२०८३ कार्तिक ५
२०८३ कार्तिक ५

काठमाडौं ।

अशोक राई नेतृत्वको जनता साजवादी पार्टी (जसपा) ले प्रदीप यादव र नवलकिशोर साह सुडीलाई मन्त्री बनाउने निर्णय गरेको छ ।

दुवै जना यसअघि प्रचण्ड नेतृत्वको सरकारमा पनि मन्त्री रहेका थिए ।

यस अघि स्वास्थ्य मन्त्री बनेका यादव यस पटक खानेपानी मन्त्री बन्ने भएका छन् भने सुडीलाई महिला बालवालिका मन्त्रालय दिइने भएको छ ।न्युज कारखाना

काठमाडौँ ।

नेपाली कांग्रेसबाट मन्त्री हुनेको नाम टुंगिएको छ । कांग्रेस प्रकाशमान सिंहको नेतृत्वमा सरकारमा जादै छ । उनलाई उपप्रधान सहित सहरी विकास मन्त्रालय दिइने भएको छ ।

त्यस्तै रमेश लेखक गृहमन्त्री, आरजु देउवा राणा परराष्ट्रमन्त्री हुने निश्चित भएको छ । त्यसैगरी अजय चौरसिया कानुन, न्याय तथा संसदीय मामिला मन्त्री हुने भएका छन् भने दिपक खड्का ऊर्जामन्त्री बन्ने भएका छन् । त्यस्तै ऐनबहादुर शाही वन मन्त्री निश्चित भएको छ ।

सभापति देउवाले शेखर–गगन समूहलाई स्वास्थ्य तथा जनसंख्या, युवा तथा खेलकुद, पर्यटन र कृषि मन्त्रालय दिइएको छ ।

जसमा तेजुलाल चौधरीको पनि नाम टुंगो लागेको छ भने अन्य दुई मन्त्रीमा सहमहामन्त्री जीवन परियार, सांसदहरु प्रदीप पौडेल, हृदयराम थानी र रामनाथ अधिकारीको दाबेदारी रहेको छ । यी चार मध्ये दुईको नाम टुंगो लगाउन शेखर कोइरालाले उपसभापति धनराज गुरुङ र महामन्त्री थापासँग छलफल गरिरहेको बताइएको छ ।न्युज कारखाना

काठमाडौं ।

नेकपा एमालेबाट मन्त्री बन्नेको नाम टुंगिएको छ । एमालेले सोमबार बिहान मन्त्री बन्नेहरुको नाम टुंगाएको हो ।

जस अनुसार विष्णुपौडेल उपप्रधानसहित अर्थमन्त्री बन्ने भएका छन् भने पृथ्वीसुब्बा गुरुङले सञ्चारमन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । राष्ट्रिय सभा सांसद देवेन्द्र दाहाल भौतिक योजनामन्त्री बन्ने भएका छन् भने विद्या भट्टराईले शिक्षा मन्त्रीको जिम्मेवारी पाउने भएकी छन् । त्यस्तै मानवीर राई रक्षा मन्त्री बन्दै छन् भने उद्योगमन्त्रीमा दामोदर भण्डारी र भूमि व्यवस्था सहकारीमा बलराम अधिकारी दोहोरिने भएका छन् ।

प्रधानमन्त्रीमा नियुक्त केपी शर्मा ओली र नयाँ मन्त्रीहरुले आजै बिहान ११ बजे शपथ लिने कार्यक्रम रहेको छ । न्युज कारखाना

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज शपथ लिदै छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीलाई बिहान ११ बजे पद तथा गोपनियताको शपथ गराउने कार्यक्रम तय गरिएको छ । आजै नवनियुक्त मन्त्रीहरुले पनि शपथ दिलाउने तयारी गरिएको छ ।

आइतबार राष्ट्रपति पौडेलले संबिधानको धारा ७६ को उपधारा २ अनुसार ओलीलाई प्रधानमन्त्रीमा नियुक्त्त गरेका थिए ।

ओली चौथो पटक प्रधानमन्त्री बनेका हुन् । उनी पहिलो पटक २०७२ असोज २५ गते प्रधानमन्त्री बनेका थिए भने दोस्रो पटक २०७४ फागुन ३ गते प्रधानमन्त्री नियुक्त भएका थिए । त्यस्तै उनी तेस्रो पटक २०७८ बैशाख ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

यस अघि शुक्रबार राति नेपाली कांग्रेसको समर्थनमा ओलीले प्रधानमन्त्रीमा आफ्नो दाबेदारी पेश गरेका थिए । कांग्रेस र एमालेका १६६ सांसदको हस्ताक्षरसहित ओलीले प्रधानमन्त्रीमा दाबि पेश गरेका थिए ।

तत्कालिन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले शुक्रबार नै संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि सरकार ढलेको थियो । त्यसपछि राष्ट्रपति पौडेलले संबिधानको धारा ७६ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थन लिएर सरकार बनाउन दाबि पेश गर्न आइतबार ५ बजेसम्मको समय दिएका थिए ।

ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि कांग्रेस र एमाले सोमबार बिहाननै मन्त्रीहरुको पनि शपथ गराउने तयारीमा रहेका छन् । अहिलेसम्म कांग्रेस-एमालेले मन्त्रीहरुको छनौट गर्ने क्रममा रहेका छन् । अहिलेसम्म कांग्रेसबाट प्रकाशमान सिंह, रमेश लेखक, आरजु राणा, प्रदीप पौडेल लगायतको मन्त्री बन्ने चर्चा छ भने एमालेबाट विष्णु पौडेल, योगेश भट्टराई, छबिलाल विश्वकर्मा, विद्या भट्टराई, सुनिता बराल, पदम गिरीलगायत मन्त्री बन्ने चर्चा रहेको छ ।

त्यस्तै कांग्रेस र एमालेबीच मन्त्रालयको बाँडफाँड भएको छ । जस अनुसार नेपाली काँग्रेसले गृह मन्त्रालय, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ, सहरी विकास, स्वास्थ्य, पर्यटन तथा नागरिक उड्डयन, कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय पाउने बताइएको छ ।

त्यस्तै नेकपा एमालेले अर्थ मन्त्रालय, रक्षा, भौतिक पूर्वाधार, संघीय मामिला तथा सामान्य प्रशासन, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था सञ्चार तथा सूचना प्रविधि र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पाउने भएको छ ।न्युज कारखाना

जनता समाजवादी पार्टी, नेपालले केही दिनदेखि भइरहेको अविरल वर्षाका कारण देशको विभिन्न स्थानमा बाढी पहिरोले भएको जनधनको क्षतीप्रति दुख व्यक्त गरेको छ । आइतबार  विज्ञप्ति जारी गरी प्राकृतिक विपद्मा परी घाइतेहरुको उपचारको सम्पूर्ण व्यवस्था तथा पीडित परिवारलाई यथाशीघ्र राहतको व्यवस्था गर्न जसपा, नेपालले सरकारसँग आग्रह गरेको छ ।

प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा जुट्न पार्टी सदस्यहरु तथा भ्रातृ संगठनहरुलाई अपिल गरिएको छ ।

पार्टीले बाढी, पहिरो, डुबानलगायतका प्राकृतिक विपद्मा ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै समस्त शोकाकूल परिवाजनमा समवेदना प्रकट गरेको छ ।

काठमाडौँ । प्रधानमन्त्रीमा नियुक्त भएपछि केपी शर्मा ओलीले पहिलो प्रतिक्रिया दिदै सबैमा सम्मान र सबैलाई धन्यवाद दिएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै ओलीले भनेका छन्- ‘सबैमा सम्मान । सबैलाई धन्यवाद !!’

राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । उनी चौथो पटक प्रधानमन्त्री नियुक्त भएका हुन् । उनले प्रधानमन्त्री पदको शपथ सोमबार बिहान ११ बजे लिने भएका छन् ।न्युज कारखाना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले संबिधानको धारा ७६ को उपधारा २ अनुसार ओलीलाई प्रधानमन्त्रीमा नियुक्त्त गरेका हुन् ।

ओली चौथो पटक प्रधानमन्त्री बनेका हुन् । उनी पहिलो पटक २०७२ असोज २५ गते प्रधानमन्त्री बनेका थिए भने दोस्रो पटक २०७४ फागुन ३ गते प्रधानमन्त्री नियुक्त भएका थिए । त्यस्तै उनी तेस्रो पटक २०७८ बैशाख ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

यस अघि शुक्रबार राति नेपाली कांग्रेसको समर्थनमा ओलीले प्रधानमन्त्रीमा आफ्नो दाबेदारी पेश गरेका थिए । कांग्रेस र एमालेका १६६ सांसदको हस्ताक्षरसहित ओलीले प्रधानमन्त्रीमा दाबि पेश गरेका थिए ।

तत्कालिन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले शुक्रबार नै संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि सरकार ढलेको थियो । त्यसपछि राष्ट्रपति पौडेलले संबिधानको धारा ७६ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थन लिएर सरकार बनाउन दाबि पेश गर्न आइतबार ५ बजेसम्मको समय दिएका थिए ।

ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि अब शपथ भने सोमबार बिहान ११ बजे हुने भएको छ । राष्ट्रपतिको कार्यालयले सोमबार बिहान ११ बजे प्रधानमन्त्रीको शपथ गर्ने गरी तयारी गरेको छ ।
ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि कांग्रेस र एमाले सोमबार बिहाननै मन्त्रीहरुको पनि शपथ गराउने तयारीमा रहेका छन् । न्युज कारखाना

काठमाडौँ ।

गृहसचिव एकनारायण अर्यालय, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले सिमलतालमा गएको पहिरोले दुई बस बगाएको क्षेत्रको स्थलगत अवलोकन गरेका छन् ।

स्थलगत अवलोकनमा गृहसचिव अर्याल, महानिरीक्षक कुँवरज्यू लगायत सुरक्षा निकायका प्रमुखहरू, राष्ट्रिय विपद् न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका पदाधिकारीज्यूहरू, विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका सह-सचिवज्यू तथा वरिष्ठ प्रहरी अधिकृतज्यूहरूको उपस्थित रहेका थिए

शुक्रबार बिहान गएको पहिरोले दुई यात्रूबाहक बस बगाएर बेपत्ता बनाएपछि अहिलेसम्म बस फेला पर्न सकेका छैनन् ।नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले त्रिशुली नदीमा खोजी कार्य जारी रहेको छ । दुवै बसमा रहेका ६५ यात्रु मध्ये तीन जना सकुशल रहेपनि ६२ जनाको अवस्था अहिलेसम्म अज्ञात रहेको छ । अहिलेसम्म ६ जनाको शव भेटिएको छ । न्युज कारखाना

काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयले शैक्षिक क्यालेण्डर लागू गरेकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयका पदाधिकारीहरूलाई धन्यवाद दिएका छन् ।

आइतबार प्रधानमन्त्रीको निजी निवास खुमलटारमा त्रिविका उपकुलपति प्राडा केशरजंग बराल, रजिष्टार डा केदारप्रसाद रिजाल, शिक्षाध्यक्ष डा खड्ग केसीसँग भेट गर्दै प्रधानमन्त्रीले धन्यवाद दिएका हुन् ।

भेटमा त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूको नियुक्तिका आधार र मापदण्ड सम्बन्धी विनियम कार्यकारी परिषदबाट पारित गरेकोमा समेत प्रधानमन्त्रीले धन्यवाद दिए ।

प्रधानमन्त्रीले भने, “विश्वविद्यालयमा गुणात्मक सुधार ल्याएर मात्रै देशको मुहार फेर्न सकिन्छ। त्यसका लागि मैले लगातार मेहेनत गर्दै आएको छु। खुला प्रतिस्पर्धाबाट पदाधिकारी नियुक्ति, शैक्षिक क्यालेण्डर लगायतका क्षेत्रमा महत्वपूर्ण सुधार आएको छ। यसले राम्रो सन्देश दिएको छ।भविष्यमा समेत यी प्रयासहरू लागू हुनेछन् भन्ने विश्वास व्यक्त गर्दछु।”

भेटमा पदाधिकारीहरूले प्रधानमन्त्री प्रचण्डको कार्यकालमा शिक्षा क्षेत्र र विश्वविद्यालय सुधारमा ऐतिहासिक कामहरू भएको भन्दै त्रिवि सुधारमा आफूहरू पूर्ण समर्पणभावका साथ खटिने बताए ।न्युज कारखाना

काठमाडौं ।

नेपाली कांग्रेसको शेखर कोइराला पक्षले मन्त्री चयनको विषयमा छलफल गरेको छ । एमालेसँग सत्ता सहकार्य हुने भएपछि कांग्रेस भित्र मन्त्री चयनको विषय पेचिलो बन्दै गएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले आफु पक्षका धेरै नेतालाई मन्त्री चयन गर्ने संकेत गरेपछि नेता शेखर कोइराला पक्ष बैठक बसेर छलफल गरेको छ ।

कोइरालाको निजी सचिवालयमा बसेको बैठकमा आफ्नो समुहबाट कम्तिमा चार मन्त्रालय पाउनुपर्ने अडान राख्ने निष्कर्ष निकालेको छ । एमालेसँग कांग्रेसले १० मन्त्रालय पाउने सहमति भएको बताइएको छ ।

स्रोतका अनुसार १० मध्ये सभापति देउवाले कोइराला समुहलाई ३ मन्त्रालय दिने तयारी गरेका छन् ।

कोइराला पक्षको बैठकमा महामन्त्री गगन थापा, धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार, अर्जुननरसिंह केसी, बलबहादुर केसी, दिलेन्द्र बडू, डा मिनेन्द्र रिजाल र डा चन्द्र भण्डारी लगायतका नेताहरु सहभागी थिए ।

अहिलेसम्म कोइराला पक्षबाट जीवन परियार, चन्द्र भण्डारी, प्रतिमा गौतमको नाम मन्त्री बन्नेमा चर्चामा रहेको छ ।

कांग्रेस प्रकाशमान सिंहको नेतृत्वमा सरकारमा जाने चर्चा छ भने आरजु देउवा र रमेश लेखक मन्त्री बन्ने निश्चित भएको बताइएको छ ।न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।