२०८३ कार्तिक ५
२०८३ कार्तिक ५

काठमाडौं ।

आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले अब जनताले सडकबाटै यो सरकार र व्यवस्था फाल्ने बताएका छन् । तेस्रो जनआन्दोलनको उदघोष गरेका उनले जनता र मुलुक विरोधी तानाशाही सरकार र यो व्यवस्थाको विरोधमा उत्रिन आह्वान समेत गरे ।

 

आजपाको ललितपुर जिल्ला कमिटीद्धारा आज ललितपुरको बालकुमारी स्थित रोज पार्टी प्यालेसमा आयोजित जिल्ला भेला एवं दिपावली तथा छठ पर्वको शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै उनले कुनै काम नलाग्ने यो सरकार र व्यवस्था फाल्नमा ढिलाई गरे मुलुकले ठुलो मुल्य चुकाउनुपर्ने बताए । वर्तमान सरकार असफल भईसकेकोले अब सड़कबाट सरकार बनाउनुको विकल्प नभएको समेत उनले बताए ।

 

सत्तारुढ सातदलीय गठबन्धनले हिजो सडकबाट अराजकता मचाउने र व्यवस्था तथा सरकारको विरोध गर्दै बिकल्प खोज्ने काम अस्वीकार्य रहेको बताउदै गर्दा त्यसको काउण्टरमा आजपा अध्यक्ष साहले जनताले अब सडकबाटै यो व्यवस्था र सरकार फाल्ने उदघोष गर्दै सडकबाटै सरकार गठन गर्ने चेतावनी दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई भ्रष्ट र लुटेराहरुको सरकारको संज्ञा दिदै आजपा अध्यक्ष साहले भने, ‘यो सरकारले भ्रष्ट, लुटेरा, अपराधीलाई संरक्षण दिईरहेको छ । विरोध गर्ने विपक्षीलाई तर्साउने, पक्राउ गर्ने तर जघन्य अपराधका अपराधीलाई जोगाउने काम गरेको छ ।

 

त्यसैले यो व्यवस्था र सरकार हुँदासम्म मुलुक समृद्ध हुन सक्दैन् । स्थायित्व, समृद्धि र जनताको आवश्यक्ता एवं चाहना पुरा गर्नका लागि यो व्यवस्था र सरकार सडकबाटै जनताले फाल्न ढिलाई गर्नु भएन् ।’ विपक्षीलाई दबाउने, भ्रष्टाचारीलाई जोगाउने र जनतालाई ऋण बोकाउने काम वर्तमान सरकारले गरेको बताउँदै उनले यसको बिकल्प अब सडकबाटै जनताले खोजिरहेको बताए । ‘यो सरकार भ्रष्टाचारी र विचौलियालाई जोगाउने काममा लागेको देखियो । विकास होईन उल्टै जनतालाई ऋण बोकाउने काममा लागेको देखियो । बाढि, पहिरोलगायतका प्राकृतिक विपत्तिमा सरकार राहत नभनेर पीडित जनताको लागि नै बोझ बनेको देखियो ।

 

त्यसैले निरास जनताले यसको बिकल्प खोजिरहेका छन्’ आजपा अध्यक्ष साहले भने । सत्ताको दुरूपयोग गरी व्यापारीबाट अनुचित लाभ लिने गरेको ओली सरकारले भ्रष्ट कर्मचारीलाई प्रोत्साहन र इमान्दारलाई दण्डित गरिरहेको उनले बताए । जनताको आवश्यक्ता र चाहना अनुसार सेवा प्रवाह गरेर जनतामा आशा जगाउने काम गर्नुको साटो सरकारले जनतालाई ऋणको भारी बोकाउने र राज्यको ढुकुटी लुटने काममै केन्द्रित भएको उनको आरोप छ ।

 

अहिले दशैं बितेको छ । दिपावली तथा छठ पर्वको तयारीमा आम नेपाली रहेको बताउँदै यस्तो चाडपर्वको बेलामा समेत सरकारकै संरक्षणमा कालोबजारी र महंगी अकाशिएको साहले बताए । नुन, तेल, तरकारी सहित हरेक बस्तुको भाउ बढेको, कालोबजारी भईरहेको भए पनि सरकार मुकदर्शक जस्तै तमासा देखिरहेको उनले बताए । ‘यो सरकार लुटधन्दामा लागेको छ । लुटेरा र भ्रष्टलाई जोगाउने, संरक्षण दिइरहेको सरकारले बिभिन्न बाहाना र नाममा कर माथि कर लिने गरेको छ । जनतालाई ऋणको भारी बोकाउने र राज्यको ढुकुटी लेटेर विदेशमा थुपार्नेहरु शासक भएका छन् । तर नेपाल बनाउन चाहने आम जनता शासित छन् ।

 

के यसको बिकल्प दिनुपर्दैन ?’ आजपा अध्यक्ष साहले प्रश्न गरे । उनले अगाडी थपे, ‘हामीभन्दा ठुलो देश भारत र चीनमा हरेक समानहरु सस्तो छ तर नेपालमा किन महंगो छ ? भारतमा एक लाखमा पाउने मोटरसाईकल नेपालमा किन ४ लाख ? लताकपडा, खाद्यन्न लगायतका सबै बस्तु भारत र चीनमा सस्तो हुने । तर हामी जस्तो सानो र थोरै जनसंख्या भएको देशमा सबै बस्तु महंगो हुने । उनीहरुभन्दा त सस्तो हाम्रोमा हुुनुपर्ने हाईन र, तर यहाँ सरकार त लुटेरा छ ।

 

करमाथि कर लिन्छ, सेवा शुन्य छ । तर पनि हामी कहिलेसम्म चुप लागेर बस्ने ?’ आजपाका जिल्ला संयोजक इन्दल साहको अध्यक्षतामा भएको कार्यक्रममा आजपाका वरिष्ठ उपाध्यक्ष तिलक थापा, उपाध्यक्ष बिल्टू यादव, महासचिव त्रिभुवन साह लगायतको बिशेष सहभागिता रहेको थियो ।

 

काठमाडौँ, असोज ३० गते ।

विदेशमा बस्ने मधेशीहरुको साझा संगठन मधेशी एकता समाजले संयुक्त अरब इमिरेट्सको दुबईमा विजयादशमी मनाएको छ । गत शनिबार साँझ भएको कार्यक्रममा दुबईमा बसोबास गर्ने मधेशीहरुको ठूलो उपस्थिति थियो ।
कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशका पूर्व प्रमुख डा. राजेश अहिराजले उपस्थित सबैलाई धन्यवाद दिँदै विदेशमा मधेशी समुदायलाई एकताबद्ध गर्न मधेशी एकता समाजले गरेका प्रयासहरूको प्रशंसा गर्नुभयो ।
एकता समाजका मुख्य संस्थापक एवं अन्तर्राष्ट्रिय समन्वय समितिका संयोजक डा. रविन्द्र कुमार यादवले मध्यपूर्व, जापान, अमेरिका, नेपाल र अन्य क्षेत्रमा संगठनको विस्तारबारे जानकारी दिनुभयो ।
विदेशमा मधेशी श्रमिकहरूको कल्याणलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्दै डा. यादवले मधेशी समुदायको सेवा गर्न संगठनको प्रभाव र पहुँचलाई बढाइने धारणा राख्नुभयो ।
जनकपुर प्रादेशिक अस्पतालमा कार्यरत डा. कृष्ण यादवले नेपालमा मधेशी एकता समाजको विस्तारमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
दुबईमा कार्यरत मधेशी मूलकी नर्स सुश्री नयनाले एकता समाजको हिस्सा बनेकोमा खुसी व्यक्त गर्दै संगठनले दुबईमा मधेशी श्रमिकहरूको सहयोगमा गरेको कामको प्रशंसा गर्नुभयो ।
समाजका वर्तमान अध्यक्ष धर्मेन्द्र गोहिबारले आफ्नो संस्कृति र परम्पराको उत्सव मनाउँदा ती महत्त्वपूर्ण चाडपर्वहरूले एक सुत्रमा बाँध्छ भन्नुभयो ।
एकता समाजका संस्थापकमध्ये अनिल साह परिवारसहित अमेरिका जानुपर्ने भएकोले त्यस अवसरमा उहाँलाई बिदाई गरिएको थियो । त्यस क्रममा साहले अमेरिकामा मधेशी एकता समाजलाई विस्तार गर्ने योजनाबारे जानकारी दिनुभयो ।
एकता समाजका महासचिव रोशन माक्र्सिस्टले सञ्चालन गरेको कार्यक्रममा नेपाली दूतावास अबुधाबीका तृतीय सचिवद्वय विमलेश कुमार मिश्र, विकास भट्टराई र अनुवादक रजी अहमदलगायतका व्यक्तित्वहरु सहभागी थिए ।
कार्यक्रममा उपस्थित सबैले स्वादिष्ट भोजनको आनन्द लिए भने एकआपसमा शुभकामना साटासाट पनि गरे । त्यस अवसरमा नयाँ वर्षको कार्यक्रम आउँदो जनवरी ५ मा आयोजना गर्ने घोषणा गरिएको थियो ।

 

राैतहट,३० गते असाेज ।
ईशनाथ नगरपालिकामा जहिले देखि प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ता आउनू भएको छ त्यो दिन देखि ईशनाथ को जनता हरु बिकास को नमुना हेरिरहेको छ।

आज रौतहट जिल्लाको ईशनाथ नगरपालिका वडा नं ५ टोल मोतिपुरमा छठ पर्व मनाउनका निम्ति छठ घाटको शिलान्यास नगर प्रमुख सिन्हा द्वारा सम्पन्न भएको छ। ईशनाथ नगरपालिकाको नगर प्रमुख श्रीमती कौशल्या देवी सिन्हाको विषेश पहल र वहाँको अध्यक्षतामा शिलान्यास कार्यक्रम सम्पन्न भएकाे स्थानीय पत्रकार चन्दन कुमारले जानकारी गराएका हुन् ।

सो कार्यक्रममा, विशिष्ट अतिथी पुर्व प्रदेश सभा सदस्य नागेन्द्र प्रसाद सिन्हा, प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ता, वडा नम्बर २ का वडा अध्यक्ष धर्मेन्द्र साह, वडा नम्बर ५ का वडा अध्यक्ष शेख नेशार, वडावसी बुद्धिजीवी समाजसेवी हरुकाे उपस्थितीमा आज छठ घाट शिलान्यास कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

स्थानीय वासी ले गठन गरेको ‘छठ घाट व्यवस्थापन समिति र नगर प्रमुखको अथक प्रयासमा बन्दोबस्त भएको जग्गामा घाट निर्माण कार्य आज देखी पुर्ण रुपमा सुचारु भएको छ। कार्यक्रमका समितिका अध्यक्ष ले आगामी छठ पर्व भित्रै पूजाका निम्ति घाट तयार भइसक्ने जानकारी दिएका छन।

राैतहट,३० गते असाेज ।
रौतहटको गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी प्रसाद जयसवालले आज महमदपुर स्थित झाझ नदीमा झोलुङ्गे पुलको उद्घाटन गरेका छन्।

५० लाखको लागतमा निर्माण भएको उक्त झोलुङ्गे पुलको आज एक कार्यक्रम बीच गरुडा नगर प्रमुख जयसवालले उद्घाटन गरेका हुन् ।

गरुडा र वृन्दावन नगरपालिकालाई जोड्ने उक्त पुल निर्माण भएपछि दुवै पालिकाका बासिन्दालाई खासगरी खेतिबारी गर्ने प्रयोजनका लागि आउजाउ गर्न निकै सहज भएको नगर प्रमुख कन्थमनी प्रसाद कलवारले बताउनुभयो ।
यसअघि सो ठाउँमा पुल नहुँदा स्थानहरूलाई खेती किसानी गर्न झाझ नदी वारपार गर्न निकै कठिनाई हुँदै आएको थियो । साे अवसरमा गरूडा नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष रामबिनाेद जयसवाल लगायतका व्यक्तिहरूकाे उपस्थिति रहेको थियोे ।

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।