<
चन्दन यादव, रौतहट, १० गते माघ २०८१ ।
रौतहटमा भन्सार छली गरी ल्याउँदै गरेको समानहरु प्रहरीले बरामद गरेको छ । गत माघ ७ गते बेलुका ईलाका प्रहरी कार्यालय राजपुर रौतहटबाट खटिएको प्रहरी चेकिङको क्रममा उक्त सर समानहरु बरामद भएको प्रहरीले बताएको हाे ।
जिल्लाको ईशनाथ नगरपालिका वडा नम्बर ८ मन्सरी टोल स्थित विभिन्न सवारी साधनलाई रोकी चेकजाँच गर्ने क्रममा बिआर ०६ बिभि ९४१३ र बिआर ३० बि ७८५६ नम्बरको मोटरसाईकलमा अबैध रुपमा भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याउँदै गरेको उक्त सर समानहरु प्रहरी द्वारा नियन्त्रणमा लिइएको थियाे ।
बरामद भएको समानहरुको अन्दाजी मुल्य रु. चार हजार आठ सय बराबरको रहेको प्रहरीले जनाएकाे हाे । त्यस मध्ये मल ६ बोरा प्रहरीले फेला पारेकाे छ । नियन्त्रणमा लिएको उक्त दुई वटा मोटरसाईकिलको अन्दाजी मुल्य रु.१ लाख ५० हजार बरावरको रहेको प्रवक्ता तथा सूचना अधिकारी र प्रहरी नायव उपरीक्षक दिपक कुमार रायले बताएका हुन् ।
प्रवक्ता रायले दिएको जानकारी अनुसार दुई वटा मोटरसाईकल र ६ बोरा मलको जम्मा अन्दाजी मुल्य रु. १ लाख ५४ हजार ८ सय बरारको रहेको उनले बताए । नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाईएको प्रहरीले जनाएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1