<

आरके श्रीवास्तव,राैतहट,०५ गते माघ २०८१ । 

माघ ५ गते बलिदानी दिवस । मधेसभरी विभिन्न कार्यक्रम गरि मनाउने क्रममा राैतहटमा पनि आज बलिदानी दिवस मनाइएको छ । जिल्लाकाे फतुवा विजयपुर नगरपालिकाकाे वडा नम्बर ११ सहिद चाैक भैंसही बजारमा बलिदानी दिवसकाे अवसरमा श्रद्धाञ्जली अर्पण एवम् दिप प्रज्जवलन गरि मनाइएको हाे ।

बलिदानी  दिवसका अवसरमा जनता समाजवादी पार्टी नेपालकाे वडा कमिटीकाे आयाेजनामा मधेश आन्दोलनका सहिदहरूलाई सम्झना स्वरूप साँझ सहिद चाैक भैंसहीमा दीप प्रज्जवलन कार्यक्रम गरेको छ । सहादत प्राप्त गरेका सहिदहरूकाे सम्मानमा एक मिनट माैन धारण पनि गरिएको थियोे ।

दीप प्रज्जलन कार्यक्रमलाई सम्बाेधन गर्दै जसपा नेपालका मधेस प्रदेश कमिटी सदस्य एवम् यूवा नेता विजय चाैधरीले मधेश आन्दोलनको बलमा मुलुकले संघीयता पाएकोले मधेसमै मात्र मनाउँदै आएको बलिदानी दिवस देशैभरी मनाउनु पर्नेमा जाेड दिएका थिए ।

oplus_0

उनले बलिदानी दिवसकाे अवसरमा सरकारले सार्वजनिक विदा दिनुपर्ने माग समेत गरेका थिए । उनले भने- सहिदहरूकाे देन हाे कि हामीले सरकारकी हरेक संयन्त्रमा मधेसीले सहभागीता पाएका छन् । मधेसी काेटा बाट सरकारी जागिरमा प्रवेशकाे अवसर पाएका छन् । यसलाई हामीले बिर्सनु हुँदैन ।

मधेस आन्दोलनका प्रथम सहिद रमेश महताे लगायतका सहिदहरूकाे समझनामा आजकाे दिन हामीले बलिदान दिवस मनाउँदै आएकाे स्मरण गराएका थिए ।

देशमा बसेकाे हिमाल देखि लिएर पहाड सम्मका नागरिकहरूले बलिदानी दिवसकाे बारेमा थाहा पाउनुपर्ने जरुरी छ । याे मधेसमा मात्रै किन? सरकारले यसमा राष्ट्रिय विदा दिनु पर्छ कि पर्दैन भन्दै प्रश्न समेत गरे ?

सहिदहरूकै बलिदानीले नै आज हामीले अहिले अधिकार पाएका छाैं । र बाँकी अधिकार प्राप्तिका लागि हामीले लडिनै रहेका छाैं ।

जसपाका नेता सिताराम चाैधरीकाे अध्यक्षतामा साे कार्यक्रम सम्पन्न भएको थियोे । जसमा जसपा नेपालका नेता कार्यकर्ताहरू ब्रहमनारायण चाैधरी, प्रभुनारायण चाैधरी, भूपेन्द्र चाैधरी,पूर्व जिल्ला कमिटि सदस्य साेहन लामा, पूर्व संघिय  परिषद् सदस्य मिना रखाल लगायतका नेता कार्यकर्ताहरूकाे सहभागीता रहेको थियोे । साे अवसरमा स्थानीय भद्रभलादमी, सुरक्षाकर्मी,पत्रकार पनि सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0