२०८३ बैशाख २१
२०८३ बैशाख २१

काठमाडौं, १९ बैशाख ।  प्रभु इन्स्योरेन्सको बिहीबार वैशाख २० गते वार्षिक साधारण सभा बस्ने भएको छ ।

कम्पनीले सभामा लाभांश वितरण गर्ने प्रस्ताव प्रस्तुत गर्ने छ । सभामा गत आर्थिक वर्षको नाफाबाट ४.७५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्नेछ । सभा, प्रभु इन्सुरेन्सको केन्द्रीय कार्यालय प्रभु कम्प्लेक्स, तीनकुने काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।

साधारण सभा प्रयोजनका लागि वैशाख ७ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, वैशाख ६ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

यसैगरी, बोनस सेयरपछि पुँजी वृद्धि हुने भएकाले सोही अनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन हुनेछ । यस्तै, सभामा चुक्ता पुँजी २ अर्ब ५० करोड पुर्याउन हकप्रद सेयर निष्काशन गर्ने वा अन्य विकल्प भए सोही बमोजिम कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव रहेको छ ।न्युज कारखाना

काठमाडौ, १९ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबार लागि तरकारी तथा फलफुलको मुल्य सार्बजनिक गरेको छ ।

 

जसअनुसार हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २००, कालो अंगुर २८०, केरा १३० रुपैयाँ दर्जन, अनार २५०, हरियो तरबुजा ३५, नेपाली मेवा ९० चुकुन्दर ६० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

 

समितिका अनुसार लोकल सानो गोलभेडा २० र भारतीय ठूले गोलभेडा ६०, अदुवा २६०, रातो आलु ४५ रूपैयामा कारोबार हुदाँ स्थानीय काउली ४०, लौका ४०, कागती ३००, लोकल काक्रो ४५, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी ९० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।

 

लाेकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ५५ रुपैयाँमा कारोबार हुदाँ लोकल बन्दा ४०, हाइब्रीड सेतो मूला ४० रुपैयाँमा कारोबार हुदाँ लोकल घिउ सिमी ८० र राजमा घिउ सिमी ९० रुपैयाँ र टाटे सिमी १४० रुपैयाँ, हरियो फर्सी लाम्चो ३० र हरियो डल्लो फर्सी ३० रूपैयामा खरिदबिक्र हुदैछ भने तोरीको साग ४० र रायोको साग ७० रुपैयाँमा खरिदबिक्री हुँदा उता जिरीको साग ६० रुपैयाँमा कारोबार हुनेछ ।

 

गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ६०, हरियो प्याज ६० र पुदीना १८० रुपैयाँ केजी कायम गरेको कालिमाटी बजारले ब्रोकाउली १००, चाइनिज सुकेको लसुन २७०, हरियो लसुन १०० रुपैयाँमा कारोबारको अनुमति दिएको छ भने लाम्चो भान्टा ३० र हरियो धनिया ७० रुपैयाँ पाइने समितले जनाएको छ ।

 

उता, ताजा छडी माछा २०० रुपैयाँमा कारोबार हुदाँ बचुवा माछा २५०, रहु माछा ३३० र मंगुरी माछा ३०० रुपैयाँमा किनबेच भइरहेको छ ।
न्युज कारखाना

काठमाडौं, १९ बैशाख । नेपाल सरकारले आज सार्वजनिक विदा दिएकोले आज सेयर बजार बन्द हुने भएको छ ।

 

सेयर बजारसँगै बैंक–वित्तीय संस्था र सार्वजनिक कार्यालय पनि बन्द हुनेछन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सरकारले सार्वजनिक विदा दिएकाले आज सेयर बजार बन्द हुने भएको हो । अब बजार वैशाख २० गते बिहीबार बिहान ११ बजे खुल्नेछ ।

 

यसअघि मंगलबार बजार २५.९३ अंकले बढेर २००६.२८ अंकमा बन्द भएको थियो । उक्त दिन ४ अर्ब ८० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो ।न्युज कारखाना

काठमाडौं, १९ बैशाख । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

 

जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

 

बुधबार अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ १९ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७९ पैसा र युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ ८३ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४७ पैसा कायम रहेको छ।

 

बेलायती पाउन्ड एकको खरिददर १६७ रुपैयाँ १० पैसा र बिक्रीदर १६७ रुपैयाँ ८५ पैसा कायम हुदाँ अस्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ९६ पैसा र बिक्रीदर ८७ रुपैयाँ ३५ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९७ रूपैयाँ २९ पैसा र बिक्रीमा ९७ रूपैयाँ ७३ पैसामा काराेबार हुनेछ ।

 

उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ४९ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ५३ पैसा, चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ३९ पैसा तथा बिक्री दर १८ रूपैयाँ ४८ पैसा र दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ६५ पैसा तथा बिक्री दर ९ रुपैयाँ ६९ पैसा कायम गरिएकाे छ ।

 

कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ५२ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ६८ पैसा कायम गरेको जनाएकाे राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ५१ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ६७ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ २६ पैसा र बिक्रीदर ३६ रूपैयाँ ४३ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर बुधबार २७ रूपैयाँ ९१ पैसा र बिक्रीदर २८ रूपैयाँ ०३ पैसामा काराेबार गर्न अनुमति दिएकाे छ ।

 

कुवेती दिनार एकको खरिददर ४३२ रुपैयाँ ५१ र बिक्रीदर ४३४ रुपैयाँ ४५ पैसा निर्धारण भएको छ। बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ २३ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ८२ पैसा निर्धारण भएको छ।
न्युज कारखाना

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको मंगलबार बसेको बैठकले बुधबारदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको हो ।

इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल र डिजेलको मूल्यमा प्रतिलिटर क्रमशः ०.०२ र २.४५ रुपैयाँले घटेको निगमले जनाएको छ । निगमले हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर १ रुपैयाँ र हवाई इन्धन (अन्तर्राष्ट्रियतर्फ) प्रतिकिलोलिटर अमेरिकी डलर ७ ले वृद्धि गरेको छ ।

मूल्य बढेसँगै हवाई इन्धन (आन्तरिक)को मूल्य प्रतिलिटर एक सय ३७ र हवाई इन्धन (अन्तर्राष्ट्रिय)को मूल्य प्रतिलिटर अमेरिकी डलर १.०४२ पुगेको छ ।

पेट्रोल र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ ।न्युज कारखाना

काठमाडौँ । केन्द्रीय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्षमा मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को आकार ५७ खर्ब ४ अर्ब ८४ करोड पुग्ने अनुमान गरिएको छ ।

मंगलबार चालु आर्थिक वर्षको उपभोक्ताको मूल्यमा आधारित जीडीपीको प्रक्षेपण गर्दै केन्द्रीय तथ्याङ्क कार्यालयले यस्तो अनुमान गरेको हो ।  अघिल्लो आर्थिक वर्ष २०७९/८० मा यस्तो उपभोक्ताको मूल्यमा आधारित जीडीपीको आधार ५३ खर्ब ८१ अर्ब ७३ करोड रुपैयाँ अनुमान गरिएको थियो ।

रिपोर्टका अनुसार चालु आर्थिक वर्षमा कृषि क्षेत्रको जीडीपीमा योगदान ३.०५ प्रतिशत रहनेछ भने गैर कृषि क्षेत्रको वृद्धि ३.७५ प्रतिशत रहने छ ।

यसैगरी चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने अनुमान गरिएको छ ।

त्यस्तै राष्ट्रिय लेखा अनुमान अनुसार जीडीपीको ३३.७० प्रतिशत आयात हुने आकलन गरिएको हो । आर्थिक वर्ष २०७९/८० मा जीडीपीको ३४.६८ प्रतिशत र आर्थिक वर्ष २०७८/०७९ मा ४२.२७ प्रतिशत आयात भएको कार्यालयले जनाएको छ ।

यस्तै, चालु आर्थिक वर्षमा जीडीपीको ७.९४ प्रतिशत निर्यात हुने तथ्यांक कार्यालयको अनुमान छ । आर्थिक वर्ष २०७९/८० मा जीडीपीको ६.९६ प्रतिशत र २०७८/०७९ मा ६.७० प्रतिशत निर्यात भएको कार्यालये जनाएको छ ।

त्यसैगरी चालु आर्थिक वर्ष २०८०/०८१ को अन्त्यसम्म जीडीपीको २२.९६ प्रतिशत रेमिट्यान्स भित्रिने अनुमान गरिएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले गत वर्षको तुलनमा यो वर्ष रेमिट्यान्स वृद्धि हुने उल्लेख गरेको छ । गत वर्ष रेमिट्यान्स जीडीपीको २२.८२ प्रतिशत थियो । न्युज कारखाना

काठमाण्डौँ । अर्थमन्त्री वर्षमान पुन अनन्त र विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजरबीच भेटवार्ता भएको छ ।

विश्व बैंक समूहको नेतृत्व गर्र्दै तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा आएका रेजरले मन्त्री पुनसँग भेटेका हुन् । भेटमा विश्व बैंकको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए) को २१औं बैठकबारे छलफल भएको छ । उक्त बैठक आगामी असार ४ देखि ७ गतेसम्म काठमाण्डौँमा हुँदैछ ।

बैठकमा विश्व बैंक समूहका अध्यक्ष अजय बंगा सहभागी हुनेछन् । बैठकपछि उच्च अधिकारीहरुले विश्व बैंकको लगानीमा निर्माणाधीन विभिन्न आयोजनाको स्थलगत अध्ययन गर्ने जानकारी उपाध्यक्ष मार्टिनले दिए । मन्त्री पुनले स्थलगत अध्ययनको व्यवस्था मिलाइने बताए ।

आइडीएको २१औं बैठक आगामी असारमा काठमाडौँमा हुँदैछ । मन्त्री पुनले आईडीए बैठकको राम्रो तयारी भइरहेको जानकारी दिए ।

बैठक तयारीका लागि अर्थसचिव मधुकुमार मरासिनीको नेतृत्वमा आयोजक समिति र मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सहसचिव श्रीकृष्ण नेपालको संयोजकत्वमा व्यवस्थापन तथा समन्वय समिति गठन गरिएको र ती दुवै समितिले तयारीका काम अघि बढाएको जानकारी मन्त्री पुनले दिए । यस्तै बैठक तयारीबारे  काठमाडौंस्थित विश्व बैंकको देशीय कार्यालयसँग समन्वय भइरहेको उनको भनाइ थियो । विकास साझेदारहरुको अन्तर्राष्ट्रिय गठबन्धनको भूमिकामा रहेको आईडीए बैठकमा विश्व बैंकका अध्यक्ष अजय बंगासहित विश्वका ९२ देशका प्रतिनिधि सहभागी हुनेछन् । आईडीए विश्व बैंकको सहुलितपूर्ण ऋण प्रवाह गर्ने निकाय हो । सरकारले यसलाई हालसम्मकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रियस्तरको सम्मेलन हुने जनाएको छ  ।

नेपालजस्ता विकासोन्मुख मुलुकको आर्थिक विकासमा कसरी थप सहयोग गर्ने भन्ने आईडीए बैठकको प्रमुख एजेण्डा छ ।

आइडीएको २१औं बैठक आयोजना गर्न नेपालसहित विभिन्न देशले प्रस्ताव राखेकामा विश्व बैंक समूहले नेपाल रोजेको हो । विश्व बैंक समूहको यो स्तरको बैठक नेपालमा यसअघि भएको थिएन । हरेक तीन वर्षमा हुने आइडीएको २०औं बैठक सन् २०२१ को डिसेम्बर १४ र १५ मा जापानले आयोजना गरेको थियो ।न्युज कारखाना

काठमाडौं । नेप्से परिसूचक २५.९३ अंकले बढेको छ । मंगलबार नेप्से बढेर २००६.२८ विन्दुमा रोकिएको छ ।

आज ३२० कम्पनिको १ करोड १८ लाख ३८ हजार १५० कित्ता सेयर ४ अर्ब ८० करोड ४४ हजार ६०१ रुपैयाँमा कारोबार भएको छ । त्यसैगरी आज सेन्सेटिभ इण्डेक्स १.५८ प्रतिशतले बढेर ३५७.५४ विन्दुमा रोकिएको छ ।

आज दुई कम्पनीको सेयर सकारात्मक सर्किटमा कारोबार भएको थियो । आज कर्पोरेट डेभलपमेन्ट बैंक र इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढेको थियो । यसैगरी आज ग्रीन डभलपमेन्ट बैंकको ८.२९,बोटलर्सको ७.६२ र साइन रेसुंगा डेभलपमेन्ट बैंकको ७.२० प्रतिशतले मूल्य बढेको थियो ।

त्यसैगरी आज सबैभन्दा बढी पोखरा फाइनान्सको शेयर मुल्य ७.१८ प्रतिशतले घटेको थियो ।

आज फाइनान्सबाहेक अन्य १२ वटा उपसमूहको सूचक बढेको थियो । आज डेभलपमेन्ट बैंक समूहको उपसूचक सर्वाधिक ४.९० प्रतिशतले बढेको थियो । आज कारोबार रकमका आधारमा साइन रेसुंगा डेभलपमेन्ट बैंक शीर्ष स्थानमा रहेको छ । यस बैंकको १८ करोड २४ लाख मूल्य बराबरको सेयर कारोबार भएको थियो । न्युज कारखाना

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य स्थिर रहेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य स्थिर रहदै १ लाख ३७ हजार २०० मा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि सोमबार छापावाल सुन तोलाको एक लाख ३७ हजार २०० मै कारोबार भएको थियो भने तेजावी सुन तोलाको एक लाख ३६ हजार ५५० मा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मुल्य भने घटेको छ । महासंघका अनुसार आज चाँदीको मुल्य तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । यस अघि सोमबार चाँदी तोलाको १६ सय ५० मा कारोबार भएको थियो ।न्युज कारखमाम

काठमाडौं, १७ बैशाख । अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको बताएका छन्।

सम्मेलनमा सहभागी हुन आएका विश्व बैंक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी) तथा नेपालका लागि विभिन्न देशका राजदूतहरुसँगको साइडलाइन बैठकमा बोल्दै सोमबार बिहान उनले सम्मेलन सफल भएको बताए।

उनले लगानी सम्मेलनमा विकास साझेदारहरुको सक्रिय सहभागिताले आफूहरु उत्साहित भएको उल्लेख गरे। विकास साझेदार, लगानीकर्ता र सरोकारवालाहरुको उल्लेख्य उपस्थितिले लगानी सम्मेलन सफल भएको उनको भनाइ थियो। लगानी सम्मेलनमा भएको उपस्थितिले नेपाल लगानीका लागि विश्वकै उत्कृष्टमध्येको लगानी गन्तव्य भएको पुष्टि गरेको मन्त्री पुनले बताए।

बैठकमा विकास साझेदारहरुसँगको सहकार्यलाई आगामी दिनमा थप सुमधर बनाइने प्रतिबद्धता जनाए। ‘जुन स्तरमा लगानीकर्ता, विकास साझेदार र सरोकारवालाहरुको उपस्थिति देखिएको छ, त्यसबाट लगानी सम्मेलन सफल भएको छ’, मन्त्री पुनले भने, ‘नेपाल लगानीका लागि उदीयमान र आकर्षक गन्तव्य हो र यहाँ लगानीका प्रसस्त अवसरहरू छन् भन्ने तथ्यलाई स्थापित  गर्न हामी सफल भएका छौं।’

सम्मेलनको उदघाटन सत्रमा सरकारका तर्फबाट मात्र नभई प्रमुख प्रतिपक्षी दलका नेताको उपस्थिति र प्रतिबद्धताले लगानी वातावरण बनाउने सन्दर्भमा सिंगो देश एकढिक्का रहेको सन्देश विश्वर प्रवाह भएकामा खुसी व्यक्त गरे।
नेपालको विकास प्रयासमा साथ दिन विकास साझेदारका तर्फबाट सम्मेलनमा भएको उपस्थिति र प्रतिबद्धताका लागि धन्यवाद दिए। ‘उदघाटन सत्रमा प्रतिपक्षी दलका नेता, निजी क्षेत्रका प्रतिनिधि, विपक्षी लगानीकर्ताहरू र सम्बन्धित सरोकारवालाहरूबाट नेपालमा लगानीका लागी राम्रो वातावरण बनेको सुन्न पायौं’, उनले भने, ‘त्यो समर्थनका लागि सरकारका तर्फबाट भन्यवाद दिन चाहन्छु र भन्न चाहन्छु कि वास्वतमै यो हाम्रो सामूहिक शक्ति हो।’

उनले लगानी सम्मेलनमा प्रदर्शनीमा राखिएका आयोजनाहरुमा विकास साझेदार र लगानीकर्ताको राम्रो आकर्षण देखिएकामा खुसी व्यक्त गरे। मन्त्री पुनले विगतदेखि गरिँदै आएको प्रतिबद्धताअनुसार लगानीमैत्री वातावरण बनाउन अध्यादेशमार्फत ९ वटा कानूनमा गरिएको संशोधनले लगानीकर्तामा विश्वास बढेको अनुभूति भएको उल्लेख गरे। यस्तै विकास साझेदारहरुले चासो राख्खै आएको मुलुकको सार्वभौम साख मूल्याङ्कन (सोभरेन क्रेडिट रेटिङ) को प्रक्रिया अघि बढेको जानकारी उनले गराए। यस्तै मन्त्री पुनले सरकार नीतिगत सुधार र नीतिगत स्थायित्व कायम गर्न तथा काम गर्ने सिलसिलामा आइपरेका समस्या समाधान गरी लगानीे अनुकूल वातावरण तयार गर्न प्रतिबद्ध रहेको सन्देश लगानीकर्तालाई दिन विकास लगानीकर्तालाई आग्रह गरे। मन्त्री पुनले नेपालको ऊर्जा, पर्यटन, सूचना प्रविधि, कृषि व्यवसाय र पूर्वाधारका परियोजनाहरूमा प्रचुर सम्भावना रहेको औंल्याए। नेपाल अल्पविकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नती हुने अवधि नजिकै आइसकेको उल्लेख गर्दै उनले त्यसका लागि अरु क्षमता विकासलाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिए।

। उनले  नेपाल दुई ठूला उदयीमान अर्थतन्त्र भएका चीन र भारतको बीचमा रहेका रहेका कारण नेपालमा स्वदेशी तथा विदेशी लगानीका लागि ठूलो अवसर रहेको बताए।

नेपालको जैविक विविधता तथा प्राकृतिक श्रोतहरुको प्रचुरताका कारण पनि व्यावसायिक सम्भावना उच्च रहेको मन्त्री पुनको भनाइ थियो।

आगामी दिनमा थप नीतिगत र कानूनी सुधार तथा प्रक्रियागत सरलीकरणमार्फत व्यवसायिक वातावरण सुधारको काम गर्दै जाने उनको प्रतिबद्धता जनाए। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक न्याय, सुशासन र समृद्धिमा जोड दिएको भन्दै उनले आगामी बजेटले ती विषयलाई प्रमुखताका साथ सम्बोधन गर्ने बताए।
न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।