<
सरिता श्रीवास्तव,रौतहट,१५ गते पुस २०८१ ।
रौतहटमा भन्सार छलेर भारत बाट नेपाल ल्याउँदै गरेको ४ लाख भन्दा बढीको सामान प्रहरीद्वारा बरामद गरिएको छ । भारतबाट भन्सार राजस्व छलेर ल्याइएको अवैध सामान प्रहरीले जिल्लाको विभिन्न ठाउँबाट बरामद गरेको छ । जिल्ला प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक दिपक कुमार रायले दिएको जानकारी अनुसार आइतवार रातीको समयमा प्रहरीको गस्ती टोलीले जिल्लाको दक्षिणी भेग ईशनाथ नगरपालिका वडा नम्बर ६ स्थित बाँस घारिमा लुकाएर राखेको अन्दाजी मुल्य रु १ लाख ७ हजार ९ सय बराबरको चप्पल जुत्ता नियन्त्रणमा लिएको हो । त्यस्तै सोमबार दिउँसो प्रहरीको गस्ती टोलीले गौर नगरपालिका वडा नम्बर ८ हनुमान मंदिर अगाडी बाट म.प्र.०३००१ ह १९२० नम्बरको ई–रिक्सा भित्र अबैध रुपमा भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याउँदै गरेको अन्दाजी मुल्य रु. दस हजार दुई सय चालिस बराबरको ७ बोरा युरिया मल, ५० के.जि. चिनी र ४६ के.जि. मैदा बरामद भएको रायले बताए । त्यसैगरी ई–रिक्साको मुल्य रु.३ लाख फेला परेको हुँदा उक्त सामान र ई–रिक्सा सहितको मुल्य रु. ३ लाख दश हजार दुई सय चालिस समेत गरी कुल जम्मा रु.४ लाख १८ हजार १ सय चालिस बराबरको सर–सामानहरु नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ । साथै चालक विधिचन सहनीलाइ समेतलाइ पक्राउ गरी आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाईएको डिएसपी रायले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1