रौतहट, ९ फागुन ।
रौतहटको ईशनाथ नगरपालिकामा गत शनिबारबाट जारी गरिएको कर्फ्यू आदेश बुधबार बेलुका ५ बजेदेखि लागू हुने गरी हटाइएको छ ।
ईशनाथ नगरपालिका–७ स्थित घिउरा गाउँमा सरस्वती पूजाको मूर्ती विसर्जन गर्ने क्रममा हिन्दु–मुस्लिम दुवै समूहबीच उत्पन्न भएको विवादलाई नियन्त्रणमा लिई शान्ति सुरक्षा कायम राख्न भन्दै गत शनिबार बेलुका ५ बजेबाट ईशनाथ नगरपालिकाअन्तर्गत वडा नं. २, ३, ४, ५, ६ र ७ मा कर्फ्यू आदेश जारी गरिएको थियो ।
तर, हाल स्थिति सामान्य भइसकेकोले बुधबार बेलुका ५ बजेदेखि लागू हुने गरी कर्फ्यू पूर्णरुपले हटाइएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले सार्वजनिक सूचना निकालेर जानकारी दिएका छन् ।
कर्फ्यू आदेश हटाइएको सार्वजनिक सूचना
यस जिल्लाको ईशनाथ न.पा.–७ स्थित घिउरा गाँउमा सरस्वती पूजाको मूर्ती विसर्जन गर्ने क्रममा हिन्दु–मुस्लिम दुवै समूहबीच उत्पन्न भएको विवादलाई नियन्त्रणमा लिई शान्ती सुरक्षा कायम गर्न २०८०।११।०५ गते बेलुका ५ः०० बजे देखी अर्को आदेश नभए सम्मको लागि ईशनाथ नगरपालिका अन्तरगत वडा नं. २, ३, ४, ५, ६ र ७ मा तोकिएको चार किल्ला सहितको स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को क (१) बमोजिम कर्फ्यू आदेश जारी गरिएकोमा हाल स्थिति सामान्य भईसकेकोले क्षेत्र सिमा विस्तार सहितको मिति २०८०।११।०६ मा जारी कर्फ्यू आदेश स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) को ५ बमोजिम मिति २०८०।११।०९ गते बेलुका ५ः०० बजे देखी लागु हुने गरी पूर्णरुपले हटाइएको व्यहोरा जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।
हिरालाल रेग्मी
प्रमुख जिल्ला अधिकारी
न्युज कारखाना
काठमाडौं, ९ फागुन।
नेपाली कांग्रेसको महासमितिको बैठकका लागि नेपाली जनसम्पर्क समिति वेलायतले ६ जना महासमिति सदस्य चयन गरेको छ ।
नेपाली कांग्रेसको १४ औं केन्द्रीय महाधिवेशनबाट चयन भएका १४ महाधिवेशन प्रधिनिधिमध्येबाट सभापतिसहित ६ जना महासमिति सदस्यमा चयन भएका हुन् । जनसम्पर्क समितिका सभापति युवराज गुरुङका अनुसार २६ जनवरीमा बसेको महासमितिको बैठकले गुरुङसहित बिनोद मोक्तान, इन्द्रहाङ लिङदेन, कोपिला सुब्बा, कुमारी गुरुङ र केश वहादुर गुरुङ महासमिति सदस्यमा चयन गरेको हो ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिलाई सम्बोधन गर्दै सभापति गुरुङले नेपाली जनसम्पर्क समिति वेलायतको पाचौं महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्दै समितिको बिधानत महासमिति सदस्य चयन गरेको जानकारी गराएका छन् ।
काठमाडौं, ९ फागुन ।
काठमाडौंको स्वयम्भूमा आमा र दुई छोरीको हत्यापछि श्रीमानले आत्महत्या गरेका छन्। नागार्जुन नगरपालिका वडा नम्बर ६ स्थित एउटा घरमा बुधबार बिहान आमा र दुई छोरीको हत्यापछि श्रीमानले आत्महत्या गरेको प्रहरी वृत्त स्वयम्भूले जनाएको छ।
हत्या भएको ठाउँदेखि करिब दुई किलोमिटर टाढा जंगलमा श्रीमान् झुन्डिएको अवस्थामा मृत फेला परेको वृत्त प्रमुख डिएसपी पूर्णिमा चन्दले बताइन्।
ओखलढुंगा घर भई उक्त घरमा डेरा गरी बस्ने ३९ वर्षीया ईश्वरी श्रेष्ठ, उनकी ८ वर्षीया छोरी अनिशा श्रेष्ठ र २ वर्षीया छोरी शिवानी श्रेष्ठको हत्या भएको थियो। हत्यापछि काजी विश्वकर्मा भनिने राजु घिमिरेले आत्महत्या गरेको चन्दले बताइन्।
‘हत्यापछि श्रीमान् हरिसिद्धीस्थित जंगलमा झुन्डिएको अवस्थामा फेला परेका छन्,’ उनले भनिन्।
घिमिरे घर बनाउने काम गर्थे। हत्यापछि उनले ससुरालाई फोन गरेर आत्महत्या गर्न लागेको बताएका थिए।
हत्याको कारण खुलिसकेको छैन। प्रहरीले शवको मुचुल्का उठाइरहेको छ।न्युज कारखाना
रौतहट, ९ फगुन ।
खुला सीमाका कारण भारतीय कुखुरा निर्वाध रूपमा रौतहटको विभिन्न नाका हुँदै छिरेपछि नेपाली कुखुरा उत्पादक किसान मारमा परेका छन् । सीमावर्ती क्षेत्रमा रहेका सशस्त्र प्रहरी र नेपाल प्रहरीको मिलोमतोमा भारतीय तस्करहरूले नेपालमा भारतीय कुखुरा भित्र्याउन थालेपछि त्यसको असर नेपाली किसानमा पर्न थालेको छ ।
सीमामा तैनाथ रहने नेपाल प्रहरी र सशस्त्र प्रहरीले बेलाबेलामा भारतीय कुखुरा बरामद गरेर नष्ट गर्ने गरेको भएपनि भारतबाट आउने कुखुराका कारण नेपाली किसान संकटमा परेको उनीहरुले गुनासो गरेका छन् ।
भारतबाट लुकाई छिपाई नेपाल भित्र्याउन लागेको ६० वटा बोइलर कुखुरा सोमबार नेपाल प्रहरीले बरामद गरेर नष्ट गरेको छ । साइकलमा भारतबाट लोड गरेर नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा कोपुवा पिपरिया प्रहरी चौकीले ६० वटा कुखुरा बरामद गरेको हो । कुखुरासँगै कुखुरा ल्याउन प्रयोग गरिएको चारवटा साइकल समेत प्रहरीले बरामद गरेको छ । ३८ हजार ४ सय मूल्य बराबरको कुखुरा प्रहरीले नष्ट गरेको हो ।
खुला सीमाका कारण भारतीय बोइलर कुखुरा सहजै नेपाली बजारमा छिर्न थालेपछि नेपाली किसानहरु देशको प्रत्यक्ष मारमा परेको कुखुरा व्यवसायी रामविनोद पाण्डेको भनाइ रहेको छ । बेलाबेलामा सीमावर्ती क्षेत्रबाट नेपालभित्रने भारतीय ब्राेइलर कुखुरा नेपाल प्रहरी र सशस्त्र प्रहरीले बरामद गरेर नष्ट गर्ने गरेको भए पनि नेपालभित्रने क्रम रोकिन नसकिएको पाण्डेको भनाइ रहेको छ ।
रौतहटका कुखुरा व्यवसायीहरूले सीमा मात्रै सशस्त्र प्रहरी र नेपाल प्रहरीको मिलोमतोमै भारतीय बोइलर कुखुरा सहजै नेपाली बजारमा आउने गरेको आरोप लगाउँदै आएका छन् । नेपालमा उत्पादन भएका ब्राेइलर कुखुराको तुलनामा भारतबाट आउने ब्राेइलर कुखुरा सस्तो पर्ने भएका कारण नेपाली बजारमा भारतीय कुखुरा बढी बिक्री हुने हुँदा नेपाली कुखुरा उत्पादक किसान मारमा परेको उनीहरूको गुनासो छ ।
भारतीय ब्राेइलर कुखुराको चल्ला र मासु प्रयोजनका लागि ठूलै ब्राेइलर कुखुरा नेपाल भित्रिन थालेपछि रौतहटका कुखुरा उत्पादक किसानहरू समस्यामा परेको भन्दै उनीहरूले भारतीय कुखुरा आयातमा रोक लगाउन सुरक्षा निकायसँग माग गरेका छन् ।न्युज कारखाना
काठमाडौँ, ९ फागुन ।
नेपालले नामिबियालाई १६९ रनको लक्ष्य दिएको छ । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ३७.१ ओभरमा अल आउट हुदै १६८ रन बनाएको हो ।
नेपालका लागि आसिफ सेखले सर्बाधिक ५८ रन बनाएका थिए । त्यस्तै कुशल मल्लले ३६, भिम सार्कीले २६ तथा कुशल भुर्तेलले १८ रन बनाएर आउट भएका थिए ।
त्यस्तै कप्तान रोहित पौडेल, अनिल शाह र देव खनाल शुन्यमा आउट भए भने दिपेन्द्र सिंह ऐरीले ६, सोमपाल कामीले ५ र करण केसीले १२ रन बनाए ।
त्यसैगरी नामिबियाका बलर बेरनार्ड स्कोल्ज र जान निकोल एटनले ४-४ विकेट लिएका थिए ।न्युज कारखाना
ललितपुर, ९ फागुन ।
नेपाली काँग्रेसको जारी महासमिति बैठकमा आज तेस्रो दिन चार समूहमा विभाजन गरेर पाँच प्रतिवेदनमाथि छलफल भइरहेको छ ।
समूहगत छलफलमा सहभागीहरुले मंगलबार प्रस्तुत प्रतिवेदनमाथि सुझाव तथा धारणा राखिरहेका छन । आफ्ना सुझाव तथा धारणा राख्न एक सहभागीलाई पाँच मिनेटको समय तोकिएको छ ।
सम्मेलन केन्द्रको मुख्य हल गोदावरी हलमा कोशी र सुदुरपश्चिम प्रदेश, कोन्ज्योसोम हलमा लुम्बिनी प्रदेश, भातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिहरु, फूलचोकी हलमा बागमती र गण्डकी प्रदेश र विशंखुनारायण हलमा मधेश र कर्णाली प्रदेशको समूहगत छलफल भैरहेको छ ।
कांग्रेसको महासमिति बैठक फागुन १० गते विहिबारसम्म सञ्चालन हुनेछ ।
समूहगत छलफलमा आज सबै सहभागीहरुले धारणा राख्नुहुने व्यवस्था मिलाइएको प्रचारप्रसार उपसमिति संयोजक मीन विश्वकर्माले जानकारी दिए ।
‘हामीले महासमिति बैठकमा सहभागी सबै सदस्यहरुको धारणा लिन आवश्यक समयको व्यवस्थापन गरेका छौं, सबै सदस्यहरुले आफ्ना धारणा तथा सुझावहरु राख्न पाउने छन,’ उनले भने । न्युज कारखाना
हेटौंडा, ९ फागुन ।
चलचित्र पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय भेला १३ बुँदे घोषणापत्र जारी भएसँगै सकिएको छ । गत शनिबारदेखि सुरु भएको भेला मंगलबार घोषणापत्र जारी सँगै सकिएको हो । बागमती प्रदेशको राजधानी हेटौँडामा सुरु भएको भेलामा विभिन्न विषयमा अन्तरसंवादका साथै कार्यशाला गरी सम्पन्न भएको हो ।
कार्यक्रममा सहभागी हुन देशभरबाट करिब दुई सय चलचित्र पत्रकार र कलाकारहरूको उपस्थिती रहेको थियो । संस्था स्थापनाको २५ वर्ष पूरा भएको अवसरमा संघको आयोजनामा भएको भेलामा सिनेमा र पर्यटन संवाद, अन्तक्र्रिया, कार्यशाला, गोष्ठी, कार्यपत्र प्रस्तुतलगायत विषयका सेसन सञ्चालन भएका थिए ।
भेलाको उद्घाटन कार्यक्रम हेटौंडा उपमहानगरपालिकाका नगरप्रमुख मीनाकुमारी लामाले गरेकी थिईन् भने समापन कार्यक्रम प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रम संघका केन्द्रीय अध्यक्ष समीर बलामीको सभाध्यक्षतामा भएको थियो । कार्यक्रमलाई चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाले समन्वय र व्यवस्थापन गरेको थियो ।
भेलामा विभिन्न विषयका सेसन सञ्चालन गरिएको थियो । कार्यक्रमको सुरुवातमै संघका पूर्व अध्यक्ष शान्तिप्रियले चलचित्र पत्रकारिताको ईतिहास र वर्तमान अवस्थाबारे कार्यपत्र प्रस्तुत गरिनुका साथै उक्त कार्यपत्रमा पत्रकार एंव नेपाल टेलिभिजनका महाप्रवन्धक फुलमान बलले टिप्पणी गरेका थिए । त्यस्तै बागमती प्रदेशको सञ्चार रजिष्ट्रार रेवती प्रसाद सापकोटाले प्रदेश सरकारले निर्माण गर्दै गरेको चलचित्र विधेयक मस्यौदाबारे कार्यपत्र प्रस्तुत गरिनुका साथै उक्त कार्यपत्रका विषयमा पत्रकार विजयरत्न तुलाधार र सञ्जु राई, निर्माता नरेन्द्र महर्जन र आकाश अधिकारी, चलचित्र विकास बोर्डका अध्यक्ष भूवन केसीले आफ्नो राय सहितको सुझावका राखेका थिए ।
यसैगरी भेलामा पत्रकार ध्रव लम्सालले नेपाली चलचित्र उद्योगको अवस्था (हिजो, आज र भोली) भन्ने विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए भने उक्त कार्यपत्रमा पत्रकार विदुर गिरीले टिप्पणी गरेका थिए । आजको चलचित्र पत्रकारिता र आचारसंहिताको सवालमा प्रेस काउन्सिलका सदस्य ठाकुर वेलबासेले आफ्नो भनाईसँगै टेलिभिजनका महाप्रवन्धक फुलमान बलले आचारसंहिताको कसीमा अबको चलचित्र पत्रकारिता विषयमा आफ्नो कार्यपत्र प्रस्तुत गरी बृहत छलफल गरिएको थियो । यस विषयमा उठेका सवालको जवाफ प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले दिएका थिए ।
यस्तै, विज्ञापन बोर्डका कार्यकारी अध्यक्ष लक्ष्मण हुमागाईले चलचित्र पत्रकारिता, विज्ञापन रहित नीति र अनलाईन बजार व्यवास्थापन विषयमा कार्यपत्र प्रस्तुत गरी बृहत छलफल समेत गरिएको थियो ।
कार्यक्रमको विशेष संवादमा चलचित्र सेन्सर की ग्रेडिङ? भन्ने विषयमा निर्देशक मनोज पण्डित, निर्देशक दयाराम दाहाल, चलचित्र विकास बोर्डका सदस्य रवि अधिकारी, सेन्सर बोर्डका सदस्य ऋषिराज आचार्यबीच संजोक बत्स्यालले छलफल गराएका थिए । त्यस्तै, मिडिया प्रमोशन र कर्पोरेट लगानीको विषयमा भने निर्माता संघका निवर्तमान अध्यक्ष आकाश अधिकारी, निर्माता रवीन्द्रसिंह बानियाँ, नेपाल टेलिभिजनका महाप्रवन्धक फुलमान बल, निर्देशक निश्चल बस्नेतबीच छलफल गराइएको थियो । उक्त छलफललाई पत्रकार अशोकप्यासी राईले सहजीकरण गरेका थिए । यसैगरी चलचित्र वितरक नरेन्द्र महर्जन, नायिका स्वस्तिमा खड्का, चलचित्र विकास बोर्ड सदस्य राजु केसी, हाइलाईट्स नेपालका प्रवन्धक जनक तामाङलाई पत्रकार सुव्रत आचार्यले सिनेमा बजार (राष्ट्रिय अन्तरराष्ट्रिय र ओटीटी) विषयमा छलफल गराएका थिए ।
कार्यक्रममा विशेष संवाद अन्तरगत सिनेमा र पर्यटन संवादमा सञ्चारकर्मी दिनेश डिसीले चलचित्र बोर्ड सदस्य भूवन केसी, निर्देशक दयाराम दाहाल, नायिकका केकी अधिकारी र पर्यटन बोर्डका सदस्य सूर्य थपलियालाई सिनेमा र पर्यटन विषयक बृहत छलफल गराइएको थियो । कार्यक्रममा चलचित्र पत्रकारिताको फिचर लेखनका साथै पत्रकारिता केहो ? भन्ने विषयमा प्रशिक्षक अरुण बराल र चिरन्जीवी पौडेलले प्रशिक्षण दिएका थिए ।
हेटौँडामा भएको चार दिने राष्ट्रिय भेलाले १३ बुँदे घोषणा पत्र २०८० जारी गरेको छ । उक्त जारी घोषणा पत्रमा यी कुरा उल्लेख गरीएको छ । डब्बु क्षेत्रीको संयोजकत्वको पाँच सदस्यीय टोलीले उक्त घोषणापत्र जारी हो ।
यस्तो छ १३ बुँदे जारी घोषणा पत्र
१. भीमफेदी कुलेखानी सुरुङ मार्ग निर्माण गरी हेटौँडासहित समग्र मकवानपुरलाई फिल्म हवको रुपमा विकास गर्न चलचित्र पत्रकार संघ नेपाल सम्बन्धित सरोकारवाला निकायसँग माग गर्दछ ।
२. केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले स्थानीय पर्यटकीय ठाउँको पर्यटन प्रवद्र्धनका लागि सिनेमा पर्यटनलाई जोड दिँदै विभिन्न कार्यक्रमहरु तय गर्न तीनै तहको सरकारसँग यो भेला माग गर्दछ ।
३. हेटौँडाको विभिन्न आसपासका क्षेत्र र मकवनपुरको चित्लाङ, कुलेखानी, दामन, थाहा, मकवानपुरगढीलगायतका ठाउँमा सिनेमा पर्यटनलाई जोड दिई आवश्यक पुर्वाधार निर्माणका लागि प्रदेश र स्थानीय तहका दुबै सरकारसँग यो भेला माग गर्दछ ।
४. नेपाली सिनेमा बजारको अध्ययन, अनुसन्धान, व्यवस्थापन र विस्तारका लागि विभिन्न कार्यक्रमहरु संचालन गर्न र नेपाली सिनेमा बजारको विस्तारका लागि निरन्तर योगदान गरिरहेका व्यक्ती तथा सस्थाहरुसँग सहकार्य समन्वय गरी प्रोत्साहन र प्रवद्र्धन गर्न यो भेला सम्बन्धित पक्षसँग माग गर्दछ ।
५. विट पत्रकारिताको समस्या सम्बोधन गरी यसको संरक्षण र प्रवद्र्धनका लागि विशेष योजना बनाउन सम्बन्धित निकायसँग यो भेला माग गर्दछ ।
६. अनलाईन पत्रिका तथा बिट पत्रकारितालाई पनि लोक कल्याणकारी विज्ञापनले समेट्न यो भेला माग गर्दछ ।
७. स्वायत्त चलचित्र उद्योगका लागि समयानुकुल र नेपाली चलचित्रको विकासका लागि प्रभावकारी रुपमा चलचित्र ऐन यथाशक्य संशोधन गर्न यो भेला माग गर्दछ ।
८. नेपाली सिनेमाको माध्यमबाट पर्यटन प्रवद्र्धनका लागि प्रभावकारी कार्यक्रमहरु तय गर्न यो भेला तीनै तहका सरकार र सम्बन्धीत निकायसँग जोडदार माग गर्दछ ।
९. कला, संस्कृति र पहिचानसहितको मौलिक चलचित्र तथा अन्तर्राष्ट्रिय रुपमा प्रतिनिधित्व गर्ने नेपाली चलचित्र वा चलचित्रकर्मी र महोत्सवहरुमा जाने चलचित्र तथा चलचित्रकर्मीलाई प्रोत्साहन तथा प्रवद्र्धन प्रचार प्रसार गर्न यो भेला सम्बन्धीत निकायसँग माग गर्दछ ।
१०. श्रमजीवी पत्रकार ऐनको पूणर् कार्यान्वयनको लागि यो भेला माग गर्दछ ।
११. सरकारले पत्रकार सम्बद्ध संघ संस्थालाई दिइँदै आएको सहुलियत अनुदान रकम निकै न्यून छ । चलचित्र पत्रकार संघ नेपालले सो अनुदान समेत प्राप्त गर्न सकेको छैन । चलचित्र पत्रकार संघ नेपाललाई हरेक आर्थिक वर्षमा सहुलियत अनुदान रकम उपलब्ध गराउन केन्द्रीय, प्रदेश तथा स्थानीय सरकारलाई यो भेला माग गर्दछ ।
१२. हेटौँडाको मकवानपुरगढी, शहिद स्मारक, कुष्माण्ड सरोवर त्रिवेणी धाम, वनस्खण्डी, भुटनदेवी मन्दिर, पाथिभरा, पुष्पलाल पार्क, चिप्लेटी गाउँ, हर्नामाडी मुर्तिपार्क लगायतका ठाउँहरुलाई प्रवद्र्धनका लागि सिनेमामार्फत प्रस्तुत गर्न र त्यसको लागि स्थानीय सरकारले समन्वय र सहुलियतको व्यवस्था गर्न यो भेला माग गर्दछ ।
१३. संघको प्रथम राष्ट्रिय भेला सम्पन्न गर्न सहयोग गर्नुहुने बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालय र सञ्चार रजिष्ट्रार कार्यालय, बागमती प्रदेश सरकारको संस्कृती तथा पर्यटन मन्त्रालय, चलचित्र विकास बोर्ड, प्रेस काउन्सिल नेपाल, विज्ञापन बोर्ड, नेपाल पर्यटन बोर्ड, नेपाल टेलिभिजन, चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखा लगायत सम्पूणर् संघ संस्था र प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सबैमा यो भेला हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।न्युज कारखाना
बारा, ९ फागुन ।
वीरगन्जमा केही दिन यता दुई फरक धर्मका समुदायबीच तनाव बढ्दै गएपछि बुधवार बाराको जीतपुरमा ‘सद्भाव र्याली’ निकालिएको छ ।
रौतहटको इशनाथ नगरपालिकामा गत बिहीबार सरस्वती माताको मूर्ति सेलाउने क्रममा दुई समुदायबीच भएको भिडन्तको घटनालाई लिएर वीरगन्जमा पनि तीनदिन यतादेखि तनाव भइरहेको छ । उक्त घटनाको विरोधमा सोमबार हिन्दुवादीहरूले वीरगन्ज बजार बन्द गराउनुका साथै प्रदर्शन पनि गरेका थिए ।
यसैलाई मध्यनजर गरी बाराको जीतपुरमा ‘सद्भाव रयाली’ निकालिएको हो । प्राप्तीको लागि प्रेरणा समूह नेपाल र ब्रह्मकुमारी राजयोग उपसेवा केन्द्र जीतपुरको अगुवाईमा ‘सद्भाव रयाली’ निकालिएको हो । जीतपुर स्थित वडा कार्यालय परिसरबाट सुरू भएको ‘सद्भाव रयाली’ बकुलिया सडक, केराढोका , हुँदै नगर परिक्रमा गरेको थियो ।
सो ‘सद्भाव रयाली’ मा मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरी ,जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ७ का वडाध्यक्ष सुनिलकुमार गुप्ता शिक्षक–शिक्षिका बिद्यार्थीहरु,नागरिक समाजका अगुवा,मानवअधिकारकर्मी ,सञ्चारकर्मीलगायतको सहभागीता थियो ।
‘सद्भाव रयाली’ मा सहभागीले ‘ धार्मिक सद्भाव कायम गरौं ’ सामुदायिक सदभाव कायम राखौं,’ ‘हिन्दू–मुस्लिम भाइ भाइ’भन्ने नारासहित जीतपुरमा कुनै अप्रिय घटना न घटोस भनेर सदभाव र्याली निकालिएको प्राप्तिका लागि प्रेरणा समुह नेपालका अध्यक्ष अनिल कुमार साहले बताए । धर्म कै नाममा विभेद गरेर समाजमा कलह र हिंसा पैदा गर्न खोज्नेहरू देखि जीतपुरबासी सचेत छन् भन्ने सन्देश प्रवाह गर्नका लागि सद्भाव र्याली निकालिएको अध्यक्ष साहले बताए ।
उनले भने, ‘हामी जीतपुरबासी एकदम सचेत छौँ र हामी एकआपसमा मिलेर बसेका छौँ भन्ने सन्देश हामीले यस र्यालीबाट दिन खोजेका हौँ ।’
आपसी भाइचारा बिथोल्ने गरी बढ्दै गएका गतिविधिप्रति र्याली मा सहभागी हिन्दु र मुस्लिम धर्मका अगुवाहरुले चिन्ता व्यक्त गरे । समुदायलाई उक्साहटमा ल्याएर सद्भाव बिगार्ने र शान्ति प्रक्रियामा खलल गर्नेहरूलाई कानुनको दायराभित्र ल्याई कारबाही गर्न र्यालीमा सहभागी भएकाहरुले माँग गरेका छन ।न्युज कारखाना
काठमाडौं, ९ फागुन ।
परराष्ट्रमन्त्री नारायण प्रकाश साउद आज नयाँदिल्ली जाँदैछन् ।
बहुपक्षीय मञ्च ‘रायसिना संवाद’को नवौँ संस्करणमा भाग लिन परराष्ट्र मन्त्री साउँद आज नयाँदिल्ली जान लागेका हुन ।
परराष्ट्र मन्त्री साउदले यही फागुन ११ गते शुक्रबार हुने फोरमको बिशेष कार्यक्रमला सम्बोधन गर्ने छन् ।
रायसिना संवाद एक बहुपक्षीय मञ्च हो, जसलाई ‘अब्जर्भर रिसर्च फाउन्डेसन’ले भारत सरकारको विदेश मन्त्रालयसँगको सहकार्यमा आयोजनामा सो सम्मेलन गर्दै आएको छ ।न्युज कारखाना