२०८२ फाल्गुन ६
२०८२ फाल्गुन ६

प्रदेश अध्यक्ष यादवसहित सिमरी,जंगलसहिया पुगे गोविन्द चौधरी, मतदाता भेटघाट तीव्र

आरके श्रीवास्तव,राैतहट,२९ गते माघ ।

आगामी फाल्गुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै जनता समाजवादी पार्टी (जसपा) नेपालको चुनावी अभियान रौतहट क्षेत्र नम्बर ३ मा थप सक्रिय बन्दै गएको छ । यसैक्रममा मधेस प्रदेश अध्यक्ष बालकिशोर यादवको विशेष उपस्थितिमा गुजरा नगरपालिकाकाे जंगलसहिया र सिमरीमा चुनाव विशेष प्रचारप्रसार तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।

साे क्रममा प्रदेश अध्यक्ष यादवले रौतहट–३ का उम्मेदवार गोविन्द चौधरी (छाता छाप) लाई विजयी गराउन सबै समुदाय एकजुट हुन आग्रह गर्नुभयो । उहाँले विकास, सुशासन र जनअधिकारको सुनिश्चितताका लागि जसपाको उम्मेदवारी आवश्यक रहेको बताउँदै संगठनलाई तल्लो तहसम्म सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उक्त कार्यक्रममा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार गोविन्द चौधरीले पनि मतदातासँग प्रत्यक्ष संवाद गर्दै विगतका अनुभव र आगामी योजनाबारे धारणा राख्नुभयो । उहाँले क्षेत्रको समग्र विकास, शिक्षा, स्वास्थ्य र पूर्वाधार विस्तारलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाउनुभयो ।

विशेषगरी सिमरीस्थित पहाडी समुदायमा समेत उत्साहजनक सहभागिता देखिएको थियो । विभिन्न समुदायका स्थानीय बासिन्दाहरूले कार्यक्रममार्फत आफ्ना सुझाव तथा अपेक्षाहरू व्यक्त गरेका थिए । कार्यक्रममा सहभागीहरूले “छाता छाप”मा मतदान गरी गोविन्द चौधरीलाई विजयी गराउने प्रतिबद्धता जनाएका थिए ।

जसपा नेपालले रौतहट–३ मा आफ्नो संगठन विस्तार र जनसमर्थन सुदृढ पार्दै चुनावी अभियानलाई तीव्र बनाएको जनाएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।