ड एकेमी अत्तरीया र कैलाली माध्याकिक विद्यालय धनगढीबीच पहिलो खेल हुने छ भने दोस्रो खेल लोटस आई स्कुल अत्तरीया र एलायन्स मोडल स्कुल धनगढीबीच हुने क्लबका अध्यक्ष रामचन्द्र शाहीले बताए।

श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाविद्यालय र सुदूरपश्चिमा अञ्चल (एसपिए) विजयी भएका छन्।
आज भएको पहिलो खेलमा क्रिसेन्ट सिटी विद्यालयलाई १ गोल प्रहार गरी सैनिक आवासिय महाविद्यालय विजयी भएको हो।

निर्धारीत समय दुबै पक्षका खेलाडीहरुले गोल नगरी सकेपछि खेल पेनाल्टीमा गएको थियो जसमा सैनिक आवसिय महाबिद्यालयले ५ गोल र क्रिसेन्ट सिटी विद्यालयले ४ गोल प्रहार गरी पराजित हुन पुगेको हो।

धनगढीको रंगशालामा आज भएको दोस्रो पहिलो खेलमा  पञ्चोदय माद्यामिक विद्यालयलाई एसपिएले १ गोलले विजयी भएको हो ।

एसपिएको तर्फबाट सन्दीप सिंह पहिलो हाप मै गोल प्रहार गरी एसपिएलाई बिजयी दिलाएका थिए ।

लिटल फ्लावर स्पोर्ट क्लबले आयोजना गरेको श्री कलेज मेनेजमेन्ट धनगढीको कप २०८० को भोली (मंगलबार) होलील्याण्ड एकेमी अत्तरीया र कैलाली माध्याकिक विद्यालय धनगढीबीच पहिलो खेल हुने छ भने दोस्रो खेल लोटस आई स्कुल अत्तरीया र एलायन्स मोडल स्कुल धनगढीबीच हुने क्लबका अध्यक्ष रामचन्द्र शाहीले बताए।न्युज कारखाना

काठमाडौं, ७ फागुन ।

डोटीको जोरायल गाउँपालिका-५ भाम गाउँका ७१ वर्षीय वृद्धले आफ्नो प्रेमलाई विवाहमा परिणत गरेका छन्।

स्थानीय ठक्कर बहादुर खडायतले ७१ वर्षको उमेरमा श्रीमतीको सिउँदो भरेका हुन्। उनले ६३ वर्षीया कुमारी भाटको सिउँदो भरेका छन्।

उक्त दम्पतीका तीन छोरी र एक छोरा छन्। भाटको माइती सुर्खेत हो। धेरै पहिले खड्का र भाटले लामो प्रेम सम्बन्ध सँगै बिताए। उनीहरूबाट सन्तानसमेत भए। श्रीमतीको रूपमा घर भित्र्याएकी भाटको खड्काले सिउँदो भने भरेका थिएनन्।

जोरायल-५ गड्सेरास्थित ज्यूनेबस्तास्थित वैयाल परिवारले सप्ताह महायज्ञको आयोजना गरेको छ। सोही समारोहमा उक्त दम्पती वैवाहिक सूत्रमा बाँधिएको सप्ताह आयोजक समितिका सदस्यसमेत रहेका मुकुन्द भण्डारीले बताए।

खड्काका सखा ८१ वर्षीय डिल्लीराज भण्डारी आफ्नो बाल सखाको बिहेमा बुढेसकालमा सहभागी हुन पाउँदा खुसी छन्। उनले यो विवाह नौलो लागेको र रमाइलो पनि लागेको बताए। विवाहमा बेहुला-बेहुलीका पनातिसमेत सहभागी थिए। खड्का पडरे देउताका भणारेसमेत हुन्।

सोही सप्ताहमा चार वटा व्रतबन्ध, तीन वटा कपाल मण्डन, पास्नी कार्यक्रमसमेत सम्पन्न भएका छन्। महायज्ञका पुजारी श्रमानन्द ओझाले उक्त दम्पतीको विवाह सम्पन्न गरेको हो।न्युज कारखाना

चितवन, ७ फागुन ।

राप्ती नगरपालिका-३ झुरझुरेबाट अवैध लागूऔषध गाँजा करिब ५ सय ४४ किलोसहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकुटा छथर जोरपाटी गाउँपालिका-३ बस्ने ३२ वर्षीय रमेश नाथ दाहाल र कपिलवस्तु बुद्धभूमि नगरपालिका-४ बस्ने २५ वर्षीय शुसिराम थारू रहेका छन् ।

 

ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले उक्त स्थानमा रोकी राखेको ना.३ ख ६१२२ नम्बरको ट्रक र ना.३ ख ७२४० नम्बरको डिब्बा ट्रकलाई जाँच गर्ने क्रममा डिब्बा ट्रकमा लुकाई छिपाई राखेको ३९ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी सोही ट्रकका चालक रमेश नाथ र ना.३ ख ६१२२ नम्बरको ट्रकका सहचालक शुसिरामलाई पक्राउ गरेको हो । हाल फरार ना.३ ख ६१२२ नम्बरको ट्रकका चालकको प्रहरीले खोजी गरिरहेको छ ।

 

मकवानपुरकाे  राक्सिराङ गाउँपालिका-५ बोटबारीबाट अवैध लागूऔषध गाँजा करिब ७० किलो ६ सय ग्रामसहित ३ जनालाई  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा राक्सिराङ गाउँपालिका-१ सानो भावर बस्ने ५० वर्षीय पुर्ण बहादुर मोक्तान, २४ वर्षीय बावुलाल स्याङतान र हेटौंडा उपमहानगरपालिका-११ थानाभर्‍याङ बस्ने २४ वर्षीय आमोस पुलामी मगर रहेका छन् ।

 

प्रहरी चौकी चैनपुरबाट खटिएको प्रहरीले परेवा भिरबाट पलासेतर्फ जाँदै गरेको प्रदेश ३-००१ ह ०१९६ नम्बरको अटोलाई रोक्न खोज्दा अटो नरोकी भाग्ने क्रममा पल्टिएको थियो । साथै अटोमा २ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी अटोमा सवार उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले हाल फरार अटो चालकको खोजी गरिरहेको छ । न्युज कारखाना

 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।