२०८३ श्रावण २०
२०८३ श्रावण २०

काठमाडौँ । अमेरिकी कम्पनी माइक्रोसफ्टलाई कोर्टाना पेटेन्ट प्रकरणमा ठूलो झट्का लागेको छ ।

डेलावेयर संघीय अदालतको निर्णायकले माइक्रोसफ्टलाई यसको भर्चुअल सहायक कोर्टानाको प्रयोगको लागि पेटेन्ट मालिक आइपीए टेक्नोलोजीलाई २४० मिलियन डलर तिर्न आदेश दिएको छ । अदालतले माइक्रोसफ्टले आफ्नो प्रविधि चोरेर आईपीएको पेटेन्ट अधिकार उल्लङ्घन गरेको ठहर गरेको थियो । कोर्टाना एक भर्चुअल आवाज सहायक हो, माइक्रोसफ्ट द्वारा २०१४ मा प्रस्तुत गरिएको थियो ।

आइपीएले कोर्टाना चल्ने भ्वाइस रिकग्निसन टेक्नोलोजीको पेटेन्ट स्वामित्व भएको दाबी गरेको थियो, जुन यसले २०१० मा सिरी इनकबाट खरिद गरेको थियो । सिरीलाई पछि एप्पलले किनेको थियो र सोही नामको भ्वाइसमा आधारित भर्चुअल असिस्टेन्ट सिरी ल्यायो ।

माइक्रोसफ्टले भने यस विषयमा माइक्रोसफ्टले आइपीएको कुनै पनि पेटेन्ट उल्लङ्घन नगरेको बताएको छ । उसले यो निर्णय पुनरावेदन गर्ने जनाएको छ । आइपीले २०१८ मा माइक्रोसफ्टविरुद्ध मुद्दा दायर गरेको थियो । माइक्रोसफ्टलाई व्यक्तिगत डिजिटल सहायक र भ्वाइस-आधारित डाटा नेभिगेसनसँग सम्बन्धित पेटेन्टमा उल्लङ्घन गरेको आरोप लगाइएको थियो । यद्यपि, केसलाई पछि एक विशिष्ट आइपी पेटेन्टमा ध्यान केन्द्रित गर्न संकुचित गरियो ।

यद्यपि, माइक्रोसफ्टले तर्क गर्‍यो कि यसले पेटेन्टको उल्लङ्घन गरेको छैन, बरु प्रश्नमा रहेको पेटेन्ट अवैध रहेको दाबि गरेको थियो । आईपीएले गुगल र अमेजनमाथि पनि यस्तै मुद्दा दायर गरेको थियो, जसमध्ये गुगलविरुद्ध मुद्दा चलिरहेको छ भने अमेजनविरुद्ध हारेको छ । न्युज कारखाना

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले  झापास्थित गिरीबन्धु चिया बगान (गिरीबन्धु टि–इस्टेट) प्रकरणमा तत्कालिन केपी ओली नेतृत्वको सरकारलाई कारवाही गर्नुपर्ने टिप्पणी गरेका छन् ।

बालेनले सामाजिक संजालमा टिप्पणी गर्दै गिरीबन्धु टी-स्टेट जग्गा प्रकरणमा झन्डै ३४४ बिघा जग्गा साटफेर गर्न दिने तत्कालीन केपी ओली सरकारको निर्णयलाई सर्वोच्चको संवैधानिक इजलासले उल्टाएको उल्लेख गर्दै  अब तत्कालिन ओली नेतृत्वको सरकारलाई अहिलेको सरकारले कारवाही गर्नुपर्ने बताएका छन् ।

अहिलेको अवस्थामा सो जग्गाको मुल्य १० अरब भन्दा धेरै भएको भन्दै बालेनले तत्कालीन सरकारलाई कारबाहीको भागिदार बनाउनु पर्ने बताएका छन् ।  उनले जग्गाको बैना गरेका सबैलाई कानुनी प्रकृयाबाट बैना फिर्तामा जान आग्रह गर्दै अब जग्गा प्राप्तीको बाटो सकिएको उल्लेख गरेका छन् ।

साथै उनले देशको अरबौको सम्पत्तिलाई एकल प्रयासले जोगाउन सफल महानगरका कानुनी सल्लाहकार समेत रहेका ओम प्रकाश अर्याललाई धन्यवाद समेत दिएका छन् ।न्युज कारखाना

काठमाडौँ । कामिरिता शेर्पाले सगरमाथाको २९औँ पटक सफल आरोहन गरेर कीर्तिमानी तोडेका छन् । कामिरिताले आज बिहान ७: २५ बजे सगरमाथाको सफल आरोहण गरेको सेभेन समिट ट्रेक्सले जानकारी दिएको छ ।

उनी सगरमाथामा सबैभन्दा बढी पटक आरोहण गर्ने आरोही हुन् । यस अघि पनि यो किर्तिमान उनकै नाममा रहेको थियो ।  सोलुखुम्बुको खुम्बु पासाङ्ल्हामु गाउँपालिका थामेमा जन्मिएका ५४ वर्षीय कामरिताले सफल आरोहण गरेर आफ्नै कीर्तिमानी तोडिदिएका छन् ।

सगरमाथा आरोहणको ७१ वर्षे इतिहासमा कामिरिता सर्वाधिक आरोहण गर्ने कीर्तिमानी आरोही हुन् । गत वर्ष सोलुखुम्बुकै पासाङ दावा शेर्पाले २७ पटक सगरमाथा आरोहण गरेका थिए । पासाङ दावाले यसपटक सगरमाथा आरोहण गर्ने या नगर्ने टुङ्गो छैन ।

सगरमाथासहितका हिमाल नेपालको गौरव पनि हो । पर्वतारोहण र पदयात्राका लागि उल्लेख्य सङ्ख्यामा विदेशी नागरिक नेपाल आउँछन् । कीर्तिमानी आरोही कामिरिताको बुझाइमा हिमालले देशलाई धेरै चीज दिएको छ । हिमाललाई दुहुना गाईका रुपमा मात्र प्रयोग नगरी संरक्षण र सरसफाइ गर्नुपर्ने उनको बुझाइ छ ।

कामिरिताले विसं २०७९ को वसन्त ऋतुमा दुईपटक सगरमाथा आरोहण गरेका थिए । सन् २०२३ को मे १७ मा कामिरिताले २७औँ पटक सगरमाथा आरोहण गरेका थिए । त्यसको केही दिनलगत्तै उनी दोस्रोपटक सगरमाथाको चुचुरोमा पुग्न सफल थिए । उनले सन् २०२२ को वसन्त आरोहणमा डोरी टाँग्ने क्रममा २६औँ पटक सगरमाथाको आरोहण गरेका थिए । उनले सबैभन्दा धेरै पटक सगरमाथा आरोहणसँगै आठपटक चोयु, तीनपटक मनास्लु, एकपटक ल्होत्से, एकपटक केटु आरोहण गरी ४० पटक विश्वका अग्ला हिमालको आरोहण गरिसकेका छन् ।

सन् १९९४ मे १३ मा पहिलोपटक सगरमाथाको चुचुरो टेकेका कामिरिताका नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी पटक आरोहण गरेको कीर्तिमानी छ ।

अघिल्लो वर्षको वसन्त ऋतुमा सोलुखुम्बुकै पासाङ दावा शेर्पाले २७ पटक सगरमाथा आरोहण गरेपछि कामिरिताको कीर्तिमानी खोसिने हो कि भन्ने चुनौती थपिएको थियो । पासाङ दावाले आरोहणलाई निरन्तरता दिएमा कीर्तिमान तोडिने भएकाले जोगाउने चुनौती थपिएको हो । सगरमाथाको दोस्रो शिविरभन्दा माथिको बाटो बनाउने जिम्मा सेभेन समिट ट्रेक्स प्रालिले पाएको छ । वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न उत्साहजनक रुपमा आरोही आइरहेका छन् । न्युज कारखाना

काठमाडौँ । नेपाल आइडल फेम गायक रवि ओड प्रहरीको नियन्त्रणमा रहेका छन् ।

कञ्चनपुर प्रहरीका अनुसार गायक ओडले बिहीबार इलाका प्रहरी कार्यालय झलारीमा आत्मसमर्पण गरेका हुन् ।

उनीविरूद्ध श्रीमतीले गत चैत २१ गते वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै  इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी दिएकी थिइन्।

त्यसबेला विदेशमा रहेका ओड नेपाल फर्केपछि आफैं प्रहरी कार्यालयमा उपस्थित भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको जनाएको छ । न्युज कारखाना

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड  र नेपाली कांग्रेसका सभापतिसहित शीर्ष नेताहरुबीच छलफल सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापालगायतका नेताहरु सहभागी रहेका छन् ।

प्रधानमन्त्रीले संसद्को गतिरोध अन्त्यका लागि कांग्रेससँग छलफल शुरु गरेका हुन् । सरकारले कांग्रेसलाई समग्र समस्याग्रस्त सहकारी छानबिन गर्न आयोग गठन गर्ने र दोषी देखिएका सबैलाई कारबाही गर्ने प्रस्ताव गरेको बुझिएको छ ।

कांग्रेसले भने गृहमन्त्री रवि लामिछानेमाथि छानबिन हुनुपर्ने अडान राख्दै आएको छ । शु्क्रबार सहकारी ठगी प्रकरणमा लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै संघीय संसदका दुवै सदन अवरुद्ध गरेको थियो ।
कांग्रेसले आगामी बैठकमा पनि अवरोध गर्ने चेतावनी दिएपछि सरकार अप्ठ्यारोमा परेको छ ।न्युज कारखाना

रौतहट,३० बैशाख । जिल्लाका बजार सम्बन्धित निकायले अनुगमन नगरेका कारण उपभोक्ताहरू त्यसको प्रत्यक्ष मारमा परेका छन् । स्थानीय पालिकाहरूले समेत बजार अनुगमनमा चासो नदिएका कारण उपभोक्ताहरूले मार खेप्नु परिरहेको गुनासो आउन थालेको छ ।

विशेष गरेर पछिल्लो समय रौतहटका बजारमा म्याद गुज्रेका खाद्यवस्तुको बिक्री वितरण तीव्र रुपमा बढेको भएपनि सम्बन्धित निकायले बजार अनुगमन गर्नेतर्फ ध्यान दिन नसक्दा उपभोक्ताहरु म्याद गुज्रिएका खाद्यवस्तु खरिद गर्न बाध्य भएका छन् ।

त्यस्तै जिल्लाकै प्रमुख व्यापारिक बजार चन्द्रनिगाहपुरमा रहेका होटलहरू समेत अनुगमन नभएका कारण उपभोक्ताले होटलमा गुणस्तरहीन खाना खान बाध्य भएको गुनासो आइरहेको छ ।

पहिला पहिला चन्द्रपुर नगरपालिकाले एक वर्षमा एक दुई पटक बजार अनुगमन गर्ने गरेको भएपनि पछिल्लो समय आएर बजार अनुगमन नहुँदा व्यापारीको मनोमानी तीव्र रुपमा बढेको स्थानीय बासिन्दा प्रल्लाद गौतमको भनाइ रहेको छ । जिल्लाका प्रमुख व्यापारिक बजार चन्द्रनिगाहपुर, गौर, गरुडा, कटहरिया लगायतका स्थानमा बजार अनुगमन नभएका कारण व्यापारीको मनोमानी तीव्र रुपमा बढ्दै गएको स्थानीय बासिन्दाहरुले गुनासो गरेका छन् । स्थानीय पालिकाहरू र जिल्ला प्रशासन कार्यालयले चाडबाडका बेलामा बजार अनुगमन गरेजस्तो गर्ने गरेको र अन्य बेला कानमा तेल हालेर बसेका कारण उपभोक्ताहरु ठगिन बाध्य भएका छन् ।

खाद्यान्न पसल कोल स्टोर्स, होटल, तथा किराना पसलहरू अनुगमन नभएका कारण उनीहरूको मनोमानी बढ्दै जाँदा त्यसको प्रत्यक्ष मारमा उपभोक्ता पर्ने गरेको चन्द्रनिगाहपुरका स्थानीय बासिन्दा तथा नेपाली कांग्रेसका चन्द्रपुर नगर सभापति मुकेश गिरीको भनाइ रहेको छ । जनतासँग प्रत्यक्ष सरोकार भएका चन्द्रपुर नगर क्षेत्रका अस्पताल मेडिकल तथा क्लिनिकहरू समेत नगरपालिकाले नियमित अनुगमन नगरेका कारण उनीहरुले सर्वसाधारणको स्वास्थ्यमाथि खेलबाड गरिरहेको गिरिको भनाइ रहेको छ । चन्द्रपुर नगर क्षेत्रमा रहेका मेडिकल तथा क्लिनिकहरूमा उपचार गर्न आउनेहरूले ज्यान गुमाउँदै आएको भएपनि त्यसतर्फ सम्बन्धित निकायको ध्यान जान नसकेको गिरीको कथन छ ।

रौतहट जिल्लाकै पालिकाहरूले बजार अनुगमनतर्फ ध्यान नदिएका कारण उपभोक्ताले गुणस्तरहीन खाद्यवस्तुको प्रयोग गर्न बाध्य भइरहेको गुनासो आउँदा पनि त्यसतर्फ कसैको ध्यान जान नसकेको कटहरियाका सञ्चारकर्मी आरके श्रीवास्तवको भनाइ रहेको छ ।

जिल्ला प्रशासन कार्यालयले बजार अनुगमन गर्दै आएकोमा पछिल्लो समय त्यसको सम्पूर्ण स्वामित्व पालिकाहरूलाई गएको भएपनि पालिकाहरूले बजार अनुगमन गर्ने तर्फ ध्यान नदिएका कारण उपभोक्ताहरुले त्यसको मार खेप्न बाध्य भएका छन् ।

जिल्लाका प्रमुख व्यापारिक बजारहरूमा नियमित रूपमा बजार अनुगमन हुनुपर्नेमा पालिकाहरूले बजार अनुगमन गर्नेतर्फ ध्यान नदिएका कारण समस्या उत्पन्न भएको उपभोक्ता हित संरक्षण मञ्च रौतहटका अध्यक्ष टिका घिमिरेको भनाइ रहेको छ ।न्युज कारखाना

 

काठमाडौँ । कुवेतका नयाँ अमिर शेख मिशाल अल-अहमद अल-सबाहले देशको संसद भंग गरेका छन्। अमिरले एक टिभी च्यानललाई सम्बोधन गर्दै यस्तो घोषणा गरेका हुन् । उनले देशको लोकतन्त्रको दुरुपयोग हुन नदिने बताए ।

यससँगै उनले चार वर्षदेखि देशका सरकारी विभागलाई आफ्नो नियन्त्रणमा लिएर कैयौं कानुन तोडेका छन् । अमिर कुवेतको सर्वोच्च पद हो ।

अप्रिलमा नयाँ संसद्को नियुक्तिपछि पहिलो पटक मे १३ मा संसद बैठक बस्ने भए पनि धेरै नेताले सरकारमा भाग लिन अस्वीकार गरेका थिए । अमिरले सरकार गठन गर्न नसक्नु केही नेताले आदेश र सर्त नमानेको कारण भएको बताएका छन् ।

कुवेतको सरकारी टिभीका अनुसार संसद विघटनपछि राष्ट्रिय सभाका सबै अधिकार अमिर र देशको मन्त्रिपरिषद्मा आएको छ । यसअघि, देशको संसद अन्तिम फेब्रुअरीमा विघटन भएको थियो, त्यसपछि अप्रिलमा देशमा चुनाव भएको थियो ।

कुवेतका अमिरले भने, ‘कुवेत यतिबेला कठिन समयबाट गुज्रिरहेको छ, त्यसैले देश बचाउन र जनतालाई सुरक्षित राख्न केही कठोर निर्णय लिनुपरेको छ ।’ उनले भने, ‘पछिल्ला केही वर्षमा कुवेतमा परिवर्तन आएको छ । राज्यका विभागहरूमा भ्रष्टाचार ठूलो समस्याको रूपमा देखा परेको छ, यसले कुवेतको वातावरण बिगारेको छ ।’

भ्रष्टाचार देशको सुरक्षा र आर्थिक संस्थासम्म पुगेको अमिरले बताएका छन् । उनले देशको न्याय प्रणालीमा भएको भ्रष्टाचारको पनि कुरा गरेका छन् ।

अरब देशहरू जस्तै कुवेतमा पनि शेखको नेतृत्वमा राजतन्त्र छ । तर यहाँको महासभा अरब देशको तुलनामा राजनीतिमा बढी शक्तिशाली छ । कुवेतमा केही समयदेखि आन्तरिक राजनीतिक संकट छ । देशको मन्त्रिपरिषद् र महासभाबीच कैयौं विषयमा द्वन्द्व छ, जसका कारण देशले घाटा बेहोर्नुपरेको छ ।

देशको कल्याण प्रणाली यसको प्रमुख मुद्दा बनेको छ। जसका कारण कुवेत सरकारले ऋण लिन सकेको छैन । यही कारणले गर्दा तेलबाट ठुलो नाफा भए पनि कर्मचारीको तलब तिर्न सरकारी कोषमा पैसा छैन ।

कतारको संसदमा ५० सदस्य हुन्छन्, जसको नेता प्रधानमन्त्री हुन्छन् । यी सबै सदस्यहरू स्वतन्त्र रूपमा चुनिएका छन्, किनभने कुवेतमा राजनीतिक दलहरू प्रतिबन्धित छन् । यसबाहेक १६ सदस्यीय मन्त्रिपरिषद् छ, जसलाई प्रधानमन्त्री आफैंले छान्छन् ।

तर, प्रधानमन्त्री नियुक्त भने कुवेतका अमिरले गर्दछन र संसदमा पनि उनको नियन्त्रण छ । उनले चाहेको बेला संसद विघटन गर्न सक्छन् । तर, विधान सभा विघटन भएको २ महिनाभित्र निर्वाचन गरिसक्नुपर्छ । यसअघि पनि कुवेतको संसद पटक पटक विघटन भइसकेको छ । कुवेतको महासभा २००६ र २०२४ को बीचमा लगभग १२ पटक भंग भएको छ।न्युज कारखाना

काठमाडौँ ।  अमेरिकन लिग सकर अन्तर्ग इन्टर मियामीले अर्को जित हासिल गरेको छ ।

आइतबार बिहान सम्पन्न खेलमा इन्टर मियामीले मोन्टरियललाई ३-२ गोल अन्तरले पराजित गरेको हो । २-० गोलले पछि परेको इन्टर मियामीले खेलमा कमब्याक गर्दै जित हासिल गरेको थियो ।

इन्टर मियामीको जितमा माटिस रोजास, लुइस स्वरेज र बेन्जामिन क्रेमासचीले एक एक गोल गरेका थिए ।

यसअघि मोन्टरियलका लागि ब्रेस डुक र जुलेज एन्थोनी भिलसान्टले एक एक गोल गरेका थिए ।

यो जितपछि इन्टर मियामीको इस्टर्न कन्फेरेन्समा १३ खेलमा २७ अंक भएको छ र शिर्ष स्थानमा रहेको छ । त्यसैगरी मोन्टरियलको भने ११ खेलमा १२ अंक रहेको छ र १२औं स्थानमा छ ।
न्युज कारखाना

काठमाडौँ । इण्डियन प्रिमियर लिग अन्तर्गत आज दुई खेल हुदै छन् ।

आज पहिलो खेलमा चेन्नई सुपर किंग्स र राजस्थान रोयल्स खेल्दै छन् । चेन्नईमा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न ३: ४५ बजेदेखि शुरु हुने छ ।

जारी आइपिएलमा चेन्नई सुपर किंग्सका लागि प्लेअफमा आफ्नो स्थान बनाउन यो खेल जित्नैपर्ने अवस्था रहेको छ । हाल १२ खेलमा १२ अंक रहेको चेन्नई चौथो स्थानमा रहेको छ र यो खेलमा हार बेहोरेमा प्लेअफको यात्रा कठिन हुने देखिएको छ ।

त्यसैगरी राजस्थान रोयल्सको भने ११ खेलमा १६ अंक रहेको छ र दोस्रो स्थानमा छ ।

त्यस्तै आज दोस्रो खेल रोयल च्यालेन्जर्स बैंगलुरु र दिल्ली क्यापिटल्सबीच हुने छ । बैंगलुरुमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुने छ ।

दुवै टिमका लागि प्लेअफमा स्थान बनाउन यो खेल जित्नै पर्ने अवस्था रहेको छ । हाल बैंगलुरुको १२ खेलमा १० अंक रहेको छ भने दिल्लीको १२ खेलमा १२ अंक रहेको छ ।न्युज कारखाना

वीरगन्ज– आज शनिबार वीरगन्ज महानगरपालिकाले वीरगन्जको गीता मन्दिर परिसरका अनधिकृत रूपमा निर्माण गरिएका सटर भत्काएको छ । अनधिकृत रूपमा कब्जा गरेर मन्दिर परिसरमा निर्माण गरिएका आधा दर्जनभन्दा धेरै सटरलाई महानगरले आज (शनिबार ) तीनवटा एक्स्काभेटर लगाएर भत्काएको छ।

वीरगन्ज महानगरपालिका प्रमुख राजेशमान सिंहले वीरगन्जका मठमन्दिर केही व्यक्ति  र संस्थाले गरेको अतिक्रमणलाई हटाउने अभियान नै सुरुआत गरेको बताए। “श्रद्धालु भक्तजनले जुनसुकै ठाउँबाट पनि मन्दिरको दर्शन गर्न पाउनुपर्छ भन्ने मान्यतासहित अनधिकृत रूपमा निर्माण गरिएका संरचना भत्काएका हौँ,” नगरप्रमुख सिंहले भने, “वीरगन्जका केही त्यस्ता व्यक्ति तथा संस्थाले मठमन्दिरमा भगवानलाई बन्धक बनाएर राख्ने चलन रहेको बताउदै त्यसको विरुद्धमा हामीले अभियान नै छेडेका छौँ भने।” महानगरले मन्दिरको मूलप्रवेशद्वारको दायाँ–बायाँ र पश्चिमतर्फका आधा दर्जनभन्दा धेरै सटरहरू एक्स्काभेटर लगाएर भत्काएको छ।

नगरप्रमुख सिंहले गीतामन्दिर परिसरमा रहेका सटरहरूको आम्दानीको लेखापरीक्षण तथा अन्य कुनै पनि कारोबार स्पष्ट नभएको पनि दाबी गरेका छन । “ उनले भने हामीले १२ दिनअगाडि गीता मन्दिर परिसरमा भएका सटरको सम्बन्धमा सर्वपक्षीय छलफल गरेका थियौँ। सो छलफलपछि आवश्यक कागजात पनि बुझाउन भनेका थियौँ। तर, सटर सञ्चालनकर्ताले कुनै पनि कागजात पेस नगरेपछि आज भत्काएका हौँ । ”  सो मन्दिर परिसरमा निर्माण गरिएका आधा दर्जनभन्दा धेरै सटर रहेका थिए।न्युज कारखाना

 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।