२०८३ श्रावण २७
२०८३ श्रावण २७

विराटनगर  ।

मछिन्द्र क्लब विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ ।

विराटनगरको सहिद रङ्गशालामा गएराती सम्पन्न खेलमा मछिन्द्रले भारतको कलकोत्ता साउर्थन समिति फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।

मछिन्द्रको जितमा स्टेफेन बिनोङले दुई गोल गरेका थिए भने कोलकोत्ताका साउर्थनसोनु हवल्दारले एक गोल गरेका थिए ।

अब पहिलो सेमिफाइनल खेल मोरङको साङ्ग्रिला फुटबल क्लब र विभागीय टोली एपिएफ खेल्ने भएका छन् भने दोस्रो सेमिफाइनलमा मछिन्द्रको सामना  भारत सिक्किमको ड्रेगन फुटबल क्लबले गर्ने छ । पहिलो सेमिफाइनल खेल आज हुदै छ ।

गोल्डकप विजेता टोलीले ट्रफीसहित ११ लाख, उपविजेताले पाँच लाख ५० हजार पुरस्कार प्राप्त गर्ने छन् ।न्युज कारखाना

काठमाडौँ ।

इन्डियन प्रिमियर लिग (आईपीएल) मा लखनऊ सुपर जाइन्ट्सबाट खेलिरहेका तिब्रगतिका भारतीय बलर मयंक यादव चर्चाको केन्द्रमा रहेका छन् ।

गएराती सम्पन्न खेलमा लखनउले रोयल च्यालेन्जर्स बैंगलुरुलाई उसकै घरेलु मैदानमा पराजित गर्ने क्रममा मयंकले तीन महत्वपूर्ण विकेट मात्र लिएनन्, आइपिएलको यस सिजनको अहिलेसम्मको तिब्र बल फालेर चकित पारेका छन् ।

उनले १५६.७ किमी/घण्टाको गतिमा बल फाले, जुन प्रतियोगिताको इतिहासमा चौथो सबैभन्दा छिटो बल थियो भने यस सिजनको अहिलेसम्मकै तिब्र थियो ।
उनले ग्लेन म्याक्सवेल, क्यामरुन ग्रीन र रजत पाटीदारलाई आउट गरेका थिए । उनले ४ ओभरमा १४ रन दिएर ३ विकेट लिएका थिए ।

यस स्पेलमा उनले १५० किलोमिटर प्रतिघण्टाभन्दा बढीको गतिमा ८ बल बलिङ गरेका थिए । यी मध्ये एउटा बल १५६.७ किमी/घण्टाको गतिमा थियो, जुन आइपिएल इतिहासको चौथो सबैभन्दा छिटो बल हो ।

पहिलो नम्बरमा अष्ट्रेलियाका शान टेट छन्, जसले २०११ को आईपीएलमा १५७.७ किलोमिटर प्रतिघण्टाको गतिमा बल फालेका थिए । त्यस्तै लुकी फर्गुसनले २०२२ मा १५७.३ किमी प्रति घण्टा तिब्र बल फालेका थिए । भारतका उमरान मलिकले २०२२ सिजनमा १५७ किलोमिटर प्रतिघण्टाको गतिमा बल फालेका थिए । यस अघि मयङ्कले पञ्जाबविरुद्धको डेब्यु खेलमा १५५.८ किलोमिटर/घण्टाको गतिमा बल फालेका थिए ।

यस सिजनमा २ खेल मात्र खेलेका मयंकले अहिलेसम्म ६ विकेट लिएका छन् भने दुवै खेलमा प्लेयर अफ द म्याच समेत बनेका छन् ।न्युज कारखाना

काठमाडौ, चैत २१ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा मुलुकको आर्थिक वृद्धि ४ प्रतिशतले हुने तथ्यांकले देखाएको छ । २०८०÷८१ को पहिलो त्रैमासको तुलनामा अर्थतन्त्र ०.७ प्रतिशतले वृद्धि भएको छ ।

मुलुकको अर्थिक वृद्धि ४ प्रतिशतले भएको प्रारम्भिक अनुमान गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको त्रैमासिक कुल गार्हस्थ्य उत्पादन प्रतिवेदनले यस्तो देखाएको हो ।

कार्यालयका अनुसार अर्थतन्त्रका कुल १८ वटा औद्योगिक वर्गिकरणहरुमध्ये दोस्रो त्रैमासमा १७ वटाको मूल्य अभिवृद्धि घनात्मक रहेको छ ।  व्यापार क्षेत्रमा झिनो वृद्धि तथा उद्योगबाहेक अन्य क्षेत्रमा समेत सकारात्मक वृद्धि भएको कार्यालयले जनाएको छ ।

जसमध्ये धान लगायत अन्नबाली र अन्य कृषि उत्पादनमा भएको वृद्धि तथा पर्यटक आगमनको वृद्धिले मुलुकमा आर्थिक वृद्धि हुने अनुमारन गरिएको छ । होटल क्षेत्रको कुल मूल्य अभिवृद्धिले समग्र अर्थतन्त्रमा पनि योगदान गरेको छ ।न्युज कारखाना

काठमाडौँ ।

ताइवानमा शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस)का अनुसार भूकम्पको तीव्रता ७.४ मापन गरिएको छ । यसलाई २५ वर्षपछिको ठुलो भूकम्प भएको बताइएको छ ।

भूकम्पका कारण सहरका धेरै ठाउँमा विद्युत् अवरुद्ध भएको छ । देशभर ८७ हजारभन्दा बढी मानिस विद्युतविहीन जीवन बिताइरहेका छन् । अहिले पुनर्निर्माणको काम भइरहेको बताइएको छ ।

ताइवानको यस भूकम्पपछि दक्षिणी जापान र फिलिपिन्समा सुनामीको चेतावनी जारी गरिएको छ । पूर्वी ताइवानमा धेरै भवनहरू भत्किएका छन् ।न्युज कारखाना

काठमाडौँ ।

नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको एकदिवसीय सिरिजको पहिलो खेल आज हुदै छ ।

टियु मैदानमा हुने यो खेलमा आयरल्याण्ड वोल्भ्सले टस जितेर पहिला ब्याटिंग गर्ने भएको छ । योसँगै नेपाल ए ले पहिला बलिङ गर्ने भएको छ ।

यसअघि सम्पन्न टी-२० सिरिज आयरल्याण्ड वोल्भ्सले २-१ ले जितेको थियो ।

आजको खेलमा नेपाल ए को प्लेइङ- ११ मा विनोद भण्डारी (कप्तान), अर्जुन साउद, अर्जुन कुमाल, देव खनाल, भिम सार्की, आरिफ सेख, शाहाब आलम, बशीर अहमद, रिजन ढकाल, मौसम ढकाल र कमल सिंह ऐरी रहेका छन् । न्युज कारखाना

काठमाडौँ ।

काठमाडौँ महानगरपालिले महानगर भित्रका संस्थागत विद्यालयहरुलाई नेपालीपन झल्कने गरी विद्यालयको नामाकरण गर्न साता दिनको समय दिएको छ ।

बुधबार एक सूचना प्रकाशित गर्दै महानगरले अधिकांश संस्थागत विद्यालयहरूको नाम, कानुनी प्रावधानको प्रतिकुल देखिएको भन्दै त्यस्ता संस्थागत विद्यालयहरूले सात दिन भित्र नाम परिवर्तन गर्न आग्रह गरेको छ । साथै महानगरले सात दिन भित्र नाम परिवर्तन नगरेमा विद्यार्थी भर्ना रोक्ने चेतावनी दिएको छ ।

महानगरले भनेको छ-

शिक्षा नियमावली, २०५९ (संशोधन सहित) को नियम १५४ (१) तथा काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ७० मा नेपालीपन झल्कने गरी विद्यालयको नामाकरण गर्नुपर्ने व्यवस्था छ । महानगरपालिका अन्तर्गतका अधिकांश संस्थागत विद्यालयहरूको नाम, यो व्यवस्थाको प्रतिकुल देखिएकोले त्यस्ता संस्थागत विद्यालयहरूले यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र यस विभागमा अनिवार्य सम्पर्क गर्नुहुन सूचित गरिन्छ । यस अवधि (७ दिन) मा सम्पर्क गरी मौलिक नामाकरणको प्रक्रिया अगाडि नबढाएमा विद्यार्थी भर्ना प्रक्रियामा रोक लगाउने सहित कानून बमोजिमको कारबाही प्रक्रिया अगाडि बढाइनेछ ।

विद्यालयको मौलिक नामाकरणका लागि विद्यालय व्यवस्थापन समितिबाट प्रस्तावित नाम निर्णय गराएर सूचना प्रकाशित भएको मितिले ३५ (पैंतिस) दिनभित्र विभागमा निवेदन दिनुपर्नेछ। अन्यथा यसै सूचनालाई आधार मानी शिक्षा नियमावली, २०५९ (संशोधन सहित), काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ तथा प्रचलित कानुन बमोजिम आवश्यक प्रक्रिया अगाडि बढाइने व्यहोरा समेत जानकारी गराइन्छ ।न्युज कारखाना

काठमाडौँ ।

अमेरिकी राष्ट्रपति जो बाइडेन र उनका चिनियाँ समकक्षी सी जिनपिङले फोनमा कुराकानी गरेका थिए ।

सो कुराकानीमा द्विपक्षीय सम्बन्ध, लागूऔषधविरुद्धको अभियान र जलवायु परिवर्तनलगायत क्षेत्रीय तथा विश्वव्यापी मुद्दाहरूबारे छलफल भएको अमेरिकी मिडियाहरुले बताएका छन् ।

यसअघि दुई नेताबीच सन् २०२३ नोभेम्बरमा क्यालिफोर्नियाको वुडसाइडमा भएको शिखर सम्मेलनमा भेट भएको थियो । त्यसपछि दुवैबीच पहिलो पटक फोनवार्ता भएको हो ।

गत जनवरी २७ मा जर्मनीको म्यूनिखमा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिवान र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटघाट भएको थियो । त्यसैको परिणामस्वरूप दुई देशका राष्ट्रपतिबीच फोनवार्ता भएको बताइएको छ ।

यो कुराकानीले दुई देशबीचको तनाव कम गर्न गहन कूटनीतिको महत्त्वलाई उजागर गरेको विश्लेषण गरिएको छ ।

वार्ताका क्रममा अमेरिकी राष्ट्रपतिले दक्षिण चीन सागरमा चीनको गतिविधिलाई लिएर चिन्ता व्यक्त गरेका थिए । विवादित दक्षिण चीन सागरको लगभग सम्पूर्ण भाग चीनले दाबी गर्दै आएको छ । यद्यपि ताइवान, फिलिपिन्स, ब्रुनाई, मलेसिया र भियतनामले पनि यसको केही भाग दाबी गर्छन् । न्युज कारखाना

काठमाडौँ ।

साउदी लिग अन्तर्गत अल हिलालको अपराजित यात्रा कायम रहेको छ । गएराती सम्पन्न खेलमा अल हिलालले अल अखडोउडलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

अल हिलालको जितमा सलेह अल्शेह्री, माल्कम र सलेम अल्दावसारीले एक एक गोल गरेका थिए ।

यो यस सिजनको लिगमा अल हिललको २४औं जित हो । २६ खेलमा २४ जित र २ बराबरीसहित अपराजित रहदै अल हिलाल ७४ अंकसहित शिर्ष स्थानमा रहेको छ ।

अल हिलाल दोस्रो स्थानमा रहेको अल नासर भन्दा स्पष्ट १२ अंकले अगाडी रहेको छ । त्यस्तै अल अखडोउडको २६ खेलमा २४ अंक रहेको छ र लिगमा १५औं स्थानमा रहेको छ । न्युज कारखाना

पोखरा ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज राजीनामा दिने भएका छन् ।

नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री पाण्डेले मंगलबार अपराह्न ३ बजेसम्ममा विश्वासको मत माग्नका लागि प्रदेश सभा सचिवालयमा सूचना पठाई सक्नुपर्ने समय थियो तर उनले सो समयसम्म प्रदेश सभा सचिवालयलाई सूचना दिएका छैनन् ।

मुख्यमन्त्री पाण्डेले राजीनामा दिएर नयाँ सरकार बनाउने दाबी गर्ने रणनीति बनाएका छन् ।  विश्वासको मत नपाउने निश्चित भएपछि राजीनामा दिएर मार्ग प्रशस्त गर्ने तयारीमा रहेका मुख्यमन्त्री पाण्डेले त्यसपछि बन्ने नयाँ सरकारमा पनि दाबी गर्ने भएका हुन् । मुख्यमन्त्री पाण्डे पुनः ठूलो दलको हैसियतमा मुख्यमन्त्री बन्ने रणनीतिमा रहेका छन् ।

६० सदस्यीय गण्डकीमा कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८, राप्रपा २ र स्वतन्त्र एक सांसद छन् । गण्डकीमा बहुमतका लागि ३१ सिट आवश्यक रहेको छ । अहिलेको समीकरणमा राप्रपा, दिपक मनाङेको मत पाएर पनि बहुमत पुग्दैन । मुख्यमन्त्री पाण्डेले माओवादीको चुनाव चिन्हमा विजयी भएका नेपाल समाजवादी पार्टीका फडिन्द्र देवकोटाको समर्थन लिने प्रयास गरिरहेको बुझिएका छन् ।न्युज कारखाना

काठमाडौं, २१ चैत ।

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ। शुक्रबार देखी स्थिर रहेको अमेरिकी डलरको भाउ आज भने घटेको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार बुधबार अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ १२ पैसा र बिक्रीदर १३३ रूपैयाँ ७२ पैसा कायम गरिएको छ। यसअघि मंगलबार एक डलरको खरिदमूल्य १३३ रूपैयाँ १५ पैसा र बिक्रीमूल्य १३३ रूपैयाँ ७५ कारोबार भएको थियो।

बुधबार यूरोपियन युरो एकको खरिदमूल्य १४३ रूपैयाँ ०४ पैसा र बिक्रीमूल्य १४३ रूपैयाँ ६८ पैसा तोकिएको छ। अघिल्लो दिनको तुलनामा युरो ५५ पैसाले घटेको छ।मंगलबार युरोको खरिदमूल्य १४३ रूपैयाँ ५८ पैसा र बिक्रीमूल्य १४४ रूपैयाँ २३ पैसा कायम गरिएको थियो।

त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १६७ रूपैयाँ २७ पैसा र बिक्रीदर १६८ रूपैयाँ ०२ पैसा कायम गरिएको छ। अघिल्लो दिनको तुलनामा ६९ पैसाले घटेको हो। मंगलबार यसको खरिददर १६७ रूपैयाँ ९६ पैसा र बिक्रीदर १६८ रूपैयाँ ७१ पैसा रहेको थियो।

यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८६ रूपैयाँ ५४ र बिक्रीदर ८६ रूपैयाँ ९३ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९८ रूपैयाँ १२ पैसा र बिक्रीमा ९८ रूपैयाँ ५७ पैसा कायम गरिएको छ।

उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ७८ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ८२ पैसा रहेको छ। चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ४० पैसा तथा बिक्री दर १८ रूपैयाँ ४८ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ८५ पैसा तथा बिक्री दर ९ रुपैयाँ ८९ पैसा कायम गरेको जनाइएको छ।

यसैगरी, बुधबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ५१ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ६७ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ४९ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ६५ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ २५ पैसा र बिक्रीदर ३६ रूपैयाँ ४१ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर बुधबार २८ रूपैयाँ र बिक्रीदर २८ रूपैयाँ १२ पैसा कायम गरेको छ।

साथै, कुवेती दिनार एकको खरिददर ४३२ रूपैयाँ ५७ पैसा र बिक्रीदर ४३४ रूपैयाँ ५२ पैसा र बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ ०८ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ६७ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।