२०८३ श्रावण २१
२०८३ श्रावण २१

काठमाडौं । उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।

पार्टी विभाजन पछिको परिस्थितिबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न उनी अहिले बालुवाटार पुगेका हुन् । उपप्रधानमन्त्री यादव विदेश भ्रमणमा रहेका बेला उहाँ नेतृत्वको जसपा आइतबार फुटेको थियो ।

भ्रमण टुङ्ग्याएर गएराति मात्र स्वदेश आइपुगेका यादवले प्रधानमन्त्रीसँग नयाँ परिस्थितिको विषयमा छलफल गर्ने बताइएको छ । न्युज कारखाना

काठमाडौं, २५ वैशाख । अछाममा चट्याङ लागेर ६ वर्षीय बालकको मृत्यु भएको छ।

गएराति हावाहुरीसँगै परेको चट्याङ लागे रामारोशन गाउँपालिका-७ सुतार निवासी कमल भण्डारीका ६ वर्षीय छोरा गौरव भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाउको छ।

घरभित्रै बसेको बेला चट्याङले लाग्दा बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ।
न्युज कारखाना

रौतहट,२५ बैशाख ।

रौतहटको चन्द्रनिगापुरबाट दैनिक रूपमा मोटरसाइकल चोरी हुने क्रम बढ्दै गएको छ ।

विगत एक हप्तादेखि दैनिक एउटा मोटरसाइकल चोरी हुँदै आएको स्थानीय बासिन्दाले बताएका छन् । पहिलाको तुलनामा मोटरसाइकल चोरीका घटनामा केही कमी आएको भएपनि पछिल्लो समय आएर चन्द्रनिगापुर क्षेत्रबाट दैनिक रुपमा मोटरसाइकल चोरीका घटना हुन थालेका हुन् । तीन दिन पहिला चन्द्रपुर ८ सन्तपुरबाट एउटा मोटरसाइकल हराएको थियो भने, आइतबार चन्द्रनिगाहपुरको व्यस्त क्षेत्र नेपाल बैंक अगाडिबाट एउटा मोटरसाइकल हराएको थियो । विगत एक हप्तादेखि चन्द्रपुर नगरपालिकाको विभिन्न स्थानबाट दैनिक एउटा मोटरसाइकल चोरी हुँदै आएको छ ।

प्रहरीको फितलो गस्तीका कारण दिनदाहाडै बजार क्षेत्रबाट मोटरसाइकल चोरीका घटना बढ्दै जान थालेका कारण यसतर्फ प्रहरीले आफ्नो सक्रियता बढाउनुपर्ने चन्द्रनिगापुरका स्थानीय बासिन्दा अनन्त अधिकारीको भनाइ रहेको छ ।

चन्द्रपुर नगरपालिकाले नगरका मुख्य चोकहरूमा सिसिटिभी क्यामेरा जडान गरेको बताए पनि पछिल्लो समय मोटरसाइकल चोरीका घटनामा संलग्नहरु सिसिटिभीको अगाडि फेला पर्न सकेको छैनन् । चन्द्रपुर नगर क्षेत्रबाट चोरी भएका मोटरसाइकलहरू चोर समूहले बारा जिल्लाको कोल्बी लगायतका स्थानमा लगेर काटेर बेच्दै आएको जानकारहरूको भनाइ रहेको छ ।

स्थानीयले प्रहरीको फितलो बस्तीका कारण चन्द्रपुर क्षेत्रमा दैनिक जसो चोरीका घटना बढेको भन्दै गुनासो गर्दै आएका छन् । विगत एक हप्तादेखि दैनिक रूपमा एउटा मोटरसाइकल चोरी हुँदै आएकोमा प्रहरीले चोरीमा संलग्न गिरोहलाई पक्राउ गर्न नसकेको भन्दै स्थानीयले त्यसको विरोध गरेका छन् ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगापुरले चोरीमा संलग्न गिरोहको खोजी कार्य भइरहेको र उनीहरू चाँडोभन्दा चाँडो प्रहरीको फन्दामा पर्ने बचाएको छ  ।

केही महिना रोकिएको मोटरसाइकल चोरीका घटना पछिल्लो समय आएर पुन बढ्न थालेपछि स्थानीय बासिन्दाहरु त्रसित बनेका छन् ।न्युज कारखाना

 

काठमाडौं । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव स्वदेश फर्किएका छन् ।

संयुक्त राष्ट्रसंघीय जनसंख्या तथा विकास आयोगको ५७औँ  बैठकमा भाग लिएर उपप्रधानमन्त्री यादव गएराती स्वदेश फर्किएका हुन् ।

यादव अमेरिकामा रहेका बेला उनको दल जसपा नेपाल फुटेको छ । वरिष्ठ नेता अशोक राईको नेतृत्वमा जसपा निर्वाचन आयोगमा दर्ता समेत भएको छ । आजै स्वदेश फर्किएका यादवले केहीबेरमा संसदीय दलको बैठक बस्दै छन् ।
न्युज कारखाना

काठमाडौँ । हमासले सात महिना लामो युद्ध अन्त्य गर्न युद्धविरामको प्रस्ताव स्वीकार गरेको बताएको छ ।

यद्यपि, इजरायलले शान्ति सम्झौताको बारेमा अहिलेसम्म कुनै टिप्पणी गरेको छैन र न त इजरायलले प्रस्तावको विवरण सार्वजनिक गरेको छ । तर, केही दिनअघि इजिप्ट र हमासका अधिकारीहरूले युद्धविराम धेरै चरणमा हुने बताएका थिए । यस अवधिमा, हमासले बन्धकहरूलाई रिहा गर्नेछ र इजरायलले गाजाबाट आफ्ना सेना फिर्ता गर्ने विषय समावेश रहेको छ ।

हमासले एक विज्ञप्ति जारी गर्दै  युद्ध विरामको प्रस्ताव स्वीकार गर्न सहमत भएको बताएको थियो । बयान बाहिर आउने बित्तिकै प्यालेस्टिनीहरूले रफाह वरपर फैलिएका शिविरहरूमा खुशी व्यक्त गरेका थिए ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग कुरा गरेका थिए र राफाको बारेमा चिन्ता व्यक्त गरेका थिए । अमेरिका सहित इजरायलका अन्य घनिष्ठ सहयोगीहरूले इजरायलले रफाहमाथि आक्रमण नगर्न बारम्बार आग्रह गरेका छन् । रफाहमा करिब १४ लाख प्यालेस्टिनीले शरण लिएको बताइएको छ ।

गत अक्टोबर ७ का दिन बिहान हमासले इजरायली सहरमा करिब ५ हजार रकेट प्रहार गरेको थियो । त्यसपछि दुवै पक्षबीच युद्ध जारी छ । न्युज कारखाना

काठमाडौँ । भारतमा आज लोकसभा चुनावको तेस्रो चरणको मतदान भइरहेको छ ।

यस चरणमा ११ राज्य र केन्द्र शासित प्रदेशको ९३ सिटमा मतदान भइरहेको छ । तेस्रो चरणमा कुल १.८५ लाख मतदान केन्द्रमा १७.२४ करोड मतदाताले मतदान गर्ने भारतीय निर्वाचन आयोगले जनाएको छ ।

यस चरणमा हाइप्रोफाइल नेताहरु गृहमन्त्री अमित शाह, नागरिक उडड्यनमन्त्री ज्योतिरादित्य सिन्धे, स्वास्थ्यमन्त्री मनसुख मण्डाविया, केन्द्रीय मन्त्री पुरुषोत्तम रुपालालगायत धेरै केन्द्रीय मन्त्रीहरूको भाग्यको फैसला हुनेछ भने डिम्पल यादव, सुप्रिया सुले, दिग्विजय सिंह जस्ता विपक्षी नेताहरूको लोकसभा सीटमा पनि मतदान भइरहेको छ ।

तेस्रो चरणको मतदान हुने राज्यहरूमा आसाम, बिहार, छत्तीसगढ, गोवा, गुजरात, कर्नाटक, मध्य प्रदेश, महाराष्ट्र, उत्तर प्रदेश, पश्चिम बंगाल, दादर नगर हवेली र दमन दीप् छन् ।
न्युज कारखाना

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत क्रिस्टल प्यालेसले म्यानचेस्टर युनाइटेडमाथि शानदार जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा क्रिस्टल प्यालेसले म्यानचेस्टर युनाइटेडलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

क्रिस्टल प्यालेसको जितमा माइकल ओलीसले २ गोल गरेका थिए भने जीन फिलिप माटेटा र ट्रीक मिचेलले एक एक गोल गरेका थिए ।

यो जितपछि क्रिस्टल प्यालेस ३६ खेलमा ४३ अंकसहित १४ स्थानमा रहेको छ ।

त्यस्तै म्यानचेस्टर युनाइटेडलाई भने यस हारले धक्का लागेको छ । अर्को सिजन च्याम्पियन्स लिगमा छनौट हुन नसकेपनि युरोपा लिगमा समेत अब छनौट हुन मुश्किल देखिएको छ । म्यानचेस्टर युनाइटेडको ३५ खेलमा ५४ अंक रहेको छ र लिगमा आठौँ स्थानमा छ ।न्युज कारखाना

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुदै छ । आज दिल्ली क्यापिटल्स र राजस्थान रोयल्सबीच खेल हुदै छ । दिल्लीमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुदै छ ।

जारी आइपिएलमा दिल्ली क्यापिटल्सले ११ खेलमा ५ जित हासिल गरेको छ भने ६ खेलमा हार बेहोरेको छ । १० अंकसहित दिल्ली अंक तालिकामा छैटौं स्थानमा रहेको छ ।

त्यसैगरी राजस्थान रोयल्सले यस सिजनमा १० खेलमा ८ जित हासिल गर्दै १६ अंकसहित अंक तालिकामा दोस्रो स्थानमा रहेको छ ।

दिल्ली क्यापिटल्स ऋषव पन्तको कप्तानीमा यस सिजनको आइपिएल खेल्दै छ । दुर्घटनाका कारण लामो समय क्रिकेटबाट टाढा रहेका पन्तले आइपिएलबाट क्रिकेटमा पुनरागमन गरेका छन् र अहिलेसम्म शानदार प्रदर्शन गरिरहेका छन् । आइपिएलको प्रदर्शनले उनलाई टी-२० विश्वकप खेल्ने टिमसमेत पुर्याएको छ । दिल्लीमा कप्तान ऋषवका अलावा कुलदीप यादव, अभिषेक पोरेल, यश धुल, अक्सर पटेल जस्ता भारतीय खेलाडीको भूमिका महत्वपूर्ण हुन सक्छ ।

त्यस्तै जेक फ्रासर म्याकग्रुक, शाइ होप, ट्रिसटियन स्ट्ब्स,डेविड वार्नर जस्ता विदेशी खेलाडीको भूमिका महत्वपूर्ण हुनसक्ने देखिन्छ । दिल्ली क्यापिटल्सको आइपिएलमा २०२० मा उपविजेता बनेको थियो । यो नै उसको अहिलेसम्मको सबैभन्दा राम्रो प्रदर्शन हो । गत सिजनमा दिल्ली नवौं स्थानमा रहेको थियो ।

त्यसैगरी यस सिजनमा पनि सन्जु सामसनको कप्तानीमा खेल्दै छ । राजस्थान रोयल्स आइपिएलको पहिलो सिजनको विजेता हो भने २०२२ को उपविजेता टिम हो । राजस्थानमा कप्तान सामसनका अलावा आर आश्विन, युजवेन्द्र चहल, यशस्वी जैसवाल, आवेश खान, ध्रुव जुरेल, रियान पराग जस्ता भारतीय खेलाडी यस सिजनमा महत्वपूर्ण हुने छन् भने जोस बटलर, शिमरोन हेटमायर, ट्रेन्ट बोल्ट जस्ता विदेशी खेलाडीको भूमिका बढी हुने देखिन्छ । न्युज कारखाना

भक्तपुर । भक्तपुर दरबार क्षेत्रस्थित भक्तपुर नगरपालिकाको पुरानो भवन रहेको थन्थु दरबारको शिलान्यास भएको छ ।

नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालले भक्तपुर नगरपालिकाद्वारा निर्माणाधीन ३४६ वर्ष पुरानो भक्तपुरको थन्थु दरबारको शिलान्यास गरेका हुन् ।

५५ झ्यालसँगै जोडिएको थन्थु दरबार २०७२ सालअघिसम्म भक्तपुर नगरपालिकाको कार्यालयको भवनको रुपमा रहेको र २०७२ सालको विनासकारी भूकम्पले क्षतिग्रष्ट बनाएपछि नगरपालिकाले पुनःनिर्माणको तयारी गर्दै गर्दा बजेट र प्राविधिक कारणले यो दरबार पुनःनिर्माण ढिलो गरि अगाडी बढेको छ ।

२०७४ को  निर्वाचनपश्चात भक्तपुर नपाले नगरका १२४ वटा भन्दा बढी सम्पदाहरु पुनःनिर्माण गरेकोमा थन्थु दरबार पुनःनिर्माणको काम छलफलमै सीमित भएको र २०७९ सालको निर्वाचनपछि थन्थु दरबार पुनःनिर्माण कार्यलाई प्राथमिकतामा राखी काम अगाडि बढाउँदै आएको नगर प्रमुख सुनिल प्रजापतिले बताएका छन् ।

थन्थु दरबार भत्काउन रु. १३ लाख ३८ हजारमा लगत इस्टिमेट भएकोमा रु. ११ लाख ५१ हजारमा भत्काउने काम सम्पन्न भएको र दरबारको जगसम्म भत्काइसकेपछि पटक पटक पुरातत्व विभागका महानिर्देशकबाट समेत अवलोकन भएको थियो ।

यो दरबार पुन: निर्माणमा १२ करोड ८५ लाख ३४ हजार ल.इ. स्वीकृत गरी पहिलो चरणको कार्य योजनामा रु. ४ करोड ७२ लाख बजेट स्वीकृत गरी कार्य भइरहेको छ । त्यस्तै रु. १ करोड ५८ लाखको काठ टेन्डर प्रक्रियाबाट खरिद गरिसकेको नगर प्रमुख प्रजापतिले जानकारी दिए ।न्युज कारखाना

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मुम्बई इण्डियन्सले सनराइजर्स हैदरावादलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा मुम्बईले सनराइजर्सलाई ७ विकेटले पराजित गरेको हो ।

सनराइजर्सले दिएको १७४ रनको लक्ष्य पछाएको मुम्बईले १७.२ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । मुम्बईको जितमा सूर्यकुमार यादवले ५१ बलमा १०२ रन अविजितको शतकीय पारी खेलेका थिए ।

यस अघि पहिला ब्याटिंग गरेको सनराइजर्सले २० ओभरमा ८ विकेट गुमाउदै १७३ रन बनाएको थियो ।

यो यस सिजनमा मुम्बईको चौथो जित हो । १२ खेलमा ४ जित हासिल गरेको मुम्बई प्लेअफको दौडबाट भने बाहिर भइसकेको छ । त्यस्तै सनराइजर्स हैदरावादको भने यो पाँचौं हार हो । ११ खेलमा १२ अंक रहेको सनराइजर्स अंक तालिकामा चौथो स्थानमा रहेको छ ।न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।