<
राकेश दास, रौतहट, माघ १४ गते २०८१ ।
रौतहटमा भन्सार छली गरी ल्याउँदै गरेको सर–समानहरु बरामद गरिएकाे छ ।
शनिवारका दिन जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहत समेतबाट खटिएको प्रहरी गस्ती टोलीले जिल्लाकाे बिभिन्न स्थान स्थित मासवारी साधनहरुलाई रोकी चेकजाँच गर्ने क्रममा डिएल ४ एसएनडि ७७८० र बिआर ०५ आई ५६७७ नम्बरको मोटरसाईकलमा भारतबाट अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउँदै गरेको सामानहरू बरामद गरेको छ ।
अन्दाजी मूल्य सतहत्तर हजार चालिस रुपैया बराबरको पेन्ट, कपडा, ग्रिज, ऐयरफोन, सेल्फी स्टिक र स्मार्ट वाच फेला परेको प्रहरीले जनाएकाे छ ।
उक्त सर–सामानहरु र अनदाजि मूल्य रु.९० हजार बरावरको २ वटा मोटरसाईकल र चालक शुभम पटेल गरि जम्मा अन्दाजि मुल्य रु. १ लाख सडसट्ठीहजार चालिस रुपैया बरावरको पेन्ट, कपडा, ग्रिज, ऐयरफोन, सेल्फी स्टिक र स्मार्ट वाच, मोटरसाईकल थान–२ र मानिस १ जना सहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दिपक कुमार रायले बताएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
1
+1
+1