काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य स्थिर रहेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य स्थिर रहदै १ लाख ३६ हजार ४०० मा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ३५ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि मंगलबार पनि छापावाल सुन तोलाको एक लाख ३५ हजार ४०० मा कारोबार भएको थियो भने तेजावी सुन तोलाको एक लाख ३५ हजार ७५० मा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मुल्य पनि आज स्थिर रहेको छ । महासंघका अनुसार आज चाँदीको मुल्य तोलामा स्थिर रहदै प्रतितोला १६ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।न्युज कारखाना
काठमाडौँ । करिब डेढ वर्षपछि चीनले भारतमा नयाँ राजदूत पठाउने तयारी गरेको छ ।
टाइम्स अफ इन्डियाका अनुसार चिनियाँ राष्ट्रपति सी जिनपिङले १८ महिनाको असाधारण ढिलाइपछि शुई फेइहोङलाई भारतका लागि नयाँ राजदूत नियुक्त गरेका छन् ।
यसबारे औपचारिक घोषणा नभए पनि चीनको विदेश मन्त्रालयले अफगानिस्तान र रोमानियाका लागि राजदूत भइसकेका शुई अब भारतका लागि चीनको राजदूत हुने समाचार एजेन्सी पीटीआईलाई पुष्टि गरेको छ ।
६० वर्षीय शुईले छिट्टै नयाँ दिल्लीमा आफ्नो पद सम्हाल्ने बताइएको छ । उनले सन् २०२२ को अक्टोबरमा भारतमा आफ्नो कार्यकाल पूरा गरेका सन विडोङको स्थान लिनेछन् ।
सुन वेइडोङ भारतमा आफ्नो कार्यकाल अघि पाकिस्तानका लागि चीनका राजदूत पनि थिए र हाल उपविदेश मन्त्री छन् र चीनको दक्षिण एसिया नीतिलाई सम्हाल्ने जिम्मेवार छन् ।
शुईको नियुक्ति भारत र चीनबीच लामो समयदेखि चलिरहेको सैन्य गतिरोध समाधान गर्नका लागि विभिन्न चरणको वार्ताको बीचमा आएको हो ।
मे २०२० मा लद्दाखमा भएको हिंसात्मक सैन्य झडपपछि दुई देशबीचको सम्बन्ध तनावपूर्ण रहेको छ । न्युज कारखाना
भैरहवा
सन्तकबिर नगरका हनि सिंह साथीहरु सँग भैरहवाको एक्वा पार्कमा आइतबार ११ बजे विहानै आए, उनी नेपाल आउनुको एउटा मात्रै उद्देश्य केही भएपनि गर्मीमा राहत होस भन्दै वाटर पार्कको आनन्द लिनु थियो । जसअनुरुप उनले करिब ६ घण्टा नेपालमा विताएर साझ घर तर्फ लागे । 
यस्तै प्रदिप शर्मा पनि परिवार सहित गर्मी छल्न यहाँ आए उनी आफु मात्रै आएनन २ छोरा १ छोरी र श्रीमति सहित परिवरिक आनन्द लिन वाटरपार्क आए । गर्मीले बस्न नै नसकेर परिवार नै लिएर उनी भैरहवा पानीसँग खेल्न आएको आएका हुन । गर्मीले अतालिएका थियौ, परिवार र बच्चाहरु पनि आनन्दीत भए, हामीतिर खासै यस्तो वाटर पार्कहरु नभएकोले नेपाल आएको उनले भने ।
यो त केवल उदाहरण मात्रै हो । भैरहवामा रहेको एक्वा पार्क र रेडसन वाटर पार्कमा अहिले भारतिय पाहुनाहरुको भिड नै लाग्ने गरेको छ । भारतको छिमेकी जिल्लाबाट मात्रै होइन भैरहवा आसपासका युवा युवती, बच्चा र व्यस्कहरु पनि अहिले भैरहवाका यि दुवै व्यवसायीक रुपमा पानीजन्य मनोरञ्जनका लागि सञ्चालित वाटरपार्कमा आन्नद लिन आउने गरेका छन । उखरमाउलो गर्मी छल्न पानीको सहारा लिनु परेको पानी प्रेमीहरुको भनाई छ ।
सिमाबाट नजिक भएकोले पनि भारतका सिमावर्ती क्षेत्र सुनौली, नौतनवा, गोरखपुर मात्रै होइन आयोध्या, नौगढ, कुशीनगर, सन्तकबिरनगर लगायतका ठाउँहरुसम्मका स्विमीङ्ग पारखीहरु सातामा नियमित रुपमा आउने गरेका छन । लुम्बिनी र भैरहवा आसपास आउने बाह्य तथा आन्तरिक पर्यटकहरु पनि केही दिन देखि शितलता सहितको मनोरञ्जन लिने क्रम बढेको छ । गर्मी मौसममा शीतलता लिन र बच्चाहरूसँग छुट्टी मनाउन वाटर फन पार्कहरू विकल्पको रुपमा छन, शनिबार र आइतबार भिड नै हुने गरेको संचालकहरु बताउछन । बच्चा देखि वयस्क सम्म एकै ठाउँमा मनोरञ्जन लिन सक्ने स्थान भएकोले पनि पछिल्लो समय वाटर फन पार्कमा परिवार नै आउने गरेका छन ।
समुन्ध्रको अनुभुति दिलाउन नेपालकै नमुनाको रुपमा यि वाटर पार्क सञ्चालनमा छन । जल क्षेत्रको माध्यमबाट पर्यटन क्षेत्रको बिकासका लागि युवा उद्यमी अभिषेक शर्माको लगानीमा लुम्बिनी अम्युजमेन्ट पार्क (एक्वा पार्क) संचालनमा छ भने पर्यटन व्यवसायी प्रमोद यादवको लगानीमा रेडसन वाटर फनपार्क संचालित छ । सिमाबाट ५ किलो मिटर भित्रै पर्ने यि वाटरपार्कको उद्देश्य पनि भारतिय जल प्रेमी पर्यटकहरुलाई तान्नु रहेको थियो, सामुन्द्रीक छाल सहितको वाटर फन पार्क रुपन्देहीमा ३ वटा रहेको छ ।
साढे ६ विघा क्षेत्रफलमा २ हजार बढिले मनोरञ्जन लिन सक्छन भने अर्को बसन्तपुरमा १४० वर्ग फिटमा फैलिएको पार्कमा एक हजार जना अट्ने क्षमताको छ ।
एक्वा पार्क अमेरिकन टेक्नोलोजीबाट निर्मित वाटर फनपार्कमा बालबालिकादेखि वयष्कसम्मका एकै ठाँउमा मनोरञ्जन गर्दा दुर्घटनाको सम्भावनालाई मध्यनजर गरी उमेर समूह अनुसारको सलाइडहरु छन । यस्का साथै परिवारिक सलाइडमा १० फीट र २० फीट उचाईका ३ वटा सलाइडहरु टनेल सलाइड, ३ लेन सलाइडर रिभोल्भिङ सलाइडहरु, अग्लो टावरबाट २ वटा सलाइडीङ ,मल्टीलेन सलाइड रेन डान्स, क्रेजी रिभर, एक्वा प्ले, बेबी स्लाडिङ, मसरुम स्प्रे, अम्ब्रेला सावर, लगायतका मल्टी वाटर खेलका मनोरञ्जनात्मक उपकरण जडित छ ।
‘हामीले युवाहरुका लागि साहसिक सलाइड अन्तर्गत २५ फीट उचाईबाट यस क्षेत्रमा अहिले सम्मकै लामो तिव्र गति २ सय फीटको स्पीड सलाइड जडान गरेका छौ, यस्तै सेल्फिका लागि सबै उमेर समूहलाई सुहाउने १७–१८ वटा प्वाइन्ट बनाएको संचालक एक्वा पार्कका संचालक शर्माले भने । स्वास्थ्य र सुरक्षालाई मध्यनजर गरी अत्याधुनिक वाटर फिल्टर सिस्टमबाट पानी प्रशोधन गरी वातानुकुलित बनाई पानीलाई पूर्ण रूपमा सुरक्षित बनाएर मात्र प्रयोगमा ल्याइरहेका छौ भने भवितव्यका लागि तालिमप्राप्त लाइफ गार्डको नेतृत्वमा लाइफ गार्ड र प्राथमिक उपचारका लागि जनशक्ति नै राखेकोे शर्माले भने ।
अहिले गर्मी बढेकोले पार्क आउनेको संख्यामा धेरै बृद्धि भएको छ । विदाको दिन, शनिबार र आइतबार अरु दिनको तुलनामा भिडभाड नै हुने गरेको छ । यहाँ आउने ८० प्रतिशत सेवाग्राही भारतबाट आउने गरेका छन, शनिबार र आइतबार त टाढा टाढाबाट नियमित समूहमा नै आउने गरेका छन, सोही लाई मध्य नजर गर्दै हामीले डिजे र नृत्यसहितको मनोरञ्जन दिने गरेको संचालक शर्माले भने ।
यता रेडसन फनपार्कमा पनि भारतिय ग्राहकहरुको आकर्षण बढेको छ । चैत्रको दोस्रो साताबाट सुरुवात भएको वाटरपार्कमा पछिल्लो २ साताबाट गर्मी बढेसँगै भारतियसँगै नेपालीहरुको चाप बढेको छ । पहिलाको तुलनामा अहिले विस्तारै पानीका पारखीहरु बढ्ने क्रममा रहेको म्यानेजर निकेश यादवले भने । हाम्रो सुरुवाती चरणमा ग्राहकहरुको संख्या थोरै भएपनि अहिले टाढा टाढाका ग्राहक आइरहेका छन । शुक्रबार, शनिबार र आइतबार भिड नै लाग्ने गरेको छ, उनीरुको स्वास्थय र सुरक्षालाई ध्यानमा राखी नियमित रुपमा पानी प्रसोधन र परिवर्तन गर्ने गरेको बताए ।
हामीले अहिलेको अवस्थालाई मध्यनजर गर्दै व्यस्कलाई ३००, बच्चाहरुको २५० र हेर्न आएकालाई १०० रुपैया टिकट तोकेका छौ, विस्तारै गेमहरु पनि अपडेट गर्दै लगिरहेको म्यानेजर यादवले भने ।
पानी पारखीहरुको रोजाई नै बेभ पुल हुने गरेको छ, अन्य खेल संयन्त्रमा रमाउनु भन्दा समून्द्र अनुभुति यहाँ पाएकोले बढी आकर्षणा रहेको हुन्छ । नेपाल भुपरिवेष्ठित मुलुक र भारतको उत्तरी क्षेत्रसँग समुन्द्र नछोइएकोले पनि कृत्रिम समून्द्रीक अनुभूति लिन वाटर पार्क आउने गरेका छन ।
रुपन्देहीको भैरहवा अहिले नैपालकै उच्च तापक्रम भएको शहर हो । २ साता देखि भैरहवाको तापक्रम उच्च मापन गरिएपनि पछिल्लो २–३ दिन देखि तापक्रम मापनमा गिरावट आएपनि गर्मी भने कम भएको छैन । जल तथा मौसम विज्ञान कार्यालय भैरहवाका अनुसार गत आइतबार भैरहवाको अधिकतम तापक्रम ४३ दशमलव ६ मापन गरिएकोमा यो रकेर्ड यस वर्षको अहिले सम्मकै उच्च रहेको कार्यालय प्रमुख वरुण पौडेलले भने । भैरहवाको हाल सम्मकै उच्च तापक्रम भने सन १९९५ को मे ३ मा ४५ दशमलव २ पुगेको मापन भएको थियो । भैरहवाको यो साताको सरदर तापक्रम अधिकतम ४० डिग्री सेल्सियस मापन गरिएको छ । विगतका केही दिन देखि भैरहवाको तापक्रम यही अनुपातमा रहेको छ । गर्मीले मानिस अतालिएका छन । न्युज कारखाना
काठमाडौं । इलाम- २ को उपनिर्वाचनमा विजयी नेकपा एमालेका सुहाङ नेम्वाङको प्रतिनिधि सभा सदस्यको शपथ आज हुदै छ ।
नेम्वाङलाई सभामुख देवराज घिमिरेले आज बिहान सिंहदरबारस्थित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभा हालमा शपथ ग्रहण गने कार्यक्रम रहेको सभामुखको सचिवालयले जानकारी दिएको छ ।
बैशाख १५ गते सम्पन्न उपनिर्वाचनमा सुहाङले २७ हजार ७७२ मत प्राप्त गर्दै विजयी भएका थिए । न्युन कारखाना
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँकी काम निर्धारित समयमा सम्पन्न गर्न निर्देशन दिएका छन् ।
आज आयोजनास्थलमा अनुगमनका क्रममा सुनकोसी गाउँ पालिकामा बृफिङ लिनु भएपछि प्रधानमन्त्री प्रचण्डले आयोजनाका आउनसक्ने समस्याको पहिचान गरेर त्यसलाई समयमै सल्टाउन निर्देशन दिए ।
“बहुउद्देश्यीय आयोजना ठूलो कार्यक्षेत्र भएकाले विभिन्न समस्या आउन सक्छन्,” प्रधानमन्त्री प्रचण्डले भने, “समयमा नै समस्याको पहिचान गरी समाधान गर्दै जाने सोंच, कार्ययोजना र पूर्वतयारीको व्यवस्था गर्नुहोला ।” उनले आयोजना समयमै सम्पन्न गरी लगानीको प्रतिफल पनि समयमै प्राप्त गर्नेगरी काम गर्न निर्देशन दिए ।
प्रधानमन्त्री प्रचण्डले आयोजनामा राम्रो काम गर्ने कर्मचारीहरूको अभिलेख व्यवस्थित गरी दण्ड र पुरस्कारको ठोस कार्ययोजना निर्माण गर्नसमेत आयोजना प्रमुखलाई निर्देन दिए ।
सुरुङमार्ग बाहेक अन्य निर्माण कार्यहरू ब्यारेज, पावर हाउस, इलेक्ट्रोमेकानिकल, ट्रान्समिसन लाइन, नदी नियन्त्रण र सामाजिक विकासको कार्यहरू पनि उच्च प्राथमिकताका साथ समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले कार्ययोजना एवं खरिद गुरूयोजनाले निर्दिष्ट गरेअनुरूपका सम्पूर्ण कार्यहरू निर्धारित समयभित्रै पूरा गर्न निर्देशन दिए ।
मरिन डाइभर्सन राष्ट्रिय गौरवको रूपान्तरणकारी आयोजना भएकाले बजेटको अभाव हुन नदिने विश्वास दिलाउँदै प्रधानमन्त्री प्रचण्डले आयोजनाको निर्माण कार्यका निम्ति सरकारको तर्फबाट सम्पूर्ण रूपले सहजीकरण गर्ने जानकारी गराए ।न्युज कारखाना
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी विभाजनको विषयमा स्पष्ट गर्न आज पत्रकार सम्मेलन गर्दै छन् ।
कानुनी राय लिएर अदालत जाने तयारीमा रहेको जसपा नेपालले पार्टी विभाजन, जसपा नेपालको आधिकारिक धारणाबारे जानकारी गराउन आज पत्रकार सम्मेलनको समेत आयोजना गरिएको छ । पत्रकार सम्मेलन बिहान ११: ३० बजे पार्टीको केन्द्रीय कार्यलय बालकुमारीमा हुने बताइएको छ ।
साथै जसपा नेपालको आज कार्यकारिणी समितिको बैठक पनि बस्ने बताइएको छ ।
उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट अशोक राईको नेतृत्वमा ७ जना सांसदले नयाँ दल गठन गर्दै जसपा बनाएका छन् । न्युज कारखाना
मकवानपुर | मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिकामा गरिबीका कारण ७ सय ६६ बालबालिकाले बीचमै पढाई छाड्नु परेको छ। राक्सिराङमा २०८० सालमा ६ हजार ९ सय २ विद्यार्थी भर्ना भएकोमा वर्ष बितिसक्दा ७ सय ६६ जनाले पढाई बिचमै छाडेका हुन्।
यस्तै, राक्सिराङ गाउँपालिका-५ चैनपुरस्थित प्रजा जागृति माध्यमिक विद्यालयमा समेत ३६ जना विद्यार्थीले बीचमै पढाई छाडेका छन्। उक्त विद्यालयमा २ सय ८२ विद्यार्थी भर्ना भएकोमा २ सय ४६ जना मात्र नियमित रूपमा विद्यालय निरन्तर गएको पाइएको छ।
विपन्न तथा जनजाति समुदायका बालबालिकाले गरिबीकै कारण पढाई बिचमै छाड्नु परेको छ। विद्यालयले भर्ना अभियान चलाइरहेको भए पनि कति विद्यार्थीले घरपरिवारको आर्थिक अवस्थाका कारण पढाई निरन्तरता गर्न नसकेको खुलेको छ।
राक्सिराङ गाउँपालिकाका एक विद्यार्थी रश्मी प्रजा भन्छिन्, “बाबुआमाले जुत्ता विद्यालय पोशाक किन्न नसक्दा पोशाक मिलेन र विद्यालय जान गईन ।” उनकी आमाबुवाले मुस्किलले कक्षा ९ मा भर्ना गर्न सफल भए पनि विद्यालय पोशाक किन्ने आर्थिक स्रोत नभएकाले अब के गर्ने भन्ने चिन्ता बाँकी नै रहेको बताइन्छ।
यसरी गरिबीका कारणले धेरै बालबालिकाको पढाइमा नरम्रो असर गरिरहेको छ। सरकारले नि:शुल्क शिक्षाको व्यवस्था गरे पनि नगदसहितको सहयोग उपलब्ध गराउन नसक्दा गरिब बालबालिका पढाइबाट बाहिरिने क्रम रोकिएको छैन। न्युज कारखाना
काठमाडौँ । इजरायलले इजिप्ट र गाजा बीचको रफाह सीमा नाका कब्जा गरेको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले रफाहमा जमिन आक्रमण गर्ने चेतावनी दिएको केही घण्टापछि इजरायली ट्याङ्कहरू रफाह सीमामा पुगेका थिए । उही समयमा, इजरायलले रफाह सीमामा कब्जा गर्नुभन्दा केही समय अघि, हमासले कतारको मध्यस्थतामा युद्धविराम सम्झौतालाई स्वीकार गरेको थियो र ३३ बन्धकहरुलाई रिहा गर्न पनि राजी भएको छ ।
युद्धविरामका सर्तहरूले हमासको बन्दीबाट रिहा भएका प्रत्येक बन्धकको लागि, इजरायलले ६० प्यालेस्टिनीहरूलाई रिहा गर्ने, जसमा महिला, बालबालिका र ५० वर्षभन्दा माथिका वृद्धहरू समावेश हुनेछन् ।
तर, इजरायलले कतार, इजिप्ट र अमेरिकी अधिकारीहरूले गरेको युद्धविराम सम्झौतालाई अस्वीकार गरेको छ । अर्कोतर्फ, हमासको प्रतिद्वन्द्वी प्यालेस्टाइनी प्राधिकरणका प्रवक्ताले द्वन्द्व बढ्नबाट रोक्न अमेरिका र संयुक्त राष्ट्र संघलाई हस्तक्षेप गर्न आह्वान गरेका छन् ।
इजरायली सेनाले सोमबार र मङ्गलबारको बीचमा दक्षिणी गाजा र रफाहमा गरिएको कारबाहीमा २० आतंककारी मारिएको जनाएको छ । इजरायली सेनाले रफाहको अल अबरार मस्जिदमा पनि हमला गरेको छ, जहाँ धेरै हमास आतंकवादीहरू लुकेको बारेमा ठोस जानकारी प्राप्त भएको थियो ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासको पछिल्लो युद्धविराम प्रस्तावले इजरायलको आवश्यक मागलाई विचार नगरेको बताएका छन् । उनले बन्धकहरूलाई फिर्ता गर्न गाजामा धेरै सैन्य दबाब रहेको बताए । इजरायलका रक्षामन्त्री योभ गालान्टले बन्धकहरूलाई मुक्त गर्ने वार्ता असफल भएमा रफाहमा कडा सैन्य आक्रमण गर्ने बताएका छन् ।न्युज कारखाना
काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको हत्या गर्ने योजना बनाएको आरोपमा दुई युक्रेनी सुरक्षा अधिकारीलाई पक्राउ गरिएको छ ।
युक्रेनको राज्य सुरक्षा सेवा (एसबीयू) ले सुरक्षा इकाईका दुई कर्णेललाई हिरासतमा लिइएको छ र रुसलाई गोप्य जानकारी चुहाएको आरोप लगाइएको जनाएको छ ।
एसबीयूले रूसको राज्य सुरक्षा सेवा सँग सम्बन्धित एजेन्टहरूको नेटवर्कको फर्दफास भएको बताउदै उनीहरु;ए जेलेन्स्कीको हत्या गर्ने योजना बनाएको र ति योजना असफल बनाएको बताएको छ ।
एसबीयूले उनीहरुले एसबियुका प्रमुख र युक्रेनको रक्षा गुप्तचर प्रमुखसहित अन्य वरिष्ठ युक्रेनी अधिकारीहरूलाई पनि निशाना बनाएको बताएको छ ।
फेब्रुअरी २०२२ मा रसियाले युक्रेनमा पूर्ण मात्रामा आक्रमण सुरु गरेदेखि जेलेन्स्कीले आफ्नो जीवनमा धेरै प्रयासहरूको सामना गरेका छन् ।
माइकोलाइभको दक्षिणी युक्रेनी क्षेत्रकी एक महिलालाई जेलेन्स्कीको हत्या गर्ने योजना बनाएको आरोपमा अगस्ट २०२३ मा पक्राउ गरिएको थियो । उनलाई मार्नको लागि रूसी हवाई हमलाको योजना बनाउन माइकोलाइभको नियोजित भ्रमणको बारेमा गुप्तचर सङ्कलन गरेको आरोप थियो ।न्युज कारखाना
काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सनराइजर्स हैदरावाद र लखनउ सुपर जाइन्टबीच खेल हुदैछ । हैदरावादमा हुने यो खेल नेपाली समयमा राति ७: ४५ बजेदेखि शुरु हुने छ ।
जारी आइपिएलमा सनराइजर्सले ११ खेलमा १२ अंकसहित चौथो स्थानमा रहेको छ । सनराइजर्सले ६ जित र ५ हार बेहोरेको छ । त्यस्तै लखनउले पनि अहिलेसम्म ११ खेलमा १२ अंकसहित पाँचौं स्थानमा रहेको छ । लखनउले पनि ६ जित र ५ हार बेहोरेको छ ।
सनराइजर्स हैदरावाद अस्ट्रेलियाका पाट कमिन्सको नेतृत्वमा आइपिएल खेल्दै छ । सनराइजर्स भारतीय भन्दा विदेशी चर्चित खेलाडीलाई लिएर यो सिजन खेल्दै छ । सनराइजर्स अभिषेक शर्मा टी नटरञ्जन, राहुल त्रिपाठी, वाशिंटन सुन्दर, भुवनेश्वर कुमार जस्ता भारतीय खेलाडीमाथि बढी भर पर्नुपर्ने देखिन्छ भने कप्तान कमिन्स, ट्राभिस हेड, ग्लेन फिलिप, हेइनरिक क्लासेन जस्ता विदेशी खेलाडी महत्वपूर्ण हुने देखिन्छन् ।
लखनउ केएल राहुलको कप्तानीमा यो सिजन पनि खेलिरहेको छ । यस टिममा कप्तान राहुलसहित दिपक हुडडा, रवि विस्नोई, क्रुनाल पाण्डेय, यश ठाकुर, आयुष बदानी र देवदत्त पाडीकल जस्ता भारतीय खेलाडी यस सिजनमा महत्वपूर्ण हुने देखिन्छन् ।
त्यस्तै निकोलस पुरन, मार्क्स स्टोइनिस, क्वेंटन डिकक, काइल मेयर्स र नविन उल हक जस्ता विदेशी खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ । न्युज कारखाना