<
राकेश दास,राैतहट,माघ ११ गते २०८१ ।
रौतहटमा भन्सार छली गरी ल्याउँदै गरेको कपडा सहित मानिस पक्राउ परेको छ ।
माघ ०७ गते साेमबार दिउँसोको समयमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी चेकिङ टोलीले जिल्ला रौतहट गौर नगरपालिका वडा नम्बर ५ स्थित बिआर ०७ एएन ५१९२ नम्बरको मोटरसाईकललाई रोकी चेकजाँच गर्दा सो मोटरसाईकलमा अबैध रुपमा भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याउँदै गरेको कपडा फेला परेको प्रहरीले जनाएकाे छ ।
बरामद भएको सामानकाे मूल्य ३० हजार बराबरको कपडा फेला परेको जिल्ला प्रहरी कार्यालय प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दिपक कुमार रायले बताएका हुन् ।
सो कपडा र अन्दाजी मुल्य रु.एक लाख बरावरको बिआर ०७ एएन ५१९२ नम्बरको सो मोटरसाईकल जम्मा गरि अन्दाजी मुल्य रु.एक लाख तिस हजार बरावरको कपडा, मोटरसाईकल र मोटरसाईकल चालक जिल्ला रौतहट गरुडा नगरपालिका वडा नम्बर ६ बस्ने ईनुस मिया दर्जीको छोरा अन्दाजी ३४ बर्ष को अरुण मिया दर्जी सहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाईएको प्रहरीले जनाएकाे हाे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
1
+1
1
+1