काठमाडौँ । सिराहाको मिर्चैया नगरपालिका-२ मलहिनिया पिडारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्रामसहित सोही ठाउँ बस्ने ३१ वर्षीय नरेश कुमार साफी समेत २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
त्यस्तै कास्कीको पोखरा महानगरपालिका-६ लेकसाईड चकटे रेष्टुरेण्टबाट अवैध लागूऔषध गाँजा करिब १ किलोसहित सोही महानगरपालिका-१७ बिरौटा बस्ने २० वर्षीय सजोक क्षेत्री समेत २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । न्युज कारखाना
काठमाडौँ । क्रिकेटर दिपेन्द्र सिंह ऐरी पुरुष टी-२० मा अलराउण्डरको आइसीसी वरियतामा छैटौं स्थानमा उक्लिएका छन् ।
आइसीसीले हालै सार्बजनिक गरेको नयाँ वरियतामा दिपेन्द्रले तीन स्थानको सुधार गर्दै छैटौं स्थानमा उक्लिएका हुन् । दिपेन्द्रले हालै टी-२० विश्वकपमा राम्रो खेल प्रदर्शन गरेपछि उनको वरियतामा सुधार भएको हो ।
टी-२० को अलराउन्डर वरियताको शिर्ष स्थानमा अस्ट्रेलियाका मार्कस स्टोइनिस रहेका छन् । उनले अफगानिस्तानका मोहमद नावीलाई पछि पर्दै शिर्ष स्थानमा उक्लिएका हुन् । त्यस्तै दोस्रो स्थानमा बंगलादेशका शकिब अल हसन रहेका छन् । यस अघि चौथो स्थानमा रहेका शकिबले दुई स्थान सुधार गर्दै दोस्रो स्थानमा उक्लिएका हुन् ।
त्यस्तै यस अघि शिर्ष स्थानमा रहेका नावी भने चौथो स्थानमा झरेका छन् । त्यस्तै पाँचौं स्थानमा जिम्बाबेका सिकन्दर राजा रहेका छन् । दिपेन्द्र पछि भारतका हार्दिक पाण्डेय सातौ स्थानमा रहेका छन् ।न्युज कारखाना
काठमाडौँ । डेभिड सिस्लेन विश्व बैंकको माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि नयाँ कन्ट्री डाइरेक्टर बनेका छन् । उनको नयाँ कार्यकाल जुलाई १, २०२४ देखि लागू हुने नेपालस्थित विश्वबैंकको कार्यालयले जानकारी दिएको छ ।
सिस्लेनले फारिस हदाद-जेर्भोसको स्थान लिने भएका छन् । अमेरिका र इटालीका दोहोरो नागरिक रहेका सिस्लेनले सन् २००१ मा अर्बन क्लस्टर युनिटमा अर्थशास्त्रीका रूपमा विश्व बैंकमा सामेल भएका थिए र त्यसपछि विभिन्न क्षेत्रहरूमा विभिन्न
परिचालन र व्यवस्थापकीय पदहरू सम्हालिसकेका छन् । उनको सबैभन्दा भर्खरको असाइनमेन्ट वाशिंगटन डीसीमा आधारित ल्याटिन अमेरिका र क्यारिबियन क्षेत्रमा शहरी, विपद् जोखिम व्यवस्थापन, र भूमिको लागि अभ्यास प्रबन्धकको रूपमा हो ।
उनले भनेका छन्- ‘म मेरो नयाँ भूमिका र हाम्रा सबै सरोकारवाला र साझेदारहरूसँग चाँडै भेट्ने प्रतिक्षामा छु । मेरो मुख्य प्राथमिकता सरकार, विकास साझेदारहरू, र विविध सरोकारवालाहरूसँग नजिकको काम गर्दै, गति, मापन र प्रभावमा बैंकको फोकसको आधारमा परिचालन संलग्नताहरूलाई आकार दिन र कार्यान्वयन गर्न रणनीतिक संवादको नेतृत्व गर्नु हुनेछ ।’
सिस्लेनले माल्दिभ्स, नेपाल र श्रीलंकामा करिब ४.८ बिलियन डलरको विश्व बैंकको पोर्टफोलियोको निरीक्षण गर्नेछन् ।न्युज कारखाना
काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले २४ वर्षपछि उत्तर कोरिया पुगेका छन् । पुटिनलाई शासक किम जोङ उनले विमानस्थलमा स्वागत गरेका थिए । पुटिनसँग १० रुसी मन्त्री र अधिकारीको प्रतिनिधिमण्डल सहभागी छ । जसमा परराष्ट्रमन्त्री सर्गेई लाभरोभ र रक्षामन्त्री एन्ड्रे बेलोसोभ सामेल छन् ।
पुटिनको स्वागतका लागि विमानस्थलमा रातो कार्पेट बिछ्याइएको थियो । दुवै नेताले एकअर्कालाई अँगालो हालेका थिए । त्यसपछि पुटिनलाई राजधानी प्योङयाङको सिटी स्क्वायरमा औपचारिक स्वागत गरिएको थियो । चोकलाई रंगीन बेलुनले सजाइएको थियो । पुटिनको गाडी हेर्न हजारौं मानिस सडकमा भेला भएका थिए । उनको हातमा रुस र उत्तर कोरियाको झण्डा थियो ।
यसबाहेक केही भवनमा पुटिन र किम जोङका ठूला पोस्टर पनि टाँसिएका थिए । पुटिनलाई सहरको चोकमा स्वागत गर्न मिलिटरी ब्याण्डले दुवै देशको राष्ट्रिय गान बजाएको थियो । यसै क्रममा त्यहाँ जम्मा भएका बालबालिकाले हातमा रंगीन फूल पनि बोकेका थिए । कार्यक्रममा किम जोङकी बहिनी किम यो जोङ पनि त्यहाँ उपस्थित थिइन् ।
बीबीसीका अनुसार पुटिनको स्वागतका लागि भव्य परेड बाहेक प्योङयाङको १०५ तले रुग्योङ होटललाई एलईडी बत्तीले सजाइएको थियो । त्यसमा ‘वेलकम पुटिन’ र ‘फ्रेन्डशिप’ लेखिएको देखियो । रुसी समाचार एजेन्सी इन्टरफ्याक्सका अनुसार दुई नेताबीच द्विपक्षीय बैठक पनि भएको थियो । यस क्रममा पुटिनले युक्रेन युद्धमा रुसलाई सहयोग गरेकोमा किम जोङलाई धन्यवाद दिएका थिए ।
पुटिनले नयाँ आधारभूत दस्तावेजको पनि घोषणा गर्दै दुई देशबीचको सम्बन्धको जग बलियो बनाउने घोषणा गरेका छन् । पुटिनले गत वर्ष किम जोङको रुस भ्रमणका क्रममा दुई देशबीचको सम्बन्ध बलियो भएको बताए । अब यो साझेदारीलाई अगाडि बढाउन नयाँ आधारभूत दस्तावेज तयार भएको छ ।
पुटिनले अमेरिकाको धम्कीविरुद्ध रुसले उत्तर कोरियालाई साथ दिने बचन दिएका छन् । भेटमा पुटिनले अमेरिकी दबाब, ब्ल्याकमेल र धम्कीविरुद्ध रुसले उत्तर कोरियालाई साथ दिने वाचा गरेका थिए । रुसी राष्ट्रपतिले किम जोङलाई रुस भ्रमणको निम्तो पनि दिएका छन् । किम यसअघि सेप्टेम्बर २०२३ मा रुसको भोस्टोचनी कस्मोड्रोम पुगेका थिए, जहाँ पुटिनले उनलाई स्वागत गरेका थिए ।
बैठकमा तानाशाह किमले युक्रेन विरुद्ध रुसको युद्धलाई समर्थन गर्ने बताएका थिए । यो भ्रमण अघि पुटिनले उत्तर कोरियाको अखबार रोडाङ सिनमुनको लागि लेख लेखेका थिए । यसमा उनले उत्तर कोरिया र त्यहाँका जनतालाई सहयोगका लागि धन्यवाद दिएका छन् । पुटिनले उत्तर कोरियाली जनतालाई ‘कपटी, खतरनाक र आक्रामक’ शत्रु विरुद्धको स्वतन्त्रता र पहिचानको लडाइमा रुसले सधैं समर्थन गरेको र जारी राख्ने पनि लेखेका छन् ।
पुटिनको भ्रमणलाई लिएर किमले रुससँग आवश्यक हतियारको बदलामा आर्थिक सहायता र प्रविधि हस्तान्तरणसम्बन्धी सम्झौता गर्न सक्ने अनुमान गरिएको छ । वास्तवमा, युक्रेन युद्धमा संलग्न रहन रूसलाई थप हतियार चाहिन्छ । युक्रेन युद्ध सुरु भएयता उत्तर कोरिया र रुसबीच सैन्य र आर्थिक सहयोग तीव्र गतिमा बढेको छ । अमेरिका र दक्षिण कोरियाले उत्तर कोरियाले रुसलाई गोलाबारुद, मिसाइल र अन्य सैन्य उपकरण उपलब्ध गराएको आरोप लगाएका छन् ।
ब्लूमबर्गको एक रिपोर्टमा दक्षिण कोरियाको रक्षा मन्त्रालयले रुसले उत्तर कोरियालाई ५० लाख तोपको गोला पठाएको दाबी गरेको छ । यद्यपि, प्योङयाङ र मस्को दुवैले हतियार हस्तान्तरणको आरोपलाई स्पष्ट रूपमा अस्वीकार गर्दै आएका छन् ।
पुटिनले मार्च २००० मा राष्ट्रपति बनेको केही महिनापछि जुलाई २००० मा प्योङयाङको भ्रमण गरेका थिए । उनले किमका पिता तथा उत्तर कोरियाका शासक किम जोङ इलसँग भेट गरेका थिए ।
सन् २०११ मा उत्तर कोरियाको सत्ता सम्हालेका किम जोङ उनले आफ्ना पिताजस्तै रुस र चीनसँग राम्रो सम्बन्ध बनाउने प्रयास गरेका छन् । रुसले सन् २०१२ मा उत्तर कोरियाको सबै ऋण माफ गरेको तथ्यबाट पुटिनसँग किम जोङ उनको निकटताको अनुमान लगाउन सकिन्छ ।न्युज कारखाना
काठमाडौँ । केवल तामाङको निर्देशनमा बन्न लागेको फिल्म ‘मायाका रंगहरु’ मा ‘प्रेमगीत ३’ का अभिनेता मनिष राउतको इन्ट्री भएको छ । पल शाहको मुख्य भूमिका रहने यस फिल्ममा मनिष भिलेनको भूमिकामा रहेने बताइएको छ ।
‘प्रेमगीत ३’मा पनि उनी नकारात्मक भूमिकामा नै थिए । यो उनको डेब्यु फिल्म थियो । फिल्ममा अभिनेता पल शाहसहित सुनिल थापा, पदम तामाङ, बुद्धि तामाङ जस्ता कलाकारहरुको टुंगो लागि सकेको छ भने अभिनेत्रीको टुंगो भने अझै लागेको छेन ।
त्रिकोणात्मक प्रेमकथामा बन्न लागेको फिल्मको निर्माता आरबी थाङ्देन हुन् भने सह-निर्मातामा जनिश न्यौपाने र दीपेन्द्र चिलवाल छन् । पुनम तामाङको प्रस्तुति रहेको फिल्मको कथा शेखर ज्ञवालीले लेखेका छन् भने सौरभ लामाको छायांकन, तारा प्रकाश लिम्बु, उर्गेन दोङ, मेचु धिमाल र दीपक शर्माको संगीत तथा रामजी लामिछाने, सुष्मा सोनम र कृष्ण तामाङको कोरियोग्राफी रहनेछ ।न्युज कारखाना
काठमाडौँ । अश्विन दानीको नेतृत्वमा नागरिक उन्मुक्ति पार्टीको भातृ संगठन ‘नागरिक पत्रकार समाज’ गठन भएको छ ।
दानीको संयोजकत्वमा ३१ सदस्यीय तदर्थ कमिटी गठन भएको हो । बुधबार पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीको अध्यक्षतामा पार्टी कार्यालय महारजगंजमा बसेको बैठकले दानीको नेतृत्वमा पत्रकारहरुको तदर्थ कमिटी गठन गरेको हो ।
दानीको नेतृत्वमा गठन भएको कमिटीमा शिवम मिश्र, प्रिंयका कामत, संजिव कुमार झा, शान्ति घतराज (बराइली), चत्र, प्रसाद पोखरेल, प्रत्युष लगुन, नरेन्द्र बिष्ट, दिपक बिसी, अतित पोखरेल, सुशान्त घिमिरे, पंकज मिश्र, अनुसा सिजापति, आनन्द शर्मा, चंदन प्रसाद पटेल, आरती ठाकुर, सन्दिप शर्मा, मदन शाही, ऋषी वाग्ले, शम्भुप्रसाद थारु, जीवन डंगोल, नरेश चौधरी, सुसन रामदाम, आदित्य अजय, निरज झा, जुगेश दास, मोहन बराइली, किशोरी प्रजापति, आदर्श कटवाल रहेका छन् ।
कमिटीले तत्काल अर्काे वैठकमा प्रथम महाधिवेशन तथा विद्यान अधिवेशनको मिति तोक्ने र संगठनको बिस्तार गर्ने संयोजक दानीले बताए । ‘हामीले अहिले भर्खरै कमिटीको बिउ मात्रै छरेका छौँ, रोपेका मात्रै हौँ । यसलाई मलजल गरेर थुप्रै कामहरु ग्र्नुपर्नेछ । पत्रकारितामा नयाँ पुस्ता, नयाँ जोश र जाँगर भएका सम्पूर्ण साथिहरुलाई साथमा समेटेर अग्रजहरुको सल्लाह र सुझाव अनुसार पत्रकारिताको माध्ययमबाट पेशागत मुल्य, मान्यता, आचारसंहिता र मर्यादामा रहँदै पार्टीका निम्ती काम गर्नेछौँ’, दानीले भने ।
पत्रकारहरुको हकहितका निम्ती काम गर्ने भनेर खोलिएका थुप्रै संगठनहरु भएतापनि श्रमजीवि र कलमजीविहरुका पक्षमा काम नगर्दा बास्तविक पत्रकारहरुले समस्या झेल्दै आउनु परेको दानीको तर्क छ ।
उनले भने, ‘नेपाली पत्रकारिताको इतिहासदेखि वर्तमान र भविष्य नियाल्दा पत्रकारहरुका पक्षमा काम गर्ने, आवाज उठाउने भनेर खोलिएका संस्थाहरुले बास्तविक पत्रकार, श्रमजीविहरुका पक्षमा काम गरेका छैनन् । तर, पत्रकारका पेशागत थुप्रै चुनौतीहरु छन् । त्यसका लागि एउटा योजना बनाएर अब हामीले नागरिक पत्रकार समाज देशभरका पत्रकारहरुको साझा संस्था÷आफ्नो संस्था हो भन्ने भावना जागृत हुने गरि काम गर्नेछौँ ।’
देशैभरबाट पत्रकारहरुलाई यस संगठनमा आवद्धता हुनका लागि संयोजक दानीले आव्हान पनि गरेका छन् ।
पार्टी अध्यक्ष चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी उपाध्यक्ष शिव कुमार बास्तोला, राजेश अधिकारी, केन्द्रिय सदस्य एवं प्रतिनिधि सभा सदस्य अरुण कुमार चौधरी, पार्टी केन्द्रिय सदस्य जीवछ यादव, केन्द्रिय सदस्य तिर्थ बोहोरा, बागमति प्रदेक कमिटी संयोजक डिवि तामाङ, लगायत पार्टीका प्रदेश कमिटीका नेताहरुको पनि उपस्थिती रहेको थियो ।
पार्टी अध्यक्ष चौधरीले सबैलाई बधाई तथा शुभकामना प्रदान गर्दै पेशागत धर्म निभाउँदै पार्टीको निती, बिधान र सिद्धान्त अनुसार काम गर्न निर्देशन दिएकी थिईन् ।
‘पत्रकारिता पेशा राष्ट्रको चौथो अंग पनि भएकाले देशको बिकास र सम्बृद्धिका लागि तपाईँहरुको बिशेष भूमिका हुन्छ । आज देशको पहिचानको रक्षा गर्दै, पहिचानका आधारमा संघियता कार्वान्वयन गर्दै, शुसासन र भ्रष्ट्रचाररहित बिकसित देशको परिकल्पना गरेर नेपालको बैकल्पिक शक्तिशाली राजनीतिक शक्ति बन्ने तरिकाले हाम्रो पार्टी लागिरहेको छ । यस अभियानमा पत्रकार साथिहरुको विशेष भूमिका रहन्छ भन्ने कुरामा म विश्वस्त छु ।’न्युज कारखाना
काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं सांसद प्रभु साहले कवाडी व्यवसायीहरुको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले धरपकड गरेकोप्रति आपत्ति जनाएका छन् ।
बुधबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै कवाडी व्यवसायीको शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने संवैधानिक हकमाथि प्रहार भएको बताउदै कानुनको अधिनमा रही सम्मानपूर्वक व्यापार व्यवसाय गर्न पाउने सुनिश्चितता गर्न सरकारसँग माग गरेका छन् ।
उनले सम्मानित अदालतको आदेशसमेत अवज्ञा गरी टहराहरुमा काठमाडौं महानगरपालिकाले डोजर आतङ्क मच्चाएको आरोप लगाउदै कवाडी व्यवसायीमाथि प्रहरीले बिना कारण प्रहार गरेको बताए ।
उनले भने- ‘हिजो कवाड व्यवसायीहरुको शान्तिपूर्ण जुलुसमाथि प्रहरीले निर्मम प्रहार गरेको छ । झण्डै ५० जनाजति, एक दर्जन त गम्भीर घाइते छन् । टाउको फुटेको छ, उनीहरु वीर अस्पतालमा भर्ना भएका छन् । यसरी संवैधानिक हक देशको राजधानीमा उल्लङ्घन भइराख्दा गृहमन्त्रीको जवाफ चाहन्छु । शान्तिपूर्ण जुलुसमा किन लाठी प्रहार गर्नुभयो ? त्यसमा संलग्न प्रहरीमाथि कारबाही होस् । सम्मानित अदालतको आदेश विपरीत काठमाडौं महानगरपालिकाले डोजर आतङ्क गरेको छ ।’न्युज कारखाना
काठमाडौँ । थाइल्याण्डमा समलिङ्गी विवाहलाई कानुनी मान्यता दिइएको छ । मंगलबार थाई संसदमा यो विधेयकमाथि मतदान भएको थियो । यस अवधिमा १३० सांसदले यसको पक्षमा र ४ विपक्षमा मतदान गरेका थिए । कतिपय सांसदले भने त्यसबाट टाढै बसेका छन् । थाइल्याण्ड यस्तो गर्ने दक्षिणपूर्वी एसियाकै पहिलो देश बनेको छ ।
अब यो विधेयक अनुमोदनका लागि राजा महा वजिरालोङकर्नलाई पठाइनेछ । उनीहरुको सहमति पाएपछि राजपत्रमा प्रकाशित गरी १२० दिनपछि लागू हुनेछ । रिपोर्टहरूका अनुसार, पहिलो कानुनी समलिङ्गी विवाह यस वर्षको अक्टोबरमा थाइल्याण्डमा हुनेछ ।
थाइल्यान्डमा २० वर्षदेखि समलिङ्गी विवाहलाई कानुनी मान्यता दिने माग भइरहेको थियो । अब यो कानुन बनेपछि १८ वर्ष वा सोभन्दा बढी उमेरका जोसुकैले पनि विवाह गर्न सक्नेछन् । यसअघि फेब्रुअरीमा यो विधेयक संसदमा पेश भएको थियो । तर, सांसदहरुले त्यसलाई अस्वीकार गरेका थिए ।
थाइल्याण्ड समलिङ्गी विवाहलाई वैधानिकता दिने एसियाकै तेस्रो देश बन्ने भएको छ ।
एलजीबीटीक्यू समुदायले जुनको अन्त्यमा राजधानी बैंककमा ठूलो र्याली आयोजना गर्नेछ, जसमा थाई प्रधानमन्त्री श्रेष्था थाभिसिन पनि सहभागी हुनेछन् । थाइल्याण्ड समलिङ्गी विवाहलाई वैधानिकता दिने एसियाकै तेस्रो देश बन्ने भएको छ । यसअघि ताइवान र नेपालले पनि यसलाई वैधानिकता दिएका छन् ।न्युज कारखाना
काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किएको विषय संसदमा उठाएका छन् ।
बुधबार बसेको प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले भण्डारीले एमालेको सदस्यता नविकरण गरेको भन्दै उनले राज्यबाट पाउने सेवा सुविधाबारे के हुन्छ भन्दै सरकारको जवाफको माग गरेका छन् ।
उनले भने- ‘पूर्वराष्ट्रपतिले पार्टीको सदस्यता नवीकरण गरेको समाचार सुन्नमा आयो । पार्टीको सदस्यता नवीकरण गरेको हो भने पूर्वराष्ट्रपतिका हैसियतमा सेवा सुविधा लिन मिल्दैन, राज्यले त्योबारे के सोचेको छ, संविधानमा के व्यवस्था छ सरकारले त्यसको जवाफ दिओस् ।’
पूर्वराष्ट्रपति विद्या भण्डारीले नेकपा एमालेको सदस्यता नवीकरण गरेको चर्चा केही दिनयता सामाजिक सञ्जाल र मिडियामा चलिरहेको छ । यस विषयमा भण्डारीको तर्फबाट र एमालेबाट स्पष्ट जानकारी भने अहिलेसम्म दिइएको छैन ।न्युज कारखाना
राैतहट,०४ गते असार । कम भोल्टेजको समस्या भोगिरहेका कनकपुरबासीलाई नयाँ ट्रान्सफर्मर जडानले निकै खुसी दिएको छ ।
चरम गर्मीको दिनमा घरभित्र पनि गर्मीले यातना दिइरहेको अवस्थामा ट्रान्सफर्मर जडान भएपछि स्थानीयबासी निकै हर्षित भएका हुन् । रौतहटको गुजरा नगरपालिका ३ कनकपुरका नेपाली काँग्रेसका स्थानीय युवा नेता साबिर हुसेनको निरन्तर पहलमा स्थानीयबासीलाई खुसी प्राप्त भएको हो ।
युवा नेता हुसेनले वडा कार्यालय, नगरपालिका कार्यालय, विद्युत प्राधिकरणसहित सरोकारबाल हरेक व्यक्ति र कार्यालयमा धाएर स्थानीयबासीको समस्या समाधान गराउन सफल भएका हुन् ।नकपुरबासी लामो समयदेखि कम भोल्टेजको समस्याबाट पीडित थिए । अत्यधिक कम भोल्टेजको कारण पंखा घुमेको जस्तो मात्र गर्ने, कुनै विद्युतीय काम गर्न ज्यादै कठिन हुने, बारम्बार लाइन जाने र लाइन ट्रिप हुने समस्याबाट स्थानीयबासी लामो समयदेखि पीडित थिए ।
कनकपुर बजारमा मंगलवार नयाँ ट्रान्सफर्मर जडान भएपछि स्थानीयबासी निकै खुसी भएको शेख जफिर आलममे बताएका छन् । आलम भन्छन् – युवा नेता हुसेनले दिन रात पहल गरेर बजारमा नयाँ ट्रान्सफर्मर जडान गराएपछि हाम्रो घरमा खुसी फर्किएको छ ।
सबै कानुनी प्रक्रिया पूरा गरेर विद्युत कार्यालय निवेदन दिएको भए पनि प्राधिकरणले नसुनेपछि हुसेनको नेतृत्वमा गएको युवाहरुको टोलीले नेपाल विद्युत प्राधिकरण चन्द्रनिगाहपुर वितरण केन्द्रमा ज्ञापनपत्र बुझाएको थियो । केन्द्रका प्रमुख धिरेन्द्र यादवले ज्ञापनपत्र बुझ्दै एक हप्तामा ट्रान्सफर्मर जडान गरिने प्रतिबद्धता जनाएका थिए । केन्द्र प्रमुख यादवको प्रतिबद्धताअनुसार एक हप्ता नबित्दै मंगलवार ट्रान्सफर्मर जडान भएको छ ।
गत विहीवार प्राधिकरणको प्राविधिक टोलीसमेत कनकपुरमा पुगेर स्थलगत निरीक्षण गरी स्थानीयबासीसित छलफल गर्दा वडाध्यष झमकप्रसाद चौलागाईँसमेतले यथाशीघ्र नयाँ ट्रान्सफर्मरको लागि अनुरोध गरेका थिए ।आफ्नो अथक प्रयासले ट्रान्सफर्मर जडान भएकोमा क

नकपुरबासीसँगै आफूलाई पनि अपार खुसी लागेको युवा नेता आलम बताउँछन् ।
ट्रान्सफर्मर जडान भएपछि स्थानीय शेख अबु होरैर, बिरिन्ची ठाकुर, नासिर हुसैन, मोहम्मद आलम लगायतका स्थानीयबासीले खुसी व्यक्त गरेका छन् ।
पंखा चलाउन, बारीमा मोटर चलाएर पानी पटाउन तथा अन्य काम गर्नको लागि सजिलो भएको बिरिन्ची ठाकुरको भनाइ छ ।
ठाकुरले युवा नेता आलमलाई धन्यवाद दिँदै भने – अन्य मानिसलाई आफ्नो कामको मात्र चिन्ता रहेकोमा आलमले धेरै परिश्रम गरेर गाउँमा विद्युतको समस्या समाधान गराएका हुन् ।