<
आरके श्रीवास्तव,रौतहट,१५ गते पुस ।
रौतहटको मध्य भाग गरुडामा विधार्थीहरु द्धारा विरोध प्रर्दशन गरिएको छ । नगर प्रहरीलाइ कार्यवाही गर्न माग गर्दै उनीहरुले आज विरोध प्रर्दशन गरेका हुन् । गरुडा स्थित रहेको श्रीराम सुुगर मिल बाट सुुरु भएको विरोध रैली गरुडा बजार परिक्रमा गरेको थियो । सोमबार गरुडा नगरपालिकाका मेयर प्रत्यासी दिपक यादवको अगुवाइमा निस्केको विरोध रैलीको क्रममा बिधार्थीहरुले नरावाजी गर्दै नगर प्रहरीलाइ कार्यवाही गर,नगर प्रहरीलाइ खारिज गर,भ्रष्टाचारी मेयर कुर्सी छोड,बिधार्थीहरुमाथि शोषण गर्न पाइँदैन्,बिधार्थीहरुलाइ कुटपिट गर्ने अधिकार कसले दियो, नगरपालिकाले लिखित रुपमा माफि माग जस्ता चर्को नारावाजी गर्दै विरोध प्रर्दशन गरेका थिए । विरोध प्रर्दशन पछि आयोजित कोणसभालाइ सम्बोधन गर्दै मेयर प्रत्यासी दिपक यादवले बिधार्थीहरुको शान्तिपूर्ण विरोध प्रर्दशनको क्रममा लाठी चार्ज गर्नु निन्दनिय रहेको बताएका थिए । बिधार्थीहरुको आवाज बोल्ने कोही नभएको भन्दै असंतुुष्टी पनि व्यक्त गरेका थिए । बिधार्थीहरुमाथि अन्याय भएको भन्दै आफू चुुप लागेर नबस्ने बताए । आफू सधै नगरपालिका बाट पिडितहरुको पक्षमा बोल्दै आएको स्मरण गराउँदै अहिले पनि बिधार्थीहरुको पक्षमा उभिएको प्रष्ट पारे । बिधार्थीहरुमाथि अन्याय भएको छ । उनीहरुले न्याय पाउनुपर्छ भन्ने पक्षमा बोलिदिने कोही नभएको भन्दै आक्रोश व्यक्त गरे । स्मरणियहोस् गत बिहीबार शिक्षक सरुवाको विषय लिएर विद्यार्थीहरूले गरुडा नगरपालिका कार्यालयमा तोडफोड गरेका थिए । श्री नमुना माध्यमिक बिधालय गरुडाका विद्यार्थीहरूले नगरपालिका कार्यालय र मेयर चढ्ने गाडी सहित दर्जनौं गाडीमा क्षति पुर्याएका थिए । सोही क्रममा नगरप्रहरीहरुले आफूहरु माथि कुटपिट र शोषण गरेको भन्दै आज बिधार्थीहरुले विरोध प्रर्दशन गरेका हुन् । मावि गरुडाका नेपाली शिक्षक शिव शंकर झालाइ मावि झाँझपुलमा सरुवा गरेपछि विधार्थीहरु आक्रोशित बनेका थिए । सरुवा रोक्नुपर्ने माग गर्दै विरोध प्रर्दशन गरेका थिए । आज भएको विरोध प्रर्दशनको क्रममा सर्यौ बिधार्थीहरुको सहभागिता रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1