२०८२ फाल्गुन २१
२०८२ फाल्गुन २१

फतुवा विजयपुर–४ टेंग्राहामा गोविन्द चौधरीले गरे मतदातासँग संवाद

आरके श्रीवास्तव,रौतहट,२१ गते माघ ।
रौतहट निर्वाचन क्षेत्र नम्बर ३ बाट जनता समाजवादी पार्टी (जसपा) नेपालका तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार गोविन्द चौधरी (चुनाव चिन्ह: छाता छाप) ले आज फतुवा विजयपुर नगरपालिका वडा नम्बर ४ टेंग्राहा क्षेत्रमा मतदाताहरूसँग भेटघाट गरेका छन् ।


स्थानीय तहमा आयोजित उक्त भेटघाट कार्यक्रममा उम्मेदवार चौधरीसँगै जसपाका पूर्व प्रदेश सांसद रामकिशोर यादव लगायत पार्टीका अन्य नेताहरूको पनि सहभागिता रहेको थियो । भेटघाटका क्रममा स्थानीय मतदाताहरूले आफ्ना गुनासा, समस्या तथा अपेक्षाहरू राखेका थिए भने उम्मेदवार पक्षले ती विषयमा ध्यानाकर्षण भएको प्रतिक्रिया व्यक्त गरेको जनाइएको छ ।


उम्मेदवार चौधरीले स्थानीय तहमा पुगेर नागरिकसँग प्रत्यक्ष संवाद गर्नु लोकतान्त्रिक अभ्यासको हिस्सा भएको बताउँदै आगामी दिनमा पनि विभिन्न स्थानमा यस्ता भेटघाटलाई निरन्तरता दिने जानकारी दिएका छन् ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।