२०८३ बैशाख २४
२०८३ बैशाख २४

आरएन पटेल, वैशाख १७ गते

रौतहटको बौधीमाई नगरपालिका वडा नम्बर २ स्थित रहेको श्री आधारभुत विद्यालय इनर्वा क का विद्यार्थीहरूलाई पुरस्कार तथा नयाँ पाठ्यपुस्तक वितरण गरिएको छ । श्री आ.वि इनर्वा क मा नयाँ शैक्षिक सत्र सुरू भएसँगै विद्यार्थीहरूलाई पाठ्यपुस्तक वितरण कार्य सुरु गरेको हो । सोही अवसर पारी विद्यालयले उत्तिन भएका छात्रछात्राहरुलाई पुरस्कृत गरिएको थियो । सो विद्यालयले नयाँ शैक्षिक सत्र गत वैशाख २ गतेबाट सुरु भएको थियो।सो विद्यालयले नयाँ भर्नासँगै कक्षा १ देखिकक्षा ८ सम्मको सम्पूर्ण विद्यार्थीहरुलाई पुस्तक वितरण गर्नुका साथै प्रत्येक कक्षामा (उत्कृष्ट) प्रथम, दोस्रो र तेस्रो भएका विद्यार्थीहरुलाई वडा अध्यक्ष धर्मेन्द्रप्रसाद पटेलद्धारा पुरस्कार वितरण गरिएको थियो । विद्यार्थीहरुमा पढाई प्रति उत्सुकता बढाउने उदेश्यले प्रत्येक कक्षामा प्रथम, दोस्रो र तेस्रो भएका विद्यार्थीलाई क्रमशः अङ्ग्रेजी शब्दकोश, कापी तथा शैक्षिक समाग्रीसहित पुरस्कार वडा अध्यक्ष पटेलले वितरण गरेको बताएका छन् ।

यस्तै विद्यार्थीहरूको परिश्रमको प्रतिफल स्वरूप पुरस्कार वितरण कार्यक्रमको आयोजना गरिएको तथा आगामी दिनमा प्रत्येक विद्यार्थीहरुले कडा मिहिनेत तथा अध्ययन अध्यापनलाई राम्रो बनाउँन उदेश्यसहित बालबालिकाहरुको उज्वल भविष्यको लागि सबै उतिकै उत्तरदायी बन्नु पनि आवश्यक हुने भएका विद्यालयका प्रधानाध्यापक मनोजकुमार पटेलले बताएका छन् । कार्यक्रममा वडा सदस्य रामजी पटेल, स्थानीय समाजसेवी विजयप्रसाद पटेल, रामप्रसाद राउत, विशुनदेव साह कलवार, विन्दाप्रसाद पटेल, विद्यालयका शिक्षक तथा शिक्षिका लगायतको उपस्थिति रहेको थियो ।

आरके श्रीवास्तव,गरुडा,वैशाख १६ गते रौहतटको गौरमा विश्व भेटेनरी दिवस आज मनाइएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रौहतटको आयोजनामा अन्तरक्रिया गोष्ठी गरेर दिवस मनाइएको हो । सदरमुकाम गौर स्थित रहेको विज्ञ केन्द्रको कार्यालयमा छलफल कार्यक्रममा बोल्दै भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रौहतटको कार्यालय प्रमुख विरेन्द्र पटेलले पशु र मानिसको सम्बन्ध अत्यन्त नजिकको हुनपर्नेमा जोड दिए । पशुलाई पनि मानिस सरह हेरचाहको आवश्यकता रहने हुदाँ यसमा विशेष ध्यान दिन आवश्यक रहेको उनले उल्लेख गरे । पशु अधिकारको विषयमा सम्बन्धित निकायले चासो दिनु पर्नेमा जोड समेत दिएका थिए । स्थानिय तहमा पशु कल्याण सम्बन्धी कार्य गर्न आवश्यक रहेको उनले जोड दिए । नेपालको आर्थिक मेरुदण्डको रुपमा रहेको पशु पालनलाई हौसला दिन जरुरी रहेको उपस्थित सहभागिले उल्लेख गरे । पशु स्वास्थ्यको विषयमा गाउँ गाउँमा सेवा पुगाउन आवश्यक रहेको रहेको बताए । विश्व भेटेरिनरी दिवस मनाइरहँदा भेटेरिनरी पेशाको सुरक्षा र सेवाको बारेमा सम्झाउने उल्लेख गरे । सो अवसरमा जिल्लाको १८ स्थानिय तहका पशु सेवा शाखाका संयोजक,पशु प्रविधिक र कर्मचारीहरुको सहभागिता रहेको थियो ।

आरके श्रीवास्तव,गरुडा,वैशाख १६ गते

जिल्ला हुलाक कार्यालय रौतहटले पोस्टल इन्टरनल ट्र्याकिङ सिस्टम जडान गरेको छ । आज जिल्लाको दुर्गाभगवतीमा रहेको इलाका हुलाक कार्यालय मा नयाँ सहित होडेक्स जडान तथा गरुडा नगरपालिकामा रहेको इलाका हुलाक कार्यालय शिवनगरमा गोडेक्स जडान कार्य सम्पन्न भएको छ । यस उप्रान्त अब रौतहट जिल्लामा जिल्ला हुलाक कार्यालय, इलाका हुलाक कार्यालय चन्द्रपु, इलाका हुलाक कार्यालय तथा इलाका हुलाक कार्यालय शिवनगर बाट पि.आइ.टि.एस.( पोस्टल इन्टरनल ट्र्याकिङ सिस्टम ) को प्रयोग हुने भएको जिल्ला हुलाक कार्यालय रौतहटका प्रमुख देवनाथ यादवले बताउनु भयो । यादवले भने,यो जडान भएछि तपाईं हामीले दर्ता गरेको पत्र धधध।नउय।नयख।लउ मा गएर पत्रको वर्तमान अवस्था कहाँ पुगेछ अनलाइन बाट हेर्न मिल्नेछ । हुलाक सेवा लाइ प्रविधिमैत्री बनाउन यो कार्यको थालनी गरिएको उनले बताए । गाउँघरमा हामीहरूलाई सानैदेखि हुलाकको सेवा गाउँघरमा पुगेको सम्झना छ । चिठीपत्र बोकेर गाउँ–गाउँमा हुलाकीहरू पुग्थे । हुलाक सेवामा काम गर्नेहरूलाई छुट्टै पोशाक हुने हुनाले टाढैबाट चिन्न सकिन्थ्यो । तर अहिले हुलाक सेवामा समयानुकूल परिवर्तन हुन नसकेको गुणासोहरु पनि आउन थालेको छ । त्यसैले हुलाक सेवा प्रभावकारी कसरी बनाउन सकिन्छ भने यतातर्फ पनि ध्यान दिन आवश्यक छ ।

आरके श्रीवास्तव,गरुडा,वैशाख १६ गते
नेपाली सेना वीर दल गण रौतहटले आयोजना गरेको स्वास्थ्य शिविर सयौंले निःशुल्क उपचार पाएका छन् । सो स्वास्थ्य शिविरमा ७ सय १४ जनाले निःशुल्क रुपमा उपचार पाएको नेपाली सेना वीर दल गण रौतहटका गणपति प्रमुख सेनानी गंगा बहादुर बिष्टले बताए ।
जिल्लाको उतरी भेगका चन्द्रपुर नगरपालिका वडा नम्बर ८ स्थित शिवशक्ती आधारभुत विधालय मोतिपुरमा सो स्वास्थ्य शिविर चलेको थियो । जसमा बिभिन्न रोगका बिरामीको निःशुल्क उपचार तथा आवश्यक औषधि बितरण गरिएको बिष्टले बताए ।


शिविरमा ५६ जना बालवालिका , ५९ महिला , २ सय ९६ आँखा रोगी र २ सय ३ जना जेनरल ओ।पि।डी। विरामी चेकजाँच गरिएको हो । शिविरको उदघाटन कार्यक्रमको अवसरमा नेपाली सेनाको २८ नम्बर वाहिनीपति सानू काजी थापा ,चन्द्रपुर नगरपालिकाका प्रमुख संजय कुमार काप्ले , प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र ,रौतहट प्रहरी प्रमुख वीर बहादुर बुढामगर, सशस्त्र प्रहरी उपरीक्षक माधव घिमिरे ,राष्ट्रिय अनुषन्धानका प्रहरी प्रमुख चन्दन झा सहितका कार्यालय प्रमुख तथा स्थानीय जनप्रतिनिधिहरुको उपस्थिति रहेको गणपति बिष्टले बताए ।


विहान ०७ बजे देखि शिविर सुरु भई सांझ ०५ बजे सम्म संञ्चालन भएको थियो । सो स्वास्थ्य शिविरमा चन्द्रपुर नगरपालिका , प्रादेशिक अस्पताल गौर , रेडक्रस सोसाइटी , औषधी व्यवसायी संघ, प्रभु बैक, ग्रामीण विकास केन्द्र सहितको सहयोग रहेको गणपति प्रमुख सेनानी विष्टले बताए ।

रौतहट, १५ बैशाख ।

बृन्दावन नगरपालिकामा दलित सामुदायिक भवनको शिलान्यास कार्य गरिएको छ । बृन्दावन नगरपालिका वडा नम्बर ८ बहुवरी टोलमा बिहीबार एक कार्यक्रम बिच दलित सामुदायिक भवनको शिलान्यास गरिएको हो ।
समाजलाई एकढिकामा बाध्न चौतर्फी विकास कार्यलाई मुल्यांकन गरि भौतिक संरचना निर्माण सहित धमाधम भौतिक संरचना अगाडि बढिरहेको छ ।
बृन्दावन नगरपालिकाका मेयर बिनोद प्रसाद कुर्मीले वडा नं. ८ बहुवरीमा ३० लाखको लगानीमा निर्माण हुने सामुदायिक भवन शिलान्यास गरेका हुन । समय अवधि भित्र निर्माण कार्य सम्पन गर्ने गरि शिलान्यास कार्य गरिएको मेयर कुर्मीले जानकारी दिनु भएको छ । मेयर कुर्मीले सामुदायिक भवन बनेपछि त्यस घना दलित बस्तीमा विवाह, ब्रतबन्ध, उत्सवमा वा कुनै कार्य गर्न भवनको अभाव भईरहेको महसुस गरी सामुदायिक भवन निर्माण गर्न लागेको उनले बताए ।
मधेश प्रदेश सरकारको प्राप्त योजनाबाट २ कोठे भवन सुविधा सम्पन्न निर्माण हुन लागेको उहाँले बताए ।

बृन्दावन नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष रवीन्द्र कुमार साहको अध्यक्षता र नगरपालिकाका मेयर कुर्मीको प्रमुख आतिथ्यमा सम्पन्न शिलान्यास कार्यक्रममा कार्यपालिका सदस्य राजेश पासवान, वडा सदस्य, बुद्धिजिवी, स्थानीय, राजनितिककर्मी लगायत स्थानीयबासीहरुको सहभागिता रहेको थियो ।

 

आरके श्रीवास्तव,गरूडा,वैशाख १४ गते
राैतहटकाे वृन्दावन नगरपालिकामा सूचनाकाे माग गर्दै रिले अनशनमा बसेकाहरूकाे १४ वटा माग मध्ये एउटा माग पूरा भएपछि रिले अनसन ताेडिएकाे हाे । अनसनकारीहरूकाे माग मध्ये बैंक स्टेटमेन्ट उपलब्ध गराएकाे र पछि बाँकी मागहरू क्रमश:पूरा गर्दै जाने सर्तमा रिले अनसन ताेडिएकाे हाे ।

कार्यक्रममा बाेल्दै वक्ताहरूले प्रमुख प्रशासकीय अधिकृत ओमप्रसाद पाण्डेलाई रिले अनसन ताेडन महत्त्वपूर्ण भूमिका खेल्नु भएकोमा धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रममा अधिकृत पाण्डेले सुशासन कायम गर्ने उदेश्यले भएको रिले अनसनमा सहमति भएको छ । जुन सराहनीय छ । बृन्दावन नगरपालिकालाई समृद्ध नगर बनाउन सबैकाे सहयोग गर्नुपर्नेमा जाेड दिनु भयाे ।

नगरपालिका पक्ष र अनसनकारी पक्ष बिच विभिन्न पाँच बुँदे सहमति पनि भएको छ । रिलेअन बस्ने पक्षबाट माग भए बमोजिमका सूचनाहरू कानुन सम्वत् रूपमा कार्यालयले उपलब्ध गराउने,रिले अनसनमा नगरपालिकाका जिम्मेवार वडा अध्यक्षहरू समेत सहभागी हुनु भएकोले सूचना प्राप्त गर्न वहाँहरू बाट कार्यालय सँग समन्वय गरि सूचना प्राप्त गर्ने,सुशासन कायम गर्नकाे लागि कार्यालयकाे तर्फबाट यथा समयमा सार्वजनिक सुनवाइकाे आयाेजना गर्ने,कार्यालयकाे तर्फबाट माग बमाेजिम आर्थिक वर्ष २०७८/७९ काे जेष्ठ १ गते देखि हालसम्मकाे संचित काेष,चालू र पुँजीगत तर्फकाे बैंक स्टेटमेन्ट उपलब्ध गराउने,नगरकाे विकास र समृद्धिकाे लागि आम नगरवासी,राजनीतिक दल तथा जनप्रतिनिधि बिच आपसी सहकार्य तथा समन्वय कायम राख्ने सहमति भएको छ ।


नगर प्रमुख विनाेद पटेल कुर्मिले थाेरै समयमा धेरै भ्रष्टाचार गरेको आरोप समेत लगाउँदै उनीहरू रिले अनसनमा बसेका थिए । नगरप्रमुख प्रत्यासीहरु र केही निर्वाचित वडाका अध्यक्षहरु एकजुट भई रिले अनसन बसेका थिए ।

नगरप्रमुख प्रत्यासि तथा नेपाली कांग्रेसका नेता राम स्नेही यादव , नगर प्रमुख प्रत्यासी तथा नेकपा एमालेका नेता प्रेम शंकर प्रसाद यादव, नगर प्रमुख प्रत्यासी तथा नेकपा माओवादी केन्द्रका नेता राम प्रसाद पटेल , नगर प्रमुख प्रत्यासि तथा जनता समाजवादी पार्टीका नेता शेख हकिम, आजपा नेता अशाेक साह , रिले अनसन बसेका थिए । वडा नम्बर २का अध्यक्ष सिकिन्द्र पटेल ,वडा नम्बर ३ का अध्यक्ष हरिनारायण साह , वडा नम्बर ४ का अध्यक्ष श्याम नन्दन प्रसाद यादव र वडा नम्बर ५ का अध्यक्ष फेकन दास सहितका निर्वाचित वडा सदस्यहरु रिले अनसन बसि रहेका थिए ।

उनीहरूले आ.व. २०७९/०८० मा भएको नगर सभा देखी हालसम्म भएको नगर सभा देखी हाल २०७९ चैत ०५ गते सम्मको निर्णय प्रतिलिपिहरु,शिक्षा क्षेत्रमा खर्च गरिएको विवरण तथा उपलब्धीहरु ,स्वास्थ्य क्षेत्रमा खर्च गरिएको विवरण तथा उपलब्धीहरु ,करारका कर्मचारीहरु नियुक्तिपत्र र हाजरी रजिष्टरको प्रतिलिपि साथै तलब कर्मचारी पेश्किको विवरण तथा डोर हाजरीमा राखिएको कर्मचारीको विवरण ,अमानतमा बागमति खोलामा उठाईएको कर दाखिल विवरण र बैकं भौचर विवरण ,पद पुर्ति समितिको निर्णय र छनौट प्रकृयाको प्रतिलिपि ,२०७९ जेष्ठ महिना देखी हाल सम्म गाडीहरु राखेको डिजल पेट्रोलको लगबुक सहित विवरण,नगरपालिकाको भित्रको सम्पूर्ण बैक खाताहरुको हाल सम्मको विवरण ,दर्ता चलानी किताबमा दर्ता चलानी भएको पत्रहरुको प्रतिलिपि, विकास कार्यका सम्पूर्ण योजनाको विवरणहरु र भुक्तानी गरेको सम्पूर्ण कगजातहरुको प्रतिलिपि ,हाल सम्म भएको खर्च रकमको शिर्षक सहितको प्रति महिना विवरणको प्रतिलिपिहरु,कोरोना पिडितहरुलाई दिएको रकमको विवरणको प्रतिलिपि ,यथा सिघ्र भूमि वार्गीकरणको निर्णय पठाउने ,नगरवासीको उपस्तिथीमा नपा कार्यालय भित्र सार्वजनिक सुनवाई अभिलम्ब गर्ने सहितका मागहरु राखि रिले अनसनमा बसेका थिए ।

आरके श्रीवास्तव,गरूडा,वैशाख १४ गते
रौतहटको कटहरिया नगरपालिका वडा नम्बर १ मा रहेको श्री कोपिला प्राथमिक बिधालय भसेढवामा चार कोठे भवन शिलान्यास भएको छ ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत परेको ४५ लाख रुपैयाँको लागतमा निर्माण गरिने भवनको बिहिवार एक कार्यक्रमका बीच शिलान्यास गरिएको प्रधानाध्यापक सुशीला कुमारी कुशवाहाले जानकारी गराउनु भयो ।

सो नगरपालिकाका नगर प्रमुख अजय प्राकाश जयसवाल र उप प्रमुख रिता देवि यादवले संयुक्तरूपमा शिलान्यास गर्नु भएको हो । वडा अध्यक्ष भूपेन्द्र महतो कोईरीको विशेष पहल र प्रधानाध्यापक कुशवाहाको सक्रियतामा सो भवन निर्माण हुन लागेको हो ।


भवन निर्माण भएपछि विद्यार्थीहरुको कक्षाकोठाको अभावमा केही समाधान हुने भएको छ । कटहरिया नगरपालिकाले शिक्षा क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेको मेयर जयसवालले बताउनु भयो ।


सो अवसरमा नि.प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साह,वडा नम्बर ३ का वडा अध्यक्ष श्यामाकान्त यादव,वडा नम्बर ५ का वडा अध्यक्ष सर्फलाल गुप्ता,वडा नम्बर ७ का वडा अध्यक्ष सहिद आलम,शिक्षा सह संयोजक सुरेन्द्र ठाकुर,समाजसेवी जवाहर प्रसाद यादव ,श्री माबि भसेढवाका प्रअ राममंगल यादव,श्री आबि उचिडिहका प्रधानाध्यापक मुक्ति कुश्वाहा,श्री प्राबि रांगीका प्रअ विजय कुशवाहा,ईन्जिनियर राजेश साह,योजना शाखा प्रमुख रामनरेश यादव लगायत शिक्षक शिक्षिका,स्थानीय भद्रभलादमी, बुद्धिजीवी,शिक्षाप्रेमीहरूको उपस्थिति रहेको श्री कोपिला प्राबिका सहायक प्रधानाध्यापक कुणाल कुशवाहाले जानकारी गराउनु भएको हो ।

काठमाडौं । काठमाडौं महानगरपालिकाको ताहाचलस्थित शिक्षा विभागमा कम्युनिष्ट क्रान्तिकारी विद्यार्थी युनियनले ताला लगाएको छ ।

महानगरले बुधबार सूचना जारी गर्दै विद्यालय भित्र राजनीतिक दल र दलका भातृसंगठनलाई कार्यक्रम गर्न नदिने घोषणा गरेका थियो । सोही सूचनाको विरोध गर्दै कम्युनिष्ट क्रान्तिकारी विद्यार्थी युनियनले बिहीबार ताला लगाएको हो ।

यसैबीच विद्यार्थी संगठनले विभागमा लगाएको ताला फोर्ने तयारी भइरहेको महानगर प्रहरीले जनाएको छ ।

‘विद्यालयमा राजनीति गर्न नदिने भन्ने विषयलाई विद्यार्थी संगठनको नाममा लगाएको ताला हामीले फोर्दै छौं’ महानगर प्रहरी प्रमुख राजु पाण्डेले भने ।

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/०८०मा काठमाडौं महानगरपालिकाको खर्चको दर गत वर्षभन्दा खस्किएको छ । महानरपालिकाले २५ अर्ब ४१ करोड ९६ लाख रुपैयाँको बजेट ल्याएको थियो । तर, खर्च हुन नसक्ने देखेपछि महानगरपालिकाले २२ अर्ब ५३ करोड ३३ लाख रुपैयाँ खर्च हुने संशोधित अनुमान गरेको छ ।

संशोधित अनुमानअनुसार साउन यता ९ महिनाको कुल खर्च जम्मा २४ दशमलव १४ प्रतिशत मात्रै भएको छ । महानगरपालिकाले सार्वजनिक गरेको प्रगति विवरणअनुसार चैतसम्ममा  ५ अर्ब ४४ करोड ५ लाख रुपैयाँ मात्रै खर्च गर्न भएको छ । महानगरपालिकाले अझै १७ अर्ब ९ करोड २८ लाख रुपैयाँ खर्च गर्न बाँकी छ ।

गत आर्थिक वर्ष २०७८/०७९को पहिलो ९ महिनामा  महानगरले ३० दशमलव ३४ प्रतिशत खर्च गरिसकेको थियो । तत्कालीन मेयर विद्यासुन्दर शाक्यको अन्तिम बजेट रुपमा आएको १८ अर्ब १५ करोड ७७ लाख रुपैयाँको बजेट ल्याएका थिए ।

पछि उनले संशोधन गराएर १६ अर्ब ५१ करोड ६८ लाख रुपैयाँमा झारेका थिए । गत वर्ष चैत मसान्तसम्म ५ अर्ब १ करोड १३ लाख रुपैयाँ खर्च भएको थियो । ४३ करोड रुपैयाँको खर्च रकम भने केही बढेपनि चालु आवको बजेटको तुलनामा ९ महिनामा महागरको खर्चदर ६ प्रतिशतले कम छ ।

शिक्षामा बाहेक अन्यमा छैन प्रगति

काठमाडौं महानगरपालिकाले ५ वटा क्षेत्रगत रुपमा बजेट विनियोजन गरेको थियो । जसमा कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चबाहेक अन्य खर्चहरु न्यून देखिएका छन् । प्रशासनिक खर्चमा काठमाडौं महानगरपालिकाले ३ अर्ब ५३ करोड ८१ लाख छुट्याएकोमा १ अर्ब ८८ करोड ५० लाख खर्च गरेको हो, जुन विनियोजनको ५३ दशमलव २८ प्रतिशत हो ।

आर्थिक विकासको क्षेत्रमा महानगरले राखेको २२ करोड ९२ लाख रुपैयाँमध्ये १ करोड ७१ लाख रुपैयाँ अर्थात ७.४७ प्रतिशत मात्रै खर्च गरेको छ । सामाजिक विकासतर्फ ३ अर्ब ६८ करोड ५८ लाख रुपैयाँ कुल बजेटमध्ये ३५.५१ प्रतिशत अर्थात् १ अर्ब ३० करोड रुपैयाँ, ८७ लाख रुपैयाँ मात्रै खर्च भएको छ ।

सबैभन्दा धेरै बजेट भएको पूर्वाधार विकास क्षेत्रतर्फ खर्च भने १५ प्रतिशत मात्रै भएको छ । पूर्वाधार विकास १३ अर्ब ६ करोड ८४ लाख  रुपैयाँमध्ये १ अर्ब ९८ करोड ३० लाख रुपैयाँ मात्रै खर्च गरेको छ । यस्तै सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ पनि महानगरको खर्च न्यून रहेको छ । यो क्षेत्रमा महानगरले २ अर्ब १ करोड १६ लाख छुट्याएकोमा २४ करोड ६६ लाख ३४ रुपैयाँ हजार अर्थात् १२.२६ प्रतिशत मात्रै खर्च गरेको हो ।

काठमाडौंले सबैभन्दा धेरै खर्च चालु आवमा सामाजिक विकासको क्षेत्रगत बजेट अन्तर्गत शिक्षामा गरेको छ । शिक्षातर्फ १ अर्ब ७८ करोड ३२ लाख रुपैयाँ बजेट रहेकोमा १ अर्ब ८ करोड २१ लाख खर्च गरेको छ । जुन विनियोजित रकमको ६० दशमलव ५९ प्रतिशत हो ।

३ शीर्षकमा शून्य खर्च

आगामी आर्थिक वर्षको बजेटको लागि तयारी सुरु गर्ने समय भइसक्दा पनि काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको ३ वटा शीर्षकमा अझै खर्च गर्न सकेको छैन । जलस्रोत र सिँचाइको लागि छुट्याएको ८ लाखमध्ये एक लाख रुपैयाँ पनि खर्च गर्न सकेको छैन । यस्तै वन शीर्षकमा छुट्याएको १० लाख पनि महानगरले चलाउन सकेको छैन ।

यस्तै प्रशासनिक सुशासनको लागि छुट्याएको ७५ लाख पनि महानगरले एक रुपैयाँ पनि खर्च गर्न नसकेको हो । यस्तै काठमाडौंको २ वटा शिर्षकमा एक प्रतिशत भन्दा कम खर्च गरेको छ । विज्ञान प्रविधिको लागि छुट्याएको बजेटमा ०.२१ प्रतिशत मात्रै खर्च गरेको छ भने सामाजिक सुरक्षा तथा संरक्षणमा ०.७८ प्रतिशत मात्रै खर्च गरेको महानगरपालिकाले जनाएको छ ।

महानगरका वित्त विभागका निर्देशक बुद्धरत्न मानन्धरले धेरै योजनाहरुको बजेट भुक्तानी पाइपलाइनमै रहेकोले खर्च प्रतिशत कम देखिएको बताए । ‘अघिल्लो वर्षको तुलनामा खर्च प्रतिशत कम भएपनि भुक्तानी हुँदा असारसम्म बढ्ने छ, यो वर्ष अघिल्लो आर्थिक वर्षको तुलनामा बजेट खर्च प्रतिशत बढ्दैछ,’ उनले भने ।

काठमाडौँ । काठमाडौँ उपत्यकामा मापदण्डभन्दा बढी धुँवा फाल्ने १५ वटा सवारी साधनलाई कारबाही गरिएको छ । वातावरण विभाग र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले तोकिएको भन्दा बढी धुवाँ फाल्ने सावारीसाधनका चालकलाई कारबाही गरेको हो ।

काठमाडौँको बबरमहलमा गरिएको प्रदूषण जाँचका क्रममा मापदण्डभन्दा बढी धुवाँ फाल्ने सात सार्वजनिक बस, पाँच माइक्रोबस,  दुई पिकअप भ्यान र ट्रक एकगरी १५ वटा सवारीसाधनका चालक कारबाहीमा परेका उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

उनका अनुसार दुबै निकायका संयुक्त रुपमा खटिएको टोलीले २५ वटा सवारीसाधनमा जाँच गर्दा मापदण्डभन्दा बढी धुवाँ फाल्ने १५ वटा सवारीसाधन फेला पारी कारबाही गरेको हो ।
कारबाहीमा परेका सवारी साधनका चालकले मर्मतपश्चात् तोकिएको जरिवाना तिरेसँगै नियन्त्रणमा लिइएका उनीहरुका कागजपत्र फिर्ता गरिनेछ । पछिल्लो समय उपत्यकामा मापदण्डभन्दा बढी धुवाँ फाल्ने गाडीको सङ्ख्या बढेकाले त्यस्ता सवारी साधनको प्रदूषण जाँच हुँदै आएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।