काठमाडौँ । रौतहटको चन्द्रपुर नगरपालिका–४ दोस्रो लाच्कास्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा ट्रकले दुई यात्रुबाहक बसलाई ठक्कर दिँदा आठ जना घाइते भएका छन्। दुर्घटनामा एउटा बस सडकमा पल्टिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार जनकपुरबाट गरुडातर्फ आउँदै गरेको मधेश प्रदेश ०२–००१ क ०८६७ नम्बरको ट्रकले काठमाडौंबाट धरानतर्फ जाँदै गरेका बागमती प्रदेश ०३–००१ ख ५२८४ र बागमती प्रदेश ०३–००१ ख ३६६० नम्बरका यात्रुबाहक बसलाई ठक्कर दिएको हो। ठक्करको प्रभावले ०३–००१ ख ३६६० नम्बरको बस सडकमा पल्टिएको थियो।
दुर्घटनामा ट्रकका सहचालक धनुषाधाम नगरपालिका–९ धनुषाका करिब ६० वर्षीय लालबहादुर तामाङ, बस चालक हेटौँडा उपमहानगरपालिकाका ४३ वर्षीय विकास पौडेल, सुनसरीका ४५ वर्षीय प्रदीप खड्का, इनरुवा नगरपालिका–२ की ५७ वर्षीया निर्मला देवी गुप्ता, मोरङको सुन्दरहरैँचा नगरपालिका–५ हरैताका ४६ वर्षीया रितु वर्ण कार्की, ४४ वर्षीय मेघराज कार्की, इटहरी उपमहानगरपालिकाका ३२ वर्षीय सफल मगर तथा ५४ वर्षीया दिलमाया कार्की घाइते भएका छन्।
घाइतेमध्ये अधिकांशको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। सिमन्त राजमार्ग अस्पताल चपुरमा उपचाररत सफल मगर भने उपचारकै क्रममा आफ्नै इच्छाले अस्पतालबाट हिँडेको बताइएको छ।
दुर्घटनामा संलग्न ट्रक चालक महोत्तरीको बर्दिबास नगरपालिका निवासी करिब ३५ वर्षीय लालबहादुर मगरले मदिरा सेवन गरी सवारी चलाएको प्रारम्भिक अनुसन्धानबाट खुलेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौं । नेपालले जारी एसीसी यू–१९ महिला प्रिमियर कपमा तेस्रो भएको छ ।
शनिबार सम्पन्न तेस्रो स्थानको खेलमा नेपालले इन्डोनेसियाले दिएको ६९ रनको लक्ष्य १४.२ ओभरमा एक विकेट गुमाउदै पुरा गरेर ९ विकेटले पराजित गरेको हो ।
समुह चरणमा शानदार प्रदर्शन गरेको नेपाल सेमिफाइनलमा युएईसँग सुपर ओभरमा पराजित भएको थियो ।
योसँगै नेपाल एसीसी महिला यू-१९ एशिया कपका लागि छनौट भएको छ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । नेपाल धितोपत्र बोर्डले पूँजी बजारमा संस्थागत लगानीकर्ताको सहभागिता बढाउने उद्देश्यसहित कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष तथा नेपाल बीमा प्राधिकरणका उच्च पदाधिकारीसँग बिहीबार छलफल गरेको छ।
बोर्डका अनुसार विश्वका विकसित पूँजी बजारमा संस्थागत लगानीकर्ताको उल्लेखनीय सहभागिताले बजारमा स्थायित्व, तरलता र जिम्मेवार लगानी संस्कृतिको विकासमा महत्वपूर्ण योगदान पुर्याएको छ। नेपालमा व्यक्तिगत लगानीकर्ताको संख्या उल्लेखनीय रूपमा बढे पनि संस्थागत लगानीकर्ताको भूमिका अपेक्षाकृत कमजोर रहेको भन्दै आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा उनीहरूको सहभागिता विस्तारलाई विशेष प्राथमिकता दिइएको बोर्डले जनाएको छ।
बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टको उपस्थितिमा भएको छलफलमा सहभागी निकायहरूले हालको लगानी अवस्था, देखिएका समस्या तथा आवश्यक सुधारका विषयमा आफ्ना धारणा राखेका थिए। दीर्घकालीन वित्तीय स्रोत परिचालन, बजारको स्थायित्व, उचित मूल्य निर्धारण, तरलता वृद्धि तथा सुशासन प्रवर्द्धनका लागि संस्थागत लगानीकर्ताको सक्रिय र जिम्मेवार भूमिका आवश्यक रहेको विषयमा छलफल केन्द्रित भएको थियो।
छलफलका क्रममा अध्यक्ष भट्टले अबका दिनमा संस्थागत लगानीकर्ताले परम्परागत लगानी शैलीभन्दा अघि बढेर समयअनुकूल, विवेकपूर्ण र रणनीतिक लगानी पद्धति अपनाउनुपर्ने आवश्यकता औँल्याए। उनले पूँजी बजारमा संस्थागत लगानी बढाउन आवश्यक नीतिगत तथा नियामकीय सहजीकरण गर्न बोर्ड प्रतिबद्ध रहेको पनि बताए।
बोर्डले संस्थागत लगानीकर्ताको दायरा विस्तार गर्दै पूँजी बजारलाई थप सन्तुलित, स्थिर र दिगो वित्तीय प्रणालीका रूपमा विकास गर्ने लक्ष्यसहित आवश्यक नीति तथा कार्यक्रम कार्यान्वयनमा ल्याइने जनाएको छ।
काठमाडौँ । नेपाल धितोपत्र बोर्डले पूँजी बजारमा संस्थागत लगानीकर्ताको सहभागिता बढाउने उद्देश्यसहित कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष तथा नेपाल बीमा प्राधिकरणका उच्च पदाधिकारीसँग बिहीबार छलफल गरेको छ।
बोर्डका अनुसार विश्वका विकसित पूँजी बजारमा संस्थागत लगानीकर्ताको उल्लेखनीय सहभागिताले बजारमा स्थायित्व, तरलता र जिम्मेवार लगानी संस्कृतिको विकासमा महत्वपूर्ण योगदान पुर्याएको छ। नेपालमा व्यक्तिगत लगानीकर्ताको संख्या उल्लेखनीय रूपमा बढे पनि संस्थागत लगानीकर्ताको भूमिका अपेक्षाकृत कमजोर रहेको भन्दै आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा उनीहरूको सहभागिता विस्तारलाई विशेष प्राथमिकता दिइएको बोर्डले जनाएको छ।
बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टको उपस्थितिमा भएको छलफलमा सहभागी निकायहरूले हालको लगानी अवस्था, देखिएका समस्या तथा आवश्यक सुधारका विषयमा आफ्ना धारणा राखेका थिए। दीर्घकालीन वित्तीय स्रोत परिचालन, बजारको स्थायित्व, उचित मूल्य निर्धारण, तरलता वृद्धि तथा सुशासन प्रवर्द्धनका लागि संस्थागत लगानीकर्ताको सक्रिय र जिम्मेवार भूमिका आवश्यक रहेको विषयमा छलफल केन्द्रित भएको थियो।
छलफलका क्रममा अध्यक्ष भट्टले अबका दिनमा संस्थागत लगानीकर्ताले परम्परागत लगानी शैलीभन्दा अघि बढेर समयअनुकूल, विवेकपूर्ण र रणनीतिक लगानी पद्धति अपनाउनुपर्ने आवश्यकता औँल्याए। उनले पूँजी बजारमा संस्थागत लगानी बढाउन आवश्यक नीतिगत तथा नियामकीय सहजीकरण गर्न बोर्ड प्रतिबद्ध रहेको पनि बताए।
बोर्डले संस्थागत लगानीकर्ताको दायरा विस्तार गर्दै पूँजी बजारलाई थप सन्तुलित, स्थिर र दिगो वित्तीय प्रणालीका रूपमा विकास गर्ने लक्ष्यसहित आवश्यक नीति तथा कार्यक्रम कार्यान्वयनमा ल्याइने जनाएको छ। एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौँ । गायक दुर्गेश थापा र अभिनेत्री प्रियंका कार्कीको सहकार्य रहेको विवादित गीत ‘मास्टर्नी’ युट्युबबाट हटाइएको छ ।
गायक दुर्गेश थापा र फिल्म निर्माण कम्पनी आयंका फिल्मस् प्रालिले शुक्रबार बेलुका छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै उक्त गीत युट्युब तथा सामाजिक सञ्जालबाट हटाइएको जानकारी दिएका हुन् ।
साथै, शिक्षक-शिक्षिका र दर्शकहरूको भावनामा चोट पुगेको स्वीकार गर्दै दुवैले सार्वजनिक रूपमा क्षमायाचना गरेका छन् । यो गीतका शब्द र प्रस्तुतिकरणलाई लिएर व्यापक आलोचना भएको थियो ।
दुर्गेश थापाले जारी गरेको विज्ञप्तिमा भनिएको छ- ‘उक्त गीतका केही शब्द तथा प्रस्तुतिकरणका कारण आदरणीय दर्शक, शिक्षक–शिक्षिका तथा गुरुजनहरूको भावनामा ठेस पुगेको महसुस गरेका छौं। त्यसप्रति म तथा सम्पूर्ण टिमका तर्फबाट हृदयदेखि नै क्षमायाचना गर्दछु ।’
यस्तै, फिल्मकी निर्माता तथा अभिनेत्री प्रियंका कार्कीले पनि उक्त गीत फिल्मभित्र समावेश गरिएको आधिकारिक गीत नभई प्रचार-प्रसारका लागि मात्र तयार गरिएको बताएकी छन्। कला र मनोरञ्जन प्रस्तुत गर्ने क्रममा सम्मानित शिक्षक-शिक्षिका पेसाको गरिमामा आँच पुर्याउने कुनै मनसाय नरहेको बताउँदै उनले गल्ती महसुस गरेको उल्लेख गरेकी छन् ।
सो गीत सार्बजनिक भएपछि नेपाल शिक्षक महासंघले विज्ञप्ती नै निकालेर गीतप्रति आपति जनाएको थियो । महासंघले यस गीतले समग्र शिक्षण क्षेत्रको अपमान गरेको भन्दै प्रशारण तत्काल बन्द गर्न माग गरेको थियो । एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । विश्व क्रिकेटका महान् अलराउन्डर तथा वेस्ट इन्डिजका दिग्गज खेलाडी सर ग्यारी सोबर्सको ८९ वर्षको उमेरमा बार्बाडोसस्थित निवासमा निधन भएको छ ।
क्रिकेट इतिहासकै सर्वश्रेष्ठ अलराउन्डरमध्ये एक मानिने सोबर्सले सन् १९५४ देखि १९७४ सम्म वेस्ट इन्डिजका लागि ९३ टेस्ट खेल्दै ८ हजार ३२ रन बनाएका थिए भने २३५ विकेट लिएका थिए। उनले ब्याटिङ, तीव्र तथा स्पिन बलिङ र उत्कृष्ट क्षेत्ररक्षणमा समान दक्षता प्रदर्शन गरेका कारण उनलाई क्रिकेटको सर्वकालीन महान् खेलाडी मानिन्छ।
सन् १९५८ मा पाकिस्तानविरुद्ध ३६५ रनको कीर्तिमानी इनिङ्स खेलेका सोबर्सले प्रथम श्रेणी क्रिकेटमा एक ओभरमा छ छक्का प्रहार गर्ने पहिलो खेलाडीको कीर्तिमान पनि बनाएका थिए। क्रिकेटमा पुर्याएको योगदानको सम्मानस्वरूप अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को वर्षकै उत्कृष्ट पुरुष खेलाडीलाई प्रदान गरिने प्रतिष्ठित ‘सर ग्यारी सोबर्स पुरस्कार’ उनको नाममा राखिएको छ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आगामी एकदिवसीय विश्वकपको प्रतियोगिता ढाँचामा गरेको परिवर्तनप्रति एसोसियट्स राष्ट्रका खेलाडीहरूले तीव्र असन्तुष्टि जनाएका छन् ।
नामिबिया, नेदरल्यान्ड्स र स्कटल्यान्डका कप्तानहरूले नयाँ व्यवस्था क्रिकेट विस्तारको लक्ष्य विपरीत रहेको भन्दै सार्वजनिक रूपमा आलोचना गरेका छन् ।
आगामी विश्वकप दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियामा १४ टोलीको सहभागितामा आयोजना हुनेछ । तर नयाँ ढाँचाअनुसार सबैभन्दा तल्लो वरीयतामा रहेका तीन टोलीबीच प्रारम्भिक चरणमा प्रतिस्पर्धा हुनेछ र त्यसमध्ये दुई टोली केवल दुई खेल खेलेपछि नै प्रतियोगिताबाट बाहिरिनेछन् । यसअघि प्रस्ताव गरिएको सात-सात टोलीका दुई समूह र त्यसपछि दोस्रो चरणको प्रतिस्पर्धा हुने व्यवस्था हटाइएको हो ।
नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड्सले विश्वकपमा छनोट हुनु कुनै पनि राष्ट्रका लागि ठूलो उपलब्धि भए पनि वर्षौंको तयारीपछि अवसर नै सीमित बनाइनु अत्यन्त निराशाजनक भएको बताएका छन् । उनका अनुसार आईसीसीले विश्वभर क्रिकेट विस्तारको कुरा गरे पनि यस्ता निर्णयले एशोसियटस राष्ट्रलाई उत्कृष्ट टोलीसँग प्रतिस्पर्धा गर्ने अवसर झन् घटाएको छ ।
सन् २०२३ को विश्वकपमा नेदरल्यान्ड्सले दक्षिण अफ्रिका र बंगलादेशलाई पराजित गर्दै उत्कृष्ट प्रदर्शन गरेको थियो । तर त्यसपछि उसले पूर्ण सदस्य राष्ट्रविरुद्ध एकदिवसीय खेल खेल्ने अवसर नै नपाएको भन्दै एडवार्ड्सले यस्ता निर्णयले नयाँ पुस्ताका खेलाडीको प्रेरणा पनि कमजोर बनाउने बताए ।
नामिबियाका कप्तान गेर्हार्ड इरास्मसले विश्वकप केवल अर्को प्रतियोगिता नभई धेरै खेलाडीको करिअरको लक्ष्य हुने बताए । उनका अनुसार विश्वकपमा पुग्न कठिन छनोट प्रक्रिया पार गरेपछि पनि वास्तविक प्रतिस्पर्धा गर्ने अवसर नपाउनु सहायक राष्ट्रप्रति लामो समयदेखि भइरहेको विभेदकै निरन्तरता हो ।
विश्व खेलाडी संघले पनि आईसीसीको निर्णय प्रक्रियामाथि प्रश्न उठाएको छ । संघका प्रमुख कार्यकारी अधिकृत टम मोफाटले पर्याप्त परामर्श, पारदर्शिता र स्पष्ट जानकारीबिनै प्रतियोगिताको आधारभूत ढाँचा परिवर्तन गर्नु उचित नभएको बताएका छन् । उनका अनुसार वर्षौंदेखि तय गरिएको छनोट प्रणालीअनुसार राष्ट्र र खेलाडीहरूले लगानी गरिसकेपछि अन्तिम समयमा गरिएको यस्तो परिवर्तनले उनीहरूको योजनामै असर पुर्याएको छ ।
स्कटल्यान्डका कप्तान रिची बेरिङ्टनले खेलाडीहरूले सबै निर्णय आफैं गर्न खोजेका होइनन्, तर उनीहरूको करिअर र खेलको भविष्यमा प्रत्यक्ष असर पार्ने विषयमा अर्थपूर्ण परामर्श हुनुपर्ने बताए । स्कटल्यान्डका जर्ज मन्सी, नेदरल्यान्ड्सका म्याक्स ओ’डाउड र लोगन भान बिकले पनि नयाँ ढाँचाको खुलेर विरोध गरेका छन् ।
आयरल्यान्डका कप्तान पल स्टर्लिङले ४८ टोली सहभागी फुटबल विश्वकपले नयाँ राष्ट्रलाई अवसर दिएर प्रतियोगिताको आकर्षण बढाएको उल्लेख गर्दै क्रिकेटले पनि त्यस्तै सोच अपनाउनुपर्ने धारणा राखेका छन्।
यता आईसीसीले भने नयाँ ढाँचाले प्रतियोगितालाई अझ प्रतिस्पर्धात्मक र दर्शकमैत्री बनाउने दाबी गरेको छ । आईसीसीका अनुसार यस व्यवस्थाले उदाउदा टोलीलाई पनि विश्व क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा प्रतिस्पर्धा गर्ने अवसर उपलब्ध गराउनेछ । साथै आईसीसीले पछिल्ला वर्षहरूमा क्रिकेटको विस्तारका लागि एकदिवसीयभन्दा छोटो ढाँचालाई प्राथमिकता दिँदै आएको छ ।एभरेष्ट न्यूज एजेन्सी
डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिका –०७ खस्रेखान स्थित धनगढी-दार्चुला पक्की सडक-खण्डमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
धनगढीबाट दार्चुलातर्फ जाँदै गरेको सु.प.प्र.०१–००१ ज १८५० नम्बरको बोलेरो जिप आफैँ अनियन्त्रित भई सडकबाट करिब ४०० मिटर तल खसेको थियो ।
दुर्घटनामा चालक जिल्ला बैतडी डिलासैनी गाउँपालिका –०२ बस्ने २० वर्षीय अमृत घरेडी सामान्य घाइते भएका छन् भने दार्चुला मार्मा गाउँपालिका –०३ बस्ने ५० वर्षीय अम्मर सिंह ठगुन्नाको टाउको र छातीमा चोट लागेको छ । दुवै जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनामा थप घाईतेहरुको खोजी गर्ने क्रममा जिल्ला दार्चुला अपिहिमाल गाउँपालिका –०१ बस्ने ३५ वर्षीया सरस्वती लोथ्याललाई घाइते अवस्थामा उद्धार गरी डडेल्धुरा अस्पताल लगि उपचार भईरहेको छ । उनको टाउको, कम्मर, छाती तथा दुवै खुट्टामा चोट लागेको छ र अवस्था मध्यम रहेको छ ।
त्यसैगरी, जिल्ला दार्चुला अपिहिमाल गाउँपालिका –०१ बस्ने ४५ वर्षीय सुगन लोथ्याल र २८ वर्षीया हनु लोथ्याललाई गम्भीर घाइते अवस्थामा उद्धार गरी डडेल्धुरा अस्पताल पुर्याइएकोमा निज दुवै जनाको मृत्यु भएको छ भने दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । नेपाल टेलिभिजन (हाल, सार्वजनिक सेवा प्रसारण संस्था) को स्याटेलाइट ब्याण्डविथ खरिदसम्बन्धी छानबिन गर्न गठित अध्ययन समितिले सरकारलाई आफ्नो प्रतिवेदन बुझाएको छ ।
समितिले सूचना तथा सञ्चार मन्त्री डा विक्रम तिमिल्सिना समक्ष बुझाएको प्रतिवेदनले विभिन्न समयमा भएका स्याटेलाइट ब्याण्डविथ खरिद तथा सम्झौतामा कानुनविपरीत कार्य, प्रक्रियागत कमजोरी, वित्तीय अनुशासन उल्लङ्घन तथा संस्थालाई आर्थिक हानि पुग्ने जस्ता गम्भीर प्रकृतिका कैफियत फेला परेको निष्कर्ष निकालेको छ ।
स्याटेलाइट ब्याण्डविथ खरिदका सन्दर्भमा विभिन्न निकायमा परेका उजुरी, महालेखापरीक्षकको कार्यालयका प्रतिवेदन तथा सार्वजनिक सरोकारका विषयलाई आधार बनाएर सञ्चार मन्त्रालयले गत जेठ २२ गते अध्ययन समिति गठन गरेको थियो । उक्त समितिले शुक्रबार मन्त्रालयलाई बुझाएको प्रतिवेदनमा विभिन्न अवधिमा भएका खरिद प्रक्रियामा सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ को व्यवस्था उल्लङ्घन भएको तथा त्यसबाट नेपाल टेलिभिजनलाई आर्थिक नोक्सानी पुगेको उल्लेख छ । जसबाट करिब रु २० करोड ६१ लाख ७३ हजार ४६९ बराबरको हानीनोक्सानी भएको देखिएको प्रतिवेदनमा जनाइएको छ ।
प्रतिवेदनअनुसार स्याटेलाइट ब्याण्डविथ भाडा खरिदका क्रममा प्रतिस्पर्धात्मक प्रक्रिया नअपनाई पुरानै दररेटमा सम्झौताको म्याद थप गरिएको, सेवा सुरु हुनुअघि नै भाडा भुक्तानी गरिएको, सेवा सुरु भएपछि पनि बढी रकमको बिल भुक्तानी गरिएको तथा लागत अनुमान अस्वाभाविक रूपमा बढाई आवश्यकताभन्दा बढी ब्याण्डविथ खरिद गरिएको पाइएको छ । सन् २०१२ मा प्राविधिक रुपमा असफल बोलपत्रदातालाई नै सेवा खरिदका लागि छनौट गरिएको गम्भीर विश्लेषणसहितको प्रतिवेदन समितिले मन्त्रालयलाई बुझाएको छ । त्यस्तै, प्रयोग गरिरहेको स्याटेलाइटको ‘डिजाइन लाइफ’ सकिने बेलामा सोहि सेवा प्रदायकसँग थप १० मेगाहर्ज ब्याण्डविथ खरिद गर्नेगरी सम्झौता गरिएको प्रतिवेदनले औंल्याएको छ ।
यस्ता कार्यका कारण विभिन्न अवधिमा नेपाल टेलिभिजनलाई आर्थिक क्षति पुगेको अध्ययन समितिले उल्लेख गरेको छ । त्यस्तै, स्याटेलाइट ब्याण्डविथको भुक्तानी प्रक्रियामा नेपाल सरकारको राजस्व खातामा जम्मा हुनुपर्ने कर तथा अन्य राजस्व दायित्वसमेत पूर्ण रूपमा पालना नभएको प्रतिवेदनमा उल्लेख छ । यसले वित्तीय अनुशासन र राजस्व व्यवस्थापनमा समेत गम्भीर कमजोरी देखिएको समितिको निष्कर्ष छ ।
अध्ययन समितिले सन् २०१२ को मूल सम्झौतादेखि त्यसपछिका पूरक सम्झौतासम्म संलग्न उच्च व्यवस्थापनका सदस्य तथा सञ्चालक समितिका पदाधिकारीले संस्थाको हितविपरीत निर्णय गरेको देखिएको उल्लेख गरेको छ । प्रतिवेदनमा उनीहरूले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा नेपाल टेलिभिजनलाई हानि पुग्ने गरी निर्णय गरेको भन्दै आवश्यक कारबाही प्रक्रिया अघि बढाउनका लागि सिफारिस गरिएको छ । सञ्चालक समितिले निर्णयमा हेलचक्य्राइँ गर्दा सन् २०२२ जुन ६ मा नेपाल टेलिभिजनको सबै च्यानल करिब ३० मिनेट प्रशारण बन्द भएको पनि प्रतिवेदनमा जनाइएको छ ।
त्यस्तै, नेपाल टेलिभिजनभन्दा बाहिरबाट सञ्चालक समितिमा नियुक्त भएका पदाधिकारीलाई संस्थाभित्रका उच्च व्यवस्थापनबाट यथार्थपरक सूचना उपलब्ध नगराइएको तथा मन्त्रालय र नेपाल टेलिभिजनका प्राविधिक कर्मचारीले आफ्नो विज्ञताअनुसार जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह नगरेको पनि प्रतिवेदनले औँल्याएको छ । लागत अनुमान तयार गर्ने क्रममा भएको लापरबाही तथा अस्वाभाविक निर्णयले संस्थालाई गम्भीर आर्थिक भार परेको निष्कर्ष अध्ययन समितिको छ ।
नेपाल टेलिभिजनले आफ्ना च्यानल भू–उपग्रहमार्फत प्रसारण गर्न सन् २००२ देखि विदेशी स्याटेलाइट ब्याण्डविथ सेवा प्रदायक कम्पनीसँग निरन्तर रूपमा भाडा सम्झौता गर्दै आएको छ । यस अवधिमा च्यानल थप गर्ने, स्ट्यान्डर्ड डेफिनेसन (एसडी) बाट हाई डेफिनेसन (एचडी) मा स्तरोन्नति गर्ने, पूरक सम्झौता गर्ने तथा उपकरण खरिदसम्बन्धी निर्णयहरूमा विभिन्न समयमा प्रश्न उठ्दै आएका थिए । प्रतिस्पर्धा बिनै खरिद, प्रक्रियागत अनियमितता, अनावश्यक आर्थिक भार, वित्तीय अनुशासन उल्लङ्घन तथा स्वार्थको द्वन्द्वजस्ता विषय देखिएको निष्कर्षसहित प्रतिवेदनले सम्बन्धित व्यक्तिमाथि कानुनबमोजिम आवश्यक कारबाही गर्न सरकारलाई सिफारिस गरेको छ ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । आज जुलाई १८ का अवसरमा विश्वभर नेल्सन मण्डेला अन्तर्राष्ट्रिय दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसंघले सन् २००९ मा घोषणा गरेको यो दिवस दक्षिण अफ्रिकाका प्रथम अश्वेत राष्ट्रपति तथा रंगभेदविरोधी आन्दोलनका अग्रणी नेता नेल्सन मण्डेलाको जन्मजयन्तीको सम्झनामा प्रत्येक वर्ष मनाउने गरिन्छ ।
यस दिवसको उद्देश्य मण्डेलाले जीवनभर अघि सारेका मानव अधिकार, समानता, शान्ति, मेलमिलाप तथा सामाजिक न्यायका मूल्यलाई आत्मसात् गर्दै समाजसेवामा सहभागी हुन विश्व समुदायलाई प्रेरित गर्नु हो । दिवसको मुख्य सन्देशका रूपमा प्रत्येक व्यक्तिलाई कम्तीमा ६७ मिनेट समाजसेवामा समर्पित गर्न आग्रह गरिन्छ । यो समय मण्डेलाले सामाजिक न्याय र मानव अधिकारका लागि गरेको ६७ वर्षको संघर्षको प्रतीक मानिन्छ ।
नेल्सन मण्डेलाले सन् २००८ मा दिएको एक सम्बोधनमा विश्वका युवालाई अन्याय र विभेदविरुद्ध नेतृत्व लिन आह्वान गर्दै ‘अब जिम्मेवारी तपाईंहरूको हातमा छ’ भन्ने सन्देश दिएका थिए । त्यसैबाट प्रेरित हुँदै सन् २००९ मा नेल्सन मण्डेला प्रतिष्ठानले उनको जन्मदिनमा समुदाय सेवाको अभियान सुरु गरेको थियो । पछि सोही वर्ष संयुक्त राष्ट्रसंघको महासभाले जुलाई १८ लाई नेल्सन मण्डेला अन्तर्राष्ट्रिय दिवसका रूपमा घोषणा गरेको थियो । संयुक्त राष्ट्रसंघको औपचारिक आयोजनासहित पहिलो पटक यो दिवस सन् २०१० मा मनाइएको थियो ।
यो दिवस सार्वजनिक बिदाको रूपमा नभई समाजका लागि सकारात्मक योगदान गर्ने कार्य दिवसका रूपमा मनाइन्छ । विश्वभर व्यक्ति, संस्था र समुदायले स्वयंसेवा, सहयोग तथा सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रम सञ्चालन गरी मण्डेलाको आदर्शलाई व्यवहारमा उतार्ने प्रयास गर्दै आएका छन् ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । नागरिक अगुवा डा. देवेन्द्रराज पाण्डेको ८७ वर्षको उमेरमा निधन भएको छ ।
शुक्रबार साँझ पाण्डेको काठमाडौंको विशालगरस्थित आफ्नै निवासमा निधन भएको हो । पाण्डे पछिल्लो समय प्याङ्क्रियाजको क्यान्सरसँग जुधिरहेका थिए ।
उनी २०४६ सालको परिवर्तनपछि संक्रमणकालमा बनेको अन्तरिम सरकारमा अर्थमन्त्रीसमेत बनेका पाण्डे पछिल्लो समय भने नागरिक अगुवाको भूमिकामा रहेका थिए । एभरेष्ट न्यूज एजेन्सी