काठमाडौं, ८ फागुन ।
नेपाली कांग्रेसका नेता एवम् महासमिति सदस्य पुष्पकुमार शाहीले सनातन हिन्दु् धर्मलाई कांग्रेसले महासमिति बैठकमा आफ्नो आधिकारिक एजेण्डा बनाउनुपर्ने बताएका छन्।
२०७२ को संविधानमा नेपाललाई धर्म निरपेक्ष राष्ट्र घोषणा गरेकोमा संविधानको उक्त धारा सच्याउनु पर्ने शाहीले बताए। ‘कांग्रेसले सनातम धर्मलाई आत्मसाथ गर्नु लोकतन्त्र, राष्ट्र र जनताको पक्षमा हुन्छ। त्यसैले मुलुकमा हिन्दु राष्ट्र कांग्रेस दृढ हुनुपर्छ,’ उनले भने।
हिन्दु धर्ममा भएका कतिपय ट्रेडिस्नल कुरालाई छोडेर परिस्कृत गर्दै नेपाललाई हिन्दु धर्म कारयम गर्नुपर्ने शाहीको माग छ। हिन्दु धर्ममात्र नभएर संस्कार पनि भएको शाहीले बताए। संस्कारले पहिचान झल्काउने भएकाले पहिचानका लागि पनि हिन्दु धर्म अपरिहार्य रहेको उनले औंल्याए।
सनातन हिन्दु राष्ट्रको पक्षमा रहेका नेपाली कांग्रेसका महसमिति सदस्यहरूले हस्ताक्षर अभियान चलाएका छन्।
महासमिति बैठक चलिरहेको ललितपुरको गोदावरीमा स्टल नै बनाएर उनीहरूले हस्ताक्षर अभियान चलाएका हुन्। ‘सनातन हिन्दु राष्ट्र नेपाल’ अभियानको नाममा अहिलेसम्म ४ सय महासमिति सदस्यहरूले हस्ताक्षर गरेका छन्।
अभियानको पक्षमा पूर्व महामन्त्री शशांक कोइरालाबाहेक अरू शीर्ष नेताहरूले हस्ताक्षर गरेका छैनन्। २०७५ सालको महासमितिमा पनि हिन्दु राष्ट्रको पक्षमा हस्ताक्षर अभियान चलाइएको थियो। त्यतिबेला भने कोइरालाले यो एजेण्डामा हस्ताक्षर गरेका थिएनन्।
त्यसबेला महासमितिमा रहेका ७२१ जना सदस्यहरूले हस्ताक्षर गरे पनि त्यसले बैठकमा औपचारिक प्रवेश भने पाएको थिएन।न्युज कारखाना
रौतहट ८ फागुन ।
रौतहट सदरमुकाम गौरस्थित राजदेवी मिडियाले आयोजना गरेको महिला साइकल दौड प्रतियोगितामा गौर नगरपालिका–५ कि चंचला कुमारी प्रथम भएकी छन् । ७४औं प्रजातन्त्र दिवसको अवसरमा आयोजित ११औं जिल्लास्तरीय महिला साइकल दौड प्रतियोगितामा चंचला कुमारी प्रथम भएकी हुन् ।
फाइनल दौडमा सहभागी भएका २० जना प्रतियोगीमध्ये उनी प्रथम हुँदा राजदेवी नगरपालिका–७ कि रानी कुमारी यादव दोस्रो तथा गौर नगरपालिका–४ कि बबिता कुमारीले तेस्रो स्थान हासिल गरिन् ।

प्रतियोगिताका प्रथम विजेतालाइ ५० हजार, दोस्रो ३० हजार र तेस्रोलाई २० हजार नगद पुरुस्कार दिइएको आयोजक राजदेवी मिडियाका अध्यक्ष रामापुकार पटेलले बताए ।
१४० मध्ये छनौट भएर फाइनलमा सहभागी भएका २० जना महिलालाई पुरुस्कार स्वरुप एक एक थान साइकल प्रदान गरिएको छ । राजदेवी मिडिया प्रालिले प्रजातन्त्र दिवसको अवसर पारेर११ वर्षदेखि महिला साइकल दौडको आयोजना गर्दै आएको छ।

सो प्रतियोगितामा प्रमुख अतिथि रुपमा पूर्वउपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपाल अध्यक्ष उपेन्द्र यादव सहभागी थिए ।
उनलाई चन्द्रनिगाहपुर जसपा केन्द्रिय सदस्य तथा पूर्व प्रदेश सांसद रामकिशोर यादव, जिल्ला अध्यक्ष श्यामा बिहारी यादव, प्रदेश सांसद शोभा साह लगायत नेता कार्यकर्ता लामबद्ध भएर फूलको मालासहितले स्वागत गरेका थिए । न्युज कारखाना
काठमाडौ, ८ फागुन ।
नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजावी सुनको मूल्य तोलाको १ लाख १७ हजार ४५० रुपैयाँ निर्धारण भएको छ ।
सोमबार पनि सुन सोही भाउमा खरिदबिक्री भएको थियो । यसअघि लगातार ३ दिन देखी सुनको भाउ क्रमशः ६००, ५०० र ४०० रुपैयाँले बढेको थियो ।
यता, मंगलबार चाँदीको भाउ पनि स्थिर रहेको छ । मंगलबार चाँदीको भाउ प्रतितोला १४ सय १० रुपैयाँ कायम छ । सोमबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो । न्युज कारखाना
काठमाडौं, ८ फागुन ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग इन्टर पारिस, पार्लियामेन्ट इन पार्टरनसिपका प्रमुख जोनाथन मफीले भेटवार्ता गरेका छन् । नेपाल भ्रमणका अवसरमा मंगलबार सिंहदरबारस्थित कार्यकक्षमा उनीहरुबीच शिष्टाचार भेट भएको हो ।

भेटका अवसरमा अध्यक्ष तिमिल्सिनाले संसद जनताका सवाल उठाउने र कानुन निर्माण गर्ने थलो भएकाले यसलाई प्रभावकारी बनाउन सक्दा प्रजातन्त्र बलियो बने बताए । उनले सरकारलाईं कसरी संसद र जनताप्रति उत्तरदायी बनाउन सकिन्छ भन्ने कुरामा इयुबाट सहयोग हुने अपेक्षा व्यक्त गरे ।

अध्यक्ष तिमिल्सिनाले नेपालको संसद भवन भूकम्पमा क्षतिग्रस्त भएपछि नयाँ बन्ने चरणमा रहेकाले त्यसलाई कसरी प्रविधियुक्त तथा पेपरलेस बनाउन सकिन्छ तथा सांसद र संसदका कर्मचारीको क्षमता बिकासका लागि पनि सहकार्य गर्न इच्छुक रहेको बताए ।

भेटमा प्रमुख मर्फीले प्रजातन्त्र नै युरोपेली संसदको गहना भएको बताउँदै नेपालको संसद संग प्रजातान्त्रिक पद्धति बलियो बनाउने उल्लेख गर्दै आगामी दिनमा आवश्यकताका आधारमा दुई पक्षीय सहयोगका विषयमा सहकार्य गर्दै जान सकिने बताए । न्युज कारखाना
काठमाडौं, ८ फागुन ।
भारतमा रहेका नेपालीले त्यहाँको सीमकार्ड लिन पाउने भएका छन् । यसअघिको प्रावधानलाई संशोधन गर्दै भारतीय सरकारले नेपाली नागरिकले पनि सीमकार्ड लिन सक्ने व्यवस्था गरेको हो ।
यसअघि नेपालीले सीमकार्ड लिन पाउने व्यवस्था थिएन । अब भने नेपाली नागरिकले आफ्नो नागरिकता, राहदानी, मतदाता परिचयपत्र वा दूतावासले जारी दूतावासले जारी गरेको परिचयपत्रको आधारमा भारतको सीमकार्ड लिन सक्ने भारतका लागि नेपाली राजदूत डा राजदूत डा. शंकरप्रसाद शर्माले जानकारी दिएका हुन् ।
यसबारे जानकारी दिँदै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘राम्रो खबर! नेपाली नागरिकले अब आफ्नो राहदानी, नागरिकताको प्रमाणपत्र, मतदाता परिचयपत्र वा दूतावासले जारी गरेको परिचयपत्रका आधारमा सिमकार्ड लिन सक्नेछन् ।’ न्युज कारखाना
काठमाडौं, ८ फागुन ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ नेतृत्वको नेपाली प्रतिनिधि टोली थाइल्याण्डको बैंकका प्रस्थान गरेको छ । एशिया प्यासिफिक फोरम अन सस्टेनेवल डेभलपमेन्ट कार्यक्रममा सहभागी हुन उपाध्यक्ष श्रेष्ठ नेतृत्वको टोली बैंकक प्रस्थान गरेको हो ।
उपाध्यक्ष श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलमा आयोगका सदस्य डा. रामकुमार फुयाल, सचिव डा. तोय नारायण ज्ञवाली, सहसचिव महेश भट्टराईलगायत छन् ।
बैंकका स्थित संयुक्त राष्ट्र ससंघको सम्मेलन केन्द्रमा मंगलबारदेखि शुक्रबारसम्म (फ्रेब्रुअरी २० देखि २३सम्म) चल्ने कार्यक्रममा दीर्घकालिन सोचका लक्ष्यहरु १, २, १३, १६ र १७ को समीक्षा समेत हुँदै छ ।
न्युज कारखाना
काठमाडौं, ८ फागुन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान विश्व देखिएका जातीय तनाव र आतङ्कवादका विभिन्न कारकहरूबाट सञ्चालित जटिल द्वन्द्वका कारण शान्ति स्थापनार्थ सैनिकहरूले खतराको सामना गर्नुपरेको बताएका छन् ।
‘चौथो शान्ति प्रयास’ अभ्यासको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले वहुस्तरीय प्रकृतिका द्वन्द्वका विषमा हामीहरू सचेत हुनुपर्ने बताएका हुन ।

शान्ति स्थापना कार्यहरू जटिल राजनीतिक–सैन्य–मानवीय प्रयासका रूपमा विकसित भएको उल्लेख गदै उहाँले शान्ति सैनिकले अझ धेरै बुझ्नुपर्ने र तयारी गर्नुपर्ने अवस्था आएको बताए ।
“संयुक्त राष्ट्रको शान्ति स्थापना कार्यको विश्वास र वैधानिकता कायम राख्न नयाँ जटिल चुनौतिहरूका माझ विश्वमा कसरी शान्ति प्रदान गर्ने भनेर हामीले पुनः मूल्याङ्कन गर्नुपर्ने भएको छ,” प्रधानमन्त्रीले भने ।
शान्ति स्थापनाको महत्त्वलाई अतिरञ्जित गर्न नहुने बताउँदै उहाँले त्यसका लागि मानवताको गहिरो भावना, प्रतिबद्धता र कमजोरलाई जोगाउने हस्तक्षेप गर्ने तत्परता आवश्यक पर्ने उनको भनाइ छ ।
खतराको ठूलो सामना गरेर शान्ति सैनिकहरूले मानवताको गहिरो भावना र प्रतिबद्धतालाई मूर्त रूप दिइरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले शान्ति सैनिकले गरेको त्यस्ता प्रयासको गहिरो प्रभाव परेको जनाएका छन ।

“यस अवसरमा म विश्वभर शान्तिको जोजीमा बलिदान दिने बहादुर शान्ति सैनिकहरूप्रति सम्मान एवं श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु,” प्रधानमन्त्री प्रचण्डले भने, “उहाँहरूको निस्वार्थता र समर्पण हामी सबैको लागि प्रेरणको स्रोत हो ।” उनले कठिन चुनौतिको सामना गर्दै वीरता र करुणका साथ सेवा जारी राख्ने शान्ति सैनिकहरूप्रति प्रशंसा गरेका छन ।
नेपालले अन्तर्राष्ट्रिय मञ्चहरूमा शान्ति र समानताका लागि निरन्तर र जोडदाररूपमा वकालत गरेको र आगामी दिनमा पनि गर्ने स्पष्ट पार्दै प्रधानमन्त्री प्रचण्डले भने, “नेपालको प्रतिबद्धता विश्वमा शान्ति र सद्भावका चाहनामा निहित छ ।”
नेपालले विश्व शान्ति, प्रगति र समृद्धिमा संयुक्त राष्ट्रसङ्घको महत्त्वपूर्ण योगदानको प्रशांसा गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्रसङ्घको शान्ति प्रयासमा नेपालले दृढतापूर्वक प्रतिबद्धता जनाउँदै आएको स्पष्ट पारेका छन । उनले विश्वमा शान्ति स्थापना नेपालको विदेश नीतिको महत्त्वपूर्ण अङ्ग रहेको बताउँदै यस कार्यको विश्वले प्रशांसा गरेको स्मरण गरे ।
नेपालले हाल संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनमा सबैभन्दा धेरै सेना र प्रहरी खटाउने गरेको र थप १० हजारसम्म तालिम प्राप्त सेना परिचालन गर्ने वाचा गरेको तथ्यलाई जोड दिएकोप्रति गर्व महसुस भएको बताए।न्युज कारखाना
काठमाडौं, ८ फागुन।
एसियन लाइफ इन्स्योरेन्सको फागुन १८ गते वार्षिक साधारण सभा बस्ने भएकोछ। सभामा कम्पनीले सेयरधनीहरूलाई ८.१६ प्रतिशत लाभांश वितरण प्रस्ताव पेश गर्नेछ। सभा, होटल क्लासिक सिमरा, बारामा बिहान साढे ११ बजे सुरु हुनेछ।
सभामा कम्पनीले आर्थिक वर्ष २०७९–८० को नाफाबाट सेयरधनीलाई ७.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४०७ प्रतिशत नगद गरी कुल ८.१६ प्रतिशत लाभांश वितरण प्रस्ताव पेश गर्नेछ। साथै, सभामा आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ।
आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि रहेकोछ। त्यसैगरी, बोनस सेयर वितरणपश्चात कायम हुने पुँजीमा ४२ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने सम्बन्धमा पनि विशेष प्रस्ताव पेश हुनेछ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले आज मंगलबार फागुन ८ गते बुक क्लोज गरेको छ।,फागुन ८ भन्दाअघिसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन्।न्युज कारखाना
काठमाडाैं, ८ फागुन ।
क्यानडाविरुद्धको एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपाल ‘ए’ टीमले पहिला फिल्डिङ गर्ने भएको छ ।
मुलपानी क्रिकेट मैदानमा क्यानडाविरुद्ध नेपाल ‘ए’ टीमका कप्तान सन्दीप जोराले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।
यो खेल मुलपानी क्रिकेट मैदानमा बिहान ९ः ३० बजेदेखि शुरु हुने जनाइएकाे छ ।
यस अघि सम्पन्न पहिलो खेलमा क्यानडा– ११ ले नेपाल ए लाई ४ विकेटले पराजित गरेको थियो । नेपाल क्रिकेट संघ (क्यान) ले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक ‘ए’ टिम बनाएर खेल शुरु गरेको पहिलो पटक हो ।
क्यानडाले पनि आफ्नो आगामी लिग-२ को तयारी स्वरूप नेपाल ए सँग खेलिरहेको छ ।
क्यानडाले यहि फेब्रुअरी २८ देखि युएईमा स्कटल्याण्ड र युएई सम्मिलित त्रिकोणीय सिरिजबाट आफ्नो लिग-२ को यात्रा शुरु गर्दै छ । नेपाल ए र क्यानडाले तेस्रो खेल २२ फेब्रुअरीमा खेल्ने तालिका रहेको छ । त्यसपछि क्यानडा युएई जाने छ ।
क्यानले क्यानडाविरुद्ध खेल्न विनोद भण्डारीको कप्तानीमा १६ सदस्यीय नेपाल ‘ए’ टिम बनाएको छ ।
नेपाल ए टीममा विनोद भण्डारी (कप्तान), आशुतोष घिरैया, अर्जुन कुमाल, बशीर अहमद, विवेक यादव, हेमन्त धामी, किरण ठगुन्ना, मायन यादव, प्रतिस जिसी, रसिद खान, रिजन ढकाल, सागर ढकाल, शाहब आलम, सन्दीप जोरा, शेर मल्ल र सुजन थपलिया रहेका छन् ।
नेपाल ए टिमको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल र कलाम अली रहेका छन् । न्युज कारखाना
काठमाडाैं, ८ फागुन ।
कीर्तिपुर नगरपलिका-४ स्थित नेपाल एपीएफ स्कुलको खेल मैदानमा जारी प्रथम अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको फाइनल खेल आज खेलाइँदैछ ।
५० हजार रुपैयाँ पुरस्कार राशीको प्रतियोगिताको फाइनलमा आयोजक नेपाल एपीएफ स्कुलको क टिम र नेपाल पुलिस स्कुल मध्यान्ह १२ बजे प्रतिस्पर्धा गर्नेछन् ।
आयोजक नेपाल एपीएफ स्कुलको क टिमले प्रतियोगिताको सेमिफाइनल खेलमा मनकामना सेकेण्डरी स्कुल जोरपाटीलाई ४-० गोल अन्तरले पराजित गरेको थियो । यसैगरी नेपाल पुलिस स्कुलले सेमीफाइनलमा सैनिक आवासीय महाविद्यालय, सल्लाघारीलाई सडेन डेथमा स्तब्ध बनाउँदै उपाधि नजिक पुगेको हो ।
माघ २२ गतेबाट सुरु भएको प्रतियोगितामा काठमााडाैं उपत्यकाका १७ र काभ्रे जिल्लाबाट एक गरी कुल १८ वटा विद्यालयहरुका १९ टिमबीच लिग कम नकआउट आधारमा खेलहरु सञ्चालन भएको थियो ।
प्रतियोगिता समापन समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको समेत उपस्थिति रहने नेपाल एपीएफ स्कुलले जनाएको छ । न्युज कारखाना