२०८२ फाल्गुन १२
२०८२ फाल्गुन १२

शिवनगर र फत्तेपुरमा चौधरीको सक्रियता, छाताछापमा मतदानको अपिल

बज्जिकाञ्चल संवाददाता,राैतहट,१० गते फाल्गुन । 

रौतहट । गाेविन्द चाैधरीले प्रतिनिधिसभा सदस्यका लागि (जसपा नेपाल) का उम्मेदवारका रूपमा रौतहट क्षेत्र नम्बर ३ अन्तर्गत आइतवार व्यापक चुनावी घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् ।

उनले गरूडन–५ शिवनगर र कटहरिया–६ फत्तेपुरमा विशेष भेटघाट तथा घरदैलो कार्यक्रम गर्दै मतदातासँग प्रत्यक्ष संवाद गरेका हुन् ।

घरदैलोका क्रममा उम्मेदवार चौधरीले विगतका विकास गतिविधि, आगामी योजना र क्षेत्रको समग्र समृद्धिका विषयमा आफ्ना प्रतिबद्धता प्रस्तुत गर्दै चुनाव चिन्ह “छाताछाप”मा मतदान गर्न आग्रह गरेका छन् । उनले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

“रौतहट क्षेत्र नम्बर ३ लाई विकास र समृद्धिको नयाँ चरणमा पुर्‍याउन तपाईंहरूको साथ आवश्यक छ,” उनले भने, “यसपटक छाताछापमा मतदान गरी परिवर्तनको पक्षमा उभिनुहोस् ।”

कार्यक्रमका क्रममा स्थानीय बासिन्दाले उम्मेदवार चौधरीप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै यसपालि “छाताछाप”लाई विजय गराउने प्रतिबद्धता व्यक्त गरेका थिए । विभिन्न टोल–बस्तीमा पुगेका चौधरीलाई स्थानीयले स्वागत गर्दै विकास र जनअपेक्षाअनुसार काम गर्न सुझावसमेत दिएका थिए ।

चुनावी माहोलसँगै क्षेत्र नम्बर ३ मा उम्मेदवारहरूको घरदैलो कार्यक्रम तीव्र बन्दै गएको छ । मतदातासँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिँदै उम्मेदवारहरू आ–आफ्ना एजेन्डा र योजना लिएर घरदैलोमा सक्रिय देखिएका छन् ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।