आरके श्रीवास्तव,राैतहट,२०८२ जेठ १८ गते ।
मधेस प्रदेश सरकारको ४५ लाखको बजेटबाट रौतहटको कटहरिया नगरपालिका–८ स्थित पिप्रा पोखरिया देखि बलुवा सम्मको सडक स्तरोन्नतिको कार्य तीव्र रूपमा अगाडि बढिरहेको छ । भौतिक पूर्वाधार मन्त्रालय मार्फत सञ्चालन गरिएको यो आयोजना वडाध्यक्ष समिश विक्रम शाहको सक्रिय पहल र समन्वयमा अघि बढाइएको हो ।

वर्षौंसम्म माटो र कच्ची सडकका कारण वर्षात्को समयमा हिलो र धुलोले हैरान भएका स्थानीय बासिन्दाले अब राम्रो सडकको सुविधा पाउने आशा गरेका छन् । स्थानीयवासीहरु वडाध्यक्ष शाहलाई सडक सुधारका लागि पहल लिएर स्थानीयको सास्ती कम गराएकोमा धन्यवाद दिइरहेका छन् ।

वडाध्यक्ष शाहका अनुसार, “यस सडक स्तरोन्नति परियोजनाले पिप्रा पाेखरिया र बलुवा क्षेत्रको यातायात व्यवस्था सहज बनाउनुका साथै स्थानीय आर्थिक गतिविधिमा पनि ठुलो टेवा पुर्याउनेछ।”

हाल सडकमा ग्राभेलिङ, लेवलिङ तथा अन्य आवश्यक निर्माण कार्यहरू निरन्तर भइरहेको छ । उपभोक्ता समिति मार्फत तोकिएको समयमै कार्य सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ ।

स्थानीय बासिन्दा सिकिन्द्र यादव (लडाई) भन्छन्, “पहिले यो सडक हिँड्नै नसकिने अवस्थामा थियो । मानिसहरूले सडकलाई काटेर आफनाे खेतमा मिलाईसकेका थिए । अहिले काम भइरहेको देख्दा साँच्चै खुशी लागेको छ । यसले हाम्रो जीवनमा ठुलो परिवर्तन ल्याउनेछ ।”
सडक स्तरोन्नतिपछि यो क्षेत्रको यातायात सुगम हुने, एउटै वडाकाे दुई गाउँ सम्मकाे पहुँच सहज हुने अपेक्षा गरिएको छ ।
कामरेन्द्र वर्मा,काठमाडौं,२०८२ जेठ १८ गते ।
भारत सरकारको आर्थिक सहयोगमा अछाम जिल्लाको साँफेबगर नगरपालिकामा निर्मित श्री महेन्द्र माध्यमिक विद्यालयको नयाँ भवन आज एक विशेष समारोहबीच औपचारिक रुपमा विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ ।

उक्त भवन हस्तान्तरण कार्यक्रम भारतीय राजदूतावास, काठमाडौंका प्रथम सचिव सुमन शेखर, जिल्ला समन्वय समिति, अछामका प्रमुख ललित बहादुर कुँवर र साँफेबगर नगरपालिकाका मेयर राजेन्द्र बहादुर कुँवरले संयुक्त रुपमा सम्पन्न गर्नुभयो । कार्यक्रममा राजनीतिक दलका प्रतिनिधिहरु, सरकारी अधिकारी, विद्यालयका शिक्षक-शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको ३ करोड २४ लाख रुपैयाँ अनुदान सहयोगमा विद्यालय भवन निर्माण गरिएको हो । नयाँ भवनमा कक्षाकोठा, प्रयोगशाला, कम्प्युटर कक्ष, पुस्तकालय, प्रशासन शाखा, कर्मचारी कक्ष, शौचालय लगायतका पूर्वाधार समावेश छन् । साथै, अनुदान सहयोगले फर्निचर तथा कम्प्युटरको खरिदमा समेत सहयोग पुर्याएको छ ।
सन् १९६० मा स्थापना भएको श्री महेन्द्र माध्यमिक विद्यालय हाल उच्च माध्यमिक तहसम्म अध्यापन गर्दै आएको छ । नर्सरीदेखि कक्षा १२ सम्मको अध्ययन हुने विद्यालयमा हाल ४०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन्, जसमा ६५ प्रतिशत छात्राहरु छन् ।
समारोहमा बोल्ने वक्ताहरूले भारत सरकारको सहयोगप्रति आभार व्यक्त गर्दै नयाँ पूर्वाधारले स्थानीय विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्राप्त गर्न मद्दत गर्ने विश्वास व्यक्त गरेका छन्
भारत सरकारले सन् २००३ यता नेपालभर ५७३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइसकेको छ, जसमा ४९५ परियोजनाहरू सम्पन्न भइसकेका छन् । सुदूरपश्चिम प्रदेशमा मात्रै ४३ यस्ता परियोजना सञ्चालनमा छन् ।
यसबाहेक, भारत सरकारले नेपालभरिका अस्पताल, स्वास्थ्य संस्थान र शैक्षिक संस्थाहरुलाई १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कुल बस उपहार स्वरुप प्रदान गरेको छ, जसमा अछाम जिल्लामा मात्रै ६ वटा एम्बुलेन्स उपलब्ध गराइएको छ ।

कार्यक्रममार्फत भारत–नेपाल मित्रता र विकास सहकार्य झनै मजबुत हुने विश्वास व्यक्त गरिएको छ । भारत सरकारले नेपाली जनताको हितमा आगामी दिनहरूमा पनि यस्तै सहयोग जारी राख्ने प्रतिबद्धता जनाएको छ ।
आरके श्रीवास्तव,गरुडा,२०८२ जेठ १७ गते ।
रौतहटको मध्यभाग गरुडा अब मिडियाहबको रूपमा विकास हुँदै गएको छ । शुक्रबार बज्जिका भाषामा नयाँ साप्ताहिक पत्रिका ‘बज्जिदूत’ को औपचारिक विमोचन गरिएकाे छ । फरक ढंगले गरिएको यस विमोचन कार्यक्रममा पत्रिका पाठकको हातमै प्रदान गर्दै सार्वजनिक गरिएको हो ।

‘बज्जिदूत’ साप्ताहिक पत्रिकाका प्रकाशक तथा सम्पादक देवेन्द्र चौधरी रहेका छन् । उक्त पत्रिका प्रत्येक हप्ता शुक्रबार प्रकाशित हुने जानकारी दिइएको छ ।

बज्जिका भाषाका सेवक सञ्जय साह ‘मित्र’ ले पत्रिका प्रकाशन सुरु गरिएकोमा बधाई तथा शुभकामना दिँदै बज्जिका भाषाको इतिहासमा यो एक नयाँ अध्यायको सुरुवात भएको बताएका छन् । उनले मातृभाषाको संरक्षण र प्रवर्द्धनमा यस्तो प्रयास महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका छन् ।

बज्जिका साहित्य संगम, रौतहटका अध्यक्ष किसुनदयाल यादव ‘श्रीकृष्ण’, बज्जिकाञ्चल मिडिया प्रा.लि.का सञ्चालक एवम् लोकतान्त्रिक पत्रकार संघ, रौतहटका अध्यक्ष आरके श्रीवास्तव,बज्जिकाञ्चल दैनिकका सह सम्पादक चन्दन यादवले पत्रिकाको सफलताको शुभकामना दिएका छन् ।
यसअघि पनि गरुडा क्षेत्रमै आरएन पटेलको सम्पादन तथा सञ्चालनमा रहेको ‘स्थानीय पोष्ट’ पत्रिकालाई भव्य रूपमा सार्वजनिक गरिएको थियो, जसले गरुडालाई मिडिया गतिविधिको केन्द्रका रूपमा स्थापित गरिरहेको संकेत दिएको छ ।
बज्जिका भाषाको साहित्य, संस्कृति र समुदायको आवाज बुलन्द गर्ने उद्देश्यसहित सुरु गरिएको ‘बज्जिदूत’ साप्ताहिक पत्रिकाबाट स्थानीय सञ्चार क्षेत्रमा नयाँ ऊर्जा थपिने अपेक्षा गरिएको छ ।
फोटो फिचर





बज्जिकाञ्चल संवाददाता, जनकपुर १७ गते जेठ ।
मधेशका पाँच जिल्लामा ‘रेन’ परियोजना सञ्चालन हुने भएको छ ।संयुक्त अधिराज्य सरकारको सहयोगमा, पिपुल इन निड र डेनचर्च एडसँगको साझेदारीमा ली बर्ड सञ्चालन हुन लागेको यो परियोजना विक्रम संवत २०८२ देखि २०८७ सम्म सञ्चालन हुने यस परियोजनाका विषयमा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह र ‘रेन’ परियोजनाका वरिष्ठ अनुकूलन अधिकृत सन्तोष कुमार मोरबैता यादवबीच छलफल भएको छ ।शुक्रबार जनकपुरधाममा भएको छलफलमा ‘रेन : लचिलोपन, अनुकूलन र
समावेशीतामा रूपान्तमक प्रभावका लागि नेपालमा समुदाय नेतृत्वमा आधारित समग्र पहल’ परियोजनाको उद्देश्य, कार्यक्षेत्र र प्रभावबारे विस्तृत चर्चा गरिएको हो ।छलफल कार्यक्रममा प्रदेश सरकारका उच्च अधिकारीहरू तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । परियोजना मधेश प्रदेशका पाँच जिल्लाका १४ वटा पालिकामा सञ्चालन हुने बताइएको छ ।कार्यक्रममा वन निर्देशनालय मधेश प्रदेशका
निर्देशक जगरनाथ जसवाल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. सोहन प्रसाद साह, समृद्धिका लागि वन परियोजनाका प्रमुख सुजित कुमार झा, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार सञ्जय कुमार यादव, साथै सिरहा नगरपालिका र दुर्गाभगवती गाउँपालिकाका प्रतिनिधिहरूको उपस्थिति थियो ।परियोजनाबारे जानकारी दिँदै वरिष्ठ अनुकूलन अधिकृत सन्तोष कुमार मोरबैता यादवले यसले मधेश र लुम्बिनी प्रदेशमा जलवायु परिवर्तनसँग सम्बन्धित जोखिम न्यूनीकरण, प्रकृतिमा आधारित समाधान,
पूर्वतयारी तथा अनुकूलन रणनीति, समुदायमा आधारित सुरक्षित आवास तथा समावेशी कार्यक्रमहरू सञ्चालन गर्ने जानकारी दिएका थिए ।छलफलमा मुख्यमन्त्री सिंहले जलवायु परिवर्तनको प्रतिकूल असरले मधेश प्रदेश बढी प्रभावित भएको उल्लेख गर्दै यस्तो परियोजनाबाट स्थानीय तहमा लचिलोपन र प्रतिरोधात्मक क्षमता अभिवृद्धि हुने विश्वास व्यक्त गरे। उनले परियोजनाको सफल कार्यान्वयनका लागि प्रदेश सरकारबाट आवश्यक सहयोग प्रदान गरिने प्रतिबद्धता जनाए।परियोजनाले समावेशी, दीर्घकालीन र दिगो विकासमा योगदान पुर्याउने लक्ष्यसहित अघि बढाइने ली बर्ड जनाएको छ।एभरेष्ट न्यूज एजेन्सी,
बज्जिकाञ्चल संवाददाता, जनकपुर १७ गते जेठ ।
मधेश प्रदेश सरकारले कृषि क्षेत्रमा महिलाको सक्रिय सहभागिता सुनिश्चित गर्ने उद्देश्यसहित १४ सय महिला कृषक स्वयंसेविका परिचालन गर्ने तयारी गरेको छ।मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले ‘महिला कृषक स्वयंसेविका कार्यक्रम’ अन्तर्गत प्रत्येक वडामा एक–एक जना महिला स्वयंसेविका खटाइने जानकारी दिएका छन् ।
उनले भने- ‘स्वास्थ्य क्षेत्रमा जस्तै कृषि क्षेत्रमा पनि सेवा प्रवाह गर्ने उद्देश्यले यो कार्यक्रम ल्याइएको हो । महिला स्वास्थ्य स्वयंसेविकाले जसरी गाउँ–गाउँमा सेवा पुर्याउँदै आउनुभएको छ, त्यसरी नै कृषकसँग प्रत्यक्ष सम्पर्कमा रही कृषि सेवा दिने व्यवस्था मिलाइएको छ ।’उनका अनुसार यो कार्यक्रमले कृषि उत्पादनमा ठूलो फड्को मार्नुका साथै रोजगारी सिर्जना र आत्मनिर्भर मधेश निर्माणमा टेवा पुर्याउनेछ ।
;मुख्यमन्त्री सिंहले भने- ‘मधेश भनेको श्रमको प्रदेश हो। वैदेशिक रोजगारीमा जानेको सङ्ख्यामा पनि यो प्रदेश अगाडि छ । अब कृषि क्षेत्रमा रोजगारी सिर्जना गर्दै युवालाई यतै श्रम खर्चिने वातावरण बनाउँदैछौं ।’सरकारले स्वयंसेविकालाई आवश्यक तालिम प्रदान गरी कृषि प्रवर्द्धन, बिउ उत्पादन, किरा नियन्त्रण, मल व्यवस्थापनलगायतका विषयमा कृषकलाई सेवा दिने जिम्मेवारी दिनेछ ।
मुख्यमन्त्री सिंहका अनुसार, यो कार्यक्रमले महिलालाई रोजगारीसँगै आर्थिक रूपमा सक्षम बनाउने लक्ष्य लिएको छ। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जेठ १५ गते सूचना प्रकाशित गर्दै स्वयंसेविकाका लागि दरखास्त आह्वान गरिसकेको छ। इच्छुक महिलाले १५ दिनभित्र कृषि ज्ञान केन्द्रमा दरखास्त दिन सक्ने बताइएको छ ।एभरेष्ट न्यूज एजेन्सी,
कामरेन्द्र वर्मा,काठमाडौं,२०८१ जेठ १७ गते ।
बाजुराकाे स्वामीकार्तिक खापर गाउँपालिकाको मुक्तिकोटमा खाद्यान्न सङ्कलन तथा वितरण केन्द्रको रुपमा सञ्चालन गरिने कृषि प्रवर्द्धन केन्द्रको भवन निर्माण कार्य सुरु भएको छ । गत बुधबार एक कार्यक्रमका बीच स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरत बहादुर रोकाया र नेपालस्थित भारतीय राजदूतावासका काउन्सिलर अविनाश कुमार सिंहले संयुक्त रुपमा भवन निर्माणको शिलान्यास गर्नुभयो ।
उक्त शिलान्यास कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी तथा स्थानीय समुदायका सदस्यहरूको उपस्थिति रहेको थियो । भारत सरकारको ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत ३ करोड १४ लाख १० हजार नेपाली रुपैयाँ बराबरको अनुदान सहयोगमा भवन निर्माण हुँदैछ ।
यस केन्द्रमा खाद्यान्नको सङ्कलन, भण्डारण तथा वितरणका लागि आवश्यक पर्ने वितरण डेस्क, रेकर्ड कक्ष र अन्य सहायक संरचनाहरु निर्माण गरिनेछ । परियोजना स्वामीकार्तिक खापर गाउँपालिकामार्फत कार्यान्वयन गरिनेछ । कार्यक्रममा सहभागी स्थानीय प्रतिनिधिहरुले भारत सरकारको सहयोगप्रति आभार व्यक्त गर्दै सो पूर्वाधारले हिमाली क्षेत्रका कृषकहरूलाई उत्पादन भण्डारण र वितरणमा महत्वपूर्ण सहयोग पुर्याउने विश्वास व्यक्त गरेका छन् ।
साथै, यसले खाद्य सुरक्षामा पनि उल्लेखनीय योगदान पुर्याउने उनीहरूको भनाइ थियो । सन् २००३ यता भारत सरकारले नेपालमा ५७३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइसकेको र तीमध्ये ४९५ परियोजना पूरा भइसकेका छन् । सुदूरपश्चिम प्रदेशमा मात्रै ४३ वटा परियोजना सञ्चालनमा छन्, जसमा बाजुराका २ परियोजनासमेत छन् । त्यस्तै, भारतले नेपालका अस्पताल र शैक्षिक संस्थालाई १००९ एम्बुलेन्स र ३०० स्कुल बस उपहारस्वरूप प्रदान गरेको छ। सुदूरपश्चिम प्रदेशमा ७० एम्बुलेन्स र २७ स्कुल बस, बाजुरामा मात्र ३ एम्बुलेन्स र १ स्कुल बस सहयोगस्वरूप दिइएको छ ।
कार्यक्रममा भारत–नेपाल सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यले अघि सारिएको यस्तो प्रकारको सहयोगले द्विपक्षीय सम्बन्धलाई अझ गहिरो बनाउने विश्वास व्यक्त गरिएको थियो ।
कामरेन्द्र वर्मा,काठमाडौं,२०८२ जेठ १७ गते ।
बबरमहल – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको केन्द्रीय कार्यालय, बबरमहलमा आज लोकतान्त्रिक पत्रकार संघका प्रतिनिधिहरू र लोसपाबीच समसामयिक विषयहरू तथा पत्रकारिता क्षेत्रको विकासबारे छलफल सम्पन्न भएको छ ।
कार्यक्रममा लोकतान्त्रिक पत्रकार संघका केन्द्रीय अध्यक्ष कामरेन्द्र बर्मा, पर्सा जिल्ला अध्यक्ष समसुदीन मिया, केन्द्रीय सदस्य बिजेन्द्र चौधरी, मुकेश साह तथा लोकतान्त्रिक युवा संघका केन्द्रीय अध्यक्ष सुजन यादवको सहभागिता रहेको थियो ।
बैठकमा पत्रकारिता क्षेत्रका वर्तमान चुनौतीहरू, प्रेस स्वतन्त्रता, सूचना प्रवाहको विश्वसनीयता, पत्रकारहरूको क्षमता अभिवृद्धि तथा सञ्चार क्षेत्रको समग्र विकासका लागि आवश्यक रणनीतिहरूका बारेमा सुझाव र सल्लाह आदानप्रदान गरिएको थियो । छलफलको क्रममा लोसपाका नेताहरूले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र
पत्रकारिताको मर्यादा कायम राख्दै समाजको परिवर्तनमा सञ्चारकर्मीहरूको भूमिकाको उच्च मूल्याङ्कन गरेका थिए । दुबै पक्षले आगामी दिनमा समेत सहकार्यलाई मजबुत बनाउँदै साझा एजेन्डामा काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
बज्जिकाञ्चल संवाददाता,सर्लाही,२०८२ जेष्ठ १७ गते ।
हरिवन नगरपालिका–३, धारटोलमा समाजसेवी तथा नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य स्वर्गीय रामचन्द्र कुशवाहाको चौथो स्मृति दिवसको अवसरमा एक भव्य श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल कुशवाहा कल्याण समाजका केन्द्रीय सदस्य समेत रहनुभएका स्व. कुशवाहाको सम्झनामा आयोजित उक्त कार्यक्रम श्री जगन कुशवाहाको अध्यक्षतामा सम्पन्न भएको हो । धारटोलस्थित कुशवाहा धर्मशालामा आयोजना गरिएको कार्यक्रममा नगर प्रमुखदेखि समाजसेवी, बुद्धिजीवी र स्थानीयवासीहरू समेतको उल्लेखनीय उपस्थिति रहेको थियो । समाजसेवी तथा कुशवाहा बुद्धिजीवी समाज सर्लाहीका अध्यक्ष रामविश्वास कुशवाहाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा हरिवन नगरपालिकाका नगर प्रमुख कमल बुढाथोकीको उपस्थिति रहेको थियो । विशिष्ट अतिथिमा वडा नं. ३ का वडाध्यक्ष दिपमन लोपचन, नेकपा माओवादी केन्द्र हरिवन नगर अध्यक्ष अर्जुन पन्त, अखिल महिला सञ्जाल नगर अध्यक्ष पदमा मोक्तान, नगर कोषाध्यक्ष जगदेव कुशवाहा, समाजसेवी जोगेन्द्र महतो, धर्मनाथ महतो, निजामती कर्मचारी सुरेन्द्र महतो, माओवादी मधेसी मुक्तिमोर्चा सर्लाहीका जिल्ला सदस्य राम एकबाल महतो, समाजसेवी प्रेमकुमार महतो, बुद्धिजीवी नगर सचिव वीरेन्द्र कुशवाहा, विष्णु दयाल महतो, विजयकुमार महतो लगायतको उपस्थिति रहेको थियो ।
वक्ताहरूले स्व. रामचन्द्र कुशवाहाको समाजसेवामा पुर्याएको योगदानको चर्चा गर्दै उहाँको आदर्श, त्याग र समर्पण भावनाले नयाँ पुस्तालाई प्रेरणा दिने उल्लेख गरेका छन् । चार वर्षअघि कोरोना संक्रमणका कारण सामाजिक कार्यमा सक्रिय रहँदै उहाँको असामयिक निधन भएको थियो । समाजप्रतिको समर्पण भाव,
नेतृत्व क्षमता र जनसेवामा अग्रसर स्व. कुशवाहाको योगदानलाई स्मरण गर्दै कार्यक्रम सभ्य र भव्य रूपमा सम्पन्न भएको आयोजक समितिले जानकारी दिएको छ । धारटोलवासी तथा समाजसेवीहरूको सक्रिय सहभागिता कार्यक्रमको विशेषता रहेको थियो ।
बज्जिकाञ्चल संवाददाता,जनकपुर ।
आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले मुलुकमा बढदो बेथिति, ब्रह्मलुट, विभेद एवं दलाल दलतन्त्रका कारण मुलुक धरासायी बन्दै गईरहेको बताएका छन् । ‘दलतन्त्रको भण्डाफोर गरौं, गणतन्त्रको दिशामा अघि बढौं’ आजपाद्धारा आज (शनिबार) मधेस प्रदेशको राजधानी जनकपुरधाममा आयोजित बृहत अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुलुकलाई जोगाउँनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा गरेर अन्तरिम सरकार गठन गर्नुपर्ने बताए ।
‘मुलुकमा भ्रष्टाचार, लुट, बेथिति बढदो छ । दलाल दलतन्त्रले गणतन्त्र बदनाम भएको छ । मुलुक धरासायी बन्दै गईरहेकाले प्रधानमन्त्रीले राजीनामा गरेर अन्तरिम सरकार गठन गर्नुको विकल्प छैन्,’ आजपा अध्यक्ष साहले भने, ‘मुलुक गम्भिर संकट उन्मुख छ । आर्थिक अवस्था धरासायी हुँदै गईरहेको छ भने नेताहरुको मनोमानी, लुट, बेथितिले जनता निरास भएका छन् ।’ प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको दुई तिहाईको गठबन्धन सरकारले आम जनतामा असन्तुष्टि एवं निरासा बढदैगईरहेको छ ।
त्यसलाई सम्बोधन गर्ने गरी सरकारले बजेट ल्याउँन नसकेको उनले बताए । अहिलेको बजेटले मुलुकको समस्या सम्बोधन गर्ने गरी आउन नसकेको बताउदै उनले भने, ‘बैदेशिक ऋण बढदैगईरहेको छ । यहाँको व्यापार व्यवसाय धरासायी हुँदै गईरहेको छ । तर सरकारले नेपालको पूँजी विदेश लैजाने बाटो खोलेर नेपालको अर्थतन्त्रलाई डुबाउने काम गरेको छ । जनताको चाहना, आवश्यक्ता अनुसार सरकारले बजेट ल्याउन सकेको छैन् ।
मानव विकास सूचांकमा पछाडी परेको मधेस, कर्णालीसंग सरकारको बजेटमा विभेद गरेको छ ।’ सरकारको बजेटले नेपाललाई उजाड एवं जनतालाई निराश बनाउने किसिमको रहेको उनले बताए । ‘हाल मुलुकमा देखिएको समस्यालाई सम्बोधन गर्ने कुनै कार्यक्रम देखिएन । नेताहरूको भुडी भर्ने खालको छ, वितरण पुरै असमान छ । सरकारले नेपालको पूँजी खुलेयाम विदेश लान पाउने व्यवस्था भयो । सरकारले २५ प्रतिशत विदेश लान पाउँने गरी व्यवस्था गर्नु भनेको सरकारले मुलुकको अर्थतन्त्र ध्वस्त बनाउन खोजेको प्रस्ट हुन्छ । सरकारले बजेट बनाउदा बिचौलियालाई गुण तिरेको छ,’ उनले भने ।
यस्तै उनले सिमावती क्षेत्रमा रहेका प्रहरीले नेपाली जनताको निजिसम्पती लुट्ने काम गरिरहेको बताए । भन्सारको नाममा आम जनताको निजि सम्पती लुट्न नपाउने बताउदै सरकारले नक्कली भिजिट भिसाको नाममा मानव तस्करी गरिरहेको बताए ।
मानव तस्करी गरिरहेको सरकारले मधेसमा भन्सारको नाममा निजि सम्पती लुट्ने काम आफूहरुलाई स्वीकार नभएको उनले बताए । अहिलेको सरकार र गठबन्धनले नेपालमा लुटेर विदेशमा नेपालको पूँजी लैजाने बर्गको संरक्षक भएको बताउदै उनले सरकारले पनि त्यही बर्गको पक्षपोषणमा जुटेको बताए ।
आजपा मधेश अध्यक्ष उमेश कुशवाहाको अध्यक्षतामा भएको कार्यक्रममा आजपाका नेताहरु रीता देवी साह, अशोक लामा, बिल्टू यादव, श्रीचन मुखिया, राधेश्याम साह लगायतको विशेष सहभागिता रहेको थियो ।