२०८३ बैशाख १९
२०८३ बैशाख १९

काठमाडौँ, ६ माघ ।

मधेश प्रदेशले जारी प्रधानमन्त्री कपमा कर्णाली प्रदेशलाई पराजित गरेको छ ।

 

शनिबार टियु मैदानमा सम्पन्न खेलमा मधेश प्रदेशले कर्णाली प्रदेशलाई ६१ रनले पराजित गरेको हो ।

 

मधेश प्रदेशले दिएको २३२ रनको लक्ष्य पछाएको कर्णाली प्रदेशले ४१.१ ओभरमा १७० रन बनाएर अल आउट भएको थियो । यसअघि पहिला ब्याटिंग गर्दै मधेश प्रदेशले ५० ओभरमा ९ विकेट गुमाएर २३१ रन बनाएको थियो ।

 

जारी प्रतियोगितामा मधेश प्रदेशको यो तेस्रो जित हो । मधेशको ५ खेलमा ६ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ । त्यस्तै कर्णाली प्रदेशले भने दोस्रो हार बेहोरेको छ । कर्णालीको ४ खेलमा ४ अंकसहित सातौं स्थानमा रहेको छ ।

 

अब मधेश प्रदेशले सोमबार टियु मैदानमा सुदूरपश्चिमसँग खेल्ने छ भने कर्णाली प्रदेशले सोमबार नै मुलपानीमा बागमती प्रदेशसँग खेल्ने छ ।न्युजका्रखाना

रौतहट, ६ माघ ।

रौतहटका वृन्दावन नगरपालिकाको अधिकांश सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम बन्द भएको छ ।

सो पालिकामा विगत लामो समयदेखि कार्यकारी प्रमुख नहुँदा दिवा खाजा कार्यक्रम प्रभावित बनेको एकजना शिक्षकको भनाइ रहेको छ ।

 

दिवा खाजा प्रभावित बनेपछि सो पालिकाका सामुदायिक विद्यालयमा छ । विगत छ महिनादेखि उधारोमा खाजा खुवाइरहेको तर, भुक्तानी पाउन नसकेपछि उधारो दिने पसलहरुले पनि उधारो बन्द गरेपछि सो पालिकाका अधिकांश विद्यालयको दिवा खाजा कार्यक्रम प्रभावित बनेको छ ।

 

बालबालिकाको स्वास्थ्य अध्ययन अध्यापन गर्ने बालबालिकाको संख्या समेत घट्न थालेको शिक्षकहरूको भनाइ रहेको र पोषणलाई मध्यनजर गर्दै सरकारले प्रत्येक सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम लागु गरेको छ । बालबालिका कुषोषणको सिकार नहुन र विद्यालयमा नियमित उपस्थित गराउने उद्देश्यले दिवा खाजा संचालन गरेपनि वृन्दावनका समुदायिक विद्यालयमा भने, यो सेवा प्रभावकारी हुन सकेको छैन ।

 

वृन्दावनका एक प्रधानाध्यापकका अनुसार विगत लामो समयदेखि भुक्तानी नपाएका कारण उधारोमा खाजा खुवाउन नसकिने बताएका छन् । विगत ६ महिनामा करिब डेढ लाखको उधारो खाजा खुवाएको र सोको भुक्तानी आफ्नो खोतमा उत्पादन भएको धान बेचेर तिरेको प्रधानाध्यापकको गुनासो रहेको छ ।

 

उनले भने, अब कि त नगरपालिकाले उधारो मगाइदिनु पर्यो नत्र समयमै भुक्तानी दिनु पर्यो नभए हामी उधारोमा ल्याएर खाजा खुवाउन नसकिने बताए  न्युजका्रखाना

काठमाडौं,माघ ६ ।

एमाले जनसंगठन नेपाल खेलकुद महासंघले पार्टी र नेताबिरुद्ध चलाइएको अफवाह चिर्न बिशेष टीम बनाएको छ ।

शुक्रवार सम्पन्न महासंघको केन्द्रीय कमिटीको दोस्रो बैठकले प्रतिक्रियावादीहरुले सुनियोजित रुपमा एमाले नेतृत्व र पार्टीमाथि आक्रमण गरेको निश्कर्षसहित रिनन पोखरेलको नेतृत्वमा ५ हजार १ सदस्यीय बिशेष समिति गठन गरेको हो ।

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, महासचिव शंकर पोखरेल, जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल र महासंघका इञ्चार्ज कर्ण थापाले बिशेष प्रशिक्षण दिनुभएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पर्शुराम बस्नेतले पार्टी नेतृत्वबिरुद्ध भइरहेको आक्रमणको प्रतिवाद गर्न समिति गठनको प्रस्ताव गर्नुभएको थियो । अध्यक्ष बस्नेतको प्रस्तावलाई बैठकले सर्वसम्मत रुपमा पारित गरेको हो ।

‘नेकपा एमाले तथा हाम्रा पार्टी नेता तथा नेतृत्वप्रति प्रायोजित आक्रमण, हमला तथा फैलाइने अनावश्यक हल्लाहरुलाई परास्त गर्न र जनमानसमा रहेका भ्रमहरु चिर्न कमिटीले बिषेश योजनासहित काम अघि बढाउने छ,’ अध्यक्ष बस्नेतले भन्नुभयो, ‘कमिटी अब नेकपा एमालेविरुद्धका समाजमा छरिएका हुन् या सामाजिक सन्जालमा गरिएका किन नहुन्, अनावश्यक प्रायोजित हल्ला तथा भ्रमहरुलाई चिर्न डटेर लाग्नेछ, नेकपा एमालेको प्रतिरोधी दस्ता हुनेछ ।’
बैठकले आगामी निर्वाचनमा एमालेको एकल बहुमतको सरकार बनाउने अभियानलाई सफल बनाउनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नै रोलमोडल बनाउनु पर्ने ठहर गर्दै सिंगो पार्टी पंक्तिलाई यसतर्फ बिशेष ध्यानाकर्षण गरेको छ । ‘आफ्नै पार्टीको नेतालाई रोलमोडल बनायौं भने मात्रै मिशन ८४ सफल हुन्छ । केपी ओलीलाई रोलमोडल बनाएर सिंगो पार्टी पंक्ति मिशन ०८४ मा होमिनुपर्छ,’ महासंघका अध्यक्ष बस्नेतले भन्नुभयो ।

अध्यक्ष बस्नेतका अनुसार बैठकले संगठन बिस्तारको बिशेष योजना पनि पारित गरेको छ । जसअनुसार आगामी ३ बर्षभित्र डेढ लाख नयाँ सदस्यता बितरण गरिने छ । यस्तै बैठकले एक कमिटी एक खेलकुद गतिबिधि सञ्चालन र एक सदस्य दुई नयाँ सदस्य बितरण अभियान अघि बढाउने निर्णय गरेको छ ।
अव महासंघका हरेक कमिटीले एउटा खेलकुद कार्यक्रम सञ्चालन गर्ने र प्रत्येक सदस्यले दुई जना नयाँ सदस्य बनाउने निर्णय बैठकले गरेको हो,’ अध्यक्ष बस्नेतले भन्नुभयो ।

उहाँले केन्द्रीय कमिटीको बैठकको निर्णयअनुसार नेपाल खेलकुद महासंघ अब सशक्त रुपमा संगठन सुदृढीकरण, शुद्धिकरण तथा विस्तारमा लाग्ने जानकारी पनि दिनुभयो ।न्युजका्रखाना

रौतहट, ६ माघ ।

करिब ६ लाख नेपाली रुपैयाँ  सहित रौतहटमा एक जना मानिस पक्राउ परेका छन् ।

 

सशस्त्र प्रहरीको गस्ती टोलीले हुण्डी कारोबार गरेको आशंकामा एकजना मानिस लाई पक्राउ गरेको हो।

सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट बंकुलका प्रमुख सशस्त्र प्रहरी निरीक्षक नरेन्द्र कुमार पाटामगर नेतृत्वको टोलीले शनिवार पाँचलाख ९४ हजार रुपैयाँ सहित परोहा नगरपालिका ८ का दिनेश प्रसाद कुष्वाहालाई पक्राउ गरेको छ।

सीमावर्ती बौधीमाई नगरपालिका–७ छोटी बंकुल हुँदै भारत तर्फ गई रहेको बागतमी प्रदेश ०२–०३८ प.–५८६७ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा  एक हजार दरको ३४२ र पाँच सय दरका ५०४ थानगरी कुल पाँच लाख ९४ हजार रुपैयाँ सहित कुशवाहा पक्राउ  भएको इन्स्पेक्टर पाटा मगरले बताएका छन।

 

बरामद रुपैया, मोटरसाईकल सहित ४५ वर्षीय  कुशवाहालाई आवश्यक कारवाहीको लागि जिल्ला  भन्सार कार्यालय गौरमा बुझाइएको सशस्त्र प्रहरी हेक्वा रौतहटले जनाएको छ।

सप्तरी, ६ माघ । 

चार पार्टीका प्रमुखले मुलुकलाई बन्धक बनाएको जनमत पार्टीको राष्ट्रिय अध्यक्ष प्रतिनिधि सभा सदस्य डा. सिके राउतले बताएका छन्।

नेपाल पत्रकार महासंघ सप्तरीमा शनिबार पत्रकार सम्मेलनको आयोजना गरि राउतले यस्तो बताएका छन् ।  उनले भने,´ नेकपा एमाले,नेपाली कांग्रेस,नेकपा माअोवादी तथा एकीकत  समाजवादीका मुख्य ब्यक्तिलेमुलुकमा जे गर्छ त्यही हुन्छ अन्य कसैले केही गर्न सक्दैन ।’

खास गरेर जहिले पनि पेवाको रूपमा मुलुकमा नेतृत्वमा रहदै आएकाहरूले मधेसमा भ्रष्टाचार हुन्छ र मधेसी नेता भ्रष्ट हुन्छ भन्ने अपवाह फैलाएर मधेसलाई थप पछाडि धकेल्दै आएको उनले आरोप लगाए । उनले भने,´ अरबौ भष्टाचार गर्ने ब्यक्तिले उल्टो मधेसी नेतालाई भ्रष्टको आरोप लगाएर मधेर र मधेसीक‍ो विकासको बाधक नेतृत्व पक्ष नै बनेको  छ ।’ आफु उर्जाका साथ संसदमा प्रतिनिधित्व गरेपनि त्यहाँको व्यवस्था हेरेर निराशावादी भएको उनको भनाइ थियो ।

उनले थपे,´ अहिलेको संसदमा केही बोल्न छुट छैन । विप जारी हुन्छ । बोल्यो भने कार्वाही हुन्छ दुईचार जनाले जे गर्छ त्यहीँ नै हुन्छ । यो सरकार र गठबन्धनबाट केही गराउन नसकिने उनको धारणा रहेको थियोे । डिसिजन मेकरमा हाम्रो कुनै भुमिका नरहेकोले नयाँ परियोजनाको विषयमा सुन्न चाहदैनन् ।५२/५३ प्रतिशत जनता मधेसमा भएपनि हामीले दिनेमा हुनपर्थ्यो तर उल्टो उनीहरूसंग माग्नुपर्ने बाध्यता छ ।

मधेसले विकास र अधिकार चाहेको छ । अधिकार प्राप्तिको लागि आन्दोलन गर्न जहिले पनि तयार रहनुपर्छ ।आन्दोलनको विकल्प नरहेको राउतको भनाई थियो । अहिलेको अवस्था मधेस,जनजाति,अल्पसंख्यक, तथा पछाडि परेका समूदायका लागि नभएको राउतको भनाई थियो न्युजका्रखाना

मुम्बइ, ६ माघ ।

रणवीर कपूर र रश्मिका मन्डनाको फिल्म एनिमलले बक्स अफिसमा धमाका मच्चाएको छ । यो फिल्म सुपरहिट साबित भएको छ ।

 

फिल्ममा रश्मिका मन्डन्नाले रणवीर कपूरकी पत्नीको भूमिका निभाएकी छिन् । यस फिल्ममा रश्मिकाले श्रीमानलाई थप्पड हानेको दृश्य छ । रश्मिकाले भर्खरै एक अन्तर्वार्तामा यस दृश्यको आफ्नो अनुभव साझा गरेकी छिन्। उनले रणवीरलाई थप्पड हाने पछि रोएको बताएकी छिन् ।

 

फिल्ममा रणवीरले आफ्नी श्रीमती रश्मिकालाई धोका दिन्छन् र जब उनले यो कुरा उनलाई सुनाए, रश्मिकाले उनलाई कडा थप्पड हानेकी छन्। रश्मिकाले पिंकभिलालाई दिएको अन्तर्वार्तामा यो दृश्य एकै पटक खिचिएको बताइन् ।

 

रश्मिकाले भनिन्– ‘यो दृश्यमा धेरै घुमफिर भएको थियो, त्यसैले एउटा दृश्यमा छायांकन गरिएको हो । मलाई थाहा थिएन म के गर्न गइरहेको छु। सन्दीपले मलाई महसुस गराए कि यदि कुनै व्यक्ति यस्तो अवस्थामा छ भने उसको प्रतिक्रिया कस्तो हुन्छ। यति मात्र सम्झन्छु। मलाई एक्शन र कट बीचको केहि याद छैन। म सम्झन सक्दिन। मेरो मन खाली थियो ।’ यो दृश्यमा रश्मिकाले रणवीरलाई थप्पड हानेकी थिइन् ।

 

रश्मिकाले भनिन्, ‘यो दृश्यपछि म साँच्चै रोएँ किनकी मैले रणवीरलाई साँच्चै थप्पड हाने र म चिच्याएँ ।’

 

रश्मिकाले थप भनिन्, ‘सीन सकिएपछि म रणवीरकहाँ गएँ र उनलाई सोधेँ कि ठीक छ ? तिमी सन्चै छौ ? हामीले यो क्रम आधा दिनमा पूरा गर्यौं। मलाई यो मन पर्यो र त्यो क्षण मैले सोचेको थिएँ कि यो एक अभिनेता हुनुको उच्च स्तर हो। मानिसहरू हरेक पटक यस प्रकारको क्रम लेख्दैनन्। यो फिल्म गरेकोमा म निकै खुसी छु । म आफै छक्क परें ।’

 

एनिमलमा रश्मिका र रणवीरका साथ अनिल कपुर, बबी देओल र तृप्ती डिमरी महत्वपूर्ण भूमिकामा देखिएका छन् । फिल्मलाई सन्दीप वाङ्गले निर्देशन गरेका हुन् ।न्युजका्रखाना

काठमाडौं, ४ माघ ।

म्यानचेस्टर सिटी विश्वको सबैभन्दा मुल्यवान टिम बनेको छ ।

 

फुटबल बेन्चमार्कले सार्बजनिक गरेको युरोपियन फुटबल क्लबहरुको बार्षिक रिपोर्ट अनुसार म्यानचेस्टर सिटीको अहिलेको टिम विश्वको सबैभन्दा बढी मुल्यको रहेको हो ।

 

यस रिपोर्टमा २०२३ मा युरोपका टप पाँच लिगमा क्लबहरुले खेलाडी ट्रान्सफरमा १.१ बिलियन युरो खर्च गरेका छन् । म्यानचेस्टर सिटीको टिमको अहिलेको बजार मुल्य १४१४ मिलियन युरो रहेको छ । जुन अघिल्लो बर्षको भन्दा ९ प्रतिशतले बढी हो ।

 

त्यस्तै यस सूचीमा दोस्रो स्थानमा फ्रेन्च च्याम्पियन पिएसजी रहेको छ । पिएसजीको टिमको बजार मुल्य ११५२ मिलियन युरो गरेको छ, जुन अघिल्लो बर्षको तुलनामा १५ प्रतिशतले बढी हो ।

 

त्यसैगरी यस सूचीमा तेस्रो स्थानमा रियल म्याड्रिड रहेको छ । रियल म्याड्रिडको टिमको बजार मुल्य ११५२ मिलियन युरो रहेको छ, जुन अघिल्लो बर्षको तुलनामा २१ प्रतिशतले बढी हो ।

 

त्यसैगरी जर्मनी क्लब बायर्न म्युनिख यस सूचीमा चौथो स्थानमा रहेको छ । बायर्नको टिमको बजार मुल्य १०२३ मिलियन युरो रहेको छ । बायर्नको बजार मुल्य अघिल्लो बर्षको तुलनामा २ प्रतिशतले घटेको छ ।

 

त्यस्तै स्पेनिस क्लब बार्सिलोना यस सूचीमा पाँचौं स्थानमा रहेको छ । बार्सिलोनाको टिमको अहिलेको बजार मुल्य अघिल्लो बर्षको तुलनामा एक प्रतिशतले कम १००५ मिलियन युरो रहेको छ ।

 

यस सूचीमा प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड छैटौं स्थानमा छ र यसको टिमको बजार मुल्य ९६६ मिलियन युरो रहेको छ, जुन अघिल्लो बर्षको तुलनामा ११ प्रतिशतले बढी हो ।

 

त्यसैगरी यस सूचीमा इटालियन क्लब नापोली सातौं स्थानमा रहेको छ । नापोलीको टिमको बजार मुल्य ६८२ मिलियन युरो रहेको छ, जुन अघिल्लो बर्षको तुलनामा ९ प्रतिशतले बढी हो ।

 

त्यसैगरी यस सूचीमा आठौँ स्थानमा जर्मनी क्लब बोरुसिया डोर्टमण्ड रहेको छ । डोर्टमण्डको टिमको बजार मुल्य ६०९ मिलियन रहेको छ, जुन अघिल्लो बर्षको तुलनामा ३ प्रतिशत कम हो ।

 

त्यस्तै यस सूचीमा नवौं स्थानमा इटालियन क्लब युभेन्टस रहेको छ । युभेन्टसको अहिलेको टिमको बजार मुल्य ४६५ मिलियन युरो रहेको छ, जुन अघिल्लो बर्षको तुलनामा ११ प्रतिशतले कम हो ।

 

त्यस्तै यस सूचीमा दशौँ स्थानमा पोर्चुगलको क्लब बेनिफिका रहेको छ । बेनिफिकाको अहिलेको टिमको बजार मुल्य ४१७ मिलियन युरो रहेको छ जुन अघिल्लो बर्षको तुलनामा ११ प्रतिशतले बढी हो ।न्युजका्रखाना

काठमाडौं, ६ माघ ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको छ। साथै, देशको पश्चिम तराईका थोरै स्थानहरुमा हुस्सु र कुहिरो लागेको छ।

 

दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

 

राती भने देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी,  गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई  स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

 

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। साथै तराईका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले त्यसबाट हुन सक्ने असरका साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ। न्युजका्रखाना

 रौतहट,०५ गते माघ ।

इलाका प्रहरी कार्यालय कटहरियाले आज बजार व्यवस्थापन लगायत कटिया हाउस(होटेल), मासुु,तरकारी,फलफूल,माछा,खादान्न सम्बन्धी,स्वच्छ सफा,ताजा तथा कालो बजारी न्यूनिकरण सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।

No description available.

रौतहटको चर्चित बजार कटहरिया बजारमा रहेको कटिया पसलहरुको गुणस्तर बढाउन छलफल गरिएको हो । कार्यक्रमको प्रारम्भमा इप्रका कटहरियाका प्रहरी बरिष्ठ नायव निरिक्षक अरुण कुमार सिंहले कटहरियाको कटिया पसलमा कालोबजारी बढेको आफूू समक्ष गुणासाहरु आउन थालेको सञ्चालकहरु लाइ जानकारी गराएका थिए ।

No description available.

कटहरिया कटियाको लागि प्रसिद्ध रहेकाले यसको गुणस्तर कायम राख्ने दायित्व कटिया हाउस सञ्चालकहरुको रहेकोले यस तर्फ ध्यानदिनुपर्ने सुुझाएका थिए । कटहरियामा रहेका कटिया होटेलहरुले बिक्री गर्ने कटिया मासुुको मूल्य निर्धारण गर्नुुपर्ने,मूल्यसूचि राख्नुपर्ने,गुणस्तर बढाउनु पर्ने,सरसफाइ,होटेलको सेवा स्तरीयता बढाउन सुुझाव दिने उदेश्यले कार्यक्रम आयोजन गरिएको थियो ।

No description available.

उपभोक्ताहरुलाइ सफा,स्वस्थ,गुणस्तर युुक्त कटिया बिक्री वितरणमा ध्यान दिन सुुझाव दिइएको थियो । कार्यक्रममा उपस्थित व्यक्तीहरुले कटहरिया बजारमा मासुु,माछा,मुुर्गा कटरहरुको बिक्री वितरण गर्ने ठाउँ निधारण गर्नुुपर्ने,पसल बन्द गर्ने समय निर्धारण गर्नुपर्ने लगायत विषयमा आ आफनो धारण राखेका थिए । कार्यक्रममा आफनो धारणा राख्दै कटहरिया वडा नम्बर ४ का वडा अध्यक्ष चन्दन कुमार कुशवाहाले कटहरिया बजारको कटिया व्यापार घट्दै गएको भन्दै यस तर्फ सबैको ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

यस्तै कटहरिया वडा नम्बर ५ का वडा अध्यक्ष सर्फलाल गुप्ताले यी समग्र विषयहरुमा एउटा ठोस निर्णय गरि अगाडी बढनुुपर्ने बताए । यी विषयमा छिट्टै नै निर्णय गरिने उनले बताए । । कार्यक्रममा मेयर प्रत्यासी नसरुदिन अन्सारी,योगेन्द्र साह ,समाजसेवी राकेश गिरी,बिनोद साह लगायतले आफनो धारणा राखेका थिए ।

उनीहरुले चराचुरुङ्खीको मासु विक्रि वितरण गर्दा ग्राहक समक्ष बनाएर विक्री गर्नुपर्ने,मासुु तौल गरेर बेच्न आग्रह गरेका थिए ।इप्रका कटहरियाको इन्चार्जको जिम्मेवारी सम्हाले देखि नै बरिष्ठ सइ सिंह एक्सनमा काम गरिरहेका छन् । आउने वितिकै परिच्यात्मक कार्यक्रम देखि लिएर सार्वजनिक सुनवाइ कार्यक्रम पनि आयोजन गरि सकेका छन् । नयाँ प्रमुखमा सिंह आएपछि इप्रका कटहरिया थप सक्रिय बन्दै गएको छ ।

शान्ति सुरक्षाका लागि अहोरात्र खट्ने प्रतिबद्धता जनाएका उनले कडा एक्सनका साथ काम गरि राख्नुभएको छ ।

 रौतहट ,५ गते माघ ।

प्रकाश भाइ मधेशियाले बलिदानी दिवसको सम्झनामा वीर गति प्राप्त गरेका प्रती सम्मान स्वरुप रौतहटको सहिद परिवारलाई सर समान सहयोग गरेका हुन् ।

मधेस र मधेसीको हक अधिकारीको लागि देशमा विभिन्न आन्दोलनमा विरगती (सहादत )प्राप्त गरेको प्रती हरेक वर्ष माघ ५ गतेका दिन बलिदानी दिवस मनाउदै आइरहेको छ। १७ औं बलिदानी दिवसको सम्झनामा रौतहटको फतुहा विजयपुर नगरपालिका वर्डा नम्बर ७ टेंग्राहा टोल निवासी हाल अमेरिका बस्ने समाजसेवी युवा प्रकाश भाइ मधेशियाले सहादत प्राप्त गरेका घर परिवारलाई आफ्नो व्यक्तिगत लगानीबाट सम्मान स्वरुप खाद्यान्न तथा शितलहर छल्न ब्लेनकेट समाग्रीहरु सहयोग गरेका छन् ।

ईशनाथ नगरपालिका वर्डा ४ महुलिया टोलका राजकिशोर ठाकुर ले रौतहटमा मधेस आन्दोलनको क्रममा गोली खाई सहादत प्राप्त गरेका थिए। मधेस आन्दोलनको अग्रनी मोर्चामा रहेको क्रान्तिकारी निडर युवा प्रकाश भाइ मधेशियाले मधेस आन्दोलनको समयमा मधेस प्रदेशको रौतहट जिल्लाको इशनाथ नगरपालिका -४ महुलिया निवासी महिन्द्र ठाकुरको छोरा राजकिशोर ठाकुर र राजपुर नगरपालिकाको बलुवा निवासी शेख मैनुदिन मृत्युवरण गरेका ‘सहिद’ का परिवारलाई अमेरिकाबाट खाद्यान्न तथा ब्लांकेट समाग्री सहयोग गरेका छन् ।

महुलिया निवास राजकिशोर ठाकुर र बलुवा निवासी शेख मैनुदिनको घरमा पुगेर रौतहट निवासी हाल अमेरिका बस्ने प्रकाश भाइ मधेशियाको टोलि राजु पटेलले सहयोग कार्यक्रम मा चामल -५० के.जि , दाल , आलु, ब्लायकेट आदि सहिद परिवारलाई हस्तान्तरण गरेको हो ।

बलिदानी दिवसको अवसरमा मधेस आन्दोलनमा सहातद प्राप्त भएको घर परिवारलाई समान् स्वरूप सामग्रीहरु आज प्रकाश भाइ मधेशीया हाल अमेरिकाबाट प्रत्येक वर्ष बलिदानी दिवसको सम्झनामा यस वर्षमा पनि सर समान सहयोग गरेको राजु पटेलले बताए।

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।