२०८३ बैशाख १४
२०८३ बैशाख १४

काठमाडौं, ८ फागुन ।

नेपाली कांग्रेसका नेता एवम् महासमिति सदस्य पुष्पकुमार शाहीले सनातन हिन्दु् धर्मलाई कांग्रेसले महासमिति बैठकमा आफ्नो आधिकारिक एजेण्डा बनाउनुपर्ने बताएका छन्।

 

२०७२ को संविधानमा नेपाललाई धर्म निरपेक्ष राष्ट्र घोषणा गरेकोमा संविधानको उक्त धारा सच्याउनु पर्ने शाहीले बताए। ‘कांग्रेसले सनातम धर्मलाई आत्मसाथ गर्नु लोकतन्त्र, राष्ट्र र जनताको पक्षमा हुन्छ। त्यसैले मुलुकमा हिन्दु राष्ट्र कांग्रेस दृढ हुनुपर्छ,’ उनले भने।

 

हिन्दु धर्ममा भएका कतिपय ट्रेडिस्नल कुरालाई छोडेर परिस्कृत गर्दै नेपाललाई हिन्दु धर्म कारयम गर्नुपर्ने शाहीको माग छ। हिन्दु धर्ममात्र नभएर संस्कार पनि भएको शाहीले बताए। संस्कारले पहिचान झल्काउने भएकाले पहिचानका लागि पनि हिन्दु धर्म अपरिहार्य रहेको उनले औंल्याए।

 

सनातन हिन्दु राष्ट्रको पक्षमा रहेका नेपाली कांग्रेसका महसमिति सदस्यहरूले हस्ताक्षर अभियान चलाएका छन्।

 

महासमिति बैठक चलिरहेको ललितपुरको गोदावरीमा स्टल नै बनाएर उनीहरूले हस्ताक्षर अभियान चलाएका हुन्। ‘सनातन हिन्दु राष्ट्र नेपाल’ अभियानको नाममा अहिलेसम्म ४ सय महासमिति सदस्यहरूले हस्ताक्षर गरेका छन्।

 

अभियानको पक्षमा पूर्व महामन्त्री शशांक कोइरालाबाहेक अरू शीर्ष नेताहरूले हस्ताक्षर गरेका छैनन्। २०७५ सालको महासमितिमा पनि हिन्दु राष्ट्रको पक्षमा हस्ताक्षर अभियान चलाइएको थियो। त्यतिबेला भने कोइरालाले यो एजेण्डामा हस्ताक्षर गरेका थिएनन्।

 

त्यसबेला महासमितिमा रहेका ७२१ जना सदस्यहरूले हस्ताक्षर गरे पनि त्यसले बैठकमा औपचारिक प्रवेश भने पाएको थिएन।न्युज कारखाना

काठमाडौं, ८ फागुन ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग  इन्टर पारिस, पार्लियामेन्ट इन पार्टरनसिपका प्रमुख जोनाथन मफीले भेटवार्ता गरेका छन् । नेपाल भ्रमणका अवसरमा मंगलबार सिंहदरबारस्थित कार्यकक्षमा उनीहरुबीच शिष्टाचार भेट भएको हो ।

भेटका अवसरमा अध्यक्ष तिमिल्सिनाले संसद जनताका सवाल उठाउने र कानुन निर्माण गर्ने थलो भएकाले यसलाई प्रभावकारी बनाउन सक्दा प्रजातन्त्र बलियो बने बताए ।  उनले सरकारलाईं कसरी संसद र जनताप्रति उत्तरदायी बनाउन सकिन्छ भन्ने कुरामा इयुबाट सहयोग हुने अपेक्षा व्यक्त गरे ।

अध्यक्ष तिमिल्सिनाले नेपालको संसद भवन भूकम्पमा क्षतिग्रस्त भएपछि नयाँ बन्ने चरणमा रहेकाले त्यसलाई कसरी प्रविधियुक्त तथा पेपरलेस बनाउन सकिन्छ तथा सांसद र संसदका कर्मचारीको क्षमता बिकासका लागि पनि सहकार्य गर्न इच्छुक रहेको बताए ।

भेटमा प्रमुख मर्फीले प्रजातन्त्र नै युरोपेली संसदको गहना भएको बताउँदै नेपालको संसद संग प्रजातान्त्रिक पद्धति बलियो बनाउने उल्लेख गर्दै आगामी दिनमा आवश्यकताका आधारमा दुई पक्षीय सहयोगका विषयमा सहकार्य गर्दै जान सकिने बताए । न्युज कारखाना

काठमाडौं, ८ फागुन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान विश्व देखिएका जातीय तनाव र आतङ्कवादका विभिन्न कारकहरूबाट सञ्चालित जटिल द्वन्द्वका कारण शान्ति स्थापनार्थ सैनिकहरूले खतराको सामना गर्नुपरेको बताएका छन्  ।

 

‘चौथो शान्ति प्रयास’ अभ्यासको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले वहुस्तरीय प्रकृतिका द्वन्द्वका विषमा हामीहरू सचेत हुनुपर्ने बताएका हुन ।

शान्ति स्थापना कार्यहरू जटिल राजनीतिक–सैन्य–मानवीय प्रयासका रूपमा विकसित भएको उल्लेख गदै उहाँले शान्ति सैनिकले अझ धेरै बुझ्नुपर्ने र तयारी गर्नुपर्ने अवस्था आएको बताए ।

 

“संयुक्त राष्ट्रको शान्ति स्थापना कार्यको विश्वास र वैधानिकता कायम राख्न नयाँ जटिल चुनौतिहरूका माझ विश्वमा कसरी शान्ति प्रदान गर्ने भनेर हामीले पुनः मूल्याङ्कन गर्नुपर्ने भएको छ,” प्रधानमन्त्रीले भने ।

 

शान्ति स्थापनाको महत्त्वलाई अतिरञ्जित गर्न नहुने बताउँदै उहाँले त्यसका लागि मानवताको गहिरो भावना, प्रतिबद्धता र कमजोरलाई जोगाउने हस्तक्षेप गर्ने तत्परता आवश्यक पर्ने उनको भनाइ छ ।

 

खतराको ठूलो सामना गरेर शान्ति सैनिकहरूले मानवताको गहिरो भावना र प्रतिबद्धतालाई मूर्त रूप दिइरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले शान्ति सैनिकले गरेको त्यस्ता प्रयासको गहिरो प्रभाव परेको जनाएका छन ।

“यस अवसरमा म विश्वभर शान्तिको जोजीमा बलिदान दिने बहादुर शान्ति सैनिकहरूप्रति सम्मान एवं श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु,” प्रधानमन्त्री प्रचण्डले भने,  “उहाँहरूको निस्वार्थता र समर्पण हामी सबैको लागि प्रेरणको स्रोत हो ।” उनले कठिन चुनौतिको सामना गर्दै वीरता र करुणका साथ सेवा जारी राख्ने शान्ति सैनिकहरूप्रति प्रशंसा गरेका छन ।

 

नेपालले अन्तर्राष्ट्रिय मञ्चहरूमा शान्ति र समानताका लागि निरन्तर र जोडदाररूपमा वकालत गरेको र आगामी दिनमा पनि गर्ने स्पष्ट पार्दै प्रधानमन्त्री प्रचण्डले भने, “नेपालको प्रतिबद्धता विश्वमा शान्ति र सद्भावका चाहनामा निहित छ ।”

 

नेपालले विश्व शान्ति, प्रगति र समृद्धिमा संयुक्त राष्ट्रसङ्घको महत्त्वपूर्ण योगदानको प्रशांसा गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्रसङ्घको शान्ति प्रयासमा नेपालले दृढतापूर्वक प्रतिबद्धता जनाउँदै आएको स्पष्ट पारेका छन । उनले विश्वमा शान्ति स्थापना नेपालको विदेश नीतिको महत्त्वपूर्ण अङ्ग रहेको बताउँदै यस कार्यको विश्वले प्रशांसा गरेको स्मरण गरे ।

 

नेपालले हाल संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनमा सबैभन्दा धेरै सेना र प्रहरी खटाउने गरेको र थप १० हजारसम्म तालिम प्राप्त सेना परिचालन गर्ने वाचा गरेको तथ्यलाई जोड दिएकोप्रति गर्व महसुस भएको बताए।न्युज कारखाना

काठमाडौं, ८ फागुन ।

नेकपा एमालेले केन्द्रीय कमिटीको बैठक आजवाट सुरू हुदैँछ ।

 

च्यासल, ललितपुरस्थित केन्द्रिय कार्यालयमा सो बैठक बस्नेछ । बैठक १० गतेसम्म जारी रहनेछ ।

सो पार्टीका महासचिव शंकर पोखरेलका अनुसार समसायिमक राजनीतिक विषयको समीक्षा, संगठनात्मक समीक्षा, जनतामा आधारित पार्टी निर्माणको सन्दर्भमा कसरी व्यवस्थितलगायतका बिषयमा छलफल हुनेछ । उनका अनुसार मिसन ग्रासरुटको प्रतिवेदन, मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानको पनि केन्द्रिय समिति बैठकमा समीक्षा हुनेछ ।
न्युज कारखाना

काठमाडौं, ८ फागुन ।

 नेपाली कांग्रेसको महासमिति बैठक सोमबारबाट सुरु भएको छ।

 

ललितपुरको गोदावरीमा सोमबारबाट भएको महासमिति बैठकमा मंगलबार विभिन्न प्रतिवेदन पेस गरिने भएको छ।

 

मंगलबार बिहान ९ बजेदेखि सुरु हुने बन्द सत्रमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसायिक र अर्थमन्त्रीसमेत रहेका डा. प्रकाशशरण महतले अर्थतन्त्रको वर्तमान अवस्था र चुनौतीबारे प्रतिवेदन पेस गर्ने तय भएको छ।न्युज कारखाना

काठमाडौं, ७ फागुन ।

कांग्रेस महासमिति बैठक सोमबारबाट ललितपुरको गोदावरीमा सुरु भएको छ। बैठकको उद्घाटन सभापति शेरबहादुर देउवाले गरेका छन्।

बैठकमा देउवासहित उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्री गगन थापा विश्वप्रकाश शर्मासहित पार्टी पदाधिकारीसहित देशभरबाट करिब २३ सय प्रतिनिधि सहभागी छन्।

बैठक उद्घाटनपछि उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव, महामन्त्री गगन थापाले सांगठनिक प्रस्ताव, अर्का महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक प्रस्ताव, प्रवक्ता डा. प्रकाशशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रतिवेदन र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन पेस गर्नेछन्। प्रदिवेदन मंगलबार प्रस्तुत हुने छन्।

बैठकस्थल गोदावरी क्षेत्र यतिवेला झकिझकाउ भएको छ। बैठकमा सहभागी हुन आउनेलाई विभिन्न सांस्कृतिक झाँकीले स्वागत गरिएको थियो।न्युज कारखाना

 

स्याङ्जा, ७ फागुन ।

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी स्याङ्जा जिल्ला इन्चार्ज र अध्यक्ष दुवै जना नेकपा एमालेमा फर्किएका छन्।

पूर्व सांसद तथा समाजवादी स्याङ्जा इन्चार्ज महेन्द्र थापा र जिल्ला अध्यक्ष रामचन्द्र भट्टराई एमालेमा फर्किएका हुन्।

त्यस्तै स्याङ्जास्थित समाजवादीका जिल्ला सचिव श्रीबहादुर गुरुङ र उपसचिव राजेन्द्र मरासिनी पनि एमालेमा फर्किएका छन्।

उनीहरू सबैलाई एमाले केन्द्रीय कार्यालय च्यासलमा सोमबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूले स्वागत गरेका हुन्। न्युज कारखाना

काठमाडौँ, ७ फागुन।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बौद्धिक जनशक्तिको पलायनलाई रोक्न देशभित्रै सम्भव छ भन्ने सकारात्मक भाष्यको निर्माण गर्न जरूरी रहेको बताएका छन् । सोमबार दिउँसो समाजवादी मोर्चासम्वद्ध समाजवादी मञ्चले आयोजना गरेको शैक्षिक अन्तरक्रियामा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।

 

कार्यक्रममा प्रधानमन्त्रीले बौद्धिक पलायनलाई रोक्न विश्वबजारमा प्रतिस्पर्धी र गुणस्तरीय जनशक्ति उत्पादन गर्ने कार्यभारलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘‘आजको हाम्रो प्रमुख बहस भयावह रूपमा देखापरेको बौद्धिक पलायनलाई रोक्न विश्वबजारमा प्रतिस्पर्धी र गुणस्तरीय जनशक्ति उत्पादन गर्नु हो। त्यसका निम्ति आम नागरिकमा ‘‘देशभित्रै सम्भव छ’’ भन्ने सकारात्मक भाष्य निर्माण गर्न आवश्यक छ। गुणस्तरीय, प्रतिस्पर्धी, नवप्रवर्तनमुखी शिक्षाको विकासमा गुणात्मक प्रगति हासिल गर्ने आधार र उपायहरूको खोजी गर्नु हाम्रो महत्वपूर्ण कार्यभार हो।’’

 

प्रधानमन्त्रीले शैक्षिक क्षेत्रमा गुणात्मक सुधार ल्याउन विश्वविद्यालयहरूमा दण्ड–पुरस्कार र मेरिटोक्रेसीमा जोड दिइएको बताए ।

 

प्रधानमन्त्रीले भने, ‘‘मैले विश्वविद्यालय लगायत शैक्षिक संस्थाहरूमा ‘मेरिटोक्रेसी’का आधारमा नियुक्ति गर्ने, शैक्षिक क्षेत्रमा दण्ड र पुरस्कारको व्यवस्था गर्ने घोषणा गरेको छु, त्यसको कार्यान्वयन पनि हुँदैछ। यसले राजनीतिक तथा शैक्षिक नेतृत्वप्रति आम नागरिक र विद्यार्थीको विश्वास पुनर्जागृत हुने मैले अपेक्षा गरेको छु।’’न्युज कारखाना

काठमाडौँ, ७ फागुन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा विचाराधीन अवस्थामा रहेको विद्यालय शिक्षा विधेयक परिमार्जन गरी पारित हुने बताएका छन् । सोमबार दिउँसो समाजवादी शैक्षिक मञ्चले काठमाडौँमा आयोजना गरेको ‘नेपालको शैक्षिक आन्दोलन र विद्यालय शिक्षा विधेयक’ विषयक कार्यशालामा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।

 

कार्यक्रममा प्रधानमन्त्रीले संसदमा विचाराधीन विधेयकबारे गठबन्धन दल र प्रतिपक्षीसँग समेत छलफल गरिएको जानकारी गराउँदै संसदमा दर्ता भएका संशोधन प्रस्तावहरूका आधारमा विधेयक संशोधन हुने बताए ।

प्रधानमन्त्रीले भने, ‘‘विधेयक संसदमा विचाराधीन रहेका कारण शिक्षक–कर्मचारीहरू, शैक्षिक क्षेत्रका ट्रेड यूनियनहरू, शिक्षाविद्, विद्यार्थीसम्वद्ध संघ–संस्थाहरू, सरोकार पक्ष र अभिभावकका समेत सुझावहरू समेटेर यसमाथि आवश्यक संशोधन गर्न सरकार सचेत छ। यसबारे मैले गठबन्धनमा पनि कुरा गरेको छु। प्रतिपक्षसँग पनि कुरा भएको छ। छिट्टै हामी निष्कर्षमा पुग्छौँ।’’

प्रधानमन्त्रीले विद्यालय कर्मचारी र बालशिक्षाका शिक्षकहरूको मुद्दा र विगतमा गरिएका सहमति कार्यान्वयनको विषयलाई आफूले गम्भीरतापूर्वक लिएको जानकारी दिए ।

 

उनले भने, ‘‘विद्यालय कर्मचारी र बाल शिक्षाका शिक्षकहरूको मुद्दा पनि महत्वपूर्ण छ। यसलाई सम्बोधन गर्नेमा सरकार सचेत छ। शिक्षकसम्बद्ध संगठनहरू र सरोकार पक्षसँग विगतमा विभिन्न चरणमा राज्यले गरेका सहमति र सम्झौताहरू कार्यान्वयन गर्न सरकार प्रतिवद्ध छ।’’

 

कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष एवं बागमती प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र पाण्डे लगायतका वक्ताहरूले मञ्च समाजवादउन्मुख शिक्षाको बहसमा केन्द्रित हुनुपर्ने बताए ।न्युज कारखाना

 

रौतहट ७ फागुन। 
रौतहटको ईशनाथ नगरपालिकामा कर्फ्यू अवधिभित्रै पुरानै असमतिअनुसार नै मुर्ति बिसर्जन गरिने निर्णय गरिएको छ। निर्णय कार्वान्यन गराउन मधेश प्रदेशका तीनजना डिआईजी रौतहटका परिचालित भएका छन। मधेश प्रदेश प्रहरी प्रमुख डिआईजी यज्ञबिनोद पोखरेलको सक्रियतामा जिल्ला समन्वय समितिको सभाकक्षमा सोमबार बसेको सर्वदलिय सर्वपक्षिय बैठकले ईशनाथ ७ घिउरा गाउँमा सरस्वतीको मूर्ति सेलाउन यसअघि भएको सहमतिलाई कार्वान्वयन गर्ने निर्णय भएको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले बताएकी छन्।

सिडिओ हिरालाल रेग्मीको अध्यक्षतामा बसेको बैठकमा नेपाल प्रहरीका डीआईजी  पोखरेल, सशत्र प्रहरीका डीआईजी दीपेन्द्र साह, राष्ट्रिय अनुसन्धानका डीआईजी सञ्जय यादव र सम्पूर्ण राजनीतिक दलका प्रतिनिधिको सहभागिता रहेको थियो।

संघीय संसद किरण कुमार साहको पहल तथा सिडियो रेग्मीको अध्यक्षतामा ईशनाथ ७ घीउरा गाउँमा डिजे बाजा सहितको ट्याक्टर साविक बाटो हुँदै लैजाने र सरस्वतीको मूर्ति अर्को बाटो हुँदै गाउँछेउ विद्यालय नजिकैको सार्वजनिक पोखरीमा बिसर्जन गर्न लैजाने सहमति भएको थियो।

सोही सहमती अनुसार मुर्ति बिसर्जन गर्न जनप्रतिनिधि सहित प्रशासन प्रमुख सहितको टोली केहीबेर अघि ईशनाथ ७ घिउरा गाउँ तर्फ रवाना भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी गिरीले जानकारी दिएकि छन्।  शनिबार भएको सोही सहमतिअनुसार शनिबार सरस्वतीको मूर्ति सेलाउन लैजाने समुहमाथि  घिउरामा मुस्लिम समुदायले घरको छतबाट ढुङ्गा हान्दा स्थानीय कार्तिकेश ठाकुर लगायतका मानिस घाईते भएका थिए।

स्थिति नियन्तरणमा लिन सिडिओ हिरालाल रेग्मीले एक सूचना जारी गर्दै शनिबार साँझ ५ बजेदेखि लागू हुनेगरी कर्फ्यू आदेश जारी गरेका थिए ।कर्फ्यू अवधिमै उच्चश्रृंखल गतिविधि भएपछि स्थानीय प्रशासनले आइतबार कर्फ्यू क्षेत्र फराकिलो बनाएको छ।

कर्फ्यू जारीसँगै उक्त क्षेत्रमा नेपाल प्रहरी सशस्त्र प्रहरी गरी ७०० जनशक्ती परिचालन गरिएको छ।  सिडिओ रेग्मीले आइतबार एक सूचना जारी गर्दै ईशनाथ नगरपालिका वडा २,३,४,५, ६र ७ मा समेत अनिश्चितकालीन कर्फ्यू जारी गरिएको थियो ।

पूर्वमा बनजरहा मोड हनुमान मन्दिर, पश्चिम सानो घिउरा, उत्तर रामपुर खाप, र दक्षिणमा सशस्त्र प्रहरी आउट पोस्ट बोर्डर औरैयादेखि जयनगरसम्म चारकिल्लाभित्र कर्फ्यू जारी गरिएको थियो। कर्फ्यू अवधिमा शनिबारदेखि नै सरस्वतीको मूर्ति बाटो छेउमा प्रहरीको निगरानीमा राखिएको छ।

साथै यस सम्प्रदायिक विवाद लाई फैलाउने बढाउने कुनै प्रकारको तस्बिर भिडियो, स्टाटस सामाजिक सञ्जालमा नराख्न जिल्ला प्रहरी कार्यालय रौतहटले आग्रह गरेको छ। पछिल्लो दुई तीन दिनदेखि केही मानिसहरूले ईशनाथको घटना संग जोडिएको बिभिन्न भ्रामक भिडियो तस्बिर तथा स्टाटसहरू सामाजिक सञ्जालमा देखिएकाले सामाजिक सदभाव कायम राख्न त्यस्तो गतिबिधि नगर्न जिल्ला प्रहरी कार्यालय रौतहटले जिल्लाबासी लाई आग्रह गरेको छ।

रौतहट संसदीय निर्वाचन क्षेत्र-२ मा पछिलो लामो समयदेखि हिन्दू समुदायले गर्ने धार्मिक अनुष्ठानमा अनेक प्रकारले हस्तक्षेप हुँदै आएको स्थानीयले बताएका छन्। यसैबीच सांसद किरण कुमार साहले पुरानो सहमतिविपरीत गरेकामाथि कारबाही र आक्रमणमा भएको क्षतिको यकिन गरी क्षतिपुर्ति दिनुपर्ने माग गरेका छन्।न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।