२०८३ असार ३२
२०८३ असार ३२

 काठमाडौं ८ फागुन ।

विश्व सामाजिक मञ्च २०२४ को अवसरमा काठमाडौंमा आयोजना भएको बालश्रम अन्त्य गर्ने ग्लोबल प्यानलले बालश्रम अन्त्यका लागि तत्काल काम गर्न आह्वान गरेको छ । प्यानलले विश्वव्यापी बाल श्रमले उत्पन्न भएका बहुआयामिक चुनौतीहरूलाई सम्बोधन गर्ने उद्देश्यले व्यापक छलफल गरेको थियो ।

No description available.

सीएसओज फोरम अनएसटिजी८।७ नेटवर्कले संयोजन गरेको उक्त प्यानलमा बोल्दै अधिकारकर्मी मिलन धरेलले अर्को विश्व सम्भव छ भनिरहँदा बालश्रम नभएको विश्वको परिकल्पना गरिएको बताए । उनले भने विश्वभरि अहिले करिव १६ करोडको हाराहारीमा बालबालिका श्रममा छन् भनिएको छ । यसलाई हेर्दा जनचेतनाको कमी, गरीबी र अभाव मात्रै बालश्रमको जड कारण होइन । बालश्रम युद्ध र राजनीतिक विषयको रुपमा पनि रहेको छ । अधिकारकर्मी मनिराम आचार्यले नेपालमा बालश्रमको अवस्थाको बारेमा चर्चा गर्दै यहाँ बालश्रम सामाजिक रुपमा स्वीकार गरिएको विषय भएको बताए । उनले भने, समाजले नै यहाँ बालश्रमलाई स्वीकार गरेको छ ।

No description available.

त्यसैले यसको रोकथामका लागि सोही अनुसारको निती निर्माण र त्यसको प्रभावकारी कार्यन्वयनमा जोड दिनु आवश्यक छ । उक्त अवसरमा आफ्नो धारणा राख्दै ट्रेड युनियनकर्मी स्मृति लामाले मर्यादित श्रममा वयस्क श्रमिकहरूको सहभागिता नहुँदा बालश्रम बढ्दो क्रममा रहेको बताउँदै बालश्रम रोक्न श्रोत मै काम गर्नु पर्ने बताइन । उनले भनिन्, बालश्रम गरिबीले मात्रै सिर्जित समस्या नभएर यसमा अन्य कारणहरू पनि रहेका छन् । त्यसको पहिचान गरेर काम गर्नु पर्ने आवश्यकता छ । अधिकारकर्मी रञ्जना शर्माले बालश्रमहिडनफर्ममा गइरहेको बताउँदै नेपालमा विद्यमान बालश्रमको अवस्थाको बारेमा गरिएको अध्ययन उपलब्धिका बारेमा जानकारी गराएकी थिइन ।

 

ग्लोबल प्यानलले बाल श्रमको क्षेत्रमा विद्यमान चुनौतीलाई सम्बोधन गर्न, बाल अधिकारको रक्षा गर्न र बालश्रम शोषण रोक्न प्रभावकारी र शसक्त प्रयासहरूको तत्काल आवश्यकता रहेको औँल्याएको थियो । ग्लोबल प्यानलको छलफलमा बालश्रमको अन्त्य र बालअधिकारका सबालमा उठेका प्रश्न र प्राप्त भएका सुझावका आधारमा विभिन्न ८ बुँदे माग समेत जारी गरिएको छ ।

No description available.

अधिकारकर्मी मनु नेपालीका अनुसार विश्वमा कस्तो खालको श्रमको क्षेत्रमा बालबालिकाहरू श्रमिकका रुपमा संलग्न रहेका छन् र कस्तो किसिमको अभ्यास छ र बालश्रमको क्षेत्र भइरहेका पहलहरूको म्यापिङ गरेर भविष्यमा बालश्रमका क्षेत्रमा कस्ता सहकार्य गर्न सकिन्छ भनेर ग्लोबल प्यानल अन चाइल्ड लेबर कार्यक्रमको आयोजना गरिएको हो । अधिकारकर्मी नेपालीका अनुसार नेटवर्कले श्रम मन्त्रालयसँग समन्वय गरेर काम गरिरहेको छ ।

 

बालश्रम, बाध्यकारी श्रम र मानव बेचविखनका सबालमा श्रम मन्त्रलायले गरेका कार्यक्रमहरूको आधारमा मुलुक भित्र कस्तो उपलब्धि भएको छ भनेर ग्लोबलरिर्पोट तयार गर्ने र सरोकारवाला निकायमा पठाउने काम गर्ने उनले बताइन । कार्यक्रममा नेपालका विभिन्न जिल्लाबाट आएका अधिकारकर्मी, सरोकारवाला, नागरिक समाज लगायत विदेशी संघ संस्थाका गरि २ सय भन्दा बढि सहभागीहरू थिए ।

 रमेश कुमार यादव,राैतहट,फाल्गुन ०८ गते ।

रौतहट जिल्लाको बृन्दावन नगरपालिका स्थित रहेको एक बिधालयमा पुर्व बिधालय ब्यवस्थापन समितिको अध्यक्षले तालाबन्दी गरेका छन ।

 

जिल्लाको बृन्दावन नगरपालिकाको वार्ड नं.२ बेनौली स्थित रहेको श्री एतबरिया देवी सिता साह प्राथमिक बिधालयमा मंगलबार सोहि बिधालयका जग्गादाता एवम् पुर्व बिधालय ब्यवस्थापक समितिको अध्यक्ष एतवरिया देवी साह लगायत दर्जनौं अभिभावकहरुको सहभागिता उक्त तालाबन्दी गरेको हो । २०७४ सालमा यस विद्यालयको स्थापना गर्न स्थानीय सीता साहको श्रीमती एतबरिया देवीले आफ्ना करोडौं मुल्यको दश का जग्गा विद्यालयको नाममा निशुल्क दान गरेकी थिइन ।

No description available.

जग्गा दाता एतबरिया देवी स्थापना कालदेखि २०७८ सालसम्म यस विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष रहेकी थिइन । समितिको अध्यक्ष एतबरिया देवी हुदा आर्थिक रकम हिनामिना गर्न न पाउदा प्रधानाध्यापक साहले दुई वर्ष अघि बिना कुनै सुचना समिति नै विघटन गरेका थिए । समिति विघटन भएपछि प्रधानाध्यापक साहले बिगत दुई वर्षदेखि आफ्ना मनोमानी तरिकाले विद्यालय सञ्चालन गर्दै आएको स्थानीय सहदेव साहले बताएका छन ।

 

दिवा खाजा, छात्रवृत्ति,विद्यालय पोसाक लगाएतका शीर्षकमा प्रधानाध्यापक साहले ब्यापाक हिनामिना गरेको हुनाले सो रकम पार्दशी गर्नुपर्ने माग राख्दै आफुहरु विद्यालयमा अनिश्चितकालिन तालाबन्दी गरेको अभिभावकहरुले बताएका छ्न । जग्गादाता एवम् पुर्व बि.ब्यवस्थापान समितिको अध्यक्ष साहले भनिन् आफु बिधालयमा रहदा सम्म बिधालयको अवस्था एकदम राम्रो र बिधालयको बिकासको लागी चौतर्फी ठुलो भुमिका खेलेको बताईन ।

 

तर उक्त बिधालयबाट आफुलाई थाहै नदिई बिघटन गरि प्राधानाध्यापकले आफ्नो मातहातमा लिई बिधालयलाई कमाउ खाउ भाँडो बनाई बिधार्थीहरुको जिवनसंग प्रत्यक्ष खेलवाड गरिरहेको साहले आरोप लगाईन् । त्यसतै सोहि ठाउँको स्थानिय सहदेव साहले भने कि यस विद्यालयका प्रधानाध्यापक हरेन्द्र साह विद्यालयलाई कमाउ खाने भाडो बनाएको तथा आफ्ना निजि सम्पत्ति जस्तो कब्जा गरेको र पढईको अवस्था एकदमै कमजोर बनाएको कारण मंगलबार हामि लगायत यहाँका अभिभावकहरुले एतबरिया प्रावीमा तालाबन्दी गरेका बताए । प्रधानाध्यापक साहले विद्यालयको आर्थिक र प्रशासनिक रकम हिनामिना गरेको, बिगत चार वर्ष देखि विद्यालयको हिसाब किताब न दिएको, हिसाब किताब माग्दा अटेरी गरेको र आफनै मन लाग्दी तरिकाले विद्यालय संचालन गर्दै आएको कारण बाध्य भएर स्थानीय र अभिभावकहरुले सो विद्यालयमा तालाबन्दी गरेका छ्न ।

 

प्रधानाध्यापक साहले यस विद्यालयका बालबालिकालाई बिगत चार वर्षदेखि दिवा खाजा नखुवाई दिवा खाजाको रकम हिनामिना गरेको,चार वर्षदेखि बिधार्थी लाई छात्रवृत्ति र विद्यालय पोसाक न दिएको स्थानिय साहले गम्भिर आरोप लगाए । प्रधानाध्यापक साहले विद्यालय व्यवस्थापन समितिसमेत विघटन गरि विद्यालयमा बिद्यार्थीहरुको लागि आउने अनुदान रकम व्यापक हिनामिना गरेको सो हिसाब आफुहरु माग्दा हिसाब दिन अटेरी गर्ने गरेकोले बाध्य भएर हामिलाई यो कदम चाल्नु पर्यो वहाँले भने ।

 

साथसाथै प्र.अ साहले आफ्नो मनपरि आफ्नो श्रीमति रेखा साहलाई राखेको र उनले बिधालयमा नै नपढाई तलब खाएको बताए । वहाँले भने आफुहरुको माग सम्बोधन नभइ बल जबर्जस्ती ताल्चा खोल्ने कसैले कुचेष्टा गरे परिणाम न राम्रो हुने अभिभावक र स्थानीयहरुले चेतावनी दिएका छन । भनिन्छ कि सरकारले वर्षेणी शिक्षाको सुधारको लागि अर्बौं लगानी गर्ने गरेका छन । तरपनि रौतहटमा शिक्षाको अवस्था सुधार हुनुको सट्टा दिन प्रतीदिन खस्किदै गएको छ। शिक्षाको अवस्था सुधार नहुदा सरकारले शिक्षामा गर्ने गरेको अर्बौं लगानी बालुवामा पानी फेरेझै हुने गरेको छ। बृन्दावन नगरपालिकाको वार्ड नं.२ स्थित रहेको एतबरिया देवी सीता साह प्राथमिक विद्यालय झोले विद्यालय रहेको सावित भएको हो । कक्षा पाँच सम्म पढाइ हुने यस विद्यालयमा जम्मा एउटा कक्षा कोठा मात्र रहेको छ ।

 

यस विद्यालयमा २ सय भन्दा बढी बिधार्थी अध्यनरत रहेको भएपनी मुस्किलले १० देखि १५ जना बिधार्थी मात्र पढ्न आउने गरेका छ्न । सञ्चारकर्मीको एक टोलि मंगलवार विद्यालयको अनुगमन गर्न पुग्दा कक्षा एक र दुईको गरि १० जना तथा तीन चार र पाँच कक्षाको गरि जम्मा ८ जना मात्र बिद्यार्थी उपस्थित रहेको भेटिएको छ। बिधार्थीको उपस्थिति संख्या एकदमै न्यून मात्रामा रहेकोले यस विद्यालयमा पढाइ राम्रो नहुने गरेको र यो विद्यालय झोले रहेको पुष्टि हुन्छ । प्रधानाध्यापक, एक बालबिकास शिक्षिका र दुई जना शिक्षक रहेपनी प्रधानाध्यापक कहिले काहीँ विद्यालयमा मात्र आउने गरेका छन भने दुई जना शिक्षकको भरमा विद्यालय संचालन हुदै आएको छ ।

 

बालबिकास शिक्षिका राधा कुमारी साह प्रधानाध्यापक हरेन्द्र साहकी श्रीमती हुन । शिक्षिका राधा साह प्रअ साहको श्रीमती रहेको कारण उनी पनि कहिलेकाही मात्र विद्यालय आउने गरेकी छन । साह महिनामा दुइ तीन दिन मात्र विद्यालय आउने गरेको र हाजिरी रजिस्टूरमा एक महिनाको हाजिरी बनाउने गरेको स्थानीयहरुको आरोप छ। कक्षा कोठाको अभावमा एउटा कक्षा कोठामा कक्षा एकदेखि पाँचसम्मका बिद्यार्थीलाई राखेर पढाउनु पर्ने बाध्यता छ ।

 

विद्यालयमा बेन्च डेस्कको नाममा चार वटा बेन्च डेस्क मात्र रहेको पाइएको छ। ठाँउको अभावमा बिधार्थीहरु खुला आकाशमुनि भुईमा बोरा ओछ्याएर पढ्न बाध्य छन। सो विद्यालयमा भएको शौचालय पनि पÞmोहोरले प्रयोग बिहिन अवस्थामा रहेको छ भने विद्यालयमा कम्पाउण्ड वाल र विद्यालयको बोर्ड समेत नरहेको पाइएको छ।

 

विद्यालयको शौचालय सञ्चालन अवस्थामा नहुदा बिधार्थीहरु खुल्ला चौरमा सौच गर्ने गरेका छन । यस सम्बन्धमा प्राधानाध्यापक हरेन्द्र साहसंग बुझन खोज्दा वहाँको मोबाईलको फोन उठन सकेन ।

 

रौतहट ९ फागुन ।

रौतहटको देवाहि गोनाहि नगरपालिकाको नगर स्वास्थ्य शाखा प्रमुख मनोज यादवको मंगलबार राति हृदयघातको कारण मृत्यु भएको छ।

गरुडा नगरपालिका जयनगर गाउँ घरभएका ५० वर्षीय स्वास्थ शाखा प्रमुख यादवको गएराती १० बजे हृदयघातबाट आकस्मिक निधन भएको हो। आफ्नो घरमै खाना खाएर सुत्नुअघि छाती दुखेको थियो।

उपचारको लागि कतै लैजाने तयारी गरिरहेको अवस्थामा उनको निधन भएको उनका काका नेपाल विधुत प्राधिकरण मौलापुरका प्रमुख दिनेश यादवले बताएका छन्।

उनको शव घरमै रहेको तथा आजै दाहसंस्कार गरिने पीडित परिवारले जनाएको छ। उनलाई हृदय सम्बन्धी कहिले कुनै समस्या नदेखिएको प्राधिकरण प्रमुख यादवले जानकारी दिएका छन्। उनको दुई छोरा र एक जना छोरी रहेको बताइएको छ।न्युज कारखाना

काठमाडौं, ८ फागुन ।

साउदी अरेबियामा जारी पश्चिम एशिया फुटबल एसोसिएसन (वाफ) च्याम्पियनसिपमा नेपालले विजयी शुरुवात गरेको छ ।

 

समुह बी अन्तर्गत मंगलबार सम्पन्न पहिलो खेलमा नेपालले सिरियालाई ४-१ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो ।

 

नेपाली महिला फुटबल टिमले सिरियाविरुद्ध पहिलो हाफमा ३-१ को अग्रता लिएको थियो भने दोस्रो हाफमा एक गोल गरेको थियो ।

 

जेहादस्थित किंग अब्दुल्लाह स्पोर्ट्स सिटी स्टेडियममा जारी खेलमा नेपालका लागि अमिष कार्की, अनिता बस्नेत र सावित्रा भण्डारीले पहिलो हाफमा एक एक गोल गरेका थिए भने दोस्रो हाफको ६९औं मिनेटमा रेखा पौडेलले एक गोल थापेकी थिइन् ।  त्यस्तै नेपालले पहिलो हाफको अन्त्य तिर एक गोल खाएको थियो ।

 

यस प्रतियोगितामा नेपाल र गुआम आमन्त्रित टिमको रुपमा सहभागिता जनाइरहेका छन् । नेपाल रहेको समूह बि मा प्यालेस्टाइन, सिरिया र इराक रहेका छन् भने समुह ए मा आयोजक साउदी अरेबियासहित, गुआम, लेबनान र जोर्डन रहेका छन् ।

 

नेपालले अब दोस्रो खेलइराकविरुद्ध विहिबार खेल्ने तालिका रहेको छ । त्यस्तै समुह चरणको अन्तिम खेल आगामी शनिबार प्यालेस्टाइनसँग खेल्ने छ ।न्युज कारखाना

काठमाडौं, ९ फागुन ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले आज सरकारलाइ ज्ञापन पत्र बुझाउँदैछ ।

 

संबैधानिक राजतन्त्र, हिन्दु राष्ट्र र संङघीयता खारेजीको माग गर्दै राप्रपाले आज सरकारलाइ ज्ञापन पत्र बुझाउन लागेको हो ।

राप्रपा प्रचार बिभाग प्रमुख मोहनकुमार श्रेष्ठका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहालसहित देशका सबै जिल्लामा प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई विभिन्न माग सहितको ज्ञापनपत्र बुझाउॅन लागेको हो ।

राप्रपाले सरकारलाइ आफना माग राख्दै चरणबद्द आन्दोलनको तयारीमा रहेको छ । न्युज कारखाना

काठमाडौं, ९ फागुन ।

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक जारी रहेको छ ।

 

हिजो देखी सुरू भएको केन्द्रिय समितिको सातौं बैठकमा ६ वटा अजेन्डामाथी छलफल जारी राखिएको छ ।

 

अध्यक्ष केपी शर्मा ओलीले उदघाटन मन्तब्य दिएको सो केन्द्रिय समिति बैठकमा समसामयिक राजनीतिक अवस्थाको बारेमा सम्बोधन गरेका हुन ।

 

यसैगरी जारी बैठकमा सांगठनिक कामको समीक्षा, शुद्धीकरण तथा सुदृढीकरण कार्यक्रमको अवधारणा, जनआधारित कार्यकर्ता पार्टी निर्माणमा देखिएको समस्या र समाधानको उपाय, जनपरिचालनसहित समसमायिक राजनीतिक प्रस्तावबारे छलफल हुदैँछ ।

गत फागुन ३ गते बसेको सचिवालय बैठकले केन्द्रीय कमिटी बैठक आह्वान गरे अनुसार हिजोबाट केन्द्रिय समिति बैठक सुरू भएको हो ।न्युज कारखाना

 

काठमाडौं, ९ फागुन ।

नेपाली कांग्रेसको महासमिति बैठक आज पनि जारी रहने छ ।

 

गत सोमवार देखी सुरू भएको महासमिति बैठकमा हिजो पाँचवटा प्रतिवेदन पेश गरिएको थियो । बैठक गोदावरीमा जारी रहने छ ।

महासमिति बैठक दोस्रो दिन पाँच वटा प्रतिवेदन पेश गरिएको प्रचार बिभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिएका छन । हिजोका बैठकको सुरुमा उपसभापति तथा उपप्रधान तथा रक्षमन्त्री पूर्णबहादुर खड्काले नीति प्रस्ताव पेश गरेका थिए भने महामन्त्री गगन थापाले सांगठनिक प्रस्ताव र अर्का  महामन्त्री विश्वप्रकाश शर्माले समसामयीक राजनीतिक प्रतिवेदन पेश गरेका छन ।

 

पार्टी प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, संभावना र भावी दिशासम्बन्धी प्रतिवेदन र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले पेश गरेको लेखा परीक्षण प्रतिवेदन माथी आजबाट छलफल सुरू हुनेछ ।

 

समुहगत रूपमा पाँच प्रतिवेदन माथी आजबाट छलफल हुने कांग्रेसले जनाएको छ ।  महासमिति बैठक फागुन १० सम्म जारी रहने छ ।
न्युज कारखाना

काठमाडौं, ९ फागुन ।

हाल नेपालमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको छ।

 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। गण्डकी प्रदेश र कर्णाली प्रदेशको थोरै स्थानहरुमा हल्का वर्षा भैरहेको अवस्था छ ।

 

दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। मधेश प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चटयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश ,कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको साथै बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

 

राती भने देशभर आंशिक देखि साधारणतया बदली रहने छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र मधेश प्रदेशका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन र चटयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा र बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

 

मधेश प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चटयाङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना र देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेकोले यस प्रणालीका कारण हुने वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवन लगायत  कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात असर पर्न सक्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।न्युज कारखाना

रौतहट ८ फागुन ।
पछिल्लो केही दिनदेखि रौतहटमा देखिएको दुई समुदायबीचको तनाव हटाएर सद्भाव कायम राख्न चौतर्फी पहल सुरु भएको छ । दुवै समुदायको भएको क्षतिको पूर्ति दिलाउन जनप्रतिनिधिदेखि स्थानीय प्रशासन पूर्ण रूपमा प्रयासरत देखिएका छन् ।

 

ईशनाथ नगरपालिकास्थित भएको क्षतिबारे बुझ्न स्थानीय प्रशासनले मंगलवार स्थलगत अनुगमन निरीक्षण गरेको छ । सरस्वती माताको मूर्ति विसर्जन गर्ने विषयमा ईशनाथ–७ घिउरा गाउँमा दुई समुदायबीच झडप भएको थियो । हिन्दू समुदायका मानिसले मूर्ति विसर्जनको लागि शनिबार लागिरहेको ट्याक्टर, डिजे बाजा मुस्लिम समुदायका मानिसले तोडफोड गर्नुका साथै घरको छतबाट प्रहार गरेको ढुंगाले कैयौंलाई चोटपटक लागेको थियो। सोही घटनाको बदला स्वरूप भोलिपल्ट गत आइतबार हिन्दु युवाहरुले ईशनाथ–२ औरैया गाउँस्थित रहेको मुस्लिमहरूको मस्जिदमाथि चढेर माइक सेट तोडफोड गरेको थियो । रौतहट क्षेत्र २ का संघीय सांसद किरण कुमार साहको सुझावअनुसार मंगलबार स्थानीय प्रशासनले उक्त क्षतिबारे वास्तविक बुझ्न स्थलगत अनुगमन निरीक्षण गरेको हो ।

अनुगमन टोलीमा सांसद किरण साह, प्रमुख जिल्ला अधिकारी (सिडिओ) हिरालाल रेग्मी, एसपी महेन्द्र श्रेष्ठको सहभागिता थियो । निरीक्षणको क्रममा उक्त घटनाहरुमा भएको क्षतिको  ईशनाथ नगरपालिकाले तत्काल पूर्ति गर्ने सहमति भएको एसपी श्रेष्ठले बताए ।


निरीक्षणपश्चात सांसद साहसहित प्रशासन प्रमुखहरु दुवै समुदायका अगुवासँगै स्थानीयहरुलाई राखेर सद्भाव कायम राख्नेबारे बृहत छलफल भएको थियो । छलफलमा हिन्दू र मुस्लिम अगुवाका साथै सहभागी जनप्रतिनिधिले आआफ्नो समुदायका मानिसलाई सम्झाइबुझाइ अब सबै मानिस मिलेर सौहार्दपूर्ण बस्ने प्रतिवद्धता जनाएका थिए ।

 

हिन्दू मुस्लिमबीच पुरै भाइचारा निर्वाह गर्ने कुनै सामाजिक समस्या देखिएमा दुवै समुदायका मानिस बसेर छलफल गरी समाधान निकाल्नेसमेत सहमति भएको एसपी श्रेष्ठले जानकारी दिए ।

यसअघि गत शनिबार सरस्वतीको मूर्ति विसर्जनको विषयमा अवस्था तनावग्रस्त हुँदा सिडिओ रेग्मीले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेका थिए । ईशनाथ नगरपालिका वडा २, ३, ४, ५, ६ र ७ मा समेत अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेका थिए । कर्फ्यू हालसम्म यथावत छ । एसपी श्रेष्ठले त्यहाँको अवस्थाअनुसार परिचालित प्रहरी घटाउँदै जाने र जिल्ला सुरक्षा समितिको निर्णयअनुसार कर्फ्यू पनि हटाइने जानकारी दिए ।

सो क्षेत्रमा थप अप्रिय हुन नदिन मधेश प्रदेश प्रहरी प्रमुख डिआईजी यज्ञविनोद पोखरेल, सशस्त्र प्रहरीका डीआईजी दीपेन्द्र साह, राष्ट्रिय अनुसन्धानका डिआईजी सञ्जय यादवसँगै २०० सशस्त्र र ५०० नेपाल प्रहरी गरी ७०० प्रहरी परिचालन गरिएको थियो ।

सांसद साहसँगै अन्य जनप्रतिनिधि, तीनैजना डिआईजीसहित दुवै समुदायका अगुवाहरू मिलेर सोमबार ईशनाथ–७ घिउरा गाउँ छेउको सार्वजनिक पोखरीमा मूर्ति विसर्जनको गरेका थिए । जिल्ला प्रहरी कार्यालय रौतहटले सामाजिक सद्भाव बिग्रिने किसिमको कुनै पनि सामग्री सामाजिक सञ्जालमा नराख्ने आग्रह गर्दै आएको छ ।
न्युज कारखाना

रौतहट, ८ फागुन ।
पूर्व मन्त्री तथा आम जनता पार्टीका अध्यक्ष  प्रभु साहले असक्षम फिरंगी नेताहरु नेतृत्वमा पुग्दा रौतहट समग्र विकासमा पछाडि परेको टिप्पणी गरेका छन। सधैं भरी बाहिर बसेर चुनावको समय मात्र रौतहट सम्झने नेताहरुको नेतृत्वका कारण जिल्ला पछि परेको उनले टिप्पणी गरेका हुन्।

गृह जिल्ला रौतहटको सदरमुकाम गौरमा भन्सारको लुटकारी ४५ प्रतिशत पुरस्कारको ब्यबस्था हटाउन पार्टी द्वारा आयोजित बृहत्त भेलालाई  सम्बोधन गर्दै उनले उक्त विचार राखेका थिए। २०१५ सालदेखि देशको ठूला ठूला आन्दोलन ,  राजतन्त्रविरुद्धको  आन्दोलनमा समेत रौतहटको भूमिका महत्वपूर्ण तथा अग्रणी रहेको उनकाे भनाइ छ ।

तर, पछिल्लो समय  केही नेता व्यक्तिगत स्वार्थमा लागेको कारण जिल्लाको नाम बदनाम मात्र होइन कलंकित भइरहेको बताएका अध्यक्ष साहले  पूर्व प्रधानमन्त्री माधव कुमार नेपालप्रति आक्रोस व्यक्त गर्दै
देशको नेतृत्व गर्दा पनि आफ्नै गृह जिल्ला विकासमा पछाडि पर्नु फिरंगीपनको संज्ञा दिए ।

पूर्वकालदेखि उर्वरभूमि मधेश भूमि उजाड हुनुमा मुख्यतः नेता नेपाल र उपेन्द्र यादव रहेको उनको आराेपमा छ । संघीयता भएदेखि नै उपेन्द्र यादवको पार्टीले मधेशको सत्ता चलाए पनि मधेश प्रदेश कहाँ पुग्यो सहजै अनुमान गर्न सकिने उनकाे भनाइ छ ।

नेता नेपाल र  यादव सधैं सत्ता कुर्सीको लागि देश जनतालाई धाेका दिएकाे भन्दै उनले उनीहरुकै कारणले मधेशमा बेरोजगारी गरिबी समेत बढेको बताए । गौर हत्याकाण्डमा अहिलेसम्म पीडितले न्याय पाउन नसकेको बताउँदै उनीहरुलाई न्याय दिलाएरै छोड्ने उनले प्रतिवद्धता जनाए ।

कार्यक्रममा नेता साहका साथै आमजनता पार्टीका मधेश प्रदेश ईन्चार्ज सुधीर यादव, जिल्ला इन्चार्ज त्रिभुवन साह लगायतले गौर हत्याकाण्डका दोषी कुनै पनि हालतमा उन्मुक्ति नपाउने चेतावनी दिएका थिए।न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।