<
राकेश दास,
रौतहट, माघ १६ गते २०८१ ।
रौतहटमा भन्सार छली गरी ल्याउँदै गरेकोे समानहरु सहित मोटरसाईकल बरामद गरिएको छ ।
सोमवारको दिन दिउँसोकाे समयमा जिल्ला प्रहरी कार्यालय रौतहट कार्यालय मातहत प्रहरी चौकी बंकुलबाट खटिएको प्रहरी गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा जिल्ला रौतहट बौधीमाई नगरपालिका वडा नम्बर ७ अरुवाखोला स्थित पुग्दा बा. ९० प. ४८ नम्बरको मोटरसाईकलमा
हार्डवेयरको सामानहरु लोड गरी ल्याउँदै गरेको अन्दाजि मुल्य रु. दुई लाख बाईस हजार रुपैया बराबरको हार्डवेयरको सामानहरु फेला परेको जिल्ला प्रहरी कार्यालय प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दिपक कुमार रायले बताएका हुन् ।
सो सामानहरु अंन्दाजि मुल्य रु.पचहत्तर हजार बरावरको मोटरसाईकल. १ थान गरि जम्मा अन्दाजि मुल्य रु. दुई लाख सन्तानब्बे हजार रुपैया बरावरको हार्डवेयरको सामानहरु र मोटरसाईकल थान १ समेतलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाईएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
1
+1