२०८३ श्रावण १
२०८३ श्रावण १

रौतहट, ८ फागुन ।

चन्द्रपुर नगरपालिकाको वडा नम्बर ४ मा वडा अध्यक्ष कप नगरस्तरीय फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

 

चन्द्रपुर वडा नम्बर ४ मा रहेको तुलसीलाल स्मृति रङ्गशालामा सो प्रतियोगिता आयोजना हुन लागेको हो । चन्द्रपुर नगरपालिका वडा नम्बर ४ को आर्थिक सहयोगमा वडा अध्यक्ष कप फुटबल प्रतियोगिताको आयोजना गर्न लागिएको चन्द्रपुर ४ का वडा अध्यक्ष रवि रानामगरले जानकारी दिएका छन् ।

 

चन्द्रपुर नगरपालिकाका १० वटै वडाका फुटबल टिमको सहभागितामा यही फागुन १८ गतेदेखि २८ गतेसम्म सो प्रतियोगिता आयोजना हुनेछ । वडामा रहेका विभिन्न खेलको विकासलाई मध्यनजर गर्दै वडाले विभिन्न खेलकुद प्रतियोगितामा सहयोग गर्दै आएको वडा अध्यक्ष मगरको भनाइ रहेको छ ।न्युज कारखाना

 

काठमाडौं, ८ फागुन ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबार लागि तरकारी तथा फलफुलको मुल्य सार्बजनिक गरेको छ ।
जसअनुसार हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १२०, कालो अंगुर १८०, केरा १२० रुपैयाँ दर्जन, अनार २८०, किवी ४००, आभोकाडो ३००, अम्बा १२० र स्ट्रबेरी भुईऐसेलु २५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

समितिका अनुसार नेपाली ठूलो गोलभेडा ५०, भारतीय सानो गोलभेडा २५, अदुवा २००, रातो आलु ३० र रातो भारतिय आलु ३२ रूपैयामा कारोबार हुदाँ स्थानीय काउली २५, लौका ५०, कागती २५०, सुकेको खुर्सानी ४६०, हरियो खुर्सानी ९० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।
लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ३० रुपैयाँमा कारोबार हुदाँ लोकल बन्दा ३०, लोकल सेतो मूला ३० र रातो मूला २५ रुपैयाँमा कारोबार हुदाँ लोकल घिउ सिमी ९०, राजमा घिउ सिमी १००, हरियो फर्सी लाम्चो ६० र हरियो डल्लो फर्सी ७० रूपैयामा खरिदबिक्र हुदैछ भने तोरीको साग ३० र रायोको साग ४० रुपैयाँमा खरिदबिक्री भइरहँदा उता चमसूर, पालूगो, मेथी, सौफको साग र जिरीको साग ६० रुपैयाँमा कारोबार हुनेछ ।

गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ७२, हरियो प्याज १०० र पुदीना २२० रुपैयाँ केजी कायम गरेको कालिमाटी बजारले ब्रोकाउली ५०, चाइनिज सुकेको लसुन ३००, हरियो लसुन १३० रुपैयाँमा कारोबारको अनुमति दिएको छ भने लाम्चो भान्टा ५०, भिण्डी ९० र हरियो धनिया ७० रुपैयाँ पाइने समितले जनाएको छ ।
उता, ताजा छडी माछा २५० रुपैयाँमा कारोबार हुदाँ बचुवा माछा २५०, रहु माछा ३४० र मंगुरी माछा ३५० रुपैयाँमा किनबेच भइरहेको छ ।न्युज कारखाना

रौतहट, ८ फागुन। 

 

भारतीय सीमासँग जोडिएको रौतहटको दक्षिणी क्षेत्र ईशनाथ नगरपालिकामा चार दिनको प्रहरीको प्रयासपछि सरस्वतीको मूर्ति विसर्जन गरिए पनि कर्फ्यू भने यथावत रहेको छ। उक्त विषयलाई लिएर सोमबार वीरगञ्जमा दुई समुदायबीच द्वन्द्व हुनसक्ने भन्दै स्थिति सामान्य बनाउनका स्थानीय प्रशासनले साँझ ५ बजेदेखि कर्फ्यू आदेश जारी गर्दै सुरक्षा व्यवस्था कडा पारेको छ।

पर्साका सिडियो दिनेश सागर भुसालका अनुसार वीरगञ्जमा नेपाल प्रहरीबाट ५ सय र सशस्त्र प्रहरीबाट ५ सय गरी एक हजार प्रहरी परिचालन गरिएको छ।

वीरगञ्ज महानगरको पावरहाउस, मूर्ली, घण्टाघर, ठाकुरराम बहुमुखी क्याम्पस, इदगाह चोक, माइस्थान, आदर्शनगर, भन्सार एरियालगायतका मुख्य चोक तथा गल्लीमा सुरक्षाकर्मी खटाइएको पर्सा प्रहरी प्रवक्ता डिएसपी कुमारविक्रम थापाले बताए।

ईशनाथ नगरपालिका ७ घिउरा गाउँमा गत शुक्रबारदेखि थन्किएको सरस्वतीको मूर्ति सोमबार अपरान्ह कर्फ्यू अवधिभित्रै विसर्जन गरिएको छ। मधेश प्रदेश प्रहरी प्रमुख डिआइजी यज्ञबिनोद पोखरेलको सक्रियतामा सर्वदलीय र सर्वपक्षीय बैठकको निर्णय अनुसार पुरानै सहमतिमा मूर्ति विसर्जन गरिएको हो।

साविक स्थान घिउरा गाउँको उत्तरपट्टी विद्यालय छेउको सार्वजनिक पोखरीमा मूर्ति सेलाइएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताइन्। तर, गत शनिबार स्थानीय प्रशासनले जारी गरेको कर्फ्यू भने हालसम्म यथावत रहेको छ। त्यसैगरी उक्त क्षेत्रमा शान्ती सुरक्षा कायम राख्न ५०० नेपाल प्रहरी र २०० सशस्त्र गरी परिचालन गरिएको ७०० प्रहरी हालसम्म फिर्ता भएका छैनन्।

ईशनाथ ७ घीउरा गाउँमा डिजे बाजासहितको ट्याक्टर साविक बाटो हुँदै लैजाने र सरस्वतीको मूर्ति अर्को बाटो हुँदै गाउँ छेउ विद्यालय नजिकैको सार्वजनिक पोखरीमा विसर्जन गर्न लैजाने स्थानीय प्रशासनको रोहवरमा गत सनिबार दुई पक्षीय सहमति भएको थियो।

सहमती अनुसार  मूर्ति सेलाउन लैजाने समूहमाथि घिउरामा मुस्लिम समुदायले घरको छतबाट ढुङ्गा हान्दा कैयौं मानिस घाइते भएपछि स्थिति नियन्तरणमा लिन सिडिओ हिरालाल रेग्मीले एक सूचना जारिगर्दै सोहिदिन साँझ ५ बजेदेखि लागू हुनेगरी वडा ६ र ७ मा कर्फ्यू आदेश जारी गरेका थिए। कर्फ्यू अवधिमै उश्रृंखल गतिविधि भएपछि भोलिपल्ट आइतबारदेखि कर्फ्यू क्षेत्र फराकिलो बनाएको थियो।

सिडिओ रेग्मीले एक सूचना जारिगर्दै ईशनाथ नगरपालिका वडा २, ३, ४, ५, ६ र ७ मासमेत अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेका थिए।

पूर्वमा बनजरहा मोड हनुमान मन्दिर, पश्चिम सानो घिउरा, उत्तर रामपुर खाप र दक्षिणमा सशस्त्र प्रहरी आउट पोस्ट बोर्डर औरैयादेखि जयनगरसम्म चारकिल्लाभित्र जारिभएको कर्फ्यू हालसम्म यथावत छ।

मधेश प्रदेश नेपाल प्रहरी संगठन प्रमुख डिआईजी पोखरेलका अनुसार ईशनाथको ठूलो विवाद मूर्ति बिसर्जन गर्ने काम भएको छ। हाल अवस्था सामान्य हुँदै गएको छ। पूर्ण रुपमा सामान्य भएपछि क्रमसः त्यहाँ तैनाथ प्रहरी फिर्ता बोलाइने उनले जानकारी दिए। त्यहाँ केन्द्रित भएका नेपाल प्रहरीका डिआइजी पोखरेल, सशस्त्र प्रहरीका डिआईजी दीपेन्द्र शाह, राष्ट्रिय अनुसंधानका डिआइजी सञ्जय यादव तीन दिनपछि सोमबार साँझ फर्किसकेका छन्।न्युज कारखाना

काठमाडौं, फागुन ८ ।

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । अमेरिकी डलर भाउ आज पनि स्थिरहेको छ भने युरो र पाउण्डको भाउ पनि बढेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ५३ पैसा र बिक्रीदर १३३ रूपैयाँ १३ पैसा कायम गरिएको छ । सोमबार पनि सोही मूल्यमा अमेरिकी डलरको खरिदबिक्री भएको थियो

मंगलबार युरोपियन युरोको एकको खरिददर १४२ रूपैयाँ ८७ पैसा र बिक्रीदर १४३ रूपैयाँ ५१ तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ०७ पैसाले बढेको हो। सोमबार यसको खरिददर १४२ रूपैयाँ ८१ पैसा र बिक्रीदर १४३ रूपैयाँ ४६ पैसामा कारोबार भएको थियो ।

त्यस्तै, बेलायती पाउण्ड सटर्लिङको भाउ एक रुपैयाँ २६ पैसाले बढेर एकको खरिददर १६७ रूपैयाँ २५ पैसा र बिक्रीदर १६८ रूपैयाँ ०१ पैसा कायम गरिएको छ । सोमबार यसको खरिददर १६६ रूपैयाँ ९९ पैसा र बिक्रीदर १६७ रूपैयाँ ७४ पैसामा कारोबार भएको थियो ।

यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८६ रूपैयाँ ६६ पैसा र बिक्रीदर ८७ रूपैयाँ ०५ पैसा र क्यानेडियन डलरको एक खरिददर भने ९८ रूपैयाँ ३४ पैसा र बिक्रीमा ९८ रूपैयाँ ९७ पैसा कायम गरिएको छ ।

उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ८४ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ८८ रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ४१ पैसा तथा बिक्री दर १८ रूपैयाँ ५० पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ९३ पैसा तथा बिक्री दर ९ रुपैयाँ ९७ पैसा कायम गरेको जनाइएको छ ।

यसैगरी, मंगलबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ३४ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ५१ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ३५ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ५० पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ०८ पैसा र बिक्रीदर ३६ रूपैयाँ २५ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर मंगलबार २७ रूपैयाँ ६९ पैसा र बिक्रीदर २७ रूपैयाँ ८१ पैसा कायम गरेको छ ।

साथै, कुवेती दिनार एकको खरिददर ४३० रूपैयाँ ४० पैसा र बिक्रीदर ४३२ रूपैयाँ ३५ पैसा र बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ५६ पैसा र बिक्रीदर ३५३ रूपैयाँ १५ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।न्युज कारखाना

काठमाडौं, ८ फागुन ।

हामी सबैको लागि स्मार्टफोन क्यामेरा, क्याल्कुलेटर, फोटो एल्बम, रिमाइन्डर आदि जस्ता धेरै चीजहरूको लागि प्रयोग गरिने एकल उपकरण भएको छ।

 

आजकाल हामी फोनमार्फत धेरै कामहरू पूरा गर्छौं, जसका कारण यसको आवश्यकता बढ्दै गएको छ। हामी दिनभरि हाम्रो हातमा फोन राख्छौं र कुनै न कुनै कारणले यसलाई स्क्रोल गरिरहन्छौं।

 

दिनभर स्क्रोल गरिसकेपछि फोनको ब्याट्री ० प्रतिशत पुगेपछि फोनको ब्याट्री चार्ज गर्ने समय आउँछ। कतिपय मानिसका लागि पनि मोबाइल फोन पैसा राख्नको लागि पर्स जस्तै हो, जसमा उनीहरू आफ्ना केही चीजहरू फोनको कभरमा राख्छन्। यस्तो अवस्थामा सानो गल्ती पनि कसरी महँगो हुन सक्छ ? यो कुरा तपाईलाई थाहा नहुन पनि सक्छ ।

 

त्यसैले स्मार्टफोन प्रयोग गर्दा केही कुरामा विशेष ध्यान दिनु जरुरी छ । लापरवाहीले तपाईंलाई महँगो पर्न सक्छ र तपाईंको फोन जुनसुकै बेला बम जस्तै विस्फोट हुन सक्छ, हामी यो बताउने छौं कि उसो भए कुन कुन कुराहरूमा विशेष ध्यान दिनुपर्छ त ?

 

फोन बिष्फोट हुनुका धेरै कारण हुन सक्छन्, ती मध्ये एउटा यो हो कि जब तपाईको फोन धेरै तातो हुन्छ, यसको पछाडिको कारण प्रोसेसरमा अत्यधिक तनाव हो। यसबाहेक, ब्याट्री फेल हुनु वा ब्याट्रीमा अन्य कुनै समस्या हुनु पनि फोन फुट्नुको कारण मानिन्छ।

 

तपाईंले आफ्नो फोनको ब्याट्रीलाई केही कुरालाई ध्यानमा राखेर हेरचाह गर्नुपर्छ। आफ्नो फोन धेरै चार्ज नगर्नु होस्। ब्याट्री पूरै खत्तम नभएसम्म चार्ज नगर्नु होस्। फोनलाई चार्जिङमा राख्ने प्रयास गर्नुहोस् जब यसको ब्याट्री ९९ प्रतिशत सम्म हुन्छ ।

 

यसबाहेक आफ्नो फोनलाई सीमाभन्दा बढी अर्थात् १०० प्रतिशतभन्दा बढी चार्ज गर्ने प्रयास नगर्नुहोस्। ९९  प्रतिशत मात्र चार्जबाट फोन हटाउनु होस्।

 

प्रायः मानिसहरू कुनै पनि चार्जरले आफ्नो फोन चार्ज गर्छन् तर त्यसो गर्नु तपाईंको फोनको लागि ठीक होइन। यसले तपाईंको फोनको ब्याट्रीमा तनाव राख्छ र प्रोसेसरलाई पनि असर गर्छ, जसले पछि फोन विस्फोट गराउन सक्छ।

 

यदि तपाईलाई पनि आफ्नो फोनको पछाडिको कभरमा कागज वा पैसा राख्ने बानी छ भने यो बानीलाई परिवर्तन गर्नुहोस्, हामी तपाईलाई यो बताइरहेका छौं किनकि यस्तो बानीले तपाईको फोन पनि विस्फोट गराउन सक्छ। फोनको कभरमा कुनै पनि कुरा राख्नु ठीक होइन । फोनको पछाडि ब्याक कभर राख्नु पनि फोनको लागि सही मानिँदैन। जसका कारण फोन तातो हुन्छ र त्यसपछि फुट्ने डर हुन्छ ।

 

फोन चार्ज गरिरहेको बेला प्रयोग गर्नु ठीक होइन । चार्ज गरिरहेको फोनमा कुरा गर्नु वा कुनै पनि तरिकाले प्रयोग गर्नु उचित मानिदैन। त्यसोभए यदि तपाइँ यसो गर्नुहुन्छ भने तपाइँ आफैले तपाइँको फोन बर्बाद गर्दै हुनुहुन्छ। यति मात्र होइन तपाईको फोन पनि यसरी विस्फोट हुन सक्छ ।

 

झोला वा खल्तीमा राखेको फोन पनि विस्फोट भएको बेला यस्ता धेरै घटना देखिएका छन् । धेरै जसो केसहरू गर्मीमा देखिन्छन्। यदि तपाइँ आफ्नो झोला वा खल्तीमा फोन राख्नुहुन्छ भने धेरै गर्मीको कारण फोन पनि अधिक तताउँछ र त्यसपछि यसको प्रोसेसरमा तनाव हुन्छ र त्यसपछि फोन धेरै तातो भएपछि विस्फोटको कारण बन्न सक्छ।न्युज कारखाना

क्षितिज विश्वकर्मा, फागुन, ८ लालबन्दी ।

सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर १० ताइवान टोलमा रहेको बिलिभर्स इस्टर्न चर्च भवनको सोमबार एक कार्यक्रमका बिच सिलान्यास गरिएको छ ।

हरिवन नगरपालिकाको आर्थिक सहयोगमा निर्माण हुन लागेको बिलिभर्स इस्टर्न चर्चको सर्लाही जिल्ला क्षेत्र नम्बर ३ क, बाट निर्बाचित माननीय जवाहरलाल कुशवाहा तथा हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकीले संयुक्त रुपमा सिलान्यास गरेका हुन ।

ताइवान टोलमा बन्न लागेको बिलिभर्स इस्टर्न चर्चको सिलान्यास कार्यक्रममा बोल्दै प्रदेश सांसद जवाहरलाल कुशवाहाले चर्चको सफलता कामना गर्नुका साथै सबै धर्म र आस्थालाई आफुले समान ढंगबाट आदर गर्ने बताएका आयोजक बिलिभर इस्टर्न चर्च हरिवनका पास्टर बिष्णु राइले जानकारी दिए ।

कार्यक्रममा बिलिभर्स इस्टर्न चर्चका रौतहट जिल्ला परिषदका अध्यक्ष फादर महेन्द्र प्रसाद चौधरी लगायत सर्लाही जिल्ला भरिका चर्च फादरहरुको सहभागिता रहेको थियो ।

क्षितिज विश्वकर्मा, फागुन, ८ लालबन्दी ।

उद्योग वाणिज्य संघ लालबन्दीको आयोजनामा हुन लागेको प्रथम लालबन्दी महोत्सव २०८० को उद्घाटन मधेश प्रदेश उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सुनिता यादवले गर्ने भएकी छिन ।

आईतबार संघका अध्यक्ष दिपेन्द्र बलम्पाकीले निवर्तमान अध्यक्ष कल्याण जोशि, सल्लाहकार गोपाल श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका कार्यकारी निर्देशक प्रदिप दत्त, प्रदेश सांसद बेची लुंगेलीसहित मन्त्रालय पुगेर मन्त्री यादवलाई प्रमुख अतिथीको निमन्त्रणा दिएका हुन । महोत्सवमा मधेश प्रदेश भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री गोबिन्द बहादुर न्यौपाने पनि आउने संघका अध्यक्ष बलम्पाकीले जानकारी दिए ।

संघले कोरोनाकाल पछि सुस्ताएको लालबन्दी बजारको अवस्था परिवर्तनका लागी आर्थिक चहलपहल बढाउन, लालबन्दी विकास र परिचयको लागी यहि फागुन १० देखि १९ गतेसम्म प्रथम लालबन्दी महोत्सव २०८० को आयोजना गर्न लागेको हो । वडा नम्बर ६ स्थित राधाकृष्ण खेलमैदान हुन लागेको महोत्सवको नारा ‘कृषि, पर्यटन, व्यापार, स्वरोजगार, आत्मनिर्भरताको आधार’ भन्ने रहेको छ ।

औद्योगिक शान्ती नेपाल र संयुक्त नेपाल मेला महोत्सव ग्रुप को व्यवस्थापनमा हुने महोत्सवमा अहिलेका चर्चित कलाकारहरु करिव ८० जनाले आफ्नो प्रस्तुति दिनेछन । आफुहरुको १५ बर्षे अनुभवलाई लालबन्दी महोत्सवमा लगाउने र सफल रुपमा महोत्सव संचालन गर्न हरतरहको प्रयास गर्ने औद्योगीक शान्ति नेपालका महासचिव शंकर गुरुङले बताए । करिब ७१ लाख लगत अनुमान गरिएको महोत्सवमा झण्डै ५० हजार दर्शकले अवलोकन गर्ने आयोजकको अनुमान छ । आयोजकले महोत्सव अवलोकन गर्न आउने शारीरिक अशक्त र ज्येष्ठ नागरिक लाई प्रवेश शुल्क नलिने, विद्यार्थीलाई ५० रुपैँया मात्रै र सर्वसाधारणलाई ७० रुपैँयाको टिकट शुल्क निर्धारण गरेको छ ।

महोत्सवको लालबन्दी नगरपालिका संरक्षक, नेपाल उद्योग वाणिज्य महासंघ काठमाडौं र उद्योग वाणिज्य महासंघ मधेस प्रदेश सहयोगीान रहेका आयोजक उद्योग वाणिज्य संघ लालबन्दीले जनाएको छ ।

फागुन, ८ वीरगञ्ज । 

वीरगञ्जमा जारी गरिएको कर्फ्यू मंगलबार बिहान ६ बजेदेखि १० बजेसम्मका लागि खुकुलो गरिएको छ। सो अवधि पश्चात् कर्फ्यू पुन: यथावत् हुने जिल्ला प्रशासन कार्यालय पर्साले सूचना जारी गर्दै जानकारी गराएको छ।

सोमबार अपरान्ह प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले सार्वजनिक सूचना निकालेर सोमबार बेलुकी ५ बजेदेखि लागू हुने गरी कर्फ्यू जारी गरेका थिए।

गत फाल्गुन ३ गते  रौतहट जिल्लाको ईशनाथ नगरपालिकाको मोतिपुरमा दुई पक्षबीच विवाद र झडप भएको विषयलाई लिएर फागुन ७ गते वीरगञ्जमा भएको विरोध जुलुसको क्रममा विवाद र झडपको स्थिति उत्पन्न भई सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिमलाई लिएर सोमबार बेलुका ५ बजे देखि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६क बमोजिम कर्फ्यू आदेश जारी गरिएको थियो। न्युज कारखाना

काठमाडौं, ८ फागुन ।

नेकपा एमालेले केन्द्रीय कमिटीको बैठक आजवाट सुरू हुदैँछ ।

 

च्यासल, ललितपुरस्थित केन्द्रिय कार्यालयमा सो बैठक बस्नेछ । बैठक १० गतेसम्म जारी रहनेछ ।

सो पार्टीका महासचिव शंकर पोखरेलका अनुसार समसायिमक राजनीतिक विषयको समीक्षा, संगठनात्मक समीक्षा, जनतामा आधारित पार्टी निर्माणको सन्दर्भमा कसरी व्यवस्थितलगायतका बिषयमा छलफल हुनेछ । उनका अनुसार मिसन ग्रासरुटको प्रतिवेदन, मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानको पनि केन्द्रिय समिति बैठकमा समीक्षा हुनेछ ।
न्युज कारखाना

काठमाडौं, ८ फागुन ।

 नेपाली कांग्रेसको महासमिति बैठक सोमबारबाट सुरु भएको छ।

 

ललितपुरको गोदावरीमा सोमबारबाट भएको महासमिति बैठकमा मंगलबार विभिन्न प्रतिवेदन पेस गरिने भएको छ।

 

मंगलबार बिहान ९ बजेदेखि सुरु हुने बन्द सत्रमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसायिक र अर्थमन्त्रीसमेत रहेका डा. प्रकाशशरण महतले अर्थतन्त्रको वर्तमान अवस्था र चुनौतीबारे प्रतिवेदन पेस गर्ने तय भएको छ।न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।