२०८३ श्रावण २६
२०८३ श्रावण २६

 बारा

साविक विजेता चर्च व्वाईज युनाईटेड क्लबलाई इन्ज्युरी समयमा स्तब्ध पार्दै सलहेश युवा क्लब सिराहा जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकपको सेमी फाइनलमा प्रवेश गरेको छ ।

आइतबार राती सिमरा रङ्गशालामा भएको प्रतिष्पर्धात्मक खेलको अन्तिम समयमा गोल गर्दै सिराहाले ‘ए’ डिभीजन क्लब चर्च व्वाईज विरुद्ध रोमाञ्चक जित दर्ता ग¥यो । खेलको १४ औं मिनटमा सिराहाका लागि आशिष चापाँगाईले गोल गर्दै अग्रता दिलाएका थिए ।

पहिलो हाफ आफ्नो पक्षमा पारेको सिराहा विरुद्ध चर्च व्वाईजले खेलको ५१ औं मिनटमा बराबरी गोल ग¥यो । चर्च व्वाईजका राजेश परियारले बराबरी गोल गर्दै टिमलाई खेलमा फर्काएपनि केहिबेरमै आत्मघाती गोलका कारण चर्च व्वाईज पुनः २–१ गोल अन्तरले पछाडी प¥यो । चर्च ब्वाईजका डिफेण्डर एकराज बुढाथोकीले बल क्लिएर गर्न खोज्दा गरेको गल्तीले बल गोलमा परिणत भएको थियो । खेलको ६३ औं मिनटमा आत्मघाती गोलका कारण चर्च व्वाईज पुनः पछि परेको थियो ।

अनुभवी खेलाडीले भरिएको चर्च व्वाईजले पनि आत्मघाती गोलको फाईदा लिंदै बराबरी  ग¥यो । खेलको ७३ औं मिनटमा सिराहाका कप्तान कुलदिप कार्कीले गोल लाईनबाट क्लिएर गर्न खोजेको बल गोलमा परिणत हुँदा चर्च व्वाईज खेलमा फर्किएको थियो  । खेलको अन्तिम समयमा बराबरी गोल भएपछि चर्च व्वाईजको समर्थनमा रहेका दर्शकको हुटिङ स्मरणीय थियो ।

अन्तिम समयमा भएको बराबरीपछि निर्धारित समयमै खेल आफ्नो पक्षमा पार्न दुबै टिमले आक्रामक खेल खेलेका थिए । तर इन्ज्युरी समयको अन्तिम मिनटमा गोल गर्दै सिराहाले चर्च व्वाईजलाई स्तब्ध बनायो । सिराहाका लागि शिशिर लेखीले दोश्रो हाफको ५ मिनटको इन्जुरी समयको अन्तिम मिनटमा गोल गरेका थिए । केहि सेकेण्ड बाँकी छँदा गोल भएपछि सिराहाका प्रशिक्षक राजिवकुमार यादब उत्साहित हुँदै मैदान भित्रै प्रवेश गरेका थिए ।

खेलको म्यान अफ दि म्याच सिराहाका शिशिर लेखी घोषित भए । उनले १० हजार नगद सहित ट्रफि प्राप्त गरे । शुभारम्भ कलेज अफ म्यानेज्मेन्ट सिमराका प्रमुख शम्भु मण्डलले उनलाई पुरस्कार प्रदान गरेका थिए ।

प्रतियोगिता अन्तर्गत सोमबार सशस्त्र प्रहरीको नेपाल एपिएफ क्लब र मकवानपुर ११ हेटौंडा बिच खेल हुनेछ । न्युज कारखाना

मुम्बइ, २६ चैत ।

अजय देवगनको बहुप्रतिक्षित फिल्म ‘मैदान’ को रिलिजको लागि फ्यानहरु उत्सुकताका साथ पर्खिरहेका छन् । जसमा अभिनेताले फुटबल प्रशिक्षक सैयद अब्दुल रहीमको भूमिका निर्वाह गरिरहेका छन् ।

 

यसैबीच, हामी तपाईंलाई फिल्मको सम्पूर्ण स्टार कास्टको शुल्कको बारेमा जानकारी गराउन गइरहेका छौं। खासमा सो फिल्मबाट कसले कति शुल्क लिए, जानौं ।

 

अजय देवगनः सबैभन्दा पहिले फिल्मका मुख्य नायक तथा बलिउडका सिंघम अजय देवगनको कुरा गरौं । जसले फिल्मका लागि सबैभन्दा बढी पारिश्रमिक लिएका छन् । रिपोर्टका अनुसार अभिनेताले फिल्मका लागि ३० करोड रुपैयाँ लिएका छन् ।

प्रियमणीः  साउथबाट बलिउडमा नाम कमाएकी अभिनेत्री प्रियमणी ‘मैदान’ मा सैयद अब्दुल रहीमकी पत्नीको भूमिका निर्वाह गर्दैछिन् । यसका लागि उनले २ करोड रुपैयाँ पारिश्रमिक लिएकी छन् ।

 

नितान्शी गोयलः अभिनेत्री नितान्शी गोयलले फिल्म  ‘मैदान’का लागि ३५ लाख पारिश्रमिक लिएकी छन् भने बलिउडका शक्तिशाली अभिनेता गजराज राव पनि फिल्ममा महत्वपूर्ण भूमिकामा देखिने छन् । यसका लागि उनले ८५ लाख रुपैयाँ पारिश्रमिक लिएका छन् ।

आर्यन भौमिक – अभिनेता आर्यन भौमिक फिल्म ‘मैदान’मा पनि महत्वपूर्ण भूमिकामा छन् । उनले फिल्मका लागि २० लाख पारिश्रमिक लिएका छन् ।

 

रुद्रनील घोष – अभिनेता रुद्रनिल घोषले अजय देवगनको फिल्म ‘मैदान’ मा २० लाख रुपैयाँ खर्च गरेका छन् ।
न्युज कारखाना

काठमाडौं ।

नेपाली बजारमा सोमबार सुनचाँदीको मुल्य बढेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा ६०० ले बढेर १ लाख ३६ हजार २०० कायम भएको छ । यो नेपाली बजारमा अहिलेसम्मको सुनको उच्च मुल्य हो ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३५ हजार ५५० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि आइतबार छापावाल सुन प्रतितोला १ लाख ३५ हजार ६०० रुपैयाँ किनबेच भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३४ हजार ९५० रुपैयाँ निर्धारण भएको थियो ।

यता, आज चाँदीको मुल्य पनि प्रतितोला १५ रुपैयाँले बढेर १६ सय ८५ रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको मुल्य प्रतितोला १६ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।न्युज कारखाना

काठमाडौं, चैत २६ ।

महुली लघुवित्तको ११ औं वार्षिक साधारण सभा आज बिहान ११ बजे बस्ने भएको छ । यस वर्ष शेयरधनीहरुको हाथ खाली रहने भएको छ । सभामा कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन ।

सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव छ । साथै, आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।

आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेण्डा पनि रहनेछ । सभा प्रयोजनका लागि यसले चैत १४ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, चैत १३ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् । सभा महुली लघुवित्तको केन्द्रीय कार्यालय, महुली सप्तरीमा बिहान ११ बजे सुरु हुनेछ । न्युज कारखाना

राैतहट,२५ गते चैत ।

नेपाल पत्रकार महासंध मधेस प्रदेश अध्यक्षले सदस्यताकाे अन्तिम निर्णय नभए सम्म जिल्ला अधिवेशन नगर्ने निर्णय गरेकाे छ । मधेश प्रदेशका छ जिल्ला शाखाहरुका अध्यक्षहरुकाे आईतवार सर्लाहीको हरिवनमा वसेको बैठकले सो निर्णय गरेको हो । नेपाल पत्रकार महासंघको अधिकांश जिल्लामा सदस्यता विवाद रहेको छ ।Open photo जिल्ला शाखाको सदस्यता निश्चित नभएको अवस्थामा महासंघले जिल्ला अधिवेशन गर्न समय निर्धारण गरेपछि मधेश प्रदेशका अधिकांश जिल्ला शाखाले असन्तुष्टि जनाउँदै अधिवेशन नगर्ने संयुक्त निर्णय गरेको हो । नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष टंकबहादुर क्षेत्री, बारा अध्यक्ष रेशम तिवारी, रौतहट अध्यक्ष प्रेमचन्द्र झा, पर्सा अध्यक्ष अनुप तिवारी, सप्तरी अध्यक्ष श्रवण देव र सिराहा अध्यक्ष मनोजकुमार बनैताले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै महासंघले सदस्यता विवाद नसुल्झाएको भन्दै जिल्ला अधिवेशन नगर्ने जानकारी गराएको हो ।Open photo लुम्बिनी घोषणापत्र अनुसार सदस्यता सुद्धिकरण अभियानअन्तर्गत जिल्ला शाखाहरुले पुराना सदस्यको नवीकरण तथा नयाँ सदस्यताको नामावली सिफारिस गरेको तर महासंघले सदस्यताको अन्तिम नामावली प्रकाशन गर्ने वा अधिकारिक रुपमा जिल्ला शाखालाई प्राप्त नभएको हुँदा सदस्यता विवाद कायम छ । सदस्यताको विवाद नटुंगिएसम्म जिल्ला अधिवेशन नगर्ने संयुक्त निर्णय गरेको हो । संयुक्त विज्ञप्तिमा, सदस्यताको टुंगो नलागेसम्म मुलकभरका जिल्ला शाखासहित प्रतिष्ठान शाखा र एसोसिएट संस्थाहरुलाई समेत अधिवेशन नगर्न नगराउन आग्रह गरिएको छ । आइतवार सर्लाहीको हरिवनमा मधेश प्रदेशका छ जिल्ला अध्यक्षहरुको संयुक्त बैठकले महासंघको निर्णय र निर्देशनविरुद्ध संयुक्त आन्दोलन गर्ने निर्णय गरेको नेपाल पत्रकार महासंघ राैतहट शाखा अध्यक्ष प्रेमचन्द्र झाले जानकारी गराउनु भएको हाे ।

काठमाडौं, २४ चैत ।

एकता कपुरको ‘लभ सेक्स और धोखा २’ चाँडै रिलिज हुँदैछ ।

 

भारतीय मिडियाका अनुसार यो फिल्मको कथाले हलचल ल्याउने बताइएको छ । चलचित्रको टिजर सार्वजनिक भएदेखि नै चलचित्रका मुख्य कलाकारको चर्चा सर्वत्र भइरहेको छ । ट्रान्सजेन्डरको भूमिका निर्वाह गर्ने यी अभिनेता को हुन् भन्ने जान्न सबैलाई उत्सुकता छ । अब यसको जवाफ निर्माता आफैंले दिएका छन् । बालाजी मोसन पिक्चर्सको पेजमा एक भिडियो सेयर गरेर फिल्ममा मुख्य भूमिका निर्वाह गर्ने अभिनेता को हुन् भन्ने बताइएको छ ।

 

‘लभ सेक्स और धोखा २’ मा मुख्य भूमिका निभाएकी बोनिता राजपुरोहित वास्तविक जीवनमा पनि ट्रान्सजेन्डर हुन् । भिडियोमा राजस्थानको एउटा सानो गाउँ डुङ्गरीबाट मुम्बई आएको कथा सुनाउँदै बोनिता भन्छिन्, ‘सुरुवातदेखि नै फिल्ममार्फत आफ्नो बारेमा सिकेको थिएँ, जहिले पनि फिल्ममा म जस्तो मान्छे देख्ने गर्थें । मलाई लाग्थ्यो, हो, यो म जस्तै हो। र मेरो कथा पनि महत्त्वपूर्ण छ। मलाई पर्दामा पनि मानिसहरूले मन पराउनु नै मेरो लागि सबैभन्दा ठूलो प्रेरणा हो। मानिसहरू स्क्रिनमा पनि ट्रान्सजेन्डर प्रतिनिधित्व देख्न चाहन्छन्। म एउटा सानो उत्पादन कम्पनीमा काम गर्थें, जहाँ मेरो तलब १० देखि १५ हजारसम्म थियो । त्यो तलबमा बाँच्न पनि गाह्रो हुन्थ्यो ।”

 

बोनिताले थप भनिन्, ‘मैले सपनामा पनि अभिनय गर्ने भूमिका पाउँछु भन्ने सोचेको थिइनँ। तर यहाँ मैले बलिउड फिल्मको एउटा सच्चा पात्र निभाउन पाएँ। त्यसैले केही सपनाहरू साकार हुन्छन्। यो सम्पूर्ण यात्रा मेरो लागि धेरै विशेष छ। गाह्रो भएको छ। ठुलो कुरा यो हो कि मैले फिल्ममा कसैको क्यारेक्टर खेल्नु पर्दैन। फिल्ममा म आफ्नै ट्रिगर प्वाइन्टहरू छुन्छु, जुन मेरो आफ्नै समस्या हो। तपाईं मलाई क्यामेरामा आफ्ना कुराहरू बताउन सक्नुहुन्छ। हिम्मत संग बोल्न, धेरै साहस चाहिन्छ।’न्युज कारखाना

काठमाडौं, चैत २६ ।

सर्वोत्तम सिमेन्टले सेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ ।

 

कम्पनीले गत वर्षको नाफाबाट १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश वितरणसहितका एजेन्डाहरु पारित गर्न कम्पनीले वैशाख १२ गते साधारण सभा बोलाएको छ ।

 

अब आगामी साधारण सभाले पारित गरेपछि यो लाभांश वितरण गर्ने संस्थाले जनाएको हो । साथै, कम्पनीले साधारण सभा र बुक क्लोज मिति पनि घोषणा गरेको छ ।

 

सभा, होटल भिलासा, भैरहवा रुपेन्देहीमा बस्नेछ । साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि सर्वोत्तमले चैत ३० गते शुक्रबार एक दिन बुक क्लोज गर्ने भएको छ ।

 

यसआधारमा चैत २९ गते बिहीबारसम्म कायम सेयरधनीले मात्र कम्पनीले वितरण गर्ने लाभांश पाउन सक्नेछन् । न्युज कारखाना

काठमाडौँ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आरके शर्मा समूहले सर्वोच्च अदालतको फैसलाको स्वागत गरेको छ । आइतबार भर्चुअल माध्यमबाट बसेको शर्मा समूहको बैठकले सर्वोच्चको फैसलाको स्वागत गर्दै सबैले आ–आफ्नो इगो त्यागेर एकताको महाधिवेशन सफल बनाउनतर्फ लाग्नुपर्नेमा जोड दिएका छन् ।

बैठकलाई सम्बोधन गर्दै शर्माले सर्वोच्चको फैसला कसैको हारजित भन्दा पनि संस्थाको भलाइका लागि आएको बताए । उनले संस्थालाई एकताबद्ध बनाउनका लागि मनमुटाव त्यागेर अघि बढ्नुपर्नेमा जोड दिए । ‘अदालतको फैसलाबारे कुनै पनि नकारात्मक टिकाटिप्पणी नगरिदिन आग्रह गर्छु’, उनले भने, ‘साथीहरु सबैसँग मित्रवत रुपमा अघि बढेर एकताको महाधिवेशन गर्नुपर्छ ।’ उनले आफूहरु एनआरएनएमा देखिएको विकृतिविरुद्ध लड्दै आएको र आगामी दिनमा पनि खबरदारी भने जारी रहने बताए ।

उनले आफूले विकृतिविरुद्ध लडिरहने भनेर बाचा गरेको स्मरण गर्दै यो नटुंग्याइकन खुट्टा कमाउँदिन भनेको र त्यसका लागि काम पनि गरेको उल्लेख गर्दै आगामी दिनमा पनि जिम्मेवारी पाएको खण्डमा पुरा गरिछाड्ने बताए ।

बद्री केसी समूहले आफ्नो गल्तीलाई स्वीकार्न नखोज्दा र १० औँ महाधिवेशनदेखि नै इगो हाबी भएकाले संस्था अहिलेको खराब अवस्थामा पुगेको पनि उनले जिकिर गरे ।  समयमै समस्याको इमानदारिताका साथ समाधान गरिएको भए अहिलेको अवस्था नआउने उनको भनाइ थियो ।

यसैगरी अभियन्ता महेश श्रेष्ठकठिन परिस्थितिमा पनि आरकेको नेतृत्वमा काम कारबाही भएको भन्दै शर्मासहित सबै साथीहरुप्रति हार्दिक आधार व्यक्त गरे । जटिल परिस्थितिलाई बुझेर सर्वोच्चले जसरी फैसला छ त्यसलाई सकारात्मक रुमा लिएर अघि बढ्नुपर्नेमा उनले जोड दिए ।  उनले संस्थामा अफ्ठ्यारो परिस्थिति सिर्जना हुनुमा नेतृत्व गर्न चाहने साथीहरुको इगोले भूमिका खेलेको जिकिर गरे ।

‘१० औँ महाधिवेशनमा प्रतिनिधिको विवाद भयो । सोही विवाद मिलाउन सकिने भएपनि इगोले काम ग¥यो’, उनले भने, ‘सर्वोच्चको फैसलाको मनसाय नै एकता छ । हाम्रो १० औँ महाधिवेशनदेखि नै जुन भावना थियो, त्यही भावना सर्वोच्चबाट आएको छ । इगो त्याग्न सकिएन भने अझै पनि एकता गर्न सकिने अवस्था छैन ।’

अब आउने नेतृत्वमा आवश्यक परे अहिलेको परिस्थिति निम्तने कार्यमा जिम्मेवारहरुले नेृतत्वमा दाबी गर्न नहुने उनले बताए ।  उनले सर्वोच्चको फैसलालाई नै चुनौती दिने कार्य बद्री केसी पक्षबाट भएको भन्दै असन्तुष्टि पोखे । ‘अदालतले हराइदियो अब पनि देखाइदिने हो भन्ने भावना जगाउने हो भने एकता हुँदैन’, उनले जोड दिँदै भने, ‘सबैले आत्माआलोचना गरौँ । इगो त्यागौँ । एक कदम पछि हटौँ । समस्याको समाधान हुन्छ ।’

यस्तै अर्का अभियन्ता केशव पौडेलले १० औँ महाधिवेशनदेखि संस्थामा पावर, पैसा र मसलको अली बढी प्रयोग हुँदा समस्या बढ्दै गएको बताउ । ‘यसको सुरुवात २०१९ मा भएको अधिवेशनबाट भयो । यो अभियान अभियाजस्तो भएन भनेर भनेका थियौँ । इगो र पावरको लोभ छाडेर सहमति, सहकार्य र सहअस्तित्वमा गइयो भने समस्या ठुलो हुँदैन’, उनले भने ।

यस्तै अभियन्ता गंगाधर गौतमले बद्री केसी, गौरीराज जोशी, हेमराज शर्मालगायत अझै पनि अरुलाई दोषारोपण गरेर आफूलाई पानीमाथिको ओभान देखाउन तल्लीन रहेको आरोप लगाए। एमाले अध्यक्ष केपी ओलीले नेपालमा गरेको ठट्टाको राजनीति नै उनीहरुले पनि एनआरएनएमा गरेका उनले आरोप लगाए ।

सर्वोच्च अदालतले गत बुधबार एनआरएनएको १० औँ र ११ औँ महाधिवेशन अवैध ठहर गर्दै २०७८ माघ १ को अवस्थामा फर्काइदिएपछि एनआरएनहरु तरंगित छन् । दुई दिनअघि  बद्री केसी पक्षको बैठकले सर्वोच्चको फैसलाप्रति असन्तुष्टि जनाउँदै पुनरावलोकनमा जाने निर्णय गरेको थियो ।

तर, शर्मा पक्षले भने सर्वोच्चको फैसला स्वीकार्दै एकताबद्ध एनआरएनए बनाउन जोड दिएको हो । आधिकारिकतासम्बन्धी विवादमा विनोद कुँवर पक्षको एनआरएनएले दिएको मुद्दामा सर्वोच्चबाट पछिल्लो फैसला आएको हो । फैसलाअनुसार शेष घले नेृतत्वको १३ सदस्यीय कमिटीले एकताको महाधिवेशन गराउनुपर्नेछ ।न्युज कारखाना

काठमाडौं, २६ चैत ।

साउथ सुपरस्टार अल्लु अर्जुनले सन् २०२१ मा रिलिज भएको फिल्म पुष्पः द राइजमा उत्कृष्ट अभिनय गरेका थिए । उनको कामलाई दर्शकले निकै मन पराएका थिए र फिल्मले बक्स अफिसमा पनि राम्रो कमाई गरेको थियो ।

 

अब अल्लु अर्जुनले यस फिल्मको दोस्रो भागको दोस्रो टिजर सार्वजनिक हुने भएको छ । अभिनेताले आफ्नो जन्मदिनको अवसरमा फिल्म ‘पुष्पा २ः द रुल’ को टिजर रिलिज गर्ने जानकारी उनले इन्स्टाग्राम मार्फत फ्यानहरुलाई दिइसकेका छन ।

 

अल्लु अर्जुनले यही अप्रिल ८ मा आफ्नो ४२ औं जन्मदिन मनाउँदै छन् । उनका सबै फ्यानहरु उनको जन्मदिनको प्रतिक्षामा छन् किनभने यही दिन ‘ पुष्पा २ः द रुल’ को टिजर रिलिज हुँदैछ । आउनुहोस् हामी तपाईलाई बताउँछौं कि यो कहिले आउँछ र पहिलो टिजर कहिले रिलिज हुन्छ।

 

अल्लु अर्जुनले फिल्म ‘पुष्पा २ः द रुल’को अर्को पोस्टर सेयर गरेका थिए । यो पोस्टर सेयर गर्दै उनले लेखेका छन्, ‘पुष्पा २ः द रुल’को टिजर सोमवार बिहान ११.०७ बजे। अर्थात ८ अप्रिलमा आउनेछ । सोसँगै यो दिन अल्लु अर्जुनले आफ्नो ४२ औं जन्मदिन मनाउने छन् ।

 

यो पोस्टरमा अल्लु अर्जुन आफ्नो ‘पुष्पा’ स्टाइलमा बसेका छन् । उनको हातमा बञ्चरो छ र केही मानिस उनको पछाडि उभिरहेका छन्।  ‘पुष्पा’ जसमा बसेको छ, त्यो सिंहासन जस्तो देखिन्छ । गत वर्ष अल्लु अर्जुनको जन्मदिनमा फिल्मको पहिलो टिजर रिलिज भएको थियो ।

यो टिजर हेरेर फ्यानमा फिल्म छिट्टै रिलिज हुनेमा फरक उत्साह पैदा भएको छ । त्यसपछि मात्रै फिल्मको रिलिज मिति सार्वजनिक भएको हो ।फिल्म पुष्पाको पहिलो टिजरमा पुष्पा २ को झलक देखाइएको थियो, जुन दर्शकको मन जित्न निकै सफल भएको थियो । चलचित्र ‘पुष्पा २ः द रुल’ यसै वर्षको अगस्ट १५ मा रिलिज हुँदैछ । फिल्मको अल्लु अर्जुन अर्थात् पुष्पा र रश्मिका मन्डन्ना अर्थात् श्रीवल्लीको फर्स्ट लुक सेयर गरिएको छ ।न्युज कारखाना

वालिङ ।

नेकपा एमाले स्याङ्जाको अध्यक्षमा सूर्यप्रसाद गैह्रे पुन: निर्वाचित भएका छन् । यसअघि पनि एमाले स्याङ्जाको अध्यक्ष रहेका गैह्रे सर्बसम्मत चयन भएका हुन् ।

त्यसैगरी उपाध्यक्षमा महेश पुरी, सचिवमा रामचन्द्र भट्टराई, उपसचिवमा अमृत श्रेष्ठ र चीनमाया गुरुङ निर्विरोध चयन हुनुभएको नवौँ अधिवेशन निर्वाचन कमिटीका संयोजक टङ्कप्रसाद न्यौपानेले जानकारी दिए ।

नवौँ अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई उपसचिव र एक सय सदस्य गरी एक सय पाँचजनाको जिल्ला कमिटी चयन गरेको हो । एमाले स्याङ्जामा नौ हजार पाँच सय ४३ पार्टी सदस्य रहेका छन् । नवौँ अधिवेशनमा स्याङ्जाका ११ स्थानीय तहका ९७ वडा कमिटी, पार्टीका जनसङ्गठन सबैको प्रतिनिधित्व हुने गरी कूल ६ सय नौ प्रतिनिधि सहभागी रहेका संयोजक न्यौपानेले बताए ।न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।