<
दिपेन्द्र रजक,राैतहट,पुस १८ गते २०८१ ।
रौतहट । रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिकामा सुरुङ बनाएर चोरका समुहहरुले चोरी गरेको छ । जिल्लाको फतुवा विजयपुर नगरपालिका वडा नम्बर ६ पेटभर्वा निवासी अच्छेलाल साहको घरमा चोरी भएको छ । बुधबारको राती करिब १२ बजेको समयमा सुरुङ बनाई घरमा प्रवेश गरेर पाँच वटा मोबाइल गरगहना र नगद २ लाख गरी करिब ५ लाख बराबरको चोरी भएको पीडित अच्छेलाल साहको भतिज राजकिशोर साहले बताएका छन्। घरमा चोरी भएपछि पीडित परिवारले इलाका प्रहरी कार्यालय सन्तपुरमा जानकारी गराउँदा पनि कुनै वास्ता नगरेपछि गाउँको युवाहरूले चोरी भएको मोबाइलको लोकेसनको आधारमा खोजी गर्दै जाँदा फतुवा गाउँको मठको नजिक चारवटा चोर फेला परेको र चोरी भएको मोबाइलहरू र गरगहना र पैसा त्यहीबाट बरामद भएपछि युवाहरूले इलाका प्रहरी कार्यालय विजयपुरमा जानकारी गराएपछि त्यहाँबाट आएको टोली चारैजना चोरलाई समातेर इलाका प्रहरी कार्यालय विजयपुरमा लगेको स्थानीयहरूले बताएका छन्। समातिएको चारैजना चोर गाउँ गाउँमा घुमेर खेला हेराउदै मागेर खाँदै आएको कलैया रहेको फतुवा गाउँका मान्छेहरू बताएका छन्।
इलाका प्रहरी कार्यालय सन्तपुरको प्रहरीहरूले गस्ति न गर्दा बारम्बार चोरी भइरहेको स्थानीयहरूले गुनासो गरेका छन् । भर्खरै केही दिन अगाडि पेटभर्वा गाउँकै चारवटा घरमा चोरी भएको थियो। त्यो चोरलाई पनि अहिलेसम्म पक्राउ गरेका छैनन् ! पेटभरावा गाउँमा बारम्बार चोरीको घटना हुँदा पेटभर्वा गाउँबासी अहिले त्रसित बनेका छन्।प्रहरीले दिएको जानकारी अनुसार अनुसन्धान भईरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
1
+1
+1
+1