२०८३ कार्तिक ५
२०८३ कार्तिक ५

आजको राशिफल बिस २०८३ असार १८ गते बिहिबार ईस २०२६ जुलाई २ नेपाल सम्बत ११४६ तछलागा द्धितीया, रौद्र नाम संवत्सर सूर्य उत्तरायण, गृष्म ऋतु, असार कृष्ण द्धितीया, चन्द्रमा मकर राशिमा, उत्तरषाढा नक्षत्र, वैधृति योग, गर करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर १२ मिनेटमा र सूर्यास्त साँझ ७ बजेर ४ मिनेटमा हुनेछ ।

आज जन्म लिने बच्चा मकर राशीको हुनेछ । आज विश्व खेलकुद पत्रकार मनाइदैछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

आजको दिन नयाँ सम्भावना र सकारात्मक परिवर्तनको संकेत बोकेर आएको छ। बिहानदेखि नै काममा उत्साह बढ्नेछ र रोकिएका योजनाले गति लिन सक्छन्। कार्यक्षेत्रमा तपाईंको मेहनत, स्पष्ट सोच र नेतृत्व क्षमताले राम्रो परिणाम दिलाउनेछ। नयाँ जिम्मेवारी वा अवसर प्राप्त हुन सक्छ, जसले भविष्यको प्रगतिको आधार तयार गर्नेछ। आर्थिक रूपमा आम्दानीको नयाँ स्रोत फेला पर्न सक्छ, तर खर्च गर्दा प्राथमिकता निर्धारण गर्नु आवश्यक हुनेछ। परिवारका सदस्यहरूसँगको सम्बन्ध अझ आत्मीय बन्नेछ। साथीभाइसँगको भेटघाटले मनलाई उत्साहित बनाउनेछ। स्वास्थ्य राम्रो रहनेछ, तर अत्यधिक व्यस्तताका कारण थकान महसुस हुन सक्ने भएकाले विश्रामलाई पनि प्राथमिकता दिनु उचित हुनेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) –

आज धैर्य र व्यवहारिक सोचले तपाईंलाई धेरै क्षेत्रमा फाइदा दिलाउनेछ। कार्यक्षेत्रमा कुनै पुरानो प्रयासको सकारात्मक परिणाम प्राप्त हुन सक्छ। नयाँ काम सुरु गर्नुभन्दा पहिले पुराना जिम्मेवारी पूरा गर्नु लाभदायक हुनेछ। आर्थिक अवस्था स्थिर रहनेछ र बचत गर्ने सोच बलियो बन्न सक्छ। परिवारमा खुसीको वातावरण रहनेछ र आफन्तसँगको सम्बन्ध अझ मजबुत बन्नेछ। कुनै पुरानो साथीसँग भेट वा संवाद हुन सक्छ, जसले पुराना सम्झना ताजा बनाउनेछ। स्वास्थ्य सामान्य रहनेछ र मानसिक रूपमा पनि शान्त र सन्तुलित महसुस हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

आज तपाईंको सक्रियता र सञ्चार क्षमताले धेरै काम सहज बनाउनेछ। कार्यक्षेत्रमा नयाँ अवसर प्राप्त हुन सक्छ र आफ्नो क्षमता देखाउने अवसर पनि मिल्नेछ। सहकर्मी तथा साथीभाइको सहयोगले कठिन काम सफलतापूर्वक सम्पन्न हुनेछ। आर्थिक पक्षमा सामान्य सुधार देखिनेछ, तर साना–साना खर्च बढ्न सक्ने भएकाले सावधानी अपनाउनु राम्रो हुनेछ। अध्ययन, लेखन वा सिर्जनात्मक काममा राम्रो प्रगति हुनेछ। परिवारसँग बिताएको समयले मनमा नयाँ ऊर्जा थप्नेछ। स्वास्थ्य राम्रो रहने सम्भावना छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

आज घरपरिवारसँग सम्बन्धित विषयमा खुसीको समाचार प्राप्त हुन सक्छ। परिवारका सदस्यहरूको साथ र सहयोगले मनोबल बढ्नेछ। कार्यक्षेत्रमा तपाईंको लगनशीलता र इमानदारीको कदर हुनेछ। रोकिएका कामहरू क्रमशः पूरा हुँदै जानेछन्। आर्थिक पक्षमा सामान्य सुधार आउने सम्भावना छ। कुनै नयाँ योजना बनाउने वा भविष्यका लागि महत्वपूर्ण निर्णय गर्ने अवसर मिल्न सक्छ। मानसिक रूपमा शान्ति कायम रहनेछ र स्वास्थ्य पनि राम्रो रहने संकेत देखिन्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

आज आफ्नो नेतृत्व क्षमता र आत्मविश्वासका कारण विशेष उपलब्धि हासिल गर्न सक्नुहुनेछ। कार्यक्षेत्रमा वरिष्ठ व्यक्तिको विश्वास प्राप्त हुनेछ र नयाँ जिम्मेवारी आउने सम्भावना पनि छ। व्यवसायमा नयाँ योजना सफल हुने संकेत देखिन्छ। आर्थिक पक्ष बलियो रहनेछ, तर ठूलो लगानी गर्दा सबै पक्षको मूल्यांकन गर्नु उचित हुनेछ। सामाजिक क्षेत्रमा सम्मान र प्रतिष्ठा बढ्नेछ। परिवारको साथले मानसिक बल थप मजबुत बनाउनेछ। स्वास्थ्य सामान्यभन्दा राम्रो रहनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

आज अध्ययन, अनुसन्धान, तालिम तथा ज्ञानसँग सम्बन्धित काममा उल्लेखनीय प्रगति हुनेछ। नयाँ सीप सिक्ने वा पुरानो अनुभवलाई उपयोग गर्ने अवसर प्राप्त हुनेछ। कार्यक्षेत्रमा निरन्तर मेहनतले राम्रो नतिजा दिनेछ। आर्थिक अवस्था सन्तुलित रहनेछ, तर अनावश्यक खर्चमा नियन्त्रण गर्नु राम्रो हुनेछ। परिवारमा खुसीको वातावरण कायम रहनेछ। छोटो यात्रा वा बाहिरी भेटघाट लाभदायक बन्न सक्छ। स्वास्थ्य सामान्य रहनेछ, तर आरामलाई बेवास्ता नगर्नुहोस्।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) –

आज आर्थिक पक्षमा उल्लेखनीय सुधार आउने सम्भावना छ। रोकिएको रकम प्राप्त हुने, व्यापारमा लाभ बढ्ने वा नयाँ आम्दानीको स्रोत खुल्ने संकेत देखिन्छ। कार्यक्षेत्रमा सहकार्य र समन्वय उत्कृष्ट रहनेछ। नयाँ लगानी वा व्यवसाय विस्तारको योजना अघि बढाउन सकिने दिन हो। परिवारसँग रमाइलो समय बित्नेछ र घरमा खुसीको वातावरण कायम रहनेछ। सामाजिक क्षेत्रमा नयाँ सम्बन्ध स्थापित हुने सम्भावना छ। आत्मविश्वास बढ्ने भएकाले कठिन निर्णय पनि सहज रूपमा लिन सक्नुहुनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

आज तपाईंको मेहनत, धैर्य र अनुभवले राम्रो सफलता दिलाउनेछ। प्रतिस्पर्धात्मक क्षेत्रमा अगाडि बढ्ने अवसर प्राप्त हुनेछ। कार्यक्षेत्रमा तपाईंको कामको प्रशंसा हुनेछ र नयाँ जिम्मेवारी पनि आउन सक्छ। आर्थिक रूपमा लाभका अवसर देखिए पनि हतारमा निर्णय गर्नु उचित हुनेछैन। परिवारमा खुसीको खबर सुन्न पाइने सम्भावना छ। सम्बन्धमा विश्वास र आत्मीयता अझ गहिरिनेछ। स्वास्थ्य राम्रो रहनेछ र मानसिक उत्साह पनि बढ्नेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

आज नयाँ सोच र सकारात्मक दृष्टिकोणले तपाईंलाई सफलता दिलाउनेछ। अध्ययन, व्यापार, यात्रा वा वैदेशिक अवसरसँग सम्बन्धित क्षेत्रमा राम्रो संकेत देखिन्छ। कार्यक्षेत्रमा तपाईंको मेहनतको उचित मूल्यांकन हुनेछ। आर्थिक रूपमा सुधार आउने सम्भावना छ र भविष्यका लागि योजना बनाउन उपयुक्त समय रहनेछ। परिवारसँगको सम्बन्ध अझ आत्मीय बन्नेछ। सामाजिक क्षेत्रमा मान–सम्मान बढ्नेछ। स्वास्थ्य राम्रो रहनेछ र आत्मविश्वास पनि उच्च रहनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

आज जिम्मेवारी बढ्न सक्छ, तर योजनाबद्ध रूपमा अघि बढ्दा सबै काम सफलतापूर्वक सम्पन्न हुनेछन्। कार्यक्षेत्रमा वरिष्ठ व्यक्तिको साथ र विश्वास प्राप्त हुनेछ। आर्थिक रूपमा खर्चमा नियन्त्रण राख्न आवश्यक हुनेछ, साथै भविष्यका लागि बचत गर्ने सोच पनि बलियो बन्नेछ। परिवारका सदस्यहरूको सुझावले महत्वपूर्ण निर्णय लिन सहयोग पुग्नेछ। स्वास्थ्यमा सामान्य थकान महसुस हुन सक्ने भएकाले आरामका लागि समय निकाल्नु उपयुक्त हुनेछ। दिनको अन्त्यमा कुनै राम्रो उपलब्धिले मन सन्तुष्ट बनाउनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

आज सिर्जनात्मक सोच, नयाँ योजना र आत्मविश्वासले तपाईंलाई विशेष सफलता दिलाउन सक्छ। कार्यक्षेत्रमा रोकिएका काम अघि बढ्नेछन् र नयाँ अवसर पनि प्राप्त हुन सक्छ। साथीभाइ तथा सहकर्मीको सहयोगले काम सहज बन्नेछ। आर्थिक पक्षमा सुधार आउने सम्भावना छ। परिवारमा खुसी, समझदारी र मेलमिलाप कायम रहनेछ। सामाजिक सम्बन्ध विस्तार हुनेछ र भविष्यका लागि उपयोगी सम्पर्क बन्नेछ। स्वास्थ्य सामान्य रहनेछ र मानसिक रूपमा पनि सकारात्मक ऊर्जा महसुस हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, ची) –

आज धैर्य, संयम र सकारात्मक सोचलाई कायम राख्न सके दिन फलदायी बन्नेछ। केही काममा ढिलाइ भए पनि अन्ततः सफलता प्राप्त हुनेछ। कार्यक्षेत्रमा अनुभवको राम्रो उपयोग गर्न सक्नुहुनेछ। आर्थिक रूपमा सोचविचार गरेर खर्च गर्नु आवश्यक हुनेछ, साथै बचत गर्ने अवसर पनि प्राप्त हुन सक्छ। परिवारको साथ र सहयोगले मानसिक शान्ति मिल्नेछ। पुराना अधुरा काम पूरा हुने सम्भावना छ। दिनको उत्तरार्धमा सुखद समाचार प्राप्त हुने वा मन प्रसन्न बनाउने घटना घट्न सक्छ। स्वास्थ्य सामान्य रहनेछ र आत्मविश्वास क्रमशः बढ्दै जानेछ ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौं । गृह मन्त्रालयले देशभर सञ्चालित होटल तथा रेष्टुरेन्टमा खाद्य गुणस्तर, स्वच्छता, नागरिक स्वास्थ्य सुरक्षा तथा प्रशासनिक जवाफदेहितासम्बन्धी विशेष निर्देशन जारी गरेको छ ।

मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन जारी गर्दै होटल तथा रेष्टुरेन्टमा उपलब्ध गराइने खानाको गुणस्तर र सरसफाइ कायम गर्न निर्देशन दिएको हो ।

होटल तथा रेष्टुरेन्टमा उपलब्ध गराइने खानाको गुणस्तर र सरसफाइ अत्यन्त कमजोर रहेको भन्दै सर्वसाधारणबाट व्यापक गुनासो प्राप्त भएपछि गम्भीर ध्यानाकर्षण भएको जनाउदै नागरिकको स्वास्थ्य सुरक्षा र उपभोक्ता अधिकारको संरक्षण राज्यको प्राथमिक दायित्व भएकाले सरोकारवाला निकायसँग समन्वय गरी समस्या समाधान गर्न मन्त्रालय प्रतिबद्ध रहेको उल्लेख गरिएको छ।

गृहमन्त्रीको निर्देशनअनुसार देशभरका जिल्ला प्रशासन कार्यालयलाई उच्च प्राथमिकताका साथ विभिन्न व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिइएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले होटल तथा रेष्टुरेन्टमा उपलब्ध गराइने खानाको गुणस्तर र खाद्य स्वच्छताको नियमित, सघन तथा आकस्मिक अनुगमन गर्न अनुगमनलाई औपचारिकतामा सीमित नराखी परिणाममुखी बनाउन र नागरिकको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने वा प्रचलित कानुन उल्लङ्घन गर्ने व्यक्ति तथा संस्थामाथि कानुनअनुसार कडा कारबाही गर्न निर्देशन दिएको छ ।

त्यसैगरी, प्रत्येक जिल्ला प्रशासन कार्यालयमा नागरिकका गुनासा सहज रूपमा दर्ता गर्न सकिने हटलाइन वा द्रुत सेवा डेस्क तत्काल स्थापना गर्न र प्राप्त हुने प्रत्येक गुनासोलाई उच्च प्राथमिकतामा राखी तत्काल सुनुवाइ र समाधान गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ ।

मन्त्रालयले स्थानीयस्तरका समस्या प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयबाटै समाधान गर्नुपर्ने भन्दै सामान्य गुनासोका लागि समेत नागरिकले मन्त्रालय वा केन्द्रसम्म धाउनुपर्ने अवस्था अन्त्य गर्न स्थानीय प्रशासनलाई निर्देशन दिइएको छ ।

जिल्लाको कार्यसम्पादन मन्त्रालयले प्रत्यक्ष अनुगमन गर्ने भएकाले कुनै पनि प्रकारको लापरवाही वा उदासीनता स्वीकार्य नहुने चेतावनी पनि दिइएको छ ।

मन्त्रालयले उक्त निर्देशनको पूर्ण कार्यान्वयन गर्न स्थानीय प्रशासनलाई आग्रह गर्दै नागरिक केन्द्रित शासन व्यवस्था, बजारमा विधिको शासन र उपभोक्ताको स्वास्थ्य सुरक्षालाई प्रभावकारी रूपमा सुनिश्चित गर्न पनि निर्देशन दिएको छ ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । लोकप्रिय सन्देश आदानप्रदान मञ्च ह्वाट्सएपले प्रयोगकर्ताको गोपनीयता थप मजबुत बनाउन नयाँ प्रयोगकर्ता नाम सुविधा सार्वजनिक गर्ने घोषणा गरेको छ । यो सुविधामार्फत अब प्रयोगकर्ताले आफ्नो फोन नम्बर नदिई अरूसँग सम्पर्क गर्न सक्नेछन् ।

कम्पनीका अनुसार यो सुविधा यसै वर्षको अन्त्यसम्म सबै प्रयोगकर्ताका लागि उपलब्ध हुनेछ । तर इच्छुक प्रयोगकर्ताले यसै सातादेखि आफ्नो रोजाइको प्रयोगकर्ता नाम सुरक्षित गर्न सक्नेछन् ।

ह्वाट्सएपले नयाँ सुविधा विशेषगरी गोपनीयतालाई ध्यानमा राखेर विकास गरिएको जनाएको छ । नयाँ साथी, सहपाठी, छिमेकी वा कुनै कार्यक्रममा भेटिएका व्यक्तिसँग कुराकानी गर्न फोन नम्बर दिनुपर्ने बाध्यता अब हट्नेछ । यसले व्यक्तिगत नम्बर सार्वजनिक नगरी सुरक्षित रूपमा संवाद गर्न सहज बनाउने कम्पनीको विश्वास छ ।

समूहगत कुराकानीमा पनि यो सुविधा उपयोगी हुने बताइएको छ । उदाहरणका लागि, कुनै विद्यालय, खेलकुद टोली वा समुदायको समूहमा सहभागी हुँदा अपरिचित व्यक्तिलाई आफ्नो फोन नम्बर देखाउन नपरी केवल प्रयोगकर्ता नाममार्फत समूहमा आबद्ध हुन सकिनेछ ।

ह्वाट्सएपका प्रमुख कुणाल शाहले आफूले आफ्नो प्रयोगकर्ता नाम सुरक्षित गरिसकेको जानकारी दिँदै यो सुविधा चाँडै विश्वभरका प्रयोगकर्ताका लागि उपलब्ध गराइने बताएका छन् ।

हाल ह्वाट्सएपका तीन अर्बभन्दा बढी प्रयोगकर्ता रहेका कारण एउटै नाम धेरैले रोज्ने सम्भावना रहेको कम्पनीले जनाएको छ । त्यसैले सबैलाई आफ्नो इच्छाअनुसारको नाम रोज्ने अवसर दिन अग्रिम रूपमा नाम सुरक्षित गर्ने व्यवस्था गरिएको हो । एपभित्र उपलब्ध हुने प्रयोगकर्ता नाम सुझाव प्रणालीले खाली रहेका नामका विकल्प पनि देखाउनेछ ।

साना व्यवसाय, सामग्री निर्माता र विभिन्न संस्थाले आफ्नो फेसबुक वा इन्स्टाग्राममा प्रयोग गरिरहेको प्रयोगकर्ता नाम ह्वाट्सएपमा पनि प्रयोग गर्न सक्ने सुविधा दिइनेछ ।

कम्पनीले गोपनीयता थप सुरक्षित बनाउन कुनै सार्वजनिक नामावली वा खोजी सूची नराखिने स्पष्ट पारेको छ । कसैले पहिलो पटक सम्पर्क गर्न सम्बन्धित व्यक्तिको ठ्याक्कै प्रयोगकर्ता नाम थाहा हुनुपर्नेछ । साथै, इच्छाअनुसार प्रयोगकर्ता नाम साँचो नामक अतिरिक्त सुरक्षा पनि प्रयोग गर्न सकिनेछ । यसलाई सक्रिय गरेपछि उक्त साँचोबिना कसैले पहिलो सन्देश पठाउन सक्नेछैन । प्रयोगकर्ता नाम सुरक्षित गर्न ह्वाट्सएपको नयाँ संस्करणमा गएर सेटिङ्स → खाता → प्रयोगकर्ता नाम मा प्रवेश गर्नुपर्नेछ । आगामी केही महिनामा यो सुविधा क्रमशः सबै देशमा विस्तार गरिने कम्पनीले जनाएको छ ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौं । खराब मौसमका कारण फिफा विश्वकप फुटबल अन्तर्गत राउन्ड अफ ३२ अन्तर्गत मेक्सिको र इक्वेडरबीचको खेल शुरु हुन ढिला हुने भएको छ ।

स्टेडियममाथि कालो बादल मडारिनुका साथै वरपर चट्याङ पर्ने जोखिम बढेपछि खेलाडी र दर्शकको सुरक्षालाई ध्यानमा राख्दै खेल एक घण्टा पछि शूरु हुने फिफाले जानकारी दिएको छ ।

यसअघि नेपाली समय अनुसार खेल ६: ४५ बजेदेखि नै शुरु हुनुपर्ने थियो ।

फिफाले विज्ञप्ति जारी गर्दै स्टेडियम आसपास चट्याङ पर्ने सम्भावना रहेकाले खेल ढिलाइ गर्ने निर्णय गरिएको जनाएको छ । साथै, समर्थकहरूलाई धैर्य र सहयोग गर्न पनि अनुरोध गरेको छ ।

यस खेलको विजेताले अन्तिम १६ मा कंगो लोकतान्त्रिक गणतन्त्र र इङ्ग्ल्यान्डबीच हुने खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । आज राष्ट्रिय सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज दिउसो १: १५ बजेदेखि राष्ट्रिय सभाको बैठक शुरु हुदैछ ।

आजको बैठकमा परराष्ट्रमन्त्री शिशिर खनाल र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले आफ्नो मन्त्रालयसँग सांसदहरुले राखेका प्रश्नहरुको मौखिक उत्तर दिने कार्यसूची रहेको छ ।

त्यसैगरी आज सांसद रेनु चन्दले ‘प्रविधिको प्रयोग गरि हुने लैंगिक हिँसा रोकथाम नियन्त्रण एवं महिलाको हकको संरक्षण र न्यायमा पहुँच गर्न आवश्यक नीतिगत कानुनी तथा संस्थागत व्यवस्था गरी प्रभावकारी कार्यान्वयन गर्ने सम्बन्धी सङ्कल्प प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौं । आज संघीय संसद अन्तर्गतका चार समितिको बैठक बस्दैछ ।

आज प्रतिनिधि सभा अन्तर्गतका अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दैछ । त्यसैगरी आज संयुक्त समिति संसदीय सुनुवाइ समिति (संयुक्त) को पनि बैठक बस्दैछ ।

बिहान ११ बजेका लागि बोलाइएको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सन् २०२७ लाई आरोग्य वर्षका रुपमा मनाउन लागेको सन्दर्भमा सोको तयारी सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ भने नेपाल नागरिक उड्‍डयन प्राधिकरण र मन्त्रालयलाई दिइएको निर्देशन कार्यान्वयनको अवस्था र तत्पश्चात् प्राप्त थप उपलब्धी सम्बन्धमा छलफलको समेत कार्यसूची रहेको छ ।

त्यसैगरी बिहान ९ बजेका लागि बोलाइएको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सम्बन्धमा छलफलको कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।

त्यस्तै बिहान साढे ९ बजेका लागि बोलाइएको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा समितिको आन्तरिक कार्यविधिका सम्बन्धमा छलफलको कार्यसूची रहेको छ ।

त्यसैगरी बिहान साढे ९ बजेका लागि बोलाइएको समिति संसदीय सुनुवाइ समितिको बैठकमा आगामी सुनुवाइ सम्बन्धी कार्यहरूमा आन्तरिक तयारी गर्ने सम्बन्धमा छलफलको कार्यसूची रहेको छ ।एभरेष्ट न्यूज एजेन्सी

 

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आजदेखि लागु हुने गरि पेट्रोल, डिजेल मट्टितेल र एलपी ग्याँस तथा हवाई इन्धनको मुल्य घटाएको हो ।

 

निगमले पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजल-मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँले घटाएको छ भने  आन्तरिक तर्फको हवाई इन्धनमा प्रति लिटर ४० रुपैयाँ र अन्तर्राष्ट्रिय तर्फको हवाई इन्धन काठमाडौँको लागि प्रति किलो लिटर २६५ डलरले घटाएको जानकारी दिएको छ । त्यस्तै खाना पकाउने एलपी ग्याँसमा प्रति सिलिन्डर १०० रुपैयाँले घटाएको निगमले जनाएको छ ।

यसपछि काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटर १९७, डिजल- मट्टीतेल प्रतिलिटर १९५  पर्ने भएको छ । त्यस्तै एलपी ग्याँसको मुल्य आधा सिलिन्डरको १०३० र पुरा सिलिन्डरको २०६० पर्ने निगमले जानकारी दिएको छ । भरेष्ट न्यूज एजेन्सी

 

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायूको प्रभाव रहेको र आज गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भू-भाग, कर्णाली र सुदुरपश्चिम प्रदेशका सम्पूर्ण भू-भागमा मनसुन बिस्तार भएको जानकारी दिएको छ ।

हाल लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा अधिकांश बादल लागेको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लागेको छ । बागमती, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा तथा कोशी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा भईरहेको छ ।  ‌

आज दिउँसो देशभर पूर्णतया बादल लाग्नेछ। देशको हिमाली भू-भागको केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशका पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षा/हिमपातको तथा तराई भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

त्यस्तै आज राति देशभर पूर्णतया बादल लाग्नेछ । देशको हिमाली भू-भागको थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशको पहाडी भू-भागको केही स्थानमा र देशको तराई भू-भागको थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।  कोशी, बागमती र लुम्बिनी प्रदेशको पहाडी भू-भाग एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । एभरेष्ट न्यूज एजेन्सी

आजको राशिफल बिस २०८३ असार १७ गते बुधबार ईस २०२६ जुलाई १ नेपाल सम्बत ११४६ तछलाथ्व पारु, रौद्र नाम संवत्सर सूर्य दक्षिणायनं, गृष्म ऋतु, असार कृष्ण प्रतिपदा, चन्द्रमा धनु राशिमा, पूर्वाषढा नक्षत्र, एन्द्र योग, कौलव करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ११ मिनेटम र सूर्यास्त साँझ ७ बजेर ४ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा धनु राशीको हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

आजको दिन आत्मविश्वास र उत्साहका साथ अगाडि बढ्ने संकेत देखिन्छ। लामो समयदेखि अधुरा रहेका काम पूरा गर्ने अवसर प्राप्त हुन सक्छ। कार्यक्षेत्रमा तपाईंको मेहनत, अनुशासन र निर्णय क्षमताले राम्रो परिणाम दिलाउनेछ। नयाँ जिम्मेवारी आउन सक्छ, जसले भविष्यमा प्रगतिको बाटो खोल्नेछ। आर्थिक पक्षमा आम्दानीका नयाँ सम्भावना देखिए पनि खर्च व्यवस्थापनमा ध्यान दिनु आवश्यक हुनेछ। परिवारका सदस्यहरूसँगको सम्बन्ध सुमधुर रहनेछ र घरमा खुसीको वातावरण बन्नेछ। स्वास्थ्य सामान्य रहनेछ, तर अत्यधिक कामका कारण थकान महसुस हुन सक्ने भएकाले आरामका लागि पनि समय छुट्याउनु उचित हुनेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) –

आज धैर्य, संयम र व्यवहारिक सोचले तपाईंलाई सही निर्णय लिन मद्दत गर्नेछ। कार्यक्षेत्रमा सानो प्रयासले पनि राम्रो उपलब्धि प्राप्त हुने सम्भावना छ। लामो समयदेखि रोकिएका योजना पुनः अघि बढ्न सक्छन्। आर्थिक अवस्था सन्तुलित रहनेछ र बचत गर्ने अवसर पनि प्राप्त हुनेछ। परिवारका सदस्यहरूसँग आत्मीयता बढ्नेछ र पुराना मतभेद हट्ने सम्भावना छ। साथीभाइसँगको भेटघाटले मन प्रसन्न बनाउनेछ। स्वास्थ्य सामान्य रहनेछ र मानसिक रूपमा पनि शान्त महसुस हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

आज दिनभरि व्यस्तता रहनेछ, तर मेहनतअनुसार उपलब्धि पनि प्राप्त हुनेछ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी आउन सक्छ, जसलाई सफलतापूर्वक पूरा गर्न सक्नुहुनेछ। सहकर्मी तथा साथीभाइको सहयोगले जटिल काम पनि सहज बन्नेछ। आर्थिक पक्षमा साना लाभका अवसर प्राप्त हुन सक्छन्। अध्ययन, लेखन, सञ्चार तथा सिर्जनात्मक क्षेत्रमा संलग्न व्यक्तिहरूका लागि दिन फलदायी रहनेछ। परिवारसँग समय बिताउँदा मानसिक शान्ति मिल्नेछ। स्वास्थ्य सामान्य रहनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

आज घरपरिवारको साथ र सहयोगले मनमा नयाँ उत्साह आउनेछ। पारिवारिक वातावरण शान्त र खुसीमय रहनेछ। कार्यक्षेत्रमा तपाईंको लगनशीलता र इमानदारीको प्रशंसा हुनेछ। रोकिएका काम बिस्तारै पूरा हुने सम्भावना छ। आर्थिक पक्षमा सामान्य सुधार देखिनेछ। नयाँ योजना बनाउने वा भविष्यका लागि तयारी गर्ने समय पनि अनुकूल रहनेछ। स्वास्थ्य राम्रो रहनेछ र मानसिक रूपमा सन्तुलन कायम रहनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

आज नेतृत्व क्षमता र आत्मविश्वासले तपाईंलाई विशेष सफलता दिलाउन सक्छ। कार्यक्षेत्रमा वरिष्ठ व्यक्तिको विश्वास जित्ने अवसर प्राप्त हुनेछ। नयाँ जिम्मेवारी वा पदसँग सम्बन्धित विषयमा सकारात्मक संकेत देखिन सक्छ। आर्थिक रूपमा लाभका अवसर प्राप्त भए पनि लगानी गर्दा सोचविचार गर्नु आवश्यक हुनेछ। सामाजिक क्षेत्रमा प्रतिष्ठा र सम्मान बढ्ने सम्भावना छ। परिवारको साथले मनोबल थप बलियो बनाउनेछ। स्वास्थ्य पनि राम्रो रहनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

आज अध्ययन, अनुसन्धान, लेखन वा नयाँ सीप सिक्ने काममा राम्रो प्रगति हुनेछ। कार्यक्षेत्रमा धैर्य र निरन्तरता कायम राखे उल्लेखनीय सफलता प्राप्त गर्न सकिनेछ। आर्थिक अवस्था सामान्य रहनेछ, तर खर्चमा अनुशासन आवश्यक हुनेछ। परिवारमा खुसीको वातावरण रहनेछ र आफन्तसँगको सम्बन्ध सुदृढ बन्नेछ। छोटो यात्रा लाभदायक हुन सक्छ। स्वास्थ्य सामान्य रहनेछ, तर पर्याप्त आराम गर्नु उपयुक्त हुनेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) –

आज आर्थिक पक्षमा सकारात्मक परिवर्तन आउने सम्भावना बलियो छ। रोकिएको रकम प्राप्त हुने वा आम्दानीको नयाँ स्रोत फेला पर्ने संकेत देखिन्छ। कार्यक्षेत्रमा सहकार्य र समन्वय राम्रो रहनेछ। व्यापार वा व्यवसायमा विस्तार गर्ने सोच भए आजको दिन अनुकूल हुन सक्छ। परिवारमा खुसी र सन्तोषको वातावरण रहनेछ। सामाजिक क्षेत्रमा सक्रियता बढ्नेछ र नयाँ सम्बन्ध भविष्यका लागि लाभदायक बन्न सक्छ। आत्मविश्वास उल्लेखनीय रूपमा बढ्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

आज मेहनत र लगनशीलताको राम्रो प्रतिफल प्राप्त हुने सम्भावना छ। प्रतिस्पर्धात्मक क्षेत्रमा सफलता हात पर्न सक्छ। कार्यक्षेत्रमा तपाईंको अनुभव र क्षमताको सम्मान हुनेछ। आर्थिक रूपमा लाभका अवसर प्राप्त भए पनि हतारमा निर्णय गर्नु उचित हुनेछैन। परिवारमा खुसीको समाचार आउन सक्छ। सम्बन्धमा विश्वास र आत्मीयता बढ्नेछ। मानसिक रूपमा उत्साहित महसुस हुनेछ र स्वास्थ्य पनि सामान्य रहनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

आज सकारात्मक सोच र उच्च मनोबलले तपाईंलाई अगाडि बढाउनेछ। व्यापार, अध्ययन वा यात्रासँग सम्बन्धित काममा राम्रो अवसर प्राप्त हुन सक्छ। सामाजिक क्षेत्रमा मान–सम्मान बढ्ने सम्भावना छ। आर्थिक अवस्थामा सुधार आउने संकेत देखिनेछन्। परिवारका सदस्यहरूसँगको सम्बन्ध थप सुमधुर बन्नेछ। नयाँ योजना सुरु गर्न वा दीर्घकालीन लक्ष्य निर्धारण गर्न दिन उपयुक्त रहनेछ। स्वास्थ्य पनि राम्रो रहनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

आज जिम्मेवारी बढे पनि धैर्य र अनुशासनका साथ अघि बढ्दा सबै काम सफलतापूर्वक सम्पन्न हुनेछन्। कार्यक्षेत्रमा वरिष्ठ व्यक्तिको सहयोग र विश्वास प्राप्त हुन सक्छ। आर्थिक रूपमा खर्चमा नियन्त्रण गर्नु आवश्यक हुनेछ। परिवारका सदस्यहरूको सुझाव उपयोगी बन्नेछ। स्वास्थ्यमा सामान्य थकान महसुस हुन सक्ने भएकाले विश्रामका लागि समय निकाल्नु उचित हुनेछ। दिनको अन्त्यमा कुनै उपलब्धिले मन सन्तुष्ट बनाउनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

आज नयाँ सोच, सिर्जनशीलता र आत्मविश्वासले तपाईंलाई विशेष अवसर दिलाउन सक्छ। रोकिएका कामहरू अघि बढ्नेछन् र कार्यक्षेत्रमा उल्लेखनीय प्रगति हुने सम्भावना छ। साथीभाइ तथा सहकर्मीको सहयोगले कठिन काम पनि सहज बन्नेछ। आर्थिक पक्षमा सुधार आउने संकेत देखिन्छ। परिवारमा खुसी, मेलमिलाप र समझदारी कायम रहनेछ। सामाजिक सम्बन्ध विस्तार हुनेछ र भविष्यमा लाभ दिने नयाँ अवसर प्राप्त हुन सक्छ। स्वास्थ्य सामान्य रहनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, ची) –

आज धैर्य, संयम र सकारात्मक सोचले तपाईंलाई सफलता दिलाउनेछ। केही काममा अपेक्षाभन्दा बढी समय लाग्न सक्छ, तर अन्ततः परिणाम तपाईंको पक्षमा रहने सम्भावना छ। आर्थिक रूपमा खर्च गर्दा योजना बनाएर अघि बढ्नु राम्रो हुनेछ। परिवारको साथ र सहयोगले मानसिक शान्ति मिल्नेछ। पुराना अधुरा काम पूरा गर्ने अवसर प्राप्त हुनेछ । दिनको उत्तरार्धमा सुखद समाचार प्राप्त हुने वा मन प्रसन्न बनाउने घटना घट्न सक्छ । स्वास्थ्य सामान्य रहनेछ र आत्मविश्वास क्रमशः बढ्दै जानेछ ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । राहदानी छपाइको भ्रष्टाचार मुद्दामा आरोपी बनाइएका पाँच जनालाई विशेष अदालतले धरौटीमा छाड्न आदेश दिएको छ ।

विशेष अदालतका सदस्य न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित पाँच जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

विशेष अदालतले महानिर्देशक अर्यालसहित सूचना प्रविधि निर्देशक सुनिलकुमार केसी, सोमेश थापा, विपिन प्रसाईं र मणिन्द्रराज मल्ललाई धरौटीमा छोडेको छ भने तुलसीप्रसाद आचार्य र राजाराम दाहाललाई बिना धरौटी छोड्न आदेश दिएको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राहदानी प्रकरणमा ७ जनालाई नियन्त्रणमा लिएर मुद्दा दर्ता गरेको थियो ।एभरेष्ट न्यूज एजेन्सी

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।