२०८२ फाल्गुन ६
२०८२ फाल्गुन ६

“निजगढ विमानस्थल नेपालको भविष्य” – विजय यादव निर्विज को विकास एजेन्डा

बज्जिकाञ्चल संवाददाता,बारा,०२ गते फाल्गुन । 

आम जनता पार्टी (आजपा) का बारा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार विजय यादव ‘निर्विज’ले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल परियोजना छिटो निर्माण गर्ने प्रतिबद्धतासहित चुनावी अभियानलाई तीव्र बनाउनु भएको छ।
चुनावी अभियानका क्रममा आज कोल्हवी नगरपालिका वडा नं. ७ धोधर्पा र बसाउनटोल, निजगढ नगरपालिका वडा नं. ४ कछडीया टोल तथा वडा नं. ८ सुन्दरबस्ती (खैर टोल) मा मतदातासँग संवाद गर्दै उम्मेदवार यादवले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नेपालकै सबैभन्दा ठूलो र रणनीतिक महत्वको राष्ट्रिय गौरवको परियोजना भएको बताउनुभयो।
उहाँले यो परियोजना सम्पन्न भएमा मधेश प्रदेश मात्र होइन, सम्पूर्ण देशको आर्थिक विकास, पर्यटन प्रवर्द्धन, व्यापार विस्तार र रोजगारी सिर्जनामा ऐतिहासिक परिवर्तन आउने दाबी गर्नुभयो।
यादवले राजनीतिक अस्थिरता र इच्छाशक्तिको अभावका कारण विमानस्थल निर्माण लामो समयदेखि अल्झिएको उल्लेख गर्दै आफू निर्वाचित भएमा संघीय संसदमा यसको शीघ्र कार्यान्वयनका लागि मजबुत पहल गर्ने प्रतिबद्धता जनाउनुभयो।

 


“निजगढ विमानस्थल नेपालको भविष्यसँग जोडिएको राष्ट्रिय गौरवको आयोजना हो, यसलाई राजनीतिक विवाद होइन, विकासको मुख्य मुद्दा बनाइनुपर्छ,” उहाँले भन्नुभयो।
उम्मेदवार यादवले विमानस्थल निर्माणसँगै स्थानीय बासिन्दाको उचित पुनर्वास, क्षतिपूर्ति, रोजगारी अवसर, उद्योग स्थापना तथा पूर्वाधार विकासलाई पनि आफ्नो प्रमुख चुनावी प्रतिबद्धतामा समावेश गरिएको जानकारी दिनुभयो।
स्थानीय मतदाताहरूले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणले क्षेत्रीय विकासमा नयाँ सम्भावना खोल्ने विश्वास व्यक्त गर्दै उम्मेदवार यादवको विकासमुखी एजेन्डालाई सकारात्मक रूपमा लिएको प्रतिक्रिया दिएका छन्।

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।