२०८३ श्रावण २१
२०८३ श्रावण २१

विराटनगर । कोशी प्रदेशको बजेट अधिवेशन बैशाख ३१ गते बोलाउन सिफारिस गरिएको छ ।

एमालेका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्री नियुक्त भएपछि बिहीबार साँझ बसेको पहिलो मन्त्रिपरिषदको बैठकले तीन निर्णय गरेको छ ।

मन्त्रिपरिषद्ले प्रदेशसभाको पाँचौं तथा बर्खे अधिवेशन वैशाख ३१ गते ११ बजेका लागि आह्वान गर्न प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष सिफारिस  गरेको छ ।

त्यस्तै, बैठकले नवनियुक्त मन्त्री रामबहादुर रानामगरलाई प्रदेश सरकारको प्रवक्ता तोकेको छ भने संघीयता कार्यान्वयन तथा कानुन निर्माण सम्बन्धी एकीकृत अध्ययन कार्यदल निर्माण गर्ने तेस्रो निर्णय मन्त्रिपरिषद् बैठकबाट भएको छ।

७ सदस्यीय कार्यदलमा प्रदेशका पूर्वमुख्य न्यायाधिवक्ता एवं वरिष्ठ अधिवक्ता चूडामणि आचार्यलाई संयोजक तोकिएको छ । कार्यदलको सदस्यमा पूर्वमुख्य न्यायाधिवक्ता एवं वरिष्ठ अधिवक्ता गजेन्द्र आचार्य, पूर्वप्रदेशसभा सदस्य अर्जुन राई, कूलप्रसाद साम्बा, जसमाया गजमेर र पूर्वउपसचिव नरेन्द्र श्रेष्ठ रहेका छन् । सदस्यसचिवमा कोशी प्रदेशको आन्तरिम मामिला तथा कानुन मन्त्रालयका सचिव छन् ।

मुख्यमन्त्री कार्कीले एमालेबाट रामबहादुर राना र माओवादी केन्द्रबाट गणेशप्रसाद उप्रेतीलाई बिनाविभागीय मन्त्री नियुक्त गरेका थिए ।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार कार्की तेस्रोपटक मुख्यमन्त्री नियुक्त भएका हुन् ।
न्युज कारखाना

काठमाडौँ ।  सल्यानको दार्मा गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने भएपछि आज सार्बजनिक बिदा दिईएको छ ।

दार्मा गाउँपालिका-३ मा रहेको पालिकाको प्रशाकीय भवनको उद्घाटन बिहान ११ बजे गर्ने कार्यक्रम रहेको छ ।

भवन उद्घाटन प्रधानमन्त्रीले गर्ने भएपछि आज पालिकाभरी सार्वजनिक बिदा दिइएको छ ।

गाउँ कार्यपालिकाको बैशाख २२ गते बसेको बैठकले आज बैशाख २८ गते सार्बजनिक बिदा दिने निर्णय गरेको थियो । न्युज कारखाना

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सूर्यदर्शन सहकारीबाट ऋण लिएको पुष्टि भएको छ ।

पोखरा महानगरले गठन गरेको छानबिन समितिले लामिछानेले ऋण माग फाराम भरेर सहकारीबाट रकम लिएको प्रमाणसहित प्रतिवेदन बुझाएपछि उनले ऋण लिएको पुष्टि भएको हो ।

यस अघि सीबीआईको अनुसन्धानमा लामिछानेलाई क्लीन चिट दिइएको भएपनि पीडितहरूको मागको आधारमा पोखरा महानगरले गठन गरेको छानबिन समितिलले भने लामिछानेले एक करोड ऋण लिएको प्रमाणसहित प्रतिवेदन बुझाएको छ । जीबी राई अध्यक्ष रहेको गोर्खा मिडिया नेटवर्कमा लामिछाने प्रबन्ध निर्देशक भएका बेला सूर्यदर्शन सहकारीबाट ३० करोड रुपैयाँ लिएको तमसुक र लामिछाने स्वयंका नाममा खाता खोलेर सहकारीबाट एक करोड रुपैयाँ ऋण निकालेको प्रमाण छानबिन समितिले फेला पारेको छ ।

वित्तीय विश्लेषणका क्रममा फेला परेको कर्जा माग फारामको फोटोकपी प्रतिवेदनमा राखिएको बताइएको छ । रवि लामिछानेको मागअनुसार एक करोड रुपैयाँ गएको र पैसा कहाँ गयो, कुन मितिमा, कुन चेकबाट पैसा गयो भनेर पनि प्रतिवेदनमा लेखिएको छ ।

पोखरा महानगरको छानबिन समिति र सीआईबीको अनुसन्धानले एउटै विषय पुष्टि गरेका छन् । प्रतिवेदनमा सूर्यदर्शनका ८७ ‘शंकास्पद ऋणी’ को सूचीमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनको नाम ६ र २६ नम्बरमा, रवि लामिछानेको नाम १९ नम्बरमा, गितेन्द्रबाबु राईको नाम २१ नम्बरमा छ । लामिछानेले चेक तथा नगदबाट एक करोड लिएका छन् ।
न्युज कारखाना

काठमाडौँ । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमा आजका लागि  सुनुवाइ पेशी तोकिएको छ । कार्कीले नयाँ सरकार गठनविरुद्ध विहिबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए ।

प्रदेश प्रमुखको कार्यालय, प्रदेश प्रमुख परशुराम खापुङ, सभामुख अम्बरबहादुर विष्ट, नेकपा एमालेका प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की तथा सङ्कल्प प्रस्तावका समर्थकहरूलाई विपक्षी बनाइएको रिटमा नेपालको संविधानको धारा १३३ (२) (३) बमोजिम उत्प्रेषण, परमादेशलगायत उपयुक्त आदेश जारी गर्न माग गरिएको छ ।

प्रदेश प्रमुख परशुराम खापुङले बुधबार राति सरकार गठनको आव्हान गरेर विहिबार दाबी पेश गरेका एमालेका हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्ति समेत गरिसकेका छन् ।न्युज कारखाना

धनगढी, २९ वैशाख । कैलाली जग्गा तथा आवास विकास संघको नयाँ कार्यसमिति चयन गरिएको छ। धनगढीमा गत वैशाख १९ गते बसेको जग्गा तथा आवास विकास संघको बैठकले डबलबहादुर ऐरको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरिएको हो।

अध्यक्ष उपेन्द्र अवस्थीको अध्यक्षत्यतामा बसेको बैठक गठन गरेको नयाँ कार्यसमितिको उपाध्यक्षमा चक्र बिष्ट, महासचिवमा कृष्णराज पन्त, सचिमा डम्बर बिष्ट र कोषाध्यक्षमा पतिराम चौधरी चयन भएका हुन्। यस्तै सदस्यहरुमा इन्द्रबहादुर चन्द्र, हिरण्ढकुमार साउद, हरि भट्ट, महेन्द्र यादव, राजन भट्ट र लालबहादुर थापा चयन भएका छन्।

यसैगरि सल्लाहकार समितिमा वरिष्ठ सल्लाहकार प्रभातकुमार चौधरी, उप्रेन्द्रप्रसाद अवस्थी, उमेश गिरी, पर्वत भण्डारी, दिपेन्द्र शाही, गोपाल शाही र लालबहादुर देउवा चयन भएका छन्।

नयाँ कार्यसमितिले आगामी दिनमा प्रदेश सरकार र स्थानीय तहसंग समन्वय गरेर अगाडि बढ्ने उपाध्यक्ष चक्र बिष्टले बताए। प्रदेशका अन्य जिल्लाहरुमा पनि संगठन विस्तार गर्न तयारीमा रहेको उनले बताए। संघले गत वैशाख १७ गते आफ्नो प्रथम अधिवेशन समेत गरेको थियो।न्युज कारखाना

काठमाडौँ । जर्मन च्याम्पियन बायर लिभरकुसन र इटालियन क्लब एटलान्टा युरोपा लिगको फाइनलमा पुगेका छन् ।

गएराती सम्पन्न सेमिफाइनल खेलमा बायर लिभरकुसनले इटालियन क्लब एएस रोमासँग २-२ गोलको बराबरी खेलेपनि पहिलो लिगमा २-० को जितको आधारमा समग्रमा ४-२ को नतिजासहित फाइनलमा पुगेको थियो ।

त्यस्तै एटलान्टाले फ्रेन्च क्लब मार्सेलीलाई दोस्रो लिगमा ३-० ले पराजित गर्दै समग्रमा ४-१ को नतिजा सहित पराजित गरेको थियो । यस अघि पहिलो लिगमा दुवै १-१ को बराबरी खेलेका थिए ।

अब यस सिजनको युरोपा लिगको फाइनलमा लिभरकुसन र एटलान्टा खेल्ने भएका छन । फाइनल खेल मे २२ मा आयरल्याण्डको डब्लिनस्थित अभिभा स्टेडियममा हुदै छ ।न्युज कारखाना

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले एक मानिसबाट अर्को मानिसमा बर्ड फ्लू सर्ने कुनै सम्भावना नदेखिएको जनाएको छ ।

हाल एच५ एन १ एभियन इन्फ्लुएन्जा भाइरसमा यस्तो परिवर्तनको कुनै सङ्केत नरहेको जनाएको छ जसले गर्दा एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने सम्भावना बढ्छ । संयुक्त राष्ट्र संघले यो भाइरस र संक्रमणका केसहरूको निरन्तर निगरानी गर्न आग्रह गरेको छ ।

संयुक्त राज्य अमेरिकाका विभिन्न क्षेत्रहरूमा लाखौं दुग्ध गाईवस्तुहरूमा बर्ड फ्लूको प्रकोप छ र हालसम्म एक जना संक्रमित भएको रिपोर्ट गरिएको छ । अहिलेसम्म कम्तिमा २२० जनालाई निगरानीमा राखिएको छ भने ३० जनाको परीक्षण गरिएको छ ।

संयुक्त राष्ट्र स्वास्थ्य एजेन्सीका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले धेरै मानिसहरू संक्रमित जनावरहरूको सम्पर्कमा आएका छन् र तिनीहरूको अनुगमन र परीक्षण महत्त्वपूर्ण छ । साथै उनीहरुलाई आवश्यकता अनुसार स्वास्थ्य सेवा उपलब्ध गराउनु पर्नेछ । डा. टेड्रोसका अनुसार अहिलेसम्म भाइरसले व्यक्तिमा सर्ने कुनै सङ्केत नदेखेको तर निरन्तर निगरानी आवश्यक छ ।

अमेरिकामा काँचो दूधमा यो भाइरस भेटिएको छ तर प्रारम्भिक परीक्षणमा दूधलाई उच्च तापक्रममा केही समय तताएर चिसो गरेर पाश्चराइजेसन गर्दा भाइरस नष्ट हुने देखाएको छ । यसलाई ध्यानमा राख्दै, संयुक्त राष्ट्र संघले सबै देशका मानिसहरूलाई पाश्चराइज्ड दूध प्रयोग गर्न सल्लाह दिएको छ, जसको माध्यमबाट सम्भावित भाइरस सूक्ष्मजीवहरूलाई स्वास्थ्य जोखिम नहुने स्तरमा कम गर्न सकिन्छ । यसले दूधको शेल्फ लाइफ पनि बढाउँछ।

संयुक्त राष्ट्र संघका महानिर्देशकले एभियन इन्फ्लुएन्जाका कारण जनस्वास्थ्य जोखिमको स्तर हाल न्यून रहेको आकलन गरेको छ। संक्रमित जनावरहरूको सम्पर्कमा आउने मानिसहरूको लागि यो हल्का देखि सामान्य स्तरमा हुन्छ ।

डा टेड्रोसका अनुसार, त्यहाँ एक विश्वव्यापी इन्फ्लुएन्जा निगरानी प्रणाली छ, जुन १३० देशहरूमा अवस्थित केन्द्रहरूको नेटवर्कद्वारा संचालित छ । हालैका वर्षहरूमा, एच ५ एन १ जंगली चराहरू, कुखुराहरू, भूमि र समुद्री स्तनपायीहरू माझ छिटो फैलिएको छ, र अहिले दुग्ध गाईवस्तुहरूलाई संक्रमित गरिरहेको छ ।

सन् २०२१ यता २८ जनामा ​​संक्रमण देखिएको छ, तर एक व्यक्तिबाट अर्को व्यक्तिमा भाइरस सरेको पुष्टि भएको छैन ।न्युज कारखाना

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुदै छ ।

आज गुजरात टाइटन्स र चेन्नई सुपर किंग्सबीच खेल हुदै छ । अहमदावादमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुदै छ ।

जारी आइपिएलमा गुजरात टाइटन्सले ११ खेलमा ४ जित र ७ हारसहित अंकतालिकामा पुछारमा रहेको छ । त्यस्तै चेन्नई सुपर किंग्सले भने ११ खेलमा ६ जित र ५ हारसहित १२ अंक हासिल गर्दै चौथो स्थानमा रहेको छ ।

गुजरात टाइटन्स यस सिजनमा शुभमन गिलको कप्तानीमा खेल्दै छ । गुजरातले टिम खेलेको पहिलो सिजनमै विजेता र गत सिजनमा उपविजेता बनेर बलियो टिमको उदाहरण दिएको छ ।

यस टिममा गिलसहित रिद्धिमान शाह, साइ किसोर, साइ सुदर्शन, राहुल तेवातिया, उमेश यादव, अभिनव मनोहर जस्ता भारतीय खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ भने डेविड मिलर रशिद खान, अज्मतुल्लाह ओमरजाइ, केन विलियम्सन जस्ता विदेशी खेलाडीको भूमिका ठुलो हुने देखिएको छ । गुजरात टिम खेलेको पहिलो सिजनमै विजेता र गत सिजनमा उपविजेता बनेको थियो ।

त्यसैगरी यस सिजनमा महेन्द्र सिंह धोनीले भने चेन्नईको कप्तानी छोडेपछि रुतुराज गायकवाडले कप्तानी गर्दै छन् । चेन्नईका लागि कप्तान गायकवाडसहित रविन्द्र जडेजा, अजिख्य रहाने, समीर रिज्वी, महेन्द्र सिंह धोनी, दिपक चहर यस सिजनमा महत्वपूर्ण हुने छन् भने रचिन रविन्द्र, मुस्ताफिजुर रहमान, डार्यल मिचेल, मथीसा पाथिराना जस्ता खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ ।

चेन्नई आइपिएलकै सबैभन्दा सफल टिम मध्ये एक टिम हो । अहिलेसम्म चेन्नईले ५ आइपिएल उपाधि जितेको छ भने आइपिएलको डिफेन्डिङ च्याम्पियन समेत हो । न्युज कारखाना

काठमाडौँ । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको अन्तरिम जमानतको रिटमा सर्वोच्च अदालतले आज फैसला सुनाउने भएको छ ।

विहिबार सर्वोच्च अदालतमा बहस सकिएपछि न्यायाधीश सञ्जीव खन्नाले शुक्रबार फैसला सुनाउने बताएका हुन् ।

गत मार्च २१ मा प्रवर्तन निर्देशनालय (इडी) को हिरासतमा रहेका केजरीवाललाई पटक पटक म्याट थप गर्दै हिरासतमा राखिएको छ । तल्लो अदालत र उच्च अदालतले अन्तरिम जमानत दिन अस्वीकार गरेपछि केजरीवाल सर्वोच्च अदालत गएका थिए ।
विहिबारको बहसमा ईडीले सर्वोच्च केजरीवालको अन्तरिम जमानत याचिकाको विरोध गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

ईडीले चुनाव प्रचारका लागि कुनै पनि नेतालाई अन्तरिम जमानत दिन नहुने बताएको छ ।

अरविन्द केजरीवाललाई दिल्लीको मदिरा नीतिसँग सम्बन्धित कथित घोटाला प्रकरणमा मार्च २१ मा पक्राउ गरिएको थियो । मंगलबार दिल्ली अदालतले केजरीवालको न्यायिक हिरासतलाई मे २० सम्म बढाएको थियो ।न्युज कारखाना

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलुरुले पञ्जाव किंग्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बैंगलुरुले पञ्जावलाई ६० रनले पराजित गरेको हो ।

बैंगलुरुले दिएको २४२ रनको लक्ष्य पछाएको पञ्जाव किंग्स १७ ओभरमा १८१ रन बनाएर अलआउट भएको थियो ।

यसअघि पहिला ब्याटिंग गरेको बैंगलुरुले २० ओभरमा ७ विकेट गुमाउदै २४१ रन बनाएको थियो । बैंगलुरुका लागि विराट कोहलीले सर्बाधिक ९२ रन बनाएका थिए ।

यो जितपछि रोयल च्यालेन्जर्स बैंगलुरुको १३ खेलमा १० अंक भएको छ र अंक तालिकामा आठौँ स्थानमा रहेको छ । त्यस्तै पञ्जावको भने यो हारपछि प्लेअफको सम्भावना समाप्त भएको छ । १२ खेलमा ८ अंक रहेको पञ्जाव अंक तालिकामा नवौं स्थानमा झरेको छ ।

यसका साथै यस सिजनमा मुम्बई इण्डियन्सपछि पञ्जाव किंग्स प्लेअफको दौडबाट बाहिरिएको छ ।न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।