काठमाडौं,माघ ६ ।
एमाले जनसंगठन नेपाल खेलकुद महासंघले पार्टी र नेताबिरुद्ध चलाइएको अफवाह चिर्न बिशेष टीम बनाएको छ ।
शुक्रवार सम्पन्न महासंघको केन्द्रीय कमिटीको दोस्रो बैठकले प्रतिक्रियावादीहरुले सुनियोजित रुपमा एमाले नेतृत्व र पार्टीमाथि आक्रमण गरेको निश्कर्षसहित रिनन पोखरेलको नेतृत्वमा ५ हजार १ सदस्यीय बिशेष समिति गठन गरेको हो ।
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, महासचिव शंकर पोखरेल, जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल र महासंघका इञ्चार्ज कर्ण थापाले बिशेष प्रशिक्षण दिनुभएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पर्शुराम बस्नेतले पार्टी नेतृत्वबिरुद्ध भइरहेको आक्रमणको प्रतिवाद गर्न समिति गठनको प्रस्ताव गर्नुभएको थियो । अध्यक्ष बस्नेतको प्रस्तावलाई बैठकले सर्वसम्मत रुपमा पारित गरेको हो ।
‘नेकपा एमाले तथा हाम्रा पार्टी नेता तथा नेतृत्वप्रति प्रायोजित आक्रमण, हमला तथा फैलाइने अनावश्यक हल्लाहरुलाई परास्त गर्न र जनमानसमा रहेका भ्रमहरु चिर्न कमिटीले बिषेश योजनासहित काम अघि बढाउने छ,’ अध्यक्ष बस्नेतले भन्नुभयो, ‘कमिटी अब नेकपा एमालेविरुद्धका समाजमा छरिएका हुन् या सामाजिक सन्जालमा गरिएका किन नहुन्, अनावश्यक प्रायोजित हल्ला तथा भ्रमहरुलाई चिर्न डटेर लाग्नेछ, नेकपा एमालेको प्रतिरोधी दस्ता हुनेछ ।’
बैठकले आगामी निर्वाचनमा एमालेको एकल बहुमतको सरकार बनाउने अभियानलाई सफल बनाउनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नै रोलमोडल बनाउनु पर्ने ठहर गर्दै सिंगो पार्टी पंक्तिलाई यसतर्फ बिशेष ध्यानाकर्षण गरेको छ । ‘आफ्नै पार्टीको नेतालाई रोलमोडल बनायौं भने मात्रै मिशन ८४ सफल हुन्छ । केपी ओलीलाई रोलमोडल बनाएर सिंगो पार्टी पंक्ति मिशन ०८४ मा होमिनुपर्छ,’ महासंघका अध्यक्ष बस्नेतले भन्नुभयो ।
अध्यक्ष बस्नेतका अनुसार बैठकले संगठन बिस्तारको बिशेष योजना पनि पारित गरेको छ । जसअनुसार आगामी ३ बर्षभित्र डेढ लाख नयाँ सदस्यता बितरण गरिने छ । यस्तै बैठकले एक कमिटी एक खेलकुद गतिबिधि सञ्चालन र एक सदस्य दुई नयाँ सदस्य बितरण अभियान अघि बढाउने निर्णय गरेको छ ।
अव महासंघका हरेक कमिटीले एउटा खेलकुद कार्यक्रम सञ्चालन गर्ने र प्रत्येक सदस्यले दुई जना नयाँ सदस्य बनाउने निर्णय बैठकले गरेको हो,’ अध्यक्ष बस्नेतले भन्नुभयो ।
उहाँले केन्द्रीय कमिटीको बैठकको निर्णयअनुसार नेपाल खेलकुद महासंघ अब सशक्त रुपमा संगठन सुदृढीकरण, शुद्धिकरण तथा विस्तारमा लाग्ने जानकारी पनि दिनुभयो ।न्युजका्रखाना
काठमाडौं, ४ माघ ।
म्यानचेस्टर सिटी विश्वको सबैभन्दा मुल्यवान टिम बनेको छ ।
फुटबल बेन्चमार्कले सार्बजनिक गरेको युरोपियन फुटबल क्लबहरुको बार्षिक रिपोर्ट अनुसार म्यानचेस्टर सिटीको अहिलेको टिम विश्वको सबैभन्दा बढी मुल्यको रहेको हो ।
यस रिपोर्टमा २०२३ मा युरोपका टप पाँच लिगमा क्लबहरुले खेलाडी ट्रान्सफरमा १.१ बिलियन युरो खर्च गरेका छन् । म्यानचेस्टर सिटीको टिमको अहिलेको बजार मुल्य १४१४ मिलियन युरो रहेको छ । जुन अघिल्लो बर्षको भन्दा ९ प्रतिशतले बढी हो ।
त्यस्तै यस सूचीमा दोस्रो स्थानमा फ्रेन्च च्याम्पियन पिएसजी रहेको छ । पिएसजीको टिमको बजार मुल्य ११५२ मिलियन युरो गरेको छ, जुन अघिल्लो बर्षको तुलनामा १५ प्रतिशतले बढी हो ।
त्यसैगरी यस सूचीमा तेस्रो स्थानमा रियल म्याड्रिड रहेको छ । रियल म्याड्रिडको टिमको बजार मुल्य ११५२ मिलियन युरो रहेको छ, जुन अघिल्लो बर्षको तुलनामा २१ प्रतिशतले बढी हो ।
त्यसैगरी जर्मनी क्लब बायर्न म्युनिख यस सूचीमा चौथो स्थानमा रहेको छ । बायर्नको टिमको बजार मुल्य १०२३ मिलियन युरो रहेको छ । बायर्नको बजार मुल्य अघिल्लो बर्षको तुलनामा २ प्रतिशतले घटेको छ ।
त्यस्तै स्पेनिस क्लब बार्सिलोना यस सूचीमा पाँचौं स्थानमा रहेको छ । बार्सिलोनाको टिमको अहिलेको बजार मुल्य अघिल्लो बर्षको तुलनामा एक प्रतिशतले कम १००५ मिलियन युरो रहेको छ ।
यस सूचीमा प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड छैटौं स्थानमा छ र यसको टिमको बजार मुल्य ९६६ मिलियन युरो रहेको छ, जुन अघिल्लो बर्षको तुलनामा ११ प्रतिशतले बढी हो ।
त्यसैगरी यस सूचीमा इटालियन क्लब नापोली सातौं स्थानमा रहेको छ । नापोलीको टिमको बजार मुल्य ६८२ मिलियन युरो रहेको छ, जुन अघिल्लो बर्षको तुलनामा ९ प्रतिशतले बढी हो ।
त्यसैगरी यस सूचीमा आठौँ स्थानमा जर्मनी क्लब बोरुसिया डोर्टमण्ड रहेको छ । डोर्टमण्डको टिमको बजार मुल्य ६०९ मिलियन रहेको छ, जुन अघिल्लो बर्षको तुलनामा ३ प्रतिशत कम हो ।
त्यस्तै यस सूचीमा नवौं स्थानमा इटालियन क्लब युभेन्टस रहेको छ । युभेन्टसको अहिलेको टिमको बजार मुल्य ४६५ मिलियन युरो रहेको छ, जुन अघिल्लो बर्षको तुलनामा ११ प्रतिशतले कम हो ।
त्यस्तै यस सूचीमा दशौँ स्थानमा पोर्चुगलको क्लब बेनिफिका रहेको छ । बेनिफिकाको अहिलेको टिमको बजार मुल्य ४१७ मिलियन युरो रहेको छ जुन अघिल्लो बर्षको तुलनामा ११ प्रतिशतले बढी हो ।न्युजका्रखाना
काठमाडाैं, ५ माघ ।
देशका छुट्टछुट्टै स्थानबाट लागूऔषधसहित १० जना पक्राउ परेका छन् । ललितपुरकाे ललितपुर महानगरपालिका-४ धोबिघाटबाट अवैध लागूऔषध गाँजा १ किलोसहित सोही ठाउँ बस्ने ४२ वर्षिय कुमोद थापामगर समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग सानेपाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
झापाकाे बिर्तामोड नगरपालिका-३ पुण्डरी चोकबाट अवैध लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थ १ ग्राम २ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने १९ वर्षीय अबिनास कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
कञ्चनपुरकाे बेलौरी नगरपालिका-१० दिपाघाटबाट अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ करिब १ ग्राम ८ सय ८० मिलिग्रामसहित लालझाडी गाउँपालिका-५ बस्ने २१ वर्षिय प्रकाश महरा समेत २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भुडाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-७ देवरियाबाट अवैध लागूऔषध खैरो हेरोईनजस्तो देखिने पदार्थ ६ ग्राम ८ सय ७० मिलिग्रामसहित कञ्चनपुर पुनर्वास नगरपालिका-१ बस्ने अर्जुन रानासमेत ५ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।न्युजकारखाना
काठमाडौँ, माघ २ गते ।
काठमाडौँ । भारतको अयोध्यास्थित राम मन्दिरमा प्राण प्रतिष्ठा अनुष्ठान आजदेखि शुरु हुँदैछ । यो अनुष्ठान आगामी आइतबार माघ ७ गते (जनवरी २१) सम्म चल्नेछ ।
माघ ४ गते (जनवरी १८) मा गर्भगृहमा निर्धारित आसनमा रामललाको प्रतिमा स्थापित गरिने छ ।
पछिल्लो ७० वर्षदेखि पूजा भइरहेको वर्तमान प्रतिमा पनि नयाँ मन्दिरको गर्भगृहमा नै राखिने छ ।
श्रीराम जन्मभूमि मन्दिर ट्रष्टका महासचिव चम्पत रायले प्राण प्रतिष्ठा समारोहको बेहोरा सार्वजनिक गरेका छन् ।
उनका अनुसार आगामी माघ ८ गते जनवरी २२ तारिखमा न्यूनतम विधिको प्रयोग गरेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा स्थानीय समयअनुसार दिउँसो १२ः२० बजे प्राण प्रतिष्ठाका मुख्य अनुष्ठान आरम्भ हुनेछ ।
यो पूजा करिब ४० मिनेटसम्म चल्नेछ । यसपछि करिब ७५ मिनेट प्रधानमन्त्री मोदी, मुख्यमन्त्री योगी आदित्यनाथ, संघ प्रमुख मोहन भागवतले सो अवसरमा सम्बोधन गर्नेछन् ।
श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रष्टका अध्यक्ष महन्त नृत्यगोपाल दासले आशीर्वाद दिनेछन् ।
समारोहका लागि बिहान १०ः३० बजेसम्म राम जन्मभूमि परिसरमा प्रवेश गर्नुपर्नेछ । मन्दिर परिसरमा बस्नका लागि आठ हजार कुर्सी राखिने छन् ।
महोत्सवमा भारतका विभिन्न राज्यका २५ वाद्य यन्त्रबाट रामलाको अभिनन्दन गरिने छ ।
महासचिव रायका अनुसार प्राण प्रतिष्ठाको मुहूत्र्त काशीका वैदिक आचार्य गणेश्वर शास्त्री द्रविडले तय गरेका हुन् । वाराणसीका आचार्य लक्ष्मीकान्त दीक्षितको निर्देशनमा १२१ वैदिक आचार्य सम्पूर्ण कर्मकान्ड विभिन्न सम्पन्न गर्नेछन् ।
मूख्य पूजा नेपालका पंडित दुर्गाप्रसाद गौतमले गराउने छन् ।
नेपालका पुजारी गौतमले गराउँदै अयोध्याको श्रीराम मन्दिरको प्राण प्रतिष्ठा
महोत्सवमा १५० भन्दा बढी परम्पराका सन्त धर्माचार्य तथा ५० भन्दा बढी आदिवासी, गिरिवासी, तटवासी, द्वीपवासी तथा जनजातीयहरुको उपस्थिति हुनेछ ।
मन्दिर निर्माणमा जोडिएका ५०० भन्दा बढी इन्जिनियरको समूह पनि सामेल हुनेछ ।
माघ ८ गते (जनवरी २२) को प्राण प्रतिष्ठाका लागि ५० देशका ५३ जनालाई आमन्त्रित गरिएको जनाइएको छ ।
प्राण प्रतिष्ठामा अधिमास
प्राण प्रतिष्ठामा १२ अधिमास हुनेछ । जसमा माघ २ गते प्रायश्चित्त, कर्मकुटी पूजन हुनेछ ।
माघ ३ गते मूर्तिलाई परिसरमा प्रवेश गराइने छ । माघ ४ गते तीर्थपूजन एवं जलयात्रा, जलाधिवास तथा गन्धाधिवास गराइने छ ।
माघ ५ गते औषधाधिवास, केसारधिवास, घृताधिवास, पुष्पाधिवास गराइने छ ।
माघ ६ गते शर्कराधिवास, फलाधिवास तथा पुष्पाधिवास गराइने छ भने माघ ७ गते मध्याधिवास र सायंकाल शैथ्याधिवास गराइने छ ।
शनिबार र आइतबार श्रद्धालुले रामको दर्शन गर्न पाउने छैनन् । माघ ९ गते (जनवरी २३ तारिख) देखि सर्वसाधारणका लागि नयाँ मन्दिर खुला हुनेछ । स्रोत हाम्रा कुरा
काठमाडौँ, माघ २ गते
काठमाडौँ– प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज तीन खेल हुँदैछन् । जस अन्तर्गत कर्णाली र सुदूरपश्चिम प्रदेशबीचको खेल बिहान ९ बजे भैरहवाको सिद्धार्थनगर क्रिकेट मैदानमा हुनेछ ।
कर्णाली र सुदूरपश्चिम दुवैले आफ्नो पहिलो खेलमा जित हासिल गरेर आज दोस्रो खेल खेल्न लागेका हुन् । पहिलो खेलमा कर्णालीले गण्डकी र सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई हराएका थिए ।
यस्तै आज कोशी प्रदेश र नेपाल पुलिसबीच प्रतिस्पर्धा हुनेछ । खेल कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा बिहान सवा ९ बजे सुरु हुनेछ । कोशी प्रदेशले यसअघिका आफ्ना दुवै खेलमा हार बेहोरेको छ भने पुलिस क्लबले आफ्नो पहिलो खेल जितेको छ ।
यसैगरी आज बागमती प्रदेश र मधेश प्रदेशबीच पनि खेल हुँदैछ । खेल सवा ९ बजे मूलपानी क्रिकेट मैदानमा हुनेछ । बागमतीले आफ्ना यस अघिका दुवै खेलमा हार बेहोरेको छ भने मधेश प्रदेश दुईमध्ये एकमा जित र एकमा पराजित भएको छ ।
हालसम्म सम्पन्न खेलको नतिजाअनुसार एपिएफ क्लब अङ्क तालिकाको शीर्ष स्थानमा छ । एपिएफले आफ्ना दुवै खेल जितेर चार अङ्क जोडेको छ ।
यस्तै, त्रिभुवन आर्मी क्लब अङ्क तालिकाको दोस्रो स्थानमा, सुदूरपीश्चम प्रदेश तेस्रो, नेपाल पुलिस क्लब चौथो, कर्णाली प्रदेश पाँचौँ, मधेस प्रदेश छैठौँ र लुम्बिनी प्रदेश सातौँ स्थानमा रहेका छन् ।
दुई दुईवटा खेल खेलेका गण्डकी, बागमती र कोशी प्रदेश हालसम्म जितविहीन अवस्थामा छन् । स्रोत खबरहब
काठमाडौँ, माघ ०१ गते ।
अमेरिकाको लस भेगासमा आयोजित विश्वको सबैभन्दा ठुलो मध्येको एक प्रविधिसम्बन्धी मेला कन्जुमर इलेक्ट्रोनिक्स शो, २०२४ मा विश्वभरका ४ हजारभन्दा धेरै कम्पनीहरुले नयाँ नयाँ प्रविधि, उत्पादन तथा प्रोटोटाइपहरु पेस गरिरहेका छन् ।
जनवरी ९ देखि १२ सम्म चलेको यो प्रदर्शनीमा पहिलो २ दिन टेलिभिजन र विद्युतीय गाडीको प्रभुत्व रहेको थियो । पारदर्शी टेलिभिजनदेखि नयाँ प्रविधियुुक्त विद्युतीय गाडीका मोडेलहरु प्रदर्शनीमा सार्वजनिक गरियो । त्यसबाहेक अन्य विभिन्न रोचक प्रविधिहरु प्नि उक्त शो मा प्रस्तुत गरिएका छन्, जसमध्ये तीन वटा प्रविधि यस्ता छन् :
हावाबाट पानी बनाउने उपकरण
अमेरिकी कम्पनी जेनेसिस सिस्टम उक्त प्रदर्शनीमा मंगलबार वाटर क्यूब पेस गरेको छ । एउटा ठुलो माइक्रोवेब ओभन जस्तो देखिने यो उपकरणले हावाबाट पानी बनाउने काम गर्दछ ।
कम्पनीको दाबी अनुसार यो उपकरण पृथ्वीका दूरदराजका क्षेत्रहरुका पानीको संकट समाधानमा निकै महत्वपूर्ण सावित हुनेछ । यो मेसिनले २४ घण्टामा ४५० लिटर पानी उत्पादन गर्ने दाबी गरिएको छ । यद्यपि यो मेसिनले ४० प्रतिशतभन्दा अधिक आद्रता तथा १५ डिग्री सेल्सियस भन्दा माथिको तापक्रममा मात्र राम्रोसँग काम गर्ने बताइएको छ ।
घाँटी चिस्याउने पंखा
मोबाइलको कभर बनाउने चर्चित कम्पनी टोरसले कूलिफाई नामको व्यक्तिगत घाँटी पंखा सार्वजनिक गरेको छ ।
संगीतका पारखी तथा घुमफिरका शौखिन मानिसहरुका लागि यो निकै काम लाग्नसक्छ । नेकफोनजस्तै गर्धनमा भिर्ने यो उपकरणबाट गीत बजाउन मिल्नुका साथै पंखाको चिसो हावा पनि प्राप्त हुन्छ । टोरसका अनुसार यसमा रहेका स-साना धेरै ब्लोअरबाट तिव्रगतिमा हावा निस्किन्छ ।
एक्स पेंगको उड्ने कार
चिनियाँ कार निर्माता कम्पनी एक्सपेंगले एयरोएचटी नामको उड्ने कार पेस गरेको छ ।
सन् २०२५ बाट यो कारको व्यवसायिक उत्पादन सुरु हुनेछ । यसका लागि कम्पनीले तेश्रो त्रैमासिकबाट अर्डर सुरु गर्नेछ ।
स्रोत आनलाइन
काठमाडौँ, माघ ०१ गते ।
काठमाडौँ । नेपाल बैंक लिमिटेडको ६४ औँ वार्षिक साधारण सभा आइतबार सञ्चालक समितिका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीको सम्पन्न भएको छ ।
सभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहितको २०८० आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्ष २०७९/८० को नाफा/नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू पारित गरिएको हो ।
त्यसैगरी, सभाले महालेखापरीक्षकको कार्यालयबाट पुस २९ गते प्राप्त परामर्श बमोजिम आर्थिक वर्ष २०८०/८१ को लेखा परीक्षण गर्न तीन जना चाटर्ड एकाउन्टेन्टहरू प्रदीप कुमार श्रेष्ठ, मधुवीर पाण्डे र सृष्टि कोइरालालाई लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ । स्रोत रातो पाटी
राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिकमा पुष्पहार अर्पण गरी सम्मान व्यक्त गर्नुभएको छ ।
उहाँले आज बिहान सिंहदरबार पश्चिम मूलद्वारस्थित राष्ट्रनिर्माताको सालिकमा पुष्पहार अर्पण गरी सम्मान व्यक्त गर्नुभएको हो । सो अवसरमा नेपाली सेनाको एक टुकुडीले सम्मान गारत अर्पण गरेको थियो भने समाजका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरुले समेत राष्ट्रनिर्माता शाहको सालिकमा माल्यार्पण गर्नुभएको थियो ।
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको आज ३०२औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पु¥याउनुभएको योगदानको स्मरण गर्दै देशभर कार्यक्रम आयोजना हुँदैछन् ।
तत्कालीन गोरखाका राजा शाहले विभिन्न सामाजिक, आर्थिक र भौगोलिक चुनौतीबीच जनताको उत्साहजनक सहयोग र सहभागितामा छरिएर रहेका बाइसे, चौबिसे राज्यलाई एकीकृत गरी आधुनिक नेपालको निर्माण गर्नुभएको थियो ।
उक्त अभियानले राष्ट्रिय स्वाधीनता र सार्वभौममिकतालाई अक्षुण्ण राख्ने आधार तयार गरेका कारण विश्वका पुराना स्वतन्त्र राष्ट्रमध्ये नेपाल एक रहन पुगेको हो ।(रासस)
नेपालको संविधान २०७२ ले नेपाल, विविधायुक्त बहुजाति, बहुभाषिक, सांस्कृतिक र बहुधार्मिक देश हो भनेर परिभाषित गरेको छ । संविधानको यही मर्मअनुसार नेपालमा विभिन्न जातजातिको भाषा, संस्कृतिको संरक्षण विकास र उन्नयनमा काम हुँदै आएको छ । संविधानको मर्म र भावनालाई आमसात् गर्ने र त्यसलाई कार्यान्वयन गर्ने दायित्व राज्यका निकायहरुको हो । त्यसैले राष्ट्रिय समाचार समिति (रासस)ले पनि समावेशी चरित्र भएको नेपाली समाजलाई स्वीकार गर्नुपर्ने नैतिक दायित्व रहेको छ । यही कारण रासस स्थापना भएको ६३ वर्ष नयाँ सेवाका रुपमा मातृभाषाको समाचार सेवालाई शुभारम्भ गरेको छ । मातृभाषाको समाचार सेवामा राससले पहिलोपटक अवधी भाषालाई समेटेको छ ।
विसं २०१८ फागुन ७ गते स्थापना भएको रासस ६३औँ स्थापना दिवस मनाउने सँघारमा छ । देशमा पञ्चायती व्यवस्थाको अन्त्यपछि २०४६ को जनआन्दोलनबाट पुनःस्थापित प्रजातान्त्रिक व्यवस्थामा राससले थप उन्नति र विकास गर्ने अवसर पाएको हो । विसं २०६२÷६३ को ऐतिहासिक जनआन्दोलन, १० वर्षको सशस्त्र द्वन्द्वपछि भएको बृहत् शान्ति सम्झौताले नेपालमा एउटा नयाँ राजनीतिक परिवर्तन ल्यायो । नेपालको अन्तरिम संविधान, २०६३ जारी भयो । यही संविधानकै जगमा उभिएर नेपालमा पहिलो संविधानसभाको निर्वाचन भयो भने नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा लैजाने आधारशिला तयार गरेको हो । यही व्यवस्थाअनुसार राससले हालसम्म निरन्तर समाचार सेवा सञ्चालन गर्दै आएको छ ।
प्रारम्भमा राससले नेपाली भाषाबाट समाचार सेवा सुरुआत गरेको हो । सेवालाई विविधीकरण गर्ने क्रममा २०२० फागुन १८ देखि अङ्ग्रेजीमा समाचार बुलेटिन प्रकाशन गर्न थाल्यो । यसबीचमा अन्तर्राष्ट्रिय समाचार, आलेख, तस्बिर, अडियो, भिडियो सेवा सञ्चालन गरे पनि यी सबै नेपाली र अङ्ग्रेजी भाषामा मात्रै थियो । राज्यद्वारा सञ्चालन भएका गोरखापत्र, रेडियो नेपाल र नेपाल टेलिभिजनले धेरै वर्ष अगाडिदेखि नेपाली, अङ्ग्रेजी भाषासँगै मातृभाषामा समाचार प्रकाशन÷प्रसारण र विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छन् । तर राससले नेपाली र अङ्ग्रेजी भाषाबाहेक अन्य भाषामा समाचार सेवा सञ्चालन गर्न नसकेको तीतो यथार्थ रहेको छ । यही तथ्यलाई मध्यनजर गर्दै राससको वर्तमान व्यवस्थापनले मातृभाषाका समाचार सेवा सञ्चालन गर्ने निर्णय ग¥यो । यही निर्णयलाई कार्यान्वयन गर्न पटकपटक सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका मन्त्री, सचिव, सहसचिवहरुसँग औपचारिक र अनौपचारिक छलफल भएका छन् । आर्थिक र नैतिक सहयोगको अपेक्षासहित भएका ती छलफलमा मन्त्रालयबाट सहयोग हुने प्रतिबद्धता प्राप्त भएको छ र आवश्यक प्रक्रिया अगाडि बढेको छ ।
मन्त्रालयबाट आउने सहयोग प्रक्रियगत कारणले केही ढिलो हुने अवस्था भएपछि रासस व्यवस्थापनले मातृभाषाका समाचार सेवा सञ्चालनका लागि थप स्रोत पहिचान गरी प्रदेश सरकार र स्थानीय सरकारसँग छलफल अगाडि बढायो । यही सिलसिलामा सबैभन्दा पहिले नेपालगञ्ज उपमहानगरपालिकाले सहकार्य गर्न अग्रसरता देखायो । आवश्यक प्रक्रिया पूरा गरी यही पुस ८ गते अवधी भाषाको समाचार सेवा सञ्चालन गर्न रासस र नेपालगञ्ज उपमहानगरपालिकाबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो । यही सहमतिअनुसार मातृभाषा समाचार सेवा शुभारम्भ भएको छ । यो कार्यले राससमा एउटा नयाँ इतिहास लेखिएको छ । यो अवसर दिनुहुने नेपालगञ्ज उपमहानगरपालिका परिवारलाई अवधी भाषिक समुदायले सधैँ स्मरण गर्नेछन् । भाषिक समुदायप्रति जिम्मेवार बनेको उपमहानगरपालिका परिवार साँच्चिकै धन्यवादयोग्य छ ।
राससले मातृभाषामा आफ्नो सेवा विस्तार गर्दा संविधानमा भएको सङ्घीयता र समावेशीको मर्मलाई समेत आत्मसात् गरेको ठहरिन्छ । अब अन्य मातृभाषाको समाचार सेवाका लागि वीरगञ्ज महानगरपालिका, काठमाडौँ महानगरपालिका, मधेस प्रदेश र बागमती प्रदेश सरकारसँग छलफल अगाडि बढेको छ । यसै आर्थिक वर्षभित्र केही थप भाषामा समाचार सेवा दिने सम्भावना रहेको छ । यसले राससको इतिहासमा थप इँटा थपिने छ ।
राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा एक सय ४२ जातजाति, एक सय २४ मातृभाषा र १० धर्म रहेका छन् । यी मातृभाषामध्ये एक प्रतिशतभन्दा बढीले बोल्ने भाषा १३ वटा रहेका छन् । मध्यपश्चिम तराईमा बोलिने अवधी भाषा २.९६ प्रतिशत जनसङ्ख्याले बोल्ने गरेको तथ्याङ्क राष्ट्रिय जनगणना २०७८ मा उल्लेख छ । यी तथ्यले नेपाल अल्पसङ्ख्यक समुदायको देश हो भन्ने बुझ्न सकिन्छ । त्यसकारण सबै जाति, समुदाय, भाषाको उन्नति, विकास र संरक्षण गर्ने दायित्व राज्यको हो ।
मातृभाषामा गरिने पत्रकारिता वा सञ्चार कर्म नै मातृभाषा पत्रकारिता हो । नेपालमा राज्यद्वारा सञ्चालित सरकारी तथा निजी क्षेत्रबाट सञ्चालित मिडियाले मातृभाषाको पत्रकारिता गरिरहेका छन् । मातृभाषाको विकास र जगेर्न गर्न यिनै मिडियामा काम गर्ने पत्रकार । सञ्चारकर्मीको प्रयास प्रशंसायोग्य रहेको छ । देशभरि खुलेका अधिकांश रेडियो र टेलिभिजनले मातृभाषामा समाचार र कार्यक्रमहरु सञ्चालन गरिरहेका छन् । मातृभाषामा पत्रपत्रिकाहरु समेत प्रकाशित भइरहेका छन् । ती मिडियालाई समाचार सामग्रीको अभाव भएको हामीले प्रत्यक्ष देखेका छौँ र अनुभूति गरेका छौँ । त्यस्ता मिडिया सञ्चालन गर्न र नेपालमा मातृभाषाको पत्रकारितालाई टेवा दिन राससको मातृभाषाको समाचार सेवाले सहयोग पुग्ने अपेक्षा गरेका छौँ ।
राससले मातृभाषामा समाचार सम्प्रेषण गरेपछि सम्बद्ध भाषामा प्रकाशन हुने पत्रिका, रेडियो, टेलिभिजन, अनलाइन र अन्य समाचार संस्थालाई सहयोग पुग्न सक्नेछ । मातृभाषामा समाचार सेवा सञ्चालन गरेपछि जनताको तहसम्म सूचना प्रवाहलाई प्रभावकारी बनाउन सकिनेछ । समाचार सेवाले सम्बद्ध भाषाको संरक्षण र विकासमा प्रभावकारी भूमिका निर्वाह गर्नेछ ।
नेपालमा पछिल्लो दिनमा मातृभाषामा सञ्चालन हुने सञ्चारमाध्यमले जनशक्ति र आर्थिक स्रोतको अभावमा सम्बद्ध भाषामा आवश्यक कन्टेन्ट (प्रकाशन–प्रसारण सामग्री) प्राप्त गर्न नसक्दा ठूलो समस्या भोगिरहेका छन् । फलतः ती सञ्चारमाध्यम कि त अत्यन्त समस्यामा छन् र बन्द हुने अवस्थामा छन् कि त बन्द भइसकेका छन् । राससले सम्बद्ध भाषामै सामग्री उपलब्ध गराउन सकेका खण्डमा सम्बन्धत भाषी सञ्चारमाध्यमले भोग्ने यस्ता समस्यालाई केही हदसम्म अन्त्य गर्न सहयोग पुग्नेछ । राससले मातृभाषामा आफ्नो सेवा विस्तार गर्दा संविधानको सङ्घीयता र समावेशीको मर्मलाई समेत आत्मसात् गरेको ठहरिन्छ । सङ्घीयता र समावेशिता कार्यान्वयन गर्नु राज्यको दायित्व हो । त्यसैले र राससले प्रारम्भ गरेको मातृभाषा समाचार सेवालाई राज्य सञ्चालन गरिरहेको सरकारकै कार्यक्रमका रुपमा लिइनुपर्छ ।
आज नयाँ प्रविधिले पत्रकारिता गरिरहेका पत्रकार र संस्थालाई चुनौती दिइरहेको अवस्था छ । पत्रकारिता नयाँ स्वरुपमा अगाडि बढिरहेको २१औँ शताब्दीमा राससले पनि नवीनतम् सोचका साथ काम गर्नुपर्ने बाध्यात्मक परिस्थिति रहेको छ । विश्वस्तरीय समाचार एजेन्सीका रुपमा विकसित गरी विश्वका अन्य समाचार एजेन्सीसँगको प्रतिस्पर्धाका लागि तयार रहनु राससका लागि अपरिहार्य छ । त्यसैले राससलाई यथास्थितिबाट अगाडि बढाउनुको विकल्प छैन । राससलाई अगाडि बढाउने कार्यमा मातृभाषाको समाचार सेवाले नयाँ आयम थपेको छभन्दा फरक पर्दैन ।
राससले मातृभाषामा समाचार सेवा प्रारम्भ गर्नुको देशको जातीय र भाषिक विविधतासँगै मिडिया बहुलवादबाट स्वीकारसमेत गरेको छ । मिडियाको विषय र सन्दर्भ मात्रै विविधता छ भन्ने बुझाइलाई फराकिलो बनाउने क्रममा अब मिडियाको भाषामा पनि विविधता छ भनेर हामीले स्वीकार गरेका हौँ । राससको यो सानो कार्यले भाषा नबुझ्ने भाषिक समुदायलाई आफ्नै सूचना प्राप्त गर्ने अधिकारको सुनिश्चित पनि गरेको हो । यस्तै जनताले आफ्नै भाषामा सूचना प्राप्त गरी विचार निर्माण गर्न पाउने र अभिव्यक्ति गर्ने अवसरका रुपमा पनि यस सेवालाई लिन सकिन्छ ।
मातृभाषामा समाचार सेवा सञ्चालन गर्दा सूचना प्रवाहलाई प्रभावकारी बनाउन सकिने र भाषाको संरक्षण र विकासमा प्रभावकारी भूमिका रहनेछ । मातृभाषामा सञ्चालित सञ्चारमाध्यम समाचार सामग्रीको अभावमा सङ्कटग्रस्त बन्न पुगेका बेला राससद्वारा सञ्चालित मातृभाषाका समाचार सेवाबाट त्यस्ता सञ्चारमाध्यम लाभान्वित हुने विश्वास छ । मातृभाषाको संवद्र्धन, संरक्षण र विकासमा पनि राससको उक्त सेवाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने नै छ । सबै प्रदेशको एउटा भाषाको प्रतिनिधित्व हुने गरी मातृभाषाको समाचार सेवा सञ्चालन गर्ने योजनामा रासस अगाडि बढेको छ । यसमा सङ्घीय, प्रदेश र स्थानीय सरकारको सहयोग हुनेछ भन्ने अपेक्षा गरेका छौँ । (लेखक राससका महाप्रबन्धक हुनुहुन्छ)रासस
काठमाडौं २५ पुस ।
दूर दराजका गरिब विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा पुर्याउँदै आएका काठमाडौँ मेडिकल कलेज (केएमसी)का सञ्चालक डाक्टर सुनिलकुमार शर्माले शिक्षामन्त्री अशोक कुमार राईले पदको दुरुपयोग गरेको भन्दै कानुनी उपचारको बाटो खोजी गर्ने बताएका छन् ।
आवासीय चिकित्सक डा.विशद दाहाललाई कलेजको नियम विपरित कार्य गरेकोमा निलम्बन गरेको विषयमा शिक्षामन्त्री राईले निलम्बन फुकुवा गर्न पत्राचार गरेकोमा पदको दुरुपयोग गरेको भन्दै डा.शर्माले कानुनी उपचारमा जाने बताएका हुन् । ‘आचरण विपरित कार्य गरेका एक जना विद्यार्थीलाई एक महिना निलम्बन गरेको विषयमा मन्त्रीजस्तो व्यक्तिले निलम्बन फुकुवा गर्न पत्र काट्नु गर्नु हास्यास्पद र लज्जास्पद विषय हो ।
शिक्षामन्त्रीको पत्रले हामीलाई कुनै फरक पर्दैन ।’ मन्त्री राईको निर्देशनात्मक पत्र विरुद्ध आफूहरू अदालत जाने भन्दै डा.शर्माले भने,‘एउटा विद्यार्थीले आचरण विपरित कार्य गर्दा त्यसलाई बचाउन र संरक्षण गर्न शिक्षामन्त्री आफैं सक्रिय हुन्छन् भने त्योभन्दा लज्जास्पद र हास्यास्पद के हुन सक्छ ।’ शिक्षामन्त्री राईले मंगलबार निलम्बित विद्यार्थी डा. दाहालको निलम्बन फुकुवा गर्न भन्दै निर्देशनात्मक पत्र पठाउँदा २ दिनअघि सोमबार शिक्षा मन्त्रालयमै विवाद समाधानका लागि सकारात्मक वार्ता भएको थियो ।
उक्त वार्तापछि समाधानको वातावरण बनिरहेको अवस्थामा शिक्षामन्त्रीले पत्र काट्दा वातावरण विग्रिएको डा. शर्माको भनाई छ । डा. शर्माले विद्यार्थीलाई सुध्रिनका लागि एक महिना मात्र कारवाही गरिएको भन्दै एक महिना पछि पनि विद्यार्थी नसुध्रिए विश्व विद्यालयलाई विद्यार्थी फिर्ता पठाइने बताए । ‘कुनै विद्यार्थीले गल्ती गर्छ, कलेजको नियम मान्दिन भन्छ भने कारवाही गर्ने अधिकार हुन्छ । विद्यार्थीलाई एक महिनाको लागि मात्र निलम्बन गरिएको हो ।
एक महिनाभित्र पनि विद्यार्थी नसुध्रिए काठमाडौं विश्वविद्यालयलाई विद्यार्थी फिर्ता लैजान भन्छौं ।’ कलेजले विद्यार्थीलाई गल्ती स्वीकारेर सच्चिएर आउन भन्दा उल्टै २२ सय विद्यार्थीको पठनपाठनमा असर गर्ने गरी वातावरण बिथोलिरहेको जिकिर गर्दै डा. शर्माले भने । डा. शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूको दबाबमा शिक्षामन्त्रीले पत्र काटेको जिकिर गर्दै दूर दराजमा रहेकालाई स्वास्थ्य सेवा नदिने रणनीति अनुसार केएमसीलाई बदनाम गर्न खोजिएको जिकिर गरे । ‘यो दूर दराजका गरिब जनतालाई सेवा नगर्नु भनिएको हो ।
डा.गोविन्द केसीले शिक्षामन्त्रीको राजीनामा माग्लान् भनेर डराएर मन्त्रीज्यूले पत्र काटेको होला । त्यसले हामीलाई केही फरक पर्दैन ।’ रास्वपा सांसद डा.तोसिमा कार्की सहित निलम्बित विद्यार्थी समेत गोविन्द केसीको कार्यकर्ता भएको भन्दै उनले नेपालका मेडिकल कलेज, नर्सिङ कलेजहरू बन्द गराउन उनीहरु सदन र सडकमै सक्रिय रहेको बताए । कलेजले देशका विभिन्न क्षेत्रमा सञ्चालन गर्दै आइरहेको निःशुल्क स्वास्थ्य शिविरको निलम्बित आवासीय चिकित्सक डा.दाहालले चर्को विरोध गर्दै आएका थिए ।
विगत तीन वर्षदेखि केएमसीका आवासीय चिकित्सकसहित विशेषज्ञ चिकित्सकहरू समेतले निःशुल्क स्वास्थ्य शिविर मार्फत सर्वसाधारणलाई स्वास्थ्य सेवा दिइरहेकोमा डा.दाहालले मात्र विरोध गर्दै आइरहेका हुन् । सामाजिक उत्तरदायित्व अन्तरगत केएमसीले सञ्चालन गर्दै आइरहेको निःशुल्क स्वास्थ्य शिविरले शहरदेखि दूरदराजका गरिब, विपन्न तथा स्वास्थ्यको पहुँचबाट बञ्चित नागरिक लाभान्वित भइरहेका छन् ।
डा.दाहालले उक्त शिविरको विरोध गर्दै कलेजभित्रको स्वास्थ्य सेवा र शैक्षिक वातावरण बिथोल्न थालेपछि केएमसीले एक महिना निलम्बनको कारवाही गरेको थियो । केएमसीले निलम्बन गरेपछि आवासीय चिकित्सक डा.दाहालले कलेज तथा अस्पतालको वातावरण बिथोल्न दैनिक रुपमा आन्दोलन गर्दै आइरहेका छन् ।
सिनामंगल स्थित अस्पताल परिसरमा सेवाग्राही र बिरामीलाई नै डिस्टर्ब हुनेगरि कलेज बाहिरका असान्दर्भिक व्यक्तिहरू समेतलाई सहभागी गराएर दिनहुँ नाराबाजी गर्न थालेपछि उनलाई केएमसीमा प्रवेश गर्न रोकिएको कलेजको भनाई छ ।