आरके श्रीवास्तव,रौतहट, १२ गते माघ २०८१ ।
लाेकतन्त्रमा स्वतन्त्र पत्रकारकाे भूमिका भन्ने मूल मर्मका साथ गठन भएको श्रमजीवी पत्रकार संघ नेपालकाे आज राैतहट कार्यसमिति गठन भएको छ । संघकाे प्रथम जिल्ला अधिवेशन बाट समिति चयन गरिएको हाे ।
अधिवेशनका लागि कर्मचारी मिलन केन्द्र गाैरमा जिल्लाका पत्रकारहरू जम्मा भएका थिए । पत्रकार सन्तोष पौडेलको अध्यक्षयतामा १५ सदस्यीय श्रमजीवी पत्रकार संघ नेपालकाे रौतहट शाखाकाे नयाँ कार्यसमिति गठन भएकाे हाे ।
शनिबार भएको अधिवेशनमा मधेस प्रदेश सभा सदस्य शोभा देवी साहको प्रमुख आतिथ्यतामा कार्यसमिति घोषणा गरिएकाे हाे ।
समितिकाे उपाध्यक्षमा राकेश यादव,महिला उपाध्यक्षमा पुजा जयसवाल ,सचिवमा अभिमनु पटेल ,सहसचिवमा मो. मोजिबुल्ला रहेका छन् ।
त्यस्तै समावेशी सहसचिवमा सोनु महतो र कोषाध्यक्षमा जितेन्द्र दास चयन भएका छन् ।
त्यसैगरी सदस्यमा राधेश्याम साह ,दिलिप पान्डे ,सत्येन्द्र प्रताप सिंह ,अरमान उपाधाय,दिवेन्द्र साह र रौशन साह रहेका छन् ।
समितिकाे सल्लाहकारमा नेपाल पत्रकार महासंघ राैतहट शाखाका पूर्व अध्यक्ष रविन्द्र साह,मोहम्द तन्बिर आलम, दिपक श्रीवास्तव,त्रिभुवन ओझा,शेख समिउल्ला,विश्वनाथ राम,समीर आलम,रमेश सिंह,सुमित यादव,मोहमद अफताब हास्मी ,प्रवीण कुमार सिंह,मो. ओजिर आलम,अरबिन्द कुमार यादव,चन्दन कुमार महतो चयन भएका हुन।
कार्यक्रममा प्रमुख अतिथिले साहले कार्यक्रमलाई सम्बोधन गर्दै सत्यतथ्य जनसमक्ष ल्याउन,जनताको सवाल उठाउन र अधिकारको पक्षमा खडा हुन पत्रकारहरूकाे भूमिका अतुलनीय रहेकाे भन्दै आफनाे कर्तव्य बाट नडगमगाई काम गर्न अनुराेध गरेकी हुन् ।
कार्यक्रममा सम्बाेधन गर्दै विशिष्ट अतिथि श्रमजीवी पत्रकार संघ नेपालका केन्द्रिय अध्यक्ष जन्मदेव जैसीले श्रमजीवी पत्रकारको हकहित र अधिकारका लागि बृहत् सञ्चार आन्दोलन गर्ने बताएका छन् ।
सबै सञ्चारगृहमा कार्यरत पत्रकार, कर्मचारी र कामदारका हातमा अनिवार्यरुपमा नियुक्तिपत्र, नियमित न्यूनतम पारिश्रमिक र श्रमजीवी पत्रकार ऐन पूर्ण कार्यान्वयनका लागि निर्णायक आन्दोलन गर्ने बताए । यसका लागि केन्द्र,प्रदेश र जिल्ला सबै शाखाका नेतृत्वले आ-आफ्ना स्थानबाट दबाब अभियानको नेतृत्व गर्ने उनकाे भनाइ छ ।
अधिवेशनमा नेपाली काङ्ग्रेस रौतहटबाट चिरञ्जीवी प्रताप सिंह ,नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष रविन्द्र साह,प्रेस मञ्चका रौतहट अध्यक्ष किशोरी यादव लगायत विभिन्न मिडियाका संचालक,पत्रकार,सम्पादकहरुको उपस्थिति रहेको थियोे ।