काठमाडौं, १९ वैशाख
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय पर्साका तत्कालीन मालपोत अधिकृत पदमप्रसाद अर्याल र तत्कालीन नायब सुब्बा लेखनाथ भट्टराईसमेत चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
गलत लिखत तयार गरी ऐलानी जग्गामा बनेको घर राजीनामा पास गरिदिएर भ्रष्टाचार गरेको भन्दै चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।
पर्साको साविक अलौ गाविस वडा नम्बर ५ को कित्ता नम्बर ९२ को सार्वजनिक जग्गा गलत लिखत तयार गरी गलत राजीनामा लिखत पारित गरिदिएको अभियोगपत्रमा उल्लेख छ ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर २ बस्ने ज्याउल हक र एसानुल हक राकीले सार्वजनिक जग्गामा बनेको घर स्वामित्व खुल्ने कागजात बेगर राजीनामा लिखत पारित गराई लिए/दिएको अभियोगपत्रमा उल्लेख छ ।
कानूनविपरीत भोगचलन हस्तान्तरण गर्ने गैरकानूनी कार्यमा कर्मचारीलाई सहयोग गरी आफूहरूले पनि फाइदा लिई नेपाल सरकारलाई हानी पुर्याएको पुष्टि भएको हुँदा ज्याउल हक र एसानुल हक राकीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जनाएका छन् ।
बुटवल, १९ बैशाख । लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिदैँछन् ।
आज बिहान ११ बजे बस्ने प्रदेशसभाको बैठकवाट नवनियुक्त मुख्यमन्त्री चौधरीले आज विश्वासको मत लिन लागेका हुन ।
लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियम १४५ अनुसार प्रदेशसभामा विश्वासको मत लिनेसम्बन्धी पत्र दर्ता गत आइतवार दर्ता गराएका थिए । जसअनुसार सभामुख तुलाराम घर्तीले सो पत्र दर्ता भएको ४८ घण्टा पछि अर्थात मंगलबार बिहान ११ बजेका लागि प्रदेशसभा बैठक आब्हान गरेका छन् ।
नेकपा माओवादी केन्द्रले समर्थनमा नेकपा एमालेका लिलानाथ गिरीको नेतृत्वमा गठन भएको सरकारले विश्वासको मत पाउन नसके पछि गत बिहिवार ढलेको थियो । सो सरकार ढले पछि माओवादी केन्द्रलगायतका राजनीतिक दलको समर्थनमा समर्थनमा नेपाली कांग्रेसका चौधरी मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
गत शुक्रवार मुख्यमन्त्री चौधरीले माओवादीका धनबहादुर मास्की, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सन्तोष पाण्डेय र नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरीलाई मन्त्री नियुक्ती गर्दै पद तथा गोपनियताको सपथ लिएका थिए । नवनियुक्त मन्त्रीहरुलाई जिम्मेवारी भने तोकिएको छैन, सबै तीन मन्त्री बिना बिभागीय रहेका छन् ।
विश्वासको मत लिए पछि मुख्यमन्त्री चौधरीले तीनै जना मन्त्रीको जिम्मेवारी तोक्ने तथा नयाँ अनुहारलाई मन्त्रीमा नियुक्त गर्ने योजना बनाएका छन् ।
रौतहट,वैशाख १८ गते
मौलापुर नगर पालिकाका निमित प्रशासकीय अधिकृत तथा लेखापालको मिलोमतोमा ब्यायमशाला तथा योग केन्द्रको सामाग्री खरिदमा २० लाख अनियमितता भएको समाचार प्रकाशमा आएको छ । मौलापुर नगर पालिकाका निमित प्रशासकीय अधिकृत रामबाबु शाह र लेखापाल जयप्रकाश महतोको मिलोमतोमा ब्यायमशाला तथा योग केन्द्रको सामाग्री हिनामिना भएको हो । ब्यायमशाला तथा योग केन्द्रमा आवश्यक पर्ने सम्पुर्ण सामाग्री खरिद गर्न २० लाख रुपैयाँ नगरपालिकाले विनियोजन गरीएको थियो ।

भवन उदघाटन सँगै ब्यायमशाला तथा योग केन्द्रका सामाग्री राख्नु पर्नेमा निमित प्रशासकीय अधिकृत शाह र लेखापाल महतोले रकम सप्लायर्सको नाममा भुक्तानी गरी हिनामिना गरेको कार्यालय श्रोतबाट थाहा हुन आएको छ । २०७९ फागुन २ गतेका दिन ब्यायमशाला तथा योग केन्द्रको उदघाटन भएको थियो । उद्धघाटनको अवसरमा सामाग्री पछि राख्ने जानकारी दिए पनि हाल सम्ममा सो सामाग्री ब्यायमशाला तथा योग केन्द्रमा राखिएको छैन । यस सम्बन्धमा निमित प्रशासकीय अधिकृतसँग सम्पर्क गर्दा सामाग्री खरिद गर्ने प्रक्रिया शुरु भएको छ । आफुले ब्यायमशाला तथा योग केन्द्रका विनियोजित रकम हिनामिना नगरेको बताए । लेखापाल सँग सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

आरके श्रीवास्तव,गरुडा,वैशाख १८ गते ।
रौतहटको फतुवा बिजयपुर नगरपालिका अन्तर्गत राष्ट्रपती शैक्षिक सुधार कार्यक्रम मार्फत भवनहरु धमाधम निर्माण भइरहेका छन् । सो नगरपालिकाको वडा नम्बर ५ डुमरिया स्थित रहेको बिधालयमा दुइ कोठे भवन अहिले धमाधम बनिरहेको छ ।
सो वडामा रहेको श्री प्राथमिक बिधालय डुमरियामा नयाँ भवन निर्माण हुँन लागेको प्रधानाध्यापक संतोष जयसवालले जानकारी गराउनु भयो । राष्ट्रपती शैक्षिक सुधार कार्यक्रम मार्फत २२ लाख ५० हजार बजेटले सो भवन निमार्ण हुँन लागेको प्रअ जयसवालले बताउनु भयो ।
प्रधानाध्यापक जयसवालको विशेष पहलमा सो भवन निमार्ण हुँन लागेको हो । भवन निमार्ण भएपछि विद्यार्थीहरुको कक्षाकोठाको अभावमा केही समाधान हुँने भएको प्रअ जयसवालले बताउनु भयो । फतुवा बिजयपुर नगरपालिकाले शिक्षा क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेको छ ।
फलस्वरुप अहिले बिधालय भवनहरु धमाधम बनिरहेका छन् । भवन निर्माणको क्रममा निर्माण समिति अध्यक्ष शम्भु महतो कोईरी, वडा सदस्य शिवशंकर राय यादव, स्थानीय सर्फलाल महतो तथा जगरनाथ महतो लगायतका व्यक्तीहरुको सक्रियता रहेको छ ।
आरके श्रीवास्तव,गरुडा,वैशाख १८ गते
थारु कल्याणकारिणी सभा (थाकस) रौतहटको १० औं महाधिवेशनबाट अध्यक्षमा जगरनाथ चौधरी सर्वसहमती बाट चयन भएका छन् ।

यस्तै समितिको उपाध्यक्षमा ललक चौधरी,ज्रभु चौधरी,सचिवमा प्रमोद चौधरी,सह सचिवमा राम बाबु चौधरी,कोषाध्यक्षमा ललिता चौधरी चयन भएको थाकस फतुवा बिजयपुरका नगर कमिटिका पूर्व उपाध्यक्ष बिजय चौधरीले जानकारी गराउनु भएको हो ।

थारु कल्याणकारिणी सभा रौतहटको सबै पदाधिकारीहरु सर्वसम्मतिले चयन भएका छन् । यस्तै सदस्यहरुमा नन्दलाल चौधरी,पुरनदेव चौधरी लगायतका व्यक्तीहरु चयन भएका छन् । निर्वाचित सबै पदाधिकारीहरूलाई निर्वाचन अधिकृत सुरेन्द्र चौधरीले शपथ ग्रहण गराएका थिए ।

यस अघि शनिवार गुजरा नगरपालिकाको सिमराभवानीपुरमा थारू कल्याणकारिणी सभा रौतहटको १० औं जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रम तथा उद्घाटन समारोहमा जनता समाजवादी पार्टी नेपालको केन्द्रिय कार्यकारिणी सदस्य एवम् पूर्व मन्त्री गोविन्द चौधरी लगायतका व्यक्तीहरुले सम्बोधन गरेका थिए ।
थारु कल्याणकारिणी सभा को १० औ जिल्ला अधिवेशनको बन्द सत्र चन्द्रपुर नपाको बनबहुअरिमा भएको थियो । जसमा थारु समाजका अगुवा व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

बज्जिकाञ्चल, १७ गते वैशाख ।
बारा जिल्लाको कलैयामा आम जनता पार्टीले आइतबार बारामा चुनावी समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । बारा क्षेत्र नम्बर २ मा सम्पन्न भएको उपनिर्वाचनमा पार्टीले प्राप्त गरेको जनमत र आगामी कार्य दिशाका सम्बन्धमा चुनावी समीक्षा बैठक सम्पन्न भएको हो ।

बैठकमा पार्टीका केन्द्रीय अध्यक्ष प्रभु साहको सहभागितामा सम्पन्न बैठकले बाराको उपनिर्वाचनमा आम जनता पार्टीको प्रदर्शन साहसिक एवं सराहनिय रहेको निष्कर्ष निकाल्दै चुनावमा आम जनता पार्टीलाई विश्वास गरी मतदान गर्ने मतदाताहरुप्रति आभार व्यक्त गरिएको पार्टीका केन्द्रीय अध्यक्ष प्रभु साहले जानकारी दिए । सो अवसरमा अजपाका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
आरएन पटेल, वैशाख १७ गते
रौतहटको बौधीमाई नगरपालिका वडा नम्बर २ स्थित रहेको श्री आधारभुत विद्यालय इनर्वा क का विद्यार्थीहरूलाई पुरस्कार तथा नयाँ पाठ्यपुस्तक वितरण गरिएको छ । श्री आ.वि इनर्वा क मा नयाँ शैक्षिक सत्र सुरू भएसँगै विद्यार्थीहरूलाई पाठ्यपुस्तक वितरण कार्य सुरु गरेको हो । सोही अवसर पारी विद्यालयले उत्तिन भएका छात्रछात्राहरुलाई पुरस्कृत गरिएको थियो । सो विद्यालयले नयाँ शैक्षिक सत्र गत वैशाख २ गतेबाट सुरु भएको थियो।
सो विद्यालयले नयाँ भर्नासँगै कक्षा १ देखिकक्षा ८ सम्मको सम्पूर्ण विद्यार्थीहरुलाई पुस्तक वितरण गर्नुका साथै प्रत्येक कक्षामा (उत्कृष्ट) प्रथम, दोस्रो र तेस्रो भएका विद्यार्थीहरुलाई वडा अध्यक्ष धर्मेन्द्रप्रसाद पटेलद्धारा पुरस्कार वितरण गरिएको थियो । विद्यार्थीहरुमा पढाई प्रति उत्सुकता बढाउने उदेश्यले प्रत्येक कक्षामा प्रथम, दोस्रो र तेस्रो भएका विद्यार्थीलाई क्रमशः अङ्ग्रेजी शब्दकोश, कापी तथा शैक्षिक समाग्रीसहित पुरस्कार वडा अध्यक्ष पटेलले वितरण गरेको बताएका छन् ।
यस्तै विद्यार्थीहरूको परिश्रमको प्रतिफल स्वरूप पुरस्कार वितरण कार्यक्रमको आयोजना गरिएको तथा आगामी दिनमा प्रत्येक विद्यार्थीहरुले कडा मिहिनेत तथा अध्ययन अध्यापनलाई राम्रो बनाउँन उदेश्यसहित बालबालिकाहरुको उज्वल भविष्यको लागि सबै उतिकै उत्तरदायी बन्नु पनि आवश्यक हुने भएका विद्यालयका प्रधानाध्यापक मनोजकुमार पटेलले बताएका छन् । कार्यक्रममा वडा सदस्य रामजी पटेल, स्थानीय समाजसेवी विजयप्रसाद पटेल, रामप्रसाद राउत, विशुनदेव साह कलवार, विन्दाप्रसाद पटेल, विद्यालयका शिक्षक तथा शिक्षिका लगायतको उपस्थिति रहेको थियो ।
आरके श्रीवास्तव,गरुडा,वैशाख १६ गते रौहतटको गौरमा विश्व भेटेनरी दिवस आज मनाइएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रौहतटको आयोजनामा अन्तरक्रिया गोष्ठी गरेर दिवस मनाइएको हो । सदरमुकाम गौर स्थित रहेको विज्ञ केन्द्रको कार्यालयमा छलफल कार्यक्रममा बोल्दै भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रौहतटको कार्यालय प्रमुख विरेन्द्र पटेलले पशु र मानिसको सम्बन्ध अत्यन्त नजिकको हुनपर्नेमा जोड दिए । पशुलाई पनि मानिस सरह हेरचाहको आवश्यकता रहने हुदाँ यसमा विशेष ध्यान दिन आवश्यक रहेको उनले उल्लेख गरे । पशु अधिकारको विषयमा सम्बन्धित निकायले चासो दिनु पर्नेमा जोड समेत दिएका थिए । स्थानिय तहमा पशु कल्याण सम्बन्धी कार्य गर्न आवश्यक रहेको उनले जोड दिए । नेपालको आर्थिक मेरुदण्डको रुपमा रहेको पशु पालनलाई हौसला दिन जरुरी रहेको उपस्थित सहभागिले उल्लेख गरे । पशु स्वास्थ्यको विषयमा गाउँ गाउँमा सेवा पुगाउन आवश्यक रहेको रहेको बताए । विश्व भेटेरिनरी दिवस मनाइरहँदा भेटेरिनरी पेशाको सुरक्षा र सेवाको बारेमा सम्झाउने उल्लेख गरे । सो अवसरमा जिल्लाको १८ स्थानिय तहका पशु सेवा शाखाका संयोजक,पशु प्रविधिक र कर्मचारीहरुको सहभागिता रहेको थियो ।
आरके श्रीवास्तव,गरुडा,वैशाख १६ गते
जिल्ला हुलाक कार्यालय रौतहटले पोस्टल इन्टरनल ट्र्याकिङ सिस्टम जडान गरेको छ । आज जिल्लाको दुर्गाभगवतीमा रहेको इलाका हुलाक कार्यालय मा नयाँ सहित होडेक्स जडान तथा गरुडा नगरपालिकामा रहेको इलाका हुलाक कार्यालय शिवनगरमा गोडेक्स जडान कार्य सम्पन्न भएको छ । यस उप्रान्त अब रौतहट जिल्लामा जिल्ला हुलाक कार्यालय, इलाका हुलाक कार्यालय चन्द्रपु, इलाका हुलाक कार्यालय तथा इलाका हुलाक कार्यालय शिवनगर बाट पि.आइ.टि.एस.( पोस्टल इन्टरनल ट्र्याकिङ सिस्टम ) को प्रयोग हुने भएको जिल्ला हुलाक कार्यालय रौतहटका प्रमुख देवनाथ यादवले बताउनु भयो । यादवले भने,यो जडान भएछि तपाईं हामीले दर्ता गरेको पत्र धधध।नउय।नयख।लउ मा गएर पत्रको वर्तमान अवस्था कहाँ पुगेछ अनलाइन बाट हेर्न मिल्नेछ । हुलाक सेवा लाइ प्रविधिमैत्री बनाउन यो कार्यको थालनी गरिएको उनले बताए । गाउँघरमा हामीहरूलाई सानैदेखि हुलाकको सेवा गाउँघरमा पुगेको सम्झना छ । चिठीपत्र बोकेर गाउँ–गाउँमा हुलाकीहरू पुग्थे । हुलाक सेवामा काम गर्नेहरूलाई छुट्टै पोशाक हुने हुनाले टाढैबाट चिन्न सकिन्थ्यो । तर अहिले हुलाक सेवामा समयानुकूल परिवर्तन हुन नसकेको गुणासोहरु पनि आउन थालेको छ । त्यसैले हुलाक सेवा प्रभावकारी कसरी बनाउन सकिन्छ भने यतातर्फ पनि ध्यान दिन आवश्यक छ ।