आरके श्रीवास्तव,रौतहट,२७ गते माघ ।
रौतहटको गुजरा नगरपालिकामा एचपिभि खोप अभियान सम्बन्धि नगर स्तरीय खोप समन्वय समिति तथा सञ्चारकर्मीहरुको अभिमूखिकरण बैठक सम्पन्न भएको छ । स्वास्थ्य शाखाको अयोजनामा नगरपालिकाको सभाहल सो बैठक बसेको थियो ।

खोप कार्यक्रमको लक्ष्य,उदेश्य,उपलब्धी,अवस्थाबारे जानकारी गराउने,पाठेघरको मुखको क्यान्सर निवारण,रणनिती,एच.पि.भि.खोप अभियानको औचित्य र सञ्चालन प्रक्रिया बारे जानकारी गराउने,खोप समन्वय समिति संचार क्षेत्र र सरोकारवालाहरुको भूमिका र जिम्मेवारी बारे जानकारी गराउने उदेश्यलेले बैठक बसेको थियो ।

साथै अभियान संचालन योजना,तयारी अवस्था बारे जानकारी गराइ अभियान सफल बनाउन स्थानिय स्तरबाट आवश्यक थप सहयोग बारे छलफल,श्रोतको पहिचान,परिचालन र जिम्मेवारी बाँडफाँडको योजना बनाउने लगायतको विषयमा छलफल गर्न बैठक बसेको थियो ।

गुजरा नगरभरिमा आगामी माघ ३० गतेदेखि फागुन ०६ गते सम्म सञ्चालन हुने एच.पि.भि. खोप अभियानमा २ हजार ८ सय ९७ छात्रा र किशोरीहरुलाइ खोप दिने लक्ष्य राखिएको स्वास्थ्य संयोजक विजय चौधरीले जानकारी गराएका हुन् । यो लक्ष्यमा ९० प्रतिशत अनिवार्य खोप लगाउनुु पर्ने उनको भनाइ छ ।

औसतमा प्रत्येक दिन ४ जना महिलाहरुको पाठेघरको मुखको क्यान्सरबाट मृत्य हुने गरेको भन्ने अनुमान गरिएकोले १० वर्ष देखि १४ वर्ष मुनिमा किशोरीहरु कोही पनि नछुटाउन हुनेमा उनको जोड थियो ।
अभिमूखिकरण कार्यक्रममा गुजरा नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष अशोक खाँ थारु,वडा नम्बर ४ का वडा अध्यक्ष झमक चौलागाइ,वडा नम्बर ९ का वडा अध्यक्ष प्रेम चौधरी,शिक्षा शाखा प्रमुख शिवमंगल साह,विभिन्न बिधालयका प्रधानाध्यापकहरु ,सञ्चारकर्मीहरु लगायतका व्यक्तीहरुको सहभागिता रहेको थियो ।
रौतहट २७ माघ।
जिल्ला प्रहरी कार्यालय रौतहटले सञ्चालन गरेको अभियान अन्तर्गत दण्ड सजाय तोकिएर लामो समय देखि फरार रहेका ४६५ जना प्रतिवादीलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा फैसला कार्वान्यनको लागी जिल्लामा संचालित फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत उक्त प्रतिबादीहरु लाई पक्राउ गरी कारबाहीको दायरामा ल्याईएको हो।
जिल्ला अदालत रौतहटबाट गाली बेइज्जती मुद्दामा ५ रुपैयाँ जरिबाना तोकिएका शेख टईट सहित बिभिन्न मुद्दामा सजाय तोकिएका ११ जना प्रतिवादी लाई जिल्लाको बिभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको हो।
अन्य पक्राउ पर्नेमा किर्ते जालसाजी मुद्दाका कैलाश माझी , धुनिया मुसहरनी, बाबुलाल माझी, जागा माझी, शेख अजीज मियाँ, जमील अख्तर, जमिला शेखिन, शेख बनु र कुटपिट मुद्दाका रामविलास पटेल,
रहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका सबैजना लाई फैसला कार्वान्यनको लागी जिल्ला अदालत गौरमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय रौतहटका सहप्रवक्ता इन्स्पेक्टर उमाशंकर प्रसादले बताएका छन्।
यस अघि एसपी दिलीप घिमिरेको बिशेष सक्रियतामा सञ्चालन गरिएको अभियान अन्तर्गत जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय लगायतका निकायबाट दण्ड सजाय तोकिएर लामो समय देखि फरार रहेका ३७८ जना प्रतिवादीलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याईएको छ। त्यसैगरी जिल्ला अदालत रौतहट लगायत निकायमा चालु मुद्दाको फरार ८७ जना प्रतिवादीलाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याईएको जिल्ला प्रहरी कार्यालय रौतहटले उपलब्ध गराएको सूचनामा उल्लेख गरिएको छ।
एसपी घिमिरेले रौतहटको कमाण्ड सम्हाले देखी फरार प्रतिवादी पक्राउ संगै तस्करी नियन्त्रणमा प्रहरीले बिशेष सक्रियता देखाएको छ।न्युज कारखाना
काठमाडौँ, २७ माघ ।
प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ मूल समारोह समिति गठन भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय , सिंहदरबारमा आज भएको बैठकमा गृह मन्त्रालयको प्रस्तावबमोजिम मूल समारोह समिति, विभिन्न उपसमिति गठन र विभिन्न कार्यक्रमहरुको प्रस्ताव छलफलसहित पारित गरी भव्यताका दिवस साथ मनाउने निर्णय भएको हो ।
प्रधानमन्त्रीका अध्यक्षतामा गठित मूल समारोह समितिमा उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु एवं राज्यमन्त्रीहरु, काठमाडौँ महानगरपालिकाका प्रमुख, नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति, ललितपुर महाहनगरपालिकाका प्रमुख, नेपाल सरकारका सचिव तथा विशिष्ट श्रेणीका राजपत्राङ्कित अधिकृतहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरु, काठमाडौँ उपत्यकाका नगरपालिकाका प्रमुखहरु रहेका छन् ।
यसैगरी, सम्बन्धित निकाय र पक्षको सहभागिता हुने गरी प्रचारप्रसार, मञ्च सजावट, ग्राउण्ड कवाज तथा व्यायम व्यवस्थापन, सांस्कृतिक झाँकी व्यवस्थापन, सांस्कृतिक विविधता प्रदर्शन व्यवस्थापन उपसमिति गठन गरिएको छ ।
यसैगरी सातै प्रदेशमा मुख्यमन्त्रीका अध्यक्षतामा प्रदेशस्तरीय समारोह समिति गठन गरी विभिन्न कार्यक्रम गरी दिवस मनाउने निर्णय भएको छ ।
विसं. २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएको ऐतिहासिक दिनको स्मरणमा प्रत्येक फागुन ७ गते यो दिवस मनाउने गरिन्छ ।
यस वर्ष फागुन ६, ७ र ८ गते तीन दिनसम्म नेपाल र विदेशस्थित नेपाल राजदूतावास, कूटनीतिक नियोग एवं वाणिज्य दूतावासहरुमा समेत दीपावली गर्ने तथा फागुन ७ गते नेपाली सैनिक मञ्च, टुँडिखेलमा मूल कार्यक्रम आयोजना हुनेछ ।
बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनतामाथि दमन गर्ने, नाङ्गो र हेपाहा खालको प्रवृत्ति देखाउने निरङ्कुशतन्त्र र प्रतिगमनलाई नेपाली जनताको बलिदानी सङ्घर्षले परास्त गरेको ऐतिहासिक दिनलाई जनस्तारमा समेत मनाउन आग्रह गरे ।
“यो दिवसलाई केवल हमाथिको आदेश–निर्देशका भरमा मनाउने औपचारिक दिवस मनाउनु हुँदैन । यसलाई जनताको कार्यक्रम बनाउने गरी तयारी गर्नुपर्छ ।”, प्रधानमन्त्री ओलीले भने, “मुलुकका लागि यो सबैभन्दा ठुलो परिवर्तन ल्याउने दिने हो । यहाँ हिंसालाई जनयुद्ध दिवस भन्न रुचाउनेहरु छन् तर त्यत्रो परिवर्तनलाई मान्न नरुचाउने तत्वहरु छँदैछन् । प्रजातन्त्र दिवसलाई नमान्ने कुरा लोकतान्त्रिक हुन सक्दैन । यस दिवसलाई भव्यताका साथ मनाउनुपर्छ ।”न्युज कारखाना
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गादत्त अधिकारीको अध्यक्षतामा वसन्त पञ्चमीको दिन भएको कार्यक्रमका प्रमुख अतिथि वडा नं. ३० वडा अध्यक्ष दुर्गाप्रसाद सुवेदीले विद्यालयको प्रगतिप्रति सन्तोष व्यक्त गरे । उनले विद्यालयको विकासका लागि वडाका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । शिक्षा असल भए मात्र समाज असल मार्गमा जाने बताउँदै सुवेदीले वडा नम्बर ३० को नमुना विद्यालयका रूपमा शान्ति आविको विकास भएको हेर्न चाहेको धारणा राखे ।
कार्यक्रममा शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत बद्रिनाथ सुवेदीले विद्यालयको विकासका लागि शैक्षिक र व्यवस्थापकीय नेतृत्वको समर्पणभाव हुनुपर्ने उदाहरण शान्ति आविले प्रस्तुत गरेको बताए । उनले विद्यालयको प्रगति यही गतिमा हुँदै गएमा शान्तिले आफूलाई छिटै आविबाट माविमा परिणत गर्ने दिन आउने आँकलन गरे ।

विद्यालयका प्रधानाध्यापक मनिराम कडेलले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयमा नियमित पठनपाठनलाई प्रविधियुक्त बनाउँदै विद्यार्थीका प्रतिभा उजागर गर्ने खालका गतिविधिमा जोड दिइएको जानकारी दिए । उनले विद्यालयले विभिन्न असल अभ्यास गर्दै आएको विवरणसमेत प्रस्तुत गरे । वि. सं. २०१३ मा स्थापित विद्यालयमा हाल कक्षा ८ सम्म २०१ जना विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक कडेलले जानकारी दिए ।

कार्यक्रममा शान्ति आवि वर्ष सम्मान २०८१ बाट शिक्षकहरू मेनसुबा गुरुङ र सरस्वती गौतमलाई सम्मान गरिएको थियो । त्यसै गरी विद्यालयलाई विभिन्न सहयोग गर्ने भरत सुनार, सरुण गुरुङ, मीना सुवेदी, माया रानाभाट, भुवानीप्रसाद सुवेदी र कविता भुसाललाई सम्मान गरिएको थियो ।
सोही कार्यक्रममा महिला नेतृ विन्दुकुमारी भण्डारीले ५५ हजार रुपियाँको छात्रवृत्ति अक्षयकोषका लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गादत्त अधिकारीलाई चेक हस्तान्तरण गरिन् । उनले कोषमा समयअनुकूल रकम थप गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरिन् ।

विद्यालयका सल्लाहकार लक्ष्मीप्रसाद त्रिपाठी, शिक्षक अभिभावक सङ्घका पूर्व अध्यक्ष नन्दबहादुर गुरुङ, नवज्योति सनत दुर्गा आविका प्रअ लीलामणि त्रिपाठी, कालिका मावि, पोखरा ३३ का प्रअ रुपिन्द्र प्रभावी, अभिभावक उत्तम तिवारी, नेकपा माओवादी वडा नं. ३० का उपाध्यक्ष जीवन ढकाल, विद्यार्थी दिया नेपालीलगायतले शुभकामना दिएका कार्यक्रममा विव्यस सदस्य गङ्गाराम तिमिल्सिनाले धन्यवाद ज्ञापन गरेका थिए ।

२०८० को वार्षिक शैक्षिक पुरस्कार, टीकाराम बास्तोला छात्रवृत्ति, खेलकुद प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण गरिएको कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति राखेका थिए ।

बज्जिकाञ्चल संवाददाता, धनकुता २०८१ ।
गत २१ माघ २०८१ का दिन विश्वास दीप तिगेलाले आफूले अध्ययन गरेको विद्यालयलाई जग्गा खरिद गरेर, खेलमैदान बनाई, स्थायी कार्यक्रम स्टेज भवन बनाई हस्तान्तरण गरेका छन् ।

पछिल्लो समय युकेमा रहदै आएका तिगेलाले आफूले अध्ययन गरेको विद्यालयलाई पटक पटक सहयोग गदै आएका छन । भारती माध्यमिक विद्यालय छथर जोरपाटी १, धनकुटालाई यसपटक नेरु ५ लाख खर्चगरि खेलमैदानको आकारलाई बढाउने, खेलमैदानको एकछेउमा स्थायी पक्की कार्यक्रम स्टेज भवन निर्माण गरि, प्रवेश गेटमा फलामको ढोका लगाई, खेलमैदानको वरिवरि तारजाली लगाएर एक औपचारिक कार्यक्रममा दाता तिगेला र धर्मपत्नि भोजकुमारी थोक्लेनले संयुक्त रुपबाट विद्यालय संचालक समितिका अध्यक्ष होमकुमार लिम्बु र विद्यालयको प्रधानध्यापक भिमबहादुर लिम्बुलाई हस्तान्तरण गरेका हुन ।

तिगेलाले सो जग्गा वि.स. २०६९ मा नेरु १ लाख ३८ हजारमा किनेर विद्यालयलाई दिएका थिए भने सोहि विद्यालयलाई उच्च माध्यमिक विद्यालय बनाउनको निमित्त वि.स. २०६६ मा नेरु ५० हजार प्रदान गरेका थिए, उनी त्यो बेला उच्च मावि बनाउनको निमित्त सबैभन्दा ठूलो दाता समेत रहेका थिए । विद्यालय ब्यवस्थापन समितिले दाता तिगेलाले किनेर, बनाएर दिएको खेलमैदानको नाम विश्वास दीप तिगेला खेलमैदान नामाकरण गरेका छन ।

खेलमैदान र कार्यक्रम स्टेज भवनको उद्घाटन स्थानीय छथर जोरपाटी गाँउपालिका उपाध्यक्ष गिता खेवाले गरेकी थिइन । उपाध्यक्ष खेवाले दाता तिगेलाप्रति आभार ब्यक्त गरिन साथै बनेको खेलमैदानमा बार्षिक रुपमा खेलकुद आयोजना गर्न आफूले पालिका मार्फत पहल गर्ने प्रतिबद्धता समेत जनाईन । त्यस्तै गरि वडा नं. १ का अध्यक्ष गोविन्द लिम्बुले विद्यालयलाई साच्चीकै आवश्यकता परेको बखत जग्गा किनिदिनु हुने दाँता प्रति आभार ब्यक्त गरे । विद्यालयका प्रधानध्यापक भिम बहादुर लिम्बुले हस्तान्तरण समारोहमा उपस्थित सबैलाई स्वागत गर्दै विद्यालयको समस्या र आवश्यकताको चर्चा गर्दै दाता तिगेलाले गरेका योगदानको कदर स्वरुप खेलमैदानको नाम विश्वास दीप तिगेला खेलमैदान नामाकरण बैठकमा सयुक्त रुपबाट निर्णय गरेको बताए ।
विद्यालयको तर्फबाट दाता दम्पतिलाई दोसल्ला ओडाई सम्मान गरे भने दाता तिगेलाले आफूलाई पढाउनुहुने गुरुवर भोगेन्द्रराज अधिकारी र रेवती सुवेदीलाई नेपाली ढाका टोपी लगाईदिएर सम्मान ब्यक्त गरे । तिगेलाले आफू जन्मेको माटो, आमाबुबा र गुरुजनलाई सधै सम्झने, सम्मान गर्ने गरेको बताए । आफूसँग प्रसस्त पैसा भएर होइन, आफू अध्ययन गरेको विद्यालयलाई सहयोग गर्नु आफ्नो दायित्व महशुस गरि दुःख गरि कमाएको पैसा विद्यालयलाई दिएको बताए । निकट भविश्यमा पनि विद्यालयलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए ।

दाता तिगेलाले आफूले कक्षा १ देखि ५ सम्म पढेको नजिकैको अर्को विद्यालय श्री शारदा माध्यमिक विद्यालयलाई पनि विभिन्न समयमा सहयोग गर्दै आएको, करिब डेढदशक अघि कम्पियुटर सहयोग गरेका थिए, विद्यालयको निम्ति सो कम्पियुटर पहिलो थिायो । पटकपटक खेलकुदको सामाग्री प्रदान गरेका थिए । त्यस्तैगरि तिसमुरे डाँडामा ४ कोठे सिरिजंगा प्राथमिक विद्यालय निर्माण गर्दा पूरै च्यादर र काठ किनिदिएका थिए ।
सरस्वती पुजाको दिन आयोजित सो खेलमैदान हस्तान्तरण समारोहमा विद्यार्थी नानीहरुले करिब दर्जन भन्दा बढि गीत र नृत्य प्रस्तुत गरेका थिए । सो कार्यक्रमको सभापतित्व होम कुमार लिम्बुले गरेका थिए भने संचालन शिक्षक प्रेम कार्कीले गरेका थिए ।
